डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ… Continue reading डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुलाई निरन्तर सास्ती

File

पाल्पा । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमा पहिरो गएपछि यातायात आवागमन पुनः ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुलाई निरन्तर सास्ती

महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले

काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ । फनपार्कले व्यवसाय… Continue reading महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले

कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी… Continue reading कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

काठमाडौं । पद्मश्री गौरव नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित आँखा चिकित्सक तथा मानव सेवी रुइतलाई पद्मश्री गौरव रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहले पाउने भएको छ । पद्मश्री साधना सम्मान… Continue reading सन्दुक रुइतलाई पद्यश्री पुरस्कार

महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

काठमाडौं । काठमाडौं, महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक(पटक आग्रह गरेको थियो । तर पनि सेन्टरले बन्द गरेको थिएन । त्यसपछि बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका… Continue reading महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार

प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्छः महामन्त्री थापा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख साहले यस्तो बताएका हुन् । महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत… Continue reading प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्छः महामन्त्री थापा

महानगरद्वारा विपद व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख साहले यस्तो बताएका हुन् । महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत… Continue reading महानगरद्वारा विपद व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

काठमाडौं । देशभरका ७५३ मध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीका संरचना निर्माण गरी यी स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो । २४२ स्थानीय तहमा भने आंशिकरूपमा मात्रै विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न… Continue reading ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो । संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ । समिति सदस्य मीन विश्वकर्माका अनुसार आज राणालाई दुईवटा प्रश्न सोधिएको छ । समितिले… Continue reading दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

लण्डन\बीबीसी । यूकेकी महारानीले परम्परा तोड्दै लण्डन बाहिरस्थित कार्यालयमा देशको नयाँ प्रधानमन्त्रीको नियुक्ति समारोह गर्ने बकिङ्घम राजदरबारले जनाएको छ। नयाँ नियुक्त हुने प्रधानमन्त्री र पदबाट बाहिरिँदै गरेका बोरिस जोनसन यसअघिको परम्परा तोड्दै सेप्टेम्बर ६ मा महारानी एलिजाबेथ द्वितियासँगको भेटका निम्ति स्कटल्याण्डस्थित उनको निवासमा जाने भएका छन्। आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका… Continue reading नयाँ प्रधानमन्त्रीको नियुक्ति पहिलो पटक लण्डनभन्दा बाहिरको शहरबाट गर्दै बेलायती महारानी

नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती

काठमाडौं । पहिरोका कारण मुग्लिङ्ग नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रु अलपत्र परेका छन् । पहिरो खुलाउन लामो समय लाग्ने प्रहरीको अनुमान छ । यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सोहीकारण बिहानैबाट गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा… Continue reading नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती

काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

RSS

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही… Continue reading काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन् । तर, कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न भने सकेका छैनन्… Continue reading सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् । मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा… Continue reading उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

काठमाडौं । आज तीजको अन्तिम दिन, प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका… Continue reading ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

बुटवल । बुटवलमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको भएको दुर्घटनामा बाबु(छोराको मृत्यु भएको छ। बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको… Continue reading बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

File

रोल्पा । रोल्पामा एक दम्पत्तिको शव फेला परेको छ । प्रहरीका अनुसार माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको हो । धारिलो हतियार प्रहार भएको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव बुधबार… Continue reading रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल… Continue reading दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने… Continue reading फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

काठमाडौं । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए । रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा… Continue reading रुसले रोक्यो मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास

‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ । समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो । जवाफको क्रममा आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका छन् । उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनतारसंसदको सम्मानका… Continue reading ‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ । समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ । समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका… Continue reading महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारु भएको छ । सडक बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन्… Continue reading अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई… Continue reading डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने

सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

मस्को । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता मानिन्छन् । उनी लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन… Continue reading सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

पश्चिम पहाडी भेगमा ठूलो वर्षा

file

काठमाडौं । पछिल्लो केही घण्टायता तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको… Continue reading पश्चिम पहाडी भेगमा ठूलो वर्षा