Category: अमेरिका

  • रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा

    रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा

    अर्जुनप्रसाद मैनाली

    विश्व रक्तदाता, न्यूयोर्क

    क्यानेडियन नेपालीहरुमा अझ धेरैलाई रक्तदान गर्न हौसला होस् भन्ने हेतुले म जुन २०,२०१७ मा टोरोन्टो, क्यानाडा गएँ । त्यसदिन सदा झैं बिहान काममा जाने समयभन्दा करिब १५ मिनेट अगाडि नै घरबाट निस्किएँ । श्रीमतीलाई आज म रक्तदान गर्ने सोचमाछु, पुरै दिन ब्यस्त हुन्छु होला भनें । तर काममा नगई ल-ग्वार्डिया एयरपोर्ट, न्यूयोर्क तिर लागेँ । एयरपोर्ट कै पार्किङ् लटमा कार पार्किङगरेर हवाइजहाज चढ्ने सोचले ड्राइभ गर्दै गएँ ।
    साधारणतया घरबाट एयरपोर्ट पुग्न करिब आधा घण्टा लाग्छ । फ्लाइट समय ७:३०बजे थियो । करिब १० मिनेट ड्राइभ गरेपछि ठुलो ट्राफिक जाममा फसें । त्यो बाटो जाम भएपछी अर्को बाटोमा एक्जिट गरेँ । त्यहाँ पनित्यस्तै जाम रहेछ । अब समयमा एयर्रपोर्ट नपुग्ने भएँ भन्ने लाग्यो । मेरो मुटुको ढुक ढुकी बढ्यो । निधारबाट पसिना आयो । गला गरुङ्गोभयो । अब हवाइजहाज उढ्न ५० मिनेट मात्र बाँकी थियो । एकमनले एयरपोर्ट नजाउ क्यार ! होस्, फर्किन्छु भन्ने लाग्यो फेरी अर्कोमनले, यहाँसम्म त आइपुगियो, अझै अगाडि बढौं न त भन्ने भयो ।

    अली पर पुगेपछी ट्राफिक राम्रोसँग सुचारु भयो । एयरपोर्ट पुग्दा प्लेन उड्न ४० मिनेट मात्र बाँकी थियो । एयरपोर्टमा कन्स्ट्रक्सनको कामभई रहेको थियो । तिनिहरुको ट्रकले अन्य सवारी साधनहरुलाई अवरोध पुर्याइ रहेको थियो । एयर्पोर्टको डिपार्चर गर्ने रोडमा मेरो कारट्यक्सिहरु बिचमा फस्यो । ब्लड प्रेसर बढेर शरीरको नसा नसामा दौडिरहेको प्रष्टै महसुस भयो । कार त्यही बाटमा छोडेर एयरपोर्ट भित्रजाउ जस्तो भयो । केही गरी पुलिसबाट टिकट पाए, कार टो भए वा अदालती झमेला वा जरिवाना आए ब्यहोरौंला भन्ने भयो । बल्लबल्ल एयरपोर्टको रोडमा पुगेँ । कार पार्किङ् गर्ने ठाउँ काही भेटिन । एयरपोर्टको छेउमा एउटा रातो कार रहेछ । मेरो कार त्यही पार्क गरीसरासर एयरपोर्ट भित्र गएँ । बोर्डिङ पासको लागि एअर क्यानाडाको काउन्टरमा गएँ । कर्मचारीले मलाई अन्तराष्ट्रिय उडानको लागि १घण्टा अगाडि नै आइपुग्नु पर्ने भन्दै फर्काए । मेरो अनुहार अध्यारो भयो । फर्केर ढोकानेर पुगेपछी अघिल्लो दिन एयरलायन्सबाटरिमाइन्ड ईमेल आएको सम्झें । ईमेलचेक गरेँ । धन्न मैले बोडिङ चेक इनमा क्लिक गरेको रहेछु । मेरो बोडिङ पास त्यही नै रहेछ । अबउढान समय २८ मिनेटमात्रै बाँकी थियो । दौडिदै सेक्युरिटी र इमिग्रेसन गएँ । करीब १० जना जति यात्रुको लाइन थियो । उनीहरुलाईउछिन्दै आई एम सरीभन्दै सबैभन्दा अगाडि उभिएँ । इमिग्रेशन अफिसरले पछाडि बस्न ईशारा गरे । मेरो फ्लाईट छुट्न लाग्यो, जानदिनुहोस् भनें । उनिहरुले बोर्डिङ पास हेर्दै भ्याउनु हुन्छ भनेपछि ढुक्क भएँ । 

    त्यहाँको काम सकेपछी दौडिदै उडान ढोकामा पुगेँ । उडानको लागि २० मिनेट बाँकी थियो । लाइन लामो भएको कारणले मेरो फ्लाइटछुटेन । लामो सास फेरें । नजिकैको क्याफेबाट १ लिटर चिसो पानी किनेर १५ मिनेटमै पुरै पिएँ । यात्रुले प्लेन भरिएको थियो । सबभन्दापछाडि तिर दुई जना महिलाको बिचमा मेरो सिट रहेछ । सिटमा बसेको मात्रै थिएँ, पिसाब लागिहाल्यो । छेउकिले बाटो छोडि दिइन ।ब्लडप्रेसर अझै सामान्य भई सकेको थिएन । करीब डेढ घण्टाको उडानमा सात आठ चोटी ट्वाइलेट  जानु परेकोले छेउकी महिला धेरैरिसाइन् ।  

    मैले उनलाई सिट साटौ भनेको थिएँ । उनले मानिनन् । उनीले एकदमै झर्को मानेको महसुस थियो । क्यानाडामा प्लेन ल्याण्ड गरेपछि”थ्याङ्क यु फर योर हेल्प”  भनें । उनले कुनै प्रतिकृया दिईनन् । 

    अमेरिकनको लागि छुट्टै लाइन भएको ठाउँमा म पनि थपिएँ । इमिग्रेसन अफिसरले किन क्यानाडा आउनु भएको ? सोधे । मैले रक्तदानगर्न आएको हु भनें । उनले फेरी त्यही प्रश्न गरिन । मेरो उत्तर पनि उही नै थियो । अफिसरले मलाई बाहिर जान दिइनन् । अलिपर तीन-चार जना अफिसर बसेको ठाउँमा जान भनिन् । उनीहरुले  पनि त्यही प्रश्न गरे । मेरो उत्तर पनि उही नै थियो । मेरो भर्खरै प्रकाशित भएकोकिताब ‘द गिफ्ट अफ लाइफ’ पनि साथ मै थियो । किताबमा भएको नक्सामा मैले विश्वब्यापी रुपमा रक्तदान अभियान चलाएकोदेखाउँदै त्यसै सन्दर्भमा क्यानडामा आएको हुँ भनेपछि प्रवेश अनुमती दिए । 

    दुई वटा रेल चढेर ब्लड बैन्कमा ठ्याक्कै ११ बजे पुगेँ । मेरो एप्वाइन्टमेन्ट पनि त्यतिखेर नै थियो । आफ्नो हाजिर जनाएँ । स्वास्थ्य  परिक्षण गर्दा ब्लड प्रेसर हाइ नै देखियो । प्रेशर एकछिन पछी फेरीचेक गरौंला बरु लौह तत्व, तापक्रम आदी चेक गरौ भनें । अघिल्लोपटकको रक्तदानबारे कुरा गर्दै थिएँ । नर्सले एकछिन नबोल्नु त, प्रेशर हेरौं भने । डाइसिस्टोलिक ठ्याक्कै १०० मा झरेको रहेछ ।रक्तदान गर्न पाएँ । सार्है खुशी लाग्यो । त्यसदिन क्यानडामा मेरो तेश्रो पटक रक्तदान थियो । यसरी ठुलो दु:ख गरेर आफ्नो शरीरकोअमुल्य रगतले  अरुको जीवन बचाउन प्रयास गर्न पाउँदा खुसी भएँ । 

    यसरी आफ्नो योजना सम्पन्न गरी त्यसैदिन साँझ ४:१५ बजे न्यूयोर्क फर्कें । एअरपोर्ट बाहिर मेरो कार थिएन । ड्युटिमा रहेकासुरक्षाकर्मीलाई उजुरी गरेँ । शायद कार ट्वो भयो होला भन्दै सम्भाब्य ठाउको ठेगाना दिए । करिब ५ मिनेटको बस चढेर तोकिएकोस्थानमा ओर्लिएँ । पार्किङ लटमा कार देखेपछि धेरै आनन्द आयो । नोटिस बोर्डमा लेखिएको फोनमा संपर्क गरेपछी १ घण्टामा सहयोगीआए । बिहान हतारमा कारबाट निस्क दाचाबी त्यही छोडेछु । धन्न कार चोरी भएनछ । 

    घरबाट श्रीमतीले फोन गर्दै कामबाट आउन आज किन ढिला गरेको, छिटो आउनु भनिन । घर फर्किदा पनि बिहानको जस्तै ट्राफिक जामथियो । बिहान हवाइजहाज छुट्ला भन्ने चिन्ता थियो । बेलुका घर पुग्न ढिलो हुने भयो भनेर चिन्ता थपियो । घर पुग्नै लाग्दा श्रीमतीलेफेरी फोन गर्दै ‘बेकरीमा वर्थ डे केक अर्डर गरेको छु, लिएर आउनु’ भनिन् । करिब ६ बजे केक सहित घर पुगेँ । वर्थ डे मनाउन घरमा केहीपाहुनाहरु पनि उपस्थित हुनु भएको रहेछ । सबै जनाले हासिखुशी गर्दै रात्रीभोज गर्यौ । त्यसदिन मेरो जन्मदिन थियो । सबैलाईशुभकामनाको लागि धन्यवाद दिएँ ।

  • महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा

    महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा

    प्रभात भट्टराई/अमेरिका

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग लगाउने छ ।

    तर, हाउसमा उनलाई महाभियोग लगाउन चाहिने मत पुगि सकेको हुँदा अब मुद्दा सिनेटमा कसरी अघि बढ्ला भन्नेमा सबैको चासो केन्द्रित भएको छ । हाउस डेमोक्र्याटहरुले सुरु गरेको महाभियोग तल्लो सदनबाट पारित हुन २१८ मत आवश्यक पर्छ । तर, त्यो भन्दा बढि संख्याका सभासदहरुले महाभियोगको पक्षमा मतदान गर्ने सार्वजनिक वक्तव्य दिइ सकेका छन् । मिचिगन, पेन्सिलभेनिया जस्ता राज्यका केही ‘स्विङ’ निर्वाचन क्षेत्रका सभासदहरुले पनि अन्त्यमा महाभियोगको पक्षमा मत दिने निर्णय गरेका छन् ।

    २०१६ मा ट्रम्पले जितेको क्षेत्रबाट निर्वाचित न्यूजर्सीका डेमोक्रेटिक सभासद जेफ भान ड्रु भने महाभियोगलाई सहयोग गर्नुको साटो पार्टी छोड्ने निश्कर्षमा पुगेका छन् । उनी सुरु देखिनै महाभियोगको विपक्षमा थिए । तर, उनको क्षेत्रका डेमोक्रेटिक कार्यकर्ताले प्राइमरी चुनावमै हराउने संकेत बुझेपछि ड्रु ट्रम्पलाई भेट्न पुगेका थिए । ट्रम्पले २०२० मा रिपब्लिकन पार्टीबाट टिकट दिलाउने र जिताउने आश्वासन दिएसँगै उनी पार्टी बदल्ने निचोडमा पुगेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । तर, ट्रम्पले देखाएजति सजिलै उनको हातमा लड्डु पर्ने संभावना भने नभएको विश्लेषकहरुको मत छ । किनभने उनको ट्र्याक रेकर्डका कारण निर्वाचन क्षेत्रका रिपब्लिकनहरु उनीसँग खुसी छैनन् । त्यसैले प्राइमरी चुनावमा बिना चुनौती उनलाई बाटो खाली गरिदिने सम्भावना नरहेको विश्लेषकहरुको मत छ । ड्रुले दल बदलको तयारी गरेको खवर सार्वजनिक भएसँगै उनका पाँच जना स्टाफले सामुहिक राजिनामा दिँदै विरोध जनाएका छन् ।

    यसअघि ट्रम्प महाभियोगको पक्षमा उभिएका रिपब्लिकन सभासद जष्टिन अमासले पार्टी भित्रको तीब्र आक्रमण सहन नसकेपछि दल त्यागेका थिए । उनी अहिले स्वतन्त्र सभासदको रुपमा रहेका छन् । दुबै पार्टीबाट एक–एक जना बाहिरिए पनि यसपटकको महाभियोगमा पार्टीगत विचार अत्यधिक हावी देखिएको छ । दुबै पार्टीका लगभग शतप्रतिशत सभासद आ–आफ्नो नेतृत्वप्रति सहमत छन् । जबकी सन् १९९८ मा विल क्लिन्टनमाथिको महाभियोगमा झन्डै डेढ दर्जन सभासद्ले फ्लोर क्रस गरेका थिए । त्यसबेला एक दर्जन रिपब्लिकन सभासदले महाभियोगका विपक्षमा मतदान गरेका थिए भने पाँच जना डेमोक्र्याट सभासदले क्लिन्टन महाभियोगलाई सदर गरेका थिए ।

    कालान्तरमा ती पाँचमध्ये तीन डेमोक्रेटिक सभासद रिपब्लिकन पार्टीमा छिरे । तर, अहिलेजस्तो तात्तातो निर्णय त्यसबेला भएको थिएन । अहिले बिषेशगरि रिपब्लिकन पार्टीमा ट्रम्पसँग असहमत हुनेले कि दल त्याग्नु पर्छ कि ‘आइडल’ बस्न तयार हुनु पर्छ । डेमोक्र्याटमा भने त्यो स्तरको दबाब र आक्रमण देखिएको छैन । तर, नेतृत्वबाट चर्को दबाब नभएपनि अत्यधिक विभाजित भइ सकेका कार्यकर्ताहरु पार्टी लाइनसँग असहमत नेतालाई स्विकार्ने पक्षमा देखिँदैनन् ।

    अहिले पनि मत सर्भेक्षणहरुमा ट्रम्पलाई महाभियोग लगाएर हटाउने पक्षमा बलियो समर्थन देखिन्छ । प्रो ट्रम्प भनेर चिनिने फक्स न्यूजको हालै प्रकाशित सर्भेक्षण अनुसार ५० प्रतिशत अमेरिकी ट्रम्पलाई महाभियोग लगाएर पदमुक्त गर्ने पक्षमा छन् । साथै महाभियोग लगाउने तर पदमुक्त नगर्ने पक्षमा भने थप चार प्रतिशत अमेरिकी रजिष्टर्ड भोटर्स रहेका छन् । त्यति हुँदा पनि सिनेटमा बहुमत रहेको रिपब्लिकन नेतृत्व जसरी पनि यो प्रकरणलाई तुहाउने पक्षमा छन् । सिनेट रिपब्लिकन नेता मिच म्याकोनेलले महाभियोग कसरी अघि बढाउने भन्ने बारे आफुले ह्वाइट हाउसका वकिलहरुसँग नितन्तर परामर्श गरि रहेको बताएका छन् । जसमाथि अनुसन्धान गर्नु पर्ने हो उसैसँग परामर्श गर्ने वित्तिकै सिनेटमा स्वतन्त्र सुनुवाई एवं बहसको संभावना नरहेको विश्लेषकहरुको मत छ ।

    यस्तै सिनेटको न्यायीक समितिका सभापति एवं ट्रम्पका कट्टर समर्थ लिन्जी ग्राहमले ‘आफुले मानसिकता तयार गरि सकेको र महाभियोगलाई जतिसक्दो चाँडो अन्त्य गर्नेमै आफ्नो ध्यान रहेको’ बयान दिएका छन् । हाउसबाट पारित भएको महाभियोग मुद्दालाई सिनेटमा अघि बढाउनु पर्ने प्रमुख दुई व्यक्ति नै ‘अभियुक्त’ बचाउमा ओर्लिनु उनीहरुले जनताका नाममा खाएको सपथकै उल्लंघन हुने डेमोक्र्याटहरुले आरोप लगाएका छन् ।

    सिनेट डेमोक्रेटिक नेता चक स्हुमरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रम्पका चिफ अफ स्टाफ मिक मुल्भेनी लगायतका साक्षीलाई बोलाएर बयान लिनु पर्ने बताएका छन् । रिपब्लिकन नेतृत्वले राम्रोसँग बहस हुन नदिइ महाभियोग मुद्दा ढिसमिस गरे सन् २०२० को चुनावमा डेमोक्र्याटहरुले त्यसलाई ठूलो मुद्दा बनाउनेछन् । हाउसले अभियोग लगाइसकेपछि त्यसमाथि गम्भिर अनुसन्धान नगर्नु संविधान र कानूनकै उल्लंघन हुने उनीहरुको मत रहँदै आएको छ ।

    सिनेटमा ट्रम्प महाभियोगका पक्षमा ६७ मत परेमा उनी पदमुक्त हुनेछन् । त्यसका लागि २० जना रिपब्लिकन सिनेटरले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । अहिले सिनेटमा ४७ डेमोक्रेटिक सिनेटर छन् । यदि २० जना रिपब्लिकन सिनेटरले फ्लोर क्रस गरेमा महाभियोग मार्फत पदमुक्त हुने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । अहिले उनी हाउसका न्यायीक समितिबाट महाभियोग लाग्ने चौथो राष्ट्रपतिको रुपमा दर्ज भइ सकेका छन् । उनी अघि एन्ड्रु जोन्सन, रिचर्ड निक्सन र विल क्लिन्टनलाई समितिबाट महाभियोग पारित भएको थियो । उनीहरुमध्ये निक्सनले फुल हाउसको मतदान अघिनै राजिनामा दिएर बाटो खाली गरि दिएका थिए । जोन्सन र क्लिन्टन बिरुद्धको महाभियोग फुल हाउसबाट पनि पारित भएको थियो । जोन्सन एक मतले सिनेटबाट महाभियोग लागेर पदमुक्त हुनबाट जोखिएका थिए । क्लिन्टनलाई पदमुक्त गर्ने पक्षमा भने ५०–५० मत भएको थियो ।

  • लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न

    लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न

    डिसेम्बर १४, न्यूयोर्क

    लायन्स क्लब ईन्टरनेशनल, क्वीन्स बुद्ध लायन्स क्लब डिस्ट्रिक्ट २० के १ ले स्कुल जाने ३ देखि १२ ग्रेड सम्मका बालबालिकालाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिवार साँझ सम्पन्न कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित रही बालबालिकालाई लक्षित गरी गरेको हो । सहभागीहरुले “Achieve Your Dreams & Aspirations” बिषयमा रही आआफ्नो भनाई राखेका थिए ।

    कार्यक्रमको हिरो सुशोभित खड्काले आफु कसरी Prep. For prep. Scholarship program मा छानिएको भन्ने बारेमा प्रकाश  पारेका थियो । उनले सहभागीले सोधेको विभिन्न प्रश्नको जवाफ दिनुका साथै शैक्षिक क्षेत्रमा उनीहरूलाई आवश्यक पर्ने ज्ञान, सिप र सफलता प्राप्त गर्न आवश्यक कुराहरु बारे अनुभव शेयर गरेका थिए ।

     

    कार्यक्रमको मुख्य उद्देश्य न्युयोर्कमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्दै गरेका विद्यार्थीहरूले आफ्नो सफलताको अनुभव र अभिभावकले कसरी आफ्ना बच्चाहरूले प्रगति गरिरहेका छन्, सो को बारेमा जानकारी आदान प्रदान गराई उत्प्रेरणा जगाउनु रहेको थियो ।

    अभिभावक राम खड्का र राजन कर्मचार्यले बिद्यार्थीहरूको शैक्षिकस्तर उकास्ने कार्यमा यस अन्तरक्रियावाट थप हौसला प्राप्त गर्नेछन् भन्ने विश्वास लिएको बताए । साथै आफ्ना सन्तानलाई कसरी आफुले सहयोग गरिराखेको छ र आफ्नो भुमिकाको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट जोन चेयरमेन Mrs. Yalib Weng र रिजनल चेयरमेन Leo Wang को प्रमुख अतिथ्यता थियो ।

    लायन्स क्लब अफ क्वीन्स काठमाडौंका चार्टर प्रेसिडेण्ट रुद्र पुनले कार्यक्रम हल उपलब्ध गराई सहयोग गरेको थियो भने कार्यक्रम संयोजक लायन बुद्ध पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो । बिक्की पुलामीले संचालन गरेको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ क्वीन्स बुद्धका प्रेसिडेण्ट अर्जुन गौडेलले गर्नु भएको थियो । यसैगरी सहसंयोजक दिपकराज घिमिरेले कार्यक्रममा सहजिकरण गरेका थिए  । लायन्स क्लब अफ क्वीन् नेपालिजका प्रेसिडेण्ट पुरुषोत्तम पन्थीले क्लबको कार्यबारे जानकारी गराएका थिए भने क्लबका चार्टर प्रेसिडेण्ट कृष्ण आचार्यले क्लबले शुरूदेखि नै रचानात्मक कार्यक्रम गर्दै आएको र त्यसलाई अझ व्यापकरूपमा गर्दै जाने जानकारी गराएको थियो । 

    कार्यक्रममा शुरूदेखि अन्त्यसम्म बस्ने धेरै अभिभावक र बिधार्थीहरूले फेरी फेरी पनि यस्तो कार्यक्रमहरु निरन्तर भई राख्नुपर्ने आवाज उठाएका थिए ।

  • संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

    संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

    न्यूयोर्क

    अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो ।

    समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग पक्ष र विपक्षमा पार्टी लाइन अनुसारको भोट परेको हो । समितीमा रहेका १७ जना नै रिपब्लिकन सांसदले महाभियोगको विपक्षमा मतदान गरे । पक्षमा २३ जनानै डेमोक्र्याट उभिए । महाभियोगको बुँदामा एब्युज अफ पावर (अधिकारको दुरुपयोग) र अब्सट्रक्सन अफ जष्टिस (न्यायीक प्रकृयामा अवरोध) रहेका छन् ।

    महाभियोग माथि अब संसदको फुल हाउसमा मतदान हुनेछ । त्यहाँ डेमोक्र्याटको प्रष्ट बहुमत रहेका कारण महाभियोग पारित हुने निश्चित प्राय छ । हाउसबाट पारित महाभियोग संसदको माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटले आर्टिकल अफ इम्पिचमेन्टका बुँदाहरु माथि थप बहस र अनुसन्धान गर्नेछ । अन्त्यमा दुई तिहाइ सिनेटरले महाभियोगको पक्षमा मतदान गरे ट्रम्प पदमुक्त हुनेछन् ।

    सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । २० जना रिपब्लिकन सिनेटरले डेमोक्र्याटको साथ महाभियोगको पक्षमा मतदान गर्दा मात्र ट्रम्प पदमुक्त हुनेछन् । यो सम्भावना भने देखिएको छैन । धेरैजसो रिपब्लिकन सिनेटरले अहिलेसम्म महाभियोगबारे मुख खोलेका छैनन् ।

    ट्रम्प  संसदको न्यायीक समितिबाट महाभियोग पारित हुने चौथो राष्ट्रपति हुन् । यसअघि एन्ड्रु जोन्सन , रिचार्ड निक्सन र विल क्लिन्टन माथिको महाभियोग समितिले पारित गरेको थियो । उनीहरुमध्ये निक्सनले फुल हाउसमा मतदान हुन अघिनै राजिनामा दिएर बाटो खालि गरि दिएका थिए । १७ औँ अमेरिकी राष्ट्रपति जोन्सन भने तल्लो सदनबाट महाभियोगमा परेका थिए । सिनेटमा भने एक मतले पदमुक्त हुनबाट जोगिए । क्लिन्टनलाई भने पार्टी लाइन अनुसारको भोट परेको थियो । हाउसबाट साधारण बहुमत साथ महाभियोगमा परेका उनी बिरुद्ध सिनेटमा दुईतिहाई मत पुग्न सकेन । त्यति मात्र होइन महाभियोग सुरु भएसँगै जनताको उनको लोकप्रियता एकाएक चुलिएको थियो । ह्वाइट हाउसकी कर्मचारी मोनिको लेवेन्स्कीसँग अनैतिक यौन सम्पर्क राखेको आरोपमा रिपब्लिकनहरुले उनलाई महाभियोग लगाएका थिए ।

    अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० सय मिलियन डलरको सैन्य सहायता ट्रम्पले एकाएक रोक्का गरिदिएका थिए । सहायता पाउन युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सार्वजनिक रुपमा पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धान सुरु गर्ने बताउनु पर्ने उनको सर्त थियो । यो तथ्य सतहमा आएसँगै व्यक्तिगत र राजनीतिक फाइदाका लागि राष्ट्रिय सुरक्षा र करदाताले तिरेको पैसामा खेलबाड गरेको आरोप सहित डेमोक्र्याटहरुले महाभियोग अनुसन्धान थालेका थिए । सन् २०२० को सम्भावित प्रतिश्पर्धामा बाइडेन ट्रम्प माथि हावी भएको सर्वेक्षणहरु सार्वजनिए भएपछि ट्रम्पले उक्त रणनीति अख्तियार गरेका थिए ।

    पुननिर्वाचन जित्न निक्सनले सन् १९७२ मा डेमोक्रेटिक पार्टीको हेडक्वार्टरमा गोप्य टेप राखेर कुराकानी रेकर्ड गरेका थिए । त्यसबाट उनले डेमोक्र्याटको रणनीति थाहा पाए र त्यही अनुसार तयारी गरेर चुनाव जिते । उनी पुननिर्वाचित भएसँगै वासिंटन पोष्टले उक्त घटना उजागर गर्न थाल्यो । अन्तत:  रिपब्लिकनहरुनै निक्सन हटाउन तयार भए । यसपाली भने ट्रम्पले सर्त राखेको पुष्टि हुँदा पनि रिपब्लिकन सभासदहरुले ट्रम्पको साथ छोड्न मानेका छैनन् । पार्टीभित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण उनीहरु नतमस्तक भएको विश्लेषकहरुको भनाइ छ ।

  • अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए

    अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए

    न्यूजर्सी । अमेरिकाको न्यु जर्सीमा फेरी अन्धाधुन्द चलेको गोलीकाण्डमा ६ जना मारिएका छन् । मारिनेमा १ जना प्रहरी अधिकृतसमेत रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् ।

    न्यूयोर्क टाइम्सका अनुसार ६ जनाको निधन भएको छ भने अन्य दुई जना प्रहरी घाइते छन् । दुई जना सुटर र प्रहरीबीच गोली हानाहान भएको हो ।

    जर्सी सीटीको कोशेर मार्केटमा भएको यो घण्टामा करीव घण्टा सुटर र प्रहरीबीच गोली हानहान भएको हो । प्रहरी अधिकृतहरुका अनुसार यसलाई आतंकवादी हमलाको रुपमा हेरिएको छ ।

    रेसिडेन्टल एरिया नजिकै एक पसललाट गोलीबारी भएको थियो । त्यहाँ दुई जना हतियारधारी लुकेका थिए । प्रहरीका अनुसार मारिएका प्रहरी अधिकृत ३९ वर्षीय जोसेफ सिल्स रहेका छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा कार्यरत थिए ।

    जोसेफले बन्दुकधारीलाई पक्रने कोसिस गर्दा उनीमाथि गोली चलेको थियो ।

    दुई जना व्यक्ति जोसेफको हत्यापछि ट्रकमा चढेर भागेको नजिकैको एक सुपरमार्केटमा छिरेर प्रहरीलाई फेरी गोली बर्साउन थालेका थिए ।

    त्यसक्रममा तीन सर्वसाधारणको ज्यान गएको छ । त्यसपछि प्रहरीले थप सुरक्षा बल बोलाएर उनीहरुलाई घेरा हाल्यो र दुबै आक्रमणकारी मारिएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    एजेन्सी

  • महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै

    महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै

    प्रभात भट्टराई /  अमेरिका
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् ।

    बिभिन्न चरणको संसदीय सुनुवाइ एवं अनुसन्धान पश्चात डेमोक्र्याटहरु आर्टिकल अफ इम्पिचमेन्ट तयारीको अवस्थामा पुगेका हुन् । सोमबारको संसदको न्यायीक समितिको सुनुवाईमा डेमोक्र्याट र रिपब्लिकनहरुले आ–आफ्ना अनुसन्धानका तर्क पेश गरेका थिए । डेमोक्र्याटहरुले सबै साक्षीहरुको बयान र अनुसन्धानले ट्रम्पले महाभियोग योग्य हर्कत गरेको तर्क गरेका थिए । रिपब्लिकनहरु भने राष्ट्रपति निर्दोष रहेको तर्कमा अडिग छन् ।

    सोमबारको पार्टीगत सुनुवाई अघि गत साता समितिले बिभिन्न विश्वविद्यालयका कानून प्राध्यापकहरुसँग परामर्श गरेको थियो । चार जना प्राध्यापकलाई बयानका लागि बोलाइएकोमा तीन जनाले ट्रम्पले महाभियोग लायक काम गरेको बताएका थिए । एक जनाले भने उनलाई महाभियोग लगाउन हतार गर्नुभन्दा थप अनुसन्धान गर्नु पर्ने सुझाव दिएका थिए ।

    तर, हाउस डेमोक्र्याटहरु महाभियोगका लागि यथेष्ट प्रमाण जुटि सकेको भन्दै महाभियोगकै निश्कर्षमा पुगेका हुन् । सन् २०२० को चुनावी सिजन नजिक आइ सकेका कारण पनि उनीहरुले थप समय लिने पक्षमा छैनन् । त्यस माथि आईतबार मात्र बिभिन्न विश्वविद्यालयका ५०० जना कानून प्राध्यापकहरुले वासिंटन पोष्टमा सामूहिक लेख लेख्दै ट्रम्पलाई उन्मुक्ति दिन नहुने तर्क गरेका छन् । कानूनविद्हरुको यस्तो समर्थनले डेमोक्र्याटहरुलाई थप बल समेत पुगेको छ ।

    आर्टिकल अफ इम्पिचमेन्ट ट्रम्पलाई कुन कुन आरोप लगाइने भन्ने प्रष्ट पारिएको छैन । तर, स्पेशल काउन्सिल बब मुलर अनुसन्धानको निचोड पनि समेटिने अनुमान अमेरिकी मिडियाहरुको छ । मंगलबार बिहान हाउसका बिभिन्न समिति अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दैछन् । त्यसमा ट्रमलाई लगाइने अभियोग पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

    हाउस रिपब्लिकनहरु ट्रम्प बचाउमा एकजुट देखिए पनि सिनेटमा महाभियोग कसरी अगाडि बढ्छ भन्ने कुनै प्रष्ट चित्र अहिलेसम्म देखिएको छैन । सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । त्यसैले उनीहरुले चाहेकै बाटोबाट अनुसन्धान अगाडि बढाउन सक्छन् । तर, धेरैजसो रिपब्लिकन सिनेटरले खुलेर ट्रम्पको बचाउ गरेका छैनन् । रिपब्लिकन पार्टी भित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण सिनेटरहरुले उनको विरोध नगर्ने तर महाभियोग माथि गोप्य मतदान भएको खण्डमा धेरैको मत पक्षमा पर्ने विश्लेषण समेत भइ रहेको छ ।

    ट्रम्पले सुरु देखि दावी गर्दै आएको ‘सन् २०१६ को चुनावमा रसिया नभइ युक्रेनको हस्तक्षेप’ भने सोमबार पुनः एक पटक गलत सावित भएको छ । सोमबार जष्टिस डिपार्टमेन्टका महानिर्देशकको सन् २०१६ मा रसियन संलग्नतामाथिको अनुसन्धान थालनीबारेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसमा उनले २०१६ को चुनावमा रसियन आक्रमण माथि एफबिआईले थालेको अनुसन्धान कुनै राजनीतिक आग्रह प्रेरित नरहेको र यथार्थतमा आधारित रहेको प्रष्ट पारेका छन् । ट्रम्पले सुरु देखिनै एफबिआईले आफु लक्षित अनुसन्धान गरेको र आफ्ना कुराकानीहरु रेकर्ड गर्न ट्रम्प टावरमा योग्य रेकर्डर जडान गरेको दावी गर्दै आएका थिए । उनको यो ‘कन्स्पिरेसी थ्यौरी’ कतैबाट पनि पुष्टि हुन सकेन । महानिर्देशकले आफ्नो रिपोर्टमा एफबिआईका अधिकारीहरुले काम गर्ने क्रममा भने केही त्रुटी गरेको औँल्याएका छन् ।

    रिपोर्ट सार्वजनिक भएपछि पत्रकाहरुसँग ट्रम्पले यो घटनाको आफुले सोचेभन्दा पनि दर्दनाक पटाक्षेप भएको दावी गरेका थिए । उनको दावीलाई समर्थन गर्ने आधार रिपोर्टमा नदेखिए पनि उनले आफ्नो ‘थ्यौरी’ भने नछाडेका हुन् । साथै उनले सन् २०१६ को चुनावमा युक्रेनले हस्तक्षेप गरेका दलिल पनि छोडेका छैनन् । हाउस रिपब्लिकनहरुको एक स्वर त ट्रम्पको साथमा छ नै केही सिनेटरहरुले पनि उनीसँग लोली मिलाएका छन् । टेक्सासका सिनेटर टेड क्रुजले गत सप्ताहन्तमा एक टेलिजिनलाई अन्तर्वार्ता दिँदै रसियासँगै युक्रेनले पनि सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको दावी गरेका थिए ।

    अमेरिकी खुफिया एजेन्सीहरुको चरणबद्ध अनुसन्धानले भने युक्रेनले निर्वाचनमा संस्थागत हस्तक्षेप गरेको कुनै पनि संकेत फेला पार्न सकेका छैनन् । मिडियाहरुका अनुसार रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनले नै ट्रम्पलाई २०१६ मा युक्रेन सम्लग्न थियो भनेर ‘कन्भिन्स’ गरेका थिए । ट्रम्पले उनैको कुरो पत्याएर गत जुलाईमा युक्रेनका नयाँ राष्ट्रपति भोलोडिमिर जेलेन्सीलाई सन् २०१६ को चुनावमा पूर्ववर्ती सरकारले हस्तक्षेप गरेकोबारे अनुसन्धान थाल्ने सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने माग राखेका थिए । साथै पूर्व उपराष्ट्रपति जो बाइडेन माथि पनि अनुसन्धानकोे घोषणा गर्नु पर्ने उनको माग थियो । यी माग पुरानहुन्जेल सम्मका लागि अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता उनले रोक्का गरि दिएका थिए । ट्रम्प प्रशासनकै कोही अधिकारीले यो तथ्य थाहा पाएर जासूसी संयन्त्रमा गोप्य रिपोर्ट (ह्विसेल ब्लो) गरेपछि ट्रम्प सहायता खुलाउन बाध्य भएका थिए । यो घटना सतहमा आएसँगै डेमोक्र्याटहरुले ट्रम्प माथि महाभियोग अनुसन्धान सुरु गरेका हुन् । उनी माथि व्यक्तिगत र राजनीतिक फाइदाका लागि सार्वजनिक स्रोत र राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको सबैभन्दा ठूलो आरोप रहेको छ ।

  • डाहालाग्दो इलिनोइको एकता

    डाहालाग्दो इलिनोइको एकता

    कल्पना घिमिरे
    स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन् । तर, कहिलेकाँही अनुमान ठ्याक्कै उल्टो हुने रहेछ । उनकी त कलेज पढ्ने छोरी छन् रे । मेहेन्दी रसमको दिन राती बिज्ञासंग दुरुस्तै अनुहार मिल्ने एउटी युवतीले दुलहीका सबै साथीहरुलाई मेहेन्दी लगाइदिदैं थिइन् । दीदी बहिनी होलान् भन्ने सोचें । तिनै बंशिका खड्का उनकी छोरी भन्ने थाहा पाउँदा एकछिन त म अवाक नै भएँ । अनि सोचे महिलाले यतिसम्म ‘बडी मेन्टेन’ कसरी गर्छन् ?


    इलिनोइ राज्यको नेपाली बस्तीबारे कुरा गर्दै गर्दा मैले किन उनको प्रसंग जोडे भन्ने लाग्ला । इलिनोइमा मैले अलिक नजिकबाट कुरा गरेकी उनै थिइन् । हुन त अरु थुप्रै नेपालीहरुसंग भेट भयो । संगै बसियो गफगाफ गरियो तर, इलिनोइको एकताबारेका केही कुरा बिज्ञाले बताएकी थिइन् । बिबाह, भोज भत्तेरमा पाहुना पासा फस्र्याउने देखि सबै बन्तोबस्ती मिलाउने काम आफ्नै सम्झेर गर्ने त्यहाँको चलन देख्दा हामी न्यूयोर्क बाट जानेलाई अलिक अनौठो नै लाग्यो ।


    न्यूयोर्कबाट ९११ माइल (झण्डै १५ सय किलोमिटर) दुरी बसमा यात्रा गरेपछि इलिनोइको राज्यको सेन्ट लुइस शहरको फेयरभ्यु हाइट्स भन्ने ठाउँमा पुगिने रहेछ । एउटा बिबाहमा सहभागी हुनका लागि अघिल्लो साता न्यूयोर्क देखि इलिनोइ राज्य सम्मको यात्रा गर्ने अवसर मिल्यो । १४ जनाको लामो दुरीको यात्रा, यात्राको गाना बजाना, खानपान, गफगाफ र रमाइलोलाई यहाँ जोड्न चाहान्न ।
    फेयरभ्यु हाइट्समा १२÷१५ घर परिवार मात्रै नेपाली रहेछन् । थोरै मात्रै नेपाली भएको बस्ती भएपनि उनीहरु बिचको एकता चै बलियो लाग्यो । बिज्ञाले भन्दै थिइन्, ‘सारो गाह्रो अफ्ठेरो जे सुकै परोस, एकजुट हुन्छौं । सुत्केरी हुँदा होस या बिवाह भोज भतेर वा कुनै पूजा आजाका कार्जे, सबै मिलेर फस्र्याउछौं ।’ परिवारमा कुनै दुःख् बिमार भयो । अस्पताल पु¥याउनु प¥यो भने आफ्नै परिवारको सदस्यलाई परेको अफ्ठेरो सम्झेर जसले समय निकाल्न सक्छ ऊ नै पहिले दौडिन्छ ।’

    सबै काममा जान्छन् ब्यस्त छन् । तर, बिहान बेलुका सघाएर भए पनि जे सुकै होस काम सम्पन्न गर्ने उनीहरुको चलन जस्तै रहेछ । ‘म सुत्केरी हुँदा एउटी छिमेकी बिहानै आएर सुत्केरीको खाना, ज्वानुको झोल पकाएर खान दिन्थिन् र दिउसोलाई पनि केही खानेकुरा राखिदिएर काममा जान्थिन्, अनि बेलुका काम सकेर अर्की छिमेकी आइपुग्थिन् र बेलुकाको लागि खाना तयार गरिदिन्थिन्’ उनी सुनाउँदै थिइन् ‘म पनि अहिले अरुलाई पर्दा त्यसरी नै सहयोग गर्छु ।’
    उनले हरेक वर्ष नव रात्रीमा पण्डित बोलाएर घरमा रुद्री पुजा लगाउने छिन् । ‘मेरा सबै साथीहरु आएर कसरी फस्र्याइदिन्छन् थाहा नै हुँदैन’ ढुक्कसंग कुराकानी गर्दै उनी भन्दै थिइन्, ‘हाम्रो गाउँको जस्तो मिलेमतो र एकता त कतै छैन होला । कुन दिन पत्रिकामा निस्कन बेर छैन ।’


    कसैकोमा सारो गाह्रो पर्दा आफ्नै सम्झेर गर्नु चाहिँ त्यहाको निकै राम्रो पक्ष लाग्यो । नेपालबाट आमा बुवा वा आफन्त आउँदा त्यो सोसाइटिमा जसको बिदा छ उसैले घुमाउन लाने गर्छन् रे । छोरा बुहारी काममा गए भनेर बाबु आमाले दिनभर घरमा एक्लै बिताउनु पर्ने रहेनछ । पालैपालो जस्ले भ्याउँछ उसैले घुमाउँछ । तेरा बा आमालाई घुमाउन लान्छु है भनेर सोधिरहनु नै पर्दैन रे । फलानोलाई यस्तो समस्या परेको छ रे भन्ने सुन्ने बित्तिकै सम्बन्धित ब्यक्तिले बोलाइरहनै पर्दैन आफै पुगेर सकेको सहयोग गर्ने चलन एकदमै राम्रो लाग्यो ।
    इलिनोइको अर्को राम्रो पक्ष लेख्न छुटाए भने अन्याय नै होला । त्यँहाका महिलाहरु निकै खुसी र सक्रिय लाग्यो । कुनैपनि कामको ब्यवस्थापन गर्नदेखि रमाइलो गर्नमा पनि निकै एक्टिभ थिए । अर्की प्रनिता शर्माले पार्टीको पुरै जिम्मा लिएकी थिइन् । कार्यक्रम सञ्चालन गर्नदेखि स्टेजमा पफरमेन्स सम्म प्रस्तुत गरेको देख्दा लाग्यो कसरी यस्तो जाँगर र उर्जा बटुल्ने ? हिन्दी गीत डोला रे डोला…मा उनी र उनकी साथीको पफरमेन्सले सबैको ध्यान केन्द्रित गरिदियो ।


    नाजगानमा त उनीहरु निकै अगाडि । ब्यस्त दैनिकीमा पनि कसरी समय मिलाएर प्राक्टिस गर्न पनि भ्याए ? प्रश्न सोध्न नपाउँदै बिज्ञाले जवाफ दिइहालिन्, ‘सोसाइटिमा केही कार्यक्रम हुने भयो भने हामी सबै नाच्छौं । जतिबेला समय मिल्छ उतिबेलै ल्यापटप खोलेर फेसटाइम गरेर डान्सको स्टेप प्राक्टिस गर्छौं । ता कि स्टेजमा पफरमेन्स गर्दा एउटै स्टेप हु बहु होस । घर घरमा भेला भएर प्राक्टिस गर्न त सम्भव नै छैन नि ।’
    त्यँहाका महिलाले आ–आफ्नो पफरमेन्स देखाउँदै थिए । कसैको सिङ्गल डान्स त कसैको कपल डान्स अनि ग्रुप डान्स । हेर्दा लाथ्यो उनीहरु प्रोफेसनल डान्सर हो ।
    त्यँहाका बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउनका लागि सकेसम्म कल्चरल प्रोगामहरुमा लाने रहेछन् । १५ घरपरिवार भित्रका बालबालिकाले आफन्तलाई फुपु, मामा, माइजु, काका काकी, दिदी भिनाजु जे पर्छ त्यही भनेर सम्बोधन गर्ने रहेछन् । ‘आफ्नो नेपाली साइनो नबिर्सिउन भनेर हामीले यस्तो सिकाएका हौं’ उनी सुनाउँदै थिइन् ।

  • बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

    बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । नेपाली बालबालिका माथि यौन शोषणको आरोपमा अमेरिकी नागरिक ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाउँदै बालबालिका माथि बाल शोषण गरेको आरोप प्रहरको छ ।

    नागरिक राहदानी नं. ५६७४७२५३५ बोकेका ४० वर्षीय ज्यासनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो ।

    उनलाई सिनामंगलस्थित एक गेष्ट आउसबाट प्रहरीले पक्रिएको हो । उनी बसेको कोठाबाट बालिकाको समेत उद्दार गरिएको छ ।

    उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीनसहित ल्यापटप, विभिन्न कम्पनीका मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड समेत बरामद गरेको छ ।

    ती नागरिकमाथि जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान थालेको छ ।

  • रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित

    रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित

    भर्जिनिया

    गिनिज बुक अफ वर्ल्ड रेकर्डको पाँच बिभिन्न स्पर्धामा आफ्नो नाम राख्ने नेपाली खेलाडी उज्ज्वल ठकुरी अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यका सिनेटर टिम केनले एक कार्यक्रममा ठकुरीलाई शनिवार डिसेम्बर ७ तारिखका दिन प्रमाणपत्र सहित सम्मान गरेको हो ।एनआरएनए अमेरिकाले गत निर्वाचनमा अमेरिका क्षेत्रबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा डिसी क्षेत्रमा आयोजित कार्यक्रममा खेलाडी उज्ज्वललाई उनको दक्षता, प्रतिभा र क्षमताको मुल्याङ्कन गरी सम्मान गरेको बताएका छन् । उनलाई प्रदान गरिएको सम्मानपत्र एनआरएन आईसिसीका तर्फबाट केन्दीय सचिव गौरी जोशीले बाचन गरी सुनाएका थिए । 

    उक्त अवसरमा सम्मानित ठकुरीले धन्यबाद व्यक्त गर्दै भने; “यो सम्मानित पत्र पाउँदा म धेरै खुसी भएको छु । नेपाल जस्तो सानो देशको खेलाडी अमेरिकाको

    सिनेटरबाट सम्मानित हुनु सिँगो नेपाल देशले सम्मान पाउनु बराबर हो । आजसम्म खेलाडी भएर दुख गरेको मुल्य पाएको छु ।

    सायद म नै पहिलो खेलाडी हो जस्तो लाग्छ जसको उपलब्धिको महत्व अमेरिकी समुदायका सिनेटरले सुने र सम्मान पत्र पठाए “। 

    उनले आफ्नो सफलतामा हमेसा साथ दिने जीवन संगिनी प्रियंका नेपालको ठुलो हात रहेको बताए । त्यसैगरी गुरु कृष्ण बहादुर बराल, गुरु प्रभु थापा, बानाको अध्यक्ष सुबोध पन्त र सम्पूर्ण बाना परिवारदेखि दमन बिक्रम शाह, रिचा शाह,  रबिन्द्र प्रताप सिंह तथा योगेन्द्र सिंह लगायतलाई विशेष धन्यबाद दिएका थिए ।

  • अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु

    अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकोलामा अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु भएको छ । पेन्सकोलास्थित जलसेनाको आधारस्थल (नेवल बेस) मै गोलि चलेको हो ।

    घटनामा शंकास्पद एक व्यक्तिसहित चारजनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको यो घटनापछि एफबिआई, एटिएफजस्ता सुरक्षा दस्ता परिचालन गरिएको छ ।

    आधारस्थलस्थित कक्षाकोठा रहेको भवनमा गोलीप्रहार भएको हो । सुरक्षाकर्मी घट्नास्थल पुग्दा आक्रमणकारी र सुरक्षाकर्मीबीच दोहोरो फायर भएको थियो ।

    एक जना शंकास्पद् व्यक्तिलाई सुरक्षाकर्मीले घाइते अवस्थामा भेटाएका थिए । पछि उनीसहित अन्य ४ जनालाई मृत घोषणा गरिएको छ । आक्रमणमा आठजना घाइते छन् । बाप्टिस्ट हस्पिटलमा उपचार भइरहेको छ ।

    घाइतेहरु सुरक्षा अधिकारी नै रहेको बताईको छ । पेन्सकोला आधारस्थलमा १६,००० सैन्य र ७,४०० सिभिल कर्मचारी रहेका छन् ।

    सीएनएनका अनुसार प्रहरी कारवाहीमा मारिएका आक्रमणकारी साउदी अरेवियाका नागरिक मोहम्मद अस्लामरानी रहेका छन् । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजासँग कुराकानीसमेत गरेको बताइएको छ ।

  • इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप

    इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप

    वासिंगटन । इरानमा पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनका क्रममा ७ हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

    त्यसमा पनि हजार जनालाई भने प्रहरीले हत्या गरिसकेको अमेरिकाले जनाएको छ । इरानका लागि अमेरिकका विशेष दूतले उक्त रिर्पोटिंग गरेका छन् । उनको यो दावि संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक भन्दा निकै धेरै हो ।

    शुक्रबार सार्वजनिक विवरण अनुसार पक्राउ परेका मध्ये केहीलाई तत्काल रिहा गरिएको थियो भने केहीलाई भने सुरक्षाकर्मीले मारेका छन् ।

    राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी कार्यालयको विज्ञप्ती अनुसार प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भिडियो रेकर्डसमेत भएका छन् ।

    एम्नेष्टी इन्टरनेशनलका अनुसार प्रदर्शनका दौरान २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । तर, अमेरिकाले भने इरानमा १ हजार भन्दा बढी सर्वसाधारणको हत्या भइसकेको जनाएको छ ।

  • भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा

    भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा

     

    न्युयोर्क      

    मानिसको जीवनमा कति बेला नसोचेको घटना घट्न पुग्छ थाहा हुँदैन । घर भित्र आरामसँग बसिरहेको समयमा शक्तिशाली  भुकम्प आएर घर नै गर्ल्याम् गुर्लुम्म् ढलेर मान्छेको मृत्‍यु भएको त सुनेको नै हो ।  बाटोमा हिड्दै गर्दा गाडी उछिट्टिएर आएर मान्छेलाई हानेर मारेको पनि सुनेकै हो । तर न्युयोर्कको ब्रुकलिनस्थित एक घरमा बुधबार राती कल्पना नै नगरेको घटना घटेको छ । ब्रुकलिनको फ्ल्याटबुस एभिन्युमा रहेको आफ्नो दुई तल्ला माथिको अपार्टेमेन्टको किचनमा खाना बनाई रहेको अवस्थामा बन्द गरेको झ्यालबाट गोली उडेर आई एक महिलाको छातीमा लाग्दा ति महिला घाईते हुन पुगेकी छिन् । घटना बुधबार राती ११ बजे घटेको थियो । गोली लागेपछि ५७ बर्षीय ती महिलालाई किङ्स काउन्टी हस्पिटल लगिएको थियो ।  

    स्वास्थ अवस्था स्थिर रहेकी ती घाईते महिलाका अनुसार आफ्नै अपार्टेमेन्टको किचनमा काम गर्दै गर्दा अकस्मात गोलीको आवाज सुनेपछि यसो भुँई तिर हेरेपछि मात्र आफुलाई गोली लागि सकेको थाहा पाएको उनले प्रहरी अधिकारीलाई बताएकी छिन् । घाईते महिला केही बर्षदेखि आफ्नो पतिको साथ उक्त अपार्टेमेन्टमा बसोबास गर्दै आएकी थिईन । प्रहरीका अनुसार ती घाईते महिला गोली प्रहार गरिएको लक्षित ब्यक्ती भने होईनन् । उक्त भवनको नजिकै पार्क गरेर राखिएको कारमा भने गोलीले प्वाल पारेको भेटिए पनि हालसम्म शंकास्पद कोही पनि पक्राउ परेको छैन ।

  • अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा

    अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको महाभियोग अनुसन्धान अब कार्यान्वयनमा जाने भएको छ । यससँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट ट्रम्पमाथि महभियोग लाग्ने निश्चित भएको हो ।

    विहीबार विहान पत्रकार सम्मेलन आयोजना गर्दै सभामुख न्यान्सी पेलोसीले महाभियोग प्रकृयालाई अन्तिम चरणमा प्रवेश गराउने घोषणा गरिन् । उनले संसदको न्यायीक (जुडिसियरी) समितिलाई ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका धाराहरु)’ तयार गर्न निर्देशन दिइकी छिन् । महाभियोग बारे सुरुमा संसदको इन्टिलिजेन्स कमिटीले अनुसन्धान गरेको थियो । कैयन् साक्षीहरुसँग वयान र अन्य स्रोतबाट अनुसन्धान सम्पन्न गरि कमिटीले न्यायीक समितिलाई प्रतिवेदन बुझाइ सकेको छ । त्यस अनुरुप समितिले बुधबार संवैधानिक कानूनका चार जना विज्ञलाई बोलाएर छलफल गरेको थियो ।

    पेलोसीको यो घोषणासँगै ट्रम्प तल्लो सदनबाट महाभियोगमा पर्ने तेस्रो राष्ट्रपतिमा दर्ज हुने निश्चित भएको छ । तल्लो सदनको साधारण बुहमतले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छ । डेमोक्र्याटको बहुमत रहेको सदनमा ५० प्रतिशत बढि सदस्य ट्रम्प महाभियोगका पक्षमा छन् । यसअघि तल्लो सदनबाट एन्ड्रु जोन्सन र बिल क्लिन्टन महाभियोगमा परेका थिए । तर, उनीहरु दुबै जना सिनेटबाट भने पदमुक्त भएनन् । तल्लो सदनमा महाभियोग अनुसन्धान चलेका रिचार्ड निक्सनले भने सदनको फुल हाउसमा मतदान हुनु अघिनै राजिनामा दिएका थिए ।

    ‘दुःख र संकोच त लागेको छ तर पुर्ण आत्मविश्वासका साथ म समिति अध्यक्षलाई आर्टिकल अफ इम्पिचमेन्ट तयार पार्न आग्रह गर्न चाहन्छु’ पत्रकारहरु समक्ष पेलोसीले भनिन् । एक पत्रकारले तपाईँ ट्रम्पलाई घृणा गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा पेलोसीले ‘आफुले कसैलाई पनि घृणा नगर्ने र यो महाभियोग संसदको संवैधानिक दायीत्व पुरा गर्न ल्याएको’ बताएकी थिइन् ।

    गत बर्ष सभामुख चुनिएपछि पेलोसीले पार्टी भित्रकै अनेक दवावका बिच पनि महाभियोग अघि बढाउन मानेकी थिइनन् । राजनीतिक कारणले राष्ट्रपतिलाई महाभियोग लगाउन नहुने उनको तर्क थियो । तर दुई महिना अघि युक्रेन प्रकरण बाहिरिए पछि भने उनले महाभियोग सुरु गर्ने निर्णय गरिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता चार महिना अघि अचानक रोकि दिएका थिए । उक्त सहायता लिन युक्रेनले डेमोक्रेटिक नेता एवं पूर्व उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धान सुरु गरेको सार्वजनिक वक्तव्य दिनु पर्ने ट्रम्पको माग थियो । साथै बाइडेनका छोरा संलग्न बरिस्मा कम्पनीलाई पनि अनुसन्धान गर्न उनको माग थियो । ट्रम्पले व्यक्तिगत फाइदाका लागि राष्ट्रिय सुरक्षा र सरकारी बजेटलाई दाउमा राखेको थाहा हुने वित्तिकै पेलोसीले महाभियोगका लागि तयार भएकी थिइन् ।

  • आखिर कसरी टुङ्गिएला महाभियोग ? पहिले माग्दै र पाएपछि छोड्दै रिपब्लिकनहरु

    आखिर कसरी टुङ्गिएला महाभियोग ? पहिले माग्दै र पाएपछि छोड्दै रिपब्लिकनहरु

    प्रभात भट्टराई / अमेरिका
    राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विरुद्धको महाभियोग अनुसन्धानमा संसदीय समिति समक्ष उपस्थित भएर बयान दिन अश्विकार गरेका छन् । संसदको न्यायीक समितिले बुधबार उनलाई स्वयं वा वकिल मार्फत वयान दिन बोलाएको थियो ।

    यस अघि सदनको इन्टिलिजेन्स कमिटीले गरेको अनुसन्धानमा आफुलाई वयानको मौका नदिएर एक पक्षिय आरोप लगाएको भन्दै ट्रम्पले विरोध जनाएका थिए । आफ्ना चुनावी सभाहरुमा नै महाभियोग अनुसन्धानलाई एक चटकको संज्ञा दिँदै आरोपीलाई प्रतिरक्षा गर्न नदिएको दावी गर्दै आएका थिए । इन्टिलिजेन्स किमिटीले बिभिन्न साक्षीहरुसँग वयान लिएर रिपोर्ट न्यायीक समितिमा पठाएपछि उक्त समितिले थप अनुसन्धान सुरु गर्न लागेको हो ।

    ट्रम्पले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता विना कुनै कारण रोकि दिएका थिए । त्यसको बदलामा उनले आफ्ना सम्भावित राजनीतिक प्रतिद्वन्दी जो बाइडेन माथि अनुसन्धान गर्न युक्रेनलाई उनले बिभिन्न च्यानल मार्फत दवाव दिएका थिए । साथै सन् २०१६ अमेरिकी को चुनावमा युक्रेनको पूर्ववर्ती सरकारको सम्भावित संलग्नता बारे पनि छानविन गर्न वर्तमान सरकारले सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने ट्रम्पको माग थियो । यी सबै घटनाले सन् २०२० को चुनावमा उनलाई फाइदा पुग्ने थिए । आफ्नो राजनीतिक र व्यक्तिगत फाइदाका लागि अमेरिकी करदाताले तिरेको बजेट दुरुपयोग गरेको भन्दै डेमोक्र्याटहरुले उनीमाथि महाभियोग प्रकृया अघि बढाएका हुन् ।

    ट्रम्पले केही दिन अघि ट्विट गर्दै संसदीय अनुसन्धानमा आफुले लिखित वयान दिन सक्ने वताएका थिए । तर, यस्तो दावी उनले तात्कालिन ‘ड्यामेजका कन्ट्रोल’का लागि मात्र अघि सारेको हुनसक्ने विश्लेषकहरुको भनाइ अहिले सही सावित भएको छ । यसअघि पनि उनले सन् २०१६ को चुनावमा रसियन हस्तक्षेपबारे विशेष काउन्सिलर रोवर्ट मुलर समक्ष मौखिक वयान दिन तयार रहेको ट्विट गरेका थिए । तर, त्यो दिन कहिल्यै आएन ।

    ट्रम्पको त्यही प्रवित्तिलाई विश्लेषण गर्दै राजनीतिक पण्डितहरुले उनी संसद समक्ष वयान दिन तयार नहुने बताएका थिए । ट्रम्प आफुमात्र होइन । अहिले सिंगो रिपब्लिकन पार्टी नै उनकै शैलीमा उत्रि सकेको छ । हाउस इन्टिलिजेन्स कमिटीले महाभियोग माथि गोप्य अनुसन्धान र साक्षीहरुलाई बन्द कोठामा वयान लिउन्जेल रिपब्लिकनहरुले पारदर्शिताको तीब्र वकालत गरेका थिए । तर, जब खुला सुनुवाइ एवं वहस सुरु भयो त्यसपछि पनि उनीहरुले अनुसन्धानलाई प्रकृया र साक्षीहरुमाथि तीब्र रोश प्रकट गर्न छोडेनन् ।

    अहिले आएर इन्टिलिजेन्स कमिटीको वयान सकिएसँगै रिपब्लिकनहरुले आफैँ १२३ पृष्ठको रिपोर्ट लेखेका छन् । जसमा ट्रम्प निर्दोष रहेको दावी गरिएको छ । रिपब्लिकन वृत्तमा ट्रम्पको लोकप्रियताका कारण हाउस र सिनेट रिपब्लिकनहरु उनको समर्थनमा नतमस्तक जस्तै बनेका छन् । इन्टिलिजेन्स कमिटीको साता लामो खुला वयानको अन्त्यमा टेक्सासका रिपब्लिकन हाउस अफ रिप्रिजेन्टेटिभ विल हर्डले ट्रम्पले गल्ती गरे पनि महाभियोगनै लगाउनु पर्ने अपराध नगरेको बताएका थिए । अरु कुनै पनि रिपब्लिकन सभासदले त्यति पनि भन्ने साहस गरेनन् । मोडरेट रिपब्लिकन र स्वैच्छिक अवकाश घोषणा गरि सकेको कारण हर्डले महभियोगकै पक्षमा मतदान गर्ने डेमोक्र्याटहरुको अपेक्षा थियो । तर, उनले आफु ट्रम्पलाई पदमुक्त गर्न तयार नहुने संकेत गरि सकेका छन् ।

    त्यसैले हाउसमा अन्तिम मतदान हुँदा ट्रम्पलाई पदमुक्त गर्ने पक्षमा कुनै पनि रिपब्लिकन सांसद तयार हुने संभावना देखिएको छैन । किनभने ट्रम्पलाई चुनौती दिएर आफु पार्टी राजनीतिमा टिक्न सक्ने साहस अहिले कुनै पनि रिपब्लिकनमा छैन । ट्रम्पप्रति केही आलोचक देखिएका जष्टिन अमासले चर्को आक्रमण खप्न नसकेर पार्टी त्यागेको घोषणा गरि सकेका छन् । सन् २०११ देखि रिपब्लिकन सभासद रहेका उनले २०१८ को निर्वाचन जितेपछि दल त्यागेका हुन् ।

    अहिलेसम्म कोही पनि रिपब्लिकन सिनेटरले ट्रम्पको विपक्षमा अभिव्यक्ति दिएका छैनन् । हाउसबाट महाभियोग प्रस्ताव पास भए सिनेटले अन्तिम निर्णय गर्नु पर्ने हुन्छ । ६७ जना सिनेटरमा भोट हालेमा राष्ट्रपति पदमुक्त हुन्छन् । तर, अहिलेसम्मको परिदृश्यमा त्यो संभावना देखिएको छैन । उल्टो रिपब्लिकन सिनेटरहरु सन् २०१६ को निर्वाचनमा रसियाले नभइ युक्रेनले आक्रमण गरेको ट्रम्प दावीलाई बचाउ गर्न थालेका छन् । यसको कतैबाट पनि प्रमाण मिलेको छैन । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले नै यो थ्योरी ट्रम्पलाई सिकाएको अमेरिकी मिडियाले जनाएका छन् ।

    यसमा कुनै प्रमाण नमिले पनि सन् २०२० को चुनावमा ट्रम्प यही दावी दोहोर्याएर चुनाव जित्ने दाउमा छन् । किनभने अहिले रिपब्लिकन कार्यकर्ताहरुले ट्रम्पले जे दावी गरे पनि पत्याउने अवस्थामा देखिएका छन । यतिसम्मकी केही समय अघि सार्वजनिक एक मत सर्भेक्षण अनुसार बहुमत रिपब्लिकनले ट्रम्पलाई अब्राहम लिंकनभन्दा पनि राम्रो राष्ट्रपतिको संज्ञा दिएका छन् । जबकी अमेरिकी इतिहासमै लिंकनलाई सर्बोत्कृष्टमध्येका राष्ट्रपतिको रुपमा लिइन्छ । रिपब्लिकनको बलियो ‘बेस’को रुपमा कलेज शिक्षा नलिएका स्वेत पुरुषहरु रहेका छन् । उनीहरु ट्रम्पले आफुलाई देवदूतकै रुपमा दावी गरे पनि पत्याउन तयार छन् ।

    यही कारण रिपब्लिकन भित्रबाट ट्रम्पप्रति बिद्रोह नभए सन् २०२० को चुनावमा त्यो प्रमुख मुद्दा हुनेछ । रिपब्लिकन भित्र असाध्यै लोकप्रिय रहे पनि आम अमेरिकीको नजरमा ट्रम्पप्रति विश्वास छैन । उनले राष्ट्रपतिको कार्यभार सम्हालेयता कुनै पनि विश्वासिला सर्भेक्षणमा उनले आफ्नो कामप्रति जनताको ५० प्रतिशत समर्थन पाउन सकेका छैनन् । आधुनिक राष्ट्रपतिय इतिहासमा यस्तो रेकर्ड हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

    रिपब्लिकन बहुल सिनेटमा महाभियोग पारित भए पनि नभए पनि तल्लो सदन हाउसबाट भने त्यो अब अघि बढ्ने सकेको छ । न्यायीक समितिले बयान दिन ट्रम्प नआउने भएपछि युक्रेन प्रकरणमा उनको हर्कत बारे विभिन्न विश्वविद्यालयका कानून प्राध्यापकहरुलाई बुधबार छलफलका लागि बोलाएको छ । उनीहरुले ट्रम्पले रोकेको युक्रेनी सहायताबारे कानूनी राय दिनेछन् ।

  • राष्ट्रपतिय होडबाट बाहिरिइन् सिनेटर ह्यारिस

    राष्ट्रपतिय होडबाट बाहिरिइन् सिनेटर ह्यारिस

    न्यूयोर्क

    क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस डेमोक्रेटिक राष्ट्रपतिय होडबाट बाहिरिएकी छिन् । डिसेम्बरको बहसका लागि छनौट भएकी ह्यारिसले मंगलबार ‘ड्रप आउट’को घोषणा गरेकी हुन ।

    आउँदा डिसेम्बर १९ मा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वारहरुबीच पाचौँ बहस हुँदैछ । अहिलेसम्म ह्यारिस सहित जो बाइडेन, बर्नी स्यान्डर्स, पिट बुट्टिजज, एमी क्लोबुचार, एलिजावेथ वारेन र टोम स्टेयर डिसेम्बर बहसका लागि छनौट भएका छन् । बसहमा स्थान बनाउन डिसेम्बर १२ सम्मको म्याद दिइएको छ । सिनेटर कोरी बुकर बहसमा स्थान बनाउन संघर्षरत छन् । सिनेटर कोरी बुकर बहसमा स्थान बनाउन संघर्षरत छन् ।

    बहसमा स्थान बनाउन डेमोक्रेटिक नेशनल कमिटीले मान्यता दिएका सर्भेक्षण मध्ये चार वटामा कम्तिम चार प्रतिशत या दुईवटामा कम्तिमा ६ प्रतिशत समर्थन पाउनु पर्ने हुन्छ । यस्तो सर्भेक्षण राष्ट्रिय स्तरमा या छिटो प्राइमरी निर्वाचन हुने राज्यमा गरिएको हुनु पर्ने पनि मापदण्ड रहेको छ । साथै कम्तिमा दुई लाख दाताबाट चन्दा पनि संकलन गरेको हुनुपर्छ ।

    ह्यारिसले भने यी मापदण्ड पुरा गरे पनि डिसेम्बर बहसमा भाग लिइ रहनुको औचित्य नदेखेर राष्ट्रपतिय होड छोड्ने निधो गरिन् । उनलाई गत बर्ष उम्मेद्वारी घोषणा गर्दा सिएनएन लगायत ठूला मिडियाहरुले २०२० को राष्ट्रपयित होडमा टिकट पाउने सूचीमा एक नम्बरमै राखेका थिए । त्यस अनुरुप सुरुवातमा उनले उच्च समर्थन पनि पाएकी थिइन् । तर, विस्तारै उनको समर्थन ओरालो लाग्यो । एक समय १५ प्रतिशत माथिको समर्थनमा रहेकी ह्यारिस अहिले साढे तीन प्रतिशत हाराहारीमा छन् । दुई साता अघि मात्र उम्मेद्वारी घोषणा गरेका न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमवर्गले समेत उनलाई उछिनेका छ् । त्यसैले डिसेम्बर बहसले आफ्नो करियरमा कुनै फाइदा नपुग्ने निचोड सहित ह्यारिस होडबाट बाहिरिइन् ।

  • आइसिसि उपाध्यक्ष लामालाई बधाई

    आइसिसि उपाध्यक्ष लामालाई बधाई

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसिसि)को नवौं महाधिबेशनमा अमेरिकाबाट केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित सोनाम लामालाई बधाइ तथा सम्मान गरियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए अमेरिका) न्यूयोर्क च्याप्टरले गत शनिबार एक बिशेष कार्यक्रम गरी लामालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
    आगामी डिसेम्बर ७ तारिकका दिन एनआरएनए अमेरिकाले एनआरएन आइसिसि निर्वाचनमा अमेरिका क्षेत्रबाट निर्वाचित सबै पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । तर, त्यस अघि नै डिसेम्बर ३ तारिकका दिन उपाध्यक्ष लामा नेपाल जाने कार्यक्रम रहेकाले न्यूयोर्क च्याप्टरले एक अन्तरक्रिया गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेको च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिए ।
    न्यूयोर्कमा बसोबास गर्दै आएका केन्द्रीय उपाध्यक्ष लामा संस्थाकै महत्वपुर्ण कामका लागि नेपाल जाने तयारी भइसकेकाले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरिएको हो । उपाध्यक्ष लामालाई सफल कार्यकालको शुभकामना सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
    गत अक्टोबरमा नेपालमा सम्पन्न एनआरएन आसिसिको निर्वाचनमा अमेरिकाबाट उपाध्यक्ष लामा सहित महिला उपाध्यक्ष रबिना थापा, सचिब गौरीराज जोशी साथै अमेरिकाज क्षेत्रको लागी क्षेत्रीय संयोजक राजन त्रिपाठी, सह–संयोजक राम सी पोख्रेल, यूवा संयोजक बिमला सापकोटा, महिला संयोजक उमा कार्की थापा लगायत निर्वाचित भएका थिए । कार्यक्रममा उपाध्यक्ष लामा सहित अनुपस्थित सबै निर्वाचित पदाधिकारीहरुप्रति शुभकामना ब्यक्त गरिएको थियो ।
    उपाध्यक्ष लामा धेरै जसो नेपालकै गोरखाको लाप्राक गाउँकै काममा ब्यस्त रहेकाले आइजाई गरिरहेको जानकारी दिएका थिए । अन्तरक्रियामा उपाध्यक्ष लामालाई सहभागीहरुले आफ्ना गुनासो सुनाएका थिए । एनआरएन आइडी कार्ड अहिलेसम्म आइसिसि बाटै बितरण गरिरहेको र त्यो त्यति प्रभावकारी नभएकाले एनआरएनए लाई वितरण गर्न दिदाँ प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए ।
    ‘एनआरएन आइडी कार्ड आइसिसिले बनाएर एनसिसिमा पठाउँथ्यो । महिला उपाध्यक्ष सपिला राजभण्डारी हुँदा ४०÷५० वटा कार्ड आयो । अरुमा फोटो अपलोड भएन, खै के–के मिलेन भनेर त्यतिकै रह्यो’ न्यूयोर्क च्याप्टर अध्यक्ष अधिकारीले भने, ‘नाम, मेम्बरसिप नम्बर र फोटो भए त्यति काम हामी आँफै पनि गर्न सक्छौं, हामीलाई गर्न देऊ भनेका हौं ।’
    सहभागीहरुले निर्वाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउन पनि सुझाब दिएका थिए । उपाध्यक्ष लामाले सहभागीहरु बाट आएका गुनासा र सुझावलाई आइसिसि सम्म पु¥याउने र कार्यान्वय गर्नका लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

    कार्यक्रममा नेपाली महाबाणिज्य दुताबासका कार्यकारी महाबाणिज्यदूत पुष्पराज भट्टराई, एनआरएनए अमेरिकाका उपाध्यक्ष बाबुराम लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मानबहादुर राना मगर, एनआरएनए अभियन्ता संजय थापा, भिजिट नेपाल २०२० का गुड विल एम्बासाडर छिरिङ्ग डोल्मा शेर्पा, युएनएका संथापक अध्यक्ष तथा ब्यवसायी टेक्ससका पासांग लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
    एनआरएनए अमेरिकाले आगामी डिसेम्बरमा तीन दिने कार्यक्रम गर्दैछ । बाल्टिमोरमा आयोजना गरिने उक्त कार्यक्रममा ६ तारिक भारतीय राजदूतावासलाई नेपाली भुमि मिचिएको सम्बन्धमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । ७ तारिकमा बिभिन्न एनसिसि, टाक्सफोर्स, च्याप्टरसंग फिजिकल मिटिङ, अमेरिकाज क्षेत्रबाट निर्वाचितलाई सम्मान गरिनेछ । र ८ तारिकमा बोर्ड मिटिङ लगायत बिभिन्न कार्यक्रम गरिने तय भएको छ ।

  • हङकङको प्रदर्शनमा अमेरिकी झण्डा फहरिएपछि…

    हङकङको प्रदर्शनमा अमेरिकी झण्डा फहरिएपछि…

    हङकङ । हङकङमा प्रो डेमोक्रेटिक आन्दोलन जारी छ । आन्दोलनका दौरान प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारावाजी गर्दै अमेरिकाको राष्ट्रिय झण्डा नै फहराइदिएका छन् ।

    प्रर्दशनीकारीले अमेरिकी राष्ट्रिय झण्डा बोक्दै धन्यवाद ट्रम्पको नारा लगाएपछि बेइजिंग भने विच्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता हङकङ आन्दोलनको विधेयकमा हस्ताक्षर गरेका थिए ।

    ट्रम्पको उक्त कदममा सहमति जनाउँदै प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारा लगाउँदै झण्डा प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति ट्रम्पको तस्बिर समेत बोकेका थिए ।

    हङकङमा अहिले स्वतन्त्रताको नारा अगाडी आएको छ । अमेरिकाले आफूहरुलाई स्वतन्त्र बनाएको उनीहरुको दावि छ । स्वतन्त्र हङकङका पक्षमा अमेरिकाको कदमप्रति चीनको भने आपत्ति रहेको छ ।

  • अमेरिकी सरकारी ऋणको बृद्धि रकेट गतिमा, ट्रम्पको बचन विपरित २३० खर्ब डलर नाघ्यो ऋण

    अमेरिकी सरकारी ऋणको बृद्धि रकेट गतिमा, ट्रम्पको बचन विपरित २३० खर्ब डलर नाघ्यो ऋण

    प्रभात भट्टराई/अमेरिका

    अमेरिकाको सरकारी कर्जा २३० खर्ब (ट्रिलियन) डलर माथि पुगेको छ । इतिहासमै पहिलो पटक सरकारी ऋणले यो उचाइ छोएको हो ।

    डोनाल्ड ट्रम्प राष्ट्रपति भएको तीन बर्षसम्म सरकारी कर्जा तीब्र गतिले बढेको हो । सन् २०१७ को जनवरीमा १९९ खर्ब डलर रहेको कर्जाले २०१८ को मार्चमा २१० खर्ब डलरको सीमा नाघि सकेको थियो । बाराक ओबामाको कार्यकालमा १०५ खर्ब डलरबाट बढ्न थालेको सरकारी ऋण १९९ खर्बसम्म पुगेको थियो । ओबामा राष्ट्रपति निर्वाचित हुँदा अमेरिका लगायत पश्चिमा अर्थतन्त्रमा गम्भीर आर्थिक संकट सुरु भएको थियो । त्यो संकटबाट पार पाउने क्रममा लगातार कर्जा बढ्न पुगेको थियो ।

    रिपब्लिकनहरुले ऋण बढेकोप्रति ओबामाको चर्को आलोचना गरेका थिए । ट्रम्पले ऋणलाई शुन्यमा झार्ने दावीका साथ देशभर क्याम्पेन गरेका थिए । सन् २०१६ मा वासिंटन पोष्टलाई एक अन्तर्वाता दिँदै उनले आठ बर्षे कार्यकालमा सरकारी ऋण शुन्यमा झार्ने दावी गरेका थिए । तर, त्यस्तो कुनै लक्षण देखिएको छैन । ह्वाइट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोउले गत जनवरीमा सिबिएस न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पको भनाइको मतलव ऋण शुन्यमा झार्ने नभएको बताएका थिए ।

    ‘म त्यसबेला थिइँन त्यसैले धेरै कुरा थाहा भएन तर प्रकाशित अन्तर्वार्ता हेर्दा भने उनले (राष्ट्रपति) त्यसो भने जस्तो लागेन, उनले भनेका छन्– मेरो बिचारमा उनले सरकारी ऋण थप बढ्न नदिने चाहिँ बताएका हुन् ।’

    नोभेम्बर १ मा सरकारी ऋण २३० खर्ब डलर पुगेको थियो । कुडलोउले ट्रम्प भनाइको तात्पर्य ऋण अन्त्य गर्ने नभइ बढ्न नदिने रहेको दावी गरेको १० महिनामै थप १० खर्बले कर्जा बृद्धि भएको हो । समग्रमा ट्रम्पले सत्ता सम्हालेयता सरकारी ऋण १६ प्रतिशतले उकालो लागि सकेको छ । ट्रम्पले अर्को बर्ष पहिलो कार्यकाल पुरा गर्दा उनको कुल बृद्धि ३० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । डेमोक्र्याट राष्ट्रपति हुँदा कर्जा बढ्यो भने चर्को विरोध गर्ने रिपब्लिकन सांसद एवं सिनेटरहरु अहिले मौन छन् । ट्रम्पले पनि आफुले कर्जा शुन्यमा झार्ने दावी दोहोर्याएका छैनन् । २३० खर्ब डलरमध्ये सर्वसाधारणबाट लिइएको ऋण १७० खर्ब डलर मात्र हो । यो कर्जा तिर्न सरकारसँग कुनै नाइनास्ती गर्ने छुट हुँदैन । त्यसैले सरकारी ऋणको कुरा गर्दा यो अंक धेरै महत्वपुर्ण हुन्छ । बाँकी छ खर्ब डलर कर्जा भने बिभिन्न सरकारी एजेन्सीहरुसँगै लिइएको हो । ‘२३० खर्ब डलर ऋण पुग्नुले हाम्रो अर्थतन्त्र र भावीपुस्ताप्रति चिन्ताजनक कोशेढुंगा दर्र्शाएको छ तर अझै पनि वासिंटनको नेतृत्वले चेत नदेखाउनु भने उदेकलाग्दो अवस्था हो’ परम्परागत अर्थनीतिमा विश्वास राख्ने पिटर जी पिटरर्सन फाउन्डेसनका प्रमुख कार्यकारी माइकल ए पिटर्सनले द हिलसँग भनेका छन् ।

    बढ्दो सरकारी ऋणले निजी क्षेत्रको ब्याजदर एवं कर्जाको लागतलाई महंगो बनाइदिन्छ । त्यसैले सरकारले अत्यधिक कर्जा लिनुलाई बजार पक्षधरहरुले पनि स्वस्थकर मान्दैनन् । जस्तो कि सन् २०१९ मा सरकारले कर्जाको ब्याजदर मात्र तीन खर्ब ७६ अर्ब डलर तिर्नु परेको थियो । यो रकम उक्त बर्षको अमेरिकी रक्षा बजेटको आधा हिस्सा बराबर हो । त्यस्तै शिक्षा, कृषि, यातायात एवं हाउजिङमा सरकारले उक्त रकम भन्दा कम खर्च गरेको थियो । सरकारी कर्जा बढाउन सामाजिक सुरक्षा, मेडिकेयर, गरिबी निवारण जस्ता अपरिहार्य कार्यक्रमले धेरै बल पुर्याएका छन् ।

    आगामी बर्षहरुमा सरकारी ऋणको बृद्धि झनै उच्च हुने अपेक्षा गरिएको छ । सन् २०१७ को रिपब्लिकन कर छुट सम्बन्धि कानुनले आगामी एक दशकमा १९ खर्ब डलरले आन्तरिक ऋण बढाउने अपेक्षा गरिएको छ । त्यस बाहेक दुबै दलको सहमतिमा भइ रहेको रक्षा र अन्य खर्चबृद्धिले यसलाई झनै बढावा दिनेछ ।

    रिपब्लिकनहरु सतहमा सरकारी ऋण बृद्धिको विरोधी देखिएपनि उक्त दलकै राष्ट्रपतिको पालामा कर्जा बृद्धि धेरै भएको छ । जर्ज डब्लु बुसको पालामा १०१ प्रतिशतले सरकारी कर्जा बृद्धि भएको थियो । यस्तै रोनाल्ड रेगनको पालामा १८६ प्रतिशतले ऋण बढेको थियो ।

    डेमोक्रेटिक राष्ट्रपति विल क्लिन्टनको पालामा भने सरकारी खाताको सन्तुलन तुलनात्मक रुपमा राम्रो रह्यो । सन् १९८० पछिका राष्ट्रपतिमा घाटाको बजेट नल्याउने क्लिन्टन मात्र हुन् । शीत युद्ध सम्पन्न हुँदै जाँदा उनले रक्षा बजेटमा कटौती गरे । नयाँ कर नीति मार्फत राज्यकोषमा राजश्वको सीमा पनि बृद्धि गरे । उनले सन् २००१ मा पद छोड्दा सामाजीक सुरक्षा कोष ३६ अर्ब डलरले धनात्मक थियो । उनको पालामा सरकारी ऋणको बृद्धिदर पनि कुल गार्हस्थ उत्पादनको बृद्धिदरभन्दा कम भयो । उनले पद छोड्दा कर्जा र कुल गार्हस्थ उत्पादनको अनुपात ६२ प्रतिशतबाट ५४ प्रतिशतमा झरेको थियो । अर्थात उनले पद सम्हाल्दा अमेरिकी कुल गार्हस्थ उत्पादनको ६२ प्रतिशत सरकारी ऋण थियो भने पद छोड्दा त्यो ५४ प्रतिशतमा झरेको थियो । उनले धनाड्यहरुको कर बृद्धि गरि ३९.६ प्रतिशत पुर्याएका थिए । अर्थतन्त्रलाई सबल ढंगले चलाएकै कारण अनेक विवादका वावजुत पनि उनको लोकप्रियता उच्च थियो ।

    अहिले अमेरिकाको सरकारी कर्जा कुल गार्हस्थ उत्पादनको तुलनामा १०० प्रतिशत माथि पुगि सकेको छ । धनी बर्गलाई कर छुट दिने रिपब्लिकन नीतिले यसमा थप बढावा दिँदै आएको छ । सन् २०२० को राष्ट्रपतिय निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका डेमोक्रेटिक नेताहरुले क्लिन्टनले जस्तै धनी वर्गलाई कर लगाएर अर्थतन्त्रलाई विस्तारै ट्र्याकमा ल्याउने दावी गर्दै आएका छन् ।
    (एजेन्सीहरुको सहयोगमा)

  • ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा दर्शकको घुँइचो

    ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा दर्शकको घुँइचो

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    थुप्रै कलाकारहरुको जमघट गराएर वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ सम्पन्न गरिएको छ । गत शनिबार राती होटल लगौडिया प्लाजामा गरिएको कार्यक्रममा नेपालबाट आएका ६ कलाकार, अमेरिकामैै बसोबास गरिरहेका थुप्रै कलाकार र नेपाली समुदायको बाक्लो उपस्थिति थियो । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बिशेष समारोहका बिच बिजेताहरुलाई अवार्ड वितरण गरिएको थियो ।
    कार्यक्रममा गीत/संगित क्षेत्रका बिभिन्न १८ बिधाका उत्कृष्ठ १८ जनालाई लाई प्रत्यक्ष अवार्ड वितरण गर्ने तयारी थियो । साथै कार्यक्रममा सहभागी गराउनका लागि १८ बिधाका पहिलो, दोश्रो र तेश्रो ३/३ जना गरी ५४ जनालाई अमेरिका ल्याउने योजना थियो । तर, अमेरिकी राजदुतावासले भिषा नदिएका कारण ४७ जना बिभिन्न क्षेत्रका कलाकार नेपालबाट आउन पाएनन् । कार्यक्रममा अमेरिकामै रहेका ५ जना र जापान र युरोप बाट आएका २ जना गरी ७ जना बिजेताले मात्रै प्रत्यक्ष अवार्ड लिन पाएका थिए । भने बाँकी ११ जनाले अवार्ड लिन पाएका थिएनन् । आयोजकका अनुसार अमेरिकी राजदुतावाससंग बिशेष अनुरोध गर्दा समेत यस कार्यक्रममा आउने अन्तिम तयारीमा रहेका ४७ जनाको भिषा अस्वीकार गरिएको थियो । ‘अवार्ड लिन नपाएका उत्कृष्ठ ११ कलाकारहरुलाई नेपालमै बिशेष कार्यक्रम गरी अवार्ड वितरण गरिनेछ’ कार्यक्रममा कन्भेनर राजकुमार बिष्टले भने, ‘बिशेष अनुरोध गर्दा समेत पछिल्लो तीन महिनासम्म कसैलाई पनि भिषा इस्यु गर्न नसक्ने बताएको थियो ।’
    अर्वाड कार्यक्रममा उत्कृष्ठ गीतकारको उपाधी एभरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रिनले पाएका छन् । पत्रकारिता संगै गीत÷संगीत क्षेत्रमा लाग्दै आएका पाख्रिनको ‘जिन्दगीको गोरेटो’ बोलको गीत दर्शक र श्रोताको मुल्याङकन र छनौटबाट उत्कृष्ठ तीन भित्र परेको थियो । राष्ट्रिय गीत अन्तरगत गायिका सत्यकला राईको ‘नसोध को तराइबासी’ बोलको गीत र चलचित्र तर्फ गायिका अन्जु पन्तको ‘भिजिट भिषाले’ बोलको गीत उत्कृष्ठ भएको थियो ।
    पप गीत तर्फ गायक प्रमोद पोखरेलको ‘फर्की आउछु’ र आधुनिक तर्फ गायिका यसोदा खालिङ राईको ‘मायामा’ ले उत्कृष्ठ स्थान पाएका थिए । आधुनिक गीत अन्तरगत सिडि विजय अधिकारी, लोक तथा सेलो तर्फ रेस्मा बम्जन, लोपउन्मुख तर्फ युवराज मगरको ‘मायाली’, म्युजिक एरेन्जर तर्फ पाविधन राईको ‘नौ लाख किराती, म्युजिक कम्पोजरमा सुनिल मास्केको ‘धनले होइन मनले’ लोक दोहोरीको पुरुष गायन तर्फ गायक सन्दीप न्यौपानेको ‘लालुमाई’ र लोकदोहोरीको महिला गायन तर्फ गायिका शर्मिला श्रेष्ठको ‘पुजा नगर मलाई’ ले बिजेताको अवार्ड पाएका थिए ।
    आधुनिक तथा पप गीतको महिला मोडल तर्फ रितु तामाङको ‘म त यस्तै’, आधुनिक तथा पप गीतको पुरुष मोडल तर्फ सरज गराचको ‘किन पल पल’, म्युजिक भिडियो निर्देशन तर्फ सौरव न्यौपानेको ‘तिम्रो रुपले’, लोक दोहोरी गीतको पुरुष मोडल तर्फ लोमेस शर्माको ‘मायाको झण्डा फरार’ र लोक दोहोरी गीतको महिला मोडल तर्फ अन्जु निरौलाको ‘ मायाको झण्डा फरार’ ले अवार्ड पाएका थिए ।
    ‘नेपाली संगितलाई संरक्षण गरौं । अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरौं ।।’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की, बिशेष अतिथि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई, धर्म गुरु रिम्पोचे छेस्याल रिम्पोचेको पनि बिशेष उपस्थिति थियो ।
    कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट नायिका केकी अधिकारी, गायिका सत्यकला राई, गायिका अन्जु पन्त, पार्वती राई, यम बराल, मिङमा शेर्पा, शिव परियार नेपालबाट आएका थिए । कार्यक्रममा चर्चित कलाकारहरु सत्यकला राई, अन्जु पन्त, यम बराल, शिव परियार, मिङमा शेर्पा, केकी अधिकारी आदीले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

    व्यवस्थापन फितलो
    कार्यक्रमलाई भब्य र सब्य बनाउने भन्दै आयोजक पक्षले ६ महिनादेखि तयारी गरेपनि दर्शकहरुले उभिने ठाउँसमेत नपाएको गुनासो गरेका छन् । ४० अमेरिकी डलर शुल्क तिरेर टिकट काटेका कतिपय दर्शकले खचाखच भिडले गर्दा स्टेजमा कालाकारको प्रस्तुती नै देख्न पाएनन् । ‘२ बजे राती सम्म भोकभोकै उभिनु प¥यो, न त खानेकुराको ब्यवस्था थियो न त बस्ने ठाउँको नै’ कार्यक्रममा सहभागी भएर फर्किएकी एक युवतीले भनिन् । यस्तो भब्य भनिएको कार्यक्रमको ब्यवस्थापन राम्रो नभएकोमा कतिपयले सामाजिक सञ्जाल मार्फत पनि गुनासो गरेका छन् । खुसी राईले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन् ‘ बेहोस पछि होसमा आउँदा क्या दामी भो…भन्दै गीत गाउन लगाएर दर्शकलाई मध्ये रातको २ बजेसम्म भोकै राख्न त अन्याय भएन र ?’
    आयोजकले अनुमान गरेको भन्दा बढी दर्शक आएकाले हल खचाखच भएको कन्भेनर बिष्टले स्वीकारे । ‘१ हजार भन्दा बढीको सहभागीता भयो हलमा मान्छे अटेन’ उनले भने, ‘टिकट काटेर कार्यक्रम हेर्न छिरेको मान्छेले होटलबाट आँफै अर्डर गरेर खान सक्थ्यो । त्यो टिकट कार्यक्रम हेर्नका लागि मात्रै थियो । खानाको ब्यवस्था थिएन । होटलमा बाहिरबाट खाना लान नमिल्ने भएकाले हामीले राम्रो ब्यवस्था गर्न सकेनौं । १२० भोलिन्टियर साथीहरु र अन्य केहीका लागि काठमाडौं फ्युजन रेस्टुरेन्ट बाट २/३ सय जना जतिलाई खाना ल्याइएको थियो । एउटा कोठा लिएर खाना खाने ब्यवस्था गरेका थियौं । त्यो पनि कोठा सानो मान्छेको चापले गर्दा अस्तब्यस्त नै भयो ।’

  • महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना

    महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना

    अमेरिका
    राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा सुरु भएको महाभियोगमा नयाँ नयाँ सूचना छरिन थालेका छन् । साक्षीहरुसँग खुला बयान सुरु भएसँगै नयाँ सूचना सार्वजनिक हुने क्रम बढेको हो ।

    अहिलेसम्म रिपब्लिकन सभासदहरुले ट्रम्प बचाउको आफ्ना पुराना तर्कहरु छोडेका छैनन् । तर, नयाँ प्रमाण र सूचनाहरुले पार्टीभित्र तरंग सिर्जना गर्न थालेको समाचार अमेरिकी मिडियाहरुले ब्रेक गर्दै आएका छन् ।

    एक महिना बढिसम्मको गोप्य बयान र सुनुवाई पश्चात गत साता खुला बयान सुरु भएको हो । पहिलो चरणमा तीन जनाले बयान दिएका छन् । युक्रेन स्थित अमेरिकी राजदूताबासका प्रमुख विलियम टेलर, स्टेट डिपार्टमेन्टका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्ट एवं युक्रेनका लागि पूर्व राजदूत मारिया योभानोभिचको खुला बयान गत साता भएको हो । उनीहरुले तीनै जनाले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको सुरक्षा सहायता प्रशासनले रोक्नु गलत कदम भएको बताए । साथै उक्त प्रकरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नताबारे पनि आफुले जानेको सूचना उनीहरुले अमेरिकी जनतासमक्ष प्रष्ट पारिदिएका छन् ।

    यो साता मंगलबार दुई सत्रमा गरि चार जना अधिकारीहरुको खुला बयान सकिएकौ छ । मंगलबार बिहान लेफ्टिनेन्ट कर्णेल एलेक्जेन्दर भिन्डमान र उपराष्ट्रपति कार्यालयकी वैदेशीक सेवा सहकर्मी जेनिफर विलियम्सको बयान भएकाे हाे । भिन्डमानले राष्ट्रपति ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँगको गत जुलाई २५ को फोनकल प्रत्यक्ष सुनेका थिए । ह्वाइट हाउसले सार्वजनिक गरेको फोनवार्ताको ‘स्क्रिप्ट’ यथार्थपरक नरहेको समेत उनकाे भनाइ छ । उनीसँगै बयानमा सहभागी भएकी विलियम्सले पनि जुलाई २५ को फोनवार्ता सुनेकी थिइन् ।

    मंगलबार दिउँसो भने रिपब्लिकनको चाहना बमोजिमको बयान भयो । तर, त्यस अनुरुप रिपब्लिकनलाई एकपक्षिय सहयाेग पुग्ने गरि भने उक्त बयान हुन सकेन । बयानका लागि युक्रेनका लागि पूर्व विशेष दूत कर्ट भोल्कर र पूर्व रसिया विज्ञ टिम मोरिसनलाई निम्त्याइएको हो । उनीहरुले दुबै जनाले ट्रम्पले युक्रेनका लागि दिन लागेको सहायता रोक्नु आफुहरुका लागि स्वाभाविक कदम नभएकाे बताएका छन् । साथै ट्रम्पले विदैशीसँग आफ्ना राजनीतिक प्रतिश्पर्धी माथि अनुसन्धानकाे माग राख्नु पनि गलत रहेको उनीहरुको भनाइ थियो ।

    बुधबार बिहान भने युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सोन्डल्याण्डको बयान हुनेछ । उनले गोप्य बयानमा ट्रम्पले युक्रेन प्रकरणमा कुनै दवाव दिएको आफुलाई सम्झना नभएको बताएका थिए । तर, पछि लिखित विवरण पठाउँदै वयान सच्याएका थिए । ट्रम्पकै इसारामा युक्रेनको सैन्य सहायता रोकिएको प्रसंग आफुलाई ‘सम्झना’ भएको भन्दै उनले आफ्नो बयान सच्याएका थिए । त्यती हुँदा पनि उनको भनाइ अझै केही साक्षीहरुसँग बाझिएको छ । त्यसैले बुधबार थप सच्याउने हुन् या कानूनी अफ्ठ्यारो झेल्ने हुन् भन्नेबारे मिडिया पण्डितहरुको बहस चलि रहेको छ । सोन्डल्याण्डले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर चन्दा दिएका थिए । त्यही कारण उनलाई ट्रम्पले राजदूत नियुक्त गरेका थिए ।

    बुधबार दिउँसो भने अमेरिकी रक्षा विभागका एसिस्टेन्ट सेक्रेटरी लाउरा कुपर र स्टेट डिपार्टमेन्टका अन्डर सेक्रेटरी डेभिड हलको बयान हुनेछ । यस्तै अहिलेसम्म विहिबारका लागि नेशनल सेक्युरिटी काउन्सिलका टप रसियन विज्ञ फिओना हिल र स्टेट डिपार्टमेन्टका सहकर्मी डेभिड होल्मेसको बयान तर्जुमा गरिएको छ ।

    ट्रम्पको निर्देशनमा अमेरिकाले युक्रेन लाई दिने झन्डै चार सय मिलियन डलरको सैन्य सहायता रोकिएको थियो । ट्रम्पले युक्रेनबाट पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन माथिको छानविन अपेक्षा गरेको र त्यो नहुन्जेल सहायता रोकेको सूचनाका आधारमा महाभियोग प्रकृया सुरु भएको थियो । उक्त आरोप अहिले क्रमशः पुष्टि हुने चरणमा छ । यो साताको बयानमा थप सूचना छताछुल्ल हुने अपेक्षा गरिएको छ ।

    यसैबीच सभामुख न्यान्सी पिलोसीले ट्रम्पले महाभियोग प्रकृयामा आफ्नो भनाइ राख्न चाहे लिखित बयान दिन सक्ने बताएकी छिन् । ट्रम्पले जवाफमा आफु त्यसरी बयान दिन तयार रहेको भन्दै ट्विट गरेका छन् । हाउसमा सुरु भएको महाभियोग प्रकृया नै गैर कानूनी रहेको र त्यसलाई वैधानिकता नदिन आफुले ह्वाइट हाउसका अधिकारीलाई बयान दिनबाट रोकेको बताउने ट्रम्प आफुँ चाहिँ किन लिखित जवाफ दिन मन्जुर छन् भन्ने तथ्य पनि खुलेको छैन ।

    यसैबीच महाभियोग सम्बन्धि सर्भेक्षणमा ट्रम्पले गल्ती गरेको बताउने अमेरिकी नागरिकको संख्या पनि बढेको छ । सोमबार सार्वजनिक भएको एबिसी टेलिभिजनको सर्भेक्षण अनुसार ७० प्रतिशत अमेरिकीले आफ्ना राजनीतिक प्रतिद्वन्दीलाई विदेशी गुहारेर विवादित बनाउन खोज्नु ट्रम्पको गल्ती रहेको बताएका हुन् । साथै सर्भेक्षणमा सहभागि ५१ प्रतिशतले ट्रम्पलाई महाभियोग मार्फत वर्खास्त गर्नु पर्ने बताएका छन् ।

  • नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

    नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

    कल्पना घिमिरे
    न्युयोर्क/अमेरिका
    नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन अमेरिकाको न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने भएको छ । न्युयोर्कस्थित नेपाली महाबाणिज्य दुतावासले आइतबार नेपाली समुदायसंग छलफल गर्दै आगामी दिनमा गरिने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो ।
    सन् २०२० को मे महिनामा १५ र १६ गते न्युयोर्कमा पर्यटकीय र सांस्कृतिक कार्यक्रम गर्ने तय भएको छ । हिन्दु (भारतीय) र बौद्ध धर्मावलम्बीलाई तार्गेट गरेर १५ र १६ मा फ्लसिङको गणेश मन्दिरमा गरिने ‘कल्चरल समिट’मा नेपालको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, मिथिला आर्ट, लगायतको महत्वबारे जानकारी गराइनेछ । र, सबै समुदायको सहभागितामा भ्रमण वर्षको प्रचारप्रसारलाई तिब्र बनाइनेछ । साथै नेपाली भाषा, कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमहरु गरिनेछ ।
    नेपाल भ्रमण वर्षलाई सफल बनाउन न्यूयोर्कमा सञ्चालित संघसंस्थाहरुले के कस्तो भुमिका खेल्न सक्छन् भन्नेबारे पनि छलफल गरिएको थियो । महाबाणिज्यदूत पुष्पराज भट्टराईका अनुसार सहभागीहरुले बिभिन्न सुझाबहरु दिएको बताए ।
    विश्वकै पुरानो शहर न्युयोर्कमा विश्वभरबाट आएका आप्रवासीहरुलाई नेपाली मौलिक सांस्कृतिक सम्पदा तथा नेपालमा रहेका विभिन्न धार्मिक पर्यटकीय सम्पदाको जानकारी गराउन सके ‘भिजिट नेपाल २०२०’ लाई महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो ।
    ‘न्यूयोर्क टाइम्स’ले हरेक वर्ष आयोजना गर्ने ‘न्यूयोर्क टाइम्स ट्राभल सो’ मा नेपालको सहभागीता रहने पनि उनले जानकारी दिए । एसिया अन्तरगत राखिने स्टलमा आगामी जनवरी २४ देखि २६ सम्म नेपालबाटै आएका ब्यबसायीहरुले आफ्ना सामानको प्रदर्शनी, बिक्री वितरण र प्रचारप्रसार गर्नेछन् । त्यसै कार्यक्रमलाई तार्गेट गरेर थुप्रै टुरिज्म ब्यवसायीहरु नेपालबाट आउने तयारी भइरहेको छ । नेपाल टुरिज्म बोर्डले उपलब्ध गराएका भ्रमण वर्ष २०२० का प्रचारप्रसारका सामाग्रीहरु सहित १२ जना ब्यवसायीले स्टल राख्ने भएका छन् ।

    उनका अनुसार न्यूयोर्क शहरको बिभिन्न ठाँउहरुमा ठूल्ठूला होडिङ बोर्ड राख्नको लागि प्रयास भइरहेको छ । ‘यहाँका मुख्य अखबार र टेलिभिजन च्यानलहरुमा पनि बिज्ञापन दिने तयारी गरिरहेका छौं’ महाबाणिज्यदूत भट्टराईले भने ।
    कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले नेपालको पर्यटन विकास लाई प्रभावकारी र दिगो बनाउन नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती र त्यहाँको अध्यागमन सेवालाई चुस्त र दुरुस्त बनाउन सुझाव दिएका थिए । बाह्य पर्यटकका लागि मात्र होइन बिदेशमा बसोबास गरिरहेका नेपालीलाई नै नेपाल भ्रमण वर्ष २०२० मा आफ्नो मुलुकको भ्रमण गर्न प्रोत्साहन गर्नुपर्ने लगायत सहभागीको सुझाव थियो ।
    भ्रमण बर्षको मोवाइल एप्स तथा सामाजिक सञ्जालबाटपनि प्रचारप्रसारलाई तिब्र बनाउन सकिने सुझाएका थिए । र, इमेल र इन्टरनेटबाट प्रसारप्रचारलाई चुस्त दुरुस्त बनाउन सकिने बताइएको थियो ।
    पछिल्लो समय नेपाली महाबाणिज्यदूतावासले पनि भिजिट नेपाल २०२० को प्रसारप्रचारमा सक्रियता बढाएको उनले बताए । ‘भर्खरै कनेक्टिकटमा भएको पार्क रोड परेडमा भाग लिएर फर्कियौं । स्थानीय स्तरमा नेपाल भ्रमण बर्ष बारेका पर्चा, पम्प्लेटहरु बितरण ग¥यौं, स्थानीय जनप्रतिनिधिहरुसंग यसबारे कुराकानी ग¥यौं । केही समय अघि टाइम्स स्क्वायरको मुख्य चोकमा भिजिट नेपाल २०२० को ब्यानर लिएर भेला भएका थियौं’ महाबाणिज्यदूत भट्टराईले भने ।
    कार्यक्रममा एनआरएनएका उपाध्यक्ष सोनाम लामा, निवर्तमान पर्यटनदूत प्रदिप श्रेष्ठ, नेपाल आदीवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष मानबहादुर रानामगर नेपाल तरुण दल अमेरिकाका कार्यवाहक अध्यक्ष अनन्त सुवेदी, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

  • अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्‍यु ६ घाईते

    अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्‍यु ६ घाईते

    क्यालिफोर्निया

    अमेरिकाको क्यालिफोर्नियामा फेरी मास सुटिङ्को दु:खद घटना घटेको छ । क्यालिफोर्नियास्थित एक प्राईभेट घर पछाडि करेसामा आयोजित पार्टिमा आईतबार साँझ   गोली चल्दा ४ जनाको मृत्‍यु भएको छ भने ६ जना घाईते भएका छन् । क्यालिफोर्नियाको दक्षिण पुर्बी शहर फ्रेस्नोस्थित घरको करेसामा ३५ जना एसियन मुलका मानिस भेला भएर पार्टी गर्दै फुटबल हेरिरहेका थिए । पार्टिमा सहभागी सबै २५ देखि ३५ उमेर समुहका थिए । पार्टी चल्दै गर्दा अकस्मात एक जना सन्धिग्द ब्यक्ती पार्टी भएको ठाउँमा प्रबेश गरेर र अन्धाधुन्द गोली चलाएको पार्टीमा सहभागी एकले संचार  माध्यमलाई बताएका छन् । पार्टिमा गोली चलेको खबर प्रहरीले ९११ मार्फत ६ बजे प्राप्त गरेको जनाएको छ । गोली प्रहार गर्ने ब्यक्तीको हालसम्म पहिचान खुलेको छैन ।  

    तीन जनाको घटनास्थलमा मृत्‍यु भएको थियो भने घाईते सातलाई उपचारको लागि रिजनल मेडिकल सेन्टरमा लगिएको थियो । घाईते  मध्ये एकको अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको थियो भने अन्य ६ जनाको स्वास्थ्य अवस्था स्थिर रहेको पनि प्रहरी अधिकारिले जनाएका छन । घटनाको बारेमा घटनास्थल संगैका छिमेकीका अनुसार थुप्रै पटक त्यस क्षेत्रमा गोली चलेको आवाज सुनिएको थियो ।  

    प्रहरीले त्यस क्षेत्रका हरेक घर भित्र प्रबेश गरी सन्धिग्द अपराधीको खोजी गरिरहेको जनाएको छ ।  

    क्यालिफोर्नियामा गत हप्ता दुई वटा बिद्यालयमा विद्यार्थीले गोली चलाऊँदा २ जना विद्यार्थीको मृत्‍यु भएको थियो भने केही घाईते भएका थिए ।

  • राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी

    राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी

    न्यूयोर्क

    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा महाभियोगको सामना गरि रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को गम्भिर राजनीतिक धक्का ब्यहोर्नु परेको छ । ट्रम्पको अथक प्रयासका बावजुत रिपब्लिकन बहुल (रेड स्टेट) राज्य लुइजियानाको गभर्नरमा डेमोक्र्याट उम्मेद्वारको जितले उनको अर्को बर्ष पुननिर्वाचित हुने सपना माथि प्रश्न चिन्ह थपि दिएको हो ।

    लुइजियानामा शनिबार गभर्नरको चुनाव भएको हो । रेशमा बहालवाला डेमोक्रेटिक गभर्नर जोन बेल इडवार्ड र रिपब्लिकन व्यवसायी एड्डी रेस्पोन थिए । ट्रम्पले रेस्पोनलाई जिताउन पछिल्ला १० दिनको अन्तरालमा लुइजियानामा दुई चुनावी सभा गरेका थिए भने दर्जनौँ ट्विट मार्फत भोट माग्दै आएका थिए । लुइजियानाको नतिजाले आफु विरुद्धको महाभियोग प्रकृयालाई प्रभावित पार्ने भएको कारण जसरीपनि रिपब्लिकन उम्मेद्वारलाई जिताउन उनको अपिल थियो । तर, मतदाताले डेमोक्रेटिक उम्मेद्वारलाई बिजयी बनाएर एक किसिमले महाभियोग प्रकृयाप्रति समर्थन जनाएका छन् ।

    लुइजियाना रिपब्लिकनका लागि अत्यन्त सहज राज्य मानिन्छ । सन् २०१६ को निर्वाचनमा ट्रम्पले लुइजियानामा हिलारी क्लिन्टन भन्दा २० प्रतिशत मतले अग्रता लिंदै  आठ इलेक्टोरल कलेज मत पाएका थिए । सोही कारण पनि लुइजियानाको गभर्नर चुनावलाई ट्रम्पले आफ्नो प्रतिष्ठाकै बिषय बनाएको थिए । दुई साता अघि भएको निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले अर्को सहज राज्य केन्टकीको गभर्नर गुमाएको थियो । त्यहीबेला देखि दवावमा परेका ट्रम्पले लुइजियाना जसरी पनि जित्ने रणनीति बनाएका थिए ।

    शनिबारको निर्वाचमा एड्वार्डले ५१ दशमलव ३ प्रतिशत मत पाए । रिस्पोनले ४८ दशमलव ७ प्रतिशत मत पाए । उनीहरुको मतान्तर ४० हजार मतको रहेको छ । चार दशक पछि पहिलो पटक लुइजियाना गभर्नरमा डेमोक्रेटिक उम्मेद्वार पुनर्निर्वाचित भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

  • न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला

    न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला

    न्युयोर्क

    झण्डै ९० लाख मानिसको बासस्थान न्युयोर्क  शहर बिभिन्न कारणले संसारभरका मानिसका लागि सपनाको शहर हो । त्यति मात्र होईन, न्युयोर्क त्यस्तो शहर हो जुन शहरमा बसोबास गर्ने र घुम्ने ईच्छा   अमेरिका कै अन्य राज्यमा बसोबास गर्नेहरुका लागि पनि तिब्र हुने गर्दछ । झण्डै ४ सय बर्ष पुरानो न्युयोर्क शहरमा हरेक दिन केही न केही नयाँ पूर्वधार बनी रहेकै हुन्छन् । केही न केही नयाँ भौतिक संरचनाको बिकास भै रहेकै हुन्छ ।

    पर्यटकीय केन्द्र न्युयोर्कमा पर्यटक आकर्षणका लागि केही नयाँपन दिने कोशिस राज्य संयन्त्रमा काम गर्नेहरुका लागि चुनौतीका रुपमा रहने गर्दछ । त्यही बिशेष शहर न्युयोर्कमा सन् २०२१ मा सम्पन्न गर्ने गरी नयाँ पर्यटकीय  गन्तब्य “हड्सन रिभर” माथि तैरिने पार्क निर्माण गर्ने काम तिब्र गतीमा भै रहेको छ । न्युयोर्क र न्युजर्सी राज्यलाई छुट्याउने बिशाल हड्सन खोला माथि २ दशमलब ४ एकर्ड (२० रोपनी) को उत्रिने पार्क चेल्सी पियर्सको किनारा नजिकै निर्माण हुन लागेको हो । सन् २०२१ को स्प्रिङ्देखि संचालनमा ल्याउने लक्ष्य राखिएको तैरिने पार्कको निर्माण लागत २५ करोड अमेरिकी डलर रहेको छ । एक सय जातका बोट बिरुवा, साना पहाड झै देखिने सुन्दर प्राकृतिक दृष्य, चौर अनि पैदल मार्ग लगायतका भौतिक संरचना पार्क भित्र निर्माण गरिने छ ।  

    आँखा रमाउने प्राकृतिक दृष्य त तैरिने पार्कमा हुने नै छन् तर अचम्म लाग्दो कुरा पार्कमा ७ सय सिट क्षमताको रंगशाला समेत निर्माण हुँदै छ । अर्बपति बेरी डिलर जस्ले पार्क निर्माणको लागि आर्थिक सहयोग समेत  गरेका छन् । उनी र उनकी फेसन डिजाईनर धर्मपत्नी डेनी भोन फ्रस्टेन्वर्गले पार्क भित्रको रंगशालामा बर्षभरी आयोजना हुने हरेक कार्यक्रमको ५१ प्रतिशत  टिकट सर्वसाधारणका लागि निशुल्क प्रायोजन गर्ने समेत बताएका छन् । पानी माथि तैरिने पार्कको डिजाईनर थोमस् हिथरविक हुन ।  पार्कमा १३२ वटा सिमेन्टका ठुला ठुला सोलीहरु प्रयोग गरिने छन् । पार्कमा प्रवेश गर्न पुल तरेर जानु पर्नेछ ।

    तस्विर: टाइम आउट

  • कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

    कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

    न्यूयोर्क

    बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो । सामाजिक संजालमा ब्यापक प्रचार गरिएको त्यो कुपनसँग हाम्रो कुनै संलग्नता छैन ।”
    यस्तो झुटो प्रचारको जानकारी गराउने हाम्रा शुभचिन्तकलाई कस्ट्कोले धन्यवाद समेत ज्ञापन गरेको छ ।

    गत बर्ष पनि कस्ट्सोको ५० औं बर्ष गाँठको उपलक्ष्यमा किनमेल गर्दा ७५ डलर छुट दिने र त्यसको लागि पोस्ट सेयर गर्नु पर्ने भन्दै फेसबुकमा झुटो प्रचार भएपछीि कस्ट्कोले आफ्नो आधिकरिक फेसबुक पेजबाट सुचना जारी गरेको थियो ।

  • राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग

    राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग

    प्रभात भट्टराई / अमेरिका

    गतबर्षको यही बेला टेलिभिजनहरुमा डेमोक्रेटिक पार्टीबाट सन् २०२० का सम्भावित राष्ट्रपतिय उम्मेद्वारको चर्चा सुरु भइ सकेको थियो । सिनेटमा नयाँ कार्यकालका लागि चुनाव जितेका भर्माउन्ट र मासाचुसेट्स सिनेटरहरु क्रमशः वर्नी स्यान्डर्स र एलिजावेथ वारेनको नाम अग्रस्थानमै थियो । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि चर्चाको केन्द्रमा थिए भने क्यालिफोनिर्याकी सिनेटर कमला ह्यारिस पनि गसिपको बिषय बनि सकेकी थिइन् ।

    साथै लामो समयसम्म रिपब्लिकनका लागि अत्यन्त सहज राज्यको रुपमा रहेको टेक्सासको सिनेट प्रतिश्पर्धामा टेड क्रुजलाई कडा टक्कर दिएका बेटो ओ’रर्क चर्चाको नयाँ पात्रका रुपमा गत बर्षको चुनाव लगत्तै मिडिया हेडलाइनमा छाइ सकेका थिए । अन्ततः यी पाँचै जनाले उम्मेद्वारी घोषणा गरे । मत सर्भेक्षणहरु हुन थाल्यो । बाइडेनको अग्रतालाई कसैले छुन सकेका थिएनन् । भलै उनी तुलनात्मक रुपमा ढिलो मैदान प्रवेश गरे ।

    बाइडेन पछि थिए स्यान्डर्स । सन् २०१६ को डेमोक्रेटिक प्राइमरीमा हिलारी क्लिन्टनलाई कडा टक्कर दिएका स्यान्र्डर्स देशभर लिवरल बिचार बोक्नेहरुका लागि एक बिम्ब बनि सकेका थिए । स्यान्डर्ससँग समान विचार बोक्थिन् वारेनले । त्यसैले उनीहरु दुईमध्ये एक मात्र उम्मेद्वार बन्नेसम्मका चर्चा हुने गरेका थियो । तर, वारेनले स्यान्र्डर्सलाई उछिन्दै सन् २०१९ को ‘न्यू इयर इभ’मै उम्मेद्वारी घोषणा गरिन् ।

    उम्मेद्वारी घोषणाकै समयमा वारेन आफ्नो पहिचान सम्बन्धि विवादमा पनि परिन् । उनी आफुलाई ‘नेटिभ अमेरिकन’ बंशजको रुपमा दावी गर्थिन् । उनको दावीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक उडाएका थिए । झोँक्किएकी वारेनले डिएनए टेष्ट गराइन् । उनको दावी असत्य सावित भयो । त्यसपछि त झन् ट्रम्पलाई के चाहियो र वारेनलाई उडाउन कुनै शब्द बाँकी राखेनन् ।

    वारेनको राष्ट्रपतिय क्याम्पेनले पनि सुरुमा खासै गति लिन सकेन । बाइडेन, स्यान्डर्स, ह्यारिस र ओ’रर्कबीच चौ पक्षिय भिडन्तको सम्भावना देखिएको थियो । तर, जुनमा सम्पन्न पहिलो डेमोक्रेटिक बहससम्म आइपुग्दा वारेनले छुट्टै पिकअप लिइ सकेकी थिइन् । विशेष गरि वाल स्ट्रिट र शेयरबजारलाई बलियो नियमनमा राख्नु पर्ने देखि विद्यार्थीले लिएको अध्ययन कर्जा मिनाहासम्मका उनका कार्ययोजनाले लोकप्रियता पाउँदै थिए । २०१६ मा स्यान्डर्स क्याम्पेनमा देखिएको युवा क्रेज विस्तारै वारेन तिर सरेकौ प्रतित हुन थाल्यो ।

    जुलाईको दोस्रो बहससम्म आइपुग्दा वारेन क्याम्पेनले राम्रै उचाइ हासिल गरि सकेको थियो । सुरुमा धेरै माथि जाने अपेक्षा गरिएका बेटो र कमलाको ओर्लिँदो क्रम सुरु भयो भने वारेन ग्राफ निरन्तर उकालो लाग्यो । नोभेम्बर बहसमा सहभागी हुन आवश्यक समर्थन नपाएपछि बेटो राष्ट्रपतिय होडबाट बाहिरिइ सकेका छन् भने ह्यारिस पाँचौ स्थानमा संघर्षरत छिन् । उनलाई शिर्ष चारबाट धकेलेका छन् पिट बुटिजजले ।

    गतबर्ष यही बेलासम्म २०२० को चुनावका सम्भावित हाइ प्रोफाइलबारे चर्चा हुँदा पिटको नाम कतै पनि थिएन । होओस् पनि कसरी, उनी इन्डियानाको कुल एक लाख जनसंख्या रहेको सहर साउथ बेन्डको मेयर, उमेरले मात्र ३७ बर्ष, त्यसमाथि समलिंगी, अमेरिकी राष्ट्रपतिको होडमा सिनेटर, सांसद एवं पूर्व उपराष्ट्रपतिहरुको हाराहारी आउलान् भनेर कसैले सोचेको थिएन । जनवरी २३ मा उनले राष्ट्रपतिमा उम्मेद्वारी घोषणा गरे । छिटो प्राइभरी निर्वाचन हुने आइवा, न्यू ह्याम्पसर, नेभेदा, साउथ क्यारोलिना लगायत राज्यका गाउँ गाउँ पुगेर आफ्नो परिचय दिए । आफ्ना एजेन्डा सुनाए । आफ्नो क्याम्पेनलाई आर्थिक सहयोग दिन अपिल गरे । नभन्दै मार्चमा सकिएको पहिलो क्वार्टरमा ७० लाख (सात मिलियन) अमेरिकी डलर चन्दा उठाउन उनको क्याम्पेन सफल भयो । अंकमा यो रकम अरु स्टार उम्मेद्वारको तुलनामा खासै ठूलो थिएन । तर, उनको पृष्ठभूमीसँग दाँज्दा ठूलै छलाङ मारेको विश्लेषण भयो । अब उनी राष्ट्रिय मिडियाको नजरमा परे । तर, त्यतिबेलासम्म पनि उनको नाम कसरी सहि उच्चारण गर्ने भनेर टेलिभिजन प्रस्तोताहरुलाई ठूलै हम्मेहम्म परेको थियो ।

    डेमोक्रेटिक पार्टीको हरेक बहसमा स्थान बनाउन पिट सफल भए । उनी आफ्ना बिचार र योजनाले मतदाताको ध्यान लगातार आफुप्रति आकर्षित गर्न सफल पनि भए । नभन्दै जुनमा सम्पन्न दोस्रो त्रैमासिक क्वार्टरमा उनको क्याम्पेनले २४.८ मिलियन चन्दा संकलन गर्न सफल भयो । जुन, रकम मार्फत उक्त क्वार्टरको चन्दा संकलनमा डेमोक्रेटिक पार्टीका सबै प्रत्याशीहरुलाई उनले उछिनेका थिए । सेम्टेम्बरमा सम्पन्न तेस्रो क्वार्टरमा उनले १९.१ मिलियन डलर चन्दा संकलन गरेका थिए । यो क्वार्टरमा भने स्यान्डर्स र वारेनले उनलाई उछिनेका छन् ।

    १० महिना लामो मेहनतको प्रतिफल उनको क्याम्पेनले चन्दा मात्र उठाएको छैन । सन् २०२० मा ट्रम्पको सम्भावित प्रतिश्पर्धीकै रुपमा उनको आँकलन हुन थालेको छ । आउँदो फेब्रुअरी ३ मा आइवामा डेमोक्रेटिक पार्टीको पहिलो ककस (प्राथमिक आन्तरिक चुनाव) हुँदैछ । त्यसमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले आफ्नो पार्टीबाट राष्ट्रपतिमा दावेदारी दिएका उम्मेद्वारहरुलाई भोट हाल्छन् । आइवामा जसले जित्यो बाँकी राज्यमा उसको नाम र प्रभाव स्वस्फुर्त बढ्न पुग्छ । त्यसैले अहिले सबै उम्मेद्वारको ध्यानमा आइवामा केन्द्रित छ । र, पिटको ग्राफ निरन्तर बढ्दो छ ।

    रियल क्लियर पोलिटिक्सले बिभिन्न सर्भेक्षणहरुलाई संग्रहित गरेर निकालेको औषत तथ्यांक अनुसार अहिले पिट आइवामा दोस्रो नम्बरमा छन् । सबैभन्दा पछिल्लो मनमाउथ विश्वविद्यालयको सर्भेक्षणमा त पिटले अग्रस्थाननै पाएका छन् । नोभेम्बर ७ देखि ११ सम्म सञ्चालित उक्त सर्भेक्षण अनुसार पिटलाई २२ प्रतिशत डेमोक्रेटिक मतदाताले रोज्ने बताएका छन् । दाेस्राे स्थानमा रहेका बाइडेनले १९ प्रतिशत, वारेनले १८ प्रतिशत र स्यान्डर्सले १३ प्रतिशत समर्थन पाएका छन् । यस्तै फेब्रुअरी ११ मा दोस्रो प्राइमरी चुनाव हुने न्यू ह्याम्पसरमा पनि उनको ग्राफ बढ्दो छ ।

    सोमबार सार्वजनिक भएको कुन्निपियाक विश्वविद्यालयकौ सर्वेक्षण अनुसार न्यूह्याम्पसरमा पनि पिट क्रेज चुलिन थालेको छ । सर्वेक्षण अनुसार पूर्व उपराष्ट्रपति बाइडेन २० प्रतिशत समर्थन सहित पहिलो नम्बरमा छन् । दोस्रोमा १६ प्रतिशत समर्थन सहित वारेन र तेस्रोमा १५ प्रतिशत समर्थन पाएका पिट छन् । सन् २०१६ को प्राइमरी चुनावमा न्यूह्याम्पसरमा हिलारी क्लिन्टनलाई हराएका सिनेटर स्यान्डर्स १४ प्रतिशत समर्थन सहित चौथो स्थानमा छन् ।

    अहिले राजनीतिक पण्डितहरु सबैको प्रश्न एउटै छ के आईवा ककस पिटले जित्लान् ? यसप्रति यति बिघ्न चासो हुनुमा ठूलो कारण रहेको छ । २००८ का राष्ट्रपति चुनावमा डेमोक्रेटिक टिकेट हिलारी क्लिन्टनबाट खोसिएला भन्ने कसैले पनि सोचेका थिएनन् । तर, जब दोस्रो क्वार्टरको चन्दा संकलनमा बाराक ओबामाले हिलारीलाई उछिने तब धेरैले जिब्रो टोके । त्यतीहुँदा पनि राष्ट्रव्यापी सर्वेक्षणहरुमा हिलारी ओबामाभन्दा ३० प्रतिशत बिन्दुसम्मले अगाडी थिइन् । तर, अप्रत्याशित रुपले आइवा ककस ओवामाले जिते । बाँकी राज्यमा उनको पल्लाभारी सुरु भयो । नभन्दै अन्ततः २००८ को राष्ट्रपतिय मतपत्रमा डेमोक्रेटिक उम्मेद्वारको नाम प्रिन्ट भयो– बाराक ओबामा ।

    अहिले पिटको लय पनि त्यस्तै छ । दोस्रो क्वार्टरमा चन्दा संकलनमा उछिन्ने मात्र होइन युवालाई समेट्दै राष्ट्रिय एकताको सन्देश प्रभावमा पनि पिटको आवाज ओवामाको जस्तै प्रभावकारी सुनिन थालेको छ । त्यसमाथि वारेन र स्यान्डर्सलाई अत्यधिक समाजवादी (बामपन्थी) बनेको आरोपबीच पिटले मध्यमार्गी पहिचान बुलन्द गर्दै लगेका छन् । र, राजनीतिक पण्डितहरुको चासो चुलिएको छ– के साँच्चै पिट ‘ह्वाइट’ ओबामा बन्ने हुन् त ?

  • अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

    अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

    सुपेन्द्र बस्नेत / बोष्टन

    बिभिन्न बाहानामा संसारकै मानिसलाई  आफुतिर आकर्षित गर्ने देश हाे अमेरिका । यथार्थ जे जस्ताे भए पनि रहरले हाेस् या कहरले बुझेर हाेस् या लही लहीमा, अमेरिका छिर्न चाहने र छिर्नेकाे संख्या दिनप्रति दिन बढ्दै गईरहेकाे छ।यसबाट नेपाल पनि अछुताे रहेकाे छैन । हुन त नेपालीहरु अमेरिका भित्रिन थालेकाे इतिहास लामाे छैन । थातथलाे नै सार्न सुरुगरिएकाे इतिहास अझै सानाे छ तर पनि नेपालकाे कुल जनसंख्यासंग तुलना गर्दा हाल अमेरिकामा रहेका नेपालीहरुकाे संख्या उल्लेखनीय नै रहेकाे छ । रेमिट्यान्सले धानेकाे देशका रुपमा परिचित नेपालमा सबै भन्दा बढी रेमिट्यान्स भित्राउने देश हाे अमेरिका । जाँहाबाट यस बर्षकाे अहिलेसम्मकाे आँकडा हेर्दा झण्डै २ खर्ब हाराहारी रेमिट्यान्स भित्री सकेकाे देखिन्छ ।

    पछिल्ला दिनहरुमा अमेरिकामा रहने नेपालीहरुले कमाएकाे पैसा सीप सिक्न, शिक्षा आर्जन गर्न, अमेरिकामै बन्दाे ब्यापार गर्न  र भाैतिक सम्पति जाेड्नतिर लगानी भईरहेकाे देखिन्छ । जसले गर्दा नेपाल भित्रने सम्भावित ठुलाे रेमिट्यान्स रकम राेकिन गइरहेकाे छ । हिजाे आज त अमेरिकामा रहेका आम नेपालीहरुकाे प्राथमिक लक्ष बन्दै गईरहेकाे “घर जाेड्ने “। सानै किन नहाेस् तर आफ्नै  घरमा सुरक्षित ओत लाग्ने र चयनकाे निन्द्रामा रात कटाउने अभिलाषाका साथ घर किन्न लालायित छन् नेपालीहरु । त्यति मात्र कहाँ हाे र ? फुर्सदकाे समयमा घर आँगनमा टहलिएर यसाे करेसाबारीमा कुटाे काेदालाेले खनीखाेर्सी गर्दै तन डुलाएर मन भुलाउने रहर र भान्छामा आवश्यक पर्ने तरकारीकाे जाेहाे गर्ने चाहानाले पनि उत्प्रेरित गरिरहेकाे छ “घर किन्न”। यस्तै यस्तै नेपाली जमातका एक ब्यक्तित्व हुनुहुन्छ मकवानपुर जिल्ला हेटाैंडा -६ पुतलीबजार जन्मथलाे रहनु भएका – बिष्णु प्रसाद सापकाेटा । ५ बर्षअघि श्रीमती, एक छाेरा र एक छाेरी सहित अमेरिका छिर्नु भएका सापकाेटा हाल अमेरिकाकाे टेक्सास राज्यमा परिवारकासाथ बस्दै आइरहनु भएकाे छ ।

    अमेरिका छिर्नु अघि नेपालमा हेटाैंडाकाे कान्तिलाेकपथमा सापकाेटा हार्डवेर पसल खाेली ब्यापारमा हाेमिएर छाेटाे समयमा सफलता हात पार्न सफल हुनु भएकाे थियाे । जाे अहिले जिल्लाकै चिरपरिचत हार्डवेर पसलमा गनिन्छ । कर्ममा विश्वास गर्ने मेहनती सापकाेटाले अमेरिका आएपछि बडो जाेरजुलुम गरेर गत बर्ष घर जाेड्न सफल हुनु भयाे । त्यही घरकाे खाली जमिनमा निकै मेहनत गरेर करेसाबारी निर्माण गर्नु भएकाे छ जहाँ हिजाे आज फुर्सद हुनासाथ छिर्ने  गर्नुहुन्छ र त्यसैकाे स्याहार सुसारमा तलिन हुने गर्नु हुन्छ । किसानकाे छाेराे भएका नाताले जीवनमा आर्जन गरेकाे सीप र ज्ञान आफ्नाे करेसाबारीका लागि प्रयाेग गरिरहनु भएकाे छ । यतिबेला लगनशीलता र मेहनतका कारण करेसाबारीमा लाेभैलाग्दाे गरी बिभिन्न प्रकारका तरकारीहरु फलिरहेका छन् । झट्ट सुन्दा सामान्य बिषयकाे चर्चा गरे जस्ताे लागे पनि अमेरिकाकाे सन्दर्भमा भने निकै महत्वपूर्ण र प्रेरणादायी रहेकाे छ । सिमी, बाेडी, खुर्सानी, घिराैला, फर्सी, आलु, चिप्लीभेडा, भन्टा, गाेलभेडा लगायत तकारी रहेकाे करेसाबारी हेर्दा याे अमेरिका नभएर  नेपालकै एउटा किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ।अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न बिवस जिन्दगीमा आफ्नै करेसाबारीबाट ताजा, स्वस्थ्य, बिषादीरहित तरकारी तत्काल टिपेर भान्सा मिठाे गराउन पाउनु अहाेभाग्य नै ठानिन्छ । त्यति मात्र कँहा हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा  निकै कटाैती गराएकाे बताउनु हुन्छ सापकाेटा । उहाँ भन्नु हुन्छ “करेसाबारीका कारण महिनामा तरकारी किन्नमा हुने झण्डै नेपाली पच्चिसदेखि तिस हजार रकम जाेगिएकाे छ । ताजा खान पाइएकाे छ। तरकारीकाे चिन्ता छैन ।” आफ्नाे करेसाबारीमा फलेकाे तरकारीले बेलाबखत छिमेकीकाे भान्छा पनि स्वादिष्ट बनाउने गरेकाे उहाँ बताउनु हुन्छ । आफ्नाे करेसाबारी देखेर धेरै जना लाेभिएर उनिहरुले पनि तरकारी लगाउन सुरु गरेकाेप्रति सापकाेटा खुसी ब्यक्त गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ, “ब्यापारिक हिसाबले नभई आफ्नाे छाक टार्न ठाँऊ पाउँदा जानेकाे सीपकाे सदुपयाेग गरेकाे हुँ । अरुलाई पनि सिकाउँदै तरकारीमा आत्मनिर्भर हुन उत्प्रेरित गर्ने गरेकाे छु “।  हरेक दिन कामबाट थाकेर आउँदा एक छिन करेसाबारी डुलेपछि आनन्दकाे राहत मिल्ने गरेकाे उहाँ बताउनु हुन्छ । स्वास्थ्य समस्याका कारण त्यति धेरै सक्रिय हुन नसके पनि आवश्यक पर्दा सक्दाे सहयाेगी भुमिका निर्वाह गर्दै आइरहनु भएकाे छ उहाँकै अर्धाङ्गिनी सारदा सापकाेटाले। त्यसाे त उहाँलाई बेलाबखत छाेरा छाेरीले पनि सघाउने गरेका छन् । करेसाबारी लाेभलाग्दाे हुनुमा नदेखिने मेहनत परेकाे श्रीमती सापकाेटा बताउनु हुन्छ;  “करेसाबारीबाट आवश्य तरकारी प्राप्त हुनुकाे साथै घरमा आउने पाहुनालाई  र अरुकाे घरमा भेटघाट गर्न जाँदा काेसेली उपलब्ध गराउन करेसाबारीले महत्वपूर्ण भूमिका खेलिरहेकाे छ” । करेसाबारीकाे तरकारी काेसेली दिंदा पाउनेहरु पनि निकै खुसी हुने गरेकाे उहाँकाे मिठाे अनुभव छ । बचपनदेखि नै शाकाहारी जीवन बिताउँदै आइरहनु भएकी सापकाेटालाई गृहिणीका नाताले करेसाबारीबाट छानी छानी भान्छामा तरकारी पकाउन पाँउदा निकै आनन्द आउने बताउनु हुन्छ । सापकाेटाका अनुसार ब्यवसायिक रुपमा तरकारी खेती नगरिएकाे भएता पनि भान्सामा हुने कुल खर्चकाे झण्डै ६० प्रतिशत रकम भने बचत भएकाे देखिन्छ । त्यति मात्र नभएर नेपाली तन, नेपाली मन र नेपाली पनले फलाएकाे तरकारी खान पाँउदाकाे स्वाद र आनन्द अमुल्य रहन्छ भन्ने अनुमान गर्न गाह्राे छैन। हिजाे आज अमेरिकामा घर हुनेहरु यस प्रकारकाे करेसाबारी बनाएर माैसम अनुसारकाे तरकारी खेती गर्न आकर्षित हुदै गइरहेकाे देखिन्छ । यस्ता क्रियाकलापहरुले आर्थिक, शारीरिक, मानसिक रुपमा फाइदा हुनुका साथै बालबालिकाहरुलाई आफुले खाने तरकारी कसरी फलाउन सकिन्छ र कसरी फल्दछ भन्ने अमुल्य ब्यवहारिक ज्ञान दिन सकिन्छ ।जाे अमेरिकामा निकै दुर्लभ रहेकाे छ ।

  • भारतको मिचाहा प्रबृत्तिको बिरोधमा एनआरएन अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक त्रिपाठीको बिज्ञप्ती

    भारतको मिचाहा प्रबृत्तिको बिरोधमा एनआरएन अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक त्रिपाठीको बिज्ञप्ती

    न्युयोर्क

    भारत सरकारले हालै जारी गरेको भनिएको नयाँ राजनैतिक नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत एकतर्फी रुपमा समाबेश गर्दै सार्वजनिक गरेपछि भारत सरकारको उक्त कार्यको नेपाल भित्र र प्रबासमा समेत बिरोधका स्वरहरु ब्यापक हुन थालेका छन् ।देश भित्र र बाहिरबाट बिरोध ब्यापक हुँदै गर्दा  अमेरिकास्थित गैर आवसीय नेपाली संघका नवनिर्वाचित रिजनल कोअर्डिनेटर (आर सि ) राजन त्रिपाठीले पनि एक बिज्ञप्ती जारी गर्दै बिरोध जनाएका छन् । त्रिपाठीले भारतको उक्त कदमलाई गलत भन्दै उक्त कदम नेपालीका निम्ति किमार्थ स्विकार्य नहुने कुरा बताएका छन् ।  

     

    आर सि त्रिपाठीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ “छिमेकी देशमा देखिने यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षका बीच छलफल र सहमतिमा कुटनीतिक तबरले बैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडी बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवृत्ति हो । नेपाल आमाको छात्तिमा जबरजस्त कुल्चिने चेष्टाका बिरुद्ध संसारभर छरिएर बसोबास गरेका नेपालीहरुले एकढिक्का भई लड्नेछन्” ।

     

    बिज्ञप्तीमा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अति संवेदनसिल बिषयमा गैर आवासीय नेपालीहरु सधै नेपाल र नेपाली जनताको साथमा रहने बचनबद्दता समेत ब्यक्त गरिएको छ ।  

    भारत सरकारले आफ्नो कदमलाई  त्रुटी र महाभुल ठान्दै तत्काल सच्याई दुई देशको छिमेकीका बीच सुमधुर सम्बन्ध कायम राख्न तल्काल कदम चाल्न समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ । 

    हालै गैर आवासिय नेपाली सँघ अन्तरराष्ट्रिय समन्वय परिषदको तर्फबाट समेत  भारतको  कदमको बिरोध गर्दै अध्यक्ष कुमार पन्तले नेपालको सिमाना रक्षाको लागि गैर आवासीय नेपालीहरु सधैं भरी नेपाल सरकारको साथमा रहने प्रतिबद्दता ब्यत गर्दै एक बिज्ञप्ती जारी गरिएको थियो । अमेरिकाज क्षेत्रको तर्फबाट रिजनल कोअर्डिनेटर  राजन त्रिपाठीले भारत सरकारको उक्त बिबाद्स्पद् कार्यको बिरोध गर्दै बिज्ञप्ती जारी गर्दा अध्यक्ष सुनिल शाह नेतृत्वको अमेरिकी एन आर एन भने भारतको बिबादास्पद नक्साको बारेमा मौन छ ।

  • रोचक बन्दै डेमोक्रेटिक राष्ट्रपतिय होड, अर्बपति  ब्लुम्बर्ग पनि रेसमा छिर्ने तयारीमा

    रोचक बन्दै डेमोक्रेटिक राष्ट्रपतिय होड, अर्बपति ब्लुम्बर्ग पनि रेसमा छिर्ने तयारीमा

    न्यूयोर्क

    अर्बपति व्यवसायी एवं न्यूयोर्क सिटीका पूर्व मेयर माइकल ब्लुम्बर्गले राष्ट्रपतिय उम्मेद्वारीको तयारी गरेका छन् । भिडम्भाडयुक्त डेमोक्रेटिक उम्मेद्वारहरुको सूचीमा ब्लुम्बर्ग थपिन लागेका हुन् ।

    गत बर्ष देखिनै सम्भावित उम्मद्वारको रुपमा हेरिएका ब्लुम्बर्गले गत मार्चमा उम्मेद्वारी नदिने प्रष्ट पारेका थिए । तर, अहिले उनले मन बदलेको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले केही दिन भित्रै डेमोक्रेटिक प्राइमरी चुनावमा भाग लिन अलावामा उम्मेद्वारी दर्ता गर्ने अपेक्षा गरिएको छ ।

    सुरुमा डेमोक्रेटिक पार्टीमै रहेका ब्लुम्बर्गले सन् २००१ मा दर बदलेर रिपब्लिकन उम्मेद्वारको न्यूयोर्कको मेयर जितेका थिए । त्यसपछि सन् २००७ मा फेरि उनले रिपब्लिकन आवद्धता त्यागे र स्वतन्त्र उम्मेद्वारको रुपमा न्यूयोर्कको मेयर जिते र सन् २०१३ सम्म चलाए । २०१८ मा फेरि डेमोक्र्याटको सदस्यता लिएका उनले यो बर्षको सुरुवातमै उम्मद्वारी घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर, मार्चमा उनले अपेक्षा विपरितको निर्णय सुनाए ।

    उम्मेद्वार नबन्ने घोषणा गरे पनि उनले डेमोक्र्याटको आन्तरिक प्रतिश्पर्धा नजिकबाट हेरि रहेका थिए । डेमोक्रेटिक उम्मेद्वारहरु ज्यादा बायाँ ढल्किन थालेको उनको विश्लेषण थियो । प्रतिश्पर्धी डेमोक्रेटिक फिल्ड अगाडी देखिएका बर्नी स्यान्डर्स या एलिजावेथ वारेनले प्राइमरी चुनाव जितेमा आफूले समर्थन गर्न नसक्ने उनको मत थियो । उनीहरुको समाजवादी एजेन्डा अमेरिकाले नपचाउने ब्लुम्बर्गको तर्क छ । पूर्व उपराष्ट्रपति जो बाइडेन जस्ता मध्यमार्गी उम्मेद्वारले टिकट पाउनु पर्ने उनको राय रहेकोमा बाइडेन कमजोर बन्ने लक्षण देखिएसँगै आफैँ अघि बढ्न लागेका हुन् ।

    साढे ५१ अर्ब डलरका मालिक ब्लुम्बर्ग फोर्ब्स म्यागजिनको अमेरिकी धनाड्य सूचीमा आठौँ स्थानमा छन् । तीन अर्ब डलरका मालिक राष्ट्रपति डोनाल्ड ट्रम्प सूचीमा २७५ स्थानमा छन् ।  ७७ बर्षीय ब्लुम्बर्ग ट्रम्पभन्दा चार बर्ष जेठा छन् । आइवामा पहिलो डेमोक्रेटिक प्राइमरी ककस हुन अब तीन महिना पनि बाँकी छैन । यस्तो समयमा ब्लुम्बर्गको प्रवेशले ह्वाइट हाउसकालागि डेमोक्रेटिक रेस अझ रोचक बनाउने अपेक्षा गरिएको छ । प्रशस्त सम्पत्ति रहेका कारण ब्लुम्बर्गलाई क्याम्पेन सुरु गर्न पैसाको खाँचो हुँदैन । जबकी उनले समर्थन गर्न खोजेका बाइडेन अहिलेको डेमोक्रेटिक फिल्डमा तुलनात्मक गरीब छन् ।

    गत सेप्टेम्बरमा सम्पन्न तेस्रो त्रैमासिक रिपोर्ट अनुसार स्यान्डर्स क्याम्पेनको बैंक खातामा सबैभन्दा धेरै तीन करोड ३७ लाख अमेरिकी डलर रहेको छ । वारेनसँग दुई करोड ५७ लाख डलर रहेको छ भने इन्डियानाको साउथ बेन्ड सिटीका मेयर एवं सबैभन्दा युवा उम्मेद्वार पिट बुटिजजको क्याम्पेन खातामा दुई करोड ३४ लाख डलर रहेको छ । जबकी बाइडेनसँग ९० लाख डलर मात्र छ । बिभिन्न मत सर्वेक्षणमा आइवा ककसमा एक नम्बरमा वारेन र दोस्रोमा बुटिजज छन् । त्यसपछि स्यान्डर्स र बाइडेन छन् । बुटिजजले आइवामा बिजय हात पारे २००८ मा बाराक ओबामाकै शैलीले उदान सक्ने अनुमान गरिएको छ । युवा, राष्ट्रिय राजनीतिमा नयाँ नाम एवं समलिङ्गी रहेको कारण धेरै राजनीतिक पण्डितले उनलाई पत्याएका छैनन् । तर, आइवामा उनको बढ्दो क्रेजले उनीप्रति जिब्रो टोक्नेको संख्या भने बढ्न थालेको छ । उनी आफुलाई वारेन या स्यान्डर्स जस्तो समाजवादी नभइ मध्यमार्गीकै रुपमा चिनाउँछन् । ब्लुम्बर्गको उपस्थितीले बुटिजजको क्रेजमा कस्तो प्रभाव पार्छ भन्ने चाहिँ हेर्न बाँकी छ । तर, जे होस् ब्लुम्बर्गको पहिलो प्रहार सूचीमा बुटिजज होइन वारेन र स्यान्डर्स नै हुनेछन् ।

  • नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

    नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

    न्युयोर्क

    न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ ।

    १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फण्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।

    श्रेष्ठले विगत १ वर्षभन्दा बढी समयदेखि आफ्नो श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट संचालन गरिरहेकी छिन् ।

    पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैह्र नेपाली आप्रवासी युवा पुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्ने खालका कार्यक्रम बनाइने गरिन्छ । विभिन्न देशबाट अमेरिका बसाई सरेर आएका र यहाँ पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसँग श्रेष्ठले पडकास्टमा अन्तरवार्ता लिने गर्छिन् ।

    ‘यो पडकास्ट गर्नुको मुख्य उद्देश्य नै यो देशमा आउने नयां पुस्तालाई यहाँ पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो’ श्रेष्ठले भनिन् । “मैले कहिले पनि सोचेकी थिइन कि यो पडकास्टको कामलाई यहांको समाजले यसरी महत्व दिंदै आएको रहेछ” उनले थपिन् ।

    नेपालमा बीबीसी मिडिया एक्सन्मा ५ वर्षभन्दा बढी संचारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ यहां इन्टरनेशनल अफेयर्समा स्नात्तोकत्तर गरिरहेकी छिन् ।

    अंग्रेजी भाषामा प्रशारण हुने उनकोे पडकास्ट युटुबमा हेर्न सकिनेछ भने आइट्युन्स, स्पोटिफाइ लगायत १० भन्दा बढी पडकास्ट प्लाटफर्ममा सुन्न सकिन्छ ।