नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

काठमाडौं । नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो सेवा ८ देशको १० गन्तव्यमा विस्तार गरेको छ । यही वैशाख ९ गतेदेखि साउदी अरबको रियाद उडान गर्ने भएसँगै विदेशी गन्तव्य संख्या १० पुगेको हो । निगमले यसअघि भारतका तीनसहित ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई,… Continue reading नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

काठमाडौं । सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती भएको छ । सरकारले आर्थिक संकट टार्नका लागि भन्दै इन्धन उपभोगमा कटौतीको निर्णय गरेको हो । उक्त निर्याण सोमवारदेखि कार्यन्वयनमा आएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालयरनिकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने,’ अर्थ… Continue reading सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने

गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्यानभासप्लस मल्टीमिडिया युट्युब च्यानलमार्फत गुरुङको ‘यो बैंश’ सार्वजनिक भएको हो । सन्तोष भक्तराजको शब्दमा गुरुङको स्वरमा रहेको गीत माया प्रेम र बैशको बारेमा केन्द्रीत छ । ‘यो बैंश’ बोलको गीतको लिरिकल भिडियो युट्यूबमा अपलोट समेत गरिएको छ । लोक… Continue reading गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक

पल शाह प्रकरणमा ट्वीस्ट: पीडित नाबालिगले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले बयान फेरेकी हुन् । उनले बकपत्रका क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । उनले बकपत्रका क्रममा अरूको उक्साहटमा परेर जाहेरी दिएको दाबी गरेकी छन् । ती नाबालिग गायिकाको कोठामा प्रवेश… Continue reading पल शाह प्रकरणमा ट्वीस्ट: पीडित नाबालिगले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी

बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक… Continue reading बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

काठमाडौं । मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु… Continue reading एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

कक्षा ११ को वार्षिक परीक्षा जेठ अन्तिममा

काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा जेठ तेस्रो साता गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परिक्षा यहि जेठ तेस्रो साताबाट सञ्चालन गर्न निर्देशन दिएको हो । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित सम्बन्धित विद्यालयमा… Continue reading कक्षा ११ को वार्षिक परीक्षा जेठ अन्तिममा

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ। उक्त समस्या नआओस् भन्नको लागि… Continue reading अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाउने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।

क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ। क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा… Continue reading क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीइ तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ।… Continue reading चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो । संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर के… Continue reading चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

सुनिता डंगोलको चुनावी घोषणापत्र-‘काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवाससम्म’

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्। शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित ९ पुष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्। उक्त घोषणापत्रमा डंगोलले अल्पकालीनदेखि मध्यकालीन र दीर्घकालीन योजना उल्लेख गरेकी छन्। स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल… Continue reading सुनिता डंगोलको चुनावी घोषणापत्र-‘काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवाससम्म’

काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमै फर्काएर कारबाही स्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने… Continue reading काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

काठमाडौं । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको… Continue reading सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित

अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम… Continue reading अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

काठमाडौं । मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका चिकित्सक गोविन्द केसीले पुनस् सत्याग्रहको चेतावनी दिएका छन्। यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य र शिक्षाका मुद्दाले खासै प्राथमिकता पाउन… Continue reading सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

बार्सिलोना युरोपा लिगबाट बाहिरियो, यो सिजन उपाधिविहीन !

काठमाडौं । स्पेनिस् क्लब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा आफ्नै मैदानमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कुर्टसँग ३-२ ले तथा समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । यसअघि पहिलो लेगमा फ्रान्कफुर्टसँग १- १ गोलको बराबरी खेलेको बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा हार व्यहोर्दै बाहिरिएको हो। नोउक्याम्पमा भएको खेलमा घरेलु टोलीले… Continue reading बार्सिलोना युरोपा लिगबाट बाहिरियो, यो सिजन उपाधिविहीन !

संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गरेको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागेको हो । विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक… Continue reading संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफरिस गरेको हो । मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन्। त्यस्तै केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्वमन्त्री… Continue reading यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ । नेपाल स्काउटले बिहीवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्यो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा… Continue reading राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

file

काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो। रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन। रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार… Continue reading काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

काठमाडौ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । इसाको छैटौं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये… Continue reading नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो। सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो। प्रतिबद्धता जनाइएको… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा दुइ दलसँग एमालेले चुनावी गठबन्धनको लागि सहमति गरेको हो । एमाले पार्टी केन्द्रीय कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा तालमेल गर्ने सहमति भएको हो ।राप्रपा नेपालका… Continue reading परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

काठमाडौं । किर्गिस्तानमा रहेको नेपाली राष्टिय फुटसल टोलीले जित विहीन हुँदै एएफसी फुटसल एसियन कप छनोट यात्रा सकाएको छ। एशियन कप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो अन्तरले पराजित भएसँगै नेपालले छनोट यात्रा सकाएको हो। किर्गिस्तानको विश्केकस्थित ग्याज्पोर्म स्पोट्र्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालका सुमित श्रेष्ठले एक गोल गरे। नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१… Continue reading नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो । यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो । आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए ।… Continue reading सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सत्तारुढ माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई तत्कालै हटाउन पनि अनुरोध गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत बुधबार सार्वजनिक गरिएको चुनावी पोस्टरमा घिसिङको तस्बिर पनि राखिएको छ । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री… Continue reading माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६६ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ… Continue reading तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन