चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे । तर, यो निर्णय नेकपा एमालेका नेता भीम… Continue reading एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने
Category: रोचक खवर
एमालेको महाधिवेशनमा प्रचण्ड नजाने
काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो । एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य… Continue reading एमालेको महाधिवेशनमा प्रचण्ड नजाने
अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका… Continue reading अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् । बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार… Continue reading प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….
न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु
काठमाडौं । न्युजिल्यान्डले इच्छा–मृत्यु रोज्न पाउने गरि कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । न्युजिल्यान्डमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो । । यस्तो व्यवस्था यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा कार्यान्वयनमा छ । न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका… Continue reading न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु
एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने
काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका… Continue reading एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने
एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण
काठमाडौं । संसार कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । तर, एउटा मुलुक, जहाँ भने शुक्रवार मात्र पहिलो संक्रमण पुष्टी भएको छ । त्यो पनि मात्र एक जनामा । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । कोभिड पुष्टी भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएको समेत… Continue reading एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण
परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली
काठमाडौं । न्यायालयमा विवाद चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको दावि गरे । उता, ओलीलाई भने अदालतमा राजनीति छिराएको… Continue reading परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली
एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफुसँगै रहेपनि अन्तिममा धोका दिएका नेताहरुबारे व्यग्य गर्दै हरिविजोग भएको बताएका छन् । नेकपा (एमाले)लाई विभाजनबाट जोगाउन भन्दै १० बुँदै सहमति गरेका उनीहरुलाई अअिले एमालेमा अध्यक्ष ओलीसहितका नेताले पेलिरहेको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो । सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १०… Continue reading एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल
रसुवाको रहस्य; सिङ्गेभूमी थान
सरस्वती न्यौपाने, रसुवा “हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै” रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान… Continue reading रसुवाको रहस्य; सिङ्गेभूमी थान
काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड
काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ… Continue reading काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड
‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?
काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।… Continue reading ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?
जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने
टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह… Continue reading जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने
‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा
काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ। ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न… Continue reading ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा
हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
काठमाडौं । नेपालको निजी लगानीको हिमालय एयरलाइन्समा यात्रारात यात्रुमा आकस्मिक मुटु र स्वास प्रश्वास सम्बन्धी समस्यामा आएमा पनि जहाज डाइभर्ट गर्नु नपर्ने भएको छ । हिमालय एयरलाइन्सले जहाजमै अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) मेसिन राखेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा… Continue reading हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु
काठमाडौं । पेरुमा २८ वर्षदेखि सैनिक जेलमा रहेका माओवादी नेता गोन्जालोका जेलमै निधन भएको छ । पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका बेला उनी प्रमुख नेता थिए । न्यूयोर्क टाइम्सका अनुसार पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको हो । गोन्जालो ८६ वर्षका थिए । पेरुमा वामपन्थी रास्ट्रपति… Continue reading पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु
अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान… Continue reading अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…
काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट… Continue reading काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…
करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी
काठमाडौं । प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंको एक होटेलबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलका अनुसार उनीहरुलाई सिरहा मल्हनिया… Continue reading करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी
माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।… Continue reading माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप
मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार
काठमाडौं । हेलमेट नलाई बाइक चलाइरहेका पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनको व्यापक आलोचना शुरु भएको छ । शुक्रबार राती महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उनी चेकजाँचमा परेका थिए । ट्राफिक प्रहरीले रोकेपछि आक्रोसिनत बनेका उनले दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनले हेलमेट समेत नलगाएका कारण प्रहरीले समातेको थियो… Continue reading मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार
एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व
अच्युत सिग्देल, न्युयोर्क ईम्यानुल नोवल एक स्वीडिस ईन्जिनिएर थिए। पेशाले ईन्जिनियर ईमान्युएलको सानो ईन्जिनियरिङ वर्कशप (कारखाना) थियो। जहॉ टनेल र रोड बनाउदा प्रयोग गरिने बिस्फोटक पदार्थको निर्माण गरिन्थ्यो। उनका मातापिताका आठ बालबच्चा भएपनि जम्मा तीन जना मात्र बॉचेका थिए । सबैभन्दा कान्छा छोरा जो एक सुस्त, दुर्वल र रोगी बच्चा थिए । उनैको नाम राखिएको… Continue reading एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व
कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार… Continue reading कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने
देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसले दुई दिन लगातार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्यो । यसअघि बालुवाटार दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सोही प्रवृत्ति दोहोर्याएपछि नेताहरुले नै यसको विरोध गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका… Continue reading देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता
जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् । शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको… Continue reading जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट
डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति परिवर्तनको मुद्दा बहसमा ल्याएका छन् । पछिल्लो समय राष्ट्रपति विद्यादेवि भण्डारीको अश्वभाविक प्रदर्शनलाई लिएर व्यापक आलोचना भइरहेको समयमा डा. भट्टराईले यस्तो प्रस्ताव ल्याएका हुन् । उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले… Continue reading डा. बाबुराम भट्टराई भन्छन् : गणतन्त्रका राष्ट्रपतिको भूमिका निम्न स्तरको भयो
अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षा फौज फिर्ता हुने क्रमसँगै देशभर तालिवानले कब्जा जमाइरहेको छ । आफ्नो कब्जा जमाएको भेगमा तालिवानले आफ्नो नियमहरु समेत जारी गर्न थालेको छ । समाचार एजेंसी एएफपीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाए अनसार उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएसँगै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आदेश जारी गरेको छ । जसमा महिलालाई… Continue reading अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु
बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव
काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ । अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै… Continue reading बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव
दोन मोन्तेरो !
अच्युत सिग्देल, न्युयोर्क दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको… Continue reading दोन मोन्तेरो !
ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपरान्ह सरकारी निवास बालुवाटार छाड्दैछन् । त्यसपछि उनी निजी निवास बालकोटमा रहनेछन् । उनले बिहान ११ बजे सरकारी निवास छाड्ने योजना छ । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार सर्ने समय भने तय भइसकेको छैन । देउवा मंगलबारे राती सपथग्रहण, पदभार ग्रहण… Continue reading ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने