गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

अमेरिका । गैर आवासिय  नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई पराजित गर्दै सुवेदी विजयी भएका हुन्। सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरी आगामी २ बर्षको लागि बिजयी भएका हुन । दुई दिनसम्म अनलाइन मार्फत सम्पन्न निर्वाचनमा १५ हजार ७… Continue reading गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

File Photo

मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र… Continue reading एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

फ्लोरिडा । अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार थप २२ जना घाइते छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाएअनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली चलाएका छन् । आइतबार बिहान एल मुला बैंक्वेट हलको बाहिर यो घटना भएको… Continue reading अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १… Continue reading अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको… Continue reading नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र… Continue reading कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

घटनास्थल | Photo : CNN

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर कम्तिमा ८ जनाको हत्या गरेका छन् । गोली चलाउने व्यक्तिको समेत ज्यान गएको छ । उनले आत्महत्या गरे वा प्रहरीको गोलीबाट ज्यान गयो भन्ने खुलेको छैन । मृत्यु हुनेहरु रेल यार्डमा खटिएका कर्मचारी छन् । समाचार एजेन्सीहरुले जनाए अनुसार गोलीबारीको घटना सान जोसेस्थित सान्टा क्लारा काउन्टी… Continue reading क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

(Dave Schwarz/St. Cloud Times via AP)

वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको… Continue reading जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको… Continue reading अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् । ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी… Continue reading नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

Photo : nexta

काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ । समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको… Continue reading आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

काठमाडौं । अमेरिकी सरकारको तर्फबाट नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्रीको पहिलो खेप नेपाल आएको छ । आज एक कार्गो जहाजले ती सामान नेपाल ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको कोभिड१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेपका सामान नेपाल आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले… Continue reading अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

REUTERS/ASHRAF ABU AMRAH-BBC

काठमाडौं\एजेन्सी । इजिप्टको मध्यस्थतापछि इजरायल र प्यालेस्टीनी विद्रोहीबीचका युद्ध थामिएको छ । करीव दुई सातायता जारी युद्धका कारण अढाइ सय मानिसले ज्यान गुमाइसकेका छन् । बीबीसीका अनुसार युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका हुन् । युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन… Continue reading इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो । अन्तर्राष्टिय संचार माध्यम वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको हो । बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचारमा जनाइएको… Continue reading युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

अमेरिकाले ८ करोड डोज खोप अरु मुलुकलाई दिने

Photo : Dan Stepenosky| LATIMES

वासिंटन डिसी । स्वदेशमा खोप अभियान तिब्र बनाएको अमेरिकाले जुन महिनाको अन्तिमसम्म अन्य मुलुकलाई खोप दिन शुरु गर्ने भएको छ । अमेरिकाले करीव ८ करोड डोज खोप विभिन्न मुलुकलाई दिने तयारी गरेको हो । राष्ट्रपति जो बाइडेनले यस्तो जानकारी गराएका छन् । उनका अनुसार जुन महिनाको अन्तिमसम्म संसारका विभिन्न मुलुकले अमेरिकी खोप पाउने छन् ।… Continue reading अमेरिकाले ८ करोड डोज खोप अरु मुलुकलाई दिने

इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान

REUTERS/ASHRAF ABU AMRAH-BBC

वासिंटन डिसी । इजरायलले प्यालेस्टाइनमा संचारमाध्यमहरुको रहेको एक भवनमा मिसाइल प्रहार गरी ध्वस्त बनाइदिएको छ । गाँजा क्षेत्रमा रहेको यो भवनमा एपी, अलजजिरासहित विश्वस्तरीय संचारमाध्यमको कार्यालय रहेको थियो । इजराययले संचारमाध्यमका कार्यालयमा आक्रमण गरेपछि अमेरिका भड्किएको छ । उसले इजरायललाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । व्हाइड हाऊसकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै… Continue reading इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान

सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको… Continue reading सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई आगामी साताबाट स्वास्थ्य सामग्री सहयोग गर्ने बचन दिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन वार्ता गर्दै यस्तो आश्वासन दिएका हुन् । उनका अनुसार आगामी साताबाटै स्वास्थ्य सामग्री नेपाल आउन थाल्ने जानकारी आएको उप्रधानमन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छ । सामग्री के हुनेछ भन्ने… Continue reading नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारीकाठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

Photo : Dan Stepenosky| LATIMES

वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ । यो… Continue reading अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् । सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्। अमेरिकन आइडलको १८ औं संकरणको उनि उपविजेता बनेका थिए। गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको छ। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागि जनाएका… Continue reading दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

Photo : Jay Reeves/Associated Press

न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ । कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ ।… Continue reading अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

Photograph: Jerilee Bennett/AP

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा एक घरमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यहाको क्यान्टरबरी मोबाइल होम पार्कस्थित घरमा जन्मोत्सव पार्टी चलिरहँदा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । घटना आइतबार बिहान भएको हो । बन्दुकधारीले अन्धाधुन्ध गोली हानीर ६ जनाको हत्या गरेसँगै आफुलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले… Continue reading कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

न्युयोर्क शनिबार साँझ न्युयोर्कको अति ब्यस्त स्थान टाईम्स स्क्वायरमा गोली चलेको छ । एक महिला तथा नाबालकलाई गोली लागेको छ । शनिबार साँझ चलेको गोली प्रहारबाट महिलाको खुट्टामा गोली लागेको छ । घाईते महिला तथा नाबलकललाई उपचारको लागि बेलभ्यु अस्पताल लगिएको छ । घटना टाईम्स स्वायरस्थित सेभेन एभिन्यु र ४४ स्ट्रिटमा घटेको हो ।न्युयोर्कको ब्यस्त… Continue reading न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा शनिवार राती सार्वजनिक हुँदैछ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आज वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुने जानकारी दिएको हो । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ । डिभी परेको जानकारीबारे… Continue reading डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

न्युयोर्क कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका… Continue reading कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

अमेरिकाले बालबालिकालाई समेत कोरोना खोप दिने

वासिंटन डिसी । अमेरिकामा बालबालिकामा समेत कोरोना खोप दिइने भएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर खोप १२ वर्ष उमेर पुगेका बालबालिकालाई उपलब्ध गराउन सकिने सम्भावनाबारे विचार गरिरहेको बीबीसीले लेखेको छ । अमेरिकामा फाइजरको खोप १६ वर्ष माथिका व्यक्तिलाई दिन मिल्छ। राष्ट्रपति जो बाइडनले आफूले एफडीएको प्रक्रियामा हस्तक्षेप नगर्ने तर कुनै… Continue reading अमेरिकाले बालबालिकालाई समेत कोरोना खोप दिने

अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

न्युयोर्क गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्‍युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।२२ वर्षीय मृतक शाहलाई… Continue reading अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

काठमाडौं । नेपालमा कोरोना महामारी शुरु भएयता अप्रिल महिनामा सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । एकातर्फ पर्वतारोहणको मौसम र अर्कोतर्फ नेपाललाई ट्रान्जिट बनाउँदै भारतीय नागरिक तेस्रो मुलुक उडेका कारण यो महिनामा पर्यटक आगमन बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । तथ्यांकअनुसार… Continue reading अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

न्युयोर्क विश्वकै सर्बाधिक धनि मध्येका बिल गेट्सको बिबाह गरेको २७ बर्षपछि मेलिन्दा गेट्ससँग पारपाचुके हुने भएको छ । गेट्स दम्पत्तिको पारपाचुके गर्ने निर्णय बिल गेट्सको भेरीफाई गरिएको ट्विटर एकाउण्टबाट आज सार्वजनिक गरिएको हो । ति दुई दम्पत्तिले सोमबार एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “हाम्रो सम्बन्धमा धेरै सोच बिचार गरेर धेरै समयसम्म सम्झौता गर्दै… Continue reading अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने