नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक महिनापछि उद्योगमन्त्री लेखराज भट्ट पनि यही लाइनमा उभिएका छन् । उनका अनुसार खानीबाट नदीजन्य सामगी… Continue reading नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी

प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् । दुई जना भने अनुपस्थित थिए ।… Continue reading प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । हङकङमा भएको सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेकी नेतृ साइ इङ्ग विन ताइवानको राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । यसले चीनलाई धक्का लागेको विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिज्ञहरुले गरेका छन् । संचारमाध्यमहरुका अनुसार शनिबार सम्पन्न निर्वाचनमा उनले ५७ प्रतिशत भोट प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र… Continue reading ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित

खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध

काठमाडौं । अनुशासनहिन बन्दै गएको नेपाली फूटबलमा यसैसाता अर्को घटना घट्यो । मनाङ मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीचको खेलमा खेल सकिएपछि खेलाडी मैदानमै धक्कामुक्की गर्न उत्रिएका थिए । हातपातमा उत्रिएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाहीस्वरुप प्रतिवन्ध लगाएको हो । एन्फा अनुशासन कमिटीले दुवै क्लबका तीन\तीनजना गरी कूल ६ खेलाडीमाथि यस्तो कारवाही गरेको हो।… Continue reading खेलपछि धक्कामुक्की गर्ने खेलाडीमाथि एन्फाको प्रतिवन्ध

मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण… Continue reading मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु

तेहरान । अमेरिकाले हवाई आक्रमण गरी मारेको इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्तिम संस्कारका दौरान हिंसात्मक भागदौड मच्चिएको छ । त्यसक्रममा कम्तिमा ४० जनोल ज्यान गुमाएका र सयौं व्यक्ति घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । मंगलबार सुलेमानीको गृहनगर मेरमानमा उनको शव समाधिस्थ गर्न लैजाने क्रममा लाखौं जनता भेला भएका थिए । त्यही क्रममा भागदौड… Continue reading सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु

१ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बसिरहेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइदैछ । उनीहरुलाई लिन बुधबार चिनियाँ सुरक्षा अधिकारीहरु नेपाल आउँदैछन् । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको अभियोगमा चीन सरकारकै सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो । नेपाल प्रहरीको अनुसन्धानले उनीहरुलाई आपराधिक पृष्ठभूमिमा भेटेको थिएन् । तर, अध्यागमन सम्बन्धी कानून भने उनीहरुले… Continue reading १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास

बगदाद । इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैन्य फौजलाई देश छाड्ने गरी प्रस्ताव पारित गरेको छ। इराकमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले मारेसँगै इराकी संसदले यस्तो प्रस्ताव पारित गरेको हो । इरान र अमेरिकाको द्धन्द्धको शिकार इराक बन्न थालेपछि इराकले यस्तो प्रस्ताव पास गरेको हो । राजधानी बगदादमा सुलेमानीलाई ड्रोन आक्रमण… Continue reading विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास

१ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी

काठमाडौं । नेपाल र चीनले संयुक्त खोज अपरेशन गरेर पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । सोही क्रममा उनीहरुलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई आइतबार अध्यागमन विभागको जिम्मा लगाएको हो । त्यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार नै अभद्र व्यवहार सम्बन्धी कसुरमा एक… Continue reading १ सय २२ जना चिनियाँलाई देश निकाला गर्ने तयारी

चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?

काठमाडौं । अब नेपालमा सवारी साधन चलाउने चालकहरुले अनिवार्य जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले दूर्घटना न्यूनिकरणका विभिन्न उपायमध्ये अनिवार्य जुत्ता लगाउनु पर्ने प्रावधान समेत अगाडी ल्याएको छ । चप्पल लगाएर सवारी चलाउँदा चिप्लिले जोखिम हुँदा ब्रेक समयमै नलाग्ने र त्यसले दूर्घटनाको डर हुने जोखिम हुन्छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचना अनुसार… Continue reading चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?

आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

चार महिनामा बने ४५ पक्की पुल

काठमाडौं । देशभर सडक निर्माणले गति लिएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशभर ४५ वटा पक्की पुलको निर्माण सकिएको छ । सडक विभागको तथ्यांक अनुसार पहिलो चौमासिक अवधि भित्रै ४५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्र तीन सय पक्की पुलको निर्माण पुरा गरिसक्ने योजना… Continue reading चार महिनामा बने ४५ पक्की पुल

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो । सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार… Continue reading अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

मेटिने भए ट्रक साहित्य

काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् । रमाइला, रोचक तथा प्रेमिल… Continue reading मेटिने भए ट्रक साहित्य

इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना… Continue reading इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

काठमाडौं । सरकारले उखु किसानको वक्यौता तिर्न चिनि मिलका मालिकहरुलाई अल्टिमेटम दिएको छ । किसानको पैसा तिर्न बाँकी चिनी मिल सञ्चालकले माघ पहिलो सातासम्म सबै पैसा तिरिसक्नु पर्ने गरी सरकारले अल्टिमेटम तोकिदिएको हो । आफ्नो पैसा माग गर्दै काठमाडौं आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भएको वार्तामा सरकारले उक्त निर्देशन… Continue reading उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो । खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको… Continue reading घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने… Continue reading प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला

ललितपुर । फूलचोकी घना जंगलले घेरिएको डाँडो हो । यहाँ हरेक दिन कैयौं मानिस घुमघाममा जाने गर्छन् । र खासगरी जाडो मौसममा केही मानिस हराउने पनि गर्छन् । फूलचोकीमा केही पहिले साइनिंगहरु थिएनन् । त्यसकारण मानिस हराउनु स्वाभाविक मानिन्थ्यो । तर, अहिले यहाँ व्यवस्थित हाइकिंग रुट बनाइएको छ । त्यही रुटलाई नछोडी यात्रा गर्दा कोही… Continue reading फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला

हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी

कंचनपुर । कंचनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सबैभन्दा पुरानो तथा वृद्ध उमेरको हात्ति रतनकलीको विहिबार निधन भयो । विसं २०३५ सालमा चितवन राष्ट्रिय निकुन्जबाट शुक्लाफाँटा ल्याइएको हात्ती ‘रतनकली’ को शुक्रबार हिन्दु संस्कार अनुसार अन्तेष्टी गरिएके छ । रतनकलीलाई निकुञ्जस्थित हात्तीसारमा राखिएको थियो । रतनकलीको उमेर ८४ वर्ष थियो । रतनकलीलाई चराउन जाँदा बसेको हात्ति उठ्न सकेन… Continue reading हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी

कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले… Continue reading कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो । अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् । १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट… Continue reading छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ । ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए । तर, भित्रभत्रै… Continue reading ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ । उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो । एन्फाले चारै जना खेलाडीको कारवाही… Continue reading ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् । प्रहरीका… Continue reading काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

२१ किलो चरेश बरामद

काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो । चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्ला दिनमा अवैध… Continue reading २१ किलो चरेश बरामद

बुटवल “सडक मानव” मुक्त सहर घोषित

बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ । शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त… Continue reading बुटवल “सडक मानव” मुक्त सहर घोषित

सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो । त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ । उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा… Continue reading सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद