काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण… Continue reading मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज
Author: Vishwanews.com
स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द
काठमाडौं । सरकारले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को लाइसेन्स खारेज गर्ने नेपाल दूरसंचार प्राधिकरणको निर्णय रद्द गरिदिएको छ । यससँगै यी दुई कम्पनी अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट बचेका छन् । लाइसेन्स लिएवापत प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी नतिरेका यी दुई कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर, गत सोमबारको मन्त्रीपरिषद् बैठकले… Continue reading स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द
महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हालै तोकिएको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने स्पष्ट पारेका छन् । संस्थापन पक्षबाहेक समूहले काठमाडौं बोलाएका ५२ जिल्लाका सभापतिहरुले बिहीबार केन्द्रिय सभापति देउवासँग भेट गरेका थिए । असन्तुष्ट समूहले परामर्श बैठकका लागि उनीहरुलाई काठमाडौं डाकेको थियो । देउवाले आफ्नो निवास बूढानीलकण्ठमा भेटेका हुन् । देउवाले पार्टी सहमतिका… Continue reading महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा
भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने
काठमाडौं । भारत सरकारले नेपाललगायत मुलुकबाट भइरहेको पाम आयलको आयात बन्द गरेको छ । बुधबार भारतले यस्तो निर्णय सार्वजनिक गरेको छ । यसबाट नेपालको निर्यात बजार भने नराम्रोसँग प्रभावित हुने भएको छ । किनकी आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट सर्वाधिक पाम आयल निर्यात भइरहेको थियो । निर्यातका अन्य वस्तु सुस्ताएको समयमा नेपालको व्यापार घाटा… Continue reading भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने
आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य वेशमा गरेको आक्रमणबाट सोही देश तल परेको प्रतिक्रिया दिएका छन् । इराकस्थित अमेरिकी सैन्य वेशमा आक्रमण गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले आक्रामणबाट अमेरिकी सेनामा कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । उता, इरानले भने बुधबारको आक्रमणमा ८० जना अमेरिकी सैनिक मारेको दावि… Continue reading आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प
१ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता
काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले फिर्ता गरेको छ । अब उनीहरु ४ वर्षसम्म नेपाल छिर्न पाउने छैनन् । अध्यागमनसम्बन्धी कानून उल्लंघन गरेका उनीहरुलाई चीन सरकारकै सहयोगमा पक्राउ गरिएको हो । उनीहरुलाई लिन चीनबाट दुई वटा जहाज काठमाडौंका आएका थिए । कुन्मिङबाट चाइना इस्टर्न र ग्वान्झाओबाट चाइना साउदर्नको जहाजले… Continue reading १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता
इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने
काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ । यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ । बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ । यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स… Continue reading इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने
नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु
काठमाडौं । नेपाली सेनाले इराकमा खटिएका आफ्नो संगठनका सैनिकलाई सतर्क रहन आग्रह गरेको छ । शान्ति स्थापनाका लागि इराकमा नेपाली सेना समेत तैनाथ छन् । नेपाली शान्ति सैनिकलाई सतर्क रहेर जिम्मेवारइी निर्वाह गर्न सेनाले आग्रह गरेको हो । इराकको किरकुक र इरविलमा नेपाली सेना तैनाथ छन् । इरान र अमेरिकाबीच तनाव शुरु भएपछि मध्यपूर्वमा फेरी… Continue reading नेपाली सेनाले आफ्ना सैनिकलाई भन्यो : इराकमा सतर्क रहनु
ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु
काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा गरेको मिसाइल हमलालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । हमलापछि टुइट गर्दै राष्ट्रपति ट्रम्पले परिस्थिति प्रतिकूल नरहेको भन्दै उनले यसको क्षतिबारे भोली बिहानसम्म विस्तृतमा बताउने उल्लेख गरेका छन् । उनले अमेरिकासँग विश्वकै शक्तिशाली र हतियारवद्ध सुसज्जित सेना रहेको समेत उनले उल्लेख गरेका छन् । आफ्ना सैन्य कमाण्डरको… Continue reading ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु
अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी
काठमाडौं । इरानले आफ्ना सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्त्येष्टिका दौरान इराकस्थित सैन्य हवाई अखडामा आक्रामण गरेको खुलेको छ । सुलेमानीलाई अन्तिम संस्कार गरिरहँदा इरानी सेनाले अमेकिरी सैन्य क्याम्पमा सिमाइल प्रहार गरेको हो । त्यसपछि उनको अन्तिम संस्कार गरिएको इरानी टेलिभिजजले उल्लेख गरेको छ । सुलेमानीको अमेरिकी ड्रोन आक्रमणबाट इराकको राजधानी बगदादमा ज्यान गएको थियो… Continue reading अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी
एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति
वीरगन्ज । सुनसरी र वीरगन्जमा एकै दिन दुई उद्योगमा भिषण आगलागी भएको छ । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जस्थित सरस्वती कपडा उद्योगमा आगलागी भएको हो । आगलागीले लाखौं मूल्य बराबरको क्षति भएको बताईको छ । चौधरी ग्रुपले चलाएको पशुपति बिस्कुटमा मंगलबार राति करिब ८ बजेबाट आगोलागी भएको थियो । यसलाई नियन्त्रणमा लिन करीव… Continue reading एकै दिन दुई उद्योगमा आगलागी, लाखौंको क्षति
इरानले अमेरिकी सैन्य अखडामा आक्रमण थाल्यो
काठमाडौं । इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण थालेको छ । आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमेरिकाले इराकमै मारेको थियो । त्यसको कडा बदला लिने चेतावनी दिएको अमेरिकाले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टीसहित उल्लेख गरेका छन् । इरानले करीव १ दर्जन यस्तो मिसाइल अमेरिकी हवाई अड्डामा प्रहार… Continue reading इरानले अमेरिकी सैन्य अखडामा आक्रमण थाल्यो
सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु
तेहरान । अमेरिकाले हवाई आक्रमण गरी मारेको इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्तिम संस्कारका दौरान हिंसात्मक भागदौड मच्चिएको छ । त्यसक्रममा कम्तिमा ४० जनोल ज्यान गुमाएका र सयौं व्यक्ति घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । मंगलबार सुलेमानीको गृहनगर मेरमानमा उनको शव समाधिस्थ गर्न लैजाने क्रममा लाखौं जनता भेला भएका थिए । त्यही क्रममा भागदौड… Continue reading सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु
आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार विश्वभर विविध कार्यक्रम गरी उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ, सम्बन्धित मुलुकका नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा संसारभर भ्रमण वर्षको उद्घाटन गरिएको भ्रमण वर्षको सचिवालयले जनाएको छ । १ जनवरीमा नेपालमा उद्घाटन गरिएको यस कार्यक्रमलाई विदेशमा भने ७ जनवरीमा उद्घाटन गरिएको हो । सोही सिलसिलामा… Continue reading आज विश्वभर भ्रमण वर्षको शूभारम्भ, अष्ट्रेलियाको कार्यक्रम किन विवादित ?
१ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने
काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बसिरहेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइदैछ । उनीहरुलाई लिन बुधबार चिनियाँ सुरक्षा अधिकारीहरु नेपाल आउँदैछन् । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको अभियोगमा चीन सरकारकै सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धानले उनीहरुलाई आपराधिक पृष्ठभूमिमा भेटेको थिएन् । तर, अध्यागमन सम्बन्धी कानून भने उनीहरुले… Continue reading १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने
आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको भन्दै असन्तुष्ट रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला आज काठमाडौंमा आयोजना हुदैछ । सभापति देउवालाई सहमतिका लागि दबाब दिन जिल्ला सभापतिहरूको भेला आयोजना गर्न लागिएको पौडेल पक्षधर नेताहरुले बताएका छन् । देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गर्दै लोकतान्त्रिक पार्टीकै धज्जी उडाएको पौडेल पक्षधरको आरोप छ… Continue reading आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला
विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
बगदाद । इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैन्य फौजलाई देश छाड्ने गरी प्रस्ताव पारित गरेको छ। इराकमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले मारेसँगै इराकी संसदले यस्तो प्रस्ताव पारित गरेको हो । इरान र अमेरिकाको द्धन्द्धको शिकार इराक बन्न थालेपछि इराकले यस्तो प्रस्ताव पास गरेको हो । राजधानी बगदादमा सुलेमानीलाई ड्रोन आक्रमण… Continue reading विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास
जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते
नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आइतबार एक अज्ञात समुहले आक्रमण गरेको छ । नकाबधारी समूहले विश्वविद्यालयका विद्यार्थीमाथि अन्धाधुन्ध आक्रमण गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित डेढ दर्जन विद्यार्थी घाइते छन् । ५० भन्दा बढीको संख्यामा आएका नकावधारीले विश्वविद्यालय हाता र छात्रावासमा समेत घुसेर आक्रमण… Continue reading जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते
कहाँ अड्कियो सभामुखको हलो ?
काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादले राज्यका तीन अंगमध्ये एक व्यवस्थापिका संसद अनिर्णयको बन्दी भएको छ । सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरे । असोजमा उनको राजिनामा आएको थियो । त्यसको तीन महिना नाघिसक्दा समेत मुलुकले अझै सभामुख पाउन सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले ४ पुसमा संसदको हिउँदे अधिवेशन आह्वान… Continue reading कहाँ अड्कियो सभामुखको हलो ?
केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण
काठमाडौं । अफ्रिकी मुलुक केन्यामा अमेरिकी सैन्य क्याम्पमा विद्रोहीले हमला गरेका छन् । सेनाले प्रयोग गर्दै आएको सैन्य बेसमा छिमेकी मुलुक सोमालियामा सक्रिय विद्रोहीले आक्रमण गरेको अन्तराष्टिैय संचारमाध्यमले उल्लेख गरेका छन् । सोमलियाको मुस्लिम अतिवादी समूह अल सबाबका लडाकुले आइतबार बिहान केन्या र अमेरिकी सेनाले प्रयोग गर्दै आएको लामु काउन्टीस्थित मान्डा हवाइ बेसमा आक्रमण गरेका… Continue reading केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण
नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य
काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपालमा समेत नकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो युद्धको खतराका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अधिक बढेको छ । त्यसको प्रभाव आइतबार नेपाली बजारमा समेत देखियो । नेपालमा सुनको मूल्य आइतबार इतिहासकै सर्वाधिक विन्दुमा पुग्यो । यसअघि ७३ हजार ५ सय सबै… Continue reading नेपालमा आकासियो सुनको भाउ, इतिहासकै धेरै मूल्य
१८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने
काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको १८ पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आइतबार सात वटै प्रदेशमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । उमेदवारहरुले तोकिएको स्थानमा पुगी उमेदवारी दर्ता गराएका छन् । यस पटक चर्चित अनुहारका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुँदैछ भने नेकपाका प्रवक्ता तथा प्रत्यक्ष निर्वाचनमा पराजित अनुहार… Continue reading १८ राष्ट्रिय सभा सदस्यका लागि ४५ जना भिड्ने
१ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी
काठमाडौं । नेपाल र चीनले संयुक्त खोज अपरेशन गरेर पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । सोही क्रममा उनीहरुलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई आइतबार अध्यागमन विभागको जिम्मा लगाएको हो । त्यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार नै अभद्र व्यवहार सम्बन्धी कसुरमा एक… Continue reading १ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी
चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?
काठमाडौं । अब नेपालमा सवारी साधन चलाउने चालकहरुले अनिवार्य जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले दूर्घटना न्यूनिकरणका विभिन्न उपायमध्ये अनिवार्य जुत्ता लगाउनु पर्ने प्रावधान समेत अगाडी ल्याएको छ । चप्पल लगाएर सवारी चलाउँदा चिप्लिले जोखिम हुँदा ब्रेक समयमै नलाग्ने र त्यसले दूर्घटनाको डर हुने जोखिम हुन्छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचना अनुसार… Continue reading चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?
इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण
बगदाद । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास तथा सेनाको इलाका नजिकै रकेट आक्रमण भएको छ । अमेरिकी अधिकारीहरुले यसको पुष्टी गरेका छन् । अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदाद नजिकैको जदरिया र अमेरिकी सुरक्षाबल भएका बलाद एयरबेसमा रकेट आक्रमण भएको बताइएको छ । अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रामण गरी बगदादमा मारेपछि फेरी… Continue reading इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण
देशभरको मौसममा सुधार
काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ । वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार आइतबारबाट मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदैछ ।… Continue reading देशभरको मौसममा सुधार
अष्ट्रेलियामा डडेलोको कहर
सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा परिचालन गर्न लागिएको छ । धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय शनिबार नै भएको उनले… Continue reading अष्ट्रेलियामा डडेलोको कहर
राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज
काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सकिने गरी तालिका राखिएको छ । ५९ सदस्य रहने राष्ट्रियसभाबाट १९ जना सदस्यको पदावधी २० फागुनबाट सकिदैछ । उनीहरुको पदावधी दुई वर्षे… Continue reading राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज
आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर
हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर
अष्ट्रेलियामा फेरी चम्किए सन्दीप
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् । अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् । उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए… Continue reading अष्ट्रेलियामा फेरी चम्किए सन्दीप