काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् ।
२० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्ड भएको थियो ।
राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधि पनि जितेकी छन् ।मिस इग्ल्याण्डको फाइनल भने जुलाई ३१ र अगष्ट १ मा हुनेछ । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।
नेपाली चेली प्रतिष्ठा तृष राउत बेलायतको अन्डरसटमा बस्छिन् ।उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २५ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् ।
१७ वर्षको उमेरदेखिनै मोडलिङमा लागेकी प्रतिष्ठाले इग्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् ।पढेर भन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
इग्ल्याण्डमा मिस इङ्ल्याण्ड बिजेताले टाइटलसहित २५ हजार पाउण्ड पुरस्कार, मिस वल्र्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुने मौका पाउने गर्छन् ।प्रतिष्ठाले भने यस पटक आफूले धेरै मेहनत गरेकाले उपाधि जित्ने आत्मविश्वास बढेको बताएकी छन् ।
Category: डायस्पोरा
-

प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा
-

एन आर एनमा ४ जना भिड्ने पक्का ,कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा
विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)को ९औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुँदै छ। विदेशमा बस्ने नेपालीहरुको साझा संगठन एनआरएनले हरेक दुई दुई वर्षमा नयाँ नेतृत्व चयनका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्दै आएको छ । महाधिवेशनले भवन भट्ट नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापन गरी नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनको विधानअनुसार प्रति एक हजार बराबर १०० नै प्रतिनिधि चयन हुनेछन् ।
राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन, विश्व सम्मेलनभन्दा बढीमा ६ महिना र कम्तीमा १ महिना अघि सम्पन्न गर्नुपर्ने व्यवस्था कारण अहिले विभिन्न देशमा धमाधम चुनाव भैरहेको छ । महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने भएकाले एनआरएनका नेताहरु विभिन्न ठाउँमा पुग्न थालेका छन् । योसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद्को चुनाव पनि लागेको छ ।
विभिन्न देशमा भएका राष्ट्रिय महाधिवेशन अन्तर्गत चुनावका बेला विभिन्न प्रश्नहरु उठ्न थालेपछि एनआरएन आईसीसीले नियमावलीमै लोकतान्त्रिक र निर्वाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का सदस्य तथा पदाधिकारी निर्वाचित गर्नसक्ने व्यवस्था गर्ने व्यवस्था गरेको छ । अक्टोबरमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका विषयमा प्रचारप्रसारका लागि एनआरएनका सम्भावित पदाधिकारीका उम्मेदवार दौडधुपमा लागेका हुन् ।अध्यक्षमा चार आकांक्षी
एनआरएनको आगामी दुई वर्षका लागि हुने चुनावमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष कुमार पन्तले मात्र औपचारिक रुपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर वर्तमान अध्यक्ष भवन भट्ट, अर्का उपाध्यक्ष कुल आचार्य र अघिल्लो चुनावमा पराजित उम्मेदवार जमुना गुरुङले समेत आन्तरिक तयारी तीव्र पारेका छन् । यी नेताहरुको यूरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न देशमा दौडधुप बाक्लिएको छ ।
औपचारिक रुपमा एनआरएनका वरिष्ठ उपाध्यक्ष पन्तले नवौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा यसअघि नै गरिसकेका छन् । केही हप्ताअघि उनले बेल्जियम पुगेर आफू अध्यक्ष पदको उम्मेदवार भएको घोषणा गरेका थिए । पन्तले उम्मेदवारी घोषणा मात्र गरेका छैनन् प्यानल बनाएर चुनावमा नजाने प्रतिबद्धता जनाउँदै सकभर सहमतिमै नेतृत्व लिने योजना बनाइरहेका छन् ।
वर्तमान अध्यक्ष भट्टले पनि आन्तरिक रुपमा उम्मेदवारीको तयारी गरेका छन् । यसअघि पन्तलाई अध्यक्ष बनाउनेगरी सहमति गरेर गुरुङविरुद्ध चुनाव लडेका भट्टले अहिले भने उम्मेदवार बन्ने योजना बनाएका स्रोतको दाबी छ । अन्य अध्यक्षहरुमध्ये धेरैले दुई–दुई कार्यकाल संस्थाको नेतृत्व गरेकाले आफूले पनि फेरि एक पटक एनआरएनको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उनले आन्तरिक तयारी थालेका हुन् । त्यसैले आउँदो महाधिवेशनका लागि भट्ट बलियो उम्मेदवार हुन् ।
अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा भट्टसँग पराजित भएकी पूर्व अध्यक्ष शेष घलेकी पत्नी जमुनाले पनि यस पटक अध्यक्ष जित्नेगरी उम्मेदवार बन्ने आफू निकटका नेतालाई बताउन थालेकी छन् । उनले पति शेष घलेसँग विभिन्न देशमा भएका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेकी छन् । महिला नेतृत्वको कुरा उठाएर महिला प्रतिनिधिको मत तान्ने र विगतमा नमिलेका पक्षलाई समेत मिलाएर चुनावमा जाने तयारी उनको छ । पति शेष घलेमार्फत उनले विभिन्न पक्षसँग चुनाव लड्ने विषयमा छलफल गरिरहेकी छन् । तर आधिकारिक घोषणा भने उनले गरेकी छैनन् ।
एनआरएनमा छिटो उदाउने नेताका रुपमा परिचित वर्तमान उपाध्यक्ष कुल आचार्यले पनि आफूलाई अध्यक्षको उम्मेदवार भनिरहेका छन् । तर, उनले पनि औपचारिक रुपमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका छैनन् । आचार्यले विभिन्न देशका कार्यक्रममा सक्रिय सहभागिता जनाउने र नेतृत्वको आलोचना गर्ने क्रम रोकिएको छैन । त्यसैले एनआरएनमा उदाएको शैलीमा अध्यक्ष बन्ने आकांक्षा उनमा पलाएको छ । उनको जोड सकभर यस पटक नभएमा अर्को पटकको अध्यक्ष हुनेछ । स्रोतका अनुसार उनले अर्को पटक अध्यक्ष आफू हुनेगरी जुनसुकै उम्मेदवारलाई पनि सघाउन सक्ने स्रोतको दाबी छ ।समूहगत उम्मेदवारीको तयारी
एनआरएनको विधानले समूहगत उम्मेदवारी बन्देज लगाएको छ । तर, अनौपचारिक रुपमा समूहगत उम्मेदवारीको अभ्यास पहिल्यैदेखि चलिरहेको छ । यो पटक पनि समूहगत उम्मेदवारीको चर्चा–परिचर्चा शुरु भएको छ । विभिन्न पार्टीगत संघ–संगठन, क्षेत्रीय समूह र बिजनेश स्वार्थ समूहले एनआरएनमा समूहगत उम्मेदवारी दिने परम्परा भएको छ । औपचारिक रुपमा समूहगत उम्मेदवारी घोषणा भने गरिँदैन । गलत बाटोबाट प्यानल खडा गर्ने काम निरन्तर हुन थालेको छ ।
राजनीतिक रुपमा नेकपा निकट र गैरनेकपा भन्दै दुईवटा मोर्चा चुनावका लागि समूहगत उम्मेदवारी दिने तयारीमा छन् । राजनीतिक हिसाबले एनआरएनमा नेपाली काँग्रेस निकट मानिएकाहरु अल्पमतमा छन् । तर, उनीहरु राजनीतिक रुपमा निकै सक्रियसमेत देखिएका छन् । डेनमार्कको राजधानी कोपेनहेगनमा हालै सम्पन्न नेपाली काँग्रेसको भेलाको मुख्य एजेण्डासमेत एनआरएन चुनाव भएको थियो । भेलाले नेपाली काँग्रेस निकट रहेका उपाध्यक्ष कुल आचार्यसहित पदाधिकारीबाट सचिव जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटा लगायतलाई आगामी चुनावमा विजय गराउने निर्णयसमेत गरेको स्रोतको दाबी छ ।
अन्य नेताहरुले खुलेर घोषणा नगरे पनि एनआरएनमा नेपाली काँग्रेस निकटहरुको नेतृत्व अहिले उपाध्यक्ष कुल आचार्यले गरिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व महासचिव डा. बद्री केसीले गरेका छन् । केसीलाई धेरै पदाधिकारीले साथ दिएका छन । आचार्य र केसीका समूहले एकले अर्कोको आलोचना गर्ने र विवाद गर्ने कुरा सामान्य बन्न थालेको छ । विवादको मूल जरो भने पन्तपछि अबको नेतृत्व कसको हुने भन्नेमा केन्द्रित छ । आचार्य र केसीबीच पन्तपछिको अध्यक्षका रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् ।
आचार्यले अहिले अध्यक्षको उम्मेदवारी दिने भन्दा पनि अर्को कार्यकालमा अध्यक्ष पाउनुपर्ने शर्त राखेर पन्तलाई सहयोग गर्ने सम्भावना छ । एनआरएनको आउँदो कार्यकालको अध्यक्ष लगभग पन्त बन्ने निश्चित जस्तै भएको एक पूर्वअध्यक्षले बताएका छन् । घलेबाहेकका अधिकांश पूर्व अध्यक्षले यसअघिको चुनावका बेला भट्टको कार्यकालपछि पन्तलाई अध्यक्ष बनाउने भद्र सहमति गरेका थिए । आचार्यले काँग्रेसलाई एक ठाउँमा राख्न सकेको अवस्थामा र नेकपाभित्रको असन्तुष्ट समूहसँग तालमेल गर्न सकेमा आफू पन्तपछिको अध्यक्ष बन्ने अवस्था देखेका छन् भने केसीले आफू पूर्व अध्यक्षको सहयोगमा अध्यक्ष बन्ने योजनामा छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)बाहेकका मुलुकमा रहेका नेपाली मूलका विदेशी नागरिक र विभिन्न कारणले गएका नेपाली नागरिकको साझा संस्थाका रुपमा सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएन)को स्थापना भएको हो । विश्वका झण्डै ८० देशमा एनआरएनको राष्ट्रिय समन्वय परिषद् छ । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । तर, नेपालीको यकिन तथ्याङ्क नेपाल सरकार र एनआरएन दुवैसँग छैन ।प्रचारप्रसार सुरु
एनआरएनको आउँदो महाधिवेशनका लागि सम्भावित चारै जनाले दौडधुप तीव्र पारेका छन् । अध्यक्ष भट्ट पर्ख र हेरको रणनीतिमा छन् । विवाद बढेर आफूकहाँ अध्यक्ष पद फेरि आउँछ कि भन्ने योजना उनले बनाइरहेका छन् । राजनीतिक पहुँचका आधारमा नेपालमा व्यापार गर्न सकिने भएकाले एनआरएनको अध्यक्ष पद दोहो¥याउने उनको योजनालाई स्वाभाविक मान्न सकिएला । तर, उनलाई अघिल्लो महाधिवेशनमा पन्तसँग गरेको सहमतिले खुल्न दिएको छैन । अहिले उनी विभिन्न देश पुगेर आफ्नो अवस्था बुझिरहेका छन् ।
शेष घले पत्नी जमुना गुरुङले पनि आफ्नो तरिकाले विभिन्न देशको भ्रमण गरिरहेकी छन् । जित्नेगरी मात्र चुनाव लड्ने उनको योजना छ । पछिल्लो पटक नेपाली सोसल क्लब अर्थात् एनआरएन ओमनको कार्यक्रममा भने भट्ट, आचार्य र पन्त तीनै जनाले सहभागिता जनाएर प्रतिस्पर्धामा रहेको संकेत गरेका छन् । सबैले आआफ्नो पक्षमा मतदाता तान्ने प्रयास गरिरहेका छन् । एनआरएन ओमनको कार्यक्रमलाई सम्भावित अध्यक्ष पदका उम्मेदवारको प्रचारप्रसारका रुपमा समेत लिइएको छ । एनआरएन ओमान सोसियल क्लबको रुपमा दर्ता भएको छ ।
तर अमेरिका, यूके, युरोपबाट अन्य व्यक्तिले पनि उम्मेदवारी दिनसक्ने सम्भावना छ । पछिल्लो पटक अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीको सक्रियता पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । -

भानुभक्तलाई सलाम
वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक र नैतिक धारणाले प्रभाव पार्नुका साथै शास्त्रीय छन्द तथा पद्य लेखनबाट पनि यो काल प्रभावित देखिन्छ । नेपाल एकीकरणका समयमा राजनीतिक, धार्मिक तथा सामाजिक वातावरणले प्रभाव पारेको बेला कविताको मुख्य धेय वीरताको वर्णन गर्नु नै रहेको थियो । वीरवन्दना, राजभक्ति र देशप्रेम यस चरणका कविताको आधारभूत विशेषता हुन् । कवित्वको भन्दा पनि वर्णन र विवरणको प्राधान्य बढिरहेको थियो । हाँस्य र श्रृङ्गार भावका अतिरिक्त आध्यात्मिक र नैतिक विषयवस्तु पनि यस समयमा प्रयोग भएका छन् । सुगौली सन्धि पछि उत्पन्न नैराश्य, चिन्ता एवं दमित मानसिकतासँगै यो धाराको पनि विच्छेद भएको देखिन्छ । वि. सं. १८७३ देखि १९४० सम्मको नेपाली कविताको समयावधिलाई प्राथमिक कालको उत्तराद्र्ध अर्थात् भक्तिकाल भनेर चिनिन्छ । यस अवधिलाई अङ्ग्रेजसँगको पराजयपछि विकसित आन्तरिक कलह, पदलोलुपता, हिंस्रक राजनीतिक घटनाक्रम तथा सत्तामोहले वितृष्णा पैदा गरी पृष्ठभूमिकालको धार्मिक र आध्यात्मिक प्रवृत्तिलाई उकास्न सहयोग पुर्याएको देखिन्छ । भक्तिधारालाई प्रवृत्तिगत दृष्टिकोणले सगुण र निर्गुण गरी दुई भागमा बाँड्ने गरिन्छ । सगुण भक्तिधाराअन्तर्गत कृष्णभक्तिधारा र रामभक्तिधारा गरी दुई उपभेद रहेका छन् । कृष्णभक्तिधाराका आस्थाका केन्द्र भगवान् श्रीकृष्ण हुन् । रामभक्तिधाराको प्रवृत्ति रामकै चरित्रका वर्णन र गुणगान गर्नु हो । यसरी प्राथमिक कालीन नेपाली कविता यात्रामा भक्तिधारामा मलजल गर्दै आदिकवि भानुभक्त आचार्य उदाएका हुन् ।
संस्कृतमा रचना गरिएको अध्यात्म रामायणलाई मौलिकताका साथ नेपाली भाषामा अनुवाद गरेर नेपाली कविताको विकासमा उनले महत्वपूर्ण योगदान दिए । वि.सं. १८८९—१० को अवधिमा रामायणका सातै काण्डको अनुवाद गरिसकेका आचार्यमा पूर्ववर्ती कविका तुलनामा भाषिक परिष्कार, अभिव्यक्तिगत सरलता तथा काव्यगत वैशिष्ट्य पाइन्छ । मूलतः अनुवाद भए पनि भानुभक्तको रामायणमा मौलिकताको विन्यास रहेको पाइन्छ । रामायणका अतिरिक्त भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तरी, रामगीता आदि कृतिले गर्दा नेपाली कविता सशक्त भएको देखिन्छ ।
२९ असार १८७१ मा तनहँको चुँदी रम्घामा प्रथम पटक पाइला टेकेका आदिकवि भानुभक्त आचार्यले संस्कृतका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्यको संसर्गमा काव्ययात्रा थालेका हुन् । परिवारभित्रको काव्यधारात्मक वातावरण र मौलिक कवित्व शक्तिका कारण भानुभक्त संस्कृत साहित्यका आदिकवि वाल्मीकिद्वारा रचित अध्यात्म रामायणको नेपालीमा अनुवाद गरी सबै नेपालीको झुपडीमा पुग्न सफल भए । भानुभक्तले वाल्मीकि रामायणको केवल अनुवादमात्र गरेनन् त्यसमा मौलिकताले सिंगार्दै सहज, सरल र मिठासयुक्त ढंगले नेपाली पाराको रंगरोगन पनि गरे । नेपाली रामायणमा कतिपय विषय थपघट गरी नेपाली परम्परा तथा संस्कृति अनुकूल थपघट पनि गरे । भानुभक्तले नेपाली रामायणमा संस्कृत छन्दको प्रयोग सहजताका साथ गरेका छन् । यस महाकाव्यमा शार्दूलविक्रीडित छन्दको अधिक प्रयोग गरिएको छ । नेपाली रामायणको ठाउँठाउँमा प्राकृतिक सौन्दर्यताको मनोरम वर्णन, उपमा तथा उत्प्रेक्षा आदि अलंकारको दिव्य संयोजन गरिएको छ । त्यसैगरी महाकाव्यमा शृंगार, वीर, हास्य, कणजस्ता रसको कुशलताका साथ प्रयोग गरिएको छ ।
अध्यात्म चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच भानुभक्तको जताततै छचल्किएका छन् ।
रामायणमा मात्र होइन उनका अन्य रचनामा पनि नैतिक पक्ष र दार्शनिक चिन्तन व्यक्त भएको छ भने आध्यात्मिक नजरले भौतिक संसारलाई अवलोकन गरेको पाइन्छ । कवितामा हुनुपर्ने कल्पना, विचार र तादात्मकताजस्ता सारभूत तत्वको उपस्थितिले भानुभक्तका रचना ओजश्वी छन् ।
भानुभक्त अकस्मात देखिएका विषयवस्तुमा आकर्षक शैलीमा कविता रचना गर्न सक्षम थिए । उनले गर्मीको समयमा मूला, साग, केरा मोहीविना नै थालमा ल्याएको भुटेको मकै खानुपरेकोमा दुखेसो पोख्दै लेखेका छन् ।
कि ता सेता मूला कि त बरु हवस् साग उसको,
कि ता मुंग्रे केरा कि त बरु हवस् मोई अमिलो ।
असल हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी,
भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ।।
यस्ता कविताले एकातिर कविको चातुर्यता झल्किएको भेटिन्छ भने अर्कोतिर व्यवहारमा देखिने घटनाक्रमलाई पनि सहजताका साथ कविताको स्वरुपमा उतार्न सफल भएका देखिन्छन् । तत्काल देखिने विषयवस्तुलाई धाराप्रवाह कविता रचना गर्ने क्षमताले उनलाई आँशुकविको उपाधि पनि समालोचकहरुले दिएका छन् ।
मुद्दा खेप्दा काठमाडौंको जेलमा बस्नु परेपछि त्यहाँको परिवेशलाई व्यांगात्मक शैलीमा उनी लेख्छन्
लामखुट्टे उपियाँ उडुस् इ सँगी छन् इनकै लहड्मा बसी,
लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी ।।
यसैगरी भानुभक्तले भक्तमाला र बधुशिक्षाजस्ता कृतिमा पनि समाजको वास्तविक चित्रण उतारेका छन् ।
विश्वमा नेपाली जताजता पुगे पनि मुटुभरि भानुभक्त लिएर हिंड्छन् । भानुभक्तको नेपाल भौगोलिक रेखाभन्दा धेरै फराकिलो छ । नेपालसँग अरु कुनै साइनो नभएकाहरुलाई पनि जोड्ने काम आदिकवि भानुभक्तले गरेका छन् । भानुभक्तको रामायण झुपडी झुपडी पुगेको, मेलापात जाँदा, गोठालो जाँदा गाइएको, विवाह तथा ब्रतवन्ध हुँदै सप्ताह मन्डपमा घन्किएको प्रथम महाकाव्य हो र भानुभक्त नेपाली साहित्यका शिखर पुरुष हुन् भन्दा अत्युक्ति नहोला ।
भानुजयन्तीको सन्दर्भमा अब केही हप्ता औपचारिक समारोहहरु हुनेछन् । सालिकमा माल्यार्पण, कविगोष्ठी, प्रभातफेरि आदि आदि तर भोलि भोलि भन्दैमा सबघर बितिगो बक्सियोस् आज झोली, भन्ने भानुभक्तलाई भोलिवादी संस्कार नै बोकेर एक डोको फूल चढाए पनि उनलाई सच्चा सम्मान गरेको मान्न सकिंदैन । हाम्रो संस्कारमा आजवाद ल्याउन सकेमात्र भानुको सच्चा सम्मान हुनेछ ।
आचार्य पीपलमणि सिग्देल
न्यूयोर्क
Sent from my iPhone
-

कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया
न्यूयोर्क
नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी तथा अन्य महिलाहरुको उल्लेख्य सहभगिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्री कर्ण शाक्यले सकारात्मक सोच किन र सकारात्मक सोचले के कसरी ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकासमा सहयोग पुर्याउँदछ भन्ने प्रष्ट पारेका थिए । शाक्यले आफुले सकारात्मक सोचको अभ्यास अनुरूप आफ्नो निजी जीबन, समुदाय तथा राष्ट्रलाई के कस्तो सेवा र टेवा पुर्यायो भन्ने समेत चर्चा गरेका थिए भने अमेरिकामा पनि सकारात्मक सोच समूह गठन गर्न कार्यक्रमबाट श्रोताहरूलाई आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा लेखक राजन थपलिया, सम्प्रेषणका शैलेस श्रेष्ठ, रेडियो जर्नलिष्ट हरीशरण लामीछाने, सामाजिक अभियन्ता सुर्य लम्साल, डा. कमल पाण्डे, डा.गोबिन्द कोईराला, आनन्द श्रेष्ठ, फिप्ना महिला संघका अध्यक्ष संगिनी रानामगर, बिशाल बिक्रम शाह, बिष्णु सिं बैजु, रविन बज्राचार्य, श्रुती अमात्य (प्रधान) लगायतले प्रश्नहरु राखेका थिए ।
नख:का अध्यक्ष श्री बिष्णुमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नख:का उपाध्यक्ष श्री महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूले स्वागत गरेका थिए । नख:का सल्लाहकार अजय छोचूंले प्रमुख अतिथि कर्ण शाक्यको परिचय गराएको कार्यक्रममा न्युयोर्कस्थित वाणिज्य दुत कृशु क्षेत्रीले आफु “सोच” पुस्तकबाट आफु निकै प्रभावित भएको बताएका थिए ।
प्रमुख अतिथि कर्ण शाक्यलाई नख:का अध्यक्ष श्री बिष्णुमान प्रधानले खादा लगाएर स्वागत गरेका थिए भने सचिव संगिता मुखिया छोचूंद्वारा फूलको गुच्छा दिई शाक्यको स्वागत गरिएको थियो ।
-

स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा
समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।
राजनीति गर्नेहरु यति बेला आफुलाई राजनेता साबित गर्ने निकै ठुलाे अवसर पाँउदा पाँउदै पनि चुकिरहेका छन् । देशमा राजनीति गतिलाे नभई दिदा निरासा र बेतिथी दुबाे झैं माैलाउदै छ भने इमान्दारिता र नैतिकता रेबीज राेग लागे झै बाैलाउदै छ । जबसम्म राजनीति ठिक हुदैन, तबसम्म सुशासन र समृद्धिकाे परिकल्पना केबल दिवा सपना मात्र साबित हुन्छ । नेपाली राजनीतिमा देशले बेला बखत महापुरुषहरु नपाएकाे त हैन तर राजनितिक काेर्श पुरा नहुदै उनिहरुकाे जीवन यात्रा टुंगिएका कारण राजनीति पनि बिचैमा अलपत्र परेकाे जग जाहेर नै छ । यति बेला सबैलाई एकताकाे शुत्रमा बाँधेर अघि बढ्ने क्षमता भएकाे नेतृत्वकाे अभाव देखिन्छ । यस्ताे कठिन परिस्थितिले अाज अचानक बिगतलाई स्मरण गर्दा नेपाली राजनीतिका एक लाैह पुरुष स्वर्गीय गिरिजाप्रसाद काेइराला स्मृत हुन्छ । देशमा प्राप्त परिवर्नसंगै उठेकाे असन्तुष्टीका उल्झनहरुका कारण परिवर्तनलाई संस्थागत् गर्न थप चुनाैती थपिदै गर्दा तत्कालिन प्रधानमन्त्री स्व. काेइरालाले बढाे बुद्धिमतापूर्वक आफु र आफ्नाे पार्टीकाे स्वार्थ भन्दा माथि उठेर समृद्ध नेपाल बनाउनका खातिर राष्ट्रकाे कार्यकारी प्रमुखकाे हैसियतले बढाे परिपक्कताका साथ असन्तुष्ट पक्षहरुलाई वार्ताका लागि आव्हान गर्नु भएकाे थियाे । आैपचारिक लिखित आव्हान गर्नु अघि भूमिका बाध्दै उहाँले ब्यक्त गर्नु भएकाे भावुक मन्तब्यकाे केही अंश जाे मननयाेग्य, सान्दर्भिक र उपयाेगी हुन सक्ने ठानी जस्ताकाे त्यस्तै लिपिबद्ध गरी प्रस्तुत गरेकाे छु ।
“याे मेराे सायद पहिलाे र अन्तिम तपाईहरुलाई मेराे सन्देश हुने छ हाेला । किनभने मेराे उमेर र मेराे हेल्थले गर्दा या अरु अन्तिम पनि हुन सक्ला । आज एउटा युगान्तकारी परिवर्तन पछि तपाईहरुलाई दिदी बहिनी दाजूभाईहरुलाई एउटा संदेश म दिदैछु । मेराे पनि आफ्नै सेन्टिमेन्ट छ । आफ्नै इमाेसन छ । आफ्नै भावना छ । आफ्नै ईच्छा छ तपाईहरुकै जस्तै । म कुनै भिन्न मानिस हाेइन । जस्ताे तपाईहरुकाे आकांक्षा छ, ईच्छा छ, भावना छ, उत्कण्ठा छ, त्यस्तै मेराे पनि छ । किनभने म पनि यही भूमिमा, यही माटाेमा लडिबुडि खेलेर यही हावा पानीमा हुर्केकाे ब्यक्ति हुँ – तपाईहरु जस्तै । त्यसकारण तपाईहरुकाे सेन्टिमेन्ट र इमाेसन, तपाईहरुकाे आकाँक्षा ईच्छासंग म पूर्णरुपबाट परिचित छु । मेराे उमेरले गर्दा पनि धेरै तपाईहरुसंग उठबस गर्दा खेरी परिचित म भएकाे हुँ । र अर्काे कुरा याे युगान्तकारी परिवर्तन त भयाे । युगान्तकरी परिवर्तन पछि एउटा जनतामा ईच्छा, आकांक्षा र उत्कण्ठाहरु उर्लिएर आयाे । त्याे स्वभाविक कुरा हाे । त्याे हुन्छ नै । त्यसैले हामी के भन्छाै भने, राष्ट्रकाे प्रथम बेदना हाे भनेर हामीहरु भन्छाैं त्यस्लाई । किनभने त्यस बेला त्याे एउटा परिवर्तन पछि अर्काे परिवर्तन आउँदाकाे त्याे वेदना हुन्छ राष्ट्रलाई । त्याे स्वभाविक कुरा मैले ठानेकाे छु । तर मलाई एउटै कुरा अहिले तपाईहरुलाई भन्न मन लागिरहेछ कि यहाँकाे परिस्थितिलाई अध्ययन गर्दा, विश्लेषण गर्दा मलाई लाग्याे कतै प्रतिगामी शक्तिहरु, र ले चलखेल गर्न त सुरु गरेका छैनन् ? भन्ने मलाई लागेकाे छ । त्यसकारणले म दिदीबहिनी, दाजुभाईहरुलाई सचेत गर्न चाहन्छु कि त्यस्ताे खेलबाट हामी मुक्त हुनु पर्छ र राष्ट्रलाई पनि मुक्त गराएर हामीहरु जान सक्नु पर्छ । अर्काे कुरा मलाई भन्नु के छ भने, याे राष्ट्र सबैकाे राष्ट्र हाे । एउटा ब्यक्तिकाे हाेइन । यसकाे सम्पत्ति सबैकाे हाे । एक ब्यक्तिकाे हाेइन । त्यसकारणले यसकाे समस्या पनि सबै जनताकाे समस्या हाे । त्यसकारणले कुनै समस्या छ, कुनै त्यस्ताे छ भने वार्ताबाट नै याे समस्याकाे समाधान हाेस् भन्ने म चाहन्छु । र समस्या जुन जस्ताे सुकै भएता पनि वार्ताबाट त्याे समस्याकाे समाधान हुन्छ भन्ने विश्वास मलाई छ । त्यसकारण आज म सबैलाई आव्हान गर्न चाहन्छु । आग्रह गर्न चाहन्छु कि कुनै त्यस्ताे समस्या छ भने आउनुहाेस् वार्ता गराैं । समस्याकाे समाधान गराैं । याे किन भने आपसी समझदारीकाे कुरा हाे । याे घर भित्रकाे बिबाद हाे । या त्यल्लाई घरै भित्र हाम्ले समाधान गर्नु पर्छ । माआेबादीकाे समस्याकाे समाधान गर्दा पनि यही कुरा थियाे । त्याे घर भित्रकाे हाे । आपसका हुन् झगडा ,बिबाद । त्यल्लाई पनि कि उनीहरुलाई बाेलाएर नेपालै भित्र बाेलाएर याे समस्याकाे समाधान गरेर नेपालकाे छवीलाई उज्वल बनाउनु पर्छ भन्ने मेराे आग्रह थियाे र त्यही आधारमा अहिले उनीहरु आका हुन् ।त्यल्ले एउटा एउटा म्यासेज इन्टरनेशनल म्यासेज दियाे कि नेपालले नेपालकाे जनताले नेपालैकाे समस्या आफै समाधान गर्न सक्ने क्षमता राख्दछन् भनेर । आज म फेरी तपाईहरुलाई दाेहाेर्याउन चाहन्छु कुनै समस्या छ, कुनै छ भने आउनुस् मेराे ढाेका जहिले पनि खुल्ला छ । त्यसमा आएर हामीहरु वार्ता गरेर समस्याकाे समाधान गराैं । मैले गृह मन्त्रीजीलाई पनि निर्देशन दि सक्या छु कि वार्ताकाे निम्ति एउटा कमिटी बनाउनुस् र वार्तालाई सुरु गर्नुहाेस् भनेर मैले निर्देशन दि सक्या छु । त्यसकारण याे समस्याकाे समाधानकाे निम्ति सबैलाई म आव्हान फेरी पनि गर्न चाहन्छु । पहिले पनि मैल एक पटक गरेकाे हुँ र आज चाही स्पेशल आव्हान मेराे छ उहाँहरुलाई, आएर वार्ता गर्नुस् र वार्ताकाे साथ साथै मेराे आग्रह याे पनि छ जुन आन्दाेलन, बन्द या यी हडताल ईत्यादिहरु भएकाे छ त्यल्लाई उहाँहरुले समाप्त गनुहाेस् । र एउटा नयाँ नेपालकाे भविष्यकाे निम्ति त्यल्लाई समाप्त गरेर सदभावताकाे वातावरण हामीले तयार गराैं भन्ने मेराे आग्रह छ”
(यसपछि वार्ता आव्हानका लागि तयार पारिएको आैपचारिक लिखित मन्तव्य पढिएको थियो)
सुपेन्द्र बस्नेत
बोष्टन, अमेरिका
-

अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा
यात्रा संस्मरण: अर्जुन मैनाली
यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें ।
रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत दिई बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा जगाऊँ भन्ने भावनाले समय समयमा अफ्रिकाको मलावी, युगाण्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।
अफ्रिकामा अझबढी सेवा गर्नका हेतु अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजनको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । तुरुन्तै रुवाण्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा. जेनिन कोन्डोसँग संपर्क गरें । उनले ईमेलमा लेखे; ‘यस बर्ष विश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दैछौं । जुन १३ – १४ मा हुने कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि बोलिदिनु पर्यो।’ मैले तुरुन्तै; ‘हुन्छ, म आउछु’ भनें । मेरो लागि सुवर्ण अवसर पनि थियो । आन्तरिक द्वन्दबाट गुज्रिएर द्रुत आर्थिक बिकासमा लम्कारहेको देशमा काम गर्ने वातावरण हुँदोरहेछ । परिवर्तन महत्व बुझेका छन् ।
न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइ सेवा भएको भए करिव १० घण्टामा पुग्थें । सो नभएकाले जहाजले रुवान्डा भन्दा पनि टाढा कतार लग्यो । अर्को जहाजले रुवान्डाको राजधानी किगाली पुर्याउँदा २२ घण्टा लाग्यो । थकित थिएँ । त्यहाँका युवाहरुमा रक्तदान गर्न हौसला बढाउन उनिहरुका सामुन्ने थकाईको वास्ता नगर्दै ब्लड बैंकमा गएर रक्तदान गरें । त्यहाँ उपस्थित करिव एक दर्जन युवाहरुका अनुसार अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु परिरहेको घटनाले मन छोयो । त्यसैले, “मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भएपनि बचाउन र उपस्थित युवाहरुमा कम्तिमा बर्षको एक पटक भएपनि रक्तदान गर्न उत्प्रेरणा गरौं भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो” भनें ।
भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डेको एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्यमन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधन गर्दै आफुले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि एक उपाय; बिषयमा १८ वटा पावर प्वाइन्ट स्लाईड प्रस्तुत गरें । भने; “मैले ३२ बर्ष यता १७१ पटक रक्तदान गरि सकेछु । मैले दान गरेको रगत करिव ८५ हजार मिलिलिटर परिमाण हुन्छ । मेरै रगतले मात्रै करिव ५१३ जना बिमारी बचाउन सहयोग पुगेको छ ।रक्तदान गरौं भन्ने लाखौंमा सन्देश पुर्याएँ, सयौ कार्यक्रम राखें, हजारौं पोका रगत सञ्कलन गर्न सघाएँ” । मेरो अनुभव सुनिसकेपछि दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे । मेरो हौसला अझ बुलन्द भएको महसुस गरें ।
पर्सीपल्ट रुवाण्डाका करिव २५० जना रक्तदाताहरु पनि थपिए । सोही अवसरमा आयोजक, केही अतिथी र मैले ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चलिरहेको ठाउँमा लग्यौं । मन्त्रीले कार्यक्रम बढो रुचीका साथ अवलोकन गरिरहेका थिए । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधें । समय धेरै लाग्ने हो कि ? भन्दै मन्त्रीले पनि रक्तदान गरे । मन्त्रीले रक्तदान गर्ने अवस्था सिर्जना गर्दिदा युवाहरुमा रक्तदान गर्न सन्देश गयो, भन्ने मलाई लाग्यो ।
अपरान्हतिर आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । जुन मेरो लागि महत्वपूर्ण अवसर थियो । मैले बोल्न राखेको टिपोट हराएछु, बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्व राख्ने कतिपय मुख्य बुँदाहरु नै छुटे । केहीबेर खिन्न लाग्यो । कार्यक्रमको अन्त्यमा मन्त्रीले म लगायत देश बिदेशका १५ जनालाई सम्मान गरे । मेरो सम्मान पत्रमा ‘बिरामीहरुको जीवन बचाउन तपाईंले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्कृत गर्न पाउँदा खुशी छ’ लेखिएको छ ।
दुई दिनको समयमा अफ्रिकाका युवाहरुलाई रक्तदान गरी रहन जागरुक गराएँ । मेरो कृयाकलापलाई स्थानीय टेलिभिजन लगायतका सञ्चार माध्यायमले महत्व दिएका थिए ।
-

राजकुमारीको जुत्ता
म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे, गणेश खनाल, गोरखाका रामशरण कोइराला, तेजेन्द्र पौडेलको नेतृत्वमा सुनौली गोरखपुर, दिल्ली हुँदै गोवा भ्रमणमा गएका थियौं । गोवा भ्रमण सकेर जब हामी मुम्बई पुग्यौं, रेलमा हाम्रो सम्बन्ध (लक्ष्मण र मेरो) अझ प्रगाढ भयो । उमेरले म भन्दा सात वर्ष कान्छो भएपनि लक्ष्मणसँग सबै उमेरका मान्छेसँग मिल्न सक्ने खुबी थिए । जब मैले मुम्बईमा हिन्दू कोलनी बास बस्दा उसलाई मैले “राजकुमारीको जुत्ता” कथा भनें त्यसपछि त उसले मलाई झनै आदर गर्न थाल्यो । प्रत्येक भेटमा उसले मलाई त्यो कथा भन्न लगाउँथ्यो । तपाईंलाई पनि उत्सुकता भएको होला कि राजकुमारीको जुत्ता कथामा के छ ?
राजकुमारीको जुत्ता रुसी लोककथा हो । सानैमा अर्थात् एसएलसी दिएर बसेका बखत विद्यार्थीको अध्यक्ष (अहिलेको अखिल क्रान्तिकारी) भएको बेला मैले पढेका चिनियाँ बाल उपन्यास चम्किलो रातो तारा, अजम्बरी गाउँ, रुसी लोककथा राजकुमारीको जुत्ता, मेक्सिम गोर्कीको चर्चित उपन्यास आमा, चिनियाँ लेखक साङमोको युवाहरुको गीत, प्रश्रितको गोलघरको सन्देश, भुतप्रेतको कथा, चोर, जस्ता कथा, उपन्यासले मेरो जीवनमा अत्यन्तै प्रभाव पारेको छ । जीवनका हरेक होडमा म ती कथा, उपन्यासका पात्र र तिनका चरित्रहरुलाई सम्झने गर्छु । त्यतिबेलादेखि संग्रह गरेका मेरा किताबहरु द्वन्द्वकालमा प्रहरी र सेनाको डरले केहीलाई प्लाष्टिकमा पोको पारेर गाडेको थिएँ, पछि निकाल्दा ती सबै किताबहरु माटो भएको थियो भने केही बहुमूल्य किताब सुवास मिजार (झापाबाट कविता पौडेललाई बिहा गरेर हाम्रो मित्र एग्रोभेटमा आश्रय लिएका थिए, असली नाम दलबहादुर मिजार) ले लग्यो । बाँकी मैले को–कोलाई किताब फिर्ता गर्ने शर्तमा दिए पनि फर्काएनन् । भनिन्छ, किताब दिने मूर्ख, किताब फर्काउने महामूर्ख । त्यसैले कोही पनि महामूर्ख बन्ने चाहेनन् होला । मलाई अहिले यस्तै लाग्छ ।
म बताउँदै थिएँ रुसी कथा राजकुमारीको जुत्ता । रुसमा जार शाहीको शासन भन्दा पनि एक सय वर्ष पहिले टोलटोलमा राजा थिए । हाम्रो पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुभन्दा पहिले बाइसे चौबिसे राज्य भए भन्दा बढ्ता राजाहरु थिए । हाम्रो पहाड जस्तै त्यहाँ पनि पहाडमा राजाको दरबार थियो । जाडो महिना एक दिन राजाकी छोरी राजकुमारीले दरबारको छतमा पारिलो घाम लागेको बेला निर्वस्त्र भएर नुहाउन थाली । दरबारभन्दा सात सय मिटर माथि एउटा सार्कीको घर थियो । सार्की पनि पालीमा बसेर जुत्ता सिलाइरहेको थियो । त्यो सार्कीको आँखा अचानक नुहाई रहेकी राजकुमारीमा पर्यो । हुन त त्यो सार्कीको बिहे पनि भएको थियो । सन्तान पनि थिए । तर राजकुमारीलाई त्यसरी वस्त्रहीन अवस्थामा नुहाइरहेको देखेपछि आँखा नझिम्काई हेर्यो । उसको मनमा कामुकता पैदा भइसकेको थियो । उसमा राजकुमारीलाई भोग्ने इच्छा प्रकट भो । तर कसरी ?
राजकुमारी नुहाई सकेर छतबाट तल झरी । सार्कीको मन भरङ्ग भो । उसले सोच्यो कि राजकुमारीको शरीर कस्तो होला ? उसलाई भोग्दा यो मनले कत्ति स्वर्गीय आनन्द पाउला भन्ने सोच्दासोच्दै उसले आफूले एक जोर जुत्ता बनाएको पत्तै पाएन । ऊ झसङ्ग भयो । के मैले राजकुमारीको तन मन जित्न सकुँला ? सक्दिनँ … । फेरि सक्छु । यस्तै मनोविवाद गर्दै उसले अर्को जोर पनि जुत्ता सिलाई सक्यायो । उसकी श्रीमती छोरोलाई काखमा च्यापेर पछाडि डोकोमा सुकेको छाला बोकेर आई । उसले श्रीमतीलाई कुनै वास्तै गरेन । उसले मनभरी राजकुमारीको शरीरलाई मात्र सम्झिरहेको थियो । उसले निश्चय गर्यो कि जसरी पनि राजकुमारीलाई भोगेरै छोडने । तर दरबारसम्म कसरी पुग्ने र त्यो वातावरण कसरी तयार पार्ने ? उसले सोच्दा सोच्दै एउटा जुक्ति निकाल्यो कि म राजकुमारीलाई जसरी पनि प्रभावमा पार्छु । त्यसैले भोलिपल्ट उसले राजकुमारीलाई एक जोर जुत्ता दरबारमा पुर्याउने निर्णय गर्यो ।
बिहानै उसले राजकुमारीको गोडाको अन्दाज गरेर एक जोर जुत्ता बनायो । दरबारमा काम गर्ने आठपहरिया उसकै घर नजिकबाट जाने हुँदा त्यही आठपहरिया (आईमाई) मार्फत् उसले आफ्नो नामबाट एकजोर जुत्ता उपहार पठायो । जब उसले राजकुमारीलाई जुत्ता उपहार पठायो, त्यसपछि उसको मन झन् अस्थिर भयो । त्यो जुत्ता राजकुमारीलाई मन परेन होला भन्ने सोचेर फेरि उसले भोलिपल्ट त्योभन्दा राम्रो जुत्ता दरबार पठायो । फेरी उसलाई दोस्रोपल्ट पठाएको जुत्ता मन परेन । तेस्रोपल्ट झन् राम्रो जुत्ता राजकुमारीको लागि दरबारमा पठाइसकेको थियो । राजकुमारीले, सार्कीले यसरी जुत्ता पठाएको कुरा आफ्नी सँगीमार्फत् बुझिसकेकी थिई । उसले त्यही जुत्ता ल्याउने आठपहरिया मार्फत् सार्कीलाई खबर पठाइ कि भोली दरबारमा दिउँसो दर्शन भेट गर्ने । सार्कीले आफ्नै हातबाट एकदम राम्रो जुत्ता दिने निर्णय गर्यो । बडो मिहेनतका साथ उसले जुत्ता बनायो । पालिस टल्कायो र जुत्ता लिएर दरबारतिर झर्यो । राजाराजी दिउँसो घोडा चढेर शिकार खेल्न जान्थे । त्यही समयमा राजकुमारीले सार्कीलाई निम्ता गरेकी थिई । मनमा कतै डर अनि कामुकताका साथ सार्की दरबार पस्यो । बैठकमा राजकुमारी उसकी सँगी सुसारे र आठपहरिया थिए । धनुष्टंकार गरेर सार्कीले राजकुमारीलाई ढोग्यो र आफ्नो हातबाट जुत्ता राजकुमारीलाई दियो । राजकुमारीले उसको आँखामा हेरी । उसले हेर्न सकेन । सँगी बाहेक अरुलाई त्यहाँबाट जानु भन्ने आँखाले इशारा गरी । तब सार्कीलाई राजकुमारीले बस्न आदेश दिई ।
राजकुमारी साह्रै विद्वान् थिई । उसले मान्छेका मनोविज्ञान जान्दथी । राजपाठदेखि उसलाई धेरै कुराहरुको ज्ञान थियो । सार्कीले लगातार जुत्ता किन र केका लागि पठाएको भन्ने कुरा उनलाई थाहा भइसकेको थियो । सार्कीलाई उनले तलदेखि माथिसम्म हेरी । राजकुमारी नबोली आफूलाई त्यसरी हेरेकोमा सार्की कुरा नबुझेर पनि आफै मख्ख थियो । मात्र उसको मनले राजकुमारीलाई वस्त्रहीन हेर्ने र भोग्ने इच्छा उसको मनमा पलाइरहेको थियो । राजकुमारीले भनी – तिमी मेरो शरीर हेर्न चाहन्छौ होइन ? सार्कीले केही नबोली मुन्टो हल्लाउँदै हो भन्ने इशारा गर्यो । तिमी मलाई प्रभाव पार्न आठ दिन अघिदेखि जुत्ता पठाइरहेका छौ, होइन ? सार्की बोल्यो – हो राजकुमारी ।
राजकुमारीले आफ्ना सुसारेलाई बोलाउँदै सबै जुत्ता ल्याउन लगाई । जुत्तालाई लहरै राख्न लगाई । जुत्ता पहिलोभन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो एवं रितले नवौं त टलक्क टल्किएर झनै राम्रो भएका थिए ।
सार्कीलाई लागिरहेको थियो राजकुमारी मदेखि प्रभावित भएकी छे । अब ऊ म जे चाहन्छु त्यो हुन्छ । त्यत्तिकैमा राजकुमारीले सोधी – तिम्रो बिहे भएको छ होइन ?
सार्कीले हो भन्यो । ल यी जुत्ताहरु कति राम्रा छन् हगी ?
दरबारका सबैले भने हो । यो भन्दा त्यो भन्दा, त्यो राम्रो ।
सार्कीलाई सबै जुत्ता उल्टो पार्न आदेश दिई ।
सार्कीले सबै जुत्ता उल्टो पार्यो । राजकुमारीले सोधी – कुन राम्रो ?
सार्कीले जवाफ दियो – सबै उस्तै । त्यति नै बेला कसेर राजकुमारीले एक थप्पड सार्कीलाई दिई र भनी हो जुत्ताको सोल जस्तै सबै आइमाईको शरीर पनि उस्तै हो । तिम्रो बिहे भइसकेको मान्छे मलाई भोग्ने कल्पना गर्ने ? सबै मान्छेका शारीरिक अंगहरु पनि उस्तै हुन् । मन मात्र भड्किने हो । यो भन्दा यो मान्छे र उसको शरीर कस्तो होला भनेर सोच्ने गर्दछन् मान्छेहरु । त्यही सोचाइले मान्छेमा कामवास्ना बढ्छ ।
हो त्यो राजकुमारीको जुत्ताले मलाई धेरै प्रभाव पारेको थियो । त्यो रात पनि लक्ष्मणले राजकुमारीको जुत्ताको कथा भन्नलाई कर गर्यो । मैले राजकुमारीको जुत्ताको कथाको अर्थ बताइरहेका बेला उसका आँखा लोलाइसकेका थिए ।
आर एल श्रमजिबी
-

कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि
काठमाडौं । नेपालमा अब लोट्टेरियाको स्वाद चाख्न पाइने भएको छ । कोरियाको फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड लोट्टेले नेपालमा सेवा बिस्तारका लागि नेपाली कम्पनी हिमालय एनकेसँग व्यवसायिक साझेदारी गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरले व्यवसायीक सम्झौतामा हस्ताक्षर गरे ।
गैरआवासीय नेपालीको पहलमा कोरियाको सबैभन्दा ठूलो चेन ब्राण्ड लोट्टे ग्रुप नेपालमा भित्रन लागेको हो । लोट्टेले कोरियामा १३ सयसहित आधा दर्जन मुलुकमा १६ सय रेष्टुरेन्ट संचालन गरिरहेको कार्यक्रममा जानकाारी दिइयो ।
नेपाली कम्पनी हिमालय एनकेका संचालक विनोद कुँवर गैरआवासीय नेपाली हुन् । उनले कोरियामा पनि रेष्टुरेन्ट व्यवसाय गर्छन् । नेपालमा उनको जलविद्युतसहित अन्य क्षेत्रमा समेत लगानी बिस्तार गरिरहेका छन् ।
लोट्टेरियाको चिकेन र बर्गर विश्वप्रख्यात मानिन्छ । सम्झौताका लागि लोट्टे ग्रुपका ग्लोवल सीइओ इक उ अहिले नेपाल आएका छन् ।
सम्झौता कार्यक्रममा मन्त्री यादवले विदेशी आकर्षित गर्न सरकारले वातावरण बनाइरहेको बताए । हिमालय एनकेका अध्यक्ष विनोद कुँवरले भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपालमा कोरियन ब्राण्ड भित्राउन लागिएको बताए ।
लोट्टेरिया सन् १९७९ मा स्थापना भएको हो । ग्रुपले भियतनाम, म्यानमार, इण्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया र लाओसमा फ्रेन्चाइज रेन्टुरेन्ट संचालन गरिरहेको छ । तीन देशमा करीव ३ सय रेष्टुरेन्ट लोट्टेरियाको छातामुनी संचालनमा छन् ।
-

शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न
न्यूयोर्क/अमेरिका
शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा किदुग अमेरिका गल्फ प्रतियोगिता गत शनिबार सम्पन्न गरेको छ । खेल प्रतियोगिता न्युयोर्कको ब्रुकलिनस्थित मरीन गल्फ कोर्षमा सम्पन्न भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले १२ वर्षदेखि आयोजना गर्दै आएको हो ।
नेपाल, भुटान, भारत र तिब्बतका लो र हाई हेन्डीक्याप समुहका ३० जना खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा ठिन्ले लामाले प्रथम, दावा लामाले दोश्रो र समिर श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका थिए । हाई हेन्डिक्याप समुहका आङ दावा शेर्पा र लो हेन्डिक्याप समुहका ल्हाक्पा लामाले क्लोसेट टु पिनको उपाधि प्राप्त गरेका थिए भने लाङ्गेस्ट ड्राइभ (लामो दुरी)को उपाधि हाई हेन्डिक्याप समुहका फुर्बा शेर्पा र लो हेन्डिक्याप समुहका ल्हाक्पा लामाले प्राप्त गरेका थिए । बिजयी खेलाडीलाई शेर्पा किदुगको भवनमा अयोजित कार्यक्रममा किदुगका खेलकुद संयोजक तथा उपाध्यक्ष फुर्बा शेर्पा र गल्फ प्रतियोगिता संयोजक ल्हाक्पा रिन्जी शेर्पाले प्रमाण पत्र र ट्रफी बितरण गरेका थिए । -

गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क
न्यूयोर्क/अमेरिका
न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको थियो । गुठी सम्पदा र उपत्यकाको संस्कृति मास्न खोजेको भन्दै सहभागीहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा समेत माग गरेका थिए ।
सरकारले गत बैशाख १६ गते संसदमा दर्ता गरेको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक पेश गरेको थियो । उक्त विधेयक जस्ताको तस्तै पारित भएमा गुठीको कुल जग्गामध्ये ६५ प्रतिशत सम्म भूमाफिया वा अन्य व्यक्तिका नाममा जाने भन्दै यसको चर्को बिरोध भइरहेको छ ।
प्रस्तावित गुठीसम्बन्धी विधेयकमा निजी गुठीलाई समेत सार्वजनिक गुठी बनाउन पाइने व्यवस्था गर्न लागिएको थियो । जसअनुसार देशभरिका करिब पाँच हजार निजी गुठीको जग्गा गुठियारले मोहीयानी हक लगाएर आफ्नो नाममा बनाउने बाटो खुल्ने थियो । गुठी विधेयक संसदमा पेश भएपछि यसको चौतर्फी बिरोध गर्दै सर्बसाधारण आन्दोलनमा उत्रिएका थिए । चौतर्फी विरोध पछि एक साता अघि नै सरकारले विधेयक फिर्ता लिएको छ ।
‘तर, फिर्ता लिएर मात्रै हुँदैन, खारेजै गर्नुपर्छ’ नेवाः गुठी न्यूयोर्कका उपाध्यक्ष बिजयमान सिंहले भने, ‘नेवारी समुदायको धर्म, संस्कृति र परम्परालाई मास्न खोज्ने गरी विधयेक ल्याइएकोले खारेज नै गराउनुपर्ने दवाव दिनकै लागि प्रदर्शन गरेका हौं ।’
गुठीको जग्गा पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० विघा छ । गुठी संस्थानका अनुसार देशभरि रहेका गुठीका जग्गा मध्ये रैतान नम्बरी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेसमा ६२ हजार २५६ विघा छ । त्यस्तै गुठी अधीनस्थ जग्गा पहाडमा २ लाख ४३ हजार ६०७ रोपनी र तराईमा २१ सय ९६ विघा छ । गुठी तैनाथी जग्गा भने २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विघा तराईमा छ । -

डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन
डि सि भर्जिनिया
अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा बिशेष तयारीका साथ आयोजित सप्ताह महापुराणको पहिलो दिन आज शनिबार बिशाल कलश यात्रा सम्पन्न गरियो । कलश यात्रा संगै त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरु उत्साहका साथ सहभागी हुने क्रम शुरु भएको छ । सप्ताह महापुराण सुरु हुनु भन्दा केहि अगाडि देखि दान कबुल गर्ने क्रम समेत सुरु भएको छ । अमेरिकाको नेपाली डायस्पोरामा पछिल्लो समय सामुदायिक भवन र मन्दिर निर्माणको उद्देश्य राखेर महापुराण आयोजना गर्ने क्रम बृद्धी भएपनि कतिपय महापुराणमा उधारो चन्दाको ठुलो रकम घोषणा गर्ने तर समय बित्दै जाँदा बोलेको दान नतिर्ने प्रचलन भने ब्याप्त छ ।

-

हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्यु
अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर बिमान दुर्घटना ओहु अाईल्यान्डको उत्तरी तटमा भएको हो ।
मृतकहरुको पारिचय समाचार तयार पार्दासम्म खुलाईएको छैन ।
एजेन्सी
-

सामाजीक अभियन्ता ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड
न्यूयोर्क
द रोटरी क्लव अफ न्यूयोर्क ‘क्वीन्स’का सभापति मोहन ज्ञवाली कम्युनिटी सर्भिस अवार्डबाट सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको आयोजनामा न्यूयोर्क स्टेट एसेम्ब्लीका तर्फबाट एसेम्बी मेम्बर क्याथेरिन नोलान एवं न्यूयोर्क सिटी काउन्सिलका तर्फबाट काउन्सिल मेम्बर डोनोभान रिचार्ड्सले ज्ञवालीलाई सम्मान गरेका हुन् ।उनको साथमा कंग्रेसम्यान ग्रगोरी डब्लु मिक्स, मदजुर नेता एवं सामुदायीक अभियन्ताहरु हेक्टर फिगुएरोवा, जोसेफ जेइजर, माइकल जे. पलाडिनो, ब्रिआना मुलिगान, थोमस सी गुड्ढार्ट, बिनजेश समुदायका अधिवक्ता मेलिसा वोर्लान्डो पनि सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको १११ औँ जनजयन्तीको अवसर पारेर गत जुन १३ मा आयोजित रात्रीभोजमा उनीहरुलाई सम्मान्नित गरिएको हो ।
कार्यक्रममा एसेम्ब्ली मेम्बर नोलान् एवं न्यूयोर्क सिटी काउन्सिलका पूर्व काउन्सिल मेम्बर क्राउलीले ज्ञवालीले स्थानीय नेपाली समुदायमा पुर्याएको योगदानको सदैव उच्च कदर हुने बताएका थिए । राज्यका गभर्नर एन्ड्रु कुम्बोका प्रतिनिधी हर्ष पारेखले नेपाली भाषामा ड्राइभर लाइसेन्स परिक्षा दिन पाउने व्यवस्थाका लागि ज्ञवालीले गरेको मेहनत स्मरण गरेका थिए । ज्ञवालीकै अथक प्रयासका कारण अहिले न्यूयोर्कमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स जाँच दिन पाइएको उनको भनाइ थियो ।
अवार्ड ग्रहण गर्दै ज्ञवालीले नेपाली अमेरिकी समाजबाट आफुले पाएको प्रेरणा र उर्जाकै कारण सम्मान हासिल गर्न सफल भएको बताउका थिए । उनले आफुलाई निरन्तर प्रोत्साहित गर्ने हिमालयन डेमोक्रेटिक क्लव र द रोटरी क्लव अब न्यूयोर्क ‘क्वीन्स’का सहकर्मीहरुलाई बिशेष धन्यवाद दिएका थिए ।
-

सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’
कल्पना घिमिरे
न्यूयोक/अमेरिका
अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले ‘टिपीएस टाउनहल’ कार्यक्रम आयोजना गरेको थियो । सन् २०१५ देखि नै नेपालीलाई टिपीएस सुविधा दिलाउनका लागि अधिकारले निकै महत्वपूर्ण भुमिका खेल्दै आएको छ । टाउन हलमा अमेरिकी सरकारका कर्मचारीलाई आफ्ना समस्याबारे सुनाइएको थियो । टिपीएसको अवधि मार्च २४, २०२० सम्म स्वत लम्बिए पनि ड्राइभर लाइसेन्स र स्टेट आइडीको नबीकरण गराउने म्याद आगामी जुन २४ सम्म मात्र भएकोले नबिकरण गर्नका लागि ‘फेडरल रजिस्टर्ड नोटिस’ आवश्यक पर्ने जानकारी गराएका छन् । कार्यक्रममा गत मे १० मा प्रकाशित सुचना ‘फेडरल रजिस्टर्ड नोटिस’ पनि वितरण गरिएको थियो । टाउन हल कार्यक्रममा टिपीएस बाहकक नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
अधिकारले टीपीएस टाउन हलको आयोजना गरेर नेपालीले भोगिरहेको बिभिन्न समस्याबारे युएससीआइएसका कर्मचारी र इमिग्रेसन लयर लाई सुनाएर समस्याको समाधान खोज्ने प्रयास गरेको अधिकारकी डाइरेक्टर पबित्रा बेन्जामिनले बताइन् । ‘हामीहरु टिपीएस प्राप्त गराउन सुरुवाती चरणदेखि नै लागिरहेका छौं’ उनले भनिन्, ‘तर, अब टिपीएस मात्र हाम्रा लागि पर्याप्त छैन । हामीलाई यसको दिर्घकालिन समाधानको बाटो चाहिएको छ ।’ उनका अनुसार नेपालीलाई टिपीएस प्राप्त गराउन देखि म्याद थप गराउन समेत अधिकारले नेतृत्वदायी भुमिका खेल्दै आएको छ । टिपीएसको स्थायी समाधानको लागि के गर्न सकिनेबारे आफुहरु लडिरहेको पनि उनले जानकारी दिइन् ।
कार्यक्रममा उपस्थित युएससीआइएस की कम्युनीटि रिलेसन अफिसर स्याकोनिया वर्डनले टिपीएसको म्याद थपिएर पनि प्रुफ देखाउन नसकेर ड्राइभर लाइसेन्स लगायतमा नविकरण गर्न समस्या भइरहेको बताइन् । सबै आवशयक कागजात लिएर आवेदन दिने हो भने तुरुन्तै नबीकरण हुने उनले बताइन् । ‘टेम्प्रोररी प्रोटेक्टेड स्टाटस भनेको केही समयका लागि मात्रै हो यसलाई टेम्प्रोररी भनेरै बुझ्नुहोला । यसबाट ग्रिन कार्ड पाउन सकिदैन’ उनले भनिन् ।
इमिग्रेसनकी एटोर्नी मेलोनीले लाइसेन्स नबीकरण गर्न डिएमभी कार्यालय जाँदा फेडरल रजिस्टर नोटिस लिएर मात्र जान आग्रह गरिन् । फेडरलको नोटिस लिएर गएमा लाइसेन्सको अवधि पनि स्वत थपिने उनले जानकारी दिइन् ।
कार्यक्रममा टिपीएसबाहकहरुले आफुले भोग्दै आएका समस्या सुनाएका थिए । अमेरिकाकै थुप्रै सरकारी निकाय र रोजगारदातालाई टीपीएस र ‘अटो एक्सटेन्सन’ भनेको थाहा नभएको गुनासो गरिएको थियो । काम गर्ने अनुमति पत्रको म्याद मार्च २४, २०२० सम्म बढेको भन्ने पुष्टि गर्ने आधार के ? रोजगारदाता कम्पनीलाई के कसरी सम्झाउने ? लगायत थुप्रै प्रश्नहरु सोधिएका थिए । टिपीएसबाहक हरुलाई अधिकारले के कसरी सहजीकरण गर्छ भन्ने विषयमा बृहत छलफल भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई समयमै नबिकरण गराउन पनि अनुरोध गरिएको थियो ।
अमेरिकी सरकारको फेडरल रजिस्टरमा सुचना प्रकाशित भए अनुसार ८ हजार ९ सय ५० नेपालीले टिपीएस सुविधा लिइरहेका छन् । सन् २०१५ मा भने १४ हजार नेपालीले यो सुविधा लिएका थिए । एक पटक टिपीएस सुविधा सकिएर नवीरकण गर्ने क्रममा टिपीएसबाहकको संख्या घटेको हो ।
चार वर्ष अघि बिं स.२०७२ साल बैशाख १२ गते (अप्रिल २५, २०१५)मा नेपालमा ठूलो महाभुकम्प गएको थियो । भुकम्पले नेपालमा ठूलो जनधनको क्षति भएपछि अमेरिकी सरकारले त्यसको २ महिनामै (जुन २४, २०१५) अमेरिकामा रहेका रहेका सम्पूर्ण कागजपत्र विहिन नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टिपीएस) सुविधा प्रदान गरेको थियो । नेपालमा रहेका आफन्त र परिवारलाई सहयोग गर्न पाउन् भन्ने उदेश्यले कागज बिहिन नेपालीलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था गर्न अमेरिकी सरकारले तत्काल टिपीएसको व्यवस्था गरेको हो । -

न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ ।
पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान रहनुपर्ने अवस्था आएको छ । कतिपय घटनामा त ड्राईभरले आफू लुटिएको खबरसम्म पनि तत्काल थाहा नपाउने गरेका छन् ।
ती चोरहरु अन्य पेसेन्जर जस्तै सामान्य तरिकाले कारमा चढ्छन् र केही बेरमा आफ्नो गन्तब्य परिवर्तन गर्नुपर्यो भनी भन्छन् । रेगुलर उबर राईडमा पेसेन्जरले कुनैपनि बेला गन्तब्य परिवर्तन गर्न पाउँछन् । त्यसपछि आफ्नो फोन नचलेको नाटक गर्छन् र ड्राईभरको बिश्वास जितेर गन्तव्य परिवर्तन गर्नको लागि ड्राईभरको फोन माग्छन् र उबर/लिफ्टको ड्राईभरले तुरुन्त पैसा निकाल्न मिल्ने सिस्टम “क्यास आउट” मार्फत आफ्नो खातामा वा कार्डमा तुरुन्तै पैसा पठाउँछन् ।
ड्राईभर चार्ली एडवार्ड भन्छन् अत्याधुनिक प्रबिधिले झन जोखिम बढाएको छ । त्यस्तै अर्का अनुभवी ड्राईभर ब्रिन्टो रसिद, जसले पहिले पहेलो ट्याक्सी चलाई सकेका थिए, भन्छन्; “पहेलो ट्याक्सीमा गाली बेईजती र हातपातको घटना पनि घट्थ्यो, अहिले क्यामारा लगाएको छु, राईडरको पूर्व जानकारी हुन्छ, बढ्ता हुनेलाई ओराल्दिन्छु” । उनी भने आफूले सुरक्षित महसुस गरेको बताउँछन् ।
यतिबेला उबर र लिफ्ट कम्पनीले गाडी गतिमा भएको समयमा पैसा ट्रान्सफर गर्न नमिल्ने गराउने भएका छन् । ड्राईभरलाई ग्राहकले प्रबिधि मार्फत लुट्ने अर्को प्रकृतीको घटना पनि प्रचलनमा रहेको छ । ड्राईभरलाई कामको अनुरोध आएपछि ग्राहक लिन जाँदैगर्दा तुरून्त फोन आउँछ; “म उबरको कार्यालयबाट बोल्दैछु, तँपाईले अहिले यो ठाउँमा लिन जाँदै गरेको फलानो व्यक्तीलाई अर्कै ड्राईभर पठाईदिनेछु । तँपाई सुरक्षित ठाउँमा गाडी रोकेर फलानो ब्यक्तीको राईड क्यान्सिल गर्नुस्, तँपाईको एकाउण्टको खाता नम्बरमा समस्या आएको छ । सच्याउनु पर्नेछ”। ग्राहकको समेत सबै जानकारी भनेकोले सोझा ड्राईभरले पत्याउँछन् र बैंक सम्वन्धि जानकारी अफिसलाई दिएको ठानेर दिन्छन् । वास्तवमा त्यो फोन उबरको कार्यालयले गरेको नभै त्यो ठग ग्राहकले नै कर्मचारी बनेर गरेको हुन्छ । यस्तो अवस्थामा जानकारी बिल्कुलै दिन हुँदैन । समस्यामा परे एनवाईपिडीको क्राईम स्टपर्स हटलाईन 800 577 8477 र 888 577 4782 मा खबर गर्न अनुरोध गरिएको छ ।
श्रोत : सिबिएस न्युयोर्क ।
-

बिदेशी छायाँ स्वदेशको माया
युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा गर्छन होला ? मलाइ लाग्छ हरेक मान्छेले आफ्नो जीवन जन्मदिनमा पक्कै नियाल्छन । मलाइ त सपनामा जन्मभुमिले सताइरहन्छ । मलाई जस्तै काम, माम र अवसरका लागि परदेश भाँसिनु परेका तमाम नेपाली युवाहरुको निन्द्रामा आफ्नै घर आँगन सपनामा नाच्दो हो !
काभ्रे जिल्लाको साविक देवभूमी बालुवा गाविस ८ लुइँटेलगाउँमा जन्मिएर हुर्केको त्यो ठाउँ, त्यो घैरिनी डाँडा, खोका खोल्सो, डुडेको चौर पातालको वन, रानीपानी, चापाकोबोट, बकुल्टार, खामपुर, देवभूमी बालुवा मात्र होइन माथि धुर्पुरादेखि तल ढोट्नेसम्म मेरा कलिला पाइलाहरुले धेरैपल्ट त्यो जमीन नाप्यो । त्यही कयौं पटक ठेस लाग्दा ऐया आमा भनेर चिच्याएँ । ढोडारा र इन्द्रवानको फाँटमा दाइँ गर्दा गोरु धपाईयो । असारे रोपाइँमा हिमाम्य भईयो । टन्यौटे र ओखले कुवाको पानी खाईन्थ्यो । यसरी जम्माजम्मी आमा बाबासँग ५ हजार १ सय १० दिन बिताएछु मैले । त्यसपछि सर्वमंगलाबाट एसएलसी गर्दा मामाघरको त्यो दुलालथोक काफ्लेडी तामाघाट, तीनपिप्ले र बालुवाका सेरोफेरोमा लगभग १२ सय दिन बितेछन् । पार्टीमा संगठित हुँदा, आरआर कलेज हुँदै कालिकोट, जुम्ला, मुगु, डोल्पाका ती दुर्गम बस्तीदेखि काठमाडौंसम्म ९ सय दिनहरु र जीवनको ऊर्जाशील अवस्थामा ६ हजार ६ सय ६५ दिन बनेपालाई केन्द्र बनाउँदै म देश विदेश पुगेछु । यसै दौरानमा मबाट हामी चार भयौं । कामको दोरानमा मेरो सामिप्यतामा धेरै आए त केही पात्र खलनायक पनि भए । मित्र एग्रो भेटको त्यो मेरो दैनिकी काभ्रे टाइम्सको स्थापनादेखि रेडियो प्रसारणसम्मको संख्या र अनुहारको सम्झनामा आउने ति अनुहारहरु मैले हिसाब गर्नुपर्छ । थुप्रै अनुहारहरुको छुट्टै प्रवृत्तिसँग ति सबै बानी व्यहोरा र बेग्लाबेग्लै नाम र व्यक्तित्व र प्रवृतिका बारेमा वर्णन गरेर यहाँ साध्य छैन ।
जव सपनाले सताउँछ मेरा भावनाहरु जो उफ्री उफ्री मनबाट बाहिर प्रकट भइरहेका हुन्छन । तिनीहरुलाई दवाउन नसकेर धेरै पटक भावनामा भक्कानिएको छु । युरोपका फ्रान्स जर्मनी बेल्जियम नेदरल्याण्ड लग्जम्बर्ग इटाली लन्डन स्पेन पोर्चुगालका गल्लीहरुमा भौतारिएको छु । सबैले भन्ने गरेको सपनाको देश अमेरिका पुग्दा पनि मलाइ त्यस्तो आहा जस्तो यो मनमा भएन ।
जीवनको तथ्य उजागर गर्ने क्रममा पहिलो महान व्यक्तित्व भनेकै आमा र धर्ती रहेछन् । जसलाई जति कुल्चेपनि यो धर्तीले ऐया भन्दैन । त्यस्तै आमालाई जति सन्तानले दुःख दिए पनि उनको सन्तानप्रति कुनै पनि आमाले गुनासो गरेको मलाई थाह छैन । काभ्रेमा काभ्रे टाइम्सकै नामबाट मैले संचार संस्थालाई स्थापना गरें । काभ्रे टाइम्स प्रकाशन भएको पनि २३ बर्ष भएको छ । आम काभ्रेलीको माया त छ तर पत्रिकालाई समयानुकुल बनाउन सकिएको छैन । म प्रतिका ती विश्वासलाई डगमगाउन दिने छैन भन्ने प्रतिवद्धता गरेको छु । योजना त् धेरै छन् तर अझै समय अनुकुल छैन । साँच्चिकै देश सजिलै छिट्टै बन्ने छाटकाट मैले देखेको छैन । हाम्रो देशमा जंगबहादुरको त् जन्म भयो तर देश बनाउने कुनै बहादुर अहिलेसम्म किन जन्मिएन ?
मेरो मोह मेरै धर्तीप्रति हो । हो, मानिसलाई अन्ततः परदेशको वैभव भन्दा स्वदेशको अभाब र झमेला नै बरु सही लाग्ला । ठुलो त आफ्नै समाज, आफ्नै संस्कृति, आफ्नै पाखा पखेरु हुँदो रहेछ । तिनलाई मृत्यु पछाडि पनि ऊ छोड्न चाँहदैन । सायद विज्ञहरुले भन्ने गरेको राष्ट्रियता, देश भक्तिको जग यस्तैबाट बन्दो हो । म भित्रको प्रतिकुलतालाई अनुकुलतामा बदल्न पराई भूमिमा छु । यहाँ भाषा, रहनसहन र भूगोल नै बेग्लै भएकोले झनै प्रतिकुलता छ तर जीवनका लागि नभई नहुने ज्ञान, सीप र अवसर यहाँ भएकोले त्यसलाई आफ्नो बर्कतले भ्याएसम्म लिने प्रयत्नमा छु । सबै परिचित प्रति गहिरो सम्झना र न्यानो माया !
आर एल श्रमजीवी
बेल्जियम
-

शियाटलमा व्यवसायिक सेमिनार हुने
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ ।
वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर सेमिनार गर्न लागिएको शेर्पाले बताए । उनका अनुसार अमेरिकामा रहेका नेपाली व्यापारी व्यवसायीलाई यहाको सम्बन्धित सरकारी अधिकारीहरु मार्फत विभिन्न व्यवसायीक पक्षका बारेमा जानकारी गराउने, अमेरिकाले नेपाललाई उपलब्ध गराएको कर रहीत वस्तुहरु बारे जानकारी गराउदैं त्यस्ता वस्तुहरु भित्राउन तथा नेपालवाट पठाउन व्यवसायीहरुलाई आह्वान गर्ने, भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउदैं बढी भन्दा बढी अमेरिकावाट पर्यटक नेपाल पठाउनका लागि सन्देश प्रवाह गर्नुका साथैं नेपालमा लगानी गर्नका लागि समेत आह्वान गर्ने गरी कार्यक्रम केन्द्रीत रहनेछ ।
विजनेश कोलावोरेशन प्रोगाम नाम दिएर गर्न लागिएको सेमिनारमा नेपाल सरकारको तर्फवाट अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, वासिङ्टन राज्यका गर्भनर जे इन्स्लिी, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायत अमेरिकामा विभिन्न क्षेत्रका सरकारी अधिकारीहरु, नेपाली व्यापारी व्यवसायीहरुको सहभागिता रहने एनआरएनएका पूर्व उप क्षेत्रीय संयोजक समेत रहेका शेर्पाले जनाए । -

यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें
समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि उनीहरुलाई कुन तत्वले व्यवस्थित र अनुशाशित बनाइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यही व्यवस्थित बनाउने चरणमा अनेक सामाजिक संस्थाको निर्माण भइरहेको हुन्छ जसले समाज र सामाजिक ईकाईलाई व्यवस्थित, मर्यादित र धेरै हदसम्म नियन्त्रित गरिरहेको हुन्छ । समाजमा सबैले मनोमानी गर्ने वा गर्न पाउने अवस्थामा समाज संगठित र व्यवस्थित दुबै हुँदैन । त्यो बेला समाजको परिचय र पहिचान छिन्नभिन्न हुन्छ । तात्पर्य, सामाजिक उश्रृंखलताबाट बच्न व्यक्ति समुदायको साहारा लिन्छ र समुदायको यही औचित्य र प्रयत्नले शान्ति, व्यवस्था र अस्तित्व गतिशील भइरहेको हुन्छ । जुन बेला सामाजिक संगठनहरु आफैं धराशायी हुन्छन् वा तिनीहरुलाई दवाव र प्रभावले धराशायी बनाउने क्रियाले गति लिन्छ त्यो बेला सामाजिक अव्यवस्थाको प्रारम्भ हुन्छ र सामाजिक विघटनले डोब खन्छ ।
अनुमान गर्नुहोस् गुठीमा बाँधिएका साँस्कृतिक समुदाय आफ्नो साँस्कृतिक विरासतबाट वञ्चित भए अथवा उनीहरुलाई साँस्कृति विरासतबाट जबरजस्ती वञ्चित गराइए ती समुदायको अस्तित्व कहाँ पुग्छ ? तिनीहरुको सामाजिक संरचना कसरी अलगथलग हुन्छ ? पाठकका नाताले तपाईको विमति होला तर आजको मेरो मुख्य चासो यो हो ।
जहाँ उमेर, लिंग, नाता, व्यवसाय, आवास, सम्पत्ति, विशेषाधिकार, सत्ता र काम जस्ता कुरा विविधतामा आधारित रही समायोजन गरिएको हुन्छ त्यही सामाजिक संगठन हो । यसलाई इलियट र मेरिलले आफ्नो पूर्व निश्चित एवम् मान्य उद्देश्यअनुसार काम गर्ने सामाजिक इकाईको नाम दिएका छन् ।समाज भनेकै संगठित बानीव्यवहार, मनोभाव अथवा मतैक्यताको योग हो । यही व्यक्ति र सामाजिक सम्बन्धको अर्थपूर्ण मिलन हुन्छ । समाजप्रदत्त व्यक्तिको सामाजिक स्थान र स्थितिभित्र सामाजिक प्रथाको नियन्त्रण भइरहेको हुन्छ । यो नियन्त्रण नियमको अधीनमा रहेर हुन्छ वा गरिन्छ । यही परम्पराले सामाजिक गुण प्रदर्शन गरिरहेको हुन्छ, सामाजिक बल र सामाजिक पहिचान निर्माण गरिरहेको हुन्छ । र, विकासको प्रक्रियामा परिवर्तन पनि समाजले आफू अनुकूल गर्दै लगिरहेको हुन्छ । समाजिक संगठन बलियो छ भने त्यो परिवर्तन यूगानुकूल स्थायी हुन्छ, कमजोर छ भने सामाजिक चरित्रमा क्षयीकरण शुरु हुन्छ ।
प्रस्तावित गुठी विधेयक अक्षरशः अध्ययन गर्नेले सहजै अनुमान लगाउन सक्छ यो सामाजिक साँस्कृतिक चरित्र क्षयीकरण गर्ने नियतले आएको छ । यही क्षयीकरणमा सामाजिक प्रक्रियाहरु एकआपसमा छिन्नभिन्न हुन थाल्दछन् । यो वा त्यो रुपमा प्रतिस्पर्धाले स्थान पाउँदछ र द्वन्द्वले आकार लिन्छ । सामाजिक द्वन्द्व घनिभूत हुँदै जाँदा समाज पनि विघटनको बाटोमा जान्छ ।
सामुदायिक भावनाबाट प्रेरित रहेर सामुदायिक इच्छापूर्ति उद्देश्य प्राप्तका लागि बन्ने सामाजिक इकाई गुठी हो भनेर बुझ्छु म । यसलाई परम्परागत नेपाली समाजको सामाजिक संगठनकै एउटा रुपमा बुझ्दा पनि हुन्छ । यसमा उनीहरुको आफ्नै अनुशासन हुन्छ, श्रम र श्रम विभाजन हुन्छ, आफ्नै नियम र शैली हुन्छ जुन उनीहरुले अनुभव गरेको अवस्थामा परिवर्तन पनि हुँदै जान्छन् वा गइरहेका हुन्छन् । प्रस्तावित विधेयकले त्यही थितिमाथि जबरजस्ती राजनीतिक हस्तक्षेप गर्ने ध्येय बोकेकाले त्यो सामाजिक विघटनको कडी बन्नसक्दछ भन्ने हो ।
आध्यात्मिकता भनेको जप, तप ध्यान मात्र होइन, यो आत्मिक सम्बन्धको कोमलता पनि हो । सामूहिकताको स्वभाव पनि हो । हामी जुन भौतिकवाद भन्छौं त्यसमा धर्म, विश्वास, आस्था, सामाजिक सम्बन्धभन्दा आधुनिक सुख प्राप्ति प्रधान हुन्छ । सामाजिक जीवनबाट रीतिरिवाज, परम्परा, प्रथाहरुबाट सम्बन्ध टुट्दै जान्छ । सामाजिक दर्शन कम हुँदै जान्छ । सामाजिक दर्शनलाई टिकाइ राख्न सामाजिक संगठन असफल हुँदै जाँदा भौतिकवाद हावी हुँदै जान्छ । वैज्ञानिक दृष्टिकोण खोज्ने ध्याउन्नमा सामाजिक महत्व गौण हुँदै जाँदा सामाजिक साँस्कृतिक पहिचानको पनि दशा आरम्भ हुन्छ । हामी कति व्यवहारिक छौं वा हामी कति प्राविधिक छौं भन्ने प्रतिष्पर्धामा त्यो सामाजिक साँस्कृतिक पहिचानको स्थान हुँदैन । हो ठीक यही अवस्थामा सामाजिक विघटन र साँस्कृतिक पहिचानको संकट तीब्र हुन्छ भन्ने मेरो ठहर हो । अजासु प्रवृत्तिका एकजना मन्त्रीले गुठीलाई फगत सामन्तवादको अवशेष बताएर गुठीबारे आफ्नो ज्ञान र नियत छताछुल्ल बनाइदिएकाले यो विषयमा धेरै नलेखौं । यसैलाई एलियट र मेरिलले सम्बन्धको अभावमा हुने सामाजिक विश्रृंखलता भनेका होलान् (सामाजिक विघटन, १९५० हार्पर एण्ड ब्रोस, पृष्ठ २९)
सामाजिक ढाँचालाई अस्थायी रुपमै सही, तोडिदिए वा छिन्नभिन्न गरिदिएपछि सामाजिक विघटन आरम्भ हुने हो । त्यसको स्थानमा नयाँ ढाँचा त ढिलो चाँडो बन्ला तर त्यसले पूर्ववत् मूल्यमान्यता आत्मसाथ गर्छ कि गर्दैन भन्ने यकीन हुँदैन । पुरानो, जीर्ण, रुग्ण घर ढल्नु र ढाल्नु पनि राम्रो हो, रुढ सामाजिक संरचना विघटन गर्नु पनि राम्रो हो तर रोगको निदान र उपचारको विधि यो हो भन्ने यकीन नै नभई घाउमाथि करौंती चलाउँदा व्यक्तिको मृत्यु निश्चित हुन्छ जो फर्केर आउँदैन । अर्थात् समाज र संस्कृतिलाई नयाँ जीवन दिन पनि त्यसको विश्वासिलो र भरपर्दो नयाँ खाका आउन पर्दछ । चिकित्सकले लहडमा वा जबरजस्ती कैंची चलाउँदा के भयो भर्खरैको ओम अस्पताल प्रकरण हेर्दा भएन ? गुठी विधेयक यस्तै जबरजस्ती कैंची चलाउन खोजिएको नयाँ दृष्टान्त हो ।
साँस्कृतिक सामाजिक नियममा राज्यको, शाषकको हस्तक्षेप हुँदा गडबढी स्वभाविक हुन्छ । पशुपतिनाथको पूजारी प्रकरण नै यसको उदाहरण हो । अझ त्यसमा नियत पनि फोहोरी देखियो भने त्यसले संकट पैदा गर्छ । संगठित र एकीकृत सामाजिक सम्बन्ध छिन्नभिन्न बनाउन बद्नियतपूर्वक राज्य वा सत्ता वा अन्य कुनै तत्वले अग्रसरता देखायो भने त्यसभित्र सामाजिक विघटनको षड्यन्त्र छ भन्न असजिलो मान्न हुँदैन ।
आदर्श र विचारको अन्तरभित्र रुढ र नवीनता स्वभाविक हुन्छ । द्वन्द्व हुने नै यिनीहरुको बीचमा हो । तर यो द्वन्द्वको एउटा पक्ष कहीं प्राचीनताको नामोनिशान मेटाउन पर्दछ भनेर मुखरित हुन्छ त कहीं सामाजिक संरचना खल्बल्याएपछि त्यसभित्र आफूले हैकम जमाउने प्रपञ्च लिएर उठिरहेको पनि हुन्छ । यो संघर्षमा दुबैको हार वा दुबैको जीत सम्भव छैन । यदि सामाजिक सम्बन्ध टुट्यो भने सामाजिक विघटनको चरण आश्चर्य हुँदैन । यसको फाइदा लिन ढोकामा र्याल काडेर बसिरहेका धार्मिक समूहहरु सधैं तयार छँदैछन् ।
स्थायी सामाजिक साँस्कृतिक संगठनको हस्तान्तरणको क्रममा एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो अनुभवको आधारमा विद्यमान समस्या र बेथितीमा गर्नपर्ने सुधारका विषयमा मार्गनिर्देश गर्दा मात्र सामाजिक विघटनको खतरा कम हुने हो । कुनै नयाँ संस्था र तत्वले जबरजस्ती त्यसमा हस्तक्षेप गर्दा विघटनको खतरा झन् चुलिन्छ नै । एउटा जाती, बर्ग, धर्म, सम्प्रदायको संरचनामा, उसको आस्था, आदर्श र विश्वासमा फरक समूहको हस्तक्षेप र प्रवेश आफैंमा विघटनकारी प्रतीत हुन्छ । त्यो हस्तक्षेप र प्रवेश सुधारको गुञ्जायशमा आउँदैन स्वार्थसिद्दीको हेतु आउँछ ।
सामाजिक विघटनबारे रबर्ट ई. फेरिस भन्छन् अरुको नक्कल गर्नु, समुदायको पवित्र हितलाई क्षय गरिदिनु, सामुदायिक स्वतन्त्रता र सामुदायिक अधिकारमा हस्तक्षेप गर्नु, परस्पर अविश्वास पैदा गर्नु र अशान्तिको तत्व रोप्नु वा विकास गरिदिनु पनि विघटनलाई मलजल गर्नु हो । प्रस्तावित विधेयकमा नियत यही देखिन्छ ।
कर्तव्यभन्दा अधिकारमाथि बल, स्थिति र क्रियामा समन्वयभन्दा विग्रह, सार्वजनिक हित र रुचीमा सामाजिकताभन्दा राजनीतिक चरित्र आत्मसाथ गर्दा, सामाजिक यन्त्र र प्रतीकको व्यवस्थापनभन्दा तिनमा गड्बडी ल्याउँदा, दृढ सामाजिक नियन्त्रणको स्थानमा सामाजिक नियन्त्रणको परम्परागत व्यवस्थामा खल्बली ल्याउँदा, सामाजिक नियमको सम्मानको स्थानमा उपेक्षाभाव प्रदर्शन गर्दा, व्यक्ति र समाजबीच समन्वयको स्थानमा विरोध र संघर्ष पैदा गर्दा, सामाजिक अंकहरुलाई एकीकृत र सुदृढ गर्नुको स्थानमा विभाजन गरी कमजोर धरातल विकास गर्दा सामाजिक साँस्कृतिक विघटनलाई निमन्त्रण पुग्छ । प्रस्तावित विधेयक त्यही निमनत्रणको दस्तावेज जस्तो देखिन्छ ।
सँस्कृति भौतिक तत्व होइन । त्यसैले यो पदार्थ जस्तो तुरुन्त रुपान्तरण वा परिवर्तन हुँदैन । सँस्कृति अपनाउनु र नयाँ मोबाइलमा अभ्यस्त हुनुबीच त्यही अन्तर हुन्छ । त्यसरी नै नयाँ मोबाइल तुरुन्त फेरेर नयाँ मोडलको नयाँ एप्पल वा एण्ड्रोइड लिएको जस्तो साँस्कृतिक रुपान्तरण वा परिवर्तन सम्भव हुँदैन । मोबाइलको उपयोग जसरी सँस्कृतिको उपयोग सम्झनु र त्यसलाई अपनाउनु सरल र सहज हुँदैन । यस्तो अभ्यासले साँस्कृतिक विलम्व पैदा गर्छ र अन्ततः तत् तत् समाज र समूहमा विघटनको खतरा निम्त्याउँछ । विधेयकको विपक्षमा उभिएको ठूलो पंक्तिले यही खतरा महशुस गरेको हुनपर्छ ।
अहिलेको संकट आकस्मिक हो वा संचित ? कुनै भयङ्कर दुर्घटना, विपत्ति वा प्रकोप, युद्ध वा बिग्रहको अवस्थामा सामाजिक विघटन स्वभावतः हुन्छ नै । त्यो बेला समाजका लाखौं व्यक्तिको सोच, जीवनशैलीमा आकस्मिक परिवर्तन पनि हुन्छ । बाध्यकारी जस्तै हो यो जहाँ ‘एडजस्ट’ नभइ सुख्खै छैन । जस्तो गणतन्त्र, धर्मनिरपेक्षता, भूकम्प आदि । तर अहिले प्रस्तावित गुठी विधेयक संचित संकटको कडीसँग जोडिएका पर्याप्त आधार र तथ्य देखिन्छन् । सामाजिक साँस्कृति मूल्यमा आघात पार्न स्वार्थ समूहहरुको ठूलो प्रयत्न भित्रभित्र भइरहेको रहेछ भन्न विधेयकको सम्बन्धमा सामाजिक संस्थाहरुसँग संवाद र अन्तक्रिया गर्न नचाहेबाट स्पष्ट हुन्छ ।
मुद्दा सामाजिक समस्याको सिद्धान्त होइन । भौगोलिक पनि होइन । भौतिक उत्कर्षताको परिणाम पनि होइन । यो साम्प्रदायिक, जातिवादी, क्षेत्रवादी, भाषावादी एवम् प्राचीन परम्परावादी कडीसँग जोडिएको देखिन्छ । रुढ र अव्यवस्थाको छेको लिएर ठूलो सामाजिक संरचनाको नाभीमै प्रहार गर्न विधेयक केन्द्रित देखिन्छ । पुरानो समिति, संयन्त्र र नयाँ संस्थागत संरचनामा घर्षण हुँदा नचाहेर पनि सामाजिक मूल्यमा ह्रास आउँछ र यसैले सामाजिक साँस्कृतिक विघटनको दिशा लिन्छ । ढिलो चाँढो मात्र हो, हुन्छ । अतः सामाजिक मूल्यमाथि प्रहार केन्द्रित गर्ने गरी आएको प्रस्तावित विधेयक साँस्कृतिक विघटनको कारक बन्नसक्छ ।
पुरुषोत्तम लम्साल
भर्जिनिया, अमेरिका
-

लुकेको प्यारो मान्छे
प्रत्येक घडीको पलसँग
सँगै हिंडें,
जीवनको ऋतुहरूमा
तिमीलाई नै प्रेम गर्छु ।
तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् ।
वास्तवमा ,
मेरो सत्य त्यही हो
सुन्दर सपना तिमी,
सधै तिम्रो संझनामा हाँसेर,
जीबन यात्राको पाइलाहरूमा
तिमीलाई भेट्छु ।
खुशी लाग्छ,
आकाश झैं मौनतामा
सुन्दर प्रस्तुती देखेर
अलि कति पनि दुखाई छैन,
तिमीसम्म पुग्न नसक्दा नि,
टाढा दूरीको पनि अति प्रिय लाग्छ ।
त्यसैले होला,
विहानीको लाली मसम्म आइपुग्दा न्यानो अंगालोमा बाँधिएको,
रात उदाएको चन्द्रमा सित शितलताको ओढ्नेसँग गुटुमुटु
यथार्थको धरातलमा
मिठो, आनन्दको अनुभूति हुन्छ।
एउटा नयाँ उमङ्ग,
एउटा नयाँ रचना जस्तै
स्वतन्त्रको परिधिमा
म उही
मसँग तिमी,
थाहा पाई थाहा नपाई
बगेको तिमी
न्यानो, चिसो संरचना
मिठो आवाज, लाग्छ
सुनी रहूॅ म बाँचेको छु
भनेर
घडी झै टिक टिक
मनको भित्तामा
कोरिएको चित्र
शान्त ,मुर्त
बुद्ध झै
मनको गुफामा
लुकेको प्यारो मान्छे ॥
ममता कर्माचार्य
बोस्टन
-

चुम्बन आलिङ्गन : सफा वा दोषी
करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने बित्तिकै आइपुगिन । उनले त्योक्रमलाई केही दिन जारी राखिन । उनी अलिक ठूलो ज्यानकी रम हल्का सानो ज्यानको हुनाले मलाई त झ्याप्पै छोपुला जस्तोगरेर कस्न पो थालिन् । केही दिन पछी उनी माथी मैले प्रश्नउठाउने निर्णय गरें र भने “हेर मेरी श्रीमती पनि यँही काम गर्छिन्। यदि उनले थाहा पाइन भने मलाई ठूलो तनाव हुन्छ । मलाईयसरी अफ्ठेरो नै पर्ने गरी अंगालो मार्न छोडीदेउ“। त्यस पछीउनले मलाई कसेर होइन, अंगालो मार्न नै आँट गरिनन् ।
नियमित उपस्थिती नभएको कारण उनको जागिर पनि गयो ।मेरो समस्या पनि संधैका लागि टर्यो ।
चुम्बन र आलिङ्गन बिशेष गरी पश्चिमाहरुको परम्परा भए पनिबिस्तारै पुर्वियहरुले पनि प्रयोगमा ल्याइसकेका छन् । तर चुम्बनआलिङ्गन स्वाभावैले एक अर्काको सशरिर स्पर्शका साथ गरिनेअभिवादन भएपनि कहिलेकाँही बदनियत गर्नेहरुले गाल पार्ने रफाइदा उठाउने कुरा मेरो माथि उल्लेखित अनुभवबाट पनि प्रष्टहुन्छ । त्यसैले त्यस्ता आलिङ्गन वा चुम्बन सफा वा दोषी भनेरछलफल गर्नु पर्ने चरणसम्म आइपुगेको “नुन चिनी पानी“कोठम्याई छ ।
खास गरी आलिङ्गन गर्दा मित्रता, आत्मियता, प्रेम झल्कनेहुनाले धेरै प्रयोगमा आएको देखिन्छ । तर साथी साथीको बिच, त्यसमा पनि बिपरित लिङ्गी बिच हुने कसिलो आलिङ्गन र त्योसङ्गै पछाडी ढाडमा गरिने मसाजले भने दोषी आलिङ्गनकोसंकेत गर्छ । कतिपय असजिलो अवस्था आउँदा पनि बोल्नसक्ने स्थिती रहंदैन ।आखिरी दोषी त दोषी नै हो नि होईन ?
आलिङ्गन गर्दा कुनै पनि पक्षबाट छातीको भाग पुरै टस्साउनु पर्छभन्ने हुंदैन । आत्मियता दर्शाउँने हो वा आनन्दको क्षण सम्झेरझुम्ने हो त्यो सफा र दोषी आलिङ्गनमा भर पर्छ । परिवार रआफन्तमा गरिने आलिङ्गनलाई यहाँ उठाउन खोजिएको पट्टक्कैहोईन ।
चुम्बन पनि अहिले फेसनमा आइसक्यो । टाढैबाट गरिनेफ्लाईङ्ग किसहरु सजिला, निर्दोषी शिर्षकमा लेखिए जस्तैसफा हुन्छन् । कोही गालालाई स्याउ नै ठानेर टोकौं जस्तो गर्ने वाअनुहारको अग्र भाग नै जोड्नेहरु चाँहि सामाजिक परिबेशअनुसार दोषी भनेर बर्गिकरण गर्ने आँट गरियो ।
समग्रमा खुल्लमखुल्ला सार्वजनिक स्थानमा चिनेजानेकाहरु भेटगरिने गाला जोडाई चुम्बन र आलिङ्गनको पनि नियत सफा हुनुपर्दछ । सोचाइ सुद्ध हुनुपर्छ, हेराईमा पाप हुनुहुन्न । यद्धपीआँखा लोभी र मन पापी पारेक कसैले हल्का चानस् नै मारेपनिमेरो भन्नु केही छैन ।
अर्जुन दाहाल
नुनचिनीपानी अभियन्ता
कनेक्टिकट
-

रामप्रसादको दुलहा दुलही
न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन ।
युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन् ।
शंकर बिसी र खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा मोडल तथा डान्सर करिश्मा ढकालले अभिनय गरेकी छन् ।
भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र शिवहरि पौडेलको अभिनयसमेत हेर्न पाइन्छ । खनालको यो लोक दोहोरी गीत विवाह र पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अब्बल छन् यो गीतमा ।
साथै, खनालले युट्युबमा आफ्नो एकाउन्ट सब्क्राइब गर्नेलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणासमेत गरेका छन् । युट्युब एकाउन्ट RAM PRASAD KHANAL – https://www= youtube=com/user/ rampdkhanal/videos<view=0&sort=p&flow=grid&view_as=subscriber _ मा गएर सब्क्राइब गर्नेमध्येबाट लक्की ड्र मार्फत तीन जनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एक लाख सब्क्राइबर नाघ्नासाथ मिडियाहरुबाट गरिने छ । -

एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने
विश्व न्यूज संवाददाता
अमेरिका ।
गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ ।
संस्थाको विधान सभाको रुपमा समेत रहेको साधारणसभा सम्पन्न गर्न संस्थाकी उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा बनाइएको मुल व्यवस्थापन समिति तथा विभिन्न उपसमितिहरुले कामलाई द्रुत गतिमा अघि बढाएका छन् ।
साधारणसभाको उद्घाटन समारोहमा नेपालका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छेदार, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य लगायत अतिथिका रुपमा सहभागि हुने बताइएको छ ।
साधारण सभाका लागि संघकी मिड वेष्ट क्षेत्रीय उपाध्यक्ष पौडेल कन्भेनर तथा त्यस क्ष्ँेत्रवाट आइसिसी सदस्य धर्म भट्टराई, बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराई, इलिनोइस च्याप्टर अध्यक्ष सत्य चौधरी,विस्कन्सिन च्याप्टर अध्यक्ष बुद्धी सुवेदी,अहोवा च्याप्टर अध्यक्ष महेन्द्र श्रेष्ठ, इण्डियाना च्याप्टर अध्यक्ष राजीव श्रेष्ठ, मिचिगन च्याप्टर अध्यक्ष जगनलाल श्रेष्ठ(विपिन) र केन्टकी च्याप्टर अध्यक्ष डिलु पराजुली को कन्भेनरको रुपमा रहेका छन् ।
यसैगरी, साधारणसभालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत बनाइएको छ । भर्खर सम्पन्न निर्वाचनवाट उपाध्यक्ष्ँमा विजयी बुद्धी सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, राज थापाको संयोजकत्वमा होटल व्यवस्थापन, गोविन्द श्रेष्ठको संयोजकत्वमा दर्ता ,इनद्रलाल चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन, बाला घिमिरेको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन, विन्दु सापकोटाको संयोजकत्व र शिकागो ल्याण्ड नेपलिस फ्रेन्डसिप सोसाइटीको सहभागितामा सांस्कृतिक तथा झाकी प्रर्दशन, सुमन वस्तीको संयोजकत्वमा अतिथि सत्कार, कविता नेपालको संयोजकत्वमा स्वागत, जगन निरौलाको संयोजकत्वमा स्थानीय मिडिया प्रचारप्रसार , ललनदेव जिसीको संयोजकत्वमा मञ्च व्यवस्थापन, रोशन अधिकारीको संयोजकत्वमा स्टेशनरी व्यवस्थापन, सुरज घिमिरेको संयोजकत्वमा खेलकुद आयोजना उपसमितिहरु ब्नाइएको छ । यस्तैं, साधारणसभा सुरु हुनु अघि जुलाई ५ मा हुने वेलकम नाइटको लागि डिलु पुराजुलीको संयोजकत्वमा डिनर नाइट व्यवस्थापन उपसमिति बनँइएको छ । सबैं उपसमितिहरु मार्फत कार्यहरु अघि बढाइएको कन्भेनर राधा पौडेलले जानकारी दिइन् । साधारणसभामा उपस्थिति उल्लेख्य रहने अपेक्षा आफुहरुले गरेको बताउदैं उनले विधान संसोधनदेखि पदस्थापनको कार्यक्रम समेत रहेकाले सहभागिता राम्रो रहने भएकाले त्यही अनुरुपकैं तयारी थालिएको बताइन् ।
उनले सहभागि हुन आउने हरुलाई साधारणसभा हुने होटलको लागि होटल बुक देखि सहभागिताको लागि अनलाइन दर्ताको काम छिटो गर्न समेत आग्रह गरिन् । -

एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?
विश्वन्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्ना सदस्य र उनीहरुका आफन्तका लागि एनआरएन फेमिली मेम्बर कार्ड वितरण शुरु गरेको छ । संघले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर कार्ड वितरण शुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले फेमिली मेम्बर कार्ड वितरण शुरु गरेका छन् । एनआरएनले गैरआवासीय नेपाली र उनीहरुका आफन्तका लागि बिपत परेका बेला आर्थिक सहायता उपलब्ध गराउन कार्ड वितरण गरिएको जनाएको छ ।
कार्ड प्राप्त गर्ने सदस्यले होटेल, ट्राभल एजेन्सी, अस्पताल, व्यापारिक मल लगायतका क्षेत्रमा सहुलियत दिने एनआरएनको तयारी छ । त्यसका लागि एनआरएनले क्षेत्र पहिचान गरेर काम गरिरहेको जनाएको छ । विभिन्न ७ सय कम्पनीसँग एमओई गर्ने तयारी भइरहेको पनि एनआरएनले जनाएको छ । एनआरएन फेमिली मेम्बर कार्ड लिनका लागि शुरुमा प्रतिव्यक्ति १ हजार नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
हरेक वर्ष नेपालमा डिजास्टर आएका बेला रकम संकलन गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थायी प्रकृतिको संरचना बनाउन लागिएको संघका अध्यक्ष भवन भट्टले बताए । उनले भने– ‘हरेक वर्ष नेपालमा कुनै न कुनै प्रकारको डिजास्टर आउँछ । कहिले आँधीबेहरी आउँछ भने कहिले भूकम्प आउँछ । धेरै सोसाइटी प्रोगाम गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो खालको कार्यक्रम गर्नुपर्ने भएकाले यो कार्यक्रमलाई ल्याइएको हो ।’
एनआरएनमा संसारभरका झण्डै ७० हजार आबद्ध रहेका छन् । सम्पूर्ण सदस्य र उनीहरुका आफन्तलाई लक्षित गरेर पनि यो कार्यक्रम ल्याइएको अध्यक्ष भट्टको दाबी छ । उनले भने– ‘ग्लोबल्ली एनआरएनमा आबद्ध छन् उनीहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यति मात्र होइन धेरै सोसाइटी प्रोग्राम पनि गर्नुपर्ने हुन्छ । महिला समितिसँग मिलेर महिलाको आङ खस्ने रोगको क्याम्पेन गर्नुपर्ने हुन्छ । घरेलु हिंसाका समस्या पनि छन् । त्यसका लागि सजिलोसँग च्यारिटी होस् भनेर पनि नयाँ कार्यक्रम आएको हो ।’
हरेक मेम्बरका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेपछि दुई वर्षसम्म नवीकरण गर्न नपर्ने मेम्बर कार्ड दिइने एनआरएनले जनाएको छ । ‘हरेक सदस्यका लागि दुई वर्षको कार्ड दिइनेछ । त्यसको शुल्क प्रतिव्यक्ति १ हजार रुपैयाँ रहेको छ । त्यसबाट एनसीसीले ३ सय रुपैयाँ राख्नेछन् । बाँकी रहेको दुई सय रुपैयाँ डिजास्टर, शिक्षा र महिला बालबालिकाको क्षेत्रमा खर्च हुनेछ । बाँकी रहेको ५० प्रतिशत रकम संस्थाले प्रयोग गर्नेछ,’ अध्यक्ष भट्टले जानकारी दिए ।
फण्ड सञ्चालनका लागि एनआरएनले नयाँ खालको मेकानिजम बनाएको जनाएको छ । डिजास्टरको क्षेत्रमा हरेक वर्ष अभियान चलाउनुपर्ने भएकाले स्थायी प्रकृतिको कोष स्थापनाका लागि एनआरएन आईसीसीले पहल थालेको हो । संघका अध्यक्ष भट्टले भने– ‘यसमा सबै एनआरएन सदस्य र उनका आफन्तले भाग लिने संघको अपेक्षा छ । यसका लागि मेकानिजम बनाइएको छ । डिजास्टरका लागि च्यारिटी गर्नुपर्ने भएकाले यसलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको हो । सम्भवतः सबै साथीले भाग लिनुहुन्छ । हामीले सबैको सहभागिताको विश्वास गरेका छौं । मेम्बरसिप लिएका व्यक्तिलाई लाभ दिनका लागि ७ सय कम्पनीसँग एमओई गर्ने तयारी गरेका छौं । मेकानिजम बनाइएको छ । डिजास्टरबाट च्यारिटी गरेरै गर्नुपर्ने भएकाले सम्भवतः सबै साथीहरुले भाग लिनुहुन्छ भन्ने लाग्छ । यसले लगानी पनि हुने र सबै साथीहरु भाग लिनुहुन्छ भन्ने विश्वास गरेका छौं । ७०० सय कम्पनीसँग एमओई गर्दैछौं ।’कार्डबाट हुने फाइदा
एनआरएनका सदस्य र तिनका परिवार तथा आफन्तलाई लक्षित गरेर कार्ड वितरण शुरु गरिएको हो । आइतबार गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर कार्ड वितरण प्रक्रियाका बारेमा समेत जानकारी दिइएको छ । एनआरएन फेमिली मेम्बर कार्ड एनआरएनमा आबद्ध सदस्य, उनका नेपालमा बसोवास गर्ने बाबुआमा, श्रीमान्–श्रीमती, छोराछोरीले प्राप्त गर्नेछन् । तर, विवाह गरेका सन्तानका लागि यो योजना लागू नहुने संघले जनाएको छ ।
एनआरएनले नेपालको डिजास्टर म्यानेजमेन्टमा सहयोग पु¥याउने उद्देश्यले ल्याएको यो योजनाअन्तर्गत सदस्यले समेत लाभ लिनसक्ने गरी योजना बनाएको छ । फेमिली मेम्बर कार्ड लिने व्यक्तिले विभिन्न व्यावसायिक प्रतिष्ठानबाट लिने सेवा, बस्तुमा सहुलियतको सुविधा पाउनेछन् । कार्डबाहक आफ्ना व्यक्तिलाई एनआरएनसँग सम्झौता गरेका प्रतिष्ठानले बस्तु तथा सेवामा निश्चित प्रतिशतको छुट दिनेछन् । यो योजनाअन्तर्गत नेपालभित्र मात्र नभएर एनआरएनले सम्झौता गरेका विदेशस्थित कम्पनीले पनि छुट दिने एनआरएनले जनाएको छ ।
नेपालभित्र संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय, क्याम्पस, होटल तथा रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल एण्ड टुर एजेन्सीबाट टिकटमा छुट, बैंकिङ क्षेत्र, बीमा, फिटनेस सेन्टर र सूचना तथा सञ्चार लगायतका विभिन्न ७ सय कम्पनीसँग सम्झौताको तयारी गरिरहेको छ । संघका सदस्यले फेमिली मेम्बर कार्डका लागि एनआरएनको केन्द्रीय सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण बुझाउनुपर्ने हुन्छ । कार्ड क्यूआरसहितको हुनेछ ।
एनआरएनले विदेशमा बस्ने आफ्ना सदस्यको हित र नेपालको डिजास्टर म्यानेजमेन्ट दुवै काम एकैसाथ गर्न सकियोस् भनेर यो योजना ल्याएको हो । विदेशमा झण्डै ४० लाख नेपाली रहेको अनुमान गरिए पनि अहिलेसम्म संघमा झण्डै ७० हजारको हाराहारीमा मात्र आबद्धता रहेको छ । त्यसैले सदस्यता थप्ने र सदस्य लिन प्रोत्साहन पुग्नेगरी यो योजना ल्याइएको संघकी उपाध्यक्ष सपिला राजभण्डारीले जानकारी दिइन् । उनले लामो समयदेखिको प्रयासले सफलता प्राप्त गरेको जानकारी दिँदै सेवा सुविधा बिस्तार गरेर सबैको हितमा एनआरएन सक्रिय हुने बताइन् । कार्ड वितरण शुरु गर्ने कार्यक्रममा एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकालसहित एनआरएनका आईसीसी सदस्य, एनसीसी पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक क्षेत्र र मानवीय क्षेत्रका विभिन्न पक्षमा काम गर्ने एनआरएनको घोषणासँगै अहिले सामूहिक लगानीको पनि प्रक्रिया अगाडि बढेको छ । निश्चित कोष कडा गरेर सामूहिक लगानी गर्नेगरी उपाध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले यसअघि सरकारसँग गरेको सम्झौताअनुसार सबै नेपालीको लगानीका लागि पनि काम गरिरहेको अध्यक्ष भट्टले बताएका छन् । विभिन्न क्षेत्रमा विदेशमा बस्ने नेपालीले आईपीओका रुपमा लगानी गर्न पाउने र त्यसको प्रतिफल पनि समान ढंगले वितरण गर्नेगरी आफूहरु काममा जुटेको उनको भनाइ रहेको छ ।
लगानीको क्षेत्रमा पनि फेमिली मेम्बर कार्ड जस्तै गरी लगानी जुटाउने तयारी गरिएको छ । अहिले सबै प्रकारका लगानीका सम्भावनामा छलफल चलिरहेको छ । विदेशमा बस्ने नेपालीको सामूहिक लगानी र व्यक्तिगत प्रतिफल दिने गरी लगानीको वातावरण बनाउन एनआरएनका नेताहरु लागेका छन् । संघले सरकारसँग १० अर्बको लगानी सम्झौता गरिसकेको छ । यसले एनआरएनको सामूहिकतामा सहयोग पुग्ने संघको विश्वास छ । विदेशमा बस्ने तर थोरै पूँजी हुने सदस्यलाई समेत प्रत्यक्ष लाभ मिल्नेगरी लगानीको वातावरण बनाइने एनआरएनका पदाधिकारीको प्रतिबद्धता रहेको छ ।
एनआरएनमा पछिल्लो समय व्यक्तिगत हितका लागि संस्थालाई नेताहरुले प्रयोग गरेको आरोप लागेपछि सामूहिक लगानी र व्यक्तिगत प्रतिफलको अवधारणामा छलफल चलिरहेको हो । अध्यक्ष लगायत पदाधिकारीले राज्य संयन्त्रको पहुँचमा पुगेर आफ्नो व्यक्तिगत व्यवसायमा फाइदा पुग्ने काम गरेको आरोप लागेको छ । पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेपालमा सञ्चालित विभिन्न परियोजनाामा राज्य संयन्त्रको प्रयोग गरेर व्यक्तिगत फाइदा लिएको आरोप लाग्दै आएको छ । -

‘लेडिज साँझ’मा रमाए महिला
कल्पना घिमिरे ,न्युयोर्क
ब्यस्त दैनिकी, काम, थकान सबै बिर्सिएर नेपाली महिलाले ज्याक्सन हाइटमा ‘लेडिज साँझ’ मनाएका छन् । अमेरिकाको न्यूयोर्क र आसपासका नेपाली महिला शनिबार साँझ नाजगान र खानपानमा मात्रै मस्त थिएनन् आफु भित्र रहेको प्रतिभा र क्षमता देखाउने होडबाजीमा पनि ब्यस्त थिए । नेपाली लेडिज साँझ डट कमले उनीहरुलाई यो सबै गर्ने अवसर जुराइदिएको हो । बर्षमा एक दिन भएपनि महिलाले परिवार, बालबच्चा र काम सबै छोडेर रमाइलो गरुन भन्ने उदेश्यले लेडिज साँझ कार्यक्रम गरिदैँ आएको हो । महिलाको काँधमा जहिलेपनि दोहोरो तेहोरो जिम्मेवारी हुने गर्छ । त्यसमाथि पनि विदेशमा बस्ने महिलाको जीवन निकै संघर्षपूर्ण हुन्छ । बालबच्चा, परिवार, घरभित्र र बाहिरको कामले उनीहरु निकै ब्यस्त हुन्छन् । लेडिज साँझमा यी सबै बिर्सिएर एकदिन भएपनि स्वतन्त्र रमाउँदै आफु भित्र लुकेर रहेको प्रतिभा प्रदर्शन गर्ने, साथीभाईसंग कुरा गर्ने गर्छन् । बिदेशमा रहेका नेपाली महिलाको शसक्तीकरण र विकासमा कार्यक्रमले योगदान पु¥याउँदै आएको कार्यक्रम संयोजक मुना राईले जानकारी दिइन् ।
नेपाली लेडिज साँझ डट कमले आयोजना गरेको कार्यक्रममा महिलाहरुले निर्धक्क नाँचे । १८ वर्षका युवतीदेखि ४०÷५० वर्षका अधवैशे महिलाहरु एकै ठाउँमा जम्मा भएर रमाइलो गरेका थिए । गत वर्ष युवती र महिलाहरुलाई फेसन शो र ¥यापमा उतारिएको थियो । यस वर्ष भने नृत्य प्रस्तुत गर्दै बिभिन्न कार्यक्रम गरी मनाइयो ।
दिनरात काममा खट्ने, पारिवारिक र बालबच्चाको जिम्मेवारीमै समय बिताउने हाम्रा दिदी बहिनीहरु एकैछिन सबैथोक बिर्सेर मेकअपले सजिसजाउ र राम्रा भएर कार्यक्रम हलमा पुगेका थिए ।
कार्यक्रममा १८ वर्ष भन्दा माथिका महिलाको मात्रै उपस्थिति थियो । कार्यक्रम हलभित्र क्यामरा मेन, टेक्निसियन, डिजे र होटलका केही स्टाफ मात्र पुरुष थिए । अन्य पुरुष र बालबालिकालाई कार्यक्रम हल भित्र छिर्न अनुमति थिएन । कुनै जाती, वर्ग क्षेत्र, राजनीतिक दल, ठूलो सानो केही नहेरी सबै महिला समान हुन् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिदँै आएको आयोजकले जनाएको छ ।
सन् २०१२ देखि महिलाहरु सहभागी गराएर कार्यक्रम गर्न सुरु गरिएको हो । कार्यक्रमबाट उठेको रकमको मुनाफाबाट नेपालको बिभिन्न ठाउँमा र अमेरिकामा पनि सामाजिक सेवामा लगाउँदै आएको छ । सन् २०१३ मा नेपालकी मृगौला पीडित साबिका थापालाई मृगौला प्रत्यारोपणका लागि सहयोग गरेको थियो । २०१४ मा न्यूयोर्कमा प्रासा तुलाधरलाई फोक्सोको उपचारका लागि सहयोग गरेको थियो । फोक्सोको बिरामी तुलाधरको छ महिना अघि नै मृत्यु भइसकेको छ । एनआरएनमा उठेका महिला उम्मेद्धारको अन्तरक्रिया, गोर्खाल्याण्ड आन्दोलनका पीडितलाई राहत पु¥याउन सहयोग गरेको आयोजक समुहले जनाएको छ । -

अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?
न्युह्याम्पसायर
अमेरिकास्थित न्युह्याम्पसायर राज्यको स्थानीय सिटी हुक्सेटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी भएको बताएका छन् । स्थानीय समाजवादी पार्टी समर्थित नेपालीहरुको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता राईले संबिधानका ति विभेदकारी प्राबधानहरु हटाउनु पर्ने बताउँदै भने; “त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो। यो संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन् तर पहिचान, भाषा, धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छन् । यसलाई संसोधन गरेर उत्कृस्ट संबिधान बनाउने उद्देश्यले प्रधानमन्न्रीसँग लिखित सम्झौता गरेर हामी सरकारमा गएका हौं । त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन” ।
न्युह्याम्पसायर राज्यको स्थानीय हुक्सेटमा बिभिन्न संघ संस्थाका प्रतिनीधिहरु बीच आयोजित अन्तरक्रियामा उठेका जिज्ञासाहरुको उत्तर दिदै नेता राईले “स्थिर सरकारको कुरो उठेको बेला प्रचण्डजीले अहिले सम्झौताको कागज निकालेर किन बखेडा गर्नु परेको ? पांच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र? पांच वर्ष मै प्रचण्डजी एक्स्पाएर भै हाल्ने पनि होइन होला ?” भन्दै आक्रोश ब्यक्त गरे ।
अर्को एक प्रश्नको जवाफ दिदै नेता राईले आफूले एमाले छाडेकोमा कुनै पश्चाताप नभएको बताउदै भने “मैले एमाले फोडेको होइन छोडेको हो र चाइनिज उखान अनुसार दश पटक नाप, एक चोटी काटको सिद्धान्त अनुसार मैले एमाले परित्याग गरेकोले मलाइ कुनै पश्चाताप छैन । एमालेमा अत्याधिक मतले उपाध्यक्ष निर्वाचित भाको हुँ । त्यो पार्टीक नेताहरु सबैको बारेमा राम्रो थाहा छ । गौरव र आत्मसन्तुष्टी कै बिषय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारीसंग बिहेको प्रस्ताव मैले नै लगेको र बिहे समेत गराई देको व्यक्ति अहिले रास्ट्रपति छिन् । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समुल परिवर्तनको लागि त्यहाँ बसेर केही गर्ने अवस्था थिएन। अहिले हिमाल पहाड तराईलाई एक बनाई मुलुकको आमुल परिवर्तनको लागी लागेको छु । त्यसमा मलाइ गर्व छ” ।
राई अहिले अमेरिकाको निजी भ्रमणमा छन् ।गत हप्ता म्यासाच्युसेट्स राज्यस्थित प्रतिष्ठित कलेज एम आई टिबाट उनका छोराले कम्प्युटर साईन्समा बिद्याबारिधी गरेको दिक्षान्त समारोहमा सहभागी हुन आएका हुन् -

अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ ।
गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ ।
तर, विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।
संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको उल्लेख गरेको छ ।
ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।
कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् ।
कार्डको म्याद २ वर्षको हुने बताइएको छ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्ने संंघले जानकारी दिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए ।
गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उल्लेख गरे ।
संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।
-

अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ ।
आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन । त्यसकारण सिनेटबाट पारित हुनेमा भने धेरैको शंका छ ।उता, राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले समेत विशेषाधिकार प्रयोग गर्दै विधेयक असफल बनाउने चेतावनी दिइसकेको छ । मङ्गलबार भएको मतदानमा तल्लो सदनका २३७ सदस्यले विधेयकको पक्षमा मतदान गरेका थिए । १८७ सदस्य विपक्षमा देखिए ।
यो विधेयक दुबै सदनबाट पारित भयो भने पनि राष्ट्रपतिले स्वीकृत गर्ने पर्ने प्रावधान छ । यो प्रक्रिया पुरा भयो भने नाबालककै रूपमा अमेरिका आई बसोबास गरिरहेका युवाहरूले निश्चित मापदण्ड पूरा गरेपछि स्थायी बसोबासको अधिकार पाउँनेछन् । जुन पछि नागरिकतामा परिणत हुनसक्छ ।
यसबाट अस्थायी संरक्षित अवस्था (टिपिएस्) प्राप्त गरी अमेरिकामा बसिरहेका हजारौं नेपालीका लागि पनि फलदायी बन्न सक्छ ।
एजेन्सी -

सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता
टेक्सस ।
नेपालीद्धारा नेपालीहरुकैं लगानीमा सुरु गरिएको सगुन कम्पनीले आफ्नो सगुन लाइट एप वजारमा ल्याएको छ । एप बजारमा ल्याएस“गैं कम्पनीमा लगानी गर्ने र लगानी बढाउने व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुको सक्रियता समेत बढेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय अमेरिकाका विभिन्न शहरमा वस्ने नेपालीले यसमा लगानी गर्ने क्रम समेत बढेको छ । कम्पनीमा विश्वभर छरिएर रहेका झण्डैं ४६ सय बढी शेयर धनी रहेका छन् ।
कम्पनीले केही समय अघि सगुन एप वजारमा ल्याएको थियो । जसका झण्डैं ३ दशमलव २ मिलियन प्रयोगकर्ता रहेको बताइएको छ । कम्पनीले विभिन्न प्रोडक्टहरु बजारमा ल्याउने यस अघि नैं उल्लेख गरिसकेको छ । कम्पनीको प्रोडक्ट सगुन लाइट एपको लोकप्रियतास“गैं सगुनमा लगानी गर्न चाहनेहरुको संख्यामा समेत वृद्दि भएको र धेरैंले इच्छा समेत जाहेर गरेपछि कम्पनीले केही प्रावधानसहीत लगानी खुल्ला गरेको थियो । यो सगैं अमेरिकाका विभिन्न राज्यका साथैं टेक्सस राज्यको डलास वरपर वस्ने नेपाली व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुले लगानी गर्नुका साथैं गरिसक्नुभएकाहरुले लगानी थप गरेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जनाए ।
सगुनले सर्वसाधारणहरुका लागी गत वर्षसम्म खुल्ला गरेको मिनी आइपीओ बन्द भइसकेपछि हाल योग्य लगानीकर्ताहरुले मात्र प्राइभेट प्लेसमेन्ट मार्फत लगानी गर्न पाउने व्यवस्था गरी सो को लागि कम्तिमा अमेरिकी डलर १५ हजार लगानी गर्नु पर्ने प्रावधान राखेको छ । सगुन कम्पनीका सिटौलाका अनुसार हाल सगुनले ठूला लगानीकर्ताहरु भित्राउने तयारी गरिरहेको बेला थोरै समयकालागि मात्रैं खुल्ला गरिएको र इच्छुक लगानीकर्ताहरुले अहिले पनि लगानी गर्न सक्नेछन् ।
सगुनको मिनि आई पि ओ निस्काशन गर्दाको अबस्थाको भर्च्यूयल मूल्य ९३ मिलियनबाट १९० मिलियन पुगेको कुरा सगुनले जानकारी गराएको छ । सगुनका अनुसार कम्पनीको मूल्याकंन स्कालर नामको स्वतन्त्र व्यवसाय मूल्याकंन फर्मले गरेको हो । कम्पनीका सहसंस्थाक सिटौलाले इच्छुक लगानकर्ताहरुलाइ विशेष अवसर प्रदान गर्ने उद्देश्यले पुरानै मूल्याकंनका आधारमा हाल लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
अमेरिकाको ठूलो राज्य टेक्ससमा बसोबास गर्ने अधिकांश नेपालीहरु आफ्ना व्यवशाय सञ्चालन गरिरहेका पाइन्छन् । सगुन कम्पनीले एक विज्ञप्ती मार्फत जनाए अनुसार पछिल्लो समय खुला गरिएको लगानी कार्यक्रमका क्रममा लगानीको अवसरलाइ सदुपयोग गर्दै सगुनका संस्थापक लगानीकर्ता तथा एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष व्यवसायी आर सी पोखरेल, एनआरएनए आइसिसीका सल्लाहकार व्यवसायी हरीबोल भण्डारीले लगानी थप गरेका छन् । एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक व्यवसायी गौरी जोशीले समेत यस भन्दा अगाडि नै सगुनमा लगानी गरिसकेका छन् ।
यस्तै व्यवसायीहरु बासुदेव भण्डारी, नरेश पाण्डे, उमेश प्रधान, सीता सापकोटा, भरत अर्याल, कपिल अधिकारी, चन्द्र नगरकोटी तथा उत्तम लामिछाने, युवा व्यवशायी सुवर्ण पोखरेल, सुमिरन सापकोटा लगायतले समेत लगानी गरेका छन् ।
नेपाली समाज टेक्सस(एनएसटी)का पूर्व अध्यक्षहरु व्यवसायी तथा समाजसेवी भुवन आचार्य,बैकुण्ठ थापा तथा लवक नेपाली समाजमा समेत आवद्ध प्रा.डा. मेघनाथ पराजुलीले समेत लगानी गरेका छन् । अमेरिकामा दर्ता भएको स्टार्ट अप कम्पनी सगुनले दक्षिण एशियालाई लक्षित गरि विश्वमा रहेका सामाजिक सञ्जाल तथा इकमर्श भन्दा आफूलाई भिन्न
रुपमा प्रस्तुत गरी विश्व बजारमा प्रतिष्पर्धा गर्ने गर्ने गरी अघि बढिरहेको सहसंस्थापक सिटौलाले जनाए ।
सगुनले भरखरै ल्याएको सगुन लाईट एप गुगल प्ले स्टोर र एपपल स्टोरमा उपलब्ध रहेको तथा डब्लुडब्लुडब्लु डट सगुन लाइट डट कममा गएर पनि डाउन लोड गर्न सकिने कम्पनीले जनाएको छ । -

नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्।
बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ ।
वर्तमान महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपालको भ्रमण गरेकी छिन् । उनी २०१७ फागुन र २०४२ फागुनमा गरी दुई पटक नेपाल आएकी थिइन् ।
राजकुमार चाल्र्स र राजकुमारी डायनाले पनि नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो समय राजकुमार ह्यारीले नेपालको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेका थिए ।
बेलायती राजपरिवारका महत्वपूर्ण सदस्य पटक पटक नेपाल आएपनि बेलायत सरकारका कार्यकारी भूमिकामा रहेका उच्च अधिकारीहरुले नेपालाई वेवास्ता गरिरहेका छन् । तर, बेलायतमा नेपालीहरुको योगदान भने ठूलो छ ।
सोही कारण बेलायती राजसंस्थाले नेपाललाई निरन्तर माया गरिरहेको देखिन्छ । पछिल्लो पटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ बैशाखमा बेलायतको भ्रमण गरेपछि वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली बेलायत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता २५ जेठदेखि १ असारसम्म युरोप भ्रमण जाँदैछन्। ९ दिने दिन युरोप भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्ड, फ्रान्स र बेलायतको भ्रमण गर्ने छन्।
-

हामी अचम्म परेका छौं, केही उपाय होला ?
रमेश श्रेष्ठ
कानुन व्यवसायी ,न्युयोर्क
म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्का लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी, काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो । अन्तरवार्तापछि एम्बेसीले एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो । केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमानलाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ । मैले एम्बेसीमा इन्क्वायरी गर्दा मेरो पेटिसन युएसएमा रिभोकेसनको रिकमेन्डेसनसहित युएससीआईएसमा पठाएको कुरा बतायो । म र मेरो श्रीमान् दुवै अचम्ममा परेका छौं । के भएको होला ? र, अब के उपाय गर्न सकिन्छ होला ? केही अन्य उपाय भए बताइदिनुहुन अनुरोध गर्दछु ।
– निर्मला, ब्रुकलिनतपाईंको इमेडियट रिलेटिभ (आईआर) पेटिसन यहाँ युएससीआईएसमा एप्रुभ भए पनि त्यसका आधारमा तपाईंको श्रीमान्ले फायल गरेको भिसा एप्लिकेसनलाई युएस कन्सुलरले एप्रुभ गर्नुपर्ने हुन्छ । युएस एम्बेसीमा अन्तरवार्ताको स्टेजमा पुगेपछि युएस कन्सुलेट अफिसले मुख्यरुपमा तपाईंको विवाह जेन्यून हो कि होइन भन्ने तथ्यलाई पुनः परीक्षण गर्ने हुन्छ । यो कार्य मुख्यतया युएस एम्बेसीको फ्रड डिटेक्ेसन युनिटले गर्ने हुन्छ । यस प्रक्रियामा जाँदा भिसा एप्लिकेसन्स (डीएस–२३० र डीएस–२६०) लाई एड्मिनिष्टे«ेटिभ प्रोसेसिङमा राखिने गरिन्छ । इन्भेष्टिगेसनको सिलसिलामा तपाईंको श्रीमान्ले अन्तरवार्ताको समयमा दिएको टेस्टिमोनिज र अन्य फिल्ड इन्भेष्टिगेसनबाट प्राप्त भएको इन्फर्मेसनलाई कम्पेयर र विश्लेषण गरिन्छ । यदि प्राप्त भएको इन्फर्मेसन कन्फ्लििक्टिङ वा इनकन्सिस्टेन्ट देखिन आएमा पेटिसनर र बेनिफिसियरीको रिलेसनसिप जेन्यून नभएको प्रष्ट हुन आउँछ । यस्तो अवस्थामा युएस कन्सुलेट अफिसले भिसा एप्लिकेन्ट (बेनिफिसियरी) उक्त भिसा इस्युयान्सका लागि इनएलिजिबल भएको ठहर गर्नेछ । भिसाका लागि इनएलिजिबल भएको निर्णयपछि युएस कन्सुलेट अफिसले उक्त आई–१३० भिसा पेटिसन, रिभोकेसनको रिकमेन्डेसनका कारणहरुसहित युएससीआईएस अफिस अमेरिकामा पठाउनेछ । तपाईंको केसमा पनि कन्सुलेट अफिसले त्यस्ता आधारहरु प्राप्त गरेको हुन सक्छ, जसका कारणले नकारात्मक निर्णय लिन पुगेको छ ।
तपाईंको पेटिसन प्याकेट युएससीआईएसले पाएपछि तपाईंलाई पत्रद्वारा इन्टेन्ट टु रिभोक भन्ने पत्र आउनेछ । तपाईंले सो पत्र इस्यू भएको दिनदेखि ३० दिनभित्रमा त्यसको रिबुटल पेश गर्न सक्नुहुनेछ । यदि तपाईंको रिबुटलले युएस कन्सुलेटले उठाएका प्रश्नहरुलाई ओभरकम गर्न सकेमा युएससीआईएसले सो पेटिसनलाई रिफर्म गर्नेछ र युएस कन्सुलेटमा फिर्ता पठाइदिनेछ । र, युएस कन्सुलेटले भिसा इस्यू गर्न सक्नेछ । तर, यूएससीआईएसले तपाईंको जबाफ पाएर पनि सो पेटिसन रिभोक गर्ने निर्णय ग¥यो भने भिसा पेटिसन रिभोक हुनेछ ।