स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र… Continue reading स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो। उनीहरु चैत ६… Continue reading बुटवलमा वृद्ध दम्पत्ति मृत भेटिए

धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ, थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा कारमा सवार ५ जनाको नै… Continue reading धादिङमा भारतीय यात्रु बोकेको कार र बस ठोक्किए, ५ जनाको मृत्यु

जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

File

काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । एयर होस्टेसले भेटाएको यो रकम कम्पनीले प्रहरीलाई बुझाएको हो । जहाजको सिटमा छालाको ह्यान्ड… Continue reading जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…

हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

file

काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् ।… Continue reading हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले वृद्धि भएको छ । केही दिनदेखि ओरालो लागि रहेको शेयर बजार साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको बढेको हो । आइतवार नेप्से ९५.४६ अंकले बढेर २५२०.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको ६६… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने ,आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने जनाइएको छ । गणित, विज्ञान, स्वास्थ्य… Continue reading जसपाको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्। त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम… Continue reading काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि,… Continue reading स्थानीय तह निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक, के-के छन् प्राथमिकतामा ?

काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको… Continue reading काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

१० महिनापछि मेलम्चीको पानी जनताको धारामा

Photo : spotlightnepal

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएपछि दस महिनापछि जनताको घरघरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ । २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । आयोजना गत वर्ष मात्र… Continue reading १० महिनापछि मेलम्चीको पानी जनताको धारामा

प्रदेश सांसद झाको निधन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ । उनी रौतहटको स्थायी बासिन्दा हुन् । लोसपा नेता तथा संघीय सांसद अनिल झाकी जीवनसाथी उनी क्यान्सरबाट पीडित थिइन् । झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । अल्पायुमै भएको उनको निधनप्रति शोक व्यक्त गरिएको छ ।

महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

काठमाडौं । एमालले स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा आफ्नो उमेदवारको टुंगो लगाएको छ । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ । यससँगै काठमाडौं उपत्यकाको मेयरको प्रतिस्पर्धामा चर्चित अनुहार केशव स्थापित आएका छन् । गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्यका साथ एमालेले महानगर र… Continue reading महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

काठमाडौं । आइतबार नेपालमा १६औं लोकतन्त्र दिवस मनाइंदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएको थियो । यस दिन तत्कालिन राजा ज्ञानेन्द्र शाह आफ्नो कदमबाट पछि हटेका थिए । सरकारले विसं २०६४ बाट देशभर लोकतन्त्र दिवस मनाउन थालेको हो । विसं २०५९ असोजमा… Continue reading आज लोकतन्त्र दिवस, गणतन्त्रको जग बसाल्ने दिनका रुपमा मनाइंदै

आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

काठमाडौं । आइतबार (आज) र भोली स्थानीय तह निर्वाचनमा उठ्ने उमेदवारले उमेदवारी दर्ता गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने जानकारी गराएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउन सकिने भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय… Continue reading आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दैछ । घोषणा पत्र लेखनको नेतृत्व महामन्त्री गगन थापाले गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह कार्यक्रम आयोजना गरि घोषणा पत्र सार्वजनिक गरिने भएको हो । कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछ । कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित… Continue reading गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने

स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल नेकपा एमालेको उपमेयरमा लड्ने भएकी छिन् । उनलाई पार्टीले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ । जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । डंगोल पूर्व मिस नेवाः… Continue reading स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

File

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै… Continue reading स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

तालिबानले लगायो टिकटक र पब्जीमा प्रतिवन्ध

काबुल । तालिबानले भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश दिएको छ। टिकटक र पब्जीले अफगान युवाहरूलाई गलत दिशामा डोर्‍याएको तालिबानको आरोप छ। बीबीसीका अनुसार उक्त लडाकु समूहले टेलिभिजनहरूलाई पनि अनैतिक सामग्री प्रसारणमा प्रतिबन्ध लगाउने बताएको छ। हालै सङ्गीत, चलचित्र र टेलिभिजन धारावाहिकमा प्रतिबन्ध लगाएको तालिबानले थप प्रतिबन्धहरूको घोषणा… Continue reading तालिबानले लगायो टिकटक र पब्जीमा प्रतिवन्ध

फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती… Continue reading फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

बक्स अफिस जडानमा कडाई गर्दै बोर्ड, वैशाखभित्र नगरे हल बन्द गरिने

काठमाडौं । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिए चलचित्र हलहरु बन्द गर्ने भएको छ । बोर्डका अनुसार जेठ महिनादेखि बक्स अफिस अनिवार्य गरिएको छ । कानुन अनुसार नचल्ने हल बन्द गर्ने निर्णय गरिएको हो । सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बक्स अफिस जडान गर्न… Continue reading बक्स अफिस जडानमा कडाई गर्दै बोर्ड, वैशाखभित्र नगरे हल बन्द गरिने

नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति… Continue reading नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

PMO

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातामा तीन उडान गर्ने गरि सो कम्पनीले उडान अनुमति लिएको छ । कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गरि तीन उडानका साथ जजिराले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति जनाउने भएको हो ।… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने

अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

Skynews

सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले… Continue reading अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की… Continue reading आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि नेकपा माओवादी केन्द्रले वर्तमान मेयर रेणु दाहाललाई नै अगाडि सार्ने पक्कापक्की भएको छ । फेरि दोहोरिनका लागि उनले पदबाट राजीनामा दिएकी छिन् । यसअघि काठमाडौंमा बसेको पाँच दलको गठबन्धनको बैठकले भरतपुर महानगरपालिकामा प्रमुखको उम्मेदवार माओवादी केन्द्रबाट दिने निर्णय गरेको थियो । यहीअनुसार उनले शुक्रबार पदबाट राजीनामा दिएकी… Continue reading भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र… Continue reading जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक… Continue reading चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात