काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् । प्रहरीका… Continue reading काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक
Category: रोचक खवर
२१ किलो चरेश बरामद
काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो । चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्ला दिनमा अवैध… Continue reading २१ किलो चरेश बरामद
बुटवल “सडक मानव” मुक्त सहर घोषित
बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ । शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त… Continue reading बुटवल “सडक मानव” मुक्त सहर घोषित
सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा
काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो । त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ । उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा… Continue reading सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा
राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद
पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर
काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ… Continue reading पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर
अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् । पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ । भैरहवा… Continue reading अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री
आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा
विश्वन्युज संवाददाता काठमाडौं ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए । त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो । “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि… Continue reading आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा
काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?
काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ । यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर… Continue reading काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?
अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए । गैरकानूनी बाटो समाएर… Continue reading अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो
नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा
भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो ।… Continue reading नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला
इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । उनले आफूमाथि लागेको संविधानको अवहेलना… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला
क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध
काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ । चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध… Continue reading क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध
तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले शुक्रबार मुद्दा दायर गरेको… Continue reading तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा
टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् । १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी… Continue reading टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे
अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद
काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ । २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो । विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ । त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने… Continue reading अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद
दुई इन्जिनियर २० लाख घुससहित पक्राउ
प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई इन्जिनियरलाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरु पक्राउ परेको… Continue reading दुई इन्जिनियर २० लाख घुससहित पक्राउ
गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड
काठमाडौं । पौडीवाज किशोरी गौरिका सिंहले जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीका लागि एक दूर्लभ रेकर्ड राखेकी छिन् । उनले सोमबार भएको प्रतिस्पर्धामा स्वर्ण जित्दै एउटै सागमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण हात पारेकी हुने । उनले १०० मिटर फ्रीस्टाइल ५८.१३… Continue reading गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड
कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ । १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’… Continue reading कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने
गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
काठमाडौं । गौरिका सिंह नेपाली पौडी प्रतिस्पर्धामा चम्किलो नाम हो । राष्ट्रिय खेलकुदमा सबै खाले रेकर्ड तोडेर आफ्नो नाममा बनाइसकेकी यी खेलाडी यतिबेला सागमा चम्किरहेकी छिन् । उनले आइतबार ऐतिहासिक तेस्रो स्वर्ण जित्न सफल भएकी छिन् । एउटै सागमा तेस्रो स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । उनले १३औं सागको पौडीतर्फ आइतबार… Continue reading गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
४ बलात्कारीलाई हैदरावाद पुलिसको इन्काउन्टर
हैदरावाद । भारतमा महिला पशु चिकित्सक माथि बलात्कारपछि हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई गोली प्रहार गरि मारेको छ । डाक्टरमाथि बलात्कार गरी उनलाई जिउँदै जलाएर मारेको आरोप उनीहरुमाथि थियो । २६ नोभेम्बर राती घटेको यस घटनामा संलग्नलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । उनीहरुलाई शुक्रबार राती ३ बजेको समयमा हैदराबादको एनएच ४४… Continue reading ४ बलात्कारीलाई हैदरावाद पुलिसको इन्काउन्टर
भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा
न्युयोर्क मानिसको जीवनमा कति बेला नसोचेको घटना घट्न पुग्छ थाहा हुँदैन । घर भित्र आरामसँग बसिरहेको समयमा शक्तिशाली भुकम्प आएर घर नै गर्ल्याम् गुर्लुम्म् ढलेर मान्छेको मृत्यु भएको त सुनेको नै हो । बाटोमा हिड्दै गर्दा गाडी उछिट्टिएर आएर मान्छेलाई हानेर मारेको पनि सुनेकै हो । तर न्युयोर्कको ब्रुकलिनस्थित एक घरमा… Continue reading भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा
प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए । १० दिन अस्पतालमा बसेका उनको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा उक्त रकम खर्च… Continue reading प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
ठूलो पशुबली दिने मेला गढीमाई शुरु
बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ । सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ । मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा… Continue reading ठूलो पशुबली दिने मेला गढीमाई शुरु
विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् । उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ । जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला… Continue reading विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र
सागकै मुखमा खेलाडी कतार भागेपछि…
काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् । अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् । तर, चार… Continue reading सागकै मुखमा खेलाडी कतार भागेपछि…
युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो । ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत… Continue reading युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण
मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ । अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड… Continue reading मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा
गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ
काठमाडौं । सोमबार साँझ समय माग्दै गैरकानूनी शूल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेज संचालकले मंगलबार त्यसतर्फ चासो देखाएनन् । सोहीअनुसार शूल्क फिर्ता नगर्ने कलेज संचालकमाथि कारवाही गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयमा सर्वदलीय बैठक बसेको थियो । मेडिकल कलेजले गैरकानूनी रुपमा उठाएको शूल्क फिर्ता नभएपछि कलेज सञ्चालकलाई बुधबारबाट कारबाही… Continue reading गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ
नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट
काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् । उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली… Continue reading नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट