कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही

File

कतार । कतारमा मध्य दिउँसोको चर्को घाममा काममा लगाउन पाइदैंन । तर, सरकारको यो नियम अटेरी गरि काममा लगाएका ५४ कम्पनी कारवाहीमा परेका छन् । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको हो । मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा… Continue reading कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही

निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

फाइल तस्वीर

घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो… Continue reading निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

प्रतिकात्मक तस्वीर

मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो । घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ… Continue reading सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो नेपालमा बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताएपछि देशभर व्यापक विरोध भइरहेको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै उनको समेत आलोचना भइरहेको छ । यसै सन्दर्भमा महताले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै आफ्नो बोली सच्याएका हुन् । मन्त्री भएपछि शुक्रबार… Continue reading व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् । यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार… Continue reading वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो । सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै… Continue reading गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरी वृद्धि गरेको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको नेपाल आयल निगमले सूचना जारी गरि जानकारी गराएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।… Continue reading निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या

फाइल तस्वीर : बुर्किना फासोको सुरक्षा फौज Photo by ISSOUF SANOGO / AFP via Getty Images)

काठमाडौं\एजेन्सी । बुर्किना फासोमा आतकंवादीको आक्रमणमा परी कम्तिमा एक सय जना मारिएको छन् । बीबीसीले समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै जनाए अनुसार देशमो उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले आक्रमण गरेका छन् । यो घटना शुक्रबार रातीको हो । घटनामा कम्तिमा एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले जानकारी गराएका छन् । शुक्रवार राति सोल्हान… Continue reading बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या

कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअवधिमा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७७९९ पुगेको छ । नेपालमा कुल संक्रमितको १.६ प्रतिशत मानिसले ज्यान गुमाउनु परेको छ । पछिल्लो केही… Continue reading कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।… Continue reading नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी

काठमाडौं । मानवीय सेवामा क्रियाशील परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटी विजयी भएका छन् । शुक्रबार र शनिबार भएको कन्भेन्सनबाट डाइरेक्टरमा बुर्लाकोटी बिजयी भएका हुन् । निर्वाचित बुर्लाकोटीले १६४४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्द्धी खगेन्द्र सिटौलाले ११७८ मत प्राप्त गरे । नेपाल भरीको लायन्सलाई क्लब… Continue reading लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी

संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली

नयाँ दिल्ली र भारतको राजधानी नयाँ दिल्लीले कोरोना भाइरसको उच्च संक्रमण दरलाई नियन्त्रणमा लिन सफल भएको छ । यससँगै अब लकडाउन खुकुलो बनाउने तयारी दिल्ली सरकारले गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत मात्र देखिएको छ । दिल्लीमा शुक्रबार ५२३ व्यक्तिमा मात्र संक्रमण देखियो । दिल्ली २ करोड भन्दा बढी… Continue reading संक्रमण घटेपछि लकडाउन खुकुलो पार्दै दिल्ली

अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने… Continue reading अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

Photo by : gettyimages\AFP\BBC

काठमाडौं । ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आएको छ । यसअघि यो औषधी नेपालमा थिएन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसीका नामबाट चिनिने ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी नेपाललाई पठाएको हो । नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपाल आएको बताइएको छ । नेपालमा कालो ढुसीको… Continue reading ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा… Continue reading नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान

हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु

file

काठमाडौं । यो सिजनको हिमाल आरोहण अभियान पुरा भएको छ । अघिल्लो सातासम्म अन्तिम पटक सगरमाथा चुचुरोमा पुगेका आरोही समेत अब क्रमशः काठमाडौं फर्कने क्रममा रहेको पर्यटन विभागले जनाएको छ । यो पटक कति आरोहीले हिमालको चुचुरोमा सफल आरोहण गरे भन्ने तथ्यांक गणनाको काम भइरहेको विभागको भनाई छ । यो सिजन अहिलेसम्मकै बढी संख्यामा आरोहण… Continue reading हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु

काठमाडौं । जनकपुरको चर्चित धार्मिक सम्पदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्ने तयारी शुरु भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई… Continue reading जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु

सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिर परिसरबाट घाट हटाउने तयारी गरेको छ । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्तावको तयारी कोषले गरेको हो । राससका अनुसार यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार… Continue reading सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ । सो बेला बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । सरकारले एक सूचना प्रकाशित गरि आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ । सबै सरकारी, निजी,… Continue reading नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

काठमाडौं । संसद विघटन गरि काम चलाउ बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्षको नेताहरुलाई १० मन्त्री बनाएका उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले यसअघिको मन्त्रिमण्डलमा रहेका एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्य मन्त्रीलाई बिदा गरेका छन् । नयाँ मन्त्रिपरिषदमा… Continue reading काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको स्रोतले बताएको छ । केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो। महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास… Continue reading जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ।

नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या… Continue reading नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने

साभार स्केच

बेइजिङ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जनाएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी शुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। बेरोजगार भएका ३ करोड… Continue reading सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने

नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुनेछ । नागरिकता अध्यादेशबिरुद्ध ६… Continue reading नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

विश्वकप छनोट : अर्जेण्टिना र चिलीले बराबरी खेले

काठमाडौं । फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेखेका हुन् । बराबरीपछि अर्जेन्टिना समूहको शीर्ष स्थानमा उक्लिन भने सकेन । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले २४ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । चिलीका एलेक्सिस सान्चेसले ३६… Continue reading विश्वकप छनोट : अर्जेण्टिना र चिलीले बराबरी खेले

जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

Photo : ABC News

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ । आगामी साता जो बेलायत जाँदैछन् । उनी जी सेभेन समिटमा भाग लिने सिलसिलामा त्यहाँ जान लागेका हुन् । सो अवसरमा जो र प्रथम महिला जिल बाइडेनसहित एलिजाबेथसँग भेटवार्ताको समय तय भएको बकिङ्हम प्यालेसलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन्… Continue reading जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका आजबाट निषेधाज्ञा हल्का खुकुलो हुँदैछ । एक हप्तासम्म खाद्यान्न पसल समेत बन्द भएको काठमाडौंमा अब केही खुकुलो बनाइएको हो । उपत्यकामा जेठभर निषेधाज्ञा भने जारी रहने छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल… Continue reading आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ । बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९०… Continue reading कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जित

काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ अन्तर्गत भएको नेपालले चाइनिज ताइपेईविरुद्ध सानदार जित निकालेको छ । प्रतियोगितामा ताइपेईलाई दोस्रो पटक हराउने क्रममा नेपालले २–० को जित निकाल्यो । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा… Continue reading विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको सानदार जित