गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर(१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडानम्बर१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा फेला पारि उनीहरुलाई प्रहरीको… Continue reading गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु
Author: Vishwanews.com
अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो
काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको… Continue reading अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो
काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा शनिबार यो सिजनकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम ३.३ डिग्री मापन भएको छ । शुक्रबार ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?
काठमाडौं । सरकारले अमेरिका र बेलायतसहित विश्वका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम ल्याएको छ । तर, भारतबाट नेपालमा आउँदा भने खुलेआम आउन पाउने नियम छ । यसले मुलुक भित्र सहजै भाइरस भित्राउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पर्यटन व्यवसायी ध्रुव सिखडाले सरकारको यो नियमले नेपालमा कोरोना रोक्ने नभई पर्यटक… Continue reading भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?
कांग्रेसमा सदस्य पदको मतगणना आज
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीको टुंगो लागेको छ । अब केन्द्रीय कार्यसमिति सदस्यका उमेदवारको मतगणना धमाधम हुने भएको छ । खुल्लातर्फको मत गणना आज गर्ने तयारी छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गत सोमवार मतदान भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई… Continue reading कांग्रेसमा सदस्य पदको मतगणना आज
अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने
काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु… Continue reading अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने
टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु
सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डमा टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । एक जना घाइते छन् । स १क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान… Continue reading टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु
फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित
मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका… Continue reading फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित
क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट
काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ए ग्रेडका क्रिकेटरमाथि गरेको कारवाहीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा सोही पार्टीबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले असन्तुष्टी जनाएका छन् । प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई वालुवाटारमा भेटेरै असन्तुष्टी जनाएका हुन् । मन्त्री गहतराजले भने आज क्यानका पदाधिकारीलाई मन्त्रालयमै डाकेका… Continue reading क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट
कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । यसमध्ये पदाधिकारीको सेट तयारी भएको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । जसले आगामी ५ वर्ष कांग्रेसको नेतृत्व गर्ने टीम तयार भएको हो । कांग्रेसमा १३ पदाधिकारी रहेका छन् । कांंग्रेसमा अब नयाँ नेतृत्वमा अधिकांश नयाँ अनुहार… Continue reading कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार
पूँजिगत खर्च नबढेपछि अर्थमन्त्री तात्तिए, विकासे मन्त्रालयका मन्त्रीलाई बोलाएर ताकेता
काठमाडौं । पुँजीगत खर्चले अपेक्षित गति लिन नसकेका कारण सरकारको आलोचना भइरहेको छ । यसले अर्थमन्त्री जनार्दन शर्माको अझ बढी छटपटी बढेको छ । उनले सरोकारवाला मन्त्रालयसँग ताकेता नै थालेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर पूँजीगत खर्च बढाउन ताकेता गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र… Continue reading पूँजिगत खर्च नबढेपछि अर्थमन्त्री तात्तिए, विकासे मन्त्रालयका मन्त्रीलाई बोलाएर ताकेता
नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार… Continue reading नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन
आइतवार सार्वजनिक विदा
काठमाडौं । सरकारले पुस ४ गते आइतवार देशभरिका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्मा सिफरिसमा गृहमन्त्रालयले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि… Continue reading आइतवार सार्वजनिक विदा
एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि
काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरियताक्रम हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा हेरफेर गरेको हो । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी) मा नेताहरूको वरीयता निर्धारण गरिएको छ। वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका… Continue reading एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि
कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज
काठमाडौं । नेपाली कांग्रेसमा तीन क्लस्टरको सहमहामन्त्रीमा विजेताको टुंगो लागेको छ । ५ सहमहामन्त्रीका लागि भने आज मतगणना हुने भएको छ । १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार मतगणना हुन लागेको हो । क्लस्टरअनुसार फरक, फरक पाँच स्थानमा मतगणनाको तयारी छ । कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ । तीन क्लस्टरका… Continue reading कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज
भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या
नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२… Continue reading भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या
४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन… Continue reading ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण
लण्डन । ४० वर्षअघि फोल्कल्याण्डमा भएको युद्धयता बेलायतले दोस्रो मुलुकमा आक्रमण गरेको थिएन । तर, त्यहाँको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको बीबीसीले जनाएको छ । यस्तो कारवाही बेलायतले ४० वर्षपछि पहिलो पटक गरेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन… Continue reading बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण
मन्त्री पद त्यागेका कांग्रेस नेता रिजालले ५० लाख अनुदानमा प्रतिष्ठान स्थापना गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफ्ना आमाबुबाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने भएका छन् । प्रतिष्ठानमा मोरङ क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी आफूले ५० लाख रुपैयाँ अनुदान दिने घोषणा उनले बिहीबार गरेका छन् । डा. रिजालले यो निर्णय केही पहिला नै गरेको भए पनि कार्यव्यस्तताले सार्वजनिक… Continue reading मन्त्री पद त्यागेका कांग्रेस नेता रिजालले ५० लाख अनुदानमा प्रतिष्ठान स्थापना गर्ने
बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण
भरतपुर । बुद्ध एयरको जहाजको बायाँ इन्जिन फेल भएपछि भरतपुर विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ । भरतपुरबाट १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजमा केही मिनेटमै समस्या आएको थियो । त्यसपछि सोही विमानस्थलमा अवतरण गरिएको थियो । आपतकालिन अवतरणका दौरान विमानस्थलमा आकस्मिक अवस्थाका लागि सबै बन्दोबस्त गरिएको थियो । नागरिक उड्डयन प्राधिकरण… Continue reading बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण
नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७८८ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार… Continue reading नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त
रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा बुझाएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रिजालले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् । थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्। सभापति शेरबहादुर देउवा निकट शर्माले… Continue reading कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच… Continue reading नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए
महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै… Continue reading महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
बढेन विदेशबाट आउने रेमिट्यान्स
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना देखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको छ । यो प्रवृत्ति चौथो महिनासम्म पनि कायम रहेको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन असोजमा ८ प्रतिशतले घटेको थियो । कात्तिकमा ७.५ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ… Continue reading बढेन विदेशबाट आउने रेमिट्यान्स
बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा… Continue reading बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी
कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अब निर्वाचन समिति महामन्त्री पदको मतगणनामा जुटेको हो । पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुँदैछ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच भिडिरहेका छन् । सभापति शेरबहादुर देउवा समूहबाट डा्. प्रकाश शरण… Continue reading कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । गतराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो… Continue reading झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले… Continue reading कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी