विश्व न्यूज संवाददाता
अमेरिका ।
टेक्ससको राजधानी अस्टिनमा नेपाली राहदानी वाहकहरुलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउने उद्देश्यले दुइ दिने शिविरको आयोजना गरिएको छ । खासगरी हस्तलिखित राहदानीको प्रतिस्थापन गर्ने नेपाल सरकारले निर्णय यस अघि नैं गरिसकेकाले हस्तलिखित राहदानी भएकालाई मेसिन रिडेवेल पासपोर्ट उपलब्ध गराउनका लागि घुम्ती शिविरको रुपमा अस्टिनमा कार्यक्रम आयोजना हुन लागेको हो ।
ग्रेटर अस्टिन नेपलिज सोसाइटीले टेक्ससमा रहेका अन्य संघ संस्थाहरुसगको सहकार्यमा आउदो सेप्टेम्वर १४ र १५ का दिन वासिङटन डिसी स्थित नेपाली दुतावासवाट आउने अधिकारीहरुको उपस्थितिमा शिविर आयोजना गर्न लागेको हो ।
सो अवसरमा सेप्टेम्वर १४ शनिवार अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीसँग अन्तरक्रिया कार्यक्रमको समेत आयोजक गरिएको ग्रेटर अस्टिन नेपलिज सोसाइटीका अध्यक्ष भोज राज भट्टले जानकारी दिए ।
Category: अमेरिका
-

अस्टिनमा एमआरपी शिविर हुने
-

साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना
विश्व न्यूज संवाददाता
टेक्सस ।
टेक्सस राज्यको राजधानी अस्टिन शहर आसपास बस्ने नेपालीहरु अहिले वहुआयामीक सामुदायिक भवन बनाउन कस्सिएका छन् ।
हालसम्म नेपाली संस्थाको स्वामित्वमा अस्टिनमा सामुहिक प्रयोजनको निम्ति आवश्यक पर्ने सामुदायिक भवन छैन । जसका धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमको आयोजना गर्न कठिनाई हुदैं आएको छ । नेपाली बालबालिकाका निम्ति संचालन हुदैं आएको नेपाली पाठशाला संचालनमा समेत अप्ठ्यारो पर्ने गरेको छ ।
यस कुरालाई ध्यान दिदैं अस्टिनका नेपालीहरुले अहिले सामुदायिक भवनको आवश्यकता महशुष गरी भवन बनाउनका लागि आर्थिक संकलनको काममा लागेका छन् ।
सामुदायिक भवन बनाउनको लागि बोर्ड अफ ट्रष्टी र सहयोगदाताको व्यवस्था मिलाएर सहयोग संकलनको काम अघि बढाइएको भवन निर्माण समितिका संयोजक तथा ग्रेटर अस्टिन नेपलीज सोसाइटीका पूर्व अध्यक्ष गेहेन्द्र केसीले जानकारी दिए ।
अहिले सम्म निर्मल श्रेष्ठ, विदुर खतिवडा, डा.कमल अधिकारी, कला उप्रेती, सुनील मेहता,देवराज न्यौपाने, अमृत मिश्र, भोजराज भट्ट, गेहेन्द्र केसी, पदम ठकुराठी, प्रदिप पराजुली, प्रेम पाण्डे, राज मरासिनी, शकुल कोइराला, प्रेम श्रेष्ठ र तुल्सी दुलालको परिवार वोर्ड अफ ट्रष्टी बनेको समितिले जनाएको छ । समितिले कम्तिमा ३ हजार ४ सय डलर सहयोग गर्नेलाई बोर्ड अफ ट्रष्टी, कम्तिमा १ हजार सहयोग गर्नेलाई विशेष सहयोग दाताको रुपमा राखेको छ भने कम्तिमा २ सय ५० सहयोग गरेर सहयोगदाता बन्न सकिने ग्रेटर अस्टिन नेपलिज सोसाइटीका पूर्व अध्यक्ष देवराज न्यौपानेले जनाए ।
अस्टिन आसपास वस्ने झण्डैं १५ सय परिवारवाट कम्तिमा २ सय ५० का दरले र अन्य सहयोग बोर्ड अफ ट्रष्टी र विशेष सहयोग दातावाट उठाएर करिव ५ लाख आउँदो ६ महिनाभित्र काम अघि बढाउने लक्ष्य राखिएको संयोजक केसीले जानकारी दिए ।
हालसम्म सामुदायिक भवन बनाउनका लागि २ सय ५२ जनावाट १ लाख ६८ हजार ६ सय ३१ डलर ७४ पेनीको प्रतिवद्धता भएकोमा १ लाख २ हजार ५ सय ३२ डलर ३४ पेनी संकलन भैसकेको समितिले जनाएको छ ।
भवन बनाउने अभियानमा सकेको सहयोग गर्न र हात अघि बढाउन ग्रेटर अस्टिन नेपलिज सोसाइटीका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । -

सेम्टेम्वर २२ मा रक्तदान कार्यक्रमको आयोजना
विश्व न्यूज संवाददाता
टेक्सस ।
रुपन्देही सेवा समाज र ब्लड डोनर्स अफ अमेरिकाले सेप्टेम्वर २२ आइतवार रक्तदान गर्ने भएका छन् । रक्त संकलन अभियान अन्तर्गत दुई संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
टेक्ससको अर्विङमा रहेको नेपाली मन्दिर (पशुपति नाथ तथा बौद्ध मन्दिर) मा रक्तदान कार्यक्रमको आयोजना गरिएको रुपन्देही सेवा समाजका अध्यक्ष जगदीश न्यौपानेले जानकारी दिए । केही महिनाअघि स्थापना गरिएको समाजले सामुहिक भेला, सत्यनारायण पुजा, तीज लगायतका कार्यक्रम गरिसकेको समेत उनले बताए । -

प्रज्नाले निकालिन् गित
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ ।
पश्चिमा संगितामा समेत अब्बल प्रज्नाले सानो उमरेदेखिनै. गित गाउन थालेकी थिइन् । उनले ६ वर्षको उमेरमा द न्यू गर्ल इन टाउन नामक पुस्तक समेत प्रकाशन गरी त्यस पुस्तक विक्री गरी संकलित २ हजार ५ सय डलर बाल अस्पताललाई सहयोग गरेकी थिइन् । उनका बुबा मुर्रे स्टेट युनिभर्सिटीका एशोसिएट प्रोफेसर मनोज पाठकले छोरी प्रज्नालाई गित – संगितमा रुची भएकाले त्यही वातावरण प्रदान गरिरहेको बताए । -

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न
विश्व न्यूज संवाददाता
टेक्सस ।
अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो ।
अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले क्रमश: नगद २ हजार र १२ सय शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक मध्येका एक रेशम गुरुङले जानकारी दिए । -

एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया
विश्व न्यूज संवाददाता
टेक्सस ।
गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा विहिवार टेक्ससमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिबारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराएकी थिइन् ।
उनले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराउने काम भैरहेको र त्यस परिचय पत्र मार्फत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा सहुलियतको व्यवस्था मिलाइएको जानकारी दिएकी थिइन् ।
आयोजक गैर आवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालको अध्यक्षता , सचिव सोफिन थापाको संचालन र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघका आइसिसीका पदाधिकारी तथा सदस्यहरु, गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साह लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । -

काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित
काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ ।
बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम बिस्फोट गराइएको हो ।
विस्फोटको तालिवानले जिम्मेवारी लिएको छ । यस घटनामा दर्जनौको ज्यान गएको बताइएको छ । यसअघि गत सोमबार मात्र भएको विस्फोटमा १६ जनाले ज्यान गुमाएका थिए ।
उक्त घटनामा २ जना नेपाली सुरक्षागार्डको समेत ज्यान गएको थियो । तालीवान र अमेरिकाबीचको वार्तापछि अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने क्रम चलिरहँदा तालिवानले भने आक्रमण बढाएको छ ।
एजेन्सी -

दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार
न्यूयोर्क
दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् । प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् । राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखि नै खारिएका चौधरी ल-ग्वार्डिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । उनले २२ डिष्ट्रिक्टका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको कार्यालयमा समुदाय समन्न्वयकर्ता रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्युयोर्क राज्यमा गभर्नर कुमोको कार्यालयबाट बिद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए । साउथ एसियन मुलुकबाट अमेरिका आई बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एसियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मेदवार भएकाले चुनाव जित्ने आंकलन गरिएको छ । एसियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछन् । चौधरी एक सक्षम उम्मेदवार हुन् । एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोला भन्छन्; “उनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानूनमा समावेश हुनेछ । यो ठुलो उपलब्धि समेत हुनेछ, चौधरी न्यूयोर्क राज्यको कानून निमार्ण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग पुग्नेछ । करिअरको शुरुवात ट्याक्सी ड्राइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायका नेता हुनेछन्” । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमन, भाषा समस्या, बिद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका बिषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि एल्महर्ष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ती, माउन्ट एभरेस्ट सडकको नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत समेत उनी सक्रिए भएर लागेका थिए ।
-

अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने
अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् ।
तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् ।
बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए ।
जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका दौरान सहमतिको विवरणबारे केही खुलाएका हुन् ।
सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले जानकारी गराएका छन् ।
अमेरिकासाग सहमतिका वावजुत पनि अफगानिस्तानमा तालिवानको आक्रमण भने रोकिएको छैन । सोमबार मात्र काबुलमा भएको विस्फोटमा ५ जनाको ज्यान गएको छ ।
यसको जिम्मेवारी समेत तालिवानले लिएको छ । खलिलजाद तालिबान-अमेरिका सहमतिका रणनीतिकार मानिन्छन् । लामो समयदेखि तालिवान अमेरिकासँग वार्तामा बस्न मानिरहेको छैन ।
उसले मच्याएको हिंसात्मक गतिविधिका कारण अफगानिस्तानमा लाखौं निहत्था मानिसको ज्यान गइसकेको छ ।
सैनिक फिर्ताको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका अफगानिस्तान अखडा नबन्न सुनिश्चित गर्ने सहमति भएको बताइएको छ।
अहिले अमेरिकामा १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
एजेन्सी
-

क्यारेवियन क्षेत्रमा विनासकारी तूफान
क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो ।
वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षति हुने आंशकामा सामुन्द्रीक किनाराबाट हजारौं मानिसलाई सुरक्षित स्थान जान सूचित गरिएको थियो ।
क्यारेवियन टापूमा आएको यस तूफानले कति क्षति गरायो भन्नेबारे भने यकिन तथ्यांक आइसकेको छैन । तूफान १८५ माइल प्रतिघण्टाको गतिमा आएको थियो ।
यो क्यारेवियन टापूमा आएको सबैभन्दा खतरनाक तूफान मानिएको छ । अमेरिकी नेशनल मौसम विभागका अनुसार समुन्द्रमा २३ फूट उचाईसम्मका छालहरु देखिएका थिए ।
एजेन्सी
-

चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?
वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ ।
सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ ।
चीनलाई दवाव दिन आइतबार देखि अमेरिकाले नयाँ कर नीति ल्याएको हो । यस नीतिले कर बढाइदिएको छ ।
जसको असर अब अमेरिकामा आयात हुने चिनियाँ सामान महगो हुनेछन् । यो निकै ठूलो परिमाणमा हुनेछ । किनकी अमेरिकाले ३ सय अर्ब अमेरिकी डलर बराबरको सामानमा यस्तो कर बढाइदिएको छ ।
यसले आर्थिक मन्दी तथा मंहगी वृद्धिमा अझ बढी सहयोग आंशका अर्थशास्त्रीहरुको रहेको छ ।
नयाँ कर नीतिले खाद्य सामग्री, खेलकुदका सामान, संगीत, फर्निचरसहित दैनिक उपभोग्य वस्तुको भाउ बढाउने छ ।
चीनसँग नयाँ व्यापार सम्झौता नहुने हो भने यस वर्षको अन्त्यसम्म सबै चिनियाँ सामानको भाउ अमेरिकामा निकै बढ्नेछ ।
त्यसले आयात घट्न गई चीनले ठूलो आर्थिक मन्दि भोग्नुपर्ने चेतावनी अमेरिकाको रहेको छ ।
अमेरिकाको यही चेतावनीका बीच चीनले समेत अमेरिकी सामानको कर बढाइदिएको छ ।
एजेन्सी
-

अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ ।
यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार शनिबार अपरान्ह एक बन्दुकधारीले मानिसहरुलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको थियो ।
टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा बन्दुकधारीले गाडी भित्रबाटै मानिसहरुमाथि गोली चलाएको प्रहरीको भनाई छ । त्यसपछि प्रहरीले जवाफी कारवाही गरेको थियो ।
प्रहरीको गोलीले बन्दुकधारीको समेत मृत्यु भएको बताइएको छ । घाइतेमध्ये ७ जना गम्भीर छन् ।
२ जना नावालकको समेत उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी अधिकारीहरु समेत रहेको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकामा मास सूट एक सामान्य घटना भइसकेको छ । जहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको मृत्यु यसरी सनकको भरमा हुने घटनाबाट हुने गरेको छ ।
-

एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी
एउटै पदमा उठ्ने र एकले अर्कोलाई हराउन भूमिका खेल्ने चिन्ता
विश्व न्यूज संवाददाता
अमेरिका ।गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका लागि विभिन्न पदमा गरी अमेरिकावाट झण्डैं एक दर्जन बढी आंकाक्षी देखिएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अधिवेशन आउँदो अक्टुबरको १५ देखि १७ सम्म काठमाण्डौंमा हुँदैछ ।
त्यस अधिवेशनका लागि विभिन्न पदमा उठ्न आकांक्षा देखाउँदैं अमेरिकामावाट दर्जन बढीले सक्रियता बढाएका छन् ।
अमेरिकावाट उपाध्यक्ष, महासचिव, सचिव, सह कोषाध्यक्ष सहीत क्षेत्रीय संयोजक, क्षेत्रीय सहसंयोजक, क्षेत्रीय महिला संयोजकका आकांक्षीहरु देखिएका छन् । आकांक्षीहरुले आन्तरिक रुपमा आवश्यक ठाउमा लविङको काम समेत बढाएका छन् ।
अमेरिकावाट अहिलेसम्म आकांक्षी देखिएकाहरुमा सोनाम लामा, रविना थापा, डा.केशव पौडेल, गौरी राज जोशी, एसी शेर्पा, डा. विनोद शाह, नविन शेरचन, कृष्ण लामिछाने, वेदराज बस्नेत, रामसी पोखरेल, दिल श्रेष्ठ उमा कार्की थापा, राधा पौडेल, कृष्ण पोखरेललगायत रहेका छन् ।
एनआरएनए अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक रहेका सोनाम उपाध्यक्षका आकांक्षी हुन् भने एनआरएनए अमेरिकाको पूर्व उपाध्यक्ष रविना समेत उपाध्यक्षको आकांक्षी हुन् । एनआरएनए अमेरिकाको २ कार्यकाल गरी ४ वर्ष अध्यक्षको जिम्मेवारी निभाएका डा. केशव महासचिवका आकांक्षी हुन् भने हालका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक जोशी सचिव पदका आकांक्षी हुन् । त्यस्तै एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको नाम समेत सचिव पदका लागि आएको छ । यस्तैं अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय सहसंयोजक रहेका एसी शेर्पा सह कोषाध्यक्ष पदका आकांक्षी हुन् ।
हालका क्षेत्रीय सहसंयोजक रहेका नविन शेरचन, पूर्व बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. विनोद शाह अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजकका आकांक्षी हुन् । यस्तैं, हालका आइसिसी सदस्य वेद राज वस्नेत, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष रामसी पोखरेल, पूर्व आइसीसी सदस्य दिल श्रेष्ठ अमेरिकाज क्षेत्रका क्षेत्रीय सह संयोजक पदका आकांक्षी हुन् ।
अमेरिकावाट यस पटक एनआरएनए आइसिसीको संगठनात्मक संरचना अन्तर्गत महत्व पूर्ण मानिने अन्तराष्ट्रिय कार्यकारी सचिवालय (इन्टरनेशनल एक्च्युकेटिभ सेक्रेटरीट(आइइस)) मा रहेका पदहरुमा समेत धेरैंको उम्मेद्वारी पर्ने देखिएको छ । १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव , २ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष, १ प्रवक्ता(मनोनित), १ महिला संयोजक र १ युवा संयोजक पदलाई आइस्को रुपमा लिइन्छ । यी आइएस्मा रहेका पदहरुमा अमेरिकावाट अहिलेसम्म १ ज्नाको मात्रैं प्रतिनिधित्व हुन सकेको छ । रतन झा यस अघि महासचिव रहेका थिए त्यसपछि भने अमेरिकावाट प्रतिनिधित्व हुन सकेको छैन । तर ती पदहरुमा भने अमेरिकावाट उम्मेद्वार नवनेका भने होइनन् एउटैं पदमा अमेरिकावाटैं दुई वा दुई भन्दा बढीको उम्मेद्वारी पर्दा अमेरिकावाट वनेका उम्मेद्वार पराजित हुदैं आएका थिए । अहिले पनि त्यो नहोला भन्न सकिन्न । तर यसो हुन नदिनका लागि एनआरएनए अमेरिकाले पहल गर्ने अध्यक्ष सुनील साहले बताए ।
आकांक्षीहरु सबैं सम्मानित र एनआरएनएको मुभमेण्टमा लाग्नुभएकाहरुनैं हुनुहुन्छ उनले भने सबैं आकांक्षीहरुको छलफल र अग्रजहरुको राय तथा सल्लाहमा सबैं समेटिने गरी उपाय खोजिने छ । आइसिसीको बढी भन्दा बढी पदमा अमेरिकाका एनआरएनलाई पुऱ्याउने तर्फ आफूहरुले काम गर्ने बताउदैं उनले सबैंले आफू भन्दा एनआरएनए अमेरिकालाई र एनआरएन अभियानलाई माथि देखेर सोच्नसक्दा निकास निस्कने र यस पटक सबैं मिलेर अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
आइएसका पदहरु बाहेक अमेरिकाज क्षेत्रले आइसिसीमा १ क्षेत्रीय संयोजक, १ क्षेत्रीय उपसंयोजक, १ क्षेत्रीय महिला संयोजक, १ क्षेत्रीय युवा संयोजक पाउनेछ । जसमा अमेरिकाज क्षेत्र अन्तर्गत एनआरएनए अभियानमा सक्रिय रहेको क्यानडा समेत रहेको छ । त्यहावाट अहिलेसम्म अभिमन्यू बस्नेतले क्षेत्रीय सह संयोजक पदका लागि आकांक्षा देखाएका छन् । -

नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ ।
नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ ।
जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा नेपाली समकक्षीसँग छलफल गरेका थिए ।
लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैसीसँग टेलिफोन वार्ता गरे ।
उनको पहलमा अन्ततः न्यूयोर्कमा सार्क मुलुकका विदेशमन्त्रीहरुको बैठक बस्ने सहमती भएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
नेपालको प्रस्तावमा दुबै देश सहमत भएपछि बैठक सम्भव देखिएको मन्त्रालयको भनाई रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाल लिन नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका जाने कार्यक्रम छ ।
यस वर्ष महासभामा नेपालको प्रतिनिधित्व उनैले गर्नेछन् । प्रधानमन्त्री उपचारका सिलसिलामा सिंगापुरमा रहेका कारण परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
नेपालले कश्मीरको मामलामा कुनै पनि मुलुकको पक्ष लिएको छैन । त्यसकारण तटस्थ भूमिकालाई आफूतिर आकर्षित गर्न भारत र पाकिस्तानले नेपाललाई उच्च प्राथमिकतामा राखिरहेका छन् ।
आगामी ९ असोजमा सार्क मुलुकका विदेशमन्त्रीको बैठक हुने तय भएको छ । ७४ औं महासभामा ३१ बाट शुरु हँदैछ । उच्चस्तरीय बैठकको कार्यक्रम भने ७ असोजपछि राखिएका छन् ।
-

संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने
काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् ।
नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले भेट गरी निम्ता दिएका थिए । तर, भारत सरकारले भारतीय दूतावासमार्फत प्रधानमन्त्री कार्यालयमा मोदी आउन नसक्ने जानकारी पठाएको कार्यालय स्रोतको भनाई छ ।
यस समय भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भएका कारण नेपाल आउन नसक्ने जानकारी भारत सरकारले गराएको बताइएको छ ।
मोदी भारतीय समाजको सम्मेलनमा भाग लिन २ असोजमा अमेरिका पुग्ने भएका छन् । ७ असोजसम्म उनको अमेरिका भ्रमण तय भइसकेको छ ।
वर्तमान नेपालको संविधानको कडा आलोचक भारत सरकारका मूख्य पात्रलाई संविधान दिवसकै दिन नेपाल ल्याएर सबैलाई चकित पार्ने सरकारको योजना भने यस पटकका लागि असफल भएको छ ।
-

अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव
ऋतिका प्रसाईं/टेक्सस
सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा गर्नु पर्छ भन्ने सोच राखें । आवश्यक प्रकृयाहरु पुरा गरेपछि अन्तत; अमेरिका टेक्न सफल पनि भए । म छात्रवृतिमा आएका कारण अरु बिद्यार्थी जस्तो समस्या पनि थिएन ।
आएको २-४ दिन अमेरिकाका केही सहरहरु आफ्ना आफन्तजनको सहयोगमा घुमें । यो एउटा सुनौलो मौकाको रुपमा लिएँ ।काठमाडौंमा धुलो र धुवादेखि वाक्क भएर आएकी म अमेरिकाकाको वातावरणबाट निकै प्रभावित भएँ । यहाँका हरेक कार्यशैली निकै नै तेजस्बी रहेछन ।
भखरै अमेरिका टेकेकी हुँदा यता रहेका साथीभाईहरु पालैपालो भेट्न पनि आइरहे ।थोरै बेरलाई भएपनि मैले नेपाल बिर्सिएकी थिए । बिस्तारै बिस्तारै अमेरिकाका अरु मानिसहरुसंग पनि चिनाजानी बढ्दै गयो । प्राय ग्यास स्टोर र वाल्मार्टमा बिद्यार्थी भेट्न थालेपछी मनमा अनेक प्रश्नहरु उठ्न थाल्यो । घण्टा घण्टामा पैसा पो फल्दो रहेछ भन्ने बोध हुन थाल्यो । दिनमा १८ घण्टासम्म रेस्टुरेण्टमा पोछा लगाउने बिद्यार्थी पनि भेटें । खटेको देखेर सकारात्मक र नकारात्मक दुबै खालको भावना मनमा आयो । सम्पूर्ण हप्ताभर १० घण्टाको दरले ७० घण्टासम्म काम गर्ने पनि भेटें । हुन त काम ठुलो सानो हुदैन । श्रममको सम्मान भएको ठाउँ रहेछ भन्ने ज्ञात भयो । आफुले सक्ने जति काम गर्न पाउनु सबैको अधिकार पनि हो ।
तर कतिपय यस्ता विद्यार्थी भेटें, जो नेपालबाट १२ पास गरेर यता आएर घण्टा घण्टामा कमाईको लोभमा परेर आफ्नो भविष्य बिग्रिएको दृष्टान्त समेत सुनाउने गर्थे । धेरै जस्तो सम्पर्क बिद्यार्थीहरु नै हुन थाल्यो । कोही विश्वविद्यालयको फी तिर्न घोटिनु परेको छ भन्थे । कोही नेपालमा कमाएर पठाउनु पर्ने भएका कारण पढाई समेत बिथोलिएको बताउँथे । राती कामबाट लखतरान भएर कोठामा आएपछि आमाले कर लगाई लगाई खुवाएको सम्झिदा रुदै सुतेको सुनाउने पनि भेटियो । छुट्टीमा साथीभाईसंग सराङ्कोटको डाडाँमा घण्टौं रमाएर बिताएका यादरुले पनि निक्कै सताउँदो रहेछ बिधार्थीहरुलाई ।
बाबुको गालीले छुँदै नछुनेहरुलाई यता साहुको हेपाइले साह्रै पिरोलेको रहेछ ।नेपालमा आफु बस्ने घरलाई झुपडी देख्नेहरु यता कोठा भाडा तिर्न नसकेर छटपटिएका रहेछन् ।
यद्यपी जे जस्तो भएतापनि भेटेका मध्ये थोरै मात्र नेपाल फर्कने चाहना राख्दथे । नेपालमा रोजगारीको भयानक दुरावस्थालाई देख्दा उनीहरुलाई डर लाग्दो हो !
मान्छेले परेपछि मरुभूमिमा पनि बाँच्ने उपाय निकाल्छ भने जस्तै अमेरिकामा विद्यार्थीहरुको संघर्ष देख्दा, भोग्दा र सुन्दा उनीहरुले गरेको परिश्रमले हरेकलाई जीबनको ठुलो पाठ सिकाएको छ ।
नेपालबाट भर्खर भर्खर आउने म जस्ताको लागि त झन हरेक चिजमा सिक्नु पर्ने, जान्नुपर्ने अवस्था परिरहन्छ ।
बिद्यार्थीको अवस्था, अनुकुल समय, शारिरीक क्षमता अनुसारको काम चाहेजति गर्न सकिने र अलिअलि गर्दै पढाईलाई निरन्तरता दिन सकिने भएको कारण पनि अमेरिका बिद्यार्थीको आकर्षण बनेको महसुस गरें । थप के पनि हो भने, बिकसित छ र बिकसित भएकै कारण प्रत्यक बिद्यार्थीको आखाँको तारा बनेको छ । अझ भन्नुपर्दा MS र Phd गर्न चाहने बिधार्थी को लागि त पहिलो रोजाई नै बनेको छ ।
संघर्ष गरेर केही गर्छु वा सिक्छु भन्ने चाहाना राख्नेहरुका लागि अमेरिकाले अनेकौं अवसर दिंदो रहेछ ।
तर भबिष्यको ख्याल नराखी आफ्नो गन्तब्य बिर्सिने विद्यार्थीहरुका लागि भने अमेरिका एक भुमरी जस्तै बन्न सक्छ । हुनत मैले २ महिना आफूले देखे भोगेको अनुभव शेयर गरेको हुँ । सबैलाई मलाई जस्तै लाग्नेछ भन्नु उपयुक्त हुँदैन । समग्रमा भन्दा स्वतन्त्रताको देशमा वास्तवमै स्वतन्त्रता भरपुर रहेछ । आगामी अनुभव लेख्नै गरौंला ।image1.jpeg
Sent from my iPhone
-

अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना
विश्व न्युज संवाददाता
अस्टिन(अमेरिका) ।
टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी दिए । उनका अनुसार सहभागि हुन चाहने समूहले अगस्त २५ सम्म दर्ता गर्न सकिने र दर्ताका लागि ३ सय ५० डलर लाग्नेछ । -

ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट
विश्व न्यूज संवाददाता
टेक्सस (अमेरिका) ।
टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् ।
सन् २०१८ मा खुलेको सेन्टरको पहिलो वार्षिकोत्सवको अवसरसमेत पारेर गरिएको वेल्ट टेष्टमा ८५ जना प्रशिक्षार्थीले वेल्ट अप ग्रेट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि नेपालको तेक्वान्दो खेलका पूर्व मुख्य प्रशिक्षक तथा मास्टर डन सन्तोष प्रधानले ताइक्वान्दो खेल पदक जित्ने अधिक संभावना भएको खेल हुनुका साथैं शारिरिक तन्दुरुस्तीका लागि समेत प्रभावकारी खेल रहेको बताए ।
युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशनका अध्यक्ष समेत रहेका प्रधानले तेक्वान्दो खेलको विकासमा सेन्टर र डोजाङ्गहरुको भूमिका प्रशंसनीय रहेको जनाए । कार्यक्रममा नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाइसकेका पदकधारी पूर्व खेलाडी तथा इन्ष्ट्रक्चर रुपा स्याङ्गतान तथा गणेश थापाको समेत सहभागिता रहेको थियो । -

समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू
अमेरिका ।
नेपाललाई केन्द्रमा राखेर त्यही अनुरुपको तिथि र मिति समावेश गरिएको पात्रोलाई अमेरिका लगायत अन्य देशमा वस्ने नेपालीले पूर्ण रुपमा अनुशरण गर्नु उपयुक्त नभएको एक कार्यक्रमका सहभागिहरुले जनाएका छन् ।
देश अनुसार सूर्योदय,सूयास्त, घडी लगायत ज्योतिश शास्त्र सग सम्बन्धित समय र पक्षहरु फरक रहेकाले नेपालकैं पात्रोलाई पूर्ण रुपमा अवलम्वन गर्न नसकिने सहभागि पण्डित तथा ज्योतिषीहरुले उल्लेख गरे । यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन लगाउनुपर्ने अवस्था तिथिले गराएको उनीहरुको दावी थियो ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा टेक्ससको डलासमा भएको अन्तरक्रिया कार्यक्रममा अन्तर्रा्ष्टि्रय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधबप्रसाद भट्टराईले नेपालको क्यालेण्डरलाई अमेरिकामा हु–बहु लागु गर्न नमिल्ने धारणा राखे ।‘उताबाट देखिने सूर्य, तारा, ग्रहको गतिमा आधारित रहेर नेपालको भूगोलको हिसाब गरेर बनाइएको हो त्यो पात्रो । गौरीशंकर हिमालको देशान्तरलाई आधार मानेर बनाइएको हो नि,’ डा. भट्टराईले भने ।
अमेरिकाको लागि यहााको सूर्योदयको समय, देशान्तर, ग्रह, नक्षत्रलाई हिसाब गरेर छुट्टै क्यालेण्डर (पात्रो) आवश्यक रहेकोमा जोड दिनुहुादै डा. भट्टराईले त्यसो नभएमा तिथिप्रधान पर्वहरु ९५ प्रतिशत फरक पर्ने बताए । ‘नेपालको भूगोल, ग्रह, नक्षत्रलाई आधारमा मानेर तयार पारिएको क्यालेण्डरमा ११ र १२ घण्टा समय पछि पारेर अमेरिकामा तिथिप्रधान चाडपर्व, तिथि श्राद्ध गर्दा ९५ प्रतिशत फरक पर्छन, ५ प्रतिशतमात्र यदाकदा मिल्छन्’ उनले भने ।
उनले नेपालको क्यालेण्डरलाई थपक्क टिपेर अमेरिकामा मात्र होइन युरोप, अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत प्रयोग गरिरहेकोमा त्यो ठीक नभएको उल्लेख गरे । ‘अमेरिकामामात्र होइन, युरोप र अष्ट्रेलयामा पनि फरक परिरहेको छ । सूर्योदय र ग्रह नक्षत्र अनुसार मिलाउनुपर्छ’ उनले भने ।यसैबीच नेपालमा अक्टोबर ८ मा बडादशैंको दशमी (टीका) को दिन परेपनि अमेरिकामा भने अक्टोबर ७ तारिकमै पर्ने सहभागि ज्योतिषीहरुले बताए ।‘अक्टोबर ७ तारिक सूर्योदयसागै दशमी तिथि सुरु हुन्छ र अक्टोबर ८ तारिक बिहान साढे ४ बजेसम्म रहन्छ । अक्टोबर ८ तारिक बिहान सूर्योदय नहुादै एकादशी तिथि अमेरिकामा सुरु भैसकेको हुन्छ’ अर्का ज्योतिषी मेघराज निरौलाले भने । बडादशैको टीका दशमीको दिन देवी विसर्जन गरेर लगाउने परम्परा रहेकोले अक्टोबर ७ मै लगाउनुपर्ने भनाई डा. भट्टराईको समेत थियो ।नेपालमा भने अक्टोबर ८ तारिकमा टीका रहेको छ । अमेरिकामा एक दिन अघिनै लगाउनुपर्ने ज्योतिषीहरुको भनाईले नेपाली समुदाय अन्यौलमा परेको छन् । नेपालमा ग्रहण लाग्दा जसरी अमेरिकामा देखिदैन र अमेरिकामा लाग्दा नेपालमा देखिादैन त्यसैगरि पर्वहरु पनि सुरुवात हुने समय पनि फरक पर्ने तर्क उनीहरुको थियो ।
अन्तरकृया कार्यक्रममा ड्यालसमा नवस्थापित पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ ले अमेरिकाको नेपाली समुदायलाई परेको द्विविधालाई हटाउन जरुरी रहेको बताए ।
कार्यक्रममा ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुल पूजारी डा. शेखर पण्डितले समय पूर्बबाट पश्चिमतिर सर्दै गए जसरी तिथि भने पश्चिमबाट पूर्ब्तिर सर्दै जाने भएकोले कतिपय तिथिहरु अमेरिकामा पहिले पर्ने गरेको उल्लेख गरे । -

देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य
विश्व न्यूज संवाददाता
अमेरिका ।देशको समृद्दिको यात्रामा गैर आवासीय नेपालीहरु जोडिएर अघि बढ्न चाहेको गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बताएका छन् ।
उनले नेपालमा व्यक्तिगत तथा संस्थागत रुपमा लगानी बढाउने तर्फ गैर आवासीय नेपालीहरु त्यार रहेको भएपनि केही कानुनत: र व्यवहारिक कठिनाई कारण अपेक्षाकृत रुपमा लगानी हुन नसकिरहेको बताएका हुन ।
गैर आवासीय नेपाली संघ अमेरिकाको टेक्सस राज्य च्याप्टर समितिले विहिवार यहा गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपाध्यक्ष आचार्यले नतिगत तहमा नेपाल सरकारसँग गैर आवासीय नेपाली संघले यस सम्वन्धमा छलफल गरिरहेको बताए । दोहोरो कर प्रणाली, नेपालमा लगानी गरेपछि आवश्यक परेको खण्डमा कर्म देशमा ल्याउनका लागि रहेको कानुनी अवरोध, लगानीको संरक्षण लगायतका समस्याहरु रहेको भन्दैं यी र यस्ता समस्याहरु समाधान गर्न सक्दा नेपालमा गैर आवासीय नेपालीको लगानी बढेर जाने विश्वास उपाध्यक्ष आचार्यले गरे ।
उनले विगतको तुलनामा संस्थागत र व्यक्तिगत ढंगले लगानी बढिरहेको समेत बताउदैं एनआरएनए आइसिसीले समेत पाइलट प्रोजेक्टको रुपमा कतिपय योजनाहरुमा लगानी गर्न थालेको जनाए । नाफामुखी योजनामा मात्र नभई सेवामुखी कार्यमा समेत गैर आवासीय नेपालीले योगदान गरिरहेको उपाध्यक्ष आचार्यको भनाई रहेको थियो ।
एक अर्को प्रसंगमा उपाध्यक्ष आचार्यले नेपालको संविधानले नैं व्यवस्था गरेको गैर आवासीय नेपालीलाई दिइने दोहोरो नागरिकताको विषयलाई कार्यन्वयन तहमा लैजान काम भैरहेको र त्यो नागरिकता तेस्रो पुस्ता सम्म मात्रलाई दिन सकिने व्यवस्था गरिएकोमा त्यसलाई हटाउन संघले पहल गरिरहेको जानकारी दिए । गैर आवासीय नेपालीलाई दिइने नागरिकता नेपाल सरकारको विदेशमा रहेका नियोगवाट समेत दिलाउन लागि पहल भैरहेको र यसो गर्न सके व्यवहारिक समस्या कम हुने बताउदैं उपाध्यक्ष आचार्यले तत्पश्चात राहदानीको विषयमा छलफल अघि बढ्ने उल्लेख गरे ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न समेत गैर आवासीय नेपाली संघले भूमिका खेल्ने उपाध्य आचार्यले बताए ।
एक अर्को प्रसंगमा अक्टुवरमा हुने संघको अधिवेशनमा अध्यक्षका प्रत्याशीका रुपमा समेत हेरिएका आचार्यले सबैंलाई मिलाएर संघलाई अगाडि बढाउने पक्षमा आफू रहेको बताउदैं प्रजातान्त्रिक विधिवाट नेतृत्व छानिएपनि त्यसलाई हार र जीतको रुपमा नहेरी समान्य रुपमा बुझ्नुपर्नेमा उनको जोड थियो ।

साथैं विगतदेखिनैं अमेरिकाका एनआरएनहरु संघको अन्तराष्ट्रिय चुनावमा एउटैं पदमा दुई वा बढी उठेका कारण समस्या भएको भन्दैं यस पटकको अधिवेशनमा त्यसो नगर्न आचार्यले सुझाव दिए ।
कार्यक्रममा एनआरएनए आइसिसीका क्षेत्रीय संयोजक गौरीराज जोशीले नेपालमा लगानी गर्ने देखि एनआरएनए अभियानलाई अगाडि बढाउन सगैं हिडेका साथीहरु विचमा प्रतिष्पर्धा नहोस् भन्ने चाहना आफ्नो रहेको बताउदैं मिलेर अघि वढ्न आग्रह गरे ।
एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष तथा आसन्न अधिवेशनमा महासचिव उठ्ने चर्चामा रहेका डा. केशव पौडेलले सबैंको साथ र सहयोगवाटनैं एनआरएनए अमेरिकामा चार वर्ष काम गर्न संभव र केही कामहरु गर्न सकिएको बताउदैं यसैको जगमा सबैंको साथवाट आफू अगाडि बढ्न चाहेको बताए ।
यसैगरी एनआरएनए आइसिसीका सल्लाहकार हरीबोल भण्डारीले आइसिसीमा नेतृत्व मिलेरआउने कुरामा आफू विश्वस्त रहेको र यो नैं आवश्यकता भएकोमा जोड दिदैं यस पटक अमेरिकाले समेत राम्रो उपस्थिति जनाउने बताए । साथैं उनले डा. पौडेलको कार्यकालमा संघले धेरैं कार्यहरु गरेको प्रसंग उल्लेख गर्दै अवको समितिले पनि अझ राम्रो गर्न सकोस् भनी शुभकामना दिएका थिए ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आइसिसीका विभिन्न पदमा उठ्न आकांक्षा राख्नुभएका सबैंलाई समेटेर अघि बढ्नका लागि आफूहरुले भूमिका खेल्ने भन्दैं सबैं मिलेर जादा बलियो भइने र त्यसले स्वभाविक रुपमा राम्रो उपस्थिति बढाउने जनाए ।
च्याप्टर अध्यक्ष राजेश अर्यालको अध्यक्षता र सचिव सोफिन थापाको संचालनमा भएका कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, प्रवासी नेपाली मञ्जकी उपाध्यक्ष यमुना भट्टराई, संघका पूर्व प्रवक्ता विनोद तिवारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा लगायतले धारणा राखेका थिए ।

सोही अवसरमा एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिको वैठकवाट प्रवक्तामा मनोनित ओम भट्टराईलाई संघका अध्यक्ष सुनील साहले शपथ खुलाएका थिए ।
-

अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त
अमेरिका । संयुक्त राज्य अमेरिकामा फेरी गोली चलेको छ । अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थ कारोबारीसँग प्रहरीको गोली हानाहान भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् ।
घटनामा ६ जना प्रहरी घाइते भएका छन् ।फिलाडेल्फिया प्रहरी विभागका अनुसार लागूपदार्थ कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको हो । निकै बेरको संघर्षपछि मात्र कारोबारीलाई पक्रन प्रहरी सफल भएको थियो ।
अमेरिकामा दुई ठूला गोली काण्ठ यसै महिना घटिसकेका छन् । जसमा ३२ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको ओहायो र टेक्सास राज्यमा ती गोलीकाण्ड भएका हुन् ।
अमेरिकामा आम नागरिकसँग समेत सहजै बन्दुक उपलब्ध हुने प्रावधानले ठूलो समस्या निम्त्याइरहेको छ । जहा मानिसलाई थोरै मात्र सनक चढ्यो भने सामूहिक हत्याका घटना भइहाल्छन् ।
एजेन्सी
-

राजन विश्वकर्मा अमेरिकामा सम्मानित
क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघसंस्थाहरुले एक समारोहबीच सामाजिक अभियन्ता राजन विश्वकर्मालाई सम्मानित गरेका छन् । द्वन्द्वको चपेटामा परी आमाबाबुको सुरक्षा र मायाबाट वञ्चित बालबालिकाहरुलाई धेरै वर्षदेखि पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी मदर राजन विश्वकर्माले सामाजिक न्याय क्षेत्रमा ठूलो योगदान गरेको ठहर गर्दै नगदसहित च्याम्पियन अफ सोसियल जस्टिस अवार्डद्वारा सम्मानित गरेको हो ।
कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी कार्यबाहक सभापति लक्ष्मी केसी कार्कीले गरेकी थिइन् । प्रेम परियारले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी महिला नेतृ हेमा पनेरुले स्वागत मन्तव्य राखेकी थिइन् । आयोजक संस्थाका तर्फबाट नेपाल विश्व सहयोग संघ (एनएजीसी)का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले राजन विश्वकर्माले गरेका आदर्श कामहरुमा संस्थाहरुको सक्दो सहयोग रहने बताए ।
कार्यक्रममा द्वन्द्वपीडित र अनाथ बालबालिकाहरुलाई मदर राजनले गरेको सहयोग तथा उनको जीवन संघर्ष र योगदानबारे निर्माण गरिएको डकुमेन्ट्री प्रदर्शन गर्दा उपस्थित सहभागीहरु भाव विभोर भएका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, शिक्षाविद डा. आमोद पोखरेल, समाजसेवी विद्यासागर योन्जन, नान्सका पूर्वअध्यक्ष डिकेन्द्र मास्के, लायन्स क्लब अफ बर्कली लालीगुराँसका चार्टर प्रेसिडेन्ट निर्मल फुयाँल, नान्सका पूर्वअध्यक्ष यान राई, आयोजक संस्था हिमालयन फाउण्डेसनका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा आयोजक संस्थाहरु नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया, गिरिजाप्रसाद कोइराला फाउण्डेसन, एनआरएनसीसी युएसए क्यालिफोर्निया च्याप्टर, द ह्वाइट जोन इन्टरनेशनल क्यालिफोर्निया च्याप्टर, वेष्ट अमेरिका नेपाली महासंघ, नेपाल एशोसियसन फर ग्लोबल कोअपरेशन, हिमालयन फाउण्डेशन कोर्प, नीलकृष्ण जसोदा फाउण्डेशन तथा गोर्खा अमेरिका सम्पर्क समितिका प्रतिनिधि, नान्सका अध्यक्ष तथा आयोजक संस्था नीलकृष्ण जसोदा फाउण्डेशनका अध्यक्ष ईश्वर सिटौला लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो ।
आयोजक संस्था र जनजाति महासंघको कार्यक्रमका साथै रोशन सुवेदीको तर्फबाट गरी कूल २२ सय डलर मदर राजनलाई प्रदान गरिएको छ । -

राष्ट्रपति ट्रम्पको ट्विट नै संसार
प्रभात भट्टराई
अमेरिका
सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका साना एवम् भित्री राज्यहरु उनले जित हासिल गरे । अन्ततः समग्रमा झण्डै ३० लाख मतान्तरले हिलारीभन्दा पछि रहे पनि ३०४ इलेक्टोरल कलेज उनको पक्षमा प¥यो जबकी हिलारीको भागमा २२७ मात्र उब्रियो । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज चाहिनेमा ट्रम्पले ३४ मत बढी पाए ।
राष्ट्रपति हुनुअघि र भइसकेपछि पनि ट्रम्पको एउटा दिनचर्या भने बदलिएको छैन– ट्विट । उनी ट्विटर बहुत चलाउँछन् । कसैलाई धन्यवाद दिनु परे पनि ट्विट, गाली गर्नु परे पनि ट्विट । उनका कैयन् कार्यकारी निर्णयसमेत ट्विटबाटै सार्वजनिक हुन्छन्, जुन अमेरिकी राष्ट्रपतिहरुको चलन थिएन । उनी ट्विटबाटै ट्विटरलाई समेत गाली गरिरहेका हुन्छन् । कन्जरभेटिभ एवम् आफूमाथि विभेद गरेको, आफ्ना फलोअर घटाइदिएको जस्ता गाली उनले ट्विटरलाई कैयन् पटक दिइसकेका छन् । तर, ट्विटरसँग जति गुनासो भए पनि उनी ट्विट गर्न भने छोड्दैनन् । राष्ट्रपतिको गरिमाका लागि पनि केही कम ट्विट गर्नुपर्ने सुझाव धेरैतिरबाट आएपछि उनले ट्विटरमै भनेका थिए– ‘म किन ट्विट कम गर्छु, जबकी यसकै कारण सन् २०१६ मा मेरो जित सम्भव भयो ।’चुनाव जिते पनि उनको स्वभाव उस्तै छ, एक विद्रोही जस्तो । उनी अहिले पनि त्यसैगरी प्रश्न गर्छन्, जसरी सत्तामा आउनु अघि गर्थे । जवाफ दिनुभन्दा प्रश्न बल्झाएरै उनी आफ्नो समर्थक धरातल बचाइरहेका छन् र प्रश्न गर्ने थलो छ ट्विटर । आफू दुनियाँको सबैभन्दा शक्तिशाली पदमा बहाल रहे पनि डेमोक्र्याट र आफूइतरका रिपब्लिकनले यो बिगारे भन्ने तर्क उनको हुने गर्छ । जति र जेमा राम्रो परिणाम हासिल हुन्छ त्यसको जस आफूलाई र केही बिग्रेमा दोष अरुलाई थोपर्छन् । जस्तो कि शेयर बजार हरियो हुनेबित्तिकै जति उत्साहित ट्विट सुरु गर्छन् केही घटेमा फेडरल रिजर्भ बैंकमाथि दोष दिएर ट्विट आइहाल्छ ।
दिनमा यति नै ट्विट गर्ने भन्ने उनको कुनै सीमा छैन । ट्विट र रिट्विट गरेर ५० बढीसम्म ट्विट गरेका छन् उनले । कतिलाई ट्विटरबाटै ‘फायर’ गरेका छन् त कतिलाई ट्विटरबाटै ‘हायर’ गरेका छन् । ट्रम्प आफ्नो प्रशंसामा यति सचेत छन् कि कसैले उनलाई राम्रो भनेर लेख्यो या बोल्यो भने तुरुन्तै ट्विटरमा उक्त वाणी दोहो¥याइहाल्छन् । साथै उनीप्रति कसैले नकारात्मक टिप्पणी गरे ट्विटबाटै भित्तैमा पुग्नेगरी गाली दिन्छन् । पूर्व सभामुख एवम् रिपब्लिकन नेता पउल रायनले ट्रम्पको नेतृत्व क्षमताबारे एउटा किताबका लागि अन्तरवार्ता दिएको सार्वजनिक हुनेबित्तिकै रायनले भुत्ते नेताको उपमा पाए । आफू राष्ट्रपति भएपछिको दुईवर्षे कार्यकाल अलावा रायनले कहिल्यै नेतृत्व गर्ने ढंग नजानेको समेत उनले आरोप लगाए ।
टेलिभिजन कार्यक्रमदेखि पत्रपत्रिकामा आएका लेख, सम्पादकीय एवम् समाचारमाथि समेत टिप्पणीसहित उनले ट्विट गर्ने गरेका छन् । सोमबार मात्र उनले १६ वटा ट्विट गरेका छन् । त्यसमा धेरैजसो रिट्विट छन् । फक्स न्यूजबाट प्रकाशित उनको समर्थकहरुको भिडियो क्लिप एवम् अन्य समर्थकको ट्विट रिट्विट गरेका छन् । साथै एउटा पूर्व उपराष्ट्रपति जोए बाइडेनको एक भाषणलाई उडाइएको ट्विट रिट्विट गरेका छन् भने अरु केही ट्विट पनि डेमोक्र्याटहरुप्रति नै लक्षित छन् ।
अमेरिकी चुनावमा रसियन हस्तक्षेप नकार्नेदेखि उत्तर कोरियाली नेता किम जोङ उनसँगको हार्दिक सम्बन्धसम्म उनले ट्विटरबाट नै बहस गरिरहेका छन् । राष्ट्रपति निर्वाचित हुनुअघि पूर्व राष्ट्रपति बाराक ओबामा अमेरिकामा जन्मेका होइनन् भन्ने प्रमाण आफूले पाएका जस्ता तथ्यहीन विवादित ट्विट गरेर उनी ट्विटरमा चर्चित भएका थिए । जुन, स्वभाव उनले अहिलेसम्म बदलेका छैनन् । उनलाई ट्विटरमा ६ करोड ३० लाखले फलो गरेका छन् भने उनले ४७ जनालाई फलो गरेका छन् । उनको फलो सूचीमा केही क्याबिनेटका पदाधिकारी एवम् रिपब्लिकन सांसद, केही उनका समर्थक पत्रकार, परिवारका सदस्य र उनकै कम्पनीहरु छन् । अमेरिकी राष्ट्रपतिलाई सर्वाधिक व्यस्त पदको रुपमा बुझ्ने र व्याख्या गर्नेहरुले ट्रम्पको ट्विटर सक्रियताप्रति उदेकसमेत मान्ने गरेका छन् । -

यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन
अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ ।
अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो ।
अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार नयाँ नियमपछि सरकारी सुविधामा एक वर्षभन्दा बढी समय अमेरिकामा बसेका विदेशी बढी प्रभावित हुने भएका हुन् ।
नयाँ प्रावधान अनुसार सरकारी सुविधामा बसिरहेका आप्रवासीले ग्रीन कार्ड पाउने छैनन् भने भिषा आवेदन समेत स्वीकार नहुने भएको छ ।
अमेरिकामा काम गरे पनि राम्रो आम्दानी र्न नसक्ने आप्रवासीहरु सरकारी सुविधा लिएर बस्ने गरेका छन् ।
यसमा फुट स्टाम्प, आवास र सरकारी सुविधासहितका बीमा योजनामार्फत आप्रवासीलाई सरकारले संरक्षण गरिरहेको छ ।
आप्रवासी नागरिकलाई समेत आत्मनिर्भर बनाउने यस्तो नियम ल्याइएको अमेरिकाको तर्क छ । अमेरिकामा मनग्य कमाई नहुने वा कमाउन नसक्ने व्यक्ति र परिवारका लागि ग्रीन कार्ड बन्द भएको छ ।
सरकारले १५ अक्टोवर २०१९ बाट लागु हुने गरी नियमहरु परिवर्तन गरेको हो । अमेरिकामा सरकारी सुविधामा बसिरहेका नेपालीसमेत यस प्रावधानबाट प्रभावित हुन सक्नेछन् ।
किनकी अमेरिकामा नेपालीको औसतः आम्दानी अन्य मुलुकका नागरिकको तुलनामा कम छ । किनकी अमेरिकामा धेरै नेपालीले मजदूरी गरेरै जिविकोपार्जन गर्नु परेको छ ।
अमेरिकी सरकारले अब ग्रीन कार्डका लागि हुने आवेदनमा वित्तिय स्थिति, शिक्षा, आयु तथा अंग्रेजी भाषामा भएको दक्षतालाई समेत आधार मानिने भएको छ ।
यसअघि नै ग्रीनकार्ड पाएका र शरणार्थीहरुको हकमा भने नयाँ नियमले कुनै प्रभाव नपार्ने बताइएको छ । अमेरिकामा मात्र करीव २ करोड आप्रवासी रहेको अनुमान छ ।
एजेन्सी
-

अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने ।
मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए ।
जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक संजालदेखि संचारमाध्यमसम्म हंगामा मच्चियो ।
सन्दीपले क्यारेबियन प्रिमियर लीगका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । उनी हालै क्यानडामा सम्पन्न प्रतियोगिता सकेर नेपाल फर्किएका थिए ।
दूतावासले भिषा दिन अस्वीकार गर्यो । सबै कागजात पुर्याएर आवेदन दिँदा पनि भिषा नपाएको गुनासो सन्दिपले गरेका थिए ।
प्रतियोगिताका केही खेल अमेरिकामा समेत हुने भएकाले उनले अमेरिकाको भिषा लिन चाहेका हुन् । सन्दीप बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्दैछन् । ४ सेप्टेम्बरबाट लीग शुरु हुँदैछ ।
जब सन्दीपले भिषा नपाएको बारे सामाजिक संजालमा लेखे, त्यसले तिब्र प्रतिक्रियासहित सामाजिक संजालमा अमेरिकाको व्यापाक आलोचना भएपछि केही घण्टामै काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर लामिछाने दूतावासमा बोलाई भिषा दिएको छ ।
मंगलबार विहान मात्र भिषा दिन अस्वीकार गरेको अमेरिकी दूताबासले दिउसो भने आफैले बोलाएर भिषा थमाएको हो ।
यसले झन धेरै मानिसलाई आश्चर्यमा पारिदियो । किनकी दूतावासले भिषा नदिनु पर्ने कुनै कारण नै उल्लेख गरेको थिएन ।
फेरी दिने समयमा पनि के कारणले भिषा दिन दूतावास सहमत भयो, खुलाइएको छैन । जसले गर्दा मंगलबार सन्दीप र अमेरिकाले सामाजिक संजाल र संचारमाध्यम व्यस्त रहे ।
-

अमेरिकामा नेपालीले किने सामुदायिक भवन
सुपेन्द्र बस्नेत/बोष्टन
नेपालीमा निकै चर्चित एउटा भनाई छ “तँ आँट म पुर्याउछु” भन्छ रे भगवानले । याे भनाई चरितार्थ भएकाे छ अमेरिकाकाे बाेष्टनमा ।
अमेरिकाकाे म्यासाच्युसेट्स राज्यमा बसाेबास गर्ने नेपाली समुदायले बहुउपयाेगी हुनसक्ने भवन खरिद गरेकाे छ । सामुदायिक केन्द्रका रुपमा सन्चालन गर्ने उद्देश्यकाे साथ खरिद गरिएकाे फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेकाे उक्त भवन गत अगष्ट ७ का दिन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड” काे नाममा खरिद गरिएकाे हाे । कुल १७ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरिएकाे उक्त भवन म्यासेच्युसेट राज्यकाे मुख्य सहर बाेष्टन नजिक रहेकाे ब्रेनट्रीकाे वाशिंटन स्ट्रिटमा रहेकाे छ । १४ हजार ४ सय स्क्वायर फुट जमिनमा रहेकाे उक्त भवनमा हाल संस्थालाई सम्बाेधन हुने गरी पशुपतिनाथकाे मन्दिर र स्वयम्भु स्तुपा स्थापना गरिएकाे छ । सन् २०१२ मा गठन गरिएकाे पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण् ड(प्याब्फाेन) काे लामाे अथक प्रयास पछि याे काम सम्भब भएकाे हाे । मुख्य गरी नेपाली समुदायकाे हितार्थ आवश्यक सामाजिक कार्य गर्ने गरी स्थापित यस संस्थाले भवन जाेडनका लागि नेपालीहरुकाे महान चाड तीहारमा द्येउसी भैलाे खेलेर रकम संकलन गर्ने अभियान सुरु गरेकाे थियाे । रकम संकलनकाे अभियानलाई तिब्र बनाउने मुख्य उद्देश्यले दुई बर्ष अघि सन् २०१७ मा बाेष्टनमा श्रीमतभागवत सप्ताह महायज्ञ गरिएकाे थियाे । चर्चित बाचन पण्डित दिनबन्धु पाेखरेले बाचन गर्नु भएकाे सप्ताह महायज्ञबाट १७ लाख डलर दाताहरुबाट सहयाेग घाेषणा भएकाे थियाे । हालसम्म ११ लाख डलर उठिसकेकाे र बाँकी रकम यथासिघ्र उठाउन सक्रिय रुपमा लाग्नुका साथै थप दाताहरुबाट पनि सहयाेग रकम प्राप्त हुने क्रम जारी रहेकाे संस्थाले जनाएकाे छ । संस्थाकाे बिश्वास र भराेसा गरेर संस्थाकाे महत्वकांक्षी सपना पुरा गर्न साथ दिनु हुने सहयाेगी सम्पूर्णलाई संस्थाकाे तर्फबाट संस्थाका अध्यक्ष बिष्णुमणि आचार्यले धन्यबाद दिनु भएकाे छ । संस्थाकाे महान अभियान सफल भएकाेप्रति खुशी ब्यक्त गर्दै अध्यक्ष आचार्यले यस सफलताले संस्थालाई निकै उत्साहित गराउनुका साथै थप जिम्मेवारी वाेध समेत गराएकाे बताउनु भयाे । संस्थाले भवन खरिद गर्न आवश्यक रकम जाेहाे गरे संगै भवन खरिद गर्ने अभियानलाई सक्रियता दिएकाे भएता पनि विविध कारणले सम्भव भै रहेकाे थिएन । भवन खाेज्ने दुई बर्षकाे अथक प्रयास पछि अन्तत्वगत्वा: गत साता साे अभियानले सार्थकता पाएकाे हाे । मुख्य गरी नेपाली समुदायकाे हितमा स्थापना गरिएकाे संस्थाले अागामी दिनमा खरिद गरिएकाे भवनकाे बहुउपयाेग गर्ने उद्देश्य रहेकाे संस्थाका महासचिब बिराेचन नेपालले बताउनु भयाे । भाबी दिनमा नेपाली भाषा, धर्म, संस्कृति, परमपरा, रितिरिवाज अादीकाे संरक्षण र संबर्द्धनमा केन्द्रिकृत हुदै संस्थाले आफ्नाे गतिबिधिलाई तिब्रता दिने महासचिब नेपालले बताउनु भयाे । अमेरिकाकाे यस म्यासाच्युसेट्स राज्यमा झण्डै ३० हजारकाे हाराहारीमा नेपालीहरु रहेकाे अनुमान गरिएकाे छ । जाे अमेरिका कै नेपालीहरुकाे ठुलाे संख्या रहेकाे राज्यहरु मध्यकाे एक हाे । यधपी हालसम्म झण्डै हजार हाराहारी नेपालीहरुकाे मात्र संस्थामा सक्रिय सहभागिता रहेकाे महासचिव नेपालले जानकारी दिनु भयाे । आगामी दिनमा बाँकी ठुलाे हिस्सालाई आबद्ध गराउन संस्थाले आवश्यक कदम चाल्दै जाने जानकारी दिदै महासचिबले भन्नु भयाे ” सामुहिक र सामाजिक उद्देश्यका साथ जन्मिएकाे यस संस्थाले आफ्नाे उद्देश्य पुरा गर्नका लागि सबै नेपालीलाई समेटेर जानु पर्दछ । जसका लागि हामी भाबी दिनमा केन्द्रिकृत हुने छाै” । संस्थाकाे अभियानलाई सफल बनाउन महत्वपूर्ण याेगदान पुर्याउनु हुने सबैलाई धन्यबाद दिनु हुदै नेपालले आगामी दिनमा अझबढी सक्रिय सहभागिताकाे आवश्यकता पर्ने भएकाले अमुल्य सुझाब सल्लाह सहित सक्रिय सहभागिता जनाउन सबै नेपाली भाषी समुदायलाई अनुराेध समेत गर्नु भयाे । पछिल्लाे समयमा अमेरिकाकाे बिभिन्न राज्यहरुमा नेपालीहरु संगठित हुने र आफ्नाे समुदायकाे हितका लागि बिभिन्न गतिबिधिहरु गर्ने कामले तिब्रता पाउदै गएकाे छ ।
-

एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित
विश्व न्यूज संवाददाता
अमेरिका ।
गैर आवासीय नेपाली संघ अमेरिकाको प्रवक्तामा टेक्ससका ओम भट्टराई मनोनित भएका छन् ।
आइतवार संघ कार्यसमितिको कन्फ्रेन्स कल वैठकवाट भट्टराईलाई प्रवक्तामा मनोनित गरिएको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष पदवाट भट्टराईले राजिनामा दिएका थिए ।
यसैगरी दश जना सल्लाहकार समेत मनोनित गरिएको छ । सल्लाहकारमा मनोनित हुनेहरुमा न्यूयोर्कका श्यामकाजी गुरुङ, म्यासाच्युटका डा.दिन बन्धु भट्ट, क्यालिफोर्नियाका ईश्वर सापकोटा, कोलोराडोका जगन्नाथ गौतम, विन्किन्सीनका लाल काफ्ले, कनसासका हरीहर पौडेल, नर्थ क्यारोलिनाका डा. हरीहर भट्टराई, न्यू जर्सीका शतेन्द्र शाह, टेक्ससका संकेश्वर सुवेदी र भर्जिनियाका गोविन्द सुवेदी रहेका छन् । सल्लाहकारहरुको मनोनयनमा क्षेत्रगत तथा भौगोलिक रुपलाई विशेष ख्याल गरिएको बताइएको छ । वैठकका संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा बसेको थियो । -

पिट्सबर्ग बस स्ट्याण्डमा दुई महिला माथि चक्कु प्रहार : एकको मृत्यु
पेन्सिल्भानिया राज्यको पश्चिमी शहर पिट्सबर्गमा आज बिहीवार दुई महिलाहरु माथि छुरा प्रहार हुँदा एकको मृत्यु र एक घाईते भएका छन् । स्मिथफिल्ड स्ट्रिट र ६ स्ट्रिटमा रहेको पोर्ट अथोरिटी बस टर्मिनलको बस स्ट्यान्डमा बसिरहेको अवस्थामा ती महिलाहरु माथि छुरा प्रहार भएको स्थानीय पत्रिका पोट गजेटले जनाएको छ । आक्रमणकारीले नजिकै घुमी रहेका प्रहरीको पछाडिबाट आएर ति महिलाहरु माथि आक्रमण गरेका थिए । बिहान साँढे एघार बजे ती महिलाहरु माथि आक्रमण भएको हो । घाईते महिलाहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । नाम नखुलाईएका दुई महिला मध्ये एकको अस्पतालमा मृत्यु भएको थियो भने एक महिलालाई सामान्य चोट लागेको थियो । मृत्यु भएकी महिलाले कुनै प्रकारको धार्मिक पहिरन नलगाएको र घाईते महिलाले हिजाब लगाएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । आक्रमणकारीलाई तत्काल प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जनाएको छ भने आक्रमण उद्देश्य प्रष्ट नभएको प्रहरी श्रोतले जनाएको छ ।
एजेन्सी
-

विश्वभरबाट अमेरिका भ्रमणमा रहेकाका लागि एमिनेस्टी इन्टर्नेसनलले ट्राभल एड्भाईजरी जारी गर्यो
एमिनेस्टी ईन्टर्नेसनलले विश्वभरबाट अमेरिका भ्रमण गर्नेहरुका लागि “ट्राभल एड्भाईजरी ” जारी गरेको छ । अमेरिकामा हालै घटेका मास सुटिङ्का ठुला घटनापछि तत्काल अमेरिका भ्रमण गर्दै गरेकाहरुका लागि भन्दै एमिनेस्टीले गत बुधबार ट्राभल एड्भाईजरी जारी गरेको हो । गत हप्ता टेक्ससको एल पासो र डेटन ओहायोमा घटेका २ छुट्टाछुटै घटनामा ३२ जनाको ज्यान गएको थियो भने थुप्रै घाईतेहरु अस्पतालमा उपचारत छन् । एमिनेस्टीले जारी गरेको एड्भाईजरीमा भनेको छ “अमेरिका भ्रमणको समय होसियारी अपनाउनु र अाईपर्न सक्ने आकस्मिक अवस्थाको लागि योजना बनाएर मात्र भ्रमण गर्नु” । एमिनेस्टीले भनेको छ धेरै भिडभाड हुने ठाउँहरु बिशेषत संस्कृतीसँग जोडिएका कार्यक्रम भएका ठाउँ, धार्मिक कार्यक्रम हुने स्थान, बिद्यालय र सपिङ् मलहरुबाट टाढा रहन भनेको छ । लोकल बारहरु नाईट क्लब क्यासिनो जस्ता ठाउँहरुमा थप होसियारी अपनाउन समेत सुचित गरेको छ ।
एमिनेस्टीको अलावा अमेरिकामा घटेको पछिल्लो मास सुटिङ्पछि भेनेजुयला र उरुग्वेले सोमबार नै आफ्ना नागरिकलाई सुसुचित गर्दै ट्राभल एड्भाईजरी जारी गरेका थिए ।
श्रोत : सि एन एन
-

अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना
प्रभात भट्टराई/न्यूह्यामसर
अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा ।
तर, यो साताको विकेन्ड भने अमेरिकामा आँशु लिएर आइदियो । १३ घण्टाको अन्तरालमा भएका दुई भयानक गोली काण्डका कारण यो सप्ताहन्त कालो विकेन्डमा परिणत भयो । टेक्सासको सीमावर्ती सहर एलपासोमा शनिबार दिउँसो र ओहायोको डेटनमा शनिबार नै मध्यरात भएको ‘मास सुटिङ’मा ३२ ले ज्यान गुमाए भने ५० बढि घाइते भएका छन् ।
यो घटनाले अमेरिकामा अहिले सबैको चैन हराएको छ । अमेरिकी संविधानको दोस्रो संसोधन मार्फत जनतालाई प्रदान गरिएको बन्दुक बोक्न पाउने हकमाथि पुर्नव्याख्याको बहस फेरि तात्न पुगेको छ । अमेरिकामा बन्दुकबाट हुने नरसंहार नौलो भने होइन । सन् २०१९ लागेपछि मात्र २१ वटा मास सुटिङ भइ सकेका छन् भने १३१ जनाले ज्यान गुमाएका छन् । यी घटनामा झन्डै ७० जना घाइते छन् । तर, जब एउटै घटनामा अलिक ठूलो संख्यामा हताहती हुन्छ तब यो बिषयमा धेरै हल्लाखल्ला मच्चिने र केही दिनमा फेरि सेलाउने गरेको छ ।
यसपाली टेक्सास र ओहायो सुटिङ भने फरक प्रवृत्तिका तर अत्यन्त चिन्ताजनक घटनाका रुपमा देखिएका छन् । त्यसमा पनि टेक्सास सुटिङ साँच्चिकै कहाली लाग्दो छ । डाल्लास नजिकै घर भएका २१ बर्षका प्याट्रिक क्रुसियस आम नरसंहारकै लक्ष बोकेर साढे छ सय माइल टाढाको एलपासो १० घण्टा ड्राइभ गरेरका पुगेका थिए । यसरी एलपासोलाई लक्षित गर्नुको कारण भने ‘हिस्पानिक (मेक्सिन मूल)’का व्यक्तिहरुलाई सिध्याउने रहेको उनको मेनिफेष्टोबाट प्रहरीले पत्ता लगाएको छ । हिस्पानिकहरुले अमेरिकालाई ‘विषाक्त बनाएको कारण सफाइ गर्न लागेको’ आशयको क्रुर मेनिफेष्टो उनले तयार गरेको प्रहरीको भनाइ छ ।
मेक्सिकोसँग सीमा जोडिएको सहर एलपासोमा हिस्पानिकहरुको बहुमत छ । त्यसैले विकेन्डमा धेरै सर्वसाधारण किनमेलका लागि निस्किन्छन् भन्ने रणनीतिक योजनाका साथ उनी दिउँसो १२ बजे त्यहाँस्थित वालमार्ट सपिङ सेन्टरमा पुगेका थिए । कालो हुडी र हेड फोन लगाएर राइफल भिरेको उनको भिडियो सिसिटिभी क्यामेराहरुमा देखेपछि प्रहरीले उनलाई फलो गरेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले केही घण्टा नै मेहनत गर्नु पर्यो । उनको अन्धाधुन्द गोली प्रहारबाट नाबालक देखि बृद्धसम्म मारिएका छन् । घटनास्थलमै २० जनाले ज्यान गुमाए भने घाइते भएका २६ मध्ये सोमबार बेलुकासम्म उपचारका क्रममा थप दुईको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समेत ज्यान गएको छ । छ जना त मेक्सिकन नागरिककै मृत्यु भएको छ । मेक्सिकोले आफ्ना नागरिक गोली काण्डमा मारिएको प्रति कानुनी उपचार खोज्ने जनाइ सकेको छ ।
आफुलाई बन्दुक राख्न पाउने अधिकारको धुरन्धुर समर्थक दावी गर्दै आएका राष्ट्रपति ट्रम्पको समेत मथिंगल यो घटनाले खलबल्याएको छ । उनले सोमबार बिहान देशबासीलाई सम्बोधन गर्दै कुनै पनि जातिय घृणा, स्वेत राष्ट्रबाद (ह्वाइट नेशनलिजम) र घरेलु आतंकबादलाई अमेरिकामा ठाउँ नरहेको बताएका छन् । ट्रम्पले यसअघि नामै काटेर यी तत्वहरुको विरोध गरेका थिएनन् । तर, एलपासो बन्दुकधारीले उनैबाट प्रेरणा पाएर हिस्पानिकहरुलाई सिध्याउन लागेको आशयको मेनिफेष्टो तयार पारेपछि भने राष्ट्रपति ट्रम्प बोल्न बाध्य भए । उनले गत अक्टुबरको मध्यावधि चुनावताका अविछिन्न रुपले मेक्सिकन आप्रवासीले अमेरिकालाई विषाक्त तुल्याएको बताएका थिए । साथै गत महिना एक चुनावी सभामा गैर कानूनी रुपमा अमेरिका ‘छिर्नेलाई के गर्नु पर्छ’ भनेर उनले प्रश्न गर्दा उपस्थित भिडले ‘गोली हान्नुपर्छ’ भन्दा हाँस्दै सुनेर बसेका थिए । कुनै प्रतिवाद गरेका थिएनन् । अहिले मिडिया एवं विपक्षिहरुले तीनै भाषणका क्लिप र ट्विटहरु विश्लेषण गर्दै ट्रम्पकै उक्साहटमा घृणामा आधारित यस्ता घटनाले बढावा पाएको आरोप लगाउन थालेका छन् ।
सोमबार बिहानको सम्बोधनमा घृणा र स्वेत राष्ट्रबादको विरोध गरे पनि बन्दुक नियमनको सम्भावित कदमप्रति भने उनी मौन बसे । मानसिक रोग र भिडियो गेमहरुका कारण यस्ता समस्या आएको भन्दै त्यसप्रति सचेतता अपनाउन आवश्यक कानूनी प्रवन्धका लागि न्याय विभागलाई निर्देशन दिने उनले बताएका छन् । तर, डेमोक्र्याट मात्र होइन उनकै समर्थक मिडिया र केही रिपब्लिकनले पनि बन्दुक नियमनमा कदम चाल्न अब ढिलाइ गर्न नहुने बताउन थालेका छन् । ट्रम्प पक्षधर न्यूयोर्क पोष्टले युद्धमा प्रयोग हुने हतियार सर्वसाधारणलाई बिक्रिमा रोक लगाउन माग गर्दै सोमबार कभर स्टोरी नै बनाएको छ । किनभने टेक्सास र ओहायो दुबै घटनामा स्वचालित र सयौँ राउण्ड फायर हुने अत्याधुनिक हतियार प्रयोग भएका थिए । सिएनएनका राष्ट्रिय सुरक्षा सम्बाददाता जीम सिउटोले त आफुले यस्ता हतियार इराक र अफगानिस्थान युद्धमा पनि नदेखेको भन्दै ट्विट गरेका छन् ।
टेक्सास घटनाको १३ घण्टा पछि मध्यरातमा ओहायोको डेनर स्थित एक बारमा २४ बर्षका कोनर बेट्स नामका गोरा पुरुषले नै अन्दाधुन्द गोली चलाउँदा नौ जनाको ज्यान गयो । डेनरलाई प्रहरीले फायर खोलेको ३० सेकेन्ड भित्र गोली हानेर लडाइ सकेका थिए । तर, त्यति अवधिमा उनले नौ जनाको ज्यान लिए र २६ जनालाई घाइते बनाए । हिंसात्मक व्यवहारका कारण पटक पटक नसिहत खेपेका एवं स्कुलबाट समेत अनुशासनको कारबाही गरेर निकालिएका व्यक्तिको हातमा यस्तो नृशंस हतियार पर्नु आपत्तिजनक भन्दै बन्दुकको अधिकारको पक्षधरहरुले नै आपत्ति जनाएका छन् । उनले आफ्नी बहिनीको समेत हत्या गरेका थिए ।
अमेरिकी संविधानको दोस्रो संसोधनले आम नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ । सिकार खेल्ने अमेरिकी संस्कृतिको सम्बद्र्धन एवं आत्मरक्षाका लागि यो अधिकार दिइएको संविधानका ज्ञाताहरु बताउँछन् । तर, संविधानका निर्माताहरुले परिकल्पना गरेको हतियार र अहिलेको स्वचालित मेसिनगनमा ठूलो परिवर्तन आएको भन्दै त्यसमा समय सापेक्ष सुधार गरिनु पर्ने मत व्यापक हुँदै गएको छ । तर, रिपब्लिकन पार्टी भित्र बलियो प्रभाव रहेको नेशनल राइफल एसोसिएसन (एनआरए)ले यसमा थप कानुनी व्याख्या गर्न नदिन चालेको लविङ अहिलेसम्म सफल भइ रहको छ । एनआरए रिपब्लिकनको दाता मात्र होइन यसका केयन् अभियन्ताले उक्त दलबाट राजनीति गरि रहेका छन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले आँशु खसाएर बन्दुक नियमनका लागि संसदसँग हार गुहार गर्दा पनि सकेनन् । स्वचालित मेसिनगनहरु बिक्री वितरणमा रोक, बन्दुकको लाइसेन्स पाउनु अघि बलियो पृष्ठभूमी जाँच एवं बन्दुक किन्न पाउने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष पुर्याउनु पर्ने मागमा अहिले बहुमत अमेरिकीको समर्थन देखिन्छ ।
अमेरिकामा पछिल्ला तीन बर्षमध्ये एउटै ‘मास सुटिङ’बाट सन् २०१६ मा ओर्लान्डोमा ४९ जना, २०१७ मा लस भेगासमा ५८ जना एवं साउदरल्याण्ड स्प्रिङमा २७ जना, २०१८ मा स्टोनमेन डग्लसमा १७ जनाले एकै ठाउँमा ज्यान गुमाएका थिए ।