काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो । यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ । ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १… Continue reading दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक
Author: Vishwanews.com
निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र पुष्पलकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई बोलाएको छ । सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिरहेका बेला आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हमा दुवै समूहले आ–आफ्नै दाबी गर्दै आइरहेकाले छलफलका लागि शुक्रबार बिहान करिब ११… Continue reading निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो
नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
काठमाडौं । नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ । नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु… Continue reading नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
दुई खेलको प्रतिवन्धपछि मैदान फर्किएका मेसी चम्किए, टीम कोपा डेल रेको क्वाटरफाइनलमा
स्पेन । लियोनल मेस्सी दुई खेलको प्रतिवन्ध पार गर्दै बुधबार राती मैदान उत्रिए । कोपा डेल रे फुटबलको अन्तिम १६ को भिडन्तमा उनले पुनः आफुलाई उत्कृष्ट सावित गरे र टीमलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याएका छन् । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ… Continue reading दुई खेलको प्रतिवन्धपछि मैदान फर्किएका मेसी चम्किए, टीम कोपा डेल रेको क्वाटरफाइनलमा
विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् । यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन्… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
काठमाडौं । उखु किसानको रकम लामो समयसम्म भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई गतराती काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको थियो । उखु मिलहरुबाट किसानले लामो समयदेखिको वक्यौता भुक्तानी पाएका छैनन् ।… Continue reading अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला
काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको एक उत्सव श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुरु भएको हो । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने प्रचलन रहेको छ । आज बिहान माघ स्नान… Continue reading आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला
क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु
क्यामरुन । क्यामरुनमा एक यात्रुवाहक बसमा भएको आगलागीमा परी कम्तिमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते रहेको र उनीहरुको अवस्था समेत चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग बस ठोक्किँदा बसमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेका सबैको शव जलेको र पहिचानमा समेत कठिनाई आएको स्थानीय अधिकारीलाई… Continue reading क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु
नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए
काठमाडौं । नेपालमा बुधबारबाट कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । यो अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५,… Continue reading नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए
नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज
‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्। ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेपनि ओल िबाहेकका सबै पार्टी एकताको पक्षमा रहेको बताएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल… Continue reading ‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’
तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्। ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप खरिदको तयारी गरेको पनि जानकारी दिए । खरिदका… Continue reading तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री
टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक
काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाएका हुन्। उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् । खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्। ‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल… Continue reading टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक
कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिएको छ। बिहान १० बजेबाट सुरु भएको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी छन्। कोरोना खोप अभियानमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप… Continue reading कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप
जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै
काठमाडौं । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी भएको छ । मंगलबार साँझबाट शुरु भएको आगोलागीले ३० वटा घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । साँझको समयमा भएका कारण मानवीय क्षति भने हुन नपाएको बताइएको छ । पानीको समस्या हुने यस स्थानमा आगो नियन्त्रणमा समेत समस्या आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार… Continue reading जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै
अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक… Continue reading अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण
अर्घाखाँची । अर्घाखाँचीमा एक युवाले आफ्नै दुई वर्षिय छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपाली संचरमाध्यमहरुका अनुसार अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार आफ्नै छोरी सृष्टिको हत्या गरेका हुन्। नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्या गरेपछि उनी इलाका प्रहरी कार्यालय ठाडामा आत्मसमर्पणका लागि पुगेको बताइएको… Continue reading दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण
कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ । यसैगरी नेपाल… Continue reading कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो
बामदेवले नेकपा एकता अभियान थाल्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कुनै पनि खेमामा लागेका छैनन् । यसबीचमा निर्वाचन आयोगको नतिजा कुरिरहेका उनले अब भने औपचारिक रुपमा सक्रियता बढाउने भएका छन् । उपाध्यक्ष गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको बताइएको छ । उनले ललितपुरको धोबीघाटस्थित सिद्धार्थ… Continue reading बामदेवले नेकपा एकता अभियान थाल्ने
आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने
काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए । यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा… Continue reading आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने
माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत
काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट… Continue reading माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत
प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन
काठमाडौं । प्रप्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। सार्वजनिक कार्यक्रम अनुसार माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलन गर्ने निर्णय गरेकोछ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रभावकारी… Continue reading प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ। त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो। यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था… Continue reading अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज
‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए । उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीमाथि… Continue reading ‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता
नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुँदैछ । भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप माघ १४ देखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ। बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्। माघ १८ गतेसम्म… Continue reading नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?
‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्। पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् । उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको… Continue reading ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’
प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति
काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् । प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई… Continue reading प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति
नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ… Continue reading नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा