प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

काठमाडौं । १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटका लागि मैदानमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको छ । अष्ट्रलियाको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी० विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले हारेको हो । शुक्रबार अन्तिम दिनको खेलमा ३ सय ९३ रनको रक्ष्य पाएको नेपाल १८४ रनमै अलआउट भएपछि एमसीसीले सहज जीत निकालेको हो । सामान्यतया क्रिजमा टिकेर… Continue reading प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन । विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो । श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी… Continue reading जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । भारतले आफ्नो नक्सामा पारेको क्षेत्र लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने भएको छ । विवादपछि उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक डाकेका छन् । बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको छ । अघिल्लो शनिबार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रका भूभाग भारतीय नक्सामा पारिएको… Continue reading लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

लरीमा मृत भेटिएका सबै ३९ भियतनामीको सनाखत

लण्डन । विश्व जगतलाई नै स्तब्ध पार्नेगरी १३ अक्टोबरमा लण्डनबाट एक खबर सार्वजनिक भयो । जहाँ एक लरी भित्र ३९ जना मानिसको शव भेटिएको थियो । बेलायतको एसेक्सस्थित ग्रेसमा भेटिएका ती सबै भियतनामी नागरिक रहेको र उनीहरुको परिचय समेत खुलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एसेक्स प्रहरीले हुलियाका आधारमा ती नागरिक चिनियाँ रहेको बताएको… Continue reading लरीमा मृत भेटिएका सबै ३९ भियतनामीको सनाखत

किन पक्राउ परे पूर्वअर्थमन्त्री रुप ज्योती ?

काठमाडौं । प्रहरीले उद्योगपति तथा पूर्वअर्थमन्त्री रुप ज्योतीलाई पक्राउ गरेको छ । सिल्क एयरको जहाजबाट बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी बाहिर निस्किएका ज्योतीलाई त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनी प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य हुन् । उनी शाही शासनकालमा अर्थराज्यमन्त्री थिए । राज्यमन्त्री भएपनि उनी कार्यकारी भूमिकामा अर्थ मन्त्रालयले चलाएका थिए… Continue reading किन पक्राउ परे पूर्वअर्थमन्त्री रुप ज्योती ?

आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ । यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने… Continue reading आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

काठमाडौं । एटीएम प्रणाली ह्याक गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका ६ चिनियाँ नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । नेपालका ७ वटा बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै भदौमा उनीहरु समातिएका थिए । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । चेन विक विन,… Continue reading एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

युवालाई रोजगार दिन सरकारले ऋण लिने

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न १ सय २० मिलियन डलर (करीव १३ अर्ब ६२ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । सरकारले विश्वबैंकबाट उक्त रकम ऋण लिन लागेको हो । अघिल्लो आर्थिक वर्षबाट सरकारले बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी दिने कार्यक्रम थालेको थियो । पहिलो वर्षको कार्यक्रम भने निकै भद्रगोल भएको… Continue reading युवालाई रोजगार दिन सरकारले ऋण लिने

विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा एक लेवल कार्यक्रम चलाइरहेका १५ कलेजमाथि कारवाही हुने भएको छ । खासगरी बैदेशिक कार्यक्रम संचालन गर्न लिएको अनुमति नविकरण नगर्न र धरौटीसमेत नबुझाएका १५ कलेजमाथि नेपाल सरकारले कारवाही गर्न लागेको हो । अब उनीहरुको सम्बन्धन खारेज हुने भएको छ । शिक्षा मन्त्रालयले नवीकरण तथा धरौटी नबुझाइ उच्च शिक्षाका… Continue reading विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव

काठमाडौं । १२ बैशाख २०७२ भूकम्पले कमजोर बनाएपछि मर्मत थालिएको दशरथ रंगशालाको मर्मतको काम भूकम्पपछिको ४ वर्षसम्म पनि सकिएको छैन । उक्त रंगशालाबाहेक नेपालमा अन्तराष्ट्रिय मापदण्ड पुगेको अर्को रंगशाला पनि छैन । एउटा पनि स्तरीय रंगशाला नहुँदा नेपालले नै राष्ट्रिय लज्जा बेहोर्नु परेको छ । किनकी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३… Continue reading एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव

आलमको बयान सकियो, थुनछेक बहस शुरु

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी सांसद मोहमद अफताब आलम माथिको थुनछेक बहस बिहीबारबाट शुरु भएको छ । उनको बयान सम्पन्न भएसँगै बहस प्रारम्भ भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो । यो बहस सकिएपछि अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राखेर… Continue reading आलमको बयान सकियो, थुनछेक बहस शुरु

फास्ट ट्रयाक हेर्ने सेनाका हाकिममाथि अनियमितताको उजुरी, जिम्मेवारी खोसियो

काठमाडौं । काठमाडौं– निजगढ फास्ट ट्रयाकका आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि अनियमितताको आरोप लागेको छ । आरोपसँग सेनाले उनलाई जिम्मेवारीबाट समेत हटाएको छ । द्रुतमार्ग निर्माणमा व्यापक अनियमितता भएको उजुरी रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा परेको थियो । त्यसपछि छानविनका लागि उनलाई हटाएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यद्दपी… Continue reading फास्ट ट्रयाक हेर्ने सेनाका हाकिममाथि अनियमितताको उजुरी, जिम्मेवारी खोसियो

नक्सा विवादमा भारतको स्पष्टिकरण के आयो ?

काठमाडौं । गत शनिबार भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको नेपालमा व्यापक विरोध शुरु भएपछि भारतले इन्कारी प्रतिक्रिया दिएको छ । भारतीय नक्सा विवादबारे बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको प्रतिक्रिया दिएका छन् । नयाँ नक्साले नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारत सरकारको धारणा… Continue reading नक्सा विवादमा भारतको स्पष्टिकरण के आयो ?

नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन

काठमाडौं । नेपाल सरकारले नक्सा विवादबारे भारतीय पक्षसँग कूटनीतिक तथा राजनीतिक रुपमै छलफल चलाउने भएको छ । नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गर्दै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी हुने बताएका… Continue reading नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन

अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्कालका लागि महानगरभित्र नयाँ विद्यालय सञ्चालनको अनुमति नदिने निर्णय गरेको छ । अहिले चलिरहेका विद्यालयको संख्या नै अधिक रहेको र शिक्षाको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको भन्दै महानगरले तत्काल नयाँ विद्यालय स्थापना तथा संचालनको अनुमति नदिने निर्णय गरेको हो । अहिले काठमाडौंमा औसतः विद्यार्थी संख्याको आधारमा विद्यालय संख्या धेरै छन् ।… Continue reading अब काठमाडौं महानगरमा नयाँ विद्यालय नखुल्ने

अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै

डडेल्धुरा । चिकित्सा शिक्षामा व्यापक सुधारको माग गदै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रर्दै गएको छ । उनी सोमबारदेखि डडेलधुरा पुगेर एक निजी घरमा अनसन थालेका थिए । यो उनको १७ औं अनसन हो । उनी क्लिनिक रहेकै घरमा अनसन बसेका छन् । यहााँट जिल्ला अस्पताल समेत नजिकै छ । चिसो र कमजोर… Continue reading अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै

उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

काठमाडौं । आगामी १४ मंसिरका लागि तोकिएको उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । त्यस दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । स्थानीय तहमा हुने उपनिर्वाचनको मनोनयन दर्ता २७ कात्तिकका लागि राखिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार १० बजेबाट १ बजेसम्म मनोनयन दर्ता गरिसक्न पर्ने भएको छ । मनोनयन… Continue reading उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

मेलम्ची पुग्यो संसदीय टोली, के आयो सन्देश ?

काठमाडौं । प्रतिनिधिसभा, विकास समितिको एक टोलीले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ । काकाकुल काठमाडौंको तिर्खा मेटाउन दुई दशक अगाडीबाट शुरु भएको यो आयोजनाको कार्यप्रगतिप्रति आम जनताले विश्वास नै गर्न छाडिसकेको बेला समितिको टोली स्थलगत अनुगमनमा पुगेको हो । हालै मेलम्चीको रोकिएको काम पुनः शुरु भएपछि यो आयोजना सम्पन्न हुने विश्वास जागेको छ… Continue reading मेलम्ची पुग्यो संसदीय टोली, के आयो सन्देश ?

कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि उमेदरवारको टुंगो लगाएको छ । १४ मसिरमा उपनिर्वाचन हुँदैछ । कास्की, बाग्लुङ, दाङ,र भक्तपुरका विभिन्न प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लागेको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लागि उम्मेदवार तोकेको हो । कांग्रेसको… Continue reading कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

१४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा

काठमाडौं । नेपाल १४ वर्षपछि पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा उत्रिएको छ । नेपाल भ्रमणमा रहेको ऐतिहासिक टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको एक मात्र प्रथम श्रेणीको क्रिकेट बुधबारबाट राजधानीमा शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु तीनदिवसीय खेलको पहिलो दिन एससीसीले राम्रो प्रदर्शन गरेको छ। क्लवले टस हारेर ब्याटिङ… Continue reading १४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा

मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च २०२० सम्म कम्तीमा तीन नयाँ गन्तब्य बिस्तार गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । जापानको नारिता, साउदी अरेवीयाको रियाद र चीनको ग्वांझाउमा आगामी मार्च भित्र उडान बिस्तार भइसक्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार यी गन्तब्यमा नेपालको तर्फबाट… Continue reading मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सको आर्थिक स्वास्थ्य सुधारोन्मुख, न्यारोबडीको किस्ता तिर्यो

काठमाडौं । ४० अर्ब भन्दा माथि ऋण बोकेर संचालन भइरहेको नेपाल वायुसेवा निगमको क्रमशः आफ्नो आर्थिक स्वास्थ्यमा सुधार गर्दै गएको छ । निगमले न्यारोबडी जहाजको तीन महिनाको एकमुष्ट किस्ता हालै तिरेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार निगमले कूल ३३ करोड रुपैयाँ किस्ता तिरेको हो । कर्मचारी संचायकोषबाट जहाज किन्दा लिएको… Continue reading नेपाल एयरलाइन्सको आर्थिक स्वास्थ्य सुधारोन्मुख, न्यारोबडीको किस्ता तिर्यो

आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी कांग्रेस सांसद अफताव आलममाथिको बयान बुधबारसमेत जारी रह्यो । बुधबार सम्पन्न नभएको बयान बिहीबारसम्म चल्नेछ । बुधबार उनलाई दुई दर्जन प्रश्न सोधिएको छ । बिहान १० बजेदेखि जिल्ला अदालत रौतहतमा बयान शुरु भएको थियो । न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई प्रश्न सोधिएको थियो । प्रश्नको जवाफमा भने आलमले… Continue reading आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

काठमाडौं । संसारकै उत्कृष्ट टोली मानिने भारतीय क्रिकेट टीमले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा भने सहभागिता नजनाउने भएको छ । सामान्यतया क्षेत्रीय खेलहरुमा दोस्रो, तेस्रो डिभिजनका खेलाडी पठाउने प्रचलन छ । तर, भारतले यस पटक क्रिकेटमा भाग नै नलिने भएको छ । सागमा कूल २७ खेल हुने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । सागमा… Continue reading सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए

काठमाडौं । सन् २०२१ का लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रममा सहभागी हुन फारम भर्ने समय सकिएको छ । यस वर्षदेखि अमेरिकाले डीभीमा पासपोर्टको विवरण अनिवार्य गरेपछि एक महिनाको अवधिमै हजारौं नयाँ पासपोर्ट थपिएका छन् । एक महिनाको अवधीमा २१ हजार ३ सय ४० जनाले दू्रत गतीमा नयाँ पासपोर्ट निकालेका छन् । यो प्रक्रियाबाट धेरै रकम… Continue reading सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए

बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपालमा

काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपाल आइपुगेका छन् । उनी श्रीमती सुनिता आहुजासहित नेपाल आएका हुन् । वीरगन्जमा बिहीबारबाट सुरु हुने तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा भाग लिन उनी नेपाल आएका हुन् । बिहीबार साँझ उक्त कार्यक्रममा गोविन्दाको प्रस्तुती रहेको छ । उनी बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरे । विमानस्थलमा संचारकर्मीसँग… Continue reading बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपालमा

आलमको थुनछेक बयान जारी

रौटहत । इटाभट्टीमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा पक्राउ कांग्रेस सासंद महम्मद अफताब आलमको बयान मंगलबारबाट शुरु भएको छ । मंगलबार बयान नसकिएका कारण बुधबार निरन्तर जारी रहने भएको छ । रौतहट जिल्ला अदालतमा मंगलबार १ बजेबाट बयान सुरू भएको थियो । बयान कार्यालय समयमा मात्र लिने गरिन्छ । बुधबार बिहान १० बजेबाट पुनः बयान… Continue reading आलमको थुनछेक बयान जारी

भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो । भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको… Continue reading भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ

काठमाडौं । केही दिन देखियता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राती एक अनौठो गन्धले मानिसहरु डराएका थिए । यसको चर्चा सामाजिक सञ्जालमा थियो । एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर, भक्तपुर लगायत क्षेत्रमा रातमा नमिठो धुँवा आएको र त्यसको गन्धले सास फेर्नै मुस्किल परेको गुनासो सामाजिक संजालमा थियो । सामाजिक संजालमात्र होइन, प्रहरीमा समेत यसको उजुरी परेको थियो… Continue reading रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ

भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव । यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् । उनले टुइट गर्र्दै विराट र… Continue reading भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्