कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार नाघेको छ । यसको ठूलो संख्या चीनमा रहेको छ । चीनको वुहान शहरबाट फैलिएको यो रोगले मृत्यु हुनेको संख्या दुई हजारको आंकडा पार गरेको संचारमाध्यमले लेखेका छन् । कोरोनाबाट ७५ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये चीनमा दुई… Continue reading कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो

आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

रौतहटमा गोली हानाहान, पटेल पक्राउ

रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ

नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

काठमाडौं । सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने निर्णय गरेको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्रका रुपमा सम्प्रेषित गर्ने निर्णय भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सरोकारवालासँग छलफल गरेको थियो । छलफलका क्रममा कोरोना भाइरस र यसका कारण… Continue reading नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

देउवा गच्छदारकै पक्षमा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् । उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ । गच्छदारमाथि… Continue reading देउवा गच्छदारकै पक्षमा

अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् । मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो । उनको मुटुको एन्जियोग्राफी गरिएको… Continue reading अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् । किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको… Continue reading खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो

आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । चीनबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एरलाइन्सको वाइडबडी जहाज आजबाट नियमित उडानमा प्रयोग गरिदैछ । ४८ घण्टाको क्वारेन्टाइन अवधी पुरा भएसँगै यो जहाज नियमित उडानमा जान लागेको हो । चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज विमानस्थलको रिमोट पार्किंग स्थलमा क्वारेन्टानमा राखिएको थियो । जहाज मंगलबार राति… Continue reading आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज

सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

शिवमाया बनिन् कानूनमन्त्री

काठमाडौं । सोमबार एक संयोग मिल्यो, जुन दिन पूर्वसभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाए, सोही दिन उनकै कार्यकालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । उक्त… Continue reading शिवमाया बनिन् कानूनमन्त्री

रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् । उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् ।… Continue reading रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद

छूटे महरा, जेलबाट सिधै निवासतर्फ

काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् । उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे । उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए । जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त… Continue reading छूटे महरा, जेलबाट सिधै निवासतर्फ

महराले पाए सफाइ, आजै रिहा

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् । उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् । जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने… Continue reading महराले पाए सफाइ, आजै रिहा

प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ । खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् । नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ । त्यसकारण… Continue reading प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

खरिपाटीका स्थानीयमा कोरोना आतंक

भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् । उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन । अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ । खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् । त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् । सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान… Continue reading खरिपाटीका स्थानीयमा कोरोना आतंक

काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् । नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र… Continue reading काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

महराको मुद्दामा आज आउला फैसला ?

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ । आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला… Continue reading महराको मुद्दामा आज आउला फैसला ?

काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ । सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ । त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ । काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो… Continue reading काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

काठमाडौं । नेपाल सरकारले चीनबाट १७५जना नेपालीलाई आइतबार बिहान काठमाडौं अवतरण गरायो । उनिहरु चीनको वुहान र यस आसपासका शहरमा बसोबास गर्ने नेपाली हुन् । वुहान कोरोना भाइरस उत्पत्ति भएको शहर हो । यहाँ मात्र करिब १ हजार मानिसको ज्यान गइसकेको छ । एक हिसावले हेर्दा काल कोठरी सरह बनेको शहरको एक कोठामा थुनिएर बसेका… Continue reading घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ । कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको… Continue reading बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

रसुवागढी अझै एक साता बन्द

रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ । सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका… Continue reading रसुवागढी अझै एक साता बन्द

कोरोनाले फ्रान्समा समेत एकको मृत्यु

पेरिस । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पनि एक जनाको मृत्य भएको छ । फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले लेखेका छन् । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले यसको पुष्टि गरेका छन् । उनका अनुसार चीनको हुबेई प्रान्तमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको… Continue reading कोरोनाले फ्रान्समा समेत एकको मृत्यु

वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानस्थित विमानस्थलमा पुगेको छ । १८५ जना नेपाली विद्यार्थीलाई बोकेर जहाज नेपाली समय अनुसार राती २:१५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । वुहानमा चीनका विभिन्न शहरबाट नेपाली आएर विमानस्थलमा जुटेका थिए । त्यसमध्ये केही विद्यार्थीलाई ज्वरो आएका कारण चीनले उतै रोकेको छ ।… Continue reading वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

काठमाडौं । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपाल भ्रमण आएका छन । उनी एक साता नेपाल भ्रमणमा रहने भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरेका थिए । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहदा प्रधानसेनापति… Continue reading नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष

चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

काठमाडौं । नेपाल एयरलाइन्सको सबैभन्दा ठूलो जहाज ए३३०-२०० जहाज आज अपरान्ह चीन उड्दैछ । चीनको वुहानबाट त्यहा बसोबास गर्ने नेपालीलाई उद्वार गरि नेपाल ल्याउने प्रक्रियाका लागि जहाज चीन उड्न लागेको हो । वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सरकारले चीनको वुहानबाट आफ्ना नागरिकलाई उद्दार गर्न लागेको हो । उनीहरुलाई ल्याएर नेपाल एयरलाइन्सको जहाज आइतबार काठमाडौं… Continue reading चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

म्यानचेस्टर सिटिमाथी युरोपियन क्लव प्रतिस्पर्धामा दुइ सिजन प्रतिबन्ध

काठमाडौं । म्यानचेस्टर सिटीमाथि प्रतिवन्ध लागेको छ । युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजन खेल्न नपाउने गरी क्लबमाथी प्रतिबन्ध लागेको हो । इङलिस प्रिमियर लिगमा भने क्लवले खेल्न पाउने छ । तर, त्यसअगाडि उसले जरिवाना समेत तिर्नु पर्ने छ । क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघन गरेको आरोप लगाउदै युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर… Continue reading म्यानचेस्टर सिटिमाथी युरोपियन क्लव प्रतिस्पर्धामा दुइ सिजन प्रतिबन्ध

सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ । ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए । किनकी यसअवधिमा थप… Continue reading सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रश्न सोधेको छ ।   शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले पन्ध्र दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारका नाममा आदेश दिएको छ ।   यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल… Continue reading सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”