आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ । काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता… Continue reading आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

नेकपाको महाधिवेशन २०७७ चैतमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ । बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् । २०७५ जेठ ३ गते तत्कालिन… Continue reading नेकपाको महाधिवेशन २०७७ चैतमा

हिमालय एयरलाइन्सले रोक्यो चीन उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनका सबै उडान स्थगित गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हिमालयले चीनका लागि उडान रोकेको जनाएको छ । नेपालबाट चिनियाँ शहरमा हिमालयले मात्र नियमित उडान गरिरहेको थियो । चीनको बेइजिंगलाई नेपालबाट हिमालयले जोडेको छ । तर, चीनमा तीन साताअगाडीबाट फैलिएको कोरोना भाइरसका कारण हिमालयको उडान प्रभावित भएको हो ।… Continue reading हिमालय एयरलाइन्सले रोक्यो चीन उडान

कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

बुहान । चीन अहिले कोरोना भाइरसको संक्रमणविरुद्ध संघर्ष गरिरहेको छ । यस रोगसँग लड्न चीनले चमत्कारिक काम गरेर देखाएको छ । चीनमा २ दिनमै एक भब् अस्पताल बाइएको छ । यो अस्पताल एक सय शैयाको रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा केवल कोरोना रोगको मात्र उपचार हुने भएको छ । कोरोनालाई चीनमा अहिलेसम्मकै खतरनाक… Continue reading कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो

काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ । १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो । बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयका अनुसार… Continue reading रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो

काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे । उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् । बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन… Continue reading काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक

काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने

काठमाडौं । काठमाडौंमा चपथप बिस्तारको कामले विद्यूत आपूर्तिमा समस्या भएको छ । काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ती जाने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ । महाराजगंज वितरण केन्द्रबाट जाने विद्यूत काटिने भएको हो । बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन… Continue reading काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने

क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जमैका । ल्याटिन अमेरिकी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको हो । यसको झड्का ल्याटिन अमेरिकी भेगका धेरै मूलुकमा गरिएको थियो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको… Continue reading क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको भयावह रुप चीनमा बढ्दो क्रममा रहेको छ । चीनमा यस रोगको संक्रमणबाट १ सय ३२ पुगेको हो । भाइरसले ५ हजार ९ सय ७४ जनालाई संक्रमणको शिकार भएका छन् । यो रोग दुई साता मात्र आएको हो । चीनको वुहानबाट यस रोगको संक्रमण फैलिएको हो । चीनले पछिल्लो समय विभिन्न शहरहरुसँगको… Continue reading चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो

हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो

काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हराइरहेका ७ जनाको खोजी कार्य तत्कालका लागि बन्द भएको छ । हरेक दिन हेलिकोप्टर लगेर एक सातासम्म खोज्दासमेत उनीहरुको अत्तोपत्तो नलागेपछि खोजी कार्य तत्कालका लागि बन्द गरिएको हो । नेपाली सेनाको नेतृत्वमा खोजी कार्य गरिएको थियो । ३ माघमा आएको भारी हिमपातपछि उनीहरु हिमपहिरोमा परेका थिए । तर, त्यसपछि भने… Continue reading हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो

आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट केन्द्रिय कमिटी बैठक बोलाइएको छ । नेकपा सचिवालयका अनुसार उक्त बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम राखिएको हो । सरकारले गरेका राम्रा कामको प्रधानमन्त्री ओलीले प्रशंशा गर्ने… Continue reading आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै

सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो । भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू… Continue reading सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी

जति धेरै खपत, उत्ति कम महशुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब उपभोक्तालाई धेरै बिजुली खपतमा प्रोत्साहित गर्ने भएको छ । स्वदेशमा क्रमशः बिजुलीको उत्पादन बढिरहेको सन्दर्भमा अब बिजुली खपत बढाउनु पर्ने बाध्यता प्राधिकरणसँग छ । यसबाहेक निर्यातको बाटो खोल्नेतर्फ समेत प्राधिकरणले काम गरिरहेको छ । प्राधिकरणका अनुसार बढी विद्युत् खपत बढाउन प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरिएको छ ।… Continue reading जति धेरै खपत, उत्ति कम महशुल

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।… Continue reading धरौटीमा छुटिन् गायिका आस्था राउत

लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् । उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् । नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय… Continue reading लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै

के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?

काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ । पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समिति सभापति… Continue reading के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?

चीनबाट आएका जहाज छुट्टै राखिने

काठमाडौं । अब चीनबाट आएका जहाजलाई छु्ट्टै राखेर यात्रुको व्यवस्थापन गरिने भएको छ । नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । छलफलपछि पर्यटन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा चीनबाट आउने जहाजका लागि छुट्टै व्यवस्थापन गर्न निर्देशन दिए । नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा आइतबार… Continue reading चीनबाट आएका जहाज छुट्टै राखिने

चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

क्यालिफोर्निया । विश्वचर्चित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन भएको छ । पाँच पटक एनबीए च्याम्पियन र ओस्कार समेत जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै उनकी छोरीको समेत निधन भएको हो । क्यालिफोर्नियाको कालाबासस शहरमा दूर्घटना भएको हो । कोबे, उनकी छोरी गियनासहित नौ जनाले… Continue reading चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला

नुवाकोट । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट हराएका दुई युवाको शव पेला परेको छ । उनीहरुको शव हिउँले पुरेको अवस्थामा सोमबार फेला परेको हो । उनीहरु गोसाइँकुण्डको पदयात्रामा निस्किएका थिए । सिन्धुपाल्चोक जिल्ला मेलम्चीका २१ वर्षीय वाङदेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ का १९ वर्षीय जापान तामाङ ३ माघदेखि हराइरहेका थिए । उनीहरु हराएपछि… Continue reading गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला

अब कोरोनाको नमूना परीक्षण नेपालमै

काठमाडौं । कोरोना भाइरसको नमूना परीक्षण अब नेपालमै सम्भव हुने भएको छ । यसअघि नमूना परीक्षणका लागि विदेश पठाउनु पर्ने बाध्यता थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण शुरु भएको हो । कोरानाको परीक्षणका लागि आवश्यक केमिकल नेपाल आइसकेको बताइएको छ । उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिमा मात्र… Continue reading अब कोरोनाको नमूना परीक्षण नेपालमै

खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स

काठमाडौं । विदेशमा रोजगारीको सिलसिलामा पुगेका नेपालीमध्ये सबैभन्दा धेरै खाडी मुलुकबाट रेमिट्यान्स आउने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यूरोप, अमेरिकालगायत विकसित मुलुकबाट आउने रेमिट्यान्स बढ्न थालेको छ । तर, धेरै रेमिट्यान्स भने खाडी मुलुकबाट प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार खाडी मुलुकबाट… Continue reading खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स

कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यक्रताबीच कुटाकुट भएको छ । शीर्ष नेताबीच सहमति भएको दुई दिन बित्न नपाउँदै दुई गूटका विद्यार्थीहरुबीच भने केन्द्रिय कार्यालयमा कुटाकुट भएको हो । नेताहरुबीच १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका विषयमा सहमति भएको थियो । त्यसपछि पहिलोपटक सोमबार केन्द्रिय समिति बैठक बोलाइएको थियो । सहमतिअनुसार बोलाइएको बैठकमा… Continue reading कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

काठमाडौं । राजधानी जोड्ने नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम वैशाखबाट धमाधम शुरु हुने भएको छ । अहिले निर्माण सामग्री, उपकरणलगायत संकलनको काम भइरहेको र बैशाखपछि धमाधाम काम हुरु गर्ने आयोजनाको तयारी रहेको छ । आयोजनाका अनुसार सुरुंग निर्माणको काम जेठबाट शुरु हुने भएको हो । सुरुङ खन्न चाहिने विष्फोटक पदार्थ र उपकरण ल्याउने काम अहिले भइरहेको छ… Continue reading नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम बैशाखपछि

प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर

जनकपुर । प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर हुने भएको छ । अहिले अस्थायी राजधानी रहेकै जनकपुरधामलाई स्थायी राजधानी बनाउने सम्बन्धमा सहमति जुटेको हो । प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको हो । यस समितिमा जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति भएको हो ।… Continue reading प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर

काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

काठमाडौं । आइतबार नेपाल आइ पुगेका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले चीनबाट नेपाल आएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएको छ । उनी चीन ट्रान्जिट बनाएर नेपाल आएका थिए । विमानस्थलस्थित हेल्थ डेस्क स्रोतका अनुसार नेपाल आउँदाआउँदै… Continue reading काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

मनाङ्गे छुटे, मिलन हिरासतमै

कास्की । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य दीपक मनाङ्गे रिहा भएका छन् । उनी ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । मनाङेले झापड हानेका मिलन प्रहरी हिरासतमै रहेका छन् । मूख्यमन्त्री कप फुटबल प्रतियोगिताका विषयमा भएको विवादमा सांसद मनाङ्गेले मिलनलाई गत ७ माघमा झापड हानेका थिए… Continue reading मनाङ्गे छुटे, मिलन हिरासतमै

सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपाका नेता हुन् । सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद… Continue reading सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित

पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

बेइजिंग । चीनले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभर हुने विभिन्न पर्यटकीय गतिविधि खुम्च्याउने भएको छ । राजधानी बेइजिंगबाट विभिन्न प्रान्तलाई जोड्ने बस बससेवा कटौती गरिदैछ । चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण तत्कालका लागि रद्द गर्ने निर्णय लिएको हो । यसले अति प्रभवित प्राप्तबाट अन्य स्थानमा कोरोनाको भाइरस नफैलियोस भन्ने… Continue reading पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

७१ औं गणतन्त्र दिवस मनाउँदै भारत

नयाँ दिल्ली । भारतले आज ७१औं गणतन्त्र दिवस मनाउँदैछ । पाकिस्तानसँगको बढ्दो तनाव, घर भित्र आर्थिक मन्दी र विविध समस्याका बीच भारतले राजपथमा मूख्य कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागेको हो । यस कार्यक्रमका लागि देशभर नै सुरक्षा व्वस्था कडा पारिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेड लिने कार्यक्रम… Continue reading ७१ औं गणतन्त्र दिवस मनाउँदै भारत