Author: Vishwanews.com

  • धेरै जाँचेको कारण धेरै संक्रमित देखियो त्यसैले कम जाँच्न अनुरोध गरेको छु; राष्ट्रपति ट्रम्प

    धेरै जाँचेको कारण धेरै संक्रमित देखियो त्यसैले कम जाँच्न अनुरोध गरेको छु; राष्ट्रपति ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आयोजित एक चुनाबी सभामा अमेरिकामा ब्यापक मात्रामा कोरोना जाँच गरिएका कारण संक्रमण धेरै देखिएको भन्दै उनले अधिकारीहरुलाई जाँच कम गर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा कोरोना जाँचलाई “दुबै तिर धार भएको तरबार’ जस्तो अवस्था पनि भनेका छन् । ओक्लोहामास्थित तुल्सामा शनिबार साँझ आयोजित सभामा उनले जर्मनी, दक्षिण कोरिया लगायतका देशको नाम लिंदै भनें; ‘संसारका कुनै पनि देशले यति धेरै कोरोना  जाँच गरेको छैन । हामीले २ करोड ५० लाख जाँच गरिसकेको कारण धेरै देखियो । जति धेरै जाँच गर्‍यो त्यति धेरै संक्रमण देखिन्छ ।  त्यसैले संक्रमण कम गर्न मैले अधिकारीहरुलाई कृपया जाँच कम गरौं भनेको छु” ।

    राष्ट्रपति ट्रम्पको हजारौं सहभागी चुनाबी  सभा आयोजना भएको दिन आज शनिबार मात्र ओक्लोहामा राज्यमा ३ सय ३१ नयाँ संक्रमण देखिएको छ भने अमेरिका भर ३२ हजार ४ सय ७७ नयाँ संक्रमित भेटिएको वासिङ्टन पोष्टको ट्र्याकिङले देखाएको छ ।  

    समाचार श्रोत :  वासिङ्टन पोष्ट

  • अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

    अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

    सुरेश चाम्लिङ्, न्यु-ह्यम्सायर  

    युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो वार्षिक साधारण सभा भर्चुअल्ली सम्पन्न गरेको छ ।  अर्गनाईजेसनले सभापति मुना राईको सभापतित्वमा जुमको प्रयोग गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो । गत जुन १४ तारिख आईतबारका दिन सम्पन्न साधारण सभामा सहभागी समुदायका सदस्यहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका सम्बन्धमा बिचार व्यक्त गरेका थिए । प्रमुख अतिथिका रुपमा जनजाती महासंघ अमेरिका (फिप्ना) सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातीहरुले आफ्नो चासो र सरोकारको बिषय भन्दै उनले संस्कृत भाषालाई मृत भाषाको संज्ञा दिदै नेपालको बिद्यालयमा संस्कृत पढाउने सरकारी निर्णयले अन्य मातृ भाषाका बिद्यार्थीहरुलाई अन्याय हुने बताएका थिए ।  सरकारको त्यो निर्णयले सरकारी कोष एक भाषाको उत्थानमा मात्र खर्च गर्ने हुँदा अन्य भाषा अन्यायमा पर्ने उनको भनाई थियो । 

    बोर्ड सल्लाहकारहरु शिब कुमार राई, धौल बिर राई, बिष्णु राई, चुना राई, मिलन राई, प्रभाकर राई, तेज राई, श्यामा राई, सुरेश चाम्लिङ्ग लगायतले बिदेशमा समुदायको हितमा संस्थाको गरिमा र भूमिकाको बिषयमा आ-आफ्नो धारणा रखेका थिए । 

    कार्यक्रम अन्तर्गत विभिन्न स्कुल तथा कलेजबाट यो वर्ष ग्राजुएट हुने बिद्यार्थीहरुलाई सम्मान ब्यक्त गर्दै परिचय गराईएको थियो भने कराँतेका अन्तर्रास्ट्रिय रेफ्री पर्खि खालिङ्ग राईलाई सम्मान ब्यक्त गरिएको थियो ।

    सभामा लोकल च्याप्टर सभापतिहरु डिएमभीपी सभापति प्रकाश राई, क्यालिफोर्निया सभापति जोर बीर राई, न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राई र न्युयोर्क सभापति केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए ।केन्द्रीय समिति तथा स्थानीय च्याप्टरहरुले  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र, सिक्किमका पुर्व मुख्य मंत्री पवन चाम्लिङ्गसंगको न्युयोर्कमा भेटघाट छलफल, कोभिड-१९ मा बिभिन्न व्यक्तिहरुलाई सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ-१ भिसामा रहेका बिद्यार्थीहरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगायतको कार्यहरुको समिक्षा गरिएको थियो ।  

    सभाको अन्त्यमा सभा बिसर्जन गर्दै सभापति मुना राइले मानव जीवनको महत्व पूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवाहरुले शिक्षामा नै जोड दिनुको साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृति समेत जगेर्ना गर्न उत्तिकै आवस्यकता रहेको बताएकी थिईन ।

  • शिक्षाबिद अंगुर बाबा जोशीको निधन

    शिक्षाबिद अंगुर बाबा जोशीको निधन

    काठमाडौं

    सामाजिक अभियन्ता एवम् शिक्षिबिद अंगुर बाबा जोशीको शनिबार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ ।
    पारिवारिक श्रोतका अनुसार जोशीको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो । उनी १७ वर्षदेखि घाँटीको क्यान्सबाट पिडित थिइन भने उनमा केही समय अघि ‘ब्रेष्ट क्यान्सर’ समेत देखिएको थियो ।

    उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख  समेत हुन् । बिसं २०१९ सालमा बेलायतबाट अध्ययन पुरा गरि फर्केपछि उनी पद्मकन्या क्याम्पस प्रमुख बनेकी थिइन ।

    महिला शिक्षा, हकहित तथा अधिकारका लागि अनवरत लाग्दै आएकी जोशी प्रखर बक्ता समेत थिइन् ।

  • सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता

    सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता

    काठमाडौं

    जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साँझ अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले संयुक्तरुपमा जाहेरी दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले बताए । जाहेरी दर्ता पछि अधिबक्ता भण्डारी भन्छन्; ‘सांसद सरिता गिरीका अभिब्यक्ती पूर्णत राज्यद्रोह कै लागि भएको हुँदा हामीले जन्म कैद माग गरेका छौं । गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानूनी व्यवस्था अनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ । जाहेरीमा उक्त कानून व्यवस्थाविरुद्ध गिरीले षडयन्त्र गरेको भनिएको छ । सांसद गिरीलाई तत्काल पक्राउ गर्न माग समेत गरिएको छ।

    नेपालको कानूनमा राज्य बिरुद्धको कसुर अन्तर्गत सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात-हतियार वा खरखजना जम्मा गर्ने हातहतियार सहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानूनमा उल्लेख गरिएको छ ।

    दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गर्ने वा गराउने गर्न नहुने व्यवस्था छ।

    गिरीले आधार र प्रमाणबिना कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन् । उनको संशोधन प्रस्ताव नियमावली विपरीत रहेको भन्दै सभामुखले खारेज गरिदिएका थिए। उनले नयाँ नक्साको निर्णय र संविधान संशोधानविरुद्ध विभिन्न माध्यमबाट वक्तव्यवाजी समेत गर्दै आएकी छिन् । गिरी बिरुद्ध जाहेरी दर्ता गर्ने तिनै जना अधिबक्ता हुन् । अधिबक्ता सन्तोष भण्डारी काठमाडौं कपनका स्थानीय हुन् भने सुजन नेपाल काठमाडौस्थित मुलपानीका स्थानीय हुन् । अर्का अधिबक्ता नवराज पाण्डे नुवाकोटका स्थनीय ब्यक्ती हुन् ।

  • सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै

    सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै

    न्युयोर्क

    गत मार्च महिनाको मध्यदेखि बन्द रहेको न्युयोर्क सहरमा अब सोमबार दोश्रो चरणको अर्थतन्त्र खुला हुँदैछ । गत ८ तारिख पहिलो चरणमा खुल्ला भएको न्युयोर्क अब सोमबार थप ब्यापार ब्यवसाय संचालन गर्न मिल्ने गरी खुल्ला गर्न लागिएको हो । सोमबार दोश्रो चरणमा न्युयोर्क खुल्ला भएसंगै अब बार्बर शप, सबै प्रकारका ब्युटी ब्यबसाय (नेल्स), रियल स्टेट ब्यापार, गाडी बिक्री केन्द्र तथा भाडा गाडी ब्यवसाय, खुद्रा पसल र साथमा रेस्टुरेन्टहरु पनि खुल्ने छँन् । रेस्टुरेण्टको हकमा भने भित्र बसेर खाने छुट दिईने छैन ।  रेस्टुरेन्टले बाहिर सिटिङको ब्यबस्था मिलाएको अवस्थामा मात्र ग्राहकलाई बसेर खाने ब्यबस्था हुनेछ । न्युयोर्क सिटीले दोश्रो चरणको अर्थतन्त्र खुल्ला गरेसँगै अब न्युयोर्क सहरमा काम गर्ने करिब ३ लाख मानिस रोजगारीमा फर्किने छन् ।  

    न्युजर्सी : 

    न्युजर्सी गभर्नर फिल मर्फीले पनि सोमबारदेखि राज्यमा बार्बर शप र ब्युटी पार्लरहरु खुल्ने बताएका छन् । तर उनले राज्यमा बसोबास गर्नेहरुलाई होसियारी पूर्वक सुरक्षाका सबै सँयन्त्र प्रयोग गर्न पटक पटक सुचित समेत गरेका छन् । न्युजर्सीमा जुन २१ तारिख आईतबार बाबुको मुख हेर्ने दिनदेखि नै नर्सिङ होम, पर्सनल केयर होममा आफन्त भेटघाट गर्न खुल्ला हुनेछ । न्युजर्सी राज्यमा हालसम्म १२ हजार ८३५ जनाको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ ।  

    कनेक्टिकट :   

    न्युयोर्क नजिकैको अर्को राज्य कनेक्टिकट बुधबारदेखि दोश्रो चरणमा खुला भै सकेको छ । मार्च १७ तारिगदेखि बन्द भएका रेस्टुरेण्ट, जिम, सिनेमा घर समेत कनेक्टिकटमा खुला गरिएका छन् ।  बुधबारदेखि कनेक्टिकटका करिब ९५ प्रतिशत ब्यापार खुल्ला भै सकेका छन् ।  कनेक्टिकटमा शुक्रबारसम्म ४ हजार २ सय ३८ को मृत्‍यु भै सकेको छ ।

  • चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित

    चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित

    प्रहरीले मेक्सिको सहरमा गत १२ तारिख शुक्रबार ३५ बर्षीय एक ब्यक्तीलाई ‘पेस्तोल र गोलीका’ स्याण्डवीच सहित पक्राऊ गरेको छ । आत्तिएको अवस्थामा एक बस स्टेसनको मेटल डिटेक्टर अगाडि उभिएका ती ब्यक्तीलाई शंकाका आधारमा प्रहरीले खानतलासी गर्दा दुई पाउरोटीको बीचमा चिकेनको सट्टा पेस्तोल र गोली राखेर स्याण्डवीच बनाई फ्वाईल पेपरले बेरेको देख्दा प्रहरी जिल्ल परेको समाचार एजेन्सीहरुले जनाएका छन् । ती ब्यक्ती पेस्तोल साहित बस स्टेसनको मेटल डिटेक्टर पार गरेर बसमा यात्रा गर्ने प्रयासमा रहेको जनाईएको छ भने ब्यक्तीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

    सन्धिग्द ब्यक्ती कुन प्रयोजनमा पेस्तोल लिएर बस चढन खोजेका थिए त्यो भने प्रष्ट नभएको समाचार एजेन्सीहरुले जनाएका छन्  । प्रहरीले सन्धिग्द ब्यक्तीलाई नियन्त्रणमा लिएको छ ।  

    श्रोत : लाईफ्स्ली डट कम

  • कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

    कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

    ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन्   । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन  सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका छन् ।

    ईटालीस्थित द नेसनल ईन्स्टिचुट अफ हेल्थ (आई एस एस) ले गत डिसेम्बर महिनाको १८ तारिखमा मिलान र तुरिन सहरको ढल भित्रको फोहोर पानीमा त्यो जैबिक भाईरस भेटिएको थियो । चीनका स्वास्थ         अधिकारीहरुले कोरोना भाईरस संक्रमित पहिलो बिरामी डिसेम्बरको अन्त्यमा पुष्टी गरेका थिए भने ईटालीमा कोरोना संक्रमित पहिलो बिरामी फेब्रुअरी मध्यमा पुष्टि भएको थियो । ईटालीका बैज्ञानिकहरुको यो खुलासा पछि विश्वका सबै देशहरुमा  बास्तबिक रुपमा ठानिएको भन्दा पहिला नै कोरोना छिरिसकेको हुन सक्ने आधार बलियो भएको छ । एक अध्ययनका अनुसार स्पेनमा पनि बार्सिलोनास्थित ढलबाट संकलन गरिएको फोहोर पानीमा जनवरीको मध्येमा नै कोरोना भाईरसको जिवाणु फेला परेको थियो जबकी त्यसको ४० दिन पछि मात्र स्पेनमा पहिलो संक्रमित बिरामी भेटिएका थिए । फ्रान्समा पनि बैज्ञानिकहरुले पेरिस नजिकैका एक ब्यक्तीलाई निमोनिया जस्तो लक्षण देखिए पछि जांच गर्दा गत डिसेम्बर २७ मा नै ती ब्यक्तीमा कोरोना संक्रमण देखिएको थियो ।

    ईटालीमा द नेशनल ईन्स्टिचुट अफ हेल्थका बैज्ञानिकहरुले गत बर्षको अक्टुबरदेखि सन् २०२० को फेब्रुअरी भित्र बिभिन्न सहरका ४० ठाँऊका वेष्ट वाटर ट्रिट्मेन्ट प्लान्टबाट पानी निकालेर अध्ययन गरेका थिए ।  अक्टुबरदेखि नोभेम्बर भित्र जाँच गरिएका ढलका पानीमा त्यस्ता भाईरस नदेखिएको बैज्ञानिकहरुले बताएका छन् । ईटालीस्थित आई एस एसका बैज्ञानिकहरुले पहिलो कोरोना संक्रमित बिरामी फेला पर्नु धेरै अगाडि नै त्यहाँको ढल भित्रका फोहोर पानीमा कोरोना भाईरस भेटिएको निस्कर्ष  भने निकाली सकेका छन् । ईन्स्टिचुटले आउदो जुलाई महिनादेखि पर्यटकहरु बसोबास गर्ने सबै होटलका फोहोर पानी माथि अनुसन्धान गर्ने पाईलट पोग्राम सुरु गर्ने बताईको छ । ईटालीमा कोरोना संक्रमणबाट ३५ हजार मानिसको मृत्‍यु भै सकेको छ ।  

    समाचार श्रोत : बिबिसी

  • अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

    अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

    योगेश आदी

    रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ?  कुरा सुरु गरौं – अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम ‘रानीको पार्लर’ हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन् । उनले नेपाली वा भारतीय कामदारको नाम तुरुन्तै फेरेर बिदेशी जिब्रो मैत्री बनाइदिंदो रहेछिन् । कारण अर्कै बताएपनि कालिकोटको धनबहादुर काठमाडौं आएपछि धनज भएजस्तै रहेछ । 

    मेरो साथीको नाम अमेरिकामा आएपछि प्याट्रिक भए जस्तै थुप्रैको नाम फेरिएको रहेछ । यतै जन्मेका छोराछोरीको नाम बिदेशी राख्ने त सामान्य नै भइहाल्यो । नाम किन फेरेको ? भनेर सोध्दा ‘नाम सुन्ने वा पढ्ने बित्तिकै भेदभावको सामना गर्न नपरोस् भनेर’ भन्ने जवाफ पाएँ । बालबच्चाको नाम किन बिदेशी ? भन्दा ‘यिनीहरु यतै बस्ने भएपछि नामैको कारणले क्षमता र अवसरमा भेदभाव नहोस् भनेर’ भन्ने आसयको जवाफ पाएँ । सायद अमेरिकी कानूनले यस्तै किसिमको भेदभाव न्युनिकरणको लागि हुनुपर्छ; आप्रबासीले अमेरिकामा नागरिक बन्ने बेलामा नाम-थर पूर्ण रुपमा नै फेर्न पाइने प्रावधान राखेको छ । अमेरिका जस्तो देशमा नामैको कारण भेदभाव हुन्छ ? हुन्छ । नामको कारण हुन्छ । रंगको कारण हुन्छ । लिंगको कारण हुन्छ । कदको कारण हुन्छ । भाषाको कारण हुन्छ । आर्थिक कारणले हुन्छ । भेदभाव कानूनको नजरमा अक्षम्य अपराधको कोटीमा परेतापनि दोश्रो चोकमा पुग्ने बित्तिकै भेदभाव हुन थाल्दछ । संसारको सबैभन्दा बिबेकीहरु बस्ने देश नर्वेमा हुन्छ भने अमेरिकामा किन हुँदैन ? भेदभाव आँखाले फरक छुट्याउन्जेल हुँदो रहेछ ।

    यद्यपी अमेरिकामा जातको कारणले हुने भेदभाव भने हुँदैन । त्यसो त नेपालमा रंगको कारणले हुँदैन, जुन अमेरिकामा हुन्छ । 

    भेदभाव जीवनको पर्याय हो । तुलना रहेसम्म भेदभाव हट्दैन । प्रतिस्पर्धा हुन्जेल भेदभाव बिद्यमान रहन्छ नै । कति अंशको ? कस्को किसिमको ? भन्ने अन्तर रहला वा, अथवा, न्युनिकरण होला तर निमिट्यान्न हुनैसक्दैन । 

    भेदभाव नहुने ठाउँ र विषय नै छैन । अमेरिकामा जुन अहिले छालाको रंगको कारणले भनेर रंगभेद बिरोधि आवाज उठिरहेका छन्  । त्यो वास्तवमा रंगको कारणले भएको आन्दोलन होइन । यो दृष्टिकोणको बिरुद्धमा उठेको आवाज हो । आर्थिक खाडलले पैदा गरेको स्वाभाव र हिनभाव बिरुद्धको आवाज हो । प्रबृत्तिको खिलाफको धावा हो । किनकि यो आन्दोलनमा कालो छालाको मान्छे मात्र छैनन् । त्यही हाराहारीमा सेतो, पहेंलो र गहुँको जस्तो छाला भएकाहरु पनि छन् । यस्तै आवाज लिंकन हुँदै मार्टिन लुथरले पनि उठाए अबको १०० बर्ष पछि पनि कुनै न कुनै रुपमा उठ्ने नै छ । सदियौं (सयौं सयौं वर्ष) लागेर मानवीय स्वाभावले बनाएको खाडल सजिलै पुरिदैन । रंगकै कारणले हुँदो हो त संसारमै हाल सवैभन्दा बढी मान्छे मारिरहेको रुवाण्डामा हुतु र तुत्सी दुबै हैर्दा कालो छालाको छन् । हिट्लर र जुइसकको छाला पनि उस्तै रंगको थियो ।

    मैले धर्मको कारणले हुने भेदभाव लेख्न थालें भने कहिल्यै पुरा हुँदैन । शक्तिको कारणले हुने भेदभावको पनि काव्य नै बन्दछ । भेदभाव मध्येमा सबैभन्दा सजिलो अन्त्य हुने भेदभाव भनेको जातको कारणले हुने भेदभाव हो । यसको प्रमाण हालको अमेरिका, अष्ट्रेलिया र युरोपलाई हेर्दा हुन्छ । शिक्षाको स्तर र आर्थिक सम्पन्नताले तराजु भरिएपछि यो जातको भेदभाव हराउँदै जान्छ । यी देशहरुमा पनि कुनै समय जातको भेदभाव हुन्थ्यो । अहिले अमेरिकामा स्मिथ, गोल्डस्मिथ, शुमेकर इत्यादि थरहरुलाई कसैले वास्तै गर्दैनन् । 

    अहिले पनि कतिपयले अमेरिकामा पतिको थर राख्छन् । कतिले राख्दैनन् । थरको स्वतन्त्रता हुनुपर्छ । अमेरिकामै मेरो एकजना प्रदीप थापा नाम गरेको अग्रजले श्रीमतीको थरबाट आफु प्रदीप थापा परियार बनेका छन् । यो एउटा स्वतन्त्रता र स्वच्छन्दताको अभ्यास पनि हो । नेपालमा पनि गायिका ममता दिपविमका पिता मदन बस्नेतले मदन दिपविम राखेजस्तै । साहित्यकार बालकृष्ण समशेरले आफु ‘शेर’ नभएको र सबैप्रति समता रहेकोले ‘सम’ मात्रै राखे जस्तै । यद्यपी हाल कतिपयले आफुलाई ‘शेर’ ठानेर नाममा ‘लायन’ जोडेको पनि देख्दछु । 

    खैर भेदभाव यस्तै कणकणबाट शुरु हुन्छ । नेपालीले अझैपनि छोराको बिहेमा ‘बुहारी भित्र्याउने’ भन्ने गर्दछन् । छोरीलाई चाँहि ‘अन्माउने’ अर्थात पठाउने शब्द प्रयोग गर्छन् । वास्तवमा दुबैले बराबरी नयाँ जीवन सुरु गर्न गइरहेका हुन्छन् । यो सामाजिक संरचनाले उत्पादन गरेको भेदभाव हो ।

    अन्त्यमा; के देख्दछु भने भेदभाव अनन्त छ । कणकणमा छ । यो आन्दोलनबाट हट्दैन । किनकि कानूनले त भेदभाव कहिल्यै गरेकै छैन । कानूनमा लेखिएका नैसर्गिक अधिकार र समताका अक्षरले त कसलाई छुटाएको छ र ? भेदभावको न्युनिकरण बिबेक र चेतनाले बिस्तारै हुन्छ ।

  • बेबी सावर गीत युट्युबमा सार्वजनिक

    बेबी सावर गीत युट्युबमा सार्वजनिक

    न्युयोर्क

    गीतकार दुर्गा खनाल घिमिरेको ‘बेबी शावर’ उत्सव लक्षित गीत बजारमा आएको छ । परिवारमा सबैभन्दा बढी खुसी त्यति वेला हुन्छ, जति वेला उत्तरदायित्व लिने सन्तान आमाको कोखमा छ भन्ने थाहा हुन्छ । अनि उत्सवको माहोल बन्ने गर्दछ । त्यही उत्सवको माहोललाई प्रतिनिधित्व गर्ने बेबी सावर सम्बन्धि गीत डि -४ युट्युबमा सार्वजनिक गरिएको हो ।

    दुर्गा खनाल घिमिरेको यस गीतमा प्रताप दास र मिलन नेवार अमात्यको स्वर रहेको छ । नेपालीहरू संसारभर पुगी सकेको बर्तमान परिप्रेक्षमा बेबी शावर मनाउँदै गर्दा बजाउने गीत समेत नेपाली शब्द र स्वरमा नभए पछि गीतकार खनाल बेबी शावर गित रचना गर्न पुगेको बताउँदछिन् । 

    गिताको म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुटुडियोमा गरेका हुन् । यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली रहेका छन भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा, एडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । गीतको प्रडक्सन डि -४ प्रडक्सनले गरेको छ भने र निर्देशन गम्भिर विष्टले गरेका हुन् ।

  • आइब्रुफिन् र न्याप्रोक्सिन जस्ता औषधीले कोभिड बिरामीलाई मृत्‍यु सैय्यामा पुर्याउने खतरा : अध्ययन

    आइब्रुफिन् र न्याप्रोक्सिन जस्ता औषधीले कोभिड बिरामीलाई मृत्‍यु सैय्यामा पुर्याउने खतरा : अध्ययन

    कोरोना महामारीका कारण लाखौंको मृत्‍यु र संक्रमित भै सकेको अवस्थामा कतिपय दुखाई कम गराउने औषधीले भने कोरोना संक्रमितलाई मृत्‍यु सैय्यासम्म पुर्याउने खतरा गरेको एक अध्ययनले देखाएको छ । दक्षिण कोरियास्थित अध्ययनकर्ताहरुले कोभिड -१९ का कारण हुने शारिरिक कठिनाई र मृत्‍युको बिषयमा गरिएको अनुसन्धान पछि उनिहरुले सामान्य पेन किलर (दुखाई कम गर्ने) औषधीले कोरोना संक्रमितको मृत्‍यु सम्भावना ६५ प्रतिशतले बृद्धि हुने बताएका छन् ।

    अझै मोर्टिन, एड्भिल, नाप्रोक्सिन जस्ता नन-स्ट्रोडियल एण्टी ईन्फ्लामेटारी (एन एस ए आई डि) औषधीले कोरोना संक्रमितको मृगौला नष्ट गर्न र मुटु रोग लाग्ने सम्भावना करिब ८५ प्रतिशतले बृद्धि हुने अध्ययनले बताएको छ । यस्ता औषधीहरु सामान्य अवस्थामा टाउको शरिरको मांसपेसी दुख्ने ज्वरो आउने हुँदा प्रयोग गरिने प्रचलन छ ।  अनुसन्धानकर्ताहरुले भनेका कोरोना भाईरसका बिरामीले एण्टी ईन्फ्लामेटरी औषधी प्रयोग गर्दा निकै होस् पुर्‍याउनु पर्ने हुन्छ । एण्टी ईन्फ्लामेटरी औषधीहरु कोरोनाका बिरामीको लागि घातक हुने कुराको अनुसन्धान यो मात्र पहिलो भने होईन । यस अगाडि पनि दर्जन अनुसन्धानले यस्ता औषधीहरुले घात पुर्याउने निस्कर्ष निकाली सकेका भने पनि बेलायतस्थित एनएचएस (नेशनल हेल्थ सर्भिस) ले भने घात गर्छ भन्ने कुराको कुनै प्रष्ट प्रमाण नभएको बताउँदै आएको छ ।

    सियोलस्थित सुङक्योनक्वान युनिभर्सिटीका बैज्ञाननिकले कोरियामा अस्पताल भर्ना भएका १८२४ कोभिड -१९ का बिरामी माथि अनुसन्धान गरेका थिए । ती बिरामी मध्ये एन एस ए आई डि औषधी प्रयोग गर्ने अधिकांशको मृत्‍यु भएको अनुसन्धान पछि बताईएको छ ।  

    एजेन्सी

  • लकडाउनमा अमेरिकाका पूर्वी तटीय  राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा  न्युजर्सी नम्बर एकमा

    लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा

    कोरोना भाईरस महामारी पछि उत्पन्न परिस्थितीका कारण अमेरिकाको पूर्वी तटीय राज्यमा बसोबास गर्ने बालबालिकाहरुमा मार्चदेखि यता शरिरको तौलमा औसत ७ पाउण्ड बृद्धि भएको एक अध्ययनले जनाएको छ । पूर्वी तटीय राज्यहरु मध्ये न्युजर्सी राज्यमा बसोबास गर्ने बालबालिकाहरुको औसत १० दशमलब २० पाउण्ड तौल बढेको छ भने न्युयोर्क र म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने बाल बालिकाको तौल औसत १० पाउण्डले बृद्धि भएको अध्ययनले देखाएको डेली मेलले लेखेको छ ।

    अमेरिकी बिद्यालयहरुमा हुने बिषयगत कक्षाका नियमित ब्यायामको साथमा पोषण बिशेषज्ञको सल्लाह अनुसार बिद्यालयमा उपलब्ध गराईने खानेकुराले नियन्त्रित बालबालिकाको तौल एक्कासी कोरोना महामारीको लकडाउनका कारण घर मै बसेर खाने अनियन्त्रित खानेकुराको कारण बृद्धि भएको अध्ययनको निस्कर्ष छ । 

    अध्ययन गरिएका बालबालिकाका ५ हजार अभिभाबकहरु मध्ये अधिकांशले आफ्ना केटा केटीले घर बस्दा ब्यायाम नगरेको र पटक पटक खाजा (स्न्याक्स) खाने गरेको कारण तौलमा उल्लेख्य  बृद्धि भएको बताएका थिए । ५५ प्रतिशत बालबालिकाका अभिभाबकले आफ्नो बच्चाहरु मोटाएकोमा चिन्ता ब्यक्त गरेका थिए ।  

    मार्च महिनामा कोरोना भाईरसको कारणले गर्दा अमेरिकाका सबै बिद्यालयहरुले विद्यार्थीलाई यो बर्षको लागि घर मै राखेर अध्ययन गराएको थियो । यदि कोरोना भाईरसको महामारी नभएको भए ५ करोड ५१ लाख विद्यार्थीहरु घरमा नभै अधिकाँश समय स्कुलमा हुने थिए । ती सबै विद्यार्थी घर बसे पछि मोटाएका हुन् भने बिशेष गरी अमेरिकाको पूर्वीय राज्यमा बसोवास गर्ने १५ प्रतिशत बाल बच्चा धेरै मोटाएको अध्ययनको निस्कर्ष छ ।  

    यद्यपी अमेरिकाका करिब १८ दशमलब ५ प्रतिशत बाल बच्चाहरुमा पहिलेदेखि नै मोटोपना भएको सिडिसिले जनाएको छ ।अधिक मोटोपना भएका बच्चाहरुमा युवा अवस्था अगाडि नै उच्च रक्त्तचाप, उच्च क्लोरोस्ट्रोल, दोश्रो प्रकारको डाईबेटिज, दम, निन्द्रा नलाग्ने जस्ता रोगको शिकार हुने गर्दछन् ।  

    लकडाउन पछि बालबालिकाको वजन बृद्धि राज्य अनुसार यस्तो छ; 

    न्युजर्सी  – १० दशमलब २ पाउण्ड    

    म्यासाच्युसेट्स  – ९ दशमलब  ८ पाउण्ड  

    न्युयोर्क     – ९ दशमलब  ६ पाउण्ड   

    फ्लोरिडा – ९ दशमलब  १ पाउण्ड   

    मेरिल्यान्ड  – ८ दशमलब २ पाउण्ड    

    डेलावेर  – ७ दशमलब  ९ पाउण्ड    

    नर्थ क्यारोलाइना – ७ दशमलब  २ पाउण्ड   

    जर्जिया – ६ दशमलब  ७ पाउण्ड    

    मेन – ६ पाउण्ड     

    कनेक्टिकट  – ५ दशमलब ५ पाउण्ड     

    साउथ क्यारोलाइना ४ दशमलब ६ पाउण्ड     

    भर्जिनिया   – ४ पाउण्ड     

    भर्मोन्ट – ३ दशमलब ३ पाउण्ड    

    न्यु ह्यम्सायर – २ दशमलब ४ पाउण्ड     

    रोड आईल्याण्ड – २ दशमलब १ पाउण्ड      

    समाचार श्रोत : डेली मेल डट को डट युके

  • कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले

    कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले

    अमेरिकाको तीन वटा राज्यमा पहिलो पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । एरिजोना, फ्लोरिडा  र टेक्सस राज्यले कोरोना संक्रमितको संख्यामा लगातार उकालो लाग्दै अहिलेसम्म कै उच्च संख्यामा पुगेको हो । एरिजोनामा अहिलेसम्मकै उच्च २४ सय जनामा एकै दिन संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ३९ हजार संक्रमित भएका छन् । टेक्ससमा ९ दिनमा लगातार संक्रमितको संख्या ८ औं पटक मंगलवार पनि उकालो चढ्दै २६ सय २२ नयाँ संक्रमित भेटिएका छन् भने २५ सय १८ जना अस्पताल भर्ना भएका छन् । एकै दिन संक्रमितको यो संख्या टेक्ससमा अहिलेसम्म कै उच्च हो । यध्यपी बढदो  कोरोना संक्रमितको संख्यालाई गभर्नर ग्रेग अबोटले ‘चासोको कुरा त हो तर चिन्तित हुनु पर्ने बिषय भने नभएको’ प्रतिकृया दिएका छन्  । टेक्ससमा गत मेई १ तारिखदेखि नै उत्साहका साथ अर्थतन्त्र खुला गरिएको थियो । टेक्ससमा बुधाबारसम्म ९३ हजार २ सय ९३ जना संक्रमित र २ हजार ४७ जनाको मृत्‍यु भै सकेको छ । फ्लोरिडामा संक्रमितको संख्या लगातार १५ दिनदेखि उकालो लागि रहेको छ । फ्लोरिडामा मंगलवार एकै दिन २७ सय ८३ जना नयाँ संक्रमित देखिए ।  फ्लोरिडामा ८२ हजार ७ सय १९ संक्रमित र ३ हजार १८ जनाको मृत्‍यु भै सकेको छ ।

    अमेरिका भरको संक्रमितको संख्याको ३० प्रतिशत र मृतकको संख्याको ४२ प्रतिशत  हिस्सा ओगटेको न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा कोरोना संक्रमणमा उल्लेख्य सुधार देखिएको छ । अमेरिकामा २१ लाख संक्रमित र १ लाख १७ हजारको मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।  

    एजेन्सी

  • ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ

    ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ

    एजेन्सी

    अमेरिकाको पेन्सिल्भानिया राज्यस्थित फिलाडेल्फिया सहरमा ठेक्का लिएर मानब हत्या गर्दै हिंडने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले २५ बर्षीय स्टेभन विलियम्सलाई हजारौं डलर लिएर मानव हत्या गर्दै हिंडेको अभियोग अन्तर्गत पछिल्ला ४ हत्यामा संलग्न भएको आरोपमा गत शुक्रबार पक्राऊ गरेको हो । विलियम्सलाई सन् २०१८ को सेप्टेम्बरदेख यता ८ महिना भित्र भएका ४ वटा हत्या अभियोगमा पक्राऊ गरिएको स्थानीय केवाईडब्लु न्युजले जनाएको छ । केवाईडब्लु न्युजका अनुसार विलियम्सद्वारा ठेक्का लिएर थुप्रै हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।  हत्या भएका मानिससँगको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरी रहेको छ ।  

    फिलाडेल्फिया इन्क्वायररका अनुसार हत्या भएका ती चार ब्यक्तीलाई सुरुमा चिन्दिन भनेका विलियम्सले पछि बयान फेर्दै चिन्छु भनेका छन् । फिलाडेल्फिया डिस्ट्रिक एटर्नी ल्यारी कार्सनरले आरोपी विलियम्सले हजारौं डलर लिदै मानव हत्या गर्दै हिंडेको भेटिएको छ ।  

    आरोपित विलियम्सलाई अभियोग लगाइएका चार हत्या मध्ये पहिलो हत्या सन्  २०१८ को सेप्टेम्बर महिनामा फिलाडेल्फियास्थित विलियन क्राउफोर्डको भएको थियो । क्राउफोर्ड उक्त दिन बिहानै आफ्नी बहिनीलाई भेट्न रन्हर्स्टस्थित घर गएका थिए । उनी गाडीबाट बाहिर निस्कदै गर्दा थुप्रै पटक उनी माथि गोली प्रहार भएको केवाईडब्लु न्युजले जनाएको छ । अर्को हत्या सन् २०१९ को फेब्रुअरी महिनामा ३९ बर्षीय जर्मिन साईमोन्स नामका ब्यक्तीको आफ्नै घर अगाडि पार्क गरेर गाडी भित्रै बसेको अवस्थामा भएको थियो ।  

    अर्को हत्या सन् २०१९ को मार्च महिनामा माउण्ट एरीस्थित आफ्नै घरको बरन्डामा बसेका ३१ बर्षीय रिचर्ड आईज्याकको भएको थियो । अर्को हत्या सन् २०१९ को मेई महिनामा जिरार्ड एभिन्युमा आफ्नै छोराको गाडी भित्र पर्किङमा बसि रहेका ४६ बर्षीय लिस्ली क्यारोललाई अर्को गाडीमा आएर गोली प्रहार गरी भएको थियो ।

  • ब्राजिलमा एकै दिन यति धेरै संक्रमित

    ब्राजिलमा एकै दिन यति धेरै संक्रमित

    ब्राजिलमा मंगलवार एकै दिन ३४ हजार ९ सय १८ संक्रमित देखिएका छन् भने १२ सय ९२ को मृत्‍यु भएको छ । विश्वभर कोरोना संक्रमित देशहरुको सुचीमा दोश्रो नम्बरमा रहेको दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय लगातार संयुक्त राज्य अमेरिकालाई पछ्याई रहेको छ । एकै दिन भेटिएका संक्रमितहरुको यो संख्या ब्राजिलमा महामारी सुरु भए यताको सबैभन्दा उच्च हो ।

    संक्रमितको यति ठुलो संख्या त्यहाँका राष्ट्रपति कार्यालयका प्रमुख वाल्टर ब्रागा नेटो जो हाल कोरोना ब्यबस्थापन प्रमुख समेत छन् । उनले ‘ब्राजिलमा कोरोना संक्रमण नियन्त्रणमा छ’ भनेकै दिन देखिएको हो ।

    ब्राजिलमा आज बुधबारसम्म ९ लाख २५ हजार संक्रमित र ४५ हजार ३ सयको मृत्‍यु भएको जोन हप्किन्स युनिभर्सिटीको आँकडाले जनाएको छ ।  

    श्रोत : डेली मेल

  • लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

    लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

    कृष्ण आचार्य / न्युयोर्क

    न्युयोर्कमा कोरोना भाईरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens, Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लवहरू संगठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सुचना र विभिन्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । 

    यसै बीच Lions clubs International District 20 K1 zone 1G अन्तर्गत रहेका Lions Clubs of Queens का नेपाली र अन्य दुई Flushing र Kew Gardens का लायन्सहरूको सकृय सहभागितामा Lions Club International District 20-K1 zone chairmen Yalin Weng को प्रायोजनमा गत जुन १४ तारिखमा नेपाली र अन्य समुदायलाई समेत खाध्यान्न वितरण कार्यक्रम ज्याक्सन हाईट न्युयोर्क कुईन्समा सम्पन्न भएको छ । बिशेष गरेर COVID-19  बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली अनुरूप ७५ परिवारलाई खाध्यान्न  (चामल, दाल, राजमा, बोडी र चना) वितरण गरिएको छ ।

    Nepali Lions Network का कार्यक्रम संयोजक कुईन्स बुद् का अध्यक्ष लायन अर्जुन गौडेलले खाध्यान्न वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो । स्पेशलिस्ट क्लव कोओर्डिनेटर लायन मंगलदास श्रेष्ठ, वरिष्ठ लायन कृष्ण आचार्य, लायन वेगम पण्डित, Queens KTM अध्यक्ष लायन रूद्र पून लगायतले लायन्सक्लवहरू जति बढि वनाउन सक्यो समुदायमा सेवा पनि त्यति नै धेरै पुर्याउन सकिने विचार राख्दै Zone chairmen  Lion Yalin Weng लाई आर्थिक सहयोगको लागि बिशेष धन्यवाद दिएका थिए । ऊनीहरूले समुदायलाई अप्ठेरो पर्दा जहिले पनि कुईन्समा रहेका तीन वटै नेपाली लायन्स क्लवहरू संगठित भएर समुदायको सेवामा संधै मिलेर कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । 

    Zone chairmen Lion Yalin Weng ले आफूले गरेको यो दान र सहयोगले COVID-19 महामारीवाट पिडित परिवारलाई थोरै भएपनि राहत दिन पाउदा गर्व लागेको बताऊँदै यो कार्यक्रममा स्थानीय क्लवहरूको संयोजकारी भुमिका अति राम्रो भएको र आगामी दिनमा सबै नेपाली लायन्स क्लवहरूलाई प्रेरित गर्दै आवश्यकता अनुसार समुदायको हितमा अरु धेरै कार्यक्रमहरू संचालन गर्दैजाने प्रतिवध्दता पनि व्यक्त गरिन् । कार्यक्रमको अन्तमा खाध्यान्न वितरण कार्यक्रमका संयोजक लायन अर्जुन गौडेलले प्रायोजक Lion Ms. Weng लगायत सबै स्वयंसेवक लायनहरूलाई धन्यवाद दिदै यो कार्यक्रम सम्पन्न गर्न पुर्याउनु भएको योगदान र सामूहिक सहकार्यले आफुलाई सामाजिक सेवा कार्यमा अझ उत्साह थपेको बताए। 

    राहतको लागि अत्यावश्यक परिवारहरूको पहिचान गरिएका वास्तविक नाम अनुसार खाध्यान्न वितरणमा सहजीकरण गर्न स्वयंसेवी लायनहरू  खिम भट्टराई, रूपा शाह, बुद्ध पौडेल, रिमाया नेपाली, खडग ब. पुलामीमगर (विक्की), चन्द्र नेपाली, शिवजी खड्का, शिव के.सी, राजा राहत खान, रविना बानिया, अशोक कार्की लगायत अन्य स्वयंसेवकहरू खटिनुभएको थियो ।

  • भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

    भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

    भारत र चीन बीचको सिमा बिबादका क्रममा झडप हुँदा २० जना भारतीय सैनिकको मंगलवार मृत्‍यु भएको छ । भारतीय सैनिक मुख्यालयलाई हवाला दिदै रेउटर्स र एसोसिएट्स प्रेसले समाचार सम्प्रेसण गरेको छ । दक्षिण एसियाका दुई आणबिक शक्ती राष्ट्र बीचको सिमा बिबादका कारण ५३ बर्ष पछिको यो मानबीय क्षति हो ।

    यस अगाडि ३ जना भारतीय सेनाको झडपमा मृत्‍यु भएको र १७ जना थप सैनिक गम्भिर घाईते भएको भारतीय सेनाले बताएको समाचार एजेन्सीहरुले जनाएका छन् । संसारकै दुई चर्चित राष्ट्रहरु त्यस क्षेत्रको हिमाली भाग सहितको २ हजार १ सय ७५ माईल्स लामो सिमाको लगातार बिबादमा छन् । सिमा बिबादका क्रममा सामान्य झडप हुने ढुंगा प्रहार गर्ने गरे पनि सन् १९७५ देखि यता दुई देश बीचको सिमाका कारण गोली प्रहार भने भएको थिएन ।

    घटना लद्दाक क्षेत्रको गल्वान भ्यालीमा भएको हो ।  

    एजेन्सी

  • न्युयोर्क सहर छाडेर जानेको हकमा

    न्युयोर्क सहर छाडेर जानेको हकमा

    योगेश आदी

    जहाँ बस्यो त्यहींको चासो र सरोकार बढी हुन्छ । न्युयोर्कको समाचार बनेपछि कतिपयले मलाई फोन गर्छन वा सम्झन्छन् । न्यूयोर्कबाट अन्त बसाई सर्ने मानिसहरुको गत एप्रिल महिनामा मात्र ८१ हजार ओटा ‘ठेगाना परिवर्तन सम्वन्धि अनुरोध’ प्राप्त भएको सुचना अमेरिकाको हुलाक बिभागले निकालेपछि सनसनी फैलिएको छ । मेरो चासो भने न्युयोर्कका नेपाली समुदायमा गएर अडियो । हालसालै न्युयोर्क बसाई सरेर जानेहरुको नाम गन्न थालें । दुबै हातको औंलाहरु सकियो । चिनेजानेका केहीले कोरोनालाई दोष दिएर न्युयोर्क छोडेका थिए । खैर, विविध कारण होलान् । मानिस सहज जीवनको खोजीमा देश नै छोडेर परदेश पुग्छन् भने परदेशकै एक भागबाट अर्को भागमा जानु खासै तात्विक फरक देखिन । यद्यपी नयाँ ठाउँमा बसाई सर्ने निर्णय लरतरो भने होइन ।

    अमेरिकामा सबैभन्दा बढी नेपालीहरु बस्ने सहर अझैपनि ‘न्युयोर्क’ नै  हुनुपर्छ सायद । ५० हजार नेपाली रहेको अनुमान छ । जनगणना २०२० को तथ्यांक निकट भविष्यमा आएपछि अझ एकिन हुनेछ । आप्रवासीहरुको पहिलो रुची रेल, बस र कामको सहजताको हिसाबले सुरुमा ठुला सहर हुने गर्दछ, जुन जायज देखिन्छ । स्थापित र बिस्थापित ठुला सहरको विशेषता भएकोले न्युयोर्क जस्तो सहरको उतार चढाव अनौठो मान्नुपर्ने देखिदैन । तथापी अमेरिकाकै अब्बल हेल्ककेयर सिस्टम मध्येको एक र कहिल्यै बोरिङ् नहुने गतिशील सहर छाडेर मानिस किन अन्यत्र गए होलान् ?  उत्तर, तर्क र बितर्क अनेक बन्लान तर मानिस आफ्नै ‘मर्जीको मालिक’ हुन्छ । परिवर्तन सांसरिक नियम हो ।

    न्युयोर्कलाई रुची र अरुचीको कसीमा तौंलिदा संसारकै राजधानी मानिने न्युयोर्क सुन्दरताको दृष्टिकोणले अग्रपंतीमा आउँछ । संसारको २५ ओटा युवा आकर्षित र लक्षित सहरहरुको सुची तयार पार्दा क्यानाडाको टोरोण्टो र जर्मनीको बर्लिनसँग हारेर न्युयोर्क तेश्रो स्थानमा रहेको छ । अर्थात संसारको उत्कृष्ट मानिएका अन्य २२ सहरहरु भन्दा न्युयोर्क अगाडि देखियो ।
    कौतुहलता बढ्दै गर्दा न्युयोर्कबाट सर्ने र न्युयोर्क भित्रिने जनसंख्यालाई सरसर्ती हेरें ।  न्युयोर्क भित्रिनेको तथ्यांक भने ठोस भेटिन तर छाडेर जानेहरुको सयौं समाचार र तथ्यांक भेटें । तर आश्चार्य तब लाग्यो, जब न्युयोर्कको जनसंख्या भने एकाध वर्ष बाहेक बढेको बढ्यै रहेछ । सहरको जनसंख्या बढ्नु केन्द्रिकरणको ढाँचामा जानु हो भने सहर बाहिर र आसपासको जनसँख्या बढ्नु भनेको बिकेन्द्रिकरणको अवधारणाले काम गर्नु हो । न्यूयोर्क जस्तो सहरबाट मानिस नफैलिने हो भने न्युयोर्क पनि संसारकै सबैभन्दा खराब ट्राफिक भएका सहरहरु मनिला, बोगाटा, मुम्बई र सान पाउलो जस्तो बन्ने निश्चित थियो ।

    अन्तमा; मेरो ११ वर्षको न्युयोर्क सहरको अनुभवमा न्युयोर्क सहर भौतिक दृष्टिकोणले कयौं गुणा सुन्दर बनेको देखेको छु । सामाजिक दृष्टिकोणले मैत्री भोगेको छु । साँस्कृतिक थप माहोल सहिष्णु महसुस गरेको छु । राजनीति मेरो रुची नभएकोले आर्थिक दृष्टिकोणले भने ११ बर्ष अगाडि भन्दा ७० प्रतिशतले घरभाडा बढेको । घरको मुल्य १०० प्रतिशतले बढेको । इन्धन, सरसामानको मुल्य करिब ३० प्रतिशतले बढेको । रेल, बस भाडा १०० प्रतिशतले बढेको । ट्याक्सी भाडादर उस्तै वा घटेको । खाद्य सामग्री २० प्रतिशतले बढेको महसुस गरेको छु । 

    मैले यसै पृष्ठभुमीमा के महसुस गरें भने अधिकाँश मानिस सस्तोमा खुला ठाउँ सहित आफ्नै घरको सपना लिएर सर्दो रहेछ । किन्ने क्षमता भएको वा बनाएकोहरु सयौं नेपालीले न्युयोर्कमा घर किनेका पनि छन् । कहाँ कसरी रमाउने भन्ने रुची र रहर आआफ्नो ।

  • पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

    पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

    न्युयोर्क

    लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ तथ्य पत्ता लागेको छ । बेलायतस्थित बिज्ञहरुका अनुसार ‘डेक्जामेथाजोन’ को थोरै प्रयोगले पनि यो खतरनाक भाईरसबाट बच्न्न सकिने कुरा बिबिसि न्युजले लेखेको छ । बिबिसि न्युजका अनुसार महामारी सुरु भएयता यो औषधीको प्रयोगले बेलायतमा भेण्टिलेटरमा पुगेका करिब ५ हजार बिरामीको ज्यान बचाई सकेको छ । अक्स्फोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले करिब २ हजार बिरामीमा यो औषधीको प्रयोग गरेका थिए र उनिहरुले ‘डेक्जामेथाजोन’ डोज नपाएका अन्य ४ हजार बिरामीसँग तुलना गरेका थिए ।  अनुसन्धानकर्ताका अनुसार यो औषधीले भेण्टिलेटरमा पुगेका करिब ४० प्रतिशत बिरामी र अक्सिजन लेभल कम भएका करिब २५ प्रतिशत बिरामीलाई बचाउने उनिहरुको दाबी छ । मुख्य अनुसन्धानकर्ता पिटर हर्बीले औषधीको बारेमा भनेका छन्; “कोरोना संक्रमणको महामारी पछि विश्वभर अनुसन्धानको रुपमा प्रयोग गरिएका औषधी मध्ये मृत्‍युदर घटाऊने यो औषधी नै मुख्य साबित भएको छ” । 

    डेक्जामेथाजोन सन् १९६० देखि आर्थ्राईटिज र आज्मा जस्ता रोगहरुको उपचारमा प्रयोग गरिदै आएको औषधी हो ।

  • यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

    यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

    न्युयोर्क

    अमेरिकाको आगामी निर्वाचनको लागि डेमोक्र्याटिक पार्टीबाट सम्भाबित राष्ट्रपतीय उम्मेद्वार जो बाईडेन आफ्नो उपराष्ट्रपति छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । बाईडेन ह्वाईट हाऊस दौडको लागि आफ्नो सहयात्री छनौटको दोश्रो चरणमा प्रवेश गरेको र यस अगाडिका सम्भाबितहरुको  फराकिलो घेरा साँघुरो बनेको अमेरिकी मुलधारका संचार माध्यमले शुक्रबार जनाएका छन् ।  

    समाचार श्रोतका अनुसार बाईडेनले उपराष्ट्रपति पदका लागि अन्तिम ६ जनाको सुची दोस्रो चरणमा टुङो लगाएका छन् ।  बाईडेनको पछिल्लो रोजाईमा म्यासाच्युसेट्सकी सिनेटर एलिजाबेथ वारेन, क्यालिफोर्निया राज्यकी सेनेटर कमला  ह्यारिस, पूर्व राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राईस परेका छन् । बाईडेनले गत मार्चमा नै आफुले आफ्नो उपराष्ट्रपति महिलालाई बनाउने घोषणा गरेका थिए । फ्लोरिडाकी सांसद भल डेमिङ, एट्लान्टाकी मेयर केश ल्यान्स बटम्स, न्यु मेक्सिकोकी गभर्नर मिसेल लुजम ग्रिसम पनि बाईडेनको पछिल्लो सुचीमा अटाएका छन् ।  

    महिलालाई आफ्नो उपराष्ट्रपति बनाउने घोषणा गरी सकेका पूर्व उपराष्ट्रपति बाईडेन माथि जर्ज फ्लोएड मृत्‍यु प्रकरण पछि उनलाई अश्वेत महिललाई उपराष्ट्रपति छनोट गर्नु पर्ने दबाब बढ्न थालेको समाचार श्रोतहरुले बताएका छन् । बाईडेन अश्वेत मतदाता बीच लोकप्रिय मानिदै आएका छन् । उनले छनोट गरेका पछिल्लो ६ जनाको सुचीमा म्यासाच्युसेट्सकी सेनेटर वारेन र न्यु मेक्सिको गभर्नर ग्रिसम बाहेकका ४ जना अश्वेत जातीका हुन् ।

  • चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प

    चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प

    न्युयोर्क     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा पुन: निर्वाचित हुन नसके शान्तिपूर्णरुपमा  ह्वाइट हाऊस छोड्ने बताएका छन् । शुक्रबार फक्स न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा उनको सम्भावित प्रतिद्वन्दी जो बाईडेनले ब्यक्त गरेको बिचार माथि खनिंदै उक्त प्रतिकृया दिएका हुन् । पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक दलबाट राष्ट्रपतिका सम्भावित उम्मेद्वार जो बाईडेनले नोभेम्बरको निर्वाचनमा पराजित भएमा पनि राष्ट्रपति ट्रम्पले सजिलै व्हाईट हाऊस नछोड्ने हुँदा सेनाले बल प्रयोग गरेर निकाल्नु पर्ने शंका यस अगाडि ब्यक्त गरेका थिए । ट्रम्पले बाईडेनको त्यही शंका माथि कार्यक्रम प्रस्तोता ह्यारिस फल्कनरको प्रश्नमा प्रतिकृया दिंदै ह्वाईट हाऊसस्थित ओभल अफिस शान्तिपूर्णरुपमा छोड्ने बताउँदै उनले त्यही प्रसँगमा जोडे; “तर हाम्रो देशको लागि धेरै ठुलो दु:खको कुरा हुने छ”  । टेलिभिजन अन्तर्वार्ताका क्रममा ट्रम्पले बाईडेनलाई साँचुअरी सिटी (आरक्षित सहर) मा भूमिगत रुपमा लुकिरहेको आरोप लगाउँदै भनें; “ऊ आफु बाहिर आउन सक्दैन लुकेर बस्छ” ।

    पूर्व उपराष्ट्रपति बाईडेन जारी कोरोना महामारीका कारण लागू भएको भ्रमण प्रतिबन्ध र राज्य बन्दका कारण आफ्नै निवासको बेसमेन्टबाट आगामी राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले भने आगामी जुन २० तारिखदेखि ओक्लोहामा राज्यबाट आफ्नो चुनावी सभा सुरु गर्ने घोषणा गरी सकेका छँन् ।

  • फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    न्युयोर्क 

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले कोरोना महामारीमा  पाँचौं चरणको सहयोग बितरण सम्पन्न गरेको छ । महामारिको सुरुवातदेखि न्युयोर्कस्थित नेपाली समुदायको सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर सकृय रहदै आएको फिप्नाले चरणबद्द रुपमा राहत तथा सहयोग बितरण गर्दै आएको छ । गत मार्च महिनादेखि संस्थागत रूपमा न्यूयोर्क, न्युजर्सीमा क्रियाशील सामुदायका संघ संस्थाहरूको क्रियाशिलतालाई सम्मान गर्दै पाँचौं चरणको सहयोग अन्तर्गत फिप्नाले केही संस्थागरूलाई पि पि ई सामग्री उपलब्ध गराएको हो ।

    पाँचौं चरणको सहयोगमा फिप्नाले; युनाइटेड किराँत राई अर्गनाईजेसनलाई २५० थान सर्जिकल माक्स १,००० थान ग्लोब्स, घ्यालसुम्धो सेवा संस्था अमेरीकालाई ५० थान सर्जिकल माक्स, १००० थान ग्लोब्स, नुब्री एसोसिएशन अमेरीकालाई १,००० थान ग्लोब्स, गुरूङ तमु सोसाइटी ईङक अमेरीकालाई सर्जिकल माक्स ५० थान, १,००० थान ग्लोब्स, मुगुम एसोसिएशन अमेरिकालाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान तामाङ सोसाइटी अफ अमेरीका अन्तर्गतको कोभिड -१९ टाक्स फोर्सलाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान, शेर्पा संघ अमेरिकालाई सर्जिकल माक्स-४६ थान ग्लब्स-२०० थान बितरण गरेको संस्थाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन् ।  

    साथै संस्थाले बिगत तीन महिनादेखि दैनिक ४/५ परिवारलाई आवश्यक सामग्री निरन्तर वितरण गर्दै आईरहेको समेत बताएको छ । फिप्ना अमेरिकास्थित आदिवासी जनजातीहरुको प्रतिनिधिमुलक संस्था हो ।

  • यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    न्युयोर्क     

    १७ वर्षीय डार्नेला फ्रिजर गत मेई २५ तारिख मेमोरियल डेका दिन मिनियापोलिसस्थित एक पसलमा खाजा किन्न आफ्नो ९ बर्षीया भतिजीलाई लिएर बाटोमा हिंड्दै थिईन् ।   त्यतिकैमा उनले चार जना प्रहरी मिलेर एक जना काला मान्छेलाई गाडीबाट बाहिर घिच्याउँदै गरेको देखिन । डार्नेलाले आफ्नो सेल फोन झिकेर भिडियो खिच्न थालिन् ।  भिडियो खिच्दै गर्दा हाई स्कुल पढ्दै गरेकी डार्नेलालाई आफ्नो सेल फोनले जर्ज फ्लोएडको त्रासदीपूर्ण मृत्‍यु भएको उक्त घटनाको सम्पूर्ण विवरण कैद हुन्छ कि हुँदैन भन्ने कुराको एकिन थिएन । जुन भिडियो र फोटोको कारण हाल अमेरिका लगायत विश्वमा नै तहल्का पिटेको छ । त्यो आँफैमा कुनै योजनाबद्ध ढंगले खिचिएको भिडियो थिएन । डार्नेलाले भिडियोको बारेमा आफ्नो वकिल मार्फत अभिब्यक्ति दिं दै उक्त कुरा बताएकी हुन् ।


    उनले त्यो संसार हल्लाउने भिडियो खिच्दा न उनलाई त्यो भिडियोको कारण विश्व हल्लाउने अभियानको जन्म हुन्छ भन्ने थाहा थियो, न त उनले चर्चामा आउन कै लागि भिडियो खिचेकी थिइन् । त्यतिबेला उनले प्रहरीसँग सम्वन्धित यति उच्च कोटीको हत्या अभियोगको साक्षी बन्नु पर्नेछ भन्ने अनुमान समेत नगरेको बताउँछन्; वकिल सेथ कोबिन   । “एउटा सामान्य मलमा काम गर्ने १७ वर्षीया किशोरीको हात प्रहरीको त्यो ज्यादतीलाई खिचेर फेसबुकमा पोष्ट गर्ने हिम्मतको लागि नउठेको भए अहिले पनि ती प्रहरी हाम्रै समुदायको सडकमा आतंक मच्चाउँदै हिडिरहेका हुने थिए” भन्छन् वकिल सेथ कोबिन । डार्नेलाका वकिल कोबिनले उनलाई यो पुस्ताको रोजा पार्कको संज्ञा दिएका छन् । फ्लोएड मृत्‍यु प्रकरण पछि डार्नेलाले एक पटक मात्र स्टार ट्रिब्युनलाई सार्वजनिक अभिब्यक्ति दिंदै भनेकी छिन्; ‘मैले जे देखे त्यही कुरा यो विश्वले देख्नु जरुरी थियो । यस्ता घटना हरेक दिन गुपचुपमा घटने गर्दछन्’ ।  

    डार्नेलाले खिचेको भिडियोले चर्चा पाएसँगै यस अगाडि उनीसँग कहिल्यै संपर्कमा नआएका दुई महिलाले उनको साहसी कामको प्रशंसा गर्दै गो फण्ड मिमा खोलेको खतामा ५ लाख अमेरिकी डलर जम्मा भै सकेको छ । सहयोगको लागि खोलिएको उक्त खाताको अधिकारिकता पनि पुष्टी भै सकेको वकिल कोबिनले बताएका छन् ।  डार्नेलाको साहसको कदर स्वरुप पाँच लाख डलर संकलन भए पनि सामाजिक संजाल र गो फण्ड मि पेजमा थुप्रै प्रकारका ट्रोल बुली उत्पिडनहरु भै रहेको समेत वकिल कोबिनले बताएका छन् ।

  • अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्‍यु हुन्छ; हार्भर्ड चिकित्सक

    अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्‍यु हुन्छ; हार्भर्ड चिकित्सक

    न्युयोर्क

    अमेरिकाको हार्भड युनिभर्सिटी अन्तर्गतको हार्भड ग्लोबल हेल्थ ईन्स्टिचुटमा कार्यरत एक उच्च श्रेणीका चिकित्सकले अमेरिकामा सेप्टेम्बर भित्र कोरोना संक्रमणबाट २ लाख मानिसको मृत्‍यु हुने बताएका छन् । बिहीवार हार्भड चिकित्सक अनिश झाले एनबिसिसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । डा. झाले भनेका छन्; ‘कोराना संक्रमण जति नै समानान्तर रेखामा छ भने पनि अमेरिकामा अहिले दैनिक ८ सयदेखि १ हजारको संख्यामा मानिसको मृत्‍यु भै रहेको छ । त्यो भनेको महिनामा करिब २५ हजारको मृत्‍यु हो र अमेरिकामा कोरोना मृत्‍यु हुनेको संख्या सेप्टेम्बरसम्म दुईलाख नाघ्छ, तब पनि संक्रमणको अन्त्य हुँदैन’ ।

    डा. झाले थप भनेका छन्; ‘यो गर्मीको समय हो । अधिकांश मानिस बाहिर बस्न रुचाउँछन् । मेमोरियल डेदेखि यता दुई हप्ता मात्र भएको छ । अहिले एरिजोना, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, फ्लोरिडा टेक्ससमा संक्रमितको संख्या लगातार उकालो लाग्दै छ । डा. झाले प्रत्येक ब्यक्तीले मास्क लगाएर सामाजिक दुरी कायम गर्दै जन जीवन चलाउनु नै हितकर हुने बताएका छन् ।  

    अमेरिकामा यो हप्ता कोरोना संक्रमित संख्या २० लाख माथि पुगिसकेको छ भने देशका प्राय: सबै राज्यहरुमा अर्थतन्त्र खुल्ला गरी सकिएका छन् । राष्ट्रपति ट्रम्पले जुन १९ तारिखका दिन ओक्लोहामास्थित चुनाबी सभा नै घोषणा गरी सकेका छन् ।

  • अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    टेक्सस

    अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन: सुचारु भएको एक हप्तापछि त्यति उच्च संख्यामा संक्रमित देखिएका हुन । टेक्ससमा संक्रमितको संख्या मात्र होईन लगातार सोमबार, मंगलवार र बुधबार क्रमश: अस्पातल भर्ना हुनेहरुको संख्या समेत बढ्दै गयो । सोमबारका दिन १९३५, मंगलवार   २०५६ र बुधबार २१५३ जना संक्रमणको कारण अस्पताल भर्ना भएको डिपार्टमेन्ट अफ स्टेट हेल्थले जनाएको छ ।  

    टेक्ससमा ट्रिब्युनका अनुसार मंगलवार देखिएका अधिकांस संक्रमित जेफर्सन काउन्टीबाट छन् भने त्यसपछि हेरिस काउन्टी, डलास काउन्टी, बेक्सर काउन्टी र ट्रभिस काउन्टीबाट रहेका छन्  ।

  • पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती

    पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती

    न्युयोर्क

    कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्‍युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय बिदारक छ । एक दिनको फरकमा ती दम्पतीको मृत्‍यु भएपछि पाँच बच्चाहरु टुहुरा भएका हुन् ।  ६० वर्षीय पति हम्बर्टो रुलियाज रुभाजको मृत्‍यु आईतबारका दिन भयो भने उनकी ३८ वर्षीया पत्नी करिना बोनिलाको मृत्‍यु भोलिपल्ट  सोमबारका दिन भएको के टि एल एले जनाएको छ । उनीहरुको दुई बर्षदेखि १७ बर्ष उमेरसम्मका गरी ५ सन्तान छन् ।  

    सडकमा फलफुल बेच्ने काम गर्दै आएकी ३८ वर्षीया करिनालाई कोरोनाको लक्षण पहिला देखिएको छोरी मरिया रुलासले बताएकी  छिन् । आमालाई लक्षण देखिएको केही दिन भित्र उनको पितालाई पनि लक्षण देखिएको थियो । दम्पतीको मृत्‍यु पछि गो फण्डमीबाट सहयोग संकलन सुरु गरिएको छ ।  

    एजेन्सी

  • अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

    अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

    न्युयोर्क

    अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई राजाधानी रिचमोण्डमा जम्मा भएका सयौं प्रदर्नकारीले ढलाउनु अगाडि सालिक फ्याक्नु पर्ने माग गर्दै एक घण्टासम्म नारा लगाएका थिए ।

    अमेरिकामा रंगभेद बिरुद्धको आन्दोलनको निसानामा परेको क्रिस्टोफरलाई जातिय उत्पिडनको संबाहकको आरोपमा  प्रदर्शनकारीहरुले फ्याकेका हुन् । प्रदर्शनकारीहरुले सालिक निकालेर फ्याक्दै गर्दा प्रहरिले हेलिकप्टरबाट गस्ती गर्दै गरेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।  

    झन्डै ५ सय २८ बर्ष अगाडि अमेरिका आएका कोलम्बसको बोस्टनस्थित सालिक टोडिएको यो पहिलो पटक भने होईन । बोस्टनस्थित उक्त शालिक यस अगाडि सन् २०१५ मा ‘ब्ल्याक लाईफ म्याटर’ लेखेर रातोले पोतिएको थियो भने सन् २००६ मा टाऊको नै बेपत्ता पारिएको थियो ।

  • स्पेनिश फ्लु र कोभिड् – १९

    स्पेनिश फ्लु र कोभिड् – १९

    विजय खनाल, टेक्सस 

    आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ ।

    विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव जगतले ब्यहोरी सकेका छन् । ती मध्ये पनि सन् १९१८ मा फैलिएको महामारीलाई इतिहासकै डरलाग्दो  महामारीको रुपमा लिइन्छ । ‘स्पेनिश फ्लु’ नाम दिइएको उक्त महामारीलाई आधुनिक युगको हालसम्मकै सबैभन्दा ठुलो महामारी पनि भनिन्छ । 

    प्रथम बिश्वयुद्धको अन्त्य हुँदैगर्दा सन् १९१८ मा यो रोग बिश्वब्यापी रुपमा फैलिसकेको थियो । रोगले उग्ररुप लिइ सकेपनि बिश्वयुद्ध लडि रहेका सैनिकहरुको मनोबल गिर्छ र उनिहरुले युद्धस्थल छोडेर भाग्न सक्ने भयले गर्दा कुनै देशले पनि यसलाई प्रचारमा ल्याएनन् । आफ्नो देशमा ब्यापक महामारी फैलिसकेपछि स्पेनले सर्बप्रथम यसको जानकारी गराएपछी यसको नाम SPAIN’s FLUE (स्पेनिश फ्लु) रहन गयो । जवकी यो रोग स्पेनबाट जन्मिएकै थिएन । 

    अहिलेसम्म देखिएका कोरोना भाइरसका सबै लक्षणहरु फोक्सोबाटै शुरुभएको देखिए जस्तै रुघा, खोकी, ज्वरोबाट शुरु हुने स्पेनिश फ्लुमा सास फेर्न गाह्रो हुने, फोक्सोमा संक्रमण हुने, नाक-कानबाट रगत बग्ने, सम्पूर्ण शरिरको हड्डी नै टुटेको जस्तो गरी शरिरभरी अत्यन्त पिडा हुने, शरिर पहिले निलो-त्यसपछि भान्टा रंगको र अन्तिममा कालो रंगको भएर मानिसको मृत्यु हुन्थ्यो। 

    आधुनिक युगमा देखापरेको यो स्पेनिश फ्लुबाट हालसम्मकै सबैभन्दा धेरै मानिसहरुको मृ्त्यु भएको मानिन्छ । यद्यपी मृत्युको यकिन तथ्यांक स्पष्ट छैन । कसैले १०-२० करोड भनेका छन् भने कसैले ५-१० करोड भनेका छन् । नेपाल लगायत बिश्वका धेरैजसो देशहरु त्यतिबेला अबिकशित, यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद अबस्थामा थिए । अत: बिश्वका सबै मुलुकहरुको तथ्यांक नभएका कारण त्यस्तो भएको हुनसक्छ । भनिन्छ; ‘त्यतिबेलाको बिश्व जनसंख्याको औषतमा छ प्रतिशत मानिसको मृत्यु भएको थियो। भारतमा मात्र एक करोड असी लाख मानिसको मत्यु भएको थियो । त्यतिबेला दश करोड पचासलाख जनसंख्या भएको अमेरिकामा छ लाख पचहत्तर हजारको मृत्यु भएको थियो । 

    यो भाइरसबाट भारतमा २०.०६ प्रतिशतको मृत्यु भयो भने ब्रिटेनमा मृत्युदर ४.४ प्रतिशत रह्यो। प्रथम बिश्वयुद्ध लडेर भारतीय सैनिकहरु पानी जहाज मार्फत बम्बई बन्दरगाहमा ओर्लिए । त्यस मध्ये ७ सैनिकलाई रुघा खोकीको जस्तो लक्षण देखियो । उनिहरुलाई अस्पताल भर्ना गरियो । भारतमा स्पेनिश फ्लुको यो पहिलो घटना थियो जवकी त्यति बेलासम्म सारा बिश्वमा यो फैलिसकेको थियो । भारतमा यस रोगबाट पुरुष भन्दा महिला धेरै संक्रमित भएका थिए। यसको दुइवटा कारण थियो । पहिलो; पुरुषको तुलनामा महिलाहरुलाइ सन्तुलित भोजन कम मिल्थ्यो अर्को; संक्रमितहरुको रेखदेखमा महिलाहरुनै खटिनु पर्थ्यो । जसले गर्दा उनिहरुलाई संक्रमणको जोखिम ज्यादा थियो । भारतको पछिल्लो एकसय बिस बर्षको इतिहासमा आर्थिक मन्दि यति धेरै गिर्यो कि १९१८ मा त्यहाँको आर्थिक बृद्धिदर -१०.०८ (माइनस १०.०८) प्रतिशतमा झर्यो । मुद्रा स्फिति पनि ज्यादै नराम्ररी गिर्यो। THE GREAT INFLUENZA नामक कितावका लेखक JOHN BERRY ले लेखेका छन्; भारतमा स्पेनिश फ्लुबाट जम्मा एक करोड असी लाख जनाको मृत्यु भयो । भारतका सहरदेखि गाउँसम्म जताततै लाशहरुको ढेर लागेको थियो । कैयौं मानिसहरु हिंड्दा-हिंड्दै बाटैमा मर्थे भने ट्रेनमा चढेका यात्रुहरु गन्तव्यमा नपुग्दै ट्रेनभित्रै लासको खात लागेको हुन्थ्यो । सन् १९१८ अक्टोबर ६ तारिख एकै दिन बम्बैको ट्रेन स्टेशनमा मात्रै ७६८ जनाको मृत्युभएको थियो। त्यही बर्ष भारतमा अत्यन्त ठुलो सुख्खा परेको कारण भयाबह रुपमा भोकमरी पनि भएको थियो ।

    त्यतिबेला भारतीय मुक्ति संग्रामका योद्धा माहात्मा गांधीलाई पनि यो रोग लागेको थियो तर निको भयो। गांधीका छोरा, बुहारी गुलाव र नातिनी शान्तीको यसै रोगका कारण मृत्यु भएको थियो । महान साहित्यकार प्रेमचन्दलाई पनि यो रोग लागेको थियो । भनिन्छ; ‘गांधीजीको यो रोगका कारण मृत्यु भएको भए सायद भारत बृटिश उपनिवेशबाट त्यति छिटो स्वतन्त्र हुने थिएन होला। अर्कोकुरा स्पेनिश फ्लु, ब्यापक सुख्खा र भोकमरीका कारण भारतमा यति धेरै तहस-नहस र उथल-पुथल भयो कि जनताहरु स्वतन्त्रता संग्राममा होमिन स्वस्फुर्त तयार भए । 

    अन्तत; संसारभरी करिव पाँचदेखि सात करोड मानिसको ज्यान लिएर सन १९२० मार्च अर्थात बिसं १९७६ फाल्गुणमा उक्त बिनासकारी भाइरस नियन्त्रणमा आएको थियो । 

    आजभन्दा १०१ बर्ष अगाडि नेपालको अवस्था कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । राणा शासनको अन्धकार कालमा न यातायातको सुबिधा थियो, न त आमसञ्चार नै थियो । त्यसका वाबजुद पनि नेपाली युवाहरु भने बृटिश र भारतीय सेनामा थिए । उनिहरुले पनि प्रथम बिश्वयुद्धमा लडेका थिए र युद्ध सकिएपछि छुट्टीमा नेपाल आउँदा स्पेनिश फ्लु लिएर आएका थिए । यद्यपी संक्रमित र मृत्युको यथार्थ तथ्यांक पाइदैन। एउटा अनुमान अनुसार त्यतिबेला ८-१० हजार नेपालीहरुको मृत्यु भएको थियो। 

    कोरोना भाइरस गत जेठ २३, २०७७ देखि चिनको वुहानबाट शुरु भई आजको दिनसम्ममा कुल संक्रमित संख्या ७३,५७,२९४ छ भने मृत्यु संख्या ४,१४,४७६ पुगेको छ ।

  • अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ ।  एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि  भएको छ । म्यासाच्युसेट्स, फ्लोरिडा र न्युमेक्सिकोमा अघिल्लो हप्ता भन्दा ४० प्रतिशत ज्यादा संक्रमण फैलिएको छ । मिचिगनमा अघिल्लो हप्ता संक्रमितको संख्यामा १५० प्रतिशतले बृद्धि भएको थियो । यसरी कोरोना संक्रमणमा बृद्धि हुनुमा केही हप्तादेखि देशका ५० वटै राज्यले अर्थतन्त्रलाई आँसिकरुपमा खुला गर्न थाले पछि मानिएको छ । सरुवा रोग बिज्ञहरुले पनि मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु  भएका जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि राष्ट्रियरुपमा सुरु भएको बिरोध प्रदर्शनले अमेरिकामा पुन कोरोनाको दोश्रो ठुलो छाल आउने चेतावनी दिदै आएका छन् । यद्यपी उनिहरुले अहिले देखिएको संक्रमितको संख्यामा बृद्धि ती बिरोध प्रदर्शनको प्रभाबबाट हो वा होईन अहिले नै भन्दा हतार हुने पनि बताएका छन् ।

    जुनको १ तारिखका दिन युनिभर्सिटी अफ वासिङ्टन ईन्स्टिचुटले आगामी अगस्ट ४ तारिखसम्म अमेरिकामा १ लाख ३५ हजार १ सय ९ जना मानिसको कोरोना संक्रमणका कारण मृत्‍यु हुने अनुमानित आँकडा सार्वजनिक गरेको थियो भने ईन्स्टिचुटले यो हप्ता मृतकको अनुमानित आँकडामा १० हजार बृद्धि गरेर १ लाख ४५ हजार ७ सय २८ पुर्याएको छ । यद्यपी अनुसन्धानकर्तालेहरुले के कति कारणले मृतकको संख्यामा बृद्धि गरिएको हो त्यो भने खुलाएका छैनन् । जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा बुधाबारसम्म १ लाख १२ हजारको मृत्‍यु र २० लाख मानिस संक्रमित भै सकेका छन् । मृतक र संक्रमितको यो संख्या तिन महिना भित्रको हो ।  

    रेउटर्स कोभिड -१९ डाटा एनालाईसिसका अनुसार अमेरिकाको एरिजोना राज्यमा जुन ७ को सप्ताहमा अघिल्लो हप्ता भन्दा ९० प्रतिशत संक्रमण बृद्धि भएको हो ।  मिचिगनमा जुन ५ को हप्तामा १ सय ५८ प्रतिशतले संक्रमण बढेको छ । न्युमेक्सिकोमा ४० प्रतिशतले बृद्धि भएको छ भने फ्लोरिडा साउथ क्यारोलिमा नर्थ क्यारोलिनामा पनि अघिल्लो हप्ता भन्दा ३० प्रतिशत ज्यादा संक्रमित भएका थिए ।  

    स्वास्थ अधिकारीका अनुसार न्युमेक्सिकोमा बढेको आधा भन्दा धेरै केश ओटेरो काउन्टी भित्रैको रहेको छ भने युटाहामा देखिएको पछिल्लो संक्रमितको ठुलो हिस्सा मासु प्रसोधन केन्द्रसँग सम्बन्धित छ । रेउटर्सको उक्त डाटा अनुसार टेक्सस राज्यमा पनि गत हप्ता अघिल्लो हप्ता भन्दा संक्रमितको संख्या १९ प्रतिशतले उकालो लागेको छ । टेक्सस डिपार्ट्मेन्ट् अफ स्टेट हेल्थका अनुसार टेक्सस राज्यमा गत सोमबारसम्म अस्पताल भर्ना हुनेको संख्या १९ सय ३५ थियो । उक्त संख्या गत महिना ५ तारिखको भन्दा उच्च हो । अमेरिकाभरका संक्रमितहरुको राष्ट्रिय संख्यामा भने ३ प्रतिशत मात्र बृद्धि भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार लगातार ५ हप्तासम्मको गिरावट पछिको यो बृद्धि भएको हो । पेन्सलभानिया र न्युयोर्क राज्यमा भने कोरोना संक्रमितको संख्या आठ हप्तादेखि लगातार ओरालो लागि रहेको छ ।  केन्टुकीमा पनि अघिल्लो हप्ता भन्दा संक्रमितको संख्यामा ४० प्रतिशतले बृद्धि भएको छ । त्यसै गरी ओक्लोहामा ३७ नेभाडा २८ मिनियासोटा २८ जर्जियामा १८ प्रतिशतमा संक्रमित संख्यामा बृद्धि भएको छ।  

    एजेन्सी

  • न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    सकुन ज्ञवाली, न्युयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

    भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू; भावना, छायाँ छवि, परदेशिएका पाईलाहरू, जून तारा, अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनिसम्म प्रकाशित हुन आएको छ । उक्त अवसरमा नेपाल निगमका महाबाणिज्य दूत पुष्पराज भट्टराई, अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अ ने सा स ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य, जगदिश उपाध्याय, पूर्ब च्याप्टर अध्यक्षहरु साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरु, सल्लाहकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ति ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदा आचार्य ,साहित्यकार सिता खरेल, समालोचक रश्मि भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरुको पनि गरिमामय उपस्थित थियो । 

    उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गरेका थिए । नेपालबाट अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्पराज भट्टराई, गीता खत्री, जगदिश उपाध्याय लगायत सबैले आ आफ्नो छोटो मिठो भावनाहरु व्यक्त गरेका थिए । अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा.मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीसवटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समबेदना, पुराना र नयाँ सोचको द्वन्द, रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पारेको थियो |

    उपस्थित पूर्व अध्यक्षहरु लगायत च्याप्टरका सदस्यहरुले पनि सर्जकलाई बधाई एवम् शुभकामना दिई बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुसियाली व्यक्त गरेका थिए । सहभागीहरुले सर्जक काफ्लेको लेखन आख्यानमा अति उत्कृष्ट भएकोले नेपाली साहित्यमा उहाँको उपन्यास पनि छिट्टै पाउने आशा गरेका थिए। श्रस्टा पूनम काफ्लेका श्रीमान किरण काफ्लेले पनि उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सुनाएका थिए । सदाझैँ अ ने सा स न्यू योर्क च्याप्टरका महासचिब राजन महर्जनले रमाईलो बाताबरणमा कार्यक्रम संचालन गरेका थिए।

    अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको सौम्य शालीन, सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित सवैलाई धन्यबाद दिदै दुइ घण्टे पुस्तक बिमोचन कार्यक्रम समापन गरेकी थिईन् ।

  • इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    अन्तर्वार्ता: 

    नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा र सहयोगी भावाना भएकी तारा धामी परिवारद्वारा स्थापना गरिएको “तारा-किशन फाउण्डेसन”की अध्यक्ष पनि हुन् । श्री तारा धामीले सोही संस्था मार्फ़त काठमाडौं र धनगढीमा गरि ५ बिध्यार्थीलाई सहयोग गरिरहेकी छिन् । नेपालको सुदूरपश्चिमबाट न्युयोर्कलाई कर्मथलो बनाई रहेकी धामीले नेपाली कम्युनिटीद्वारा न्युयोर्कमा निर्माण भइरहेको दुर्गा मन्दिरलाई पनि रिजउड सोसाइटीका बर्तमान अध्यक्ष मार्फत आर्थिक सहयोग गरेको रसिद देखाउदै भन्छिन्; ‘दुर्गा माताले गर्दा पनि होला हामी नजिक कोरोना आउन नसकेको’ । उसो त पहिलो पटक न्युयोर्कमा मनाइएको गो:रा पर्वका अगुवा तथा चाडपर्ब र नेपाली नारीहरूको महान तीजपर्वमा आफ्नो गच्छेनुसार सहयोग गरेको सम्झना दिलाउंछिन् । उनै समाजसेवी तारा धामीसंग विश्व सन्देशका योगेश आदीले गरेको छोटो वार्तालाप ।

    तँपाइले न्युयोर्कलाई  कहिलेदेखि कर्मथलो बनाउनु भयो ? नेपालदेखि यो बिसाल सहरसम्मको भोगाई अनि अहिले नेपालको कोरोना महामारी लक्षित आर्थिक सहयोगमा जुटि रहनु भएको छ रहेछ । कसरी काम हुँदैछ ?

    – जन्म घर र बिहे गरेको घर दार्चुला हो, पछि काठमाडौंमा ५१ सालदेखि बस्दै आएकी थिएँ । अहिले छ बर्षदेखि न्युयोर्कको कुइन्स सहरमा छोरीहरु र श्रीमानसंग बस्छु । यहाँ पनि कोरोनाले भयाभित बनाएको छ, काम ठप्प छ तर पनि यो धनी मुलुक भएकोले घर घरमा चाहिएको सामान मगाउन सकिन्छ,  प्रत्येक नागरिकलाई पैसा र बेरोज़गारी रक़म सहित दिइरहेको हुनाले कसैले पनि यो बिशालदेशमा कुनै अपठ्यारो महसुस गरेको छैन । 

    हो ! हप्ता दिनसम्म काम गरेर साताको अन्तिम दिन पाउने तलबले बिदाको दिन पारेर क्लब, डिस्को डान्सहरूमा गएर  पुरै तलब सिध्याउने अमेरिकनको बानीले त्यस्ता मानिसलाई केही अपठ्यारो त हुन्छ होला तर हामी ज्यादातर नेपालीको बानी केही बचत गरौं भन्नेमा नै हुन्छ र नेपालीहरूले केही न केही रक़म सन्चित गरेको नै हुन्छ, यसकारण पनि नेपालीहरूसंग पैसाको कमी हुदैन । धेरै जसो नेपालीहरूमा दयाको भावना हुन्छ, ती मनकारीहरू ग़रीब र असहायलाई सहयोग गर्न पाए हुने थियो भन्ने जमात पनि ठुलो छ |त्यो जमातलाई बिश्वास दिलाउन सक्नु पर्छ । मन रहेछ, चाहेपछि सकिंदो रहेछ । अरुले पनि मेरो काममा धेरै सहयोग पुर्याएका छन् ।

    तँपाइ लाई कसरी बिश्वास गर्ने त ? ती मनकारीहरूले दिएको राहत सम्बन्धित ठाउँमा पुग्छ भन्ने कुरा ? तपाई त अमेरिकामै हुनुहुन्छ ?

    –  हामीले संकलन गरिरहेको रक़म ब्यक्ति बिशेषको लागि होइन, कोरोनाको निहुंले भारतमा रोजीरोटी गरिरहेका हजारौं नेपाली दाजुभाइ र तिनका लाला-बालाहरू नेपालको नाकामा कस्टकर जीवन बिताइ रहेका छन् । कोरोनाको परिक्षण गर्ने साधनको अभावले परिक्षण गर्न ढिलाई भइरहेको प्रत्यक्ष जनसरोकार वालाहरूसंगको सम्बन्ध भएकोले र नेपालमा आफ्नै निजी खर्चले चलाई रहेको सामाजिक अभियन्ता, समाजसेवी चौलानी पुस्तक भण्डार, पत्रकार महासंघ, रोटरी क्लब, तथा ह्युमिनिटि फाउण्डेसनले अमेरिकामा बसेका सुदुरपश्चिमेलीहरूलाई सहयोगको अनुरोध गरेका छौं । सुदुर पश्चिम समाजले समन्वयन गरी अमेरिकामा लामोसमयदेखि बसोबास गरिरहेका नेपालीहरूबाट सहयोग गर्ने परोपकारी मनहरूलाई समिटेर आफ्नो एकपटकको एक कप चिया कम गरेर सहयोग दिन रूचाउने दिदीबहिनीहरूको स्वेच्छाले सहयोग गरेको रक़म नेपालमा मानव सेवामा अहोरात्र खटिरहेको संस्था ह्युमिनिटि फाउण्डेसले गरिरहेको कार्यसंग सम्मन्वयन गरेर तथा प्रदेश सरकारको आखॉ नपुगेको ठाउँमा तुरन्त आवाश्यक्ता भएको क्षेत्रलाई रक़म र सामान सहयोग गरिने छ ।

    कहिलेदेखि कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छ ? 

    – मेरो कुनै योजना हुदैन, भइपरि आउने जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न मन पर्छ ।न्युयोर्कमा नेप्लिज सोसाइटीले बनाउन लागेको दुर्गा मन्दिरलाई सहयोग गरियो । धनगडी हस्पिटलमा गरिव परिवारको एकजनाले आफ्नो भएजतिको खेतबारी बेचेर एउटा खुट्टा काट्यो त्यसपछि दोस्रो खुट्टा पनि काट्यो । त्यसको लागि यहाँ साथीभाइबाट सहयोग संकलन गरेर थप रक़म मैले आफैले थपेर सहयोग गरें । बिभिन्न समयमा सुदूर पश्चिम होस् या काठमाडौं होस् वा नेपालको जुनसुकै ठाउंमा आएको समस्यामा आर्थिक वा जिन्सि सहयोग गर्दै आइरहेकी छु ।हुन त मलाई मेरो पसिनाले कमाईबाट राहत दिन रमाइलो लाग्छ तर यहाँ मनकारी साथीभाईहरूले त्यो देखेर हौसला दिदैं हातमा हात मिलाउनु हुन्छ । त्यसैले पनि झनै सहय‍ोग पुगेको छ ।

    घरपरिवारबाट कस्तो प्रतिकृया छ ? कसरी व्यवस्थापन भइराखेको छ ?

    – ठुलो कुरा भनेर इच्छाशक्ति रहेछ । श्रीमानले मेरो इच्छालाई कहिल्यै पनि नकार्नु भएन । उल्टै होसला दिएर जानेको ठाउँमा सिकाउने गर्नुहुन्छ । मेहेनत गरेर छोरीहरुलाई हुर्कायौं पढायौँ । अहिले त झन छोरीहरु पनि सिकाउँछन् । परिवारको सहयोग नहुँदो हो त म यसरी खटेर अगाडि बढ्ने कल्पना पनि गर्न सक्दैनथ्ये ।