काठमाडौं । आजबाट नेपालको पश्चिमी भेगमा वर्षा शुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदलिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ… Continue reading प्रतिकुल बन्दै मौसम, पश्चिमी भेगमा वर्षा
Author: Vishwanews.com
आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा
काठमाडौं । प्रधानमन्त्र केपी शर्मा ओलीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् । राजधानी आसपासका जिल्लाबाट मानिस ल्याएर उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति प्रदर्शन गर्न लागेको हो । यसअघि प्रचण्ड, माधव समूहले काठमाडौंमा यसैगरी शक्ति प्रदर्शन गरेको थियो । ओलीको प्रदर्शनको अघिल्लो दिन विरोधी खेमाले आम हडतालसमेत गरेको छ । ओलीको प्रदर्शन भने आज… Continue reading आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा
म्यानमारको सैन्य शासकद्धारा फेसबुक बन्द
काठमाडौं । म्यानमारमा सैनिक शासकहरुले फेसबुकमाथि प्रतिवन्ध लगाएका छन् । फेसबुकबाट सैन्य शासनको आलोचना भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गर्ने निर्णय लिएको हो । म्यानमार टाइम्सले जनाए अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको छ । बिहीबारबाट फेसबुक अस्थायी रूपमा बन्द भएको छ… Continue reading म्यानमारको सैन्य शासकद्धारा फेसबुक बन्द
टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट
दुबई । दुबईमा जारी टी १० लिगमा नेपाली फास्ट बलर सोमपाल कामीले आज उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि खेलेका उनले एकै ओभरमा दुई विकेट झार्दै आफ्नो प्रभाव देखाएका हुन् । उनलाई टीमले लगातार छैटौं खेलमा अवसर दिएको छ । सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका हुन् । २ ओभर बलिङ गरेका… Continue reading टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट
नेपालमा १७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा १७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यान्मारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन्। उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए। “यो ‘कू’ विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै… Continue reading संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले खाद्यान्न अभाव भएर होइन आदत बिग्रिएर पौष्टिकता नै नभएको चामल भारतबाट आयात गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । हामीले खान पुग्नेभन्दा बढी… Continue reading प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?
हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से ८.३४ अंकले बढेर २४७५. २६ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ । ७ अर्ब ६१ करोड ५० लाख… Continue reading हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि
प्रचण्डका अगाडी ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि…
काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा गरिएको नाराबाजीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् । संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा गरिएको आमहड्तालको क्रममा सडकमा निस्किएका प्रचण्डले एमसीसीको बिरोधमा नाराबाजी गरेपछि विरोध नगर्न निर्देशन दिएका हुन् । स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल… Continue reading प्रचण्डका अगाडी ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि…
प्रचण्ड-नेपाल समूहको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता
काठमाडौं । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।
दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा उत्कृष्ट जीत निकालेको छ । गत राती सम्पन्न खेलमा घरेलु टोली ग्रानाडामाथि दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना जीत निकाल्न सफल भएको हो । जीतसँगै टोली सेमिफाइनल प्रवेश गरेको छ । बार्सिलोनाले ग्रानडामाथि ५–३ को जीत निकालेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान… Continue reading दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
सेनामा २ सय कर्मचारी माग
काठमाडौं । नेपाली सेनाले एकैपटक २ सय कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाका अनुसार २ सय जना अधिकृत क्याडेट (लेफ्टिनेण्ट) पदमा भर्ना खुलेको हो । यसअनुसार खुलातर्फ १०५ जना, २५ जना महिला, मधेशी कोटाबाट २५ जना… Continue reading सेनामा २ सय कर्मचारी माग
आज पर्वत जाँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत जाँदैछन् । कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको… Continue reading आज पर्वत जाँदै प्रधानमन्त्री
कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने
काठमाडौं । नेपालले कोभ्याक्स कार्यक्रमबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप प्राप्त गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने सम्भावना छ । यो खोपले नेपालको जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पुग्ने भएको छ । खोप सन् २०२१ को पहिलो छ… Continue reading कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने
नेकपाको आम हडताल शुरु, सडकमा प्रहरीको बाक्लो उपस्थिति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहको आयोजनामा आज आम हड्ताल गरिएको छ । यसको प्रभाव राजधानीमा बिहानैबाट देखिएको छ । सार्वजनिक सवारी साधन चलेका छैनन् । अत्यावश्यक बाहेक निजी सवारी साधन समेत कमै मात्र चलेका छन् । तर, सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । नेकपाका नेता तथा कार्यक्रता बन्द सफल बनाउन… Continue reading नेकपाको आम हडताल शुरु, सडकमा प्रहरीको बाक्लो उपस्थिति
बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट… Continue reading बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने
बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी
काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा बिहीबार आकस्मिक आम हड्ताल आयोजना गरेको छ । यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत… Continue reading बन्दप्रति कडा रुपमा प्रस्तुत हुने गृह मन्त्रालयको चेतावनी
पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप
काठमाडौं । नेपालमा शुरु भएको पहिलो कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेट मार्फत पहिलो चरणको खोप अभियान अन्तिम चरणमा पुगेको बताएका हुन्। खोप अभियानमा उत्साहजनक सहभागि भएका छन्, अबको तीनदिनमा पुरा हुने उनले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु… Continue reading पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप
लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । प्रचण्डविरुद्ध समीर हायूले सोमबार सर्वोच्चमा दर्ता गरेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेसी सरिएको… Continue reading लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश
नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २०६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २०६ जना डिस्चार्ज
प्रचण्ड-नेपाल समूहद्वारा बिहीबार देशव्यापी हड्ताल घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा विघटन विरुद्ध र संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको विरोधमा आमहड्तालको घोषणा गरेका हुन् । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले जनाकारी दिए ।… Continue reading प्रचण्ड-नेपाल समूहद्वारा बिहीबार देशव्यापी हड्ताल घोषणा
उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक परिषद् सदस्यको सपथ ग्रहण कार्यक्रम बहिष्कार
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन र विघठित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बहिस्कार गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि तत्कालिन माओवादीबाट उपराष्ट्रपति बनेका पुन प्रचण्ड–नेपाल समूहसँग नजिक… Continue reading उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक परिषद् सदस्यको सपथ ग्रहण कार्यक्रम बहिष्कार
संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ
काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् । आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका… Continue reading संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ
इपीएल : साउथह्याम्टनको पोष्टमा म्यान्चेस्टर युनाइटेडको ९ गोल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनविरुद्ध रवाफिलो जित हाँसिल गरेको छ । गएराति म्यान्यूको घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हरायो । जितपछि युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी समेत गर्न सफल भएको छ । गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा छ । युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको… Continue reading इपीएल : साउथह्याम्टनको पोष्टमा म्यान्चेस्टर युनाइटेडको ९ गोल
अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
फ्लोरिडा । संयुक्त राज्य अमेरिकामा संघीय जाँच ब्युरो (एफबिआई)का दुई कर्मचारीको गोली हानी हत्या भएको छ । कुनै केशको अनुसन्धानका सिलसिलामा घरमा गएका बेला उनीहरुमाथि गोली प्रहार भएको बताइएके छ । यो घटना फ्लोरिडा राज्यमा भएको हो । घटनामा तीन जना घाइते भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सन् २००८… Continue reading अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ
काठमाडौं । आज संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण गरिने भएको छ । नियम अनुसार संवैधानिक परिषदले सिफारिस गरेका नामका संसदीय समितिमा सुनुवाई भई त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ती हुने प्रचलन छ । तर, यस पटक सरकारले नियम कानून लत्याउँदै धमाधम नियुक्ति दिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज सपथ ग्रहण हुने भएको हो… Continue reading संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ
आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने
काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना तिर्न बैंक वा ट्राफिक कार्यालय नै धाउनु नपर्ने भएको छ । अनलाइनबाटै जरिवाना भुक्तानीको व्यवस्था आजबाट कार्यान्वयनमा आउने भएको हो । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले उल्लेख गरेको छ । यसअघि बैंकमा लाइन बस्नुपर्ने हुन्थ्यो… Continue reading आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने
जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए । यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा… Continue reading जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा मंगलबारसम्म १ लाख २८ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज खोप अभियानको सातौं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएका छन् । प्रदेश १ मा १७ हजार… Continue reading मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप
नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २५९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २५९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २५९ जना डिस्चार्ज