ओहायो अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजना गरिएको गजल यात्राको गजल उत्सव – तेश्रो श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया, न्यूयोर्क, न्यूजर्सी, ओहायो , म्यास्याच्युट्स (बोस्टन), ह्यूस्टन, टेक्सस(डालास), भरमन्ट, कोलोराडो लगायतका विभिन्न राज्यबाट करिब ४४ जना गजलकारहरू उक्त कार्यक्रममा गजल वाचनका लागि उपस्थित भएका थिए । गजल यात्रा समूह २०१७ मा टेक्ससबाट… Continue reading अमेरिकामा नेपाली गजल उत्सव
Author: Vishwanews.com
एक महिलालाई वाईफाईको एलर्जी हुँदा
मानिसको शरिरमा अनेकौं खानेकुरा र बस्तुहरुको एलर्जी हुने गरेको बिषय नौलो होईन । कसैलाई कुनै बिशेष खानाको एलर्जी हुने गर्दछ भने कसैलाई धुलो धुँवा रुख बिरुवा फुल लगायत बातावरणीय बस्तुको एलर्जी हुन्छ । तर लन्डन निवासी एक महिलालाई भने बर्तमान दैनिक जीवनकै अभिन्न अंग बनिसकेको वाईफाईको एलर्जी भएर बिरामी पर्ने गरेको खबर प्राप्त भएको छ… Continue reading एक महिलालाई वाईफाईको एलर्जी हुँदा
नाई भन्न नसकेर
विनोद रोका / न्यूर्योक मेरा एकजना सेलिब्रेटी मित्र गायक छन् । उनीसँग एकताका मेरो बाक्लै भेटघाट हुन्थ्यो। कहिले उनको घरमा, कहिले पार्टी र कहिले अन्य कार्यक्रमहरुमा । भेटघाटमा हामी संगीत, साहित्य, राजनीति र हासपरिहासका प्रसंगहरु जोडथ्यौं । यसरी प्रसंगहरु जोडदा प्राय अरुलाई उडाएर मस्तसंग हाँस्थ्यौं । हामीले भेट्ने विभिन्न पार्टी र कार्यक्रममा प्राय हामीहरु नाई… Continue reading नाई भन्न नसकेर
गलत महिलालाई चिकित्सकले गर्भपतन गर्दिंदा
सामान्य उपचारको लागि अस्पताल पुगेका बिरामीहरु चिकित्सकको गलत उपचारका कारण बिरामीको मृत्यु हुनु नेपालका लागि आजकाल नौलो मानिदैन । नेपालमा हरेक महिना जस्तो यस्ता समाचार सुनिन थालेका छन् । केही हप्ता अगाडि मात्र पत्थरीको शल्यकृया गर्न नाम चलेको ॐ अस्पताल पुगेकी एक महिलाको मृत्यु भएपछि केही दिन तनाब भएको समाचार पुरानो भएको छैन । नेपाल… Continue reading गलत महिलालाई चिकित्सकले गर्भपतन गर्दिंदा
कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार
काठमाडौं यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा प्रवासमा बसेर पनि निरन्तर नेपाली भाषा साहित्यमा काम गर्दै आएका कवयित्री / गीतकार दीपा राई पुन सम्मानित हुने भएको छ । “बिहानको सुनौलो घामले एक टुक्रा मुस्कान छर्छ टिपेर सिउरी दिन्छु आफैलाई सौन्दर्यताको गहना सम्झेर…” उक्त सम्मान रेडियो नेपालका प्रथम समाचार वाचक राजेन्द्रप्रसाद नेपालको स्मृतिमा स्थापना गरिएको हो… Continue reading कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार
पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक
काठमाडौं बिगत लामो समयदेखि नेपाली भाषासाहित्यमा कलम चलाउँदै आईरहेकी साहित्यकार / गितकार पद्मा लिंखा मगरका धेरै गीतहरु रेकर्डेड छन् । यो उनको तेश्रो एल्बम् अन्तर्गतको गीत हो । राष्ट्रिय स्तरका अवार्डहरु समेत जितिसकेका गितकार मगरको हेरिरहें… गीत नेपाली संगिताकासमा युट्यूब मार्फत सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को प्रस्तुति एवं झुम्लावाङ्ग भिलेज फाउण्डेशन… Continue reading पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक
नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो
दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्यु समेत हुन सक्दछ वा घाईते मानिसको ज्यानमा जोखिम धेरै हुन पुग्दछ । अमेरिकाको वासिङ्टन राज्यमा बसोबास गर्दै आएका बब बर्डेट नामका एक… Continue reading नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो
अभिनयमा पोख्त वडा अध्यक्ष
कीर्तिपुर, काठमाडौं जिम्मेवार पदमा बसे पनि कलाकारिताको तलतलले कलाकारलाई नछोड्दो रहेछ । यसको ज्वलन्त उदाहरण हो, कीर्तिपुर वडा नम्बर १० का वडा अध्यक्ष अमन महर्जन । वडा अध्यक्ष हुनुका साथै उनी एक कलाकार पनि हुन् । २०५२ सालमा नगाउँमा मञ्चन भएको नाटक “हरियो पर्दा” मा उनी सर्वोत्कृष्ट कलाकारमा पुरस्कृत भएको थियो । मदनकृष्ण श्रेष्ठले गाएको… Continue reading अभिनयमा पोख्त वडा अध्यक्ष
प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम
पुरुषोत्तम लम्साल / भर्जिनिया उनीहरुले अनुमान नै लगाएनन् ‘भाषा सुधारेरै सही’ सरकार र पार्टीले प्रचण्डको वक्तव्य सही भएको ‘ठप्पा’ लगाइदिएपछि त्यसको आयाम कति फराकिलो हुन्छ भनेर । ‘बेला न कुबेला भेनेजुयला’ भनेर ठट्टा गर्नेहरु ठण्डा भए । काठमाडौंमा क्यूबाप्रति ऐक्यवद्धताका लागि नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको अन्तर्यमा त्यही भेनेजुयलाको विषय छलफलको मुख्य ‘एजेण्डा’ थियो भनेर हल्ला… Continue reading प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम
शोणितपुर (थानकोट) को सिन्दूरजात्रा
भीमनारायण श्रेष्ठ काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवको रूपमा बर्षेनी कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि मंसीर कृष्ण प्रतिपदाका दिनसम्म (तीन दिन) धुमधामकासाथ सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीय बासिन्दा सिन्दूर जात्राको नामले पनि चिनाउँछन् । कसैले यसलाई थानकोटको जात्रा पनि भन्ने गरेको पाइन्छ । प्रत्येक वर्ष… Continue reading शोणितपुर (थानकोट) को सिन्दूरजात्रा
अझै पनि रुवाउँछ भैरेले दशैंमा
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर फेरी एकपटक नेपालीहरुको महान चाड दशैं नजिकै आएको छ । दशैं वर्षमा एकपटक सत्यको विजय भएको कथा लिएर हिन्दुधर्मावलम्बी माझ ओर्लिन्छ । आस्थामनहरु आफ्नै देबीको जयमा प्रफुल्लित नहुने कुरै भएन । सबैको मनमा दशैको आगमनले उतिकै उल्लास छ । नयाँ लुगा र रमझमले केटाकेटीको मन उल्लासिदों छ । यही उल्लसित वातावरणमा केटाकेटी… Continue reading अझै पनि रुवाउँछ भैरेले दशैंमा
महालय पार्वणश्राद्ध महापर्व
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क सनातन हिन्दु धर्म संस्कार अनुसार पितृहरुको स्मरणमा गरिने सम्मान तथा आराधनालाई श्राद्ध भनिन्छ । जिवित हुँदा मातापिताको सेवा गर्नु र दिवंगत भएपछि श्रद्धापूर्वक कृतज्ञता अर्पण गर्नु नै सन्ततिको परम कर्तव्य हो र्। श्रद्धया कृयते यत्कर्म तत् श्राद्धः अर्थात पितृहरुका निमित्त श्रद्धाले गरिने कर्म नै श्राद्ध हो । श्राद्ध अनेक प्रकारका हुन्छन्… Continue reading महालय पार्वणश्राद्ध महापर्व
गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि
चिनमा एक जना महिलाले बच्चालाई जन्म नदिने निर्णय गर्दै ३४ हप्ताको गर्भपतन गराउँदा गराउँदै बच्चा जिउँदै जन्मिएको घटना अदालतसम्म पुगेको छ । “हु” नामकी ती महिलालाई उनको पेटमा जन्मिनको लागि तयारी अवस्थामा रहेको बच्चा अपांग भएको चिकित्सकले बताए पछि उनी गर्भ पतन गराउने निर्णयमा पुगेकी थिईन । हुको निर्णय अनुसार चिकित्सकले गर्भपतन गर्नको लागि शल्यकृया… Continue reading गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि
किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
किर्तिपुर एउटा ब्यक्ति सामान्य रुपमा आयो । सर्वसाधारणकै लाईनमा बसेर सामान्य स्वास्थ्य जाँच गरायो । स्वास्थकर्मीले अनुमति दिएपछि बेडमा पल्टियो र रक्तदानको लागि आफ्नो हात सुम्पियो । वरिपरीका व्यक्तिहरुले पछि रगत झिकिसक्दा पो थाहाँ पाए कि उहाँ त कीर्तिपुर नगरपालिकाकै मेयर हुनुहुँदो रहेछ । एक नर्सले कीर्तिपुर नगरपालिकाका मेयरलाई उदृत गर्दै भनें; ‘कति सरल !… Continue reading किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो
प्रोस्टेट क्यान्सरका बिरामीहरुका लागि केही राहत मिल्ने समाचार आएको छ । आठ हप्ता लामो समय गलाएर गरिंदै आएको प्रोस्टेट क्यान्सरको उपचार अब ५ दिनमा रेडियो थेरापीको माध्यमबाटै हुने भएको छ । गत १६ तारिख सोमबार “यानसेट मेडिकल जर्नल” मा प्रकासित एक रिपोर्टका अनुसार उपचार शुरु गरेको पाँच दिन भित्र प्रोस्टेट क्यान्सरको सफल उपचार सम्पन्न गरी… Continue reading प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो
निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन
अर्जुनप्रसाद मैनाली / न्यूयोर्क पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा संसारकै गरिब देश हो कंगो । प्राकृतिक स्रोतको हिसाबले भने कंगोलाई बिश्वकै धनी देशमा गन्न सकिन्छ । त्यहाँ भएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबैभन्दा… Continue reading निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन
अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे
न्युयोर्क बिद्यालयमा सवै विद्यार्थीका लागि समान पोसाक लगाउनु पर्ने ब्यवस्था नगरेका कारण अमेरिकाको एक सरकारी बिद्यालयमा दु:खदायी घटना घटेको छ । टेनेसी राज्यस्थित मार्टिन लुथर किंग बिद्यालयमा भर्खरै हाई स्कुल भर्ना भएका एक विद्यार्थीलाई आफ्नै कक्षामा अध्ययनरत विद्यार्थीहरुले हरेक दिन एउटै लुगा लगाएर आएको भन्दै जिस्क्याए पछी माथिल्लो कक्षामा अध्ययनरत अन्य दुई विद्यार्थीले आफ्नै… Continue reading अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे
कीर्तिपुर अर्थात सानो नेपाल
प्रेमकृष्ण श्रेष्ठ / किर्तीपुर हालै नवनियुक्त पर्यटन मन्त्री माननीय योगेश भट्टराईले कीर्तिपुरको पुष्पलाल स्मृति प्रतिष्ठानमा राखेको एक बधाइ सभाको सम्बोधनमा आफूले जीवनको महत्वपूर्ण समय कीर्तिपुरमा बिताएकोले कीर्तिपुरसँग टाढा हुन नसक्ने कुरा राखे । दश मिनेटको भाषणमा ‘कीर्तिपुर’ शब्द कतिपटक उनको ओठमा पुष्पित भयो, गिन्तीसाध्य थिएन । आज नीति निर्माताको झुण्डमा यस्ता मानिसको संख्या पातलै होला, जस्ले जीवनको… Continue reading कीर्तिपुर अर्थात सानो नेपाल
अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह
सेप्टेम्वर ३, कनेक्टिकट / धन लामा कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा विगत ८ वर्षदेखि गर्मीयाममा संचालित नेपाली भाषा पाठशालाको ८ औं दिक्षान्त भव्य समारोहका बीच अगष्ट ३१ तारिख स्थानीय चार्टरओक स्कूलमा सम्पन्न भएको छ । दुई वटा सत्रमा विभाजित पाठ्यक्रममा, पहिलो सत्रमा सुन्ने, बोल्ने, पढ्ने र लेख्ने क्षमतामा जोड दिईएको थियो भने, दोस्रो सत्रमा नेपाली वाद्यवाधन, नाता… Continue reading अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह
शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा
भीमनारायण श्रेष्ठ / थानकोट काठमाडौंको पश्चिम भू–भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर बिशाल स्वरूपमा फैलिएको प्राचीन ऐतिहासिक नगरी शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । द्वापरयुगका बलवान पराक्रमी राजा वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीको पौराणिक नाम भाषावंशावली अनुसार सुप्रभानगरी हो । यही शोणितपुर नगरीमा प्रचलित पञ्चाङ्ग तिथिअनुसार विभिन्न जात्रापर्वहरू प्राचीनकालदेखि हालसम्म… Continue reading शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा
सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार
सुपेन्द्र बस्नेत / बोष्टन घटना सानाे वा ठुलाे भन्ने मापन त्यस घटनाले दिएको परिणाममा भर पर्दछ । र परिणाम त्यसले पार्ने प्रभावमा भर पर्दछ । त्यसैले कसैका लागि सामान्य लागेकाे कुरा कसैका लागि महाभारत हुन्छ, त कसैका लागि महाभारत लागेकाे कुरा कसैका लागि सामान्य लाग्न सक्छ । कहिले काही सामान्य क्रियाले पनि ठुलाे प्रतिक्रिया दिन्छ,… Continue reading सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार
नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट
न्यूयोर्क सफलताको कथा मार्मिक हुन्छ किनकि सफल बन्नका लागि गरिएको लामो संघर्षको फहरिस्ते त्योसँग जोडिएको हुन्छ । कथा; लगातार तेश्रो पटक पनि प्रतिष्ठित New York City’s Annual MoMo Crawl # Best Mo:Mo In Town को Trophy जित्न सफल ज्याक्सन हाईट्सस्थित नेपाली भान्छाघरको सफलताको । ५ वर्षअघि ४ जना मिलेर शुरु गरेको सामान्य खाजा रेष्टुरेण्टले आज… Continue reading नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट
दिल्लीमा दोहोरिने भो जोर बिजोर
भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा… Continue reading दिल्लीमा दोहोरिने भो जोर बिजोर
न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो
न्यूयोर्क वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाईने इन्द्रजात्रा न्यूयोर्कमा नेवा: गुठीको आयोजनामा मनाईएको छ । शनिबार १४ तारिख ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजाको खुला क्षेत्रमा दोश्रो पटक मनाईएको ईन्द्रजात्रा नेवारी परम्परा र संस्कृतिको पहिचानको रुपमा लिईन्छ । नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सनहाईट्समा कार्यक्रम हेर्न नेपाली तथा अन्य मुलका मानिसहरु समेत भेला भएका… Continue reading न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो
म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग
भदौ २९, काठमाडौं म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवाखोला नजिक अज्ञात समुहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो । देश निर्माणमा… Continue reading म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग
पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी
मानिसलाई कतिबेला वा कस्तो अवस्थामा हृदयघात हुन्छ ? भन्ने कुरा निश्चित हुँदैन । तर पनि दैनिक जीवनमा मानिसहरुको सुतेको समयमा हृदयघात भएर मृत्यु भएको खबर भने थुप्रै सुनिने गरिएको छ । बाटोमा हिंड्दा हिंड्दै गाडी चलाऊदा चलाऊदै शारीरिक ब्यायाम गर्दा, खाना खाँदा खाँदै पनि हृदयघात हुने गरेका घटना छिटपुट रुपमा सुनिने गरिएको छ । गत… Continue reading पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी
म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु
विनोद रोका / न्युर्योक पढेर, सुनेर वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय: अरुले भनेको कुरा सुन्ने धैर्यता हुदैन । त्यसैले गर्दा हामीसँग प्रश्नहरु हुन्छन, जान्ने र बुझ्ने जिज्ञासा हुदैन । त्यस्तो व्यक्तिको उदाहरण दिनु पर्यो भने हाम्रो बानी अरुलाई ईंगित गर्ने हुन्छ । त्यो बानी मेरो पनि छ । त्यसैले मैले पनि बेला मौकामा… Continue reading म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु
संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै
न्युयोर्क अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ । उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय जनालाई देशभर आयोजित हुने ३१६ सपथ कार्यक्रम स्थलबाट नागरिकता बितरण गरिन लागिएको हो । … Continue reading संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै
उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा
चालक दलका ११ सदस्य सहित ३३७ जना बोकेर एट्लान्टिक महासागर माथिको आकाशमा उड्दै गरेको एउटा जहाज पाइलटले ककपिटमा एक्कासी कफी पोखेको कारण आकस्मिक अवतरण गर्न वाध्य भएको छ । गत फेब्रुअरी ६ तारिखका दिन जर्मनीको फ्र्यांकफर्टबाट मेक्सिकोको क्यानकुनका लागि उड्दै गरेको कनडोर एयरलाईन्सको एयरबस ए ३३० – २४३ मध्य आकाशमा उड्दै गर्दा पईलटले खाँदै गरेको… Continue reading उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा
कविता : बलात्कार
भीमनारायण श्रेष्ठ / थानकोट आजभोली दिनका दिन खवर पत्रिकाहरुमा छापेका हुन्छन् बलात्कारका घटना कतै बालिका बलात्कार कतै किशोरी बलात्कार कतै युवती बलात्कार अझ कतै कतै त महिला र बृद्धा समेतको बलात्कार… बलात्कार पनि अनेक रुप र रङ्ग अनेक कहिँ एकल बलात्कार कतै सामुहिक बलात्कार कतै त सहमतिमा सहवास सहमति टुटेमा बलात्कार अनि त बलात्कारी… Continue reading कविता : बलात्कार