नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना… Continue reading नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने भएको छ । यो कूटनीतिक बहिष्कार भएका कारण अमेरिकी खेलाडी भने खेलबाट वञ्चित हुने छैनन् । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो। बीबीसीका अनुसार गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष… Continue reading अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने निश्चित

कांग्रेसमा देउवाको विपक्षी उमेदवार आज तय होला ?

काठमाडौं । नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाको विपक्षमा उठ्ने उमेदवार तय गर्न सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन गृहकार्य भने शुरु भएको छ । नेताहरुले मंगलबार पुनः यो विषयमा छलफल गर्ने भएका छन् । प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ… Continue reading कांग्रेसमा देउवाको विपक्षी उमेदवार आज तय होला ?

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा… Continue reading महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।राससका अनुसार समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएको थियो । त्यससँगै उनीहरुको… Continue reading बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु

बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा… Continue reading बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु

नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १५०३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना… Continue reading नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त

लयमा फर्कियो नेपाली सेयर बजार, सबै परिसूचक हरियाली

काठमाडौं । शेयर बजारमा सुधार आएको छ । पछिल्ला दुई दिनमै १२० अंकले घटेको बजार सोमवार दोहोरो अंकले बढेको हो । विहीवार ४९ अंक र आइतवार ७० अंकले ओरालो लागेको नेप्से सोमवार ३२. २२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख ४५… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार, सबै परिसूचक हरियाली

म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय

काठमाडौं । म्यानमारको एक अदालतले आङ सान सूचीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। फेब्रुअरी १ मा ‘कू’ गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। सूची त्यसयता सेनाकै नजरबन्दमा छिन्। म्यानमारको जुन्ती सरकारले जुनमा सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको थियो। त्यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका… Continue reading म्यानमार कू: आङ सान सूचीलाई चार वर्षको जेल सजाय

नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको हो । उनीहरूको… Continue reading नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

अमेरिकाका १५ राज्यमा पुष्टी भयो ओमिक्रोन भेरियन्ट

AP

न्यूयोर्क । विश्वभर चिन्ताको विषय बन्दै गएको कोभिड १९ को ओमिक्रोन भेरियन्ट अमेरिकाका १५ राज्यमा पुष्टी भएको छ । रोयटर्सका अनुसार १५ राज्यमा अहिलेसम्म यसको पुष्टी भएको हो । यद्दपी ओमिक्रोनको तुलनामा अमेरिकामा डेल्टा भेरियन्टको फैलावट नै तीव्र रहेको छ । मानिसहरुको मृत्युमा समेत डेल्टा भेरियन्ट बढी खतरनाक पाइएको छ । सेन्टर अफ डिजिज कन्ट्रोल… Continue reading अमेरिकाका १५ राज्यमा पुष्टी भयो ओमिक्रोन भेरियन्ट

रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन

Photo : DNA India

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन आजबाट भारत भ्रमणमा आउने भएका छन् । भारतमा बढ्दो असुरक्षाका बीच सरकारले उनी अवतरण हुने समय भने सार्वजनिक गरेको छैन । तर, भारतीय संचारमाध्यमले उनी भारतीय समाय अनुसार दिउँसो २ बजे दिल्ली विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । साथे उनको यो भ्रमण निकै छोटो हुने छ । अर्थातः… Continue reading रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, सुरक्षाका कारण समय सार्वजनिक गरिएन

भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?

PTI

नागाल्याण्ड । भारतको नागाल्यान्डमा शनिबार सेनाको गोली लागेर एकै पटक १३ जना सर्वसाधारणको ज्यान गएको छ । यसले पुनः एक पटक भारतको सुरक्षा अवस्थाबारे विश्वभर बहस शुरु गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएको थियो । उनीहरु कामबाट फर्किरहेका थिए… Continue reading भारतको नागाल्याण्डमा सेनाको गोलीले एकै पटक १३ सर्वसाधारण मारिएको घटना के हो ?

तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

FILE

तनहुँ । तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृतयु भएको छ । जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्कालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा घटना भएको छ । आइतबार राति सिकार खेल्न गएका बेला गोली लागेर सोही ठाउँका १७ वर्षीय रोहित मल्लको ज्याा गएको छ । शुक्लागण्डकीस्थित… Continue reading तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

बुटवल । नेपाली कांग्रेसको बागमति र प्रदेश एकमा संस्थापन पक्ष विजयी भएकोमा लुम्बिनी प्रदेशमा भने संस्थापन इतर समूहले बाजी मारेको छ । यहाँ संस्थापनबाहेकका अन्य नेताको समर्थनमा उठेका अमरसिंह पुन मगर विजयी भए । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले हराएका छन् । सभापतिमा विजयी पुनले ८५२ मत पाए । शाहको पक्षमा ७६७ मात्र… Continue reading लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा देउवा पक्षका उमेदवार उद्धव थापा दुई मतले विजयी भएका छन् । उनले थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गरे । थापाको पक्षमा ८४४ मत र घिमिरेको पक्षमा ८४२ मत परेको थियो । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदमा थापा समूहको प्यानल विजयी भएको छ । उपसभापतिमा संस्थापन… Continue reading कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापति पदमा देउवा समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणनामा बानियाँले जगदीश्वर नरसिंह केसीलाई हराए । केसी प्रकाशमान सिंह र गगन थापा समुहका हुन् । बानियाँ कांग्रेस मकवानपुर जिल्ला सभापति समेत हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए । केसीले ९२७… Continue reading कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु

AFP

जकार्ता । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ । दर्जनौँ अरू घाइते भएको बीबीसीले लेखेको छ । माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको… Continue reading इण्डोनेसियामा ज्वालामुखीमा परि कम्तिमा १३ को मृत्यु

एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को दसौं महाधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश गरेको छ । सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न भन्दै उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले आइतबार सो… Continue reading एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दुबईमा हुने उडान थप गरेको छ । अब यो सेक्टरमा सातामा कुल ९ उडान भएको छ । उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज केक काटेका छन् । दुबईमा यसअघि हरेक दिन एक\एक वटा उडान भइरहेको थियो । आइतबारबाट थप दुई (आइतबार र… Continue reading दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

नेपालमा थप २०५ जनामा कोरोना पुष्टी,४३६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना… Continue reading नेपालमा थप २०५ जनामा कोरोना पुष्टी,४३६ जना संक्रमण मुक्त

अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ, कमल थापा अनुपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन् । त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण गरेका… Continue reading अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ, कमल थापा अनुपस्थित

पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजित भएका कमल थापाले पूर्वराजा परिवारमाथि अटाक्ष गरेका छन् । आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका थापाले पूर्व युवराज्ञी हिमानी शाहले लिङ्देनलाई सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको बधाई तथा शुभकामनाप्रति कटाक्ष गरेका हुन् । हिमानीले ट्वीटमार्फत मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताउँदै अध्यक्ष… Continue reading पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजारमा साताको कारोबारको पहिलो दिन पहिरो गएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२. ३० घटेर २५१३.८९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६कम्पनीको ४ अर्ब ९ करोड ७ लाख ६५ हजार २२३ रुपैयाँ बराबरको ८९ लाख २० हजार ८९४ कित्ता शेयर… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

आजबाट बाघ गणना थालिँदै

file

काठमाडौं । नेपालमा आजबाट बाघको गणना शुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्न थाल्ने जनाएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुनेछ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया… Continue reading आजबाट बाघ गणना थालिँदै

थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको… Continue reading थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएसँगै यसको कारक पूर्वराजा ज्ञानेन्द्र भएको कमल थापाले आरोप लगाएका छन् । उनलाई राजेन्द्र लिङ्देनले हराएका हुन् । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आक्रोसित टिप्पणी गरेका छन् । थापाले सामाजिक संजाल टुइटरमार्फत आफूलाई ‘राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप लगाएका छन्… Continue reading आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ऐतिहासिक रुपमा नेतृत्व परिवर्तन भएको छ । राप्रपा अध्यक्षमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले पूर्वअध्यक्ष कमल थापालाई २ सय मत अन्तरले हराए । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाए । कमल थापाले १ हजार ६ सय १७ मत पाए ।… Continue reading राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप वितरण गर्ने भएको छ । यसका लागि तयारी पूरा गरेको सरकारले जनाएको छ । राससका अनुसार आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।… Continue reading नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी ६ हजार… Continue reading नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु