१६ साउन, काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको बताएको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण… Continue reading ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध
Author: Vishwanews.com
प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ
१६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालमा अस्ताएका शाहसी आरोहीहरुलाई श्रद्धान्जली दिएका छन्, उनी लेख्छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू… Continue reading प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ
विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी
१६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ ।बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव… Continue reading विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी
एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर
मुम्बई, साउन १५ गते । कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि विश्वभर तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरले भारतका केबल, विद्युत प्रणाली, फाइबर(अप्टिक र कुलिङ उपकरण उत्पादक कम्पनीलाई उल्लेखनीय व्यावसायिक अवसर दिलाएका छन् । विश्वस्तरीय एआई मोडेल विकासमा भारत पछाडि परे पनि त्यसका लागि आवश्यक पूर्वाधार आपूर्ति गर्ने उद्योग भने तीव्ररूपमा लाभान्वित भइरहेका छन् ।… Continue reading एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर
एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
काठमाडौं, साउन १६ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेका छन् । भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी भए । भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ,… Continue reading एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया… Continue reading चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
धनुषामा कर्फ्यु कायम, समय घटाइयो
१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रमुख जिल्ला अधिकारीद्वारा साउन १४ गते जारी गरिएको कर्फ्यु आदेश यथावत् रहे पनि सर्वसाधारणको दैनिक जीवन सहज बनाउन बिहान ५ देखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो। प्रशासनले तोकिएको पाँच घण्टाको अवधिभित्र आवश्यक… Continue reading धनुषामा कर्फ्यु कायम, समय घटाइयो
सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१६ साउन, काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ । गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् । सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गृहमन्त्री सुदन… Continue reading सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
२४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे
१५ साउन, काठमाडौं । विगत २४ घण्टामा झन्डै ६०,००० आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग स्यूटामा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्। बिहीवार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू स्यूटा छिरेको विवरण स्थानीय सञ्चारमाध्यमहरूले दिएका छन्। केही दिनयता उक्त क्षेत्रमा… Continue reading २४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे
मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । तराई–मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेश पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याए । संविधान जारी… Continue reading मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा
सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री… Continue reading सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
काठमाडौँ, साउन १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा। रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न… Continue reading राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी
१५ साउन, काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ।… Continue reading तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी
पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी
१४ साउन, काठमाडौं । पाकिस्तानमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी गोरखा, धार्चे गाउँपालिका–४ लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी भएको छ । अल्पाइन क्लव अफ पाकिस्तानले उनको निधनको पुष्टी गरेको बीबीसीले जनाएको छ । उनको निधनमा लाप्राकसहित समग्र गोरखा जिल्ला शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा उनको उच्च कद थियो । ३८ वर्षीय गुरुङले… Continue reading पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
१५ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् । शुक्रबार जारी सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा… Continue reading धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो
१५ साउन, काठमाडौं । रुपन्देहीको बुटवल उप(महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी… Continue reading बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो
देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति
१५ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै,… Continue reading देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति
देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी
१५ साउन, काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ । देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो । घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश… Continue reading देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी
आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं
१५ साउन, काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने… Continue reading आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं
निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता
१५ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्… Continue reading निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता
सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो
१४ साउन, काठमाडौं । सुनसरीमा भएको घटनाको विरोधमा चर्किँदा बिहीबार मधेश प्रदेश दिनभर नै अशान्त रह्यो । दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो । त्यस क्रममा सिरहामा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको ज्यान गएको छ । अर्का गम्भीर घाइते भएका छन् । धनुषामा… Continue reading सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो
उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन
काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा परी नेपाली नागरिकको निधन भएको दुःखद् खबर प्राप्त भएलगत्तै घटनाको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिएको… Continue reading उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन
तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु
१४ साउन, काठमाडौं । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो । सुनसरी जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू… Continue reading तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
१४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपिल गरेका छन् ।राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व… Continue reading आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल
१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अशान्त बन्दै गएको तराई मधेशको अवस्थालाई लिएर मधेशवादी दलका नेताहरुसँग छलफल गरेका छन् । देशमा देखिएको वर्तमान समस्याको निकासका सम्बन्धमा मधेश केन्द्रित दलसँग छलफल भएको हो । छलफलपछि लामिछानेले अहिले आरोप प्रत्यारोप छाडेर बलेको आगो निभाउन लाग्नु पर्ने बताए । सरकारसँगै राजनीतिक दल, समाज, सञ्चारमाध्यम,… Continue reading मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल
प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति
१४ साउन, काठमाडौं । सरकार गठन भएको करीव ४ महिनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । आज देशका नाममा सम्बोधन गरेपछि उनी राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ। सुनसरीबाट सुरु भएको दंगा अन्य जिल्लामा समेत फैलिन थालेसँगै लामो समय निष्कृय रहेका प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति
प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?
१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् ।बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे । ‘म विश्वास दिलान चाहन्छु, यो… Continue reading प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?
उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
१४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। मन्त्री यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको… Continue reading उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया
१४ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो । अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका… Continue reading शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन
१४ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी,… Continue reading नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन