धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि… Continue reading धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

कांग्रेसको १४ औं महाधिवेशन आजबाट

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशनको उद्घाटन हुनेछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ मूल नारा तय गरिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटनको कार्यतालिका छ । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने  छन्… Continue reading कांग्रेसको १४ औं महाधिवेशन आजबाट

लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो । गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक… Continue reading लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै यात्रा प्रतिवन्ध बढाएको छ । नियमित अन्तरराष्ट्रीय व्यापारिक उडान र त्यसबाट आउने यात्रुलाई भारतमा प्रतिवन्ध लागेको छ । यस्तो प्रतिवन्ध अब ३१ जनवरी २०२२ सम्म लम्ब्याइएको छ । यसमा कार्गो उडान र अनुमति प्राप्त सबै प्रकारका उडान भने खुला हुने छन् । नेपाल र भारतबीच एयर… Continue reading भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

Photo : Zee News

नयाँ दिल्ली । बुधबार भारतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सबैभन्दा माथिल्लो पदका अधिकारी बिपिन रावतसहित १३ को मृत्यु भयो । आगोले जलेर शवहरु चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी रावत र उनकी पत्नीको शवको भने पहिचान बुधबार नै भएको थियो । यस्तो भयानक दुर्धटनामा समेत एक चमत्कारको आश अझै… Continue reading तामिलनाडु हेलिकोप्टर दुर्घटनामा एक मात्र जिवित क्याप्टेन सिंहको स्वास्थ्य कस्तो छ ?

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रम गर्दै शुक्रवारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापाले कुर्सीमा बस्नमात्रै उमेदवारी दिन लागेको नभइ परिवर्तनका लागि भएको बताएका छन् । ‘कुर्सीमा बस्नमात्रै महामन्त्रीमा उमेदवारी दिन लागेको होइन । राजनीतिक लाइन… Continue reading कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

नेपालमा थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी २११जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ जना पुगेको… Continue reading नेपालमा थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त

नेपाली सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता सोमबार ३२ अंकले बढे पनि अन्य चार दिन नेप्सेमा गिरावट आएको हो । समग्रमा यससाता नेप्से १२५ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक सूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको २ अर्ब ६७… Continue reading नेपाली सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

मोरङ कारागारको चौकीदारमा ‘गुन्डा नाइके’ अभिषेक गिरी

काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागारको जिम्मेवारी दिइएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सरकारको दबाबमा मोरङ कारागारको चौकिदारीको जिम्मेवारी दिइएको हो । गिरीलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाण्डुस्थित डिल्ली बजार कारागारमा स्थानान्तरण गरिएको थियो । कैदीबन्दीलाई अनावश्यक रुपमा यातना दिने गरेका गिरीको समूहलाई नै मोरङ ल्याइएको… Continue reading मोरङ कारागारको चौकीदारमा ‘गुन्डा नाइके’ अभिषेक गिरी

ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता

काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको हो । सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम… Continue reading ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सकिने, कागजात तत्कालै फिर्ता

च्याम्पियन्स लिगमा बार्सिलोनाको दुई दशकयताकै कमजोर प्रदर्शन, समूह चरणबाटै बाहिरियो

Photo : ESPN

काठमाडौं । च्याम्पियन्स लिगमा बार्सिलोनाले पछिल्लो दुई दशकयताकै कमजोर प्रदर्शन गरेको छ । टीम समूह चरणबाटै बाहिरिएको हो । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले हारेसँगै बार्सिलोनाको यात्रा टुंगिएको हो । लियोनल मेसीको अनुपस्थितिमा बार्सिलोना निकै कमजोर बनेको छ । लालिगामा समेत यो क्लव ८ औं स्थानमा छ । यो टीम यसअघि सन्… Continue reading च्याम्पियन्स लिगमा बार्सिलोनाको दुई दशकयताकै कमजोर प्रदर्शन, समूह चरणबाटै बाहिरियो

अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

न्यूयोर्क । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने पुष्टी गरेको छ । बीबीसीका अनुसार अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले जनाएको हो । यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट… Continue reading अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

काठमाडौं । भारतीय जेलमा ४० वर्षसम्म बिना सुनुवाइ बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ५ लाख भारतीय रुपैयाँ (८ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् । कलकत्ता उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख भारु तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको… Continue reading ४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय… Continue reading कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले आफु पार्टी सभापतिमा उम्मेदवार हुने अडान नछाडेका कारण संस्थापन इत्तर पक्षले उमेदवार तय गर्न अझै सकेको छैन । साझा उम्मेदवार खोजि देउवालाई टक्कर दिने रामचन्द्र पौडेल समूहको प्रयास अझै सार्थक हुन सकेको छैन । कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ , तर, अहिलेसम्म साझा उमेदवार तय हुन… Continue reading प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

भक्तपुर । भक्तपुरमा एक जनाको कुटपिटबाट हत्या भएको छ । आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेको खुलेको हो । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला… Continue reading भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

१८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

काठमाडौं । नेपालमा १८ वर्ष भन्दा मुनीका बालबालिकालाई लगाउने प्रयोजनका लागि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्दैछ । स्वास्थ्य सेवा विभागले यस्तो जानकारी गराएको हो । बिहीबार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो । यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय… Continue reading १८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

काठमाडौं । कांग्रेसले १४ औं महाधिवेशन लक्षित आचारसंहिता जारी गरेको छ। कांग्रेसको निर्वाचन समितिले बुधबार निर्वाचनलाई लक्षित गरि ६ बुँदे आचारसंहिता जारी गरेको हो । नियम अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड सामान्य अपिल मात्र वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार(प्रसार गर्न पाइने छैन । कांग्रेसको केन्द्रीय कार्यालय र… Continue reading कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

GETTY IMAGES

कर्नाटका । भारतीय सेनाका सबैभन्दा उच्च अधिकारी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । भारतीय वायुसेनाले ट्वीट गरि यो खरबको पुष्टी गरेको हो । यसअघि उनी सवार हेलिकोप्टर बुधबार बिहान दुर्घटनमा परेको थियो । हेलिकप्टरमा कुल १४ जना सवार थिए । त्यसमध्ये १३ जनाको निधन भएको सेनाले पुष्टी… Continue reading भारतीय सेनाको सबैभन्दा उच्च अधिकारी विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

थप २८० जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १४६ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा २५५ जना र ३००६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ३५७जना पुगेको… Continue reading थप २८० जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १४६ संक्रमित

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा उनी लगायत वरिष्ठ सैन्य अधिकारीहरु पनि सवार थिए । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।… Continue reading भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकोप्टर दुर्घटना

साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

woimacorporation.com

काठमाडौं । अमेरिका जान नेपालबाट हिँडेका एक युवाको पेरुमा मृत्यु भएको छ। स्थानीय संचारमाध्यमले जनाए अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको पेरुमा ज्यान गएको हो । उनको सोमबार बेलुका निधन भएको खबर छ । उनी कुन माध्यमबाट कसरी अमेरिका छिर्दै थिए भन्ने नखुलेको पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका… Continue reading अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । विश्व स्वास्थ्य संगठनले अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धका खोपहरु नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध समेत प्रभावकारी रहेको जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्टलाई फाइजर खोपमा परीक्षण गरिएको थियो । प्रयोगशाला परीक्षणमा सकारात्मक नजिता आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सोही आधारमा डब्ल्यूएचओले अहिले प्रयोगमा रहेका खोपले ओमिक्रोनविरुद्ध समेत काम… Continue reading कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

युक्रेन मामिलामा अमेरिका-रुस टकराव बढ्यो, बाइडेनको कडा चेतावनी

REUTERS\BBC

वासिंटन डिसी । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रास फैलिरहेको बेला त्यसको कडा प्रतिक्रिया जनाउने तयारी गरिएको अमेरिकाले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको बीबीसीले जनाएको छ । भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेका थिए । उनले… Continue reading युक्रेन मामिलामा अमेरिका-रुस टकराव बढ्यो, बाइडेनको कडा चेतावनी

राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

जनकपुर । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको दिनका रुपमा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । जनकपुरमा भने ठूलो मेला लाग्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । यसको मुख्य… Continue reading राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

Photo : Gorakhapatra

बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यो सिजनमा ९ नाउर तथा तीन वटा झारलको शिकार गरिएको छ । यो क्षेत्र नेपालको शिकार पर्यटनको एक मात्र गन्तब्य हो । ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको आरक्ष प्रशासनले जनाएको छ । नेपालका पाँच शिकार कम्पनीमार्फत शिकार गरिएको छ ।… Continue reading ढोरपाटनमा नौ नाउर र तीन झारलको शिकार

विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

काठमाडौं । सन् २०२२ अक्टोबर\नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोटमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई छन् । यो समूहका खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। यो… Continue reading विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

शशांकले सभापतिको दावेदारी छाड्ने, रामचन्द्रमा होला सहमती ?

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इत्तर समूहबाट सभापतिको उमेदवार तय गर्न सकस भएको छ । तर, महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार रहेको बताएका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार… Continue reading शशांकले सभापतिको दावेदारी छाड्ने, रामचन्द्रमा होला सहमती ?

रोकिएन पूर्वराजामाथि कमल थापाको आक्रोश, हस्तक्षेप हुँदैन भनेर कुन मुखले भन्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका छन् । मंगलबार प्रेस वक्तव्य जारी गर्दै थापाले उक्त आरोप लगाएका हुन्। थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर आफूलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट देखिएको बताएका छन् । उनले विज्ञप्तिमा… Continue reading रोकिएन पूर्वराजामाथि कमल थापाको आक्रोश, हस्तक्षेप हुँदैन भनेर कुन मुखले भन्ने ?