चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

file

काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी प्रतिवन्ध लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएको भन्दै चीनले आफ्नोतर्फबाट हुने आरोहण रोकेको हो । सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको उल्लेख गरेको छ । चीनले यो सिजनमा ३८… Continue reading चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ… Continue reading पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’

११ मुलुकमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौं । सरकारले विभिन्न ११ मुलुकमा राजदूत नियुक्ति गर्न नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि ११ जनाको नाम राजदूतमा सिफारिस भएको हो । प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको छ । मन्त्रालयले राजदूतका रुपमा… Continue reading ११ मुलुकमा राजदूत नियुक्तिको सिफारिस

चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण

BBC

काठमाडौं\एजेन्सी । चीनको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण भएको छ । अब मंगल ग्रहमा यान पुर्याउन सफल अमेरिकापछि दोस्रो स्थानमा चीन पुगेको छ । यो रोवर्टको नाम ‘चु रोङ्ग रोभर’ राखिएको छ । बीबीसीका अनुसार अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । चाइना नेशनल एडमिनिस्ट्रेशनले यसको पुष्टी गरेको छ । चीनले… Continue reading चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण

गैरआवासीय नेपालीले सहयोग गरेका सिलिण्डर लिन मस्कट उड्यो जहाज

File Photo

काठमाडौं । गैरआवासीय नेपालीले ओमानको मस्कटमा जम्मा गरेका ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज मस्कट उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप यी सिलिण्डर नेपाललाई प्राप्त हुन लागेको हो । अक्सिजनको अभावमा नेपालमा अकालमा मानिसहरुको ज्यान जान थालेसँगै विश्वभरबाट नेपालीहरुले सहयोगको चासो देखाएका छन्… Continue reading गैरआवासीय नेपालीले सहयोग गरेका सिलिण्डर लिन मस्कट उड्यो जहाज

चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै

काठमाडौं । चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ उड्दैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जनाए अनुसार शनिबार राती ११ बजे बेइजिङ जाने तय भएको छ । जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ ।… Continue reading चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै

नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१३५… Continue reading नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु

पूर्वरानी कोमल शाह डिस्चार्ज

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् । अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह बैशाख २९ गते… Continue reading पूर्वरानी कोमल शाह डिस्चार्ज

भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?

Reuters

काठमाडौं । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी… Continue reading भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् । जसमा यसअघिको मन्त्रिपरिषदमा रहेका सबैलाई मन्त्री बनाएका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै… Continue reading प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?

प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पद तथा गोपनियताको शपग्रहण लिएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री अ‍ोलीलाई पद तथा गोनियताको शपथग्रहण गराएकी हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको… Continue reading प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

इजरायल र प्लालेस्टाइनबीच युद्ध अझ चर्कने संकेत, इजरायलले सीमामा पठायो स्थलसेना

file Photo : REUTERS/Mohamad Torokman

काठमाडौं, एजेन्सी । इजरेली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको खबर छ । बीबीसीका अनुसार इजरायलले स्थलसेनाको ठूलो फौस सीमानामा पठाएको छ । अब उसले हवाई र स्थल फौजका माध्यमबाट निशानाहरूमा नयाँ कारबाही थालेको हो । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको खबर बीबीसीले… Continue reading इजरायल र प्लालेस्टाइनबीच युद्ध अझ चर्कने संकेत, इजरायलले सीमामा पठायो स्थलसेना

विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशत बढि हो । महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएपनि विदेशमै रहका नेपालीबाट भने पर्याप्त रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो… Continue reading विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स

गैरआवासीय नेपालीले जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेवानि ओमान जाँदै

काठमाडौं । ओमानमा रहेका गैरआवासीय नेपालीले नेपालका लागि सहयोगस्वरुप जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार त्यसतर्फ जान लागेको हो । शनिबार ओमानको राजधानी मस्कट सिलिण्डर लिन… Continue reading गैरआवासीय नेपालीले जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेवानि ओमान जाँदै

गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकाल सम्हाल्न लागेकै दिन ललितपुरको गोदावरीमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । आयोजनको निर्माण भइनसक्दै उद्घाटनमा दौडधुप गरेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने कार्यक्रम… Continue reading गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज

आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

काठमाडौं । आज विश्वभरका मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदैछन् । नेपालमा समेत यो पर्व मनाइन्छ । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले ईद पर्व मनाउने गर्छन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बस्ने र सौव्वाल महिनाको पहिलो तारिखमा पर्ने ईद मनाउने प्रचलन रहेको छ । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम… Continue reading आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ । ओलीको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको… Continue reading प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने

सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको… Continue reading सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई आगामी साताबाट स्वास्थ्य सामग्री सहयोग गर्ने बचन दिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन वार्ता गर्दै यस्तो आश्वासन दिएका हुन् । उनका अनुसार आगामी साताबाटै स्वास्थ्य सामग्री नेपाल आउन थाल्ने जानकारी आएको उप्रधानमन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छ । सामग्री के हुनेछ भन्ने… Continue reading नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली

काठमाडौं । विपक्षी दलले तोकिएको समयमा वैकल्पिक सरकार दिन नसकेपछि अब प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओली नै नियुक्त हुने भएका छन् । आज दिनभरको कसरतमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन । खासगरी महन्थ ठाकुर पक्षको जसपाले आज डेढ दर्जन सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राख्यो, जहाँ यादव… Continue reading विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली

कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ निधन भएको संघले जनाएको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार उनको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनमा ८ दिन अगाडी मात्र कोरोना… Continue reading कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भएको सहमति नजिक पुगेको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव… Continue reading ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने

उपत्यकामा ३५६२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ७७१ जनाको पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार… Continue reading नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से १०.१३ अकले बढेर २६८४.०१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ९७ करोड ३५ लाख ७९ हजार ९६ रुपैयाँ बराबरको २ करोड १६ लाख ८ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् । विहीबार कारोबारमा आएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी… Continue reading पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता

सन् २०१४ पछि लालिगा उपाधी जित्ने दाउमा एट्लेटिको मड्रिड

Image credit: Getty Images

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडलाई एट्लेटिको मड्रिडले अझ बलियो बनाएको छ । खेलमा अझै दुई खेल बाँकि रहेको अवस्थामा उसले दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा अंक दूरी चार बनाएको छ । गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । अब एट्लेटिकोको ८० अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७६… Continue reading सन् २०१४ पछि लालिगा उपाधी जित्ने दाउमा एट्लेटिको मड्रिड

बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा… Continue reading बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

Photo Source : Sulav Shrestha/Xinhua

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दरमा नेपालले भारतलाई समेत उछिनेको छ । संक्रमणको तिब्रताका दृष्टीकोणबाट नेपाल संसारकै अग्रणी मुलुकको सूचीमा पुगेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा दैनिक प्रति १० लाख जनसंख्यामा २४० जना संक्रमित भएका छन् । नेपालमा यो दर ३०४ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा‍‍. अर्चना श्रेष्ठले… Continue reading कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी

काठमाडौं । कोरोना संक्रमण पछि काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन्। उनी बुधबार डिस्चार्ज भएका हुन् । भारतको हरिद्वारमा कुम्भमेलामा भाग लिएका पूर्वराजदम्पत्तिमा स्वदेश फर्किएपछि कोरोना संक्रमण पुष्टी भएको थियो । डिस्चार्जपछि उनी निजी निवास निर्मल निवासमा फर्किए । पूर्वरानी कोमल शाहको भने अझै उपचार जारी छ । आइसियूमा… Continue reading पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी