पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

१२ कात्तिक, काठमाडौं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं। २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी… Continue reading पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

१२ कात्तिक, काठमाडौं । काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् । यहाँको नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे… Continue reading दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

१२ कात्तिक, काठमाडौं । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ । ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनल सँगको सहकार्यमा वैदेशिक लगानी भित्र्याएको हो । सो लगानीबाट नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री सञ्चालन हुने भएको छ । फ्याक्ट्रीको आज शिलान्यास गरिएको छ… Continue reading चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

१२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति… Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?

१२ कात्तिक, काठमाडौं । जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको… Continue reading दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?

प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

१२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार… Continue reading प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

१२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले संयुक्त कम्पनी स्थापना गरी दुवै प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएका छन्। दुवै प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न… Continue reading दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

१२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट… Continue reading सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

rss

काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो । प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छिन्… Continue reading सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ

तस्बिरः प्रदीपराज वन्त-रासस

काठमाडौँ, कात्तिक १२ गते । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष अवस्थामा संसद बाहिरबाट प्रधानमन्त्री… Continue reading प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था… Continue reading दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

Photo : CNN

१२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका… Continue reading नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना

Source : Gorkhapatra

१२ कात्तिक, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी… Continue reading हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना

माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?

११ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ । अध्यक्ष नेपालको पतञ्जली जग्गा हिनामिनामा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेमा मन्त्रालयमा निवेदन दिन सकिने गृह मन्त्रालय स्रोतले… Continue reading माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?

भारतमा चक्रवात ‘मोन्था’ : विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

११ कात्तिक, नयाँ दिल्ली । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीले विद्यालय बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै… Continue reading भारतमा चक्रवात ‘मोन्था’ : विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी

rss

११ कात्तिक, काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले… Continue reading सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी

एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । उनलाई प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा पक्राउ गरिएको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनी प्रभु ग्रुपका अध्यक्ष समेत हुन् ।… Continue reading एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

तस्बिर : नवीन लामिछाने/रासस

११ कात्तिक, काठमाडौं । अरबसागरमा विकसित मौसमी प्रणालीले गत रातिदेखि भइरहेको वर्षा–हिमपात बुधबारदेखि रोकिने भएको छ । तर, विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनः मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्‍को भनाइ छ । अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा,… Continue reading बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जना पर्यटकलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९… Continue reading हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज… Continue reading छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

टोकियो, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले… Continue reading टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

Source : Gorkhapatra

११ कात्तिक, काठमाडौं । मुक्तिनाथ मन्दिरसहित मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ । तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका… Continue reading मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

११ कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो… Continue reading उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान

११ कात्तिक, काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको… Continue reading आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान

थप उपचारका लागि सिंगापुरतर्फ लागे देउवा दम्पत्ति

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट… Continue reading थप उपचारका लागि सिंगापुरतर्फ लागे देउवा दम्पत्ति

भारत भ्रमणका क्रममा दिल्ली पुगे मन्त्री कुलमान

१० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत् सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सोमबारदेखि कात्तिक १३ गतेसम्म (२७–३० अक्टोबर २०२५) हुने उक्त सभामा विश्वका ४० भन्दा… Continue reading भारत भ्रमणका क्रममा दिल्ली पुगे मन्त्री कुलमान

“उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

१० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड तथा आगजनी गर्नेलाई कारबाही अगाडि बढाउन माग गरेको छ । ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भनी सदस्यहरूबाट गुनासो आइरहेको महासंघले जनाएको छ । यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै… Continue reading “उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर

१० कात्तिक, काठमाडौं । भदौ २४ मा भएको जेन–जी प्रर्दशनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त भएको सर्वोच्च अदालतसहित देशभरका अदालतको सर्भर पूर्ण रूपमा ‘रिकभर ’ भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार २४ भदौमा भएको आगजनीमा सर्वोच्च अदालत र हेटौंडामा रहेको डेटा सेन्टरमा आगलागी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको मुख्य… Continue reading आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर

मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

file

१० कात्तिक, काठमाडौं । पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो । यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको समाचार सार्वजनिक भएको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज… Continue reading व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक