तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति… Continue reading कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन
Author: Vishwanews.com
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते… Continue reading दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक… Continue reading सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
पाँचौं खेल जितेसँगै केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालको कब्जामा
काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जितेको नेपालले सिरिज ३–२ ले आफ्नो कब्जामा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले हरायो । यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी-२० मो केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो… Continue reading पाँचौं खेल जितेसँगै केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालको कब्जामा
चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन्… Continue reading चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन
महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको… Continue reading महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?
काठमाडौं । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन्। फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्। अडानी विश्वकै धनीहरूको सूचीमा शीर्ष तीनमा पुग्ने एसियाकै पहिलो व्यक्ति बनेका छन् । भारतीय धनाढ्य मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मा पनि शीर्ष तीनमा पुग्न सकेका… Continue reading भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी, कति छ सम्पत्ति ?
१ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको… Continue reading १ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने
काठमाडौं । दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने जनाइएको छ… Continue reading चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने
प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधन चार्ज गर्न स्टेसन सञ्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्पपार्कमा एक कार्यक्रमका चार्ज स्टेसन उद्घाटन गरिएको थियो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । देशका विभिन्न ५१ स्थानमा सवारी… Continue reading प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज
ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना… Continue reading ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा
रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु
काठमाडौं । रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनीया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनएको छ। मृतक… Continue reading रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु
नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।… Continue reading नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
चौथो खेलमा केन्यासँग हार्यो नेपाल
काठमाडौं । केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपाल पराजित भएको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट… Continue reading चौथो खेलमा केन्यासँग हार्यो नेपाल
प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको भारतीय टोलीले सोमबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गरेको हो । भारतीय टोलीले सोमबार नै जङ्गी अड्डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमणदलका… Continue reading प्रधानमन्त्री देउवासँग भारतीय नेशनल डिफेन्स टीमको भेट
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए। प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा… Continue reading प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।… Continue reading प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारका लागि देश दौडाहामा जान नपाउने भएका छन् । निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ । आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय… Continue reading प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण… Continue reading नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी अभियोगमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो। अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा… Continue reading बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ३.७६ अंकले बढेर १९९३.२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको… Continue reading विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
काठमाडौं । न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् । ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए। तर, व्यवसायीले आफूहरुले… Continue reading सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३… Continue reading पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो
काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितमा भारत र पाकिस्तानबीचको खेलमा भारत विजयी भएको छ । यी दुई मुलुकबीचको भिडन्तलाई विश्व क्रिकेटमा ‘हाइ भोल्टेज म्याच’का रुपमा चिनिन्छ । आइतबार राति भएको समूह ए अन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न… Continue reading एसिया कप : बहुचर्चित खेलमा पाकिस्तानलाई भारतले हरायो
हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
काठमाडौं\रासस । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।… Continue reading हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ… Continue reading रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन… Continue reading कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी… Continue reading रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर… Continue reading अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने