पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

File

काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढी सिधा हवाई उडान हुने भएको छ । बुद्ध एयरले सिधा उडानको घोषणा गरेको हो । कम्पनीका नुसार आगामी १७ फागुनबाट यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान… Continue reading पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने भएको छ ।… Continue reading ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८… Continue reading एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसीसी संसद्‌मा पेश गर्ने निर्णय गरेको हो । गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसीसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने कांग्रेसको ठहर… Continue reading संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

काठमाडौं । कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनले उक्त ठहर गरेको हो । प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण… Continue reading हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

तस्विर:रासस

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिन परीक्षण उडान (क्यालिब्रेसन उडान) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो । नागरिक उड्डयन प्रधिकरणले मंगलवार एक सूचना जारी गर्दै परीक्षण उडानको समयमा नियमित उडान प्रभावित हुने… Continue reading भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेको हो । सो क्रममा चालक घाइते छन् भने पछाडी बसेका दुई जनाको मृत्यु भएको हो । घाइतेको अवस्था समेत गम्भीर छ । लु ६०… Continue reading बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

File rss

काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका… Continue reading शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका दोलखाका ३४ वर्षिय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलका चालक… Continue reading भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

File

काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये… Continue reading लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

काठमाडौं । एमसीसीको विषयमा अघिल्लो साता अमेरिकी मन्त्रीले नेपाली नेताहरुलाई धम्की दिएको खबर सार्वजनिक भएको थियो । यो खबरलाई नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले खण्डन गरेका छन् । उनले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको स्पष्टिकरण दिएका हुन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन… Continue reading एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । सो प्रस्तावबारे आज छलफल हुने भएको छ । प्रतिनिधि… Continue reading कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

काठमाडौं । अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरेकी छिन् । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग उनले केही दिनअघि कोर्ट म्यारिज गरेको नेपाली संचारमाध्यमले लेखेका छन् । थापा नेपाली चलचित्र जगतमा सफल अभिनेत्री मानिन्छिन् । रेखा थापाले दोस्रो विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेद भएको थियो । रेखा र… Continue reading अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्। चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्। ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्। उनले समग्र… Continue reading सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र २४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ जना… Continue reading नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट ५ बाट ३ जना अध्यक्ष छनोटका लागि सिफारिस गरेको हो । अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद… Continue reading धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत एंव शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीति कथा… Continue reading ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सर्वोच्चका ४ न्यायाधीश विरुद्ध महाभियोग अघि नबढाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको वैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताए । ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता… Continue reading चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.०८ अंकले बढेर २९००.९८ विन्दुमा पुगेको छ । साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९… Continue reading शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

file Photo : REUTERS/Mohamad Torokman

काठमाडौं । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ। युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्। बीबीसीका अनुसार विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको… Continue reading युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने भएको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय दलको… Continue reading आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

सभामुखले बोलाएको सर्वदलीय बैठक आज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुख सापकोटाले दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग… Continue reading सभामुखले बोलाएको सर्वदलीय बैठक आज

चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

File

काठमाडौं । ओमानमा जारी चार देशीय टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् । यो नेपालको तेस्रो तथा अन्तिम खेल हो । खेल मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुने कार्यक्रम छ । ओमानमा १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को… Continue reading चार देशीय टी-२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

काठमाडौं । गोरखामा हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीको भनाई छ । हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका १ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट २ का करण घले लाप्राक गएका थिए… Continue reading हिउँ खेल्दा वेपत्ता भएका दुई किशोर मृत फेला

क्यानका महानिर्देशकलाई अवकाश दिने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतवार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन अल्पकालिन अन्तरिम आदेश दिएको हो । निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन… Continue reading क्यानका महानिर्देशकलाई अवकाश दिने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको आदेश

थप ५२१ जनामा कोरोना संक्रमण पुष्टी, ३९३५ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र ४०७८ जनाको एन्टिजेन परीक्षण गर्दा ९४ गरी ५२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५९ जना… Continue reading थप ५२१ जनामा कोरोना संक्रमण पुष्टी, ३९३५ जना संक्रमण मुक्त

पार्टी खारेज र माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

काठमाडौं । एकीकृत समाजवादी पार्टी खारेज र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ। लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज आइतबार हटाउन माग गर्दै निवेदन दिएपछि यो रिटलाई पेसीबाट हटाइएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी… Continue reading पार्टी खारेज र माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

नेपाली शेयर बजारमा भीषण पहिरो, धेरै गुमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो । साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७कम्पनीको ५ अर्ब ९७… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, धेरै गुमाउने जलविद्युत समूहका लगानीकर्ता

महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

काठमाडौं । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयले आइतबार दर्ता भएको पत्र सर्वोच्च… Continue reading महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्। राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् । राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग… Continue reading प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की