काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३… Continue reading पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता
Category: कानुनी कुरा
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन… Continue reading कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स
काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ… Continue reading काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स
आज संसद बैठक, एमसीसीबारे छलफल हुने
काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ । संसद… Continue reading आज संसद बैठक, एमसीसीबारे छलफल हुने
स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट… Continue reading स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?
सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि… Continue reading सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने
काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि… Continue reading स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने
काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ
काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २… Continue reading काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ
नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता… Continue reading नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल
सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?
काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका लागि स्थगित भएको छ। सरकारले बैठक सार्न सभामुखलाई आह्वान गरे अनुसार बैठक स्थगित भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुनुपर्ने प्रधानमन्त्रीको चाहना छ । तर, सत्तारुढ अन्य दलको दवावका कारण सरकार समेत बाध्य भएको हो । नेकपा माओवादी केन्द्रले… Continue reading सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?
घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक
काठमाडौं । तीन जना व्यावसायिक साझेदारको हत्या गरि करोडौं रुपैया कमिसन खान खोजेका अनिल कुमार मन्डल र उनले परिचालन गरेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ । तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । मोरङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा… Continue reading घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक
मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला
काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो। गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको… Continue reading मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला
बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा
ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना… Continue reading बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा
प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने
काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको… Continue reading प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने
राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए । प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु… Continue reading राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी
क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर
काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा… Continue reading क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर
आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु
काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मौन अवधी आजबाट शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधी प्रारम्भ भएको हो । मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पार्टीहरुले पालना गर्नु पर्छ । यसमा निर्वाचन आयोगले सचेत गराएको छ । मौन अवधिमा निर्वाचन… Continue reading आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु
राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ । विधानको… Continue reading राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश
आइतबार देशभरका अदालत बन्द हुने
काठमाडौं । आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरण शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको बताइएको छ… Continue reading आइतबार देशभरका अदालत बन्द हुने
गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी
काठमाडौं । नेपालमा चूनावी सरगर्मी बढेको छ । कानून अनुसार स्थानीय तहको निर्वाचन शुरुमा गर्नुपर्छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले पहिला संसदीय निर्वाचनको प्रस्ताव गरेसँगै राजनीतिक माहौल तात्तिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाका… Continue reading गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी
मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त
काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको… Continue reading मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त
कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी… Continue reading कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने
कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन
काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।… Continue reading कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन
एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य
काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो ।… Continue reading एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य
नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको… Continue reading नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो
काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिक एक घरको कोठामा युवक–युवती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमले प्रहरीलाई उदृत गर्दै जनाए अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार उनीहरु डेरामा सँगै बस्दै आएका थिए । उनीहरुको शरीरमा धारिलो… Continue reading काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला
ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । राससका अनुसार विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो जानकारी गराएका हुन् ।… Continue reading ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन
आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको छ । आगामी माघ १२ मा निर्वाचन हुदैछ । सो प्रयोजनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले… Continue reading आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार उठाइने भएको छ । यसले एमालेलाइ झट्का लाग्ने छ । उमेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक आजका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाएका हुन् । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको… Continue reading राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक
माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे । माओवादीको विधानमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।… Continue reading माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)