अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए । महानगरपालिकाले यी दुई ब्रुमरका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ । सोहीअवसरमा महानगरका… Continue reading अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

धादिङ । बेनिघाटस्थित त्रिशुली नदीमा खसेर दूर्घटनाग्रस्त बसमा सवार रहेका यात्रु मध्ये १६ जनाको सकुशल उद्दार गरिएको छ । तीन यात्रुले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु थिए । २६ जना अझै वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान साढे ३ बजे दूर्घटनामा परेको बसको उद्दार अबेर मात्र शुरु… Continue reading त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो । आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ । यो… Continue reading नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

गोली हानेर समातिए तामाङ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई युवालाई पक्राउ गर्न गोली प्रहार गरेको छ । काठमाडौंको स्वयम्भूमा लोप्चन नामले चिनिने मिलन तामाङमाथि प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेका लोप्चनसहित अर्का यूवक अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका छन् । रामेछापस्थित लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्काएर २ करोड मागेको आरोप लोप्चन माथि छ । उनले… Continue reading गोली हानेर समातिए तामाङ

विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

काठमाडौं । सरकारले विदेशमा भिजिट नेपाल २०२० को उद्घाटन सम्बन्धित देशका राष्ट्रप्रमुखबाट गराउने योजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक देशमा भिजिट नेपाल २०२० को दियो सम्बन्धित मुलुकका राष्ट्रप्रमुखबाट गराउने योजना रहेको बताएका हुन् । शुक्रबार राजधानीमा भिजिट नेपालको तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले त्यसका लागि विदेशस्थित… Continue reading विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण

काठमाडौं । व्यक्तिजस्तै मुलुकले पनि आफ्नो वित्तीय आवश्यकता पुरा गर्न ऋण लिन्छ । निश्चित अवधिमा ऋणको साँवाब्याज भुक्तानी पनि गर्नुपर्छ । नेपाल सरकारले एक वर्षको अवधिका करीव ७५ अर्ब रुपैयाँ लिएको ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले वैदेशिक ऋणमा साँवा-ब्याज तिर्ने प्रयोजनका लागि २४… Continue reading एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण

जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० को खारेजीसँग जम्मू कश्मीरबाट आतंकवाद र परिवारवादबाट पनि खारेज भएको बताएका छन् । उनले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गरेका हुन् । भारत केन्द्र सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने ऐतिहासिक घोषणा गरेको छ । यस… Continue reading जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ । अस्पतालको ओपिडी टिकट… Continue reading पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

खुद्रे आयोजनामा डोजर निषेध

काठमाडौं । सरकारले साना तथा खुद्रे आयोजनामा डोजर लगाउन रोक लगाएको छ । स्थानीय सरकारहरुलाई परिपत्र गर्दै केन्द्र सरकारले उक्त निर्णय गरेको हो । अब एक करोड रुपैयाँसम्मभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएको हो । सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोगमा रोक लगाइएको हो । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा… Continue reading खुद्रे आयोजनामा डोजर निषेध

प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासमा बसेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् । प्रवासी नेपालीले सहयोग गर्ने हो भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको समेत उनले उल्लेख गरे । गौतमबुद्ध विमानस्थल भैरहवाको स्थलगत अध्ययन तथा लुम्बिनी विकास कोषको बैठकमा… Continue reading प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

दक्षिण कोरिया । दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा आप्रवासी कामदार आन्दोलित भएका छन् । नेपालसहितका एक दर्जन मुलुकका विदेशी कामदारले सामूहिक रुपमा ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएको दक्षिण कोरियाली संचारमाध्यमहरुले लेखेका छन् । नेपाल, मंगोलिया, म्यान्मार, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सका आप्रवासी कामदार यो आन्दोलनको समर्थनमा रहेका हुन् । जापानका… Continue reading चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

इस्लामावाद । जम्मू कश्मीरको विषयलाई लिएर पाकिस्तानले भारतविरुद्ध कडा कदम चालेको छ । पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध नै तोड़ने निर्णय गरेको छ । पाकिस्तानी सुरक्षा परिषद्को बैठकले उक्त निर्णय गरेको हो । पाकिस्तानस्थित भारतीय उच्चायुक्तलाई भारत पिर्ता पठाउने र आफ्ना राजदूतलाई पनि भारतबाट फिर्ता बोलाउने निर्णय पाकिस्तानले गरेको छ । पाकिस्तानले भारतीय सीमामा अवस्थिति एयरस्पेस… Continue reading भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा ठूलो फड्को मार्न सफल भएका छन् । संसारभरका चर्चित क्रिकेटरहरुलाई पछाडी पार्दै पारस वरियताको २५ औं स्थानमा उक्लिन सफल भएका हुन् । यो वरियता अलराउन्डरका लागि हो । भारतका सुरेश रैना, हार्दिक पाण्डया, अफगानिस्तानका रसिद खानजस्ता विश्वचर्चित खेलाडीलाई पारसले उछिनेका… Continue reading चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो । सुविसुको मुख्य सर्भर रहेकै भवनमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । जेनेरेटर चलाउन राखिएको इन्धन भण्डारण क्षेत्रबाट आगोलागी… Continue reading भिषण आगोमा डढे सुविसुका उपकरण

नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सुधारमा पर्यटन मन्त्री योगेश भट्टराईले काम थालेका छन् । बुधबार एक अध्ययन समिति गठन गर्दै मन्त्री भट्टराईले निगममा सुधारको खोजी थालेका हुन् । लामो इतिहास बोकेको नेपाल एयरलाइन्सले नेपालमा हवाई यातायातको विकास, पर्यटन क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ… Continue reading नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् । यी सम्पदाहरुको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको पुनर्निर्माण… Continue reading ३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

सिंहदरबारको आडमै भेटियो बम

काठमाडौं । बुधबार एका बिहानै राजधानीको माइतिघर मण्डलामा बम भेटिएको छ। बम भेटिएको स्थान सिंहदरबारको आड नै हो भने यहाँबाट केही मिटरको मात्र दूरीमा सैनिक मुख्यालय रहेको छ । माइतीघर मण्डलास्थित सेन्ट जेभियर्स कलेज अगाडि सकेट बम फेला परेको प्रहरीले पुष्टी गरेके छ । महानगरीय प्रहरी परिसरका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय… Continue reading सिंहदरबारको आडमै भेटियो बम

तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

काठमाडौं । स्थानीय प्रशासनले विभिन्न जिल्लामा तीजलाई मर्यादित बनाउने प्रयास थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरु यसमा सक्रिय देखिएका हुन् । तीज मनाउने नाममा एक महिना अगाडी बाटै होटेल र पार्टी प्यालेस भरिभराउ हुन गरेका छन् । मौलिक तीज गीतमा नाचगान हुने छाडेको छ भने यूट्यूवमा भड्किला गाना बजाएर नशामा झुल्ने क्रम शुरु भएको छ… Continue reading तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ । उता, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले मूल्य बढेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य सूची अनुसार प्रतिलिटर… Continue reading खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् । प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् । त्यसपछि लामो… Continue reading एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

File Photo

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् । उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई… Continue reading विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

सरकारी कर्मचारीलाई कस्दै सरकार

साभार स्केच

काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ । खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो । कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी… Continue reading सरकारी कर्मचारीलाई कस्दै सरकार

मनसुन जारी, पश्चिम पहाडमा जोखीम

प्रतिकात्मक तस्वीर

काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ । महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको… Continue reading मनसुन जारी, पश्चिम पहाडमा जोखीम

तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ । नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा… Continue reading तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो । आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा… Continue reading मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन । खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा… Continue reading पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध हटेको छ । दुई पक्षबीच सोमबार प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने गरी दुई बुँदे सहमति भएको… Continue reading हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

नयाँ दिल्ली । भारतमा सरकारले संविधानको अनुच्छेद नै खारेज गरी जम्बु कश्मीरका अधिकार कटौतीमार्फत पूर्णतया केन्द्र शासित क्षेत्रमा रुपान्तरण गर्यो । अब जम्बु कश्मीर छुट्टै स्वतन्त्र राज्य रहेन । केन्द्र शासित दुई वटा प्रदेशमा जम्बु कश्मीरलाई रुपान्तरण गरिएको छ । सरकारले प्रदेश पुनर्गठनको प्रस्ताव समेत गरेको थियो । यो प्रस्ताव पनि राज्यसभाबाट पास भइसकेको छ… Continue reading जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

नागपन्चमी : किन पुजिन्छ नाग ?

काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ । यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ । अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता… Continue reading नागपन्चमी : किन पुजिन्छ नाग ?

रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ । अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र… Continue reading रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला