न्युयोर्क अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ । सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट् … Continue reading अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार
Author: Vishwanews.com
कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो
न्युयोर्क विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन क्लिनल ट्रायलको क्रममा छन् । ति आठ मध्ये अमेरिकास्थित नेशनल ईन्स्टिचुट अफ हेल्थले गत मार्चमा… Continue reading कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो
अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ
न्युयोर्क गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ । महामारीको समयमा अमेरिकास्थित समुदायमा… Continue reading अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ
कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने
मिचिगन अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क… Continue reading कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने
राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण
काठमाडौं काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा… Continue reading राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण
तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन
न्युयोर्क बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ… Continue reading तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन
अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता
न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें”… Continue reading चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता
न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क
न्युयोर्क न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो । कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले… Continue reading न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क
न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने
न्युयोर्क संचालमा आए यता कहिलै बन्द नगरिएको न्युयोर्कस्थित रेल सेवा अर्को सुचना जारी नभएसम्मका लागि हरेक रात १ बजेदेखि ५ बजेसम्म ४ घण्टा बन्द हुने भएको छ । १ सय १६ बर्षको ईतिहास बोकेको न्युयोर्क रेल सेवा अन्तर्गत संचालित सबै रेलका प्रत्येक डब्बाको सर सफाईका लागि राती ४ घण्टा बन्द गरिने गभर्नर एन्ड्रु कुमोले बिहीवार… Continue reading न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने
न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो
न्युयोर्क कोरोना महामारीले एकै पटक अत्याएको न्युयोर्क शहरका बिरामीको सहज उपचारको लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क सहरबाट फर्किनु अगाडि… Continue reading न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो
कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन । देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म… Continue reading कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट
जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता
न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता
फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो
न्युयोर्क अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्यु भएका लास पोको पार्ने थप एक लाख थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो अर्डर गरेको अधिकारीहरुले बताएका छन् । फिमाले अप्रिल २१ तारिखका दिन… Continue reading फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो
कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स
न्युयोर्क कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ । कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो… Continue reading कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स
न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु
न्युयोर्क कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ । गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने… Continue reading न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु
अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने
न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने
अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार… Continue reading अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता
कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या
न्युयोर्क कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ । अमेरिका भरिकै कोरोना… Continue reading कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या
राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ
न्युयोर्क लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए । ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि)… Continue reading राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ
लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण
एप्रिल २२, न्यूयोर्क १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व-काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएको छ । लोकतान्त्रिक… Continue reading लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण
कविता : जीवनबाट पीडित जिन्दगानी
~ किशनसिंह धामी, न्यूयोर्क खै, कति महिना भ्रूण भए अनि च्याँहाँ च्याँहाँ गरि कति दिनसम्म ती आमा-अमृतका धारा चुसें ? आमाले चुसाएर पीड़ित भइन् अथवा मैले अमृत चुसेर पीडित भएँ ? मैले नबुझेर म पीड़ित भएँ । नाङ्गो गोडा लिएर पाटीको भारी बोकी बर्षौंसम्म पाठशाला ओहर दोहर गरें, हेड मासापले पढाएर पीड़ित भए ? अथवा शिक्षाको… Continue reading कविता : जीवनबाट पीडित जिन्दगानी
नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन… Continue reading अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द
न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
न्युयोर्क विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्यु भै सकेको छ । सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स, ब्रोंक्स, ब्रुक्लिन र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
बादशाह !
– तीर्थराज अधिकारी केही देख्दैनन् आँखा नभएका – बादशाह ! केही सुन्दैनन् कान नभएका – बादशाह ! जिऊ छाम्दैनन् हात नभएका – बादशाह ! केही गुन्दैनन् मन मस्तिष्क नभएका – बादशाह ! स्वयम् पाऊ चाल्दैनन् पानी गलेका – बादशाह ! *** काम एउटै मात्र हुन्छ ‘ध्यान केवल ध्यान’ चाटुकारहरूका – जय जयमा ! चाप्लुसहरूका –… Continue reading बादशाह !
कोरोनाले हजारौंको मृत्यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन
न्युयोर्क विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्यु भै सकेको छ । संक्रमित र मृत्यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य… Continue reading कोरोनाले हजारौंको मृत्यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन
तिमीले पाएको जति मात्र; तिम्रो भाग
योगेश आदी, न्यूयोर्क हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला… Continue reading तिमीले पाएको जति मात्र; तिम्रो भाग
गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो
न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमण महामारीको ” ‘हाफ टाईम’ भएको बताएका छन् । गत मार्च १ तारिख ईरान भ्रमणबाट न्युयोर्क फर्किएकी ३९ बर्षीया महिलामा पहिलो पटक कोरोना संक्रमण देखिएको न्युयोर्कमा झन्डै डेढ महिना पछि २ लाख संक्रमित र १८ हजार ५ सयको मृत्यु भै सकेको छ । गभर्नर कुमोले न्युयोर्कमा कोरोना… Continue reading गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो