काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या… Continue reading नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि
Author: Vishwanews.com
एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ,… Continue reading एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
१९ जनामा कोरोना पुष्टी
काठमाडौं । देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट ९६ जना निको भएको… Continue reading १९ जनामा कोरोना पुष्टी
जगडोलमा चङ्गाचेट
काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो… Continue reading जगडोलमा चङ्गाचेट
धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटनामा पर्दा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताएका छन् । दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका… Continue reading धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
बलात्कारको झुटो जाहेरी दिएपछि एक महिला पक्राउ
काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएपछि भक्तपुरमा एक महिला प्रहरीको फन्दामा परेकी छिन् । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिलाले झुटो जाहेरी दिएको पुष्टी भएपछि पक्राउ परेकी हुन् । प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले यस्तो जानकारी गराएका छन् । ती महिलाले आफूलाई… Continue reading बलात्कारको झुटो जाहेरी दिएपछि एक महिला पक्राउ
नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पणको तयारी गरेका छन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै सम्पर्कविहिन रहेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गरेका छन् । जसमा उनले आफुले नेपाल फर्किएर आत्मसपर्पण गर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने समेत… Continue reading नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी
तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली
हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका… Continue reading तिब्बतको सीमानामा पर्ने नेपाली गाउँ हिल्सामा सोलारबाट विजुली
सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी… Continue reading सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु
काभ्रेमा दशैंभर टिपर चलाउन रोक
काभ्रे । चाडपर्वमा सडकमा सवारी साधनको चाप र सुरक्षालाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लामा टिपर सञ्चालनमा रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो। काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक… Continue reading काभ्रेमा दशैंभर टिपर चलाउन रोक
मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण
काठमाडौं । यस वर्षको मनसुन एक साता धकेलिने प्रक्षेपणसँगै नवमीबाट ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ। महाशाखाले… Continue reading मौसम विभागको दशैं लक्षित बुलेटिन : नवमीबाट ठूलो पानी पर्ने प्रक्षेपण
लुक्ला उडान रामेछापबाट शुरु
काठमाडौं । काठमाडौंबाट भइरहेको लुक्लाको हवाई उडान रामेछापमा सारिएको छ । काठमाडौं विमानस्थलको भिडभाडमा हुने व्यस्तता हटाउन १ अक्टोवरदेखि लागि हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार उडान सारिएको प्राधिकरणको भनाई छ । आज बिहानै समिट एयरले सो विमानस्थलबाट लुक्लाका लागि पहिलो उडान गरेको छ । लुक्लामा समिटसँगै सीता… Continue reading लुक्ला उडान रामेछापबाट शुरु
त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर… Continue reading त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउन नपाइने
दशैंको बिदामा निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने
काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पद्धार्थ अभाव हुन नदिन आफ्ना डिपोहरू खुला राख्न निर्देशन दिएको छ । दशैंको बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका १३ वटा डिपोहरू खुला राख्ने भएको हो । अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ… Continue reading दशैंको बिदामा निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने
पूर्वराजाको शुभकामना सन्देश-‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर नधकेल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन्। उनले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर… Continue reading पूर्वराजाको शुभकामना सन्देश-‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’
‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’
काठमाडौं । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् । टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उनको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि… Continue reading ‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’
काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका उनले आज प्रतिनिधिसभा निर्वाचनका काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् । मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै… Continue reading काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा
यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान शुरु, यस्ता छन् विशोषता
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटीआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८ः२० बजे… Continue reading यतीको नयाँ जहाज ‘एटीआर ७२-५००’बाट व्यावसायिक उडान शुरु, यस्ता छन् विशोषता
‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,वस्तुहरु विविधिकरण हुन सकेनन’
काठमाडौं । नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति गरेका… Continue reading ‘नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ,वस्तुहरु विविधिकरण हुन सकेनन’
युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन
मस्को\एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ भू–भाग रुसमा गाभिएको घोषणा गर्ने भएका छन् । रुसले एकलौटी रुपमा सो भेगमा पाँच दिनसम्म जनमतसंग्रह गरेको थियो । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्ने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा… Continue reading युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन
दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम
काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य कमजोर हुँदै जादा दशैंको समयमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मनसुन अन्त्य हुने अवस्थामा छ । यसले दशैंमा यात्रा गर्नेहरुलाई केही सहज हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न सक्ने अवस्था भने छैन… Continue reading दशैं अवधिमा ठूलो पानी पर्ने सम्भावना कम
आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा
काठमाडौं । नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना हुँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा… Continue reading आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा
एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा उठ्ने उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो । ओली निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मध्यरात ६… Continue reading एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने
फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्। अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप… Continue reading फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव
काठमाडौं । निर्वाचनमा हुने अपारदर्शी र अत्यधिक खर्च रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार बुँदे सुझाव दिएको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा राजनीतिक दलहरुलाई पारदर्शी र जवाफदेही बनाउन चारबुँदे सुझाव समेत दिएको छ । अख्तियारको सुझावको पहिलो बुँदामा राजनीतिक दल सञ्चालनका लागि राज्यले नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध… Continue reading चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव
नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र
काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ । सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जनाएकी छिन् । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर… Continue reading नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र
नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश
काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा… Continue reading नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश
राष्ट्रपति भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक भएको छ । बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि असोज १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको… Continue reading राष्ट्रपति भण्डारीले दसैँको टीका लगाइदिने तालिका सार्वजनिक
वरिष्ठ कलाकार श्रेष्ठ अभिनित ‘सुखी हुनु छैन मलाई’
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले… Continue reading वरिष्ठ कलाकार श्रेष्ठ अभिनित ‘सुखी हुनु छैन मलाई’
तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल
काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे। पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी… Continue reading तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल