आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ । असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ… Continue reading आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढाएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालले सबै इन्टरनेट प्रदायकले उपभोक्ताबाटै १३ प्रतिशत मूल्य असुल गरी सरकारको भ्याट तिर्ने निर्णय गरेका हुन् । संस्थाको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरको हो । सरकारले बुधबार बाटै शुरु भएको नयाँ आर्थिक वर्ष २०७६\७७ बाट… Continue reading इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर… Continue reading फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अब पुरा हुने भएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याएको नेकपा निकट नेताहरुले जानकारी दिएका छन् । उक्त बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए। नेकपाका उच्च नेतृत्वबीचको छलफलले एकता… Continue reading टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

काठमाडौैं । राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । रानीजमरा-कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाई अब निर्माणको अन्तिम चरणमा आइपुगेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । उनका अनुसार रानीजमरा-कुलरिया सिंचाई आयोजना आंशिक रुपमा सञ्चालनमै आइसकेको छ । करीव… Continue reading राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

१५ हजार सैन्य फौज उद्दार र राहतमा

काठमाडौं । १५ हजार सैन्य फौज वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनमा खटिएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त संख्यामा फौज उद्दार र राहतमा खटिएको बताएको हो । बाढी, पहिरो र डुवानले अहिले देशका विभिन्न भेगको जनजीवन प्रभावित भइरहेको छ । प्राकृतिक प्रकोपमा परी ५ दर्जन भन्दा बढी नागरिकले अकालमा ज्यान… Continue reading १५ हजार सैन्य फौज उद्दार र राहतमा

पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

काठमाडौं । नेपालमा विद्युतको माग घटेपछि पहिलो पटक बढी भएको विद्युत भारतमा निर्यात गरिएको छ । निरन्तर वर्षा भएपछि अहिले प्रदेश नं १ र २ मा विद्युतको माग घटेको छ । उर्जा मन्त्रालयका अनुसार पहिलो पटक नेपालमा उत्पादन भएको विजुली खपतको तुलनामा बढी भएपछि भारत पठाइएको छ । अहिले देशभर १ हजार २१५ मेगावाट विद्युत्… Continue reading पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

काठमाडौं । मंगलबार राती खण्डग्रास चन्द्रगहण लाग्दैछ । राति एक बजेर ४६ मिनेटबाट सुरु चन्द्रग्रहण तीन बजेर पन्ध्र मिनेटमा मध्य भई ४ बजेर ४५ मिनेटमा सकिनेछ । २ घण्टा ५९ मिनेटसम्म लाग्ने चन्द्रग्रहणका समयमा भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिष विज्ञानका जानकारहरुका अनुसार ग्रहण लागेको समयमा मन्दिर जाने र पूजापाठ पनि गर्नु हुँदैन… Continue reading आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

काठमाडौं । जलासय असारमै भरिएपछि नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याएको छ । जलासय भरिएर बाँध खोल्नुपर्ने अवस्था आएपछि प्राधिकरणले पानीको सुरक्षित निकासका लागि आयोजनालाई पूर्ण क्षमतामा चलाउने निर्णय गरको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको हो ।… Continue reading पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको ५ दिनको तलव बाढीपहिरो तथा डुबानपीडितलाई प्रदान गरिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स‌ंघीय सांसदले ५ दिनको तलब दिने निर्णय भएको जानकारी गराएका हुन् । संघीय संसदका सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब बुझ्छन् । कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा… Continue reading बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढीको आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ । प्रतिष्ठानले विभिन्‍न समयमा किनेका सामानमा करोडौं रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारीले मुद्दा दायर… Continue reading बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७… Continue reading लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

लण्डन । दर्शनीय फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधी घरमा राखेको इंग्ल्याण्डले पुरस्कारस्वरुप नगद ४ मिलियन डलर (झण्डै ४४ करोड रुपैयाँ) समेत हात पारेको छ । इंल्याण्डलाई क्रिकेटको जननी मानिन्छ । तर, अहिलेसम्म विश्वकप उचाल्न सकेको थिएन् । आइतबार साँझ लण्डनको लर्डस् रंगशालामा सम्पन्न फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको हो ।… Continue reading विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

बेइजिङ । शक्तिशाली मुलुकहरुसँगको व्यापार युद्धको असर चिनियाँ आर्थिक वृद्धिमा देखिन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पछिल्लो तीन दशक यताकै कम दरमा पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दैसंचारमाध्यमले अमेरिका–चीन व्यापार युद्ध र विश्वभर आइरहेको आर्थिक मन्दिको असर चिनियाँ अर्थतन्त्रमा देखिएको उल्लेख गरेका… Continue reading व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

काठमाडौं । देशभर ७५३ स्थानीय तहमध्ये ७२ स्थानीय तह तोकिएको समयभन्दा १९ दिन पछिसम्म पनि बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारसम्म ६८१ वटा स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६\७७ को बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन,… Continue reading ७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् । यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो । एनओसी उपलब्ध… Continue reading यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० सिरिज कब्जा गरेको छ । दुई खेलको सिरिजमा नेपाल २–० ले विजेता बनेको हो । आइतबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनको रोमाञ्चक जीत हात पार्न सफल भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि… Continue reading नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

काठमाडौं । वैदेशिक रोजगारीमा गएर सीप सिकी त्यसलाई स्वदेशमा उपयोग गरेका ७ उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ । विदेशमा सिकेको सीपलाई उपयोग गरेर उनीहरु स्वरोजगार मात्र बनेनन्, थप नेपाीलाई विदेश जानबाट रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका छन् । देशभरबाट ७ जना उदाहरणीय उद्यमी छनोट गरी पुरस्कृत गरिएको हो । स्वदेशमा… Continue reading विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी

काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी निधन हुनेको संख्या ५१ पुगेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले निधन भएको संख्या सार्वजनिक गरेको हो । मुलुकभर ५१ जनाको निधन भएको र ३१ जना वेपत्ता रहेको सरकारको तथ्यांकमा उल्लेख छ । २८ जना घाइते छन् । १० हजार ३ सय ८५… Continue reading बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी

लेविको विषयले कांग्रेसको नियमावली विवादमा

काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ । काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् । नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै… Continue reading लेविको विषयले कांग्रेसको नियमावली विवादमा

कोशी ब्यारेजका सबै ढोका खुला

काठमाडौं । सप्तकोशी नदीमा जलस्तर अधिक भएपछि कोशी ब्यारेजका सबै (५६ वटा) ढोका खोलिएको छ । आइतबार बिहानदेखि सबै ढोका खोलेर जल प्रवाहको व्यवस्था मिलाइएको ब्यारेज प्रहरी चौकी कार्यालयले जानकारी दिएो छ । सम्भावित जोखिम कम गर्न सबै ढोका खोलिएको कार्यालयको भनाई छ । एक दशक अगाडी पश्चिम कुशहामा बाँध फुटेपछि नेपाल र भारत दुबै… Continue reading कोशी ब्यारेजका सबै ढोका खुला

अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि

File

अफगानिस्तानमा शुक्रबारदेखि शुरु सरकारी फौज र तालिबान समथर्क लडाकुबीच भएको भिडन्तमा २६ जना मारिएको सरकारी अधिकारीहरुले दावि गरेका छन् । अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानका उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा फौज र तालिबान लडाकुबीच झडप भएको हो । तालिबान समर्थक लडाकूले जावजान प्रान्तस्थित एक जिल्ला कब्जा गर्न खोजेपछि भयानक आक्रमण भएको बताइएको छ । यसरी… Continue reading अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि

डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता

डोल्पा । डोल्पामा खोलाले तीन घर बगाउँदा एक जनाको निधन भएको छ भने १० जना वेपत्ता भएका छन् । शनिबार डोल्पाको तल्लो भेगस्थित मुड्केचुला गाउँपालिका(१ मा औलमा पर्ने काचिला खोलामा बाढी आएछि ती घर बगाएको प्रहरीले जानकारी दिएको छ । तीन घरका १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको… Continue reading डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता

बाढी पहिरोले ३२ को लियो ज्यान

काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् । पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास… Continue reading बाढी पहिरोले ३२ को लियो ज्यान

टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८… Continue reading टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा

काठमाडौं । शनिबार पनि तराईका नदिहरुका जलस्तर बढ्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईका अधिकांश ठूला नदिहरुले खतराको सूचि पार गरिसकेका छन् । सप्तकोसी र कमला नदीमा बाढीका कारण खतराको स्तर माथि पुगिसकेको बाढी मापन केन्द्रले शनिबार सवेरै जानकारी गराएको छ । कमला नदी(धनुषा(तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा… Continue reading पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा

सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारको प्रतिवाद गर्न सहकार्य गर्ने निर्णय गरेका छन् । सरकारका पछिल्ला निर्णय, संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्याको ऋंखला बढ्दै गएपछि दई दल सरकारविरुद्ध एक साथ उभिन तयार भएका छन् । दुई दलबीच सहकार्यको वातावरण कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता… Continue reading सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

विश्व विजेता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध भएका छन् । यसअघि उनी स्पेनिस क्लब एट्लेटिको माड्रिडमा थिए । उनी एथलेटिकोका सफल खेलाडी मानिन्छन् । २८ वर्षिय ग्रिजम्यान लियोनल मेसीको कप्तानीमा रहेको ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्ध भएका हुन। बार्सिलोनाले ग्रिजम्यानको रिलिज मूल्य १२० मिलियन एट्लेटकोलाई बुझाउँदै क्लबमा अनुबन्ध गरेको हो । फ्रान्सका फरवार्ड ग्रिजम्यानले… Continue reading बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

चार प्रहरी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ । राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ । घुस लेनदेनको गोप्य सूचना पाएपछि अख्तियारको टोली मिठाई पसलमा पुगेको थियो । तर, पक्राउ पर्ने प्रहरीको नाम भने खुलाइएको… Continue reading चार प्रहरी एक लाख घुससहित पक्राउ

अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो

फाइल तस्वीर

काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।

शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।

प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।

रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।

काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।

शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।

काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।