काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो । उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । भोस्लेले शनिबार संगीतकार… Continue reading प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा
Author: Vishwanews.com
नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी
काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा ट्राफिक नियम उल्लंघन गर्नेका लागि पहिलो पटकमै ५ हजार रुपैयाँ जरिवानाको नियम ल्याउने तयारी गरेको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा बनिरहेको छ । ऐनमा उक्त विषय उल्लेख गरिएको विभाग स्रोतले जनाएको छ । बन्दै गरेको ऐनको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव… Continue reading नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी
उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं पर्यटकीय शहर भएकाले ६ बजे नै सुत्न नहुने बताएका छन् । बुधबार भ्रमण वर्षका अवसरमा राजधानीका सबै स्थानीय तहका प्रमुखसँगको छलफलमा मन्त्री भट्टराईले काठमाडौंमा रात्रिकालिन जीवन ब्यूझाउन आग्रह गरेका छन् । कुनै पनि पर्यटकीय शहर ६ बजे नै बन्द नहुने भन्दै उनले राजधानीमा रात्रिकालिन… Continue reading उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन
टुट्यो रामकृष्ण ढकालको जोडी
काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो । पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो । सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी… Continue reading टुट्यो रामकृष्ण ढकालको जोडी
काठमाडौंमा वर्षकै चिसो दिन मापन
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार अहिले देशका… Continue reading काठमाडौंमा वर्षकै चिसो दिन मापन
छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा
काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ । आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा
घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई
काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ। बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ । ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको… Continue reading घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई
ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो
काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ । उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो । एन्फाले चारै जना खेलाडीको कारवाही… Continue reading ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो
भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन
काठमाडौं । नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नियमित अवकास पाएसँगै बोर्ड नेतृत्व बिहिन भएको हो । उनको ४ वर्षे कार्यकाल सोमबार सकिएको हो । नयाँ सीइओ नियुक्ति प्रक्रिया चलिरहेको भएपनि पुरा नभएका कारण भ्रमण वर्षको मूखमै पर्यटन बोर्ड भने नेतत्वबिहिन भएको हो । यसले बोर्डको महत्वपूर्ण… Continue reading भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन
सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा
काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा
समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा
काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो । सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए । उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री… Continue reading समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा
मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित
क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् । मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो । मलेसियाली मानव संसाधन… Continue reading मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित
तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण
चितवन । २ सय २० यात्रु क्षमतामा यात्रु बोक्ने सक्ने क्रुजसिप (मिनीपानीजहाज) को नारायणी नदीमा परीक्षण गरिएको छ । परिक्षण सफल भएको राइनो इन्टरटेन्मेन्ट कम्पनीले जानकारी दिएको छ । आइतबार बेलुका २५ जना यात्रुसहित जहाजको सफल परीक्षण गरिएको हो । भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्टबाट नदीमा निकालेर जहाजको परीक्षण गरिएको थियो । त्यसका लागि भारतबाट प्राविधिक… Continue reading पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण
पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय
काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो । साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् । अन्य तीनलाई २४ वर्ष… Continue reading पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय
अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो । बैठकमा… Continue reading अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक
काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् । प्रहरीका… Continue reading काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक
निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका पर्यटनका माध्यमबाट अर्थतन्त्रको विकास गर्ने हो भने निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत विमानस्थल निर्माणको प्रक्रिया रोक्न आदेश दिएको भोलीपल्ट सोमबार भट्टराईले भाग लिएका अधिकांश सार्वजनिक कार्यक्रममा निजगढ विमानस्थलको महत्वबारे प्रकाश पारेका छन् । सोमबार मन्त्री भट्टराईले बैंक तथा… Continue reading निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री
२१ किलो चरेश बरामद
काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो । चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्ला दिनमा अवैध… Continue reading २१ किलो चरेश बरामद
वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ । यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ । २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी… Continue reading वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का
विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त
काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ । पन्तलाई ठक्कर… Continue reading विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त
कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ । तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ । आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर… Continue reading कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक
विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार
दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो । प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान… Continue reading विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार
एनसेललाई कर तिर्न १५ दिनको ताकेता
काठमाडौं । सरकारले एनसेललाई तोकिएको कर तिर्न १५ दिन म्याद राखेर ताकेता गरेको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काटेको छ । १५ दिनभित्र कर चुक्ता गरेर फरफारक गर्न आग्रह गरेको छ । ठूला करदाता कार्यालयले मंसिर २२ मा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । अन्तिम… Continue reading एनसेललाई कर तिर्न १५ दिनको ताकेता
निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल
काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल अगाडी नबढाउने अन्तरिम आदेश दिएको छ । आइतबार विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । रुख कटानको विषयलाई लिएर सर्वाेच्चमा रीट दायर भएको थियो । जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेललगायतले दायर गरेको रीटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त… Continue reading निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल
एससीसीबारे आज आउला नेकपाको निर्णय ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ । पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ । नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ । कांग्रेस सरकारले अगाडी बढाएको यो परियोजना इण्डो प्यासेफिक स्वार्थसँग जोडिएका कारण सहयोग स्वीकार गर्न… Continue reading एससीसीबारे आज आउला नेकपाको निर्णय ?
निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन
काठमाडौं । सरकारले बाराको निजगढमा निर्माणको योजना बनाएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना कुनै पनि बाहनामा प्रभावित हुन नहुने स्थानीय जनप्रतिनिधिले बताएका छन । शनिबार राजधानीमा सरोकारवालाको बैठक बसेको थियो । जहाँ निजगढ मुलुकको आर्थिक भविश्यसँग गासिएको परियोजना रहेको भन्दै यसको निर्माण कुनै पनि बाहनामा प्रभावित बन्न नहुनेमा सरोकारवाला एक मत भएका छन्… Continue reading निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन
लिभरपुललाई क्लव विश्वकपको उपाधी
कतार । लिभरपुलले क्लव विश्व कपको उपाधी हात पारेको छ । रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा विजयी गोल गरेको यस खेलमा लिभरपुलले ब्राजिलको फ्लेमेङ्गो क्लवलाई हराएको छ । फिर्मिनोले ९९औं मिनेटमा गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । खेल कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयका… Continue reading लिभरपुललाई क्लव विश्वकपको उपाधी
मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित
बार्सिलोना । लुइज सुवारजले उत्कृष्ट प्रदर्शन गरेको खेलमा बार्सिलोनाले स्पानिस ला लिगाअन्तर्गत अलाभेजलाई ४–१ ले हराएको छ । सुवारेजले पेनाल्टीबाट एक गोल गरे भने तीन गोलका लागि अवसर सिर्जना गरेका थिए । मेसीको नाममा एक गोल रह्यो । उनले तीन जना डिफेन्डरको बीचमा २६ यार्ड परबाट प्रहार गरेको बलले पोष्ट चुमेको हो । यससँगै उनले… Continue reading मेसीको कीर्तिमानी गोल, चम्किए सुआरेज, बार्सिलोनाको जित