चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

काठमाडौं । नेपालका चार महिला फुटबल खेलाडीले पाकिस्तानमा व्यवसायिक फुटबल खेल्ने भएका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कष्ट प्रदर्शन गरेका सरु लिम्बु, एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने निश्चित भएको हो । चारै जना खेलाडी नेपालका राष्ट्रिय टीमका सदस्य समेत हुन् । एन्जिला गोलकिपर हुन… Continue reading चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ । पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५… Continue reading बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ । सभामुख र… Continue reading आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

Photo Source : Himalkhabar

काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने भएको छ । यसका लागि खरिद प्रक्रिया समेत शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप किन्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा उपस्थित भएका सचिव अर्यालले यस्तो जानकारी गराएका हुन्… Continue reading सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

Photo : eminetra.co

जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए । सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन्… Continue reading नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा

ताप्लेजुङ । ताप्लेजुङ पुनः एक पटक आगोलागीको घटनाका कारण पिडामा पर्यो । आज बिहान ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगोले कम्तिमा ४७ वटा घर जलेर नष्ट भएका छन् ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ… Continue reading ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा

‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफुमाथि कुनै तलमाथि भए अचम्म नमाने हुन्छ भनेर दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै ज्यानको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताको रक्षा हुन नसक्ने बताएका छन् । उनले यस्ता प्रधानमन्त्रीलाई ‘लुते’ भनिने समेत उल्लेख गरे । मंगलबार सर्लाहीको… Continue reading ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१… Continue reading कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका हुन् । बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि… Continue reading ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै

काठमाडौं । सरकारसँग वार्ताको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने रहेको छन् । यसअघि सरकारले आज मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको… Continue reading विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै

विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । दुवै… Continue reading विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य

आइलिगमा चम्किएका किरण

काठमाडौं । नेपाली खेलाडीले अवसर पाए भने उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् किरण चेम्जोङ । उनी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान समेत हुन् । यतिबेला उनले भारतको एक डिभिजन लिग आइलिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । त्यहाँ उनले जारी लिगमा आफुलाई उत्कष्ट सावित गरेका छन् । पञ्जाव एफसीबाट आइलिग खेलिरहेका उनले… Continue reading आइलिगमा चम्किएका किरण

कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी… Continue reading कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।… Continue reading ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो

Photo by Gonzalo Arroyo Moreno/Getty Images

काठमाडौं । कुनै समय एटलेटिको मड्रिड र रियल मड्रिडले फराकिलो अन्तरमा अग्रता बनाएको जारी स्पेनिस ला लिगा फुटबलको टप थ्री अब रोचक मोडमा आएको छ । जहाँ तीन शीर्ष स्थानका टोलीबीच अंक तालिकामा भिडन्त शुरु भएको हो । साविक विजेता रियल मड्रिड सोमबार राती भएको खेलमा बराबरीमा रोकिएको छ । रियललाई रियल सोसिडाडले १–१ गोलको… Continue reading लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो

प्रधानसेनापति थापाले लगाए कोरोना खोप

काठमाडौं । संसारका अधिकांश मुलुकमा उच्च पदस्थ अधिकारीबाट कोरोना खोप लगाएर खोप अभियानको शुरुवात गरिएको छ । तर, नेपालमा भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च सरकारी अधिकारीले खोप लगाएनन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाउँदै खोप सुरक्षित रहेको सन्देश दिएका छन् । उनले भारतबाट अनुदानमा आएको कोभिसिल्ड खोप लगाएका हुन् । थापाले छाउनीस्थित… Continue reading प्रधानसेनापति थापाले लगाए कोरोना खोप

प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने

काठमाडौं । संसद विघटनबाट जनताबीच अलोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई विकासवादी नेता स्थापित गर्न लागि परेका छन् । पछिल्लो समय राज्यस्रोतको दोहन गर्दै उनी शिलान्यासमा बढी केन्द्रित छन् । किनकी उनको तिनवर्षे कार्यकालको अवधिमा कुनै पनि आयोजना सम्पन्न हुन सकेका छैनन् । सोहीकारण उनल पूर्वतयारी समेत नसकिएका आयोजनाहरुको समेत धमाधम शिलान्यास गरिरहेका छन्… Continue reading प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने

चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो

काठमाडौं । नेपालले चीनबाट थप तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । शुरुमा ३ लाख दिने भनेको चीनले त्यसलाई बढाएर ५ लाख पुर्याएको थियो । यो मात्र पनि बढाएर ८ लाख पुर्याएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । सोमबार साँझ एक ट्वीट गर्दै उनले यस्तो जानकारी गराएकी हुन्… Continue reading चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ ।… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा छन् । उनलाई क्यान्सर नभएको पुष्टि चिकित्सकले गरेका छन् । भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सरको आशंका गरिएको थियो । तर, चिकित्सकले क्यान्सर नरहेको पुष्टी गरेका हुन् । ​ वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको… Continue reading पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

२०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल… Continue reading २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

अष्ट्रेलियामा संचारकर्मी कार्की मृत फेला

सिड्नी । अष्ट्रेलियामा बसेर पत्रकारिता गरिरहेका संचारकर्मी टीका कार्की मृत फेला परेका छन् । नेपालको बागलुङका स्थायी बासिन्दा कार्की विगत दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा पत्रकारितामा सक्रिय थिए । उनी अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समुदायलाई सुसूचित गर्दै आएको हो । उनलाई नजिकका आफन्तले आफ्नै… Continue reading अष्ट्रेलियामा संचारकर्मी कार्की मृत फेला

गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने

भरतपुर । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने भएको छ । फाउण्डेसनले रंगशाला निर्माण गर्न आर्थिक अभाव भोगिरहेको छ । यो समस्या समाधान गर्न नयाँ उपाय ल्याइएको हो । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको छ । यो अभियानको नाम ‘हाम्रो… Continue reading गौतमबुद्ध रंगशालामा एक लाख सहयोग गरे कुर्सीमा नाम लेखिने

थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।… Continue reading थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो एकसातामा १६६ अंकले घटेको बजारमा आज दोहोरो अंकको कमब्याक भएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै गिरावट आएको छ । आइतबार करिब साढे ८ अर्ब कारोबार भएकोमा आज त्यो घटेर पौने ६ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने

काठमाडौं । संसद सचिवालयले बुधबारदेखि संघीय संसदका दुवै सदनका सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ। खोप लगाएकाले मात्र संसद भवनमा प्रवेश पाउने पनि सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सांसदहरूलाई बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए।​ सांसद्सँगै संसद सचिवालयका कर्मचारी, मर्यादापालक (सुरक्षाकर्मी) र सांसद तथा मन्त्रीका अंगरक्षकसहित करिब एक… Continue reading कोरोना विरुद्धको खोप नलगाउनेले संसद् बैठकमा छिर्न नपाउने

राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिले २३ गते संसद अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्। त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय… Continue reading राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान

फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर

file

पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको… Continue reading फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर

म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ । कार्यालयका… Continue reading म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु