काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् । औषधि, खाद्यान्न तथा… Continue reading आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
Author: Vishwanews.com
इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह
काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन आग्रह गरेको छ । दुई मुलुकबीच बढ्दो तनावबारे चासो राख्दै नेपालले यस्तो बताएको हो । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएको खबर सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्वीट गर्दै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय… Continue reading इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह
इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान
काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका कारण इजरायलमा रहेका नेपाली समुदाय समेत त्रसित बनेका छन् । इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन आहृवान गरेको छ । दूतावासले बुधबार एक अपील जारी गर्दै विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको र जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको… Continue reading इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान
गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् । बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका… Continue reading गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै पौडेलले ठूलो दलको संसदीय… Continue reading गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त
नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा
काठमाडौं । नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ । कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी ‘रेड अर्लट’ घोषणा गरेको हो। चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्ति कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील गरिएको छ… Continue reading नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा
नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १६८ जना… Continue reading नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारीकाठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘
झिनो अंकले बढ्यो नेपाली सेयर बजार, १२ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । पछिल्लो दुई दिनमै करिब ५५ अंकले बढेको बजार आज न्यून अंकले बढेको हो । सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै ५० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading झिनो अंकले बढ्यो नेपाली सेयर बजार, १२ कम्पनीका लगानीकर्ता मालामाल
इजरायल र प्यालेस्टाइन बीच चर्कियो युद्ध, कम्तिमा ३१ मारिए
काठमाडौं\एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो केही दिन यता गाजामा क्षेत्रमा फैलिएको हिंसामा परि कम्तिमा ३१ जना मारिएका छन् । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूत टोर वेन्स्ल्यान्डले यी दुई मुलुकबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्। इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला… Continue reading इजरायल र प्यालेस्टाइन बीच चर्कियो युद्ध, कम्तिमा ३१ मारिए
म्यान सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
लण्डन । म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ । सिटीले तीन खेल अगाडी नै उपाधी पक्का गरेको हो । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भयो । यो सँगै अब सिटीको अग्रता १० अंकको बनेको छ । सिटीले आगामी तीन खेल अगाडी नै उपाधी कब्जा गरेको… Continue reading म्यान सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?
काठमाडौं । नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालले कुल १८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा पायो । त्यसमध्ये भारतको १० लाख डोज र चीनको ८ लाख डोज खोप थियो । भारतबाट थप १० लाख डोज खोप खरीद गरि आफ्ना मुलुकका नागरिकलाई लगायो । थप १० लाख डोज खोप डेरिभरी भइनसक्दै भारत आफै कोरोनाको… Continue reading नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?
गंगा तटमा भेटिए थप ७१ शव, ठूलो हताहतीको आशंका
बिहार । भारतको उत्तर प्रदेश तथा बिहारको सीमा क्षेत्रमा गंगामा सयौं शव भेटिएपछि यसले यो भेगमा ठूलो मानवीय क्षतिको संकेत गरेको छ । मंगलबार गंगामा तैरिरहेका ७१ शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि अघिल्लो दिन मात्र एक सय भन्दा बढी शव मिलेको खबर सार्वजनिक भएको थियो । यसको यकिन तथ्यांक सार्वजनिक भइसकेको… Continue reading गंगा तटमा भेटिए थप ७१ शव, ठूलो हताहतीको आशंका
एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु
काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी एक साता अगाडि अस्पताल भर्ना भएका थिए । दोलखामा इमानदार नेताको रुपमा उनको छवि रहेको छ । एमाले नेता कार्यकर्ताले उनको… Continue reading एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु
अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले
काठमाडौं । अक्सिजनको चरम अभाव अब काठमाडौं उपत्यका भित्रका अस्पतालहरुमा देखिन थालेको छ । मंगलबार काठमाडौंका विभिन्न अस्पतालले अक्सिजन नभएको भन्दै हात उठाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको भन्दै तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएको बताएको छ । उसले अस्पतालमा अक्सिजन अपुग हुने भन्दै बिरामीलाई आफ्नो… Continue reading अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज २ जेठबाट लगाइने, कहाँ हुने छ खोप केन्द्र ?
काठमाडौं । नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो मात्राको भेरोसेलको खोप लगाएका व्यक्तिका लागि दोस्रो डोज २ जेठबाट वितरण गरिने भएको छ । काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि वितरण हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइने भएको छ । काठमाडौं महानगरपालिका… Continue reading चिनियाँ खोप भेरोसेलको दोस्रो डोज २ जेठबाट लगाइने, कहाँ हुने छ खोप केन्द्र ?
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मेसम्म बन्द
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मे २०२१ सम्म बन्द भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि यसअघि वैशाख मसान्तसम्म उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई अब १७ जेठ अर्थातः ३१ मेसम्म उडान बन्द हुने जानकारी दिएको हो । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ… Continue reading नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मेसम्म बन्द
कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ४ हजार भन्दा माथि पुगेको… Continue reading कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु
नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा गरि ९ हजार ४८३ जनामा कोेरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ ।… Continue reading नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त
पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो
काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको… Continue reading पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो
चीनबाट आइपुग्यो चार सय थान अक्सिजन सिलिन्डर
काठमाडौं । चीन सरकारले सहयोगस्वरूप दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले चार सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमको जहाजले सिलिन्डरसहित १७३ अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री ल्याएको छ । चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २००… Continue reading चीनबाट आइपुग्यो चार सय थान अक्सिजन सिलिन्डर
देशकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बन्द
काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले आजदेखि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो। समितिले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ।‘कृषक बजार मंगलबारदेखि… Continue reading देशकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बन्द
उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ। पार्टी प्यालेसमा हुँदै… Continue reading उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने
नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । तर, जसपामा दुई धार देखिएपछि भने नयाँ सरकार गठनको प्रक्रिया जटिल बन्ने भएको छ । जसपामा महन्त ठाकुर पक्ष एमाले अध्यक्ष ओलीकै पक्षमा रहेको छ । तर, उपेन्द्र यादव र डा.… Continue reading नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै
आज आमाको मुख हेर्ने दिन , जन्म दिने आमाको सत्कार गरि मनाइँदै
काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन नेपाल तथा विदेशमा रहेका नेपालीले आमाको सम्मान र सत्कारसहित पर्व मनाउँदैछन् । जन्मदाता आमालाई सम्मान गरी मिठो खुवाउने, उपहार दिने र आर्शिवाद लिने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई… Continue reading आज आमाको मुख हेर्ने दिन , जन्म दिने आमाको सत्कार गरि मनाइँदै
अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति
वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ । यो… Continue reading अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति
भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका
उत्तर प्रदेश । भारतको गंगा तटमा ४० भन्दा बढी वेशारिसे शव भेटिएका छन् । यी शव कहाँबाट आए भन्ने खुलेको छैन । भारतीय संचारमाध्यम हरुका अनुसार उत्तर भारतको गङ्गा नदीको किनारमा शव भेटिएका हुन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने आंशका गरेका… Continue reading भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका
बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान
काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन्। सोमबार अबेर राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी… Continue reading बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान
बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा
काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा चुचुरोमा पुग्न सफल भएको छ । बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितको टीम मंगलबार बिहान ६ः४० मा सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सामाजिक संजालबाट पुष्टी गरेकी छिन् । उनका अनुसार सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । मनास्लु र लुवुचो हिमालको सफल आरोहण… Continue reading बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा