तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

न्युयोर्क बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन  सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ… Continue reading तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें”… Continue reading चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

न्युयोर्क न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो ।   कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले… Continue reading न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

न्युयोर्क संचालमा आए यता कहिलै बन्द नगरिएको न्युयोर्कस्थित रेल सेवा अर्को सुचना जारी नभएसम्मका लागि हरेक रात १ बजेदेखि ५ बजेसम्म ४ घण्टा बन्द हुने भएको छ । १ सय १६ बर्षको ईतिहास बोकेको न्युयोर्क रेल सेवा अन्तर्गत संचालित सबै रेलका प्रत्येक डब्बाको सर सफाईका लागि राती ४ घण्टा बन्द गरिने गभर्नर एन्ड्रु कुमोले बिहीवार… Continue reading न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

न्युयोर्क       कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि… Continue reading न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

​प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन । देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म… Continue reading कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

न्युयोर्क       अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्‍यु भएका लास पोको पार्ने थप एक लाख  थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो  अर्डर गरेको अधिकारीहरुले बताएका छन् ।   फिमाले अप्रिल २१ तारिखका दिन… Continue reading फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

न्युयोर्क कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ ।  कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो… Continue reading कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

न्युयोर्क कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ ।  गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने… Continue reading न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले  कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार… Continue reading अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

न्युयोर्क कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ । अमेरिका भरिकै कोरोना… Continue reading कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

न्युयोर्क       लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए । ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि)… Continue reading राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

एप्रिल २२, न्यूयोर्क १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व-काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएको छ । लोकतान्त्रिक… Continue reading लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

कविता : जीवनबाट पीडित जिन्दगानी

~ किशनसिंह धामी, न्यूयोर्क खै, कति महिना भ्रूण भए  अनि च्याँहाँ च्याँहाँ गरि  कति दिनसम्म ती आमा-अमृतका धारा चुसें ?  आमाले चुसाएर पीड़ित भइन् अथवा मैले अमृत चुसेर पीडित भएँ ? मैले नबुझेर म पीड़ित भएँ । नाङ्गो गोडा लिएर पाटीको भारी बोकी बर्षौंसम्म पाठशाला ओहर दोहर गरें, हेड मासापले पढाएर पीड़ित भए ? अथवा शिक्षाको… Continue reading कविता : जीवनबाट पीडित जिन्दगानी

नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन… Continue reading अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क       विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

बादशाह !

– तीर्थराज अधिकारी  केही देख्दैनन् आँखा नभएका – बादशाह !  केही सुन्दैनन् कान नभएका – बादशाह !  जिऊ छाम्दैनन् हात नभएका – बादशाह !  केही गुन्दैनन् मन मस्तिष्क नभएका – बादशाह !  स्वयम् पाऊ चाल्दैनन्  पानी गलेका – बादशाह !   *** काम एउटै मात्र हुन्छ  ‘ध्यान केवल ध्यान’  चाटुकारहरूका – जय जयमा !  चाप्लुसहरूका –… Continue reading बादशाह !

कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

न्युयोर्क विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य… Continue reading कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

तिमीले पाएको जति मात्र; तिम्रो भाग

योगेश आदी, न्यूयोर्क हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला… Continue reading तिमीले पाएको जति मात्र; तिम्रो भाग

गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमण महामारीको ” ‘हाफ टाईम’ भएको बताएका छन् । गत मार्च १ तारिख ईरान भ्रमणबाट न्युयोर्क फर्किएकी ३९ बर्षीया महिलामा पहिलो पटक कोरोना संक्रमण देखिएको न्युयोर्कमा झन्डै डेढ महिना पछि २ लाख संक्रमित र १८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । गभर्नर कुमोले न्युयोर्कमा कोरोना… Continue reading गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

अप्रिल १९  नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको… Continue reading नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

धन लामा / कनेक्टिकट कोरना भाइरसको कारण अहिले नेपाल  घोषित लकडाउनमा छ । यसको अर्थ आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं हो, तथापि विभिन्न तह र तप्काका जनमानसमा यसको विविध खाले प्रभाव परेको छ । यसै प्रसंगमा सुदुर पश्चिमको बझांगबाट काठमाडौं आएर आफ्नो पेसा गरि बसेका किशोर विष्टको कथा बेग्लै छ । उनी करिव… Continue reading काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

(यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो) कृष्टिन चुन, न्यूयोर्क  गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् । अहिले कारोना… Continue reading सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

१२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

न्युयोर्क यो हप्ता आई आर एसले ८ करोड मानिसको खातामा संघीय सरकारद्वारा उपलव्ध गराइएको कोरोना राहत प्याकेजको रकम पठायो । यदि तपाईं त्यो पैसा पाउने भाग्यमानीमा पर्नु भएन भने यो नसोच्नुस् कि तपाईंले अब पैसा प्राप्त गर्नु हुन्न । कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस यो राहत रकम प्राप्त गर्न योग्य हुँदा हुँदै पनि यो… Continue reading १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

एप्रिल १६, न्यूयोर्क विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ । श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने… Continue reading कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन