पेरिस, ४ चैत (रासस–एएफपी) । फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ। अहिलेको अशान्त अवस्थामा इन्धन लगायतका सामग्री ढुवानी गर्ने जहाजहरूलाई सुरक्षा दिन असम्भव रहेको फ्रान्सका राष्ट्रपति राष्ट्रपति इम्यानुएल म्याक्रोँले मङ्गलबार बताएका छन् । उनले भने, “फ्रान्सले अहिलेको स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ… Continue reading अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स
Author: Vishwanews.com
इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा
वासिङ्टन, ४ चैत (रासस–एएफपी) । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरे । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा… Continue reading इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो
काठमाडौँ, ४ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार… Continue reading तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो
यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
काठमाडौँ, ४ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो । त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । विसं २०८२ मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार… Continue reading यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
काठमाडौँ, ३ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नेगरी तयारी सुरु भएको जानकारी दिए । आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन
दाङ, ३ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश राउतले भने, “हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका… Continue reading आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन
दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा
गण्डकी, ३ चैतः जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र… Continue reading दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा
प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट
काठमाडौँ, ३ चैतः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई आज बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल… Continue reading प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट
तलव नलिने सुदन गुरुङको घोषणा
ललितपुर, गोदावरी ३ चैत । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताएका छन् । ललितपुरमा आज आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई… Continue reading तलव नलिने सुदन गुरुङको घोषणा
क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
काठमाडौँ, २ चैतः प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार… Continue reading क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु
काठमाडौँ, ३ चैत । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ)का कारण तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो ।… Continue reading २४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
काठमाडौँ, ३ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ । रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका… Continue reading चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग
काठमाडौँ, ३ चैत । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले… Continue reading नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग
रसुवामा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
रसुवा, ३ चैत । लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको छ । निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल ९जङ्गली सुँगुर०बाट भएको छ । चालुआवको हालसम्म वन्यजन्तुबाट एक सय ५७ जना प्रभावित भएका छन् । रेन्जर रूपेश लामाका अनुसार प्रभावितमध्ये बाँदरबाट ३४, बँदेलबाट एक सय ११, चितुवाबाट ११ र भालुबाट एक जना… Continue reading रसुवामा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
गण्डकी, ३ चैत । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी
जेरुसलेम, ३ चैत (रासस–सिन्ह्वा) । इजरायली सेनाले सोमबार तेहरानको मेहराबाद विमानस्थलमा इरानका शीर्ष नेतृत्व प्रयोग गर्ने विमान नष्ट गरेको घोषणा गरेको छ । इजरायलका अनुसार यस आक्रमणले तेहरान र यसको क्षेत्रीय सहयोगीहरूबीच समन्वयमा बाधा पुर्याउने अपेक्षा गरिएको छ। सेनाले दिएको विज्ञप्तिमा सो विमान वरिष्ठ राजनीतिक र सैन्य नेताहरूले घरेलु तथा अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दै… Continue reading इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी
हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते
उदयपुर (गाईघाट), ३ चैत स् उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै कटारी–५… Continue reading हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते
मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम
म्याग्दी, ३ चैत । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए । “घाँस पलाउने बाहना, अवैध… Continue reading मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ ।दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष… Continue reading रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु
काठमाडौँ, ३ चैतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण… Continue reading चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
काठमाडौँ, ३ चैतः निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै… Continue reading समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
कर्णाली, ३ चैतः सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कअनुसार फागुनमा भएका सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ । करिब ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक खराबीका कारण… Continue reading सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
काठमाडौँ, ३ चैतः अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण… Continue reading ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
भक्तपुरमा हुरीले दुई घरमा क्षति
भक्तपुर, ३ चैतः सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका २ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो । उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा… Continue reading भक्तपुरमा हुरीले दुई घरमा क्षति
होर्मुज बन्दः विश्व बजारमा दबाब
तेहरान, ३ चैत (रासस–एएफपी) । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी… Continue reading होर्मुज बन्दः विश्व बजारमा दबाब
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु
दुबई, ३ चैत (रासस–सिन्ह्वा) । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार सो अवधिमा यूएई… Continue reading यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु
लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने
लामिछानेको रिट ‘’ मा मङ्गलबार सुनुवाइ हुनेकाठमाडौँ, ३ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । सुनुवाइ… Continue reading लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने
निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग
काठमाडौँ, ३ चैतः नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धका कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले यस्तो माग अगाडि सारेको हो । महासङ्घका… Continue reading निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग
सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
राससभैरहवा (रुपन्देही), ३ चैत । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा… Continue reading सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
काँक्रेविहार (सुर्खेत), ३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।… Continue reading निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता