काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् । तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका… Continue reading कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो
Author: Vishwanews.com
विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द
काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती… Continue reading विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द
कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ
प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे
अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि… Continue reading अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी
१८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार
काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ । ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ । १५ औं योजनामा समावेस… Continue reading १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार
नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् । गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।… Continue reading नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु
विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु… Continue reading विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य
नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह
काठमाडौं । नेपाल सरकारले आफ्ना नागरिकलाई विदेश यात्रामा सचेत रहन आग्रह गरेको छ । नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी जारी गरेको हो । कोरोना भाइरसले पछिल्लो समय बढी नेपाली बढी आवत जावत हुने देशमा संक्रमण बढाएको छ । सोहीकारण सरकारले विदेश यात्रामा सचेत रहन आग्रह गरेको हो । तत्कालका लागि… Continue reading नेपालले जारी गर्यो ट्राभल एडभाइजरी, विदेश यात्रामा सचेत रहन आग्रह
चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे
काठमाडौं । नेपालमा चीनबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । कोरोनाको प्रकोप फैलिएसँगै चीनबाट पर्यटक आवागमन करीव ठप्प प्राय छ । फेब्रुअरी महिनामा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को फेब्रुअरीमा चीनबाट करीव १४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष आएका चिनियाँमध्ये… Continue reading चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे
प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने
काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने
५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द
काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ । गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।… Continue reading ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द
चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस
काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको स्थानमा महेन्द्र पाण्डेलाई राजदूतमा नियुक्त गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेको छ । यद्दपी सरकारको यो निर्णयको भने आलोचना भइरहेको छ । आफ्नो नातागोता गर्ने मानिसलाई अवसर दिने र दक्ष कर्मचारीलाई भने फिर्ता बोलाएको भन्दै सरकारको आलोचना शुरु भएको हो । पूर्व मुख्यसचिव… Continue reading चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस
भ्रमण वर्ष स्थगित गरिने
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् । अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ । आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ… Continue reading भ्रमण वर्ष स्थगित गरिने
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो । यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेपाल… Continue reading प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन । राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए । भाषण मन नपरेका… Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ
आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको राजधानी टोकियो नजिकै रहेको नारिता विमानस्थलमा आजबाट उडान सेवा प्रारम्भ गर्दैछ । सोमबार बिहान १ बजेर २५ मिनेट जाँदा नेपाल एयरलाइन्सको जम्बो जहाज नारिताका लागि उड्दैछ । उक्त जहाजमा नेपालबाट २ सय ३७ जना यात्रु नारिताका लागि उड्दैछन् । जापानको नारिताबाट भने पुरै सीट भरेर यो जहाज नेपाल आउने भएको… Continue reading आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु
कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान
काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको छ । अस्ट्रेलियामा पहिलो पटक यस रोगका कारण ज्यान गएको हो । पर्थस्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा उपचारका क्रममा ७५ वर्षिय एक वृद्धको ज्यान गएको संचारमाध्यमले पुष्टी गरेका छन् । उनको आसियूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान उनको ज्यान गएको हो ।… Continue reading कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान
अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान
वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिका भित्र एक व्यक्तिको ज्यान गएको छ । उनी यस रोगबाट ज्यान जाने दोस्रो व्यक्ति हुन् । अमेरिकाले आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ। कोरोनाको संक्रमण भएको र स्वास्थ्यमा विविध समस्याको सामना गरिरहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका… Continue reading अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान
भ्रमण वर्ष प्रभावित, विदेशमा हुने प्रवर्धन रोकियो
काठमाडौं । संसारभर महामारीका रुपमा फैलदो रुपमा रहेको कोरोनाले नेपालको भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभावित बनाएको छ । विश्वभरका पर्यटक भित्राएर वार्षिक २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने अभियान कोरोनाका कारण प्रभावित भएको हो । सरकारले अब विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईले… Continue reading भ्रमण वर्ष प्रभावित, विदेशमा हुने प्रवर्धन रोकियो
नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल
काठमाडौं । पछिल्लो समय कोरोनाले मध्यपूर्वी मुलुक र यूरोपमा संक्रमण बढाइरहेको छ । यी मुलुकमा धेरै नेपाली बसोबास गर्छन् । कोरिया, जापान, इरान र इटालीमा तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म फैलिएपछि बल्ल नेपाल सरकारले सतर्कता अपनाउन थालेको छ । यसअघि विमानस्थलमा थर्मल स्क्यानर राखेर… Continue reading नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल
कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा
काठमाडौं । सामान्यतया चिसो मौसम भएको क्षेत्रबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय तातो मौसम भएका मुलुकमा समेत फैलिएको छ । पछिल्लो पटक कतारमा एक बिरामीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएका २६ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको कतारी अधिकारीले पुष्टी गरेका छन् । यो रोग चीनको वुहानमा पहिलो पटक देखिएको हो… Continue reading कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा
नेपाललाई कमजोर मलेसियाले हरायो
बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै… Continue reading नेपाललाई कमजोर मलेसियाले हरायो
देउवाले तोके एक दर्जन विभागका प्रमुख
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक दर्जन विभागमा विभागीय प्रमुख तोकिदिएका छन् । उनले शनिबार १३ वटा विभागमा प्रमुख तोकेको पार्टीले जनाएको छ । यसअघि शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताको नाम दिन अस्वीकार गरेका थिए । त्यसलगत्तै शनिबार देउवाले विभागमा प्रमुख तोकेका छन् । देउवाले संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठलाई… Continue reading देउवाले तोके एक दर्जन विभागका प्रमुख
अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
दोहा । अमेरिका र तालिवानबीच अफगानिस्तानमा शान्ती स्थापना गर्ने सम्बन्धमा एक दीर्घकालिन सम्झौतामा ऐतिहासिक हस्ताक्षर भएको छ । अफगानिस्तानमा रहेका हजारौं सैनिक फिर्ता गर्ने सहमति गरेको अमेरिकाले तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको हो । यससँगै अब १८ वर्ष लामो युद्धलाई अन्त्य गर्न अमेरिका र तालिवान सहमत भएका छन । हस्ताक्षर कार्यक्रम कतारको दोहामा भएको हो… Continue reading अमेरिका र तालिवानबीच शान्ती सम्झौता, अफगानिस्तानमा खटाएका सेना फिर्ता हुने
चर्किएको राजनीतिक तनाव छल्न प्रचण्ड सुकुटेमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले राजनीतिक द्धन्द्ध उत्कर्षमा छ । गुटगत विवाद उचालिएको छ । खासगरी राष्ट्रिय सभामा वामदेव गौतम वा युवराज खतिवडा कसलाई लैजाने भन्ने विषयमा विवाद चलिरहेको छ । यसै मेसोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आरामका लागि सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका छन् । जब मुलुकमा राजनीतिक तनावले उग्ररुप… Continue reading चर्किएको राजनीतिक तनाव छल्न प्रचण्ड सुकुटेमा
अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
कतार , १८ वर्षभन्दा लामो युद्ध रोकेर अफगानिस्तानमा शान्ती फर्काउन अमेरिका र तालिवान लडाकु समूह तयार भएका छन् । सोही सिलसिलामा अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौतामा हस्ताक्षर हुँदैछ । शान्ति सम्झौताका लागि कतारको राजधानी दोहामा विशेष कार्यक्रम आयोजना भएको छ । अहिले अफगानिस्तानमा एक प्रकारको युद्धविराम लागु भइसकेको छ ।… Continue reading अमेरिका र तालिवानबीच आज ऐतिहासिक शान्ती सम्झौता
१४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली
काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् । उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् । फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन… Continue reading १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली
एमसिसीबाट श्रीलंका पछि हट्यो
कोलम्बो । श्रीलंका सरकार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबाट पछि हटेको छ । यससँगै दुई मुलुकबीच औपचारिक हस्ताक्षर हुन सकेन् । हस्ताक्षर गर्न श्रीलंकाली सरकारले अस्वीकार गरिदिएको छ । श्रीलंकाली मन्त्रिपरिषद्ले सम्झौताका केही विषयमा थप छलफलको आवश्यकता औल्याउँदै तत्काल हस्ताक्षर नगर्ने निर्णयमा पुगेको श्रीलंकन मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेलार्ए उदृत गर्दै संचारमाध्यमले लेखेका छन्… Continue reading एमसिसीबाट श्रीलंका पछि हट्यो