न्युयोर्क अमेरिकाको हार्भड युनिभर्सिटी अन्तर्गतको हार्भड ग्लोबल हेल्थ ईन्स्टिचुटमा कार्यरत एक उच्च श्रेणीका चिकित्सकले अमेरिकामा सेप्टेम्बर भित्र कोरोना संक्रमणबाट २ लाख मानिसको मृत्यु हुने बताएका छन् । बिहीवार हार्भड चिकित्सक अनिश झाले एनबिसिसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । डा. झाले भनेका छन्; ‘कोराना संक्रमण जति नै समानान्तर रेखामा छ भने पनि अमेरिकामा अहिले… Continue reading अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्यु हुन्छ; हार्भर्ड चिकित्सक
Author: Vishwanews.com
अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
टेक्सस अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन:… Continue reading अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
न्युयोर्क कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय… Continue reading पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
न्युयोर्क अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई… Continue reading अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
स्पेनिश फ्लु र कोभिड् – १९
विजय खनाल, टेक्सस आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ । विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव… Continue reading स्पेनिश फ्लु र कोभिड् – १९
अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि भएको… Continue reading अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण
सकुन ज्ञवाली, न्युयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित… Continue reading न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण
इच्छाशक्ति नै सबैथोक हो; तारा धामी
अन्तर्वार्ता: नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा… Continue reading इच्छाशक्ति नै सबैथोक हो; तारा धामी
अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता) मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन… Continue reading अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)
न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ । सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय… Continue reading गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)
न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो
न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले जारी रंगभेद बिरुद्धको आन्दोलनका कारण थप १५ वटा कोरोना जाँच केन्द्र न्युयोर्क शहर भित्र मात्र सुरु गरेको बताएका छन् । भोली सोमबार जुन ८ तारिखदेखि अर्थतन्त्र सुरु गर्ने तयारीमा रहेको न्युयोर्क सहरमा दिनहुँ हजारौंको सहभगितामा शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । प्रदर्शनकारीहरुलाई गभर्नर कुमोले अनुरोध गर्दै भनेका छन् “यति… Continue reading न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो
‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा
न्युयोर्क न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले न्युयोर्कमा जारी कर्फ्यु तत्कालै लागू हुने गरी हटाईएको घोषणा गरेका छन् । यस अगाडि पूर्व निर्धारित कार्यक्रम अनुसार न्युयोर्कमा आज आईतबार पनि बेलुका ८ बजेदेखि रातभरको लागि कर्फ्यु तोकिएको थियो । आईतबार बिहान मेयर ब्लाजियोको घोषणासंगै न्युयोर्कमा ७५ बर्ष पछि लगाईएको झन्डै एक हप्ता लामो कर्फ्यु हटेको छ… Continue reading ‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा
न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा
न्युयोर्क न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती… Continue reading न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा
कुट्न पाइने सम्वन्ध
अच्युत सिग्देल, न्यूयोर्क दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा… Continue reading कुट्न पाइने सम्वन्ध
अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय
न्युयोर्क अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय… Continue reading अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय
ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित
वासिङ्टन डिसी अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाऊस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो । ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको… Continue reading ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित
अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प
न्युयोर्क शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् । शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका… Continue reading अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प
महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
न्युयोर्क कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार… Continue reading महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित
न्युयोर्क जर्ज फ्लोएडको मृत्यु पछि अमेरिकाभर जारी नश्लीय बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक… Continue reading आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित
अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ
न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्यु हुनेको अनुमानित आँकडा बिहीवार प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ
जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव
न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई… Continue reading जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव
जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग
न्युयोर्क गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्यु भएका जर्ज फ्लोएड नाममा, मृत्यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ । फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१… Continue reading जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग
आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी
न्युयोर्क मेई २५ तारिख प्रहरी कस्टडीमा नै बिबादस्पद मृत्यु भएका जर्ज फ्लोएडको लास परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको छ । बुधबार सार्वजनिक गरिएको लास परिक्षण रिपोर्टमा फ्लोएडको मृत्यु हुनु भन्दा केही हप्ता अगाडि कोरोना संक्रमण भएको जनाईएको हो । मृतक फ्लोएडको हेनिपिन काउन्टी मेडिकल एक्जामिनरद्वारा जारी लास जाँच रिपोर्टमा उनलाई अप्रिल ३ तारिख कोरोना… Continue reading आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी
डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न
डालस, टेक्सस नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले… Continue reading डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न
राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक स्वास्थ रिपोर्ट ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको छ । ह्वाईट हाऊसका अनुसार ६ फिट ३ इन्च उचाईका ७३ बर्षीय ट्रम्पको तौल २४४ पाउण्ड छ । उनको रक्तचाप १२१/७९ एमएमएचजि छ भने मुटुको चाल ६३ बिट्स प्रति मिनेट देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोना रोकथाममा मद्दत गर्ने भन्दै बिवादास्पद औषधि… Continue reading राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट
सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
भिमा मैनाली, चलचित्रकर्मी जताततै कोभिड १९ का कारण सन्त्राश फैलिएको अवस्थामा, यस उप्रान्त आउन सक्ने अनुमानित आर्थिक मन्दीमा पनि चलचित्र क्षेत्रलाई उचित व्यवस्थापन गरी, बिशिष्ट किसिमका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको स्तर निर्धारण गर्नु पर्ने भएको छ । जसको लागि समग्र चलचित्रलाई बुझ्ने र चलचित्रको माध्यमबाट समाजलाई आवश्यक योगदान दिन सक्ने नेतृत्वको खाँचो… Continue reading सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै
एजेन्सी बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन् कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन… Continue reading बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै
न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम
न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो । न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि… Continue reading न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम
क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ
क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो… Continue reading क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ
सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्यु
न्युयोर्क अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय… Continue reading सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्यु