तेहरान, २० फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निकायको भवनमा आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ । यस आक्रमणले भवनमा गम्भीर क्षति पुगेको र त्यसलाई बैठकका लागि प्रयोग नगर्ने निर्णय भएको जनाइएको छ । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी शनिबार अमेरिकाको आक्रमणमा मारिएका थिए । खामेनीको मृत्युपछि… Continue reading इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा
Author: Vishwanews.com
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान… Continue reading निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
काठमाडौँ, २० फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी… Continue reading आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौँ, २० फागुनः नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ। मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा… Continue reading निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ, २० फागुनः मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका… Continue reading खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
निर्वाचनको सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा र राजस्व भुक्तानी निरन्तर
काठमाडौँ, २० फागुनः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत… Continue reading निर्वाचनको सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा र राजस्व भुक्तानी निरन्तर
खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ गठन
काठमाडौँ, १९ फागुनः नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ । उक्त द्वन्द्वको अवस्थामा नेपाली नागरिकको अवस्था बारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस… Continue reading खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्यापिड एक्सन टिम’ गठन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
काठमाडौँ, १९ फागुन । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे । प्रतिनिधिसभा सदस्य निर्वाचनको… Continue reading सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते
भक्तपुर, १९ फागुनः नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज… Continue reading भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते
गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन
काठमाडौँ, १९ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो । सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत… Continue reading गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन
पास दुरूपयोग गरी व्यक्ति ओसारपसार नगर्न आयोगको अनुरोध
काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक… Continue reading पास दुरूपयोग गरी व्यक्ति ओसारपसार नगर्न आयोगको अनुरोध
प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश
काठमाडौँ, १९ फागुनः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो । मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी… Continue reading प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश
प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन
काठमाडौँ, १९ फागुनः चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय… Continue reading प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन
मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने
काठमाडौँ, १९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक गरेको… Continue reading मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने
कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर, १९ फागुनः कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको… Continue reading कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
काठमाडौँ, १९ फागुन : देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् । लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार… Continue reading रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ, १९ फागुनः काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए… Continue reading नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार
रियाद, साउदी अरब, १९ फागुन (रासस–एएफपी) । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ । स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै… Continue reading इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार
दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने
दुबई, १९ फागुन (रासस–एएफपी) । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ।… Continue reading दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने
इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री
जेरुसलेम, १९ फागुन (रासस–एएफपी) । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् । इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, “त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य… Continue reading इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
वीरगन्ज (पर्सा), १९ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे… Continue reading पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी
तेहरान, १८ फागुन (रासस–एएफपी) । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । “इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,” विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने । चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई… Continue reading खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी
भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
भोजपुर, १९ फागुन । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । घरघरमा… Continue reading भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
तराईका जिल्लामा आज होली मनाइँदै
राससमध्यविन्दु (नवलपरासी), १९ फागुनः रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,… Continue reading तराईका जिल्लामा आज होली मनाइँदै
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
काठमाडौँ, १९ फागुनः प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता,… Continue reading आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
गण्डकीमा निर्वाचन सुरक्षा चुस्त
राससगण्डकी, १९ फागुनः आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए । “शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी… Continue reading गण्डकीमा निर्वाचन सुरक्षा चुस्त
निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?
काठमाडौँ, १९ फागुनः बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा… Continue reading निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?
चुनावमा पनि इन्धन नियमित : आयल निगम
काठमाडौँ, १९ फागुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भन्नुभएको छ, “पेट्रोलियम पदार्थको आयात… Continue reading चुनावमा पनि इन्धन नियमित : आयल निगम
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
सुदूरपश्चिम, १९ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए । उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका नौ… Continue reading सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा