काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ । पन्तलाई ठक्कर… Continue reading विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त
Author: Vishwanews.com
कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ । तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ । आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर… Continue reading कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक
विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार
दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो । प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान… Continue reading विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार
एनसेललाई कर तिर्न १५ दिनको ताकेता
काठमाडौं । सरकारले एनसेललाई तोकिएको कर तिर्न १५ दिन म्याद राखेर ताकेता गरेको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काटेको छ । १५ दिनभित्र कर चुक्ता गरेर फरफारक गर्न आग्रह गरेको छ । ठूला करदाता कार्यालयले मंसिर २२ मा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । अन्तिम… Continue reading एनसेललाई कर तिर्न १५ दिनको ताकेता
निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल
काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल अगाडी नबढाउने अन्तरिम आदेश दिएको छ । आइतबार विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । रुख कटानको विषयलाई लिएर सर्वाेच्चमा रीट दायर भएको थियो । जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेललगायतले दायर गरेको रीटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त… Continue reading निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल
एससीसीबारे आज आउला नेकपाको निर्णय ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ । पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ । नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ । कांग्रेस सरकारले अगाडी बढाएको यो परियोजना इण्डो प्यासेफिक स्वार्थसँग जोडिएका कारण सहयोग स्वीकार गर्न… Continue reading एससीसीबारे आज आउला नेकपाको निर्णय ?
निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन
काठमाडौं । सरकारले बाराको निजगढमा निर्माणको योजना बनाएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना कुनै पनि बाहनामा प्रभावित हुन नहुने स्थानीय जनप्रतिनिधिले बताएका छन । शनिबार राजधानीमा सरोकारवालाको बैठक बसेको थियो । जहाँ निजगढ मुलुकको आर्थिक भविश्यसँग गासिएको परियोजना रहेको भन्दै यसको निर्माण कुनै पनि बाहनामा प्रभावित बन्न नहुनेमा सरोकारवाला एक मत भएका छन्… Continue reading निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन
लिभरपुललाई क्लव विश्वकपको उपाधी
कतार । लिभरपुलले क्लव विश्व कपको उपाधी हात पारेको छ । रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा विजयी गोल गरेको यस खेलमा लिभरपुलले ब्राजिलको फ्लेमेङ्गो क्लवलाई हराएको छ । फिर्मिनोले ९९औं मिनेटमा गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । खेल कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयका… Continue reading लिभरपुललाई क्लव विश्वकपको उपाधी
मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित
बार्सिलोना । लुइज सुवारजले उत्कृष्ट प्रदर्शन गरेको खेलमा बार्सिलोनाले स्पानिस ला लिगाअन्तर्गत अलाभेजलाई ४–१ ले हराएको छ । सुवारेजले पेनाल्टीबाट एक गोल गरे भने तीन गोलका लागि अवसर सिर्जना गरेका थिए । मेसीको नाममा एक गोल रह्यो । उनले तीन जना डिफेन्डरको बीचमा २६ यार्ड परबाट प्रहार गरेको बलले पोष्ट चुमेको हो । यससँगै उनले… Continue reading मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित
बुटवल “सडक मानव” मुक्त सहर घोषित
बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ । शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त… Continue reading बुटवल “सडक मानव” मुक्त सहर घोषित
सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा
काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो । त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ । उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा… Continue reading सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा
भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान
काठमाडौं । विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ । खासगरी ठूलो संख्यामा रहेको मुस्लिम समुदायलाई नागरिकताबाट बन्चित गराउने गरी सरकारले कानून संशोधन गरेपछि भारतमा प्रदर्शन शुरु भएको छ । अहिलेसम्म २० जनाले ज्यान गुमाइसेको भारतीय संचारमाध्यमले लेखेका छन् । उत्तर प्रदेशमा मात्र ११ जनाको मृत्यु भएको छ । बिहारमा शनिबार… Continue reading भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान
जनस्तरमा पुग्न नसकेको भ्रमण वर्ष
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन अब मात्र ९ दिन बाँकि छ । सरकारी तवरबाट यसको धुमधाम तयारी भइरहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको व्यस्तता बढेको छ । उनी शुक्रबार मात्र त्रिभुवन विमानस्थलको अवलोकनमा पुगे । त्यहा भइरहेको तयारीका बारे जानकारी दिए । तर, भ्रमण वर्ष जनस्तरसम्म आइपुगेको… Continue reading जनस्तरमा पुग्न नसकेको भ्रमण वर्ष
बंगलादेशले नेपालको विजुली किन्ने पक्का
काठमाडौं । बंगलादेश सरकारले नेपालको विजुली किन्ने पक्का गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने सम्बन्धमा सम्झौता गर्ने निर्णय भएको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले यो परियोजना निर्माण गर्नेछ । यो कूल ९०० मेगावाट क्षमताको आयोजना हो । त्यसमध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले… Continue reading बंगलादेशले नेपालको विजुली किन्ने पक्का
अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का
अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानमा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पले भारत तथा पाकिस्तानमा समेत भूकम्पको धक्का महशुस भएको छ । पाकिस्तानका लाहोर, इस्लामावाद, पेशावर, मनसेरासहित सहरमा धक्का महशुस गरिएको छ । भारतमा राजधानी दिल्लीसहित मथुरा, लखनउ, इलाहवाद, जम्मु… Continue reading अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का
६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले आह्वान गरेपछि देशभरबाट ब्रोइलर र कोइलरका चल्ला नष्ट गर्ने क्रम जारी रहेको छ । चल्ला, चल्ला निस्कने क्रममा रहेको अण्डासमेत नष्ट गर्ने अभियान संघले चलाएको छ । बजारमा अधिक उत्पादन भएको र मूल्य नपाएको भन्दै संघले चलाएको यो अभियानले भने कुखुराको मासुको भाउ बढाउने निश्चित छ । किनकी नेपाल… Continue reading ६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?
रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका
मस्को । रुसको मूख्य इन्टीलिजेन्स एजेन्सीको मूख्यालयमा भएको गोलीबारीमा कम्तिमा ३ जना मारिएका छन् । सुरक्षा एजेन्सी फेडेरल सेक्यूरिटी सर्भिस (एफएसबी) नजिकै बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरी फायरिङ खोलेका थिए । तीन बन्दुकधारी सुरक्षा कारवाहीमा मारिएको र अन्य केही घाइते भएको बताइएको छ ।… Continue reading रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका
नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा
मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ । यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् । कानुनको विरोधमा देशव्यापी प्रदर्शन… Continue reading नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा
राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट
काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ । पूर्वसभामुख कृष्णबहादुर… Continue reading आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट
सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने
काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ । मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् ।… Continue reading सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने
पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर
काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ… Continue reading पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर
अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् । पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ । भैरहवा… Continue reading अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री
उच्च अदालतले समेत मानेन महरालाई छाड्न
काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश… Continue reading उच्च अदालतले समेत मानेन महरालाई छाड्न
तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो
काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् । त्यसकारण एक्कासी चिसो… Continue reading तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो
बार्सिलोना र रियलले अंक बाँडे
बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत संसारभर सम्भवतः धेरै मानिसले प्रत्यक्ष प्रसारण हेर्ने एल क्लासिकोको पहिलो खेल बिहीबार बिहान सम्पन्न भएको छ । बार्सिलोना र रियल म्याड्रिडबीचको खेल बराबरीमा टुंगिएसँगै दुबै टोलीले अंक बाँडेका छन् । करीव ९५ हजार दर्शक मैदानमा उपस्थित भएको खेलमा दुबै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल भने हुन सकेन ।… Continue reading बार्सिलोना र रियलले अंक बाँडे
अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान
सिड्नी । अस्ट्रेलियामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ । औसतः उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस कायम भएको मङ्गलवार यस मुलुकको इतिहासकै सबैभन्दा तातो दिन रहेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि २७ जनवरी २०१३ मा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । मंगलबार त्यसलाई पनि उछिन्दै तापक्रमले कीर्तिमान राखेको हो ।… Continue reading अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान
काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?
काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ । यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर… Continue reading काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?
अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए । गैरकानूनी बाटो समाएर… Continue reading अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा
वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ । इतिहासमै पहिलो पटक… Continue reading अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा