कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । कैलाली प्रहरीका अनुसार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मृत्यु हुनेमा मोटरसाइकलमा… Continue reading कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोक र नयाँ बसपार्कस्थित बिजी मल अगाडि सडक दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो । हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना भएको र सो क्रममा… Continue reading काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

यूएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विश्वमा विभिन्न माध्यमबाट ख्याती कमाएका विदेशी नागरिकलाई आफ्नो मुलुकको समेत नागरिकता दिने घोषणा गरेको छ । यूएईमा बसिरहेका नागरिकलाई टिकाइराख्न उक्त मुलुकले सो नीति ल्याएको हो । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटसँगै हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारबाट यस्तो घोषणा आएको बीबीसीले लेखेको छ… Continue reading विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

काठमाडौ । शनिबार सम्पन्न वाई वाई नेपाल स्टार सिजन १ मा पोखराकी एलिना गुरुङले टाईटल हात परेकी छिन् । गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी भएको बताउदै आएकी एलिनाले वाई वाई नेपाल स्टार सिजन १ को उपाधी हात पारेसङै काठमाडौ तारेभिरका सुरेश लामाको सपना यस पटकका… Continue reading पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

काठमाडौं । नेपालमा शनिबार मात्र देशभर करीव १५ हजार मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभरका १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४… Continue reading शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

काठमाडौं । काठमाडौंमा बल्र्डफ्लु भित्रिएको छ । घरपालुवा पंक्षीमै बर्ड फ्लुको संक्रमण पुष्टी भएको पशु सेवा विभागले जानकारी दिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर… Continue reading काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन्… Continue reading नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

मुराबाद । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको… Continue reading उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको छ । यो कम्पनी भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी स्थापना भएको हो… Continue reading तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो

प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । तर, भरतपुर महानगरपालिकाले भने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न चितवन जान लागेका उनलाई प्रचण्ड नेपाल समुहको नेतृत्वमा रहेको महानगरपालिकाले बहिष्कार गर्न लागेको हो । भरतपुर महानगरको मेयर प्रचण्ड पुत्री रेणु दाहाल… Continue reading प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

File Photo

टोकियो । जापानमा हावाहुरी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जापानका विभिन्न क्षेत्रमा तिब्र गतिमा आएको हावाहुरी तथा बाक्लो हिमपातले हवाइ सेवा नै रोकिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तरी भागमा हावाहुरी र हिमपात चल्दा १ सयवटा भन्दा धेरै उडान उद्द भएका छन् । होक्काइडो र उत्तरी होन्सु प्राकृतिक विपत्तिबाट मारमा परेको छ… Continue reading जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

Pic : BBC

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएसँगै प्रहरीले पुरै दिल्ली कब्जा गरेको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोटबाट दूतावासमा कुनै क्षति भने पुगेन । मानवीय क्षति समेत नभएको बताइएको छ । कार पार्किङ… Continue reading भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले नेपाल आउने नागरिक र विदेशीलाई खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । यसबारे छिट्टै मन्त्रिपरिषद्को निर्णय आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट खोप लगाएर आएमा नेपालमा निर्वाध हिँडडुल गर्न सकिने गरी निर्णय आउने छ । यसका साथै पर्यटकको क्वारेन्टिन… Continue reading खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । आज तेस्रो दिनसम्म आइपुग्दा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएका छन् ।… Continue reading कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

बेइजिङ । चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल)को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो । गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड… Continue reading किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२५पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३३३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताएका हुन्। कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको… Continue reading ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’- प्रधानमन्त्री

आयोगले बोलाएकाे छलफलमा सहभागी नभई पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव समूह छलफलमा सहभागी नभई पत्र बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ। शुक्रबार बिहान आयोगले केपी ओली र प्रचण्ड–नेपाल समूहलाई छलफलका लागि बोलाएकोे थियो । आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने पत्र बुझाएर फर्किएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। प्रचण्ड–नेपाल समूहबाट… Continue reading आयोगले बोलाएकाे छलफलमा सहभागी नभई पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आइपीओ शुक्रबार बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आइपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो। कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब… Continue reading इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड

नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी भावनात्मक रुपमा फुटिसकेको छ । तर, कानूनी रुपमा भने नफुटेको निष्कर्ष निर्वाचन आयोगले दिएको छ । आयोगको यो निर्णयले अन्यौल बढिरहेका समयमा आयोगले आज पुनः नेकपाका दुबै खेमासँग छलफल गर्ने भएको छ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र… Continue reading नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने

काठमाडौं । अब काठमाडौं बाहिरबाट पनि सुन व्यवसायीले सुन पाउने भएका छन् । मोफसलबाट समेत सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको बताइएको छ । यससँगै अब सुन किन्न काठमाडौं नै धाउनु… Continue reading अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने

शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुस्थिर राजनीति र विकासमा बाधा गर्नेहरुलाई संयुक्त रुपमा पराजित गर्नुपर्ने समेत उल्लेख गरेका छन् । शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई… Continue reading शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं

काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाको लडाईमा आफ्नो ज्यानको आहुती दिने महान व्यक्तिहरुको सम्मानमा आज शहीद दिवस मनाईदैंछ । १ सय तीन वर्षे जहानिया राणा शासनको अन्त्य गर्न हाँसीहाँसी ज्यानको आहुती दिन तयार भएका योद्धालाई आज सम्झना गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस… Continue reading आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं

टी-१० लिगमा सोमपालको डेब्यू, टीम विजयी

आबुधाबी । नेपाली फास्ट बलर सोमपाल कामीले आबुधाबी टी–१० क्रिकेट लिगमा डेब्यू गरेका छन् । पहिलो ओभरमै बलिंगमा आएका उनी आवद्ध टीम मराठा अरेबियन्स खेलमा विजयी समेत भएको छ । आबुधाबीमा बिहीबार साँझ सम्पन्न खेलमा नर्दन वारियर्सविरुद्ध मराठाले पहिले बलिंग गरेको थियो । वारियर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १२७ रन जोड्यो । वारियर्सले… Continue reading टी-१० लिगमा सोमपालको डेब्यू, टीम विजयी

दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

File Pic : BBC

काठमाडौं । नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो । आज बिहीबार दोस्रो दिनसम्मको आंकडा अनुसार २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा उत्साहजनक सहभागितासहित कोरोना खोप विरुद्धको अभियान चलिरहेको छ । आजसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७,… Continue reading दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएन । यो सुखद समाचार यस्तो समयमा आएको छ, जहाँ कोरोना विरुद्धको खोप अभियान शुरु भएको दुई दिन मात्र भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ६ महिनायता पहिलो पटक सुखदः दिन आएको हो । नेपालमा २०७७ जेठ १ मा कोरोना… Continue reading गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् । ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई प्रणाम गरेर आफुहरुले प्रचण्डलाई जिताएको बताएका हुन् । ‘७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् । त्यो… Continue reading ‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, २९६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २९६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, २९६ जना डिस्चार्ज

प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओली सहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालत अवहेलना मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो । इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं… Continue reading प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश