काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।… Continue reading माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
Author: Vishwanews.com
एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए।… Continue reading एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा
बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन् । बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस… Continue reading बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्
नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३२ रुपैयाँ २ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य… Continue reading नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च
कांग्रेसबाट अर्बपति विनोद चौधरीलाई प्रत्यक्षमा टिकट
काठमाडौं । अर्बपति तथा व्यापारी विनोद चौधरीलाई यसपाली नेपाली कांग्रेसले प्रत्यक्षमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ। उनलाई पार्टीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बा उम्मेदवार बनाउने भएको हो। यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।
रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्। आइतबार बिहान सञ्चारकर्मीमाझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा… Continue reading रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने
ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार
काठमाडौं । माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्। सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो। काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ। २०७० को निर्वाचनमा… Continue reading ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार
कमल थापा सूर्य चिन्हबाट चुनाव लड्दै
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने गरी एमालेसँग सहमती गरेका हुन् । आफुले एमालेको सहयोगमा चुनाव लड्न थालेको थापाले जानकारी गराएका हुन् । एमाले अहिले स-साना दलसँगको गठबन्धनमा लागेको छ ।
रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनमा दिएका अभिव्यक्ति पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण भएको बताएका हुन् । युक्रेनी राष्ट्रपतिले रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्धहरू लगाइनुपर्ने बताए। क्रेम्लिनले युक्रेनमा परमाणु युद्धबारे रुसी समाजलाई… Continue reading रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की
प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल
काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुने कार्यतालिका छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगको भनाई छ ।… Continue reading प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल
मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट
काठमाडौं । कांग्रेसले नेता मिनेन्द्र रिजालको क्षेत्रमा नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । यससँगै उनले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । २०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट निर्वासिचत बनेका थिए । यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले कोइरालालाई टिकट दिएको… Continue reading मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट
आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी… Continue reading आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आइतबार बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए । अब समानुपातिकमा पाएको मतका… Continue reading समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक
काठमाडौंमा राप्रपाका उम्मेदवार को को ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ । एमालेसँग तीन निर्वाचन क्षेत्रबाहेक अन्यमा सहमति जुट्न सकेको छैन । सोहीकारण राप्रपाले काठमाडौंको प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ उम्मेदवार तय गरेको हो । प्रतिनिधिसभाको काठमाडौं १ बाट राप्रपाले रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने भएको छ । २ मा नवराज सिंखडा, ३ मा… Continue reading काठमाडौंमा राप्रपाका उम्मेदवार को को ?
घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा
काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेका छन् । शनिबार फेसबुक पेजमा स्टाटस राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका छन् । उनलाई आगामी… Continue reading घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा
एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए
काठमाढौं । सत्तारुढ गठबन्धनले १६ सिट दिँदा असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग भने १७ सिटमा चित्त बुझाएका छन् । दुई पार्टीबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा… Continue reading एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए
एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला
काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत फेला परेका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरकै बाथरुममा लडेको अवस्थामा भेटिएका हुन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए… Continue reading एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला
गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ
काठाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएको जनता समाजवादी एमालेसँग गठबन्धन गर्न पुगेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्तारुढ गठबन्धनमा आएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर… Continue reading गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ
माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?
काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको विवाद टुंगिएको छ । यससँगै नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । यो पार्टीले २० सीट पाएको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ… Continue reading माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?
भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी
नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति तीव्र आलोचना गर्ने वरिष्ठ नेता भीम रावलले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएइपछि पार्टी भित्र चरम असन्तुष्टी बढेको छ । उनले टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा गरेका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । एमाले अछाम… Continue reading भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी
प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित
काठमाडौं । आगामी प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उठ्ने निश्चित भएको छ । उनी चितवन क्षेत्र ३ बाट यसअघि निर्वाचित भएका थिए । यस पटक पनि गठबन्धनबाट उनलाई उठाउन ठूलो जोडबल थियो । तर, कांग्रेस भित्रको गगन, शेखर समूहले असहयोग गर्ने देखिएसँगै प्रचण्ड सुरक्षित स्थानमा सरेका हुन् । नेसपा अध्यक्ष… Continue reading प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित
जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु
जुम्ला । जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका… Continue reading जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु
अमेरिकाका लागि डिभीको आवेदन खुला
काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट समेत अनिवार्य गरिएको छैन ।
गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी
काठमाडौं । अमेरिमा गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई आम माफी दिइएको छ । राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त… Continue reading गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी
काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुँरिदा तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको समेत… Continue reading काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु
मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम
काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा… Continue reading मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम
थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए
बैंकक । थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। बीबीसीका अनुसार नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए। बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्। भाग्नुअघि… Continue reading थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए
सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण
काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको… Continue reading सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण
बारामा बस दुर्घटना, १६ जनाको मृत्यु
बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।… Continue reading बारामा बस दुर्घटना, १६ जनाको मृत्यु
गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो
काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका… Continue reading गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो