अप्रिल १९ नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् । हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको… Continue reading नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन
Author: Vishwanews.com
काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात
धन लामा / कनेक्टिकट कोरना भाइरसको कारण अहिले नेपाल घोषित लकडाउनमा छ । यसको अर्थ आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं हो, तथापि विभिन्न तह र तप्काका जनमानसमा यसको विविध खाले प्रभाव परेको छ । यसै प्रसंगमा सुदुर पश्चिमको बझांगबाट काठमाडौं आएर आफ्नो पेसा गरि बसेका किशोर विष्टको कथा बेग्लै छ । उनी करिव… Continue reading काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात
सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान
(यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो) कृष्टिन चुन, न्यूयोर्क गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् । अहिले कारोना… Continue reading सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान
कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
१२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्
न्युयोर्क यो हप्ता आई आर एसले ८ करोड मानिसको खातामा संघीय सरकारद्वारा उपलव्ध गराइएको कोरोना राहत प्याकेजको रकम पठायो । यदि तपाईं त्यो पैसा पाउने भाग्यमानीमा पर्नु भएन भने यो नसोच्नुस् कि तपाईंले अब पैसा प्राप्त गर्नु हुन्न । कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस यो राहत रकम प्राप्त गर्न योग्य हुँदा हुँदै पनि यो… Continue reading १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्
कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन
एप्रिल १६, न्यूयोर्क विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ । श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने… Continue reading कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन
न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो
न्युयोर्क न्युयोर्क राज्यको लकडाउन आगामी मे १५ सम्म कायम हुने भएको छ । गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कायम रहेको लकडाउन आगामी मे १५ सम्म रहने न्युयोर्कको राजधानी अल्बानीबाट बिहीवारको प्रेस ब्रिफिङमा बताएका हुन् । कुमोले अन्य राज्यहरुसँगको सहकार्यमा अहिलेको लकडाउनलाई कायम राखिने बताएका छन् । यस अगाडि तय गरिएको अप्रिल ३० सम्मको… Continue reading न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो
अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा
न्युयोर्क अमेरिकी सरकारले प्रदान गर्ने कोरोना भाइरस राहतको आर्थिक प्याकेजको रकम यो हप्ता मात्र १ करोड अमेरिकीको खातामा सिधै पुग्ने अपेक्षा अर्थ मन्त्रालय (ट्रेजरी डिपार्ट्मेन्ट) को थियो । तर पैसा पठाइएका सबै अमेरिकीका बैंक खातामा पैसा पुगेको छैन । लाखौं अमेरिकी जनता सरकारी आर्थिक प्याकेज प्राप्त गर्न योग्य हुँदा हुँदै पनि ब्यांक खातामा पैसा नआएका… Continue reading अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा
लड्दा लड्दै कोरोनाले लडायो पवनलाई
न्यूयोर्क, अप्रिल १५ “योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली… Continue reading लड्दा लड्दै कोरोनाले लडायो पवनलाई
अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग
न्यूयोर्क अमेरिकाको न्यूयोर्कमा गत मार्च २४ तारिख कोरोनाको संक्रमणबाट निधन भएका अनिल लिम्बुको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मृतक अनिलको नाममा खोलिएको “गोफण्डमी” नामक अनलाईन सहयोग साईट मार्फत संकलन गरिएको रकम २१ हजार ७ सय ६ मध्येमा गोफण्डमी शुल्क कटाएर बाॅकी हुन आउने रकम बिस हजार नौसय चालिस अमेरिकन डलर सहयोग रकम मृतकका… Continue reading अमेरिकामा नेपाली समुदायबाट कोरोनाको कारण पहिलो मृतक अनिल (सुब्बा) लिम्बुको परिवारलाई २५ लाख रुपैंया सहयोग
जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो
न्युयोर्क अमेरिकामा यतिबेला लाखौं मानिस संघीय सरकारले पठाउने भनिएको १२ सय वा २४ सय डलरको राहत रकम पर्खिरहेका छन् । इन्डियाना राज्य निवासी एक मानिस पनि यसैगरी कोरोना राहत रकम कुरिरहेका थिए । न्यु शिकागोका एक अग्नी नियन्त्रक जागिरे चार्ल्स केल्भिन त्यति बेला छक्क परे जतिबेला उनले आफ्नो बैंक खातामा ८२ लाख… Continue reading जब अमेरिकी संघीय सरकारको १२ सय डलर राहतको आशामा बस्दा ८२ लाख डलर खातामा देखियो
न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका
योगेश आदी, न्यूयोर्क अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा… Continue reading न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका
कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा
कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य… Continue reading कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा
न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्यु
न्युजर्सी न्युजर्सी राज्यस्थित जर्सी सिटीका काउन्सिल म्यान माईकल युनको कोभिड -१९ का कारण मृत्यु भएको छ । उनको मृत्युको खबर जर्सी सिटीका मेयर स्टिब फुलोपले पुष्टि गरेका छन् । काउन्सिल म्यान युनको मृत्युमा समबेदना ब्यक्त गर्दै मेयर फुलोपले भनेका छन् “काउन्सिल म्यान माईकल युनको मृत्युले गर्दा हामी दु:खी भएका छौं । उनी बिगत ३० बर्षदेखि… Continue reading न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्यु
फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले
न्युयोर्क अमेरिकाको फ्लोरिडा राज्यको एक बिमानस्थल नजिक आगलागी हुँदा झन्डै ३५ सय गाडी जलेका छन् । अधिकांश भाडाका गाडी पर्किङ् गरी राखिएको १५ एकर्डको घाँसे मैदानमा आगलागी हुँदा ती सबै गाडी जलेका हुन् । आगलागी शुक्रबार साँझ साउथ वेष्ट फ्लोरिडा इन्टर्नेसनल एयरपोर्ट नजिकैको पार्किङ् लटमा भएको हो । आगलागीको समयमा स-साना बिस्फोटनको… Continue reading फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले
कोभिड–१९ प्रभावितका लागि खोलियो राहत कोष
अमेरिका । कोभिड–१९ का कारण प्रभावित अमेरिकाज क्षेत्र भित्र बस्ने गैर आवासीय नेपालीलाई सहयोग गन भनी एनआरएनए अमेरिकाज क्षेत्रले राहत कोष निर्माण गरेको छ । संघका केन्द्रीय सचिव गौरी राज जोशीको संयोजकत्वमा आर्थिक संकलन परिचालन समिति बनाई क्षेत्रले राहत कोष बनाएको एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले जानकारी दिए । उनका अनुसार धेरैं भन्दा धेरैं… Continue reading कोभिड–१९ प्रभावितका लागि खोलियो राहत कोष
बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना
न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् । प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्याइएको हो । जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन… Continue reading बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना
न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण
न्युयोर्क शहर कोरोना महामारीको ईपिसेन्टर त हुँदै हो तर यहाँ मानिसमा मात्र कोरोना संक्रमण देखिएन । चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । न्युयोर्क ब्रोंक्सस्थित ब्रोंक्स जूमा राखिएको ४ बर्षीय बाघलाई सुख्खा खोकी देखिएपछि गरिएको जाँचमा कोभिड -१९ पोजेटिभ देखिएको वाईल्ड लाईफ कन्जर्भेसन सोसाईटीद्वारा आईतबार जारी बिज्ञप्तीमा जनाईएको छ । नदिया नामकी ४… Continue reading न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण
ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ
न्युयोर्क अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई साता अझै डरलाग्दो परिस्थिति सिर्जना हुने बताएको छ । भाइरस संक्रमणको उच्च जोखिम बाँकी रहेको कारण कार्यदलले सकेसम्म दैनिक उपभोग्य बस्तु किनमेलका लागि पनि बाहिर नजान अनुरोध गरेको हो । कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनिन् “आगामी दुई हप्ता अति… Continue reading ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ
नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन
अप्रिल ४, न्यूयोर्क नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार आएकोले भोली अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिरहेकै अवस्थामा एक्कासी हृदयघात भई दुखद… Continue reading नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन
के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?
न्यूयोर्क टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ । टि बि बिरुद्धको खोप अनिबार्य नगरिएका देशहरुमा कोरोनाको कारण मृत्यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले… Continue reading के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?
एनआरएनएले सुरु गर्यो आर्थिक सहयोग संकलन अभियान
अमेरिका गैर आवासीय नेपाली संघले नेपाल र नेपाल बाहिर रहेका कोभिड–१९ का कारण प्रभावित नेपालीको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई यस अघिनैं १ करोड सहयोग गर्ने प्रतिवद्वता गरेको संघले त्यस बाहेक पनि एनआरएनए कोभिड–१९ राहत कोषको स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो । संघका अध्यक्ष कुमार… Continue reading एनआरएनएले सुरु गर्यो आर्थिक सहयोग संकलन अभियान
कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल
प्रसान्त उप्रेती / पेरिस, फ्रान्स विश्वभर कोरोनाले आतंक मच्चाई रहँदा युरोपेली राष्ट्र फ्रान्स भने कोरोनाकै कहर बीच आप्रबासीहरुको हितमा उभिएको छ । फ्रान्सस्थित प्रभावशाली राजनीतिक दलहरु फ्रेन्च कम्युनिष्ट पार्टी, समाजवादी पार्टी अनि रिपब्लिक एन मार्च सहितका दलहरुले कोरोना भाइरस महामारीको समयमा गैह्र-कानूनी आप्रवाशीलाई बैधानिक गर्न सरकारसँग अपील गरेका छन् । ओलिभियर फाउर (संसद पीएस), फेबियन रसेल (संसद… Continue reading कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल
कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्
न्युयोर्क कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार… Continue reading कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्
दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्युदर भने यस्तो छ
न्युयोर्क कोरोना भाइरसको महामारीले विश्व नै ठप्प छ । चीनको उहान राज्यबाट गत डिसेम्बर महिनामा सुरु भएको यो भाईरसको महामारी अहिले विश्वका २ सय दुई राष्ट्रमा फैलिसकेको छ । भाइरस फैलिएका २ सय २ राष्ट्र मध्ये कतिपय राष्ट्र पूर्णरुपामा बन्द (लकडाऊन) छन् भने कतिपय राष्ट्रहरु आंसिक रुपमा बन्द छन् । समाचार तयार पार्दासम्म ८ लाख… Continue reading दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्युदर भने यस्तो छ
काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !
पीपलमणि सिग्देल / न्यूयाेर्क नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर । आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! नाैला ताेप विमान यानहरुकाे भारी थुपारी बसेँ लाखाैं शैनिककाे परेड हुनगाे उत्कर्षमा मैं पुगेँ !… Continue reading काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !
३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान
विश्वसन्देश संवाददाता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार एयरले ३ सय २ जना अमेरिकी नागरिक लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयश्क र ९ जना बालबालिका मंगलबार दिउँसो… Continue reading ३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान
कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले गठन गर्यो मेडिकल विज्ञहरुको टिम
कनेक्टिकट कोरोना भाईरस Covid – 19 महामारीको प्रकोपले कनेक्टिकट राज्य र यसका कयैन शहरहरु अहिले प्रभावित बनेको अवस्था छ । हामी र हाम्रो समुदाय यस महामारीबाट अत्यन्त त्रसित बनिरहेकाछौं । यस विषम परिस्थितिमा अत्यन्त संयम भएर सुरक्षाका उपायहरु अपनाउनु हुनको लागि कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले सबैमा हार्दिक अनुरोध गरेको छ । त्यस्तै गरि … Continue reading कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले गठन गर्यो मेडिकल विज्ञहरुको टिम
कोरोनाको इपिसेन्टरबाट
अच्युत सिग्देल / न्यूयोर्क न्युयोर्कको कोरोना इपिसण्टरको नामबाट नवनाम प्राप्त गरेको Elmhurst Hospital को Emergency ढोकाबाट दक्षिण-पूर्वको ३०० मिटरको दुरीमा कोरोनाको सन्त्रास र न्युज च्यानलको प्रभावले पार्न सक्ने नकारात्मक ट्रमाबाट बच्न टि भि बन्द गरेर, सेल्फ़ क्वारेन्टाईनमा सुरक्षित वसेका थियौं । स्कूल कलेजहरू १ महिनाको लागि बन्द भएको थियो । करिव एक महिनालाई पुग्ने ग्रोसरी पहिल्यै… Continue reading कोरोनाको इपिसेन्टरबाट
अमेरिकाको अवस्था अत्यासलाग्दो : यद्यपी साथमा केही शुभ समाचार
न्युयोर्क आइतबारसम्म न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ९ सय ६५ को न्युयोर्क राज्यमा मात्र मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ सय ३७ जनाको मृत्यु भएको छ । न्युयोर्कस्थित गभर्नर कुमोले आगामी अप्रिल १५ तारिखसम्म अत्यावश्यक काम नभई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै आएका छन् । राज्य भित्रका… Continue reading अमेरिकाको अवस्था अत्यासलाग्दो : यद्यपी साथमा केही शुभ समाचार