काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई
Author: Vishwanews.com
बास्कोटाले गरे राजिनामा
काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा
संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
बाजुरामा भूकम्पको धक्का
बाजुरा । बाजुरामा गतराती भूकम्पको धक्का महसुश भएको छ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्पको धक्का महसुश भएको हो । बाजुराको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । भूकम्पको… Continue reading बाजुरामा भूकम्पको धक्का
अब नेपालमा पनि निजी विमान राख्न पाउने
काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ । सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ । यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा… Continue reading अब नेपालमा पनि निजी विमान राख्न पाउने
हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान
हङकङ । हङकङमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । यसअघि एक जनाको ज्यान गएको थियो । हङकङ चीनको छिमेकी मुलुक हो । फेब्रुअरी १४ मा उनी कोरोनाबाट संक्रमित बनेका थिए । संचारमाध्यमका अनुसार ७० वर्षका वृद्धको मृत्यु भएको हो । बुधबार बिहान मार्गरेट अस्पिटलमा उनको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलिएको कोरोना… Continue reading हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान
चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी
काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ । वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण… Continue reading चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी
पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै
काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् । नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक… Continue reading पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै
चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक
काठमाडौं । द काठमाडौं पोष्ट’मा प्रकाशन भएको एक लेखको विषयमा मंगलबार नेपालस्थित चिनियाँ दूतावासले कडा शब्दमा विज्ञप्ति जारी गर्यो । खासगरी माओको तस्वीरमा मास्क प्रयोग भएको कार्टुनसहित प्रकाशित विज्ञप्तीपछि नेपालमा दूतावास आलोचित बन्न पुगेको छ । बुधबार नेपाली संचारमाध्यमका सम्पादकले दूतावासको विज्ञप्तीप्रति आफनो ध्यानाकर्षण भएको बताएका छन् । सम्पादकहरुले बुधबार एक संयक्त वक्तव्यमा जारी गरेका… Continue reading चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक
३२९ कैदीको कैद मिनाहा
काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ । ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख… Continue reading ३२९ कैदीको कैद मिनाहा
पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् । त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् । राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् । अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र… Continue reading पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’
कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो
काठमाडौं । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार नाघेको छ । यसको ठूलो संख्या चीनमा रहेको छ । चीनको वुहान शहरबाट फैलिएको यो रोगले मृत्यु हुनेको संख्या दुई हजारको आंकडा पार गरेको संचारमाध्यमले लेखेका छन् । कोरोनाबाट ७५ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये चीनमा दुई… Continue reading कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो
आज प्रजातन्त्र दिवस, देशभर मनाइदै
काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै
रौतहटमा गोली हानाहान, पटेल पक्राउ
रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ
नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने
काठमाडौं । सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने निर्णय गरेको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्रका रुपमा सम्प्रेषित गर्ने निर्णय भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सरोकारवालासँग छलफल गरेको थियो । छलफलका क्रममा कोरोना भाइरस र यसका कारण… Continue reading नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने
देउवा गच्छदारकै पक्षमा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् । उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ । गच्छदारमाथि… Continue reading देउवा गच्छदारकै पक्षमा
अकस्मात अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् । मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो । उनको मुटुको एन्जियोग्राफी गरिएको… Continue reading अकस्मात अस्पताल पुगे प्रधानमन्त्री
खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार
काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् । किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको… Continue reading खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो
आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज
काठमाडौं । चीनबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एरलाइन्सको वाइडबडी जहाज आजबाट नियमित उडानमा प्रयोग गरिदैछ । ४८ घण्टाको क्वारेन्टाइन अवधी पुरा भएसँगै यो जहाज नियमित उडानमा जान लागेको हो । चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज विमानस्थलको रिमोट पार्किंग स्थलमा क्वारेन्टानमा राखिएको थियो । जहाज मंगलबार राति… Continue reading आजबाट उड्दैछ क्वारेन्टाइनमा राखिएको नेपाल एयरलाइन्सको जहाज
सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर
काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर
अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री
काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री
शिवमाया बनिन् कानूनमन्त्री
काठमाडौं । सोमबार एक संयोग मिल्यो, जुन दिन पूर्वसभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाए, सोही दिन उनकै कार्यकालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । उक्त… Continue reading शिवमाया बनिन् कानूनमन्त्री
रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद
काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् । उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् ।… Continue reading रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद
छूटे महरा, जेलबाट सिधै निवासतर्फ
काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् । उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे । उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए । जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त… Continue reading छूटे महरा, जेलबाट सिधै निवासतर्फ
महराले पाए सफाइ, आजै रिहा
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् । उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने… Continue reading महराले पाए सफाइ, आजै रिहा
प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो
काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ । खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् । नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ । त्यसकारण… Continue reading प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो
खरिपाटीका स्थानीयमा कोरोना आतंक
भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् । उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन । अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ । खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् । त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् । सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान… Continue reading खरिपाटीका स्थानीयमा कोरोना आतंक
काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास
काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् । नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र… Continue reading काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास
महराको मुद्दामा आज आउला फैसला ?
काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ । आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला… Continue reading महराको मुद्दामा आज आउला फैसला ?