पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

१० असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको… Continue reading पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

A police vehicle is set on fire during a protest by locals demanding federal statehood from the Indian government, in the high-altitude Leh town, in the region of Ladakh, India, Wednesday, Sept. 24, 2025. (AP Photo)

१० असोज, लद्दाख । भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक… Continue reading लद्दाखमा जेन-जीको हिंसात्मक झडप, कडा सुरक्षा प्रतिबन्ध

नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

Photo : CNN

एजेन्सी१० असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ । विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् । नेतन्याहुले… Continue reading नेतान्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान

मुख्ययाममै सुनसान छन् म्याग्दीका पर्यटकीयस्थल

१० असोज, म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन… Continue reading मुख्ययाममै सुनसान छन् म्याग्दीका पर्यटकीयस्थल

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन, के भने ?

१० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिए । यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल… Continue reading सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन, के भने ?

हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

File (AP Photo/Niranjan Shrestha)

१० असोज, काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म… Continue reading हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

AI Generated Photo

१० असोज, काठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस… Continue reading रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

आज देशका अधिकांश भागको मौसम सफा

१० असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading आज देशका अधिकांश भागको मौसम सफा

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

RSS

९ असोज, काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए । पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो… Continue reading अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब सूचना विभागबाटै हुने

जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता

९ असोज, काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १५ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता दिने निर्णय गरेको हो । १० लाख सहायता र काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा… Continue reading जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १५ लाख आर्थिक सहायता

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् । आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पा।रे । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उनले भने । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको… Continue reading ‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

राष्ट्रिय समाचार समिति (रासस)९ असोज, सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै… Continue reading किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

पूर्वगृहमन्त्री लेखकलाई मातृशोक

रासस

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो । ८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिइन् । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी… Continue reading पूर्वगृहमन्त्री लेखकलाई मातृशोक

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

९ असोज, काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी… Continue reading घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

मतदाता नामावली सङ्कलन सुरु, अब १६ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउने

९ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु गरेको हो । सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त… Continue reading मतदाता नामावली सङ्कलन सुरु, अब १६ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउने

विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

rss

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक… Continue reading विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

rss

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताएकी छिन् । आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई… Continue reading प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

(250924) -- BEIJING, Sept. 24, 2025 (Xinhua) -- An aerial drone photo taken on Sept. 24, 2025 shows fishing boats berthing at a fishing port in Lianyungang, east China's Jiangsu Province. Typhoon Ragasa, the 18th typhoon of the year, entered the South China Sea late Monday and was located about 170 km southeast of Yangjiang City at 10 a.m. Wednesday. It is forecast to move northwest at 20 km per hour and make landfall on Wednesday evening along the coastal areas between Yangjiang and Zhanjiang. China's National Meteorological Center maintained an orange alert, the second highest in China's four-tier color-coded weather warning system, on Wednesday as the typhoon is expected to bring heavy rain and strong winds. (Photo by Wang Chun/Xinhua)

एजेन्सी९ असोज, सुपर टाइफुन रागासाले ताइवानमा दशकौँ पुरानो ताल फुट्दा कम्तीमा १४ जनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन् । आँधी दक्षिण चीनतर्फ प्रवेश गर्दा बुधबार हङकङ भीषण हावा, मुसलधारे वर्षा र उच्च समुद्री लहरले प्रभावित भयो । हङकङमा धेरै ठाउँमा रूख ढले, बाढी आयो र एक उच्चस्तरीय होटलको काँचको ढोका फुटेर लबीमा… Continue reading सुपर टाइफुन रागासाले ताइवानमा ताल फुट्दा १४ को मृत्यु

अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

एजेन्सी९ असोज, न्यूयोर्क । अमेरिकामा नयाँ घरहरूको बिक्री दर अगस्टमा सन् २०२२ को शुरुवातपछि सबैभन्दा उच्च विन्दुमा पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । धितो दरहरू हटाइएसँगै निर्माणकर्ताहरूले खरीदकर्ताहरूलाई लोभ्याउन प्रोत्साहन प्रस्ताव गरेका छन्। वाणिज्य विभागको तथ्याङ्क अनुसार नयाँ घरहरूको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा आठ लाख… Continue reading अमेरिकामा नयाँ घर बिक्री दर सन् २०२२ पछि कै उच्च

बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

रासस९ असोज, गलकोट । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका… Continue reading बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

एजेन्सी९ असोज, काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ । यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको ई–सुरक्षा आयोगका… Continue reading अष्ट्रेलियामा ह्वाट्सएप, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्म प्रतिबन्ध हुँदै

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

File Photo

९ असोज, बनियानी । झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले… Continue reading झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

९ असोज, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ पासाङल्हामु राजमार्गस्थित नेपाल… Continue reading पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन बिहीबार काठमाडौँस्थित शक्तिपीठ भद्रकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

रासस९ असोज, काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी… Continue reading आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

९ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ । पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद… Continue reading पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

९ असोज, गलकोट । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको… Continue reading दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

९ असोज, दोधारा चाँदनी । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय… Continue reading विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

file

९ असोज, झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन्… Continue reading ‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने ५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र… Continue reading गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

rss

८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक… Continue reading प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने