Category: डायस्पोरा

  • न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो

    न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो

    न्यूयोर्क 

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाईने इन्द्रजात्रा न्यूयोर्कमा नेवा: गुठीको आयोजनामा मनाईएको छ । शनिबार १४ तारिख ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजाको खुला क्षेत्रमा दोश्रो पटक मनाईएको ईन्द्रजात्रा नेवारी परम्परा र संस्कृतिको पहिचानको रुपमा लिईन्छ । नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सनहाईट्समा कार्यक्रम हेर्न नेपाली तथा अन्य मुलका मानिसहरु समेत भेला भएका थिए । 

    सो अवसरमा कुमारीको पूजा तथा दर्शनको लागि लामो भिड लागेको थियो । 

    नेवारी समुदाय र समग्र नेपालको पहिचान गराउने उद्देश्यले मनाईएको ईन्द्रजात्रामा विदेशीहरुलाई समेत आमन्त्रण गर्न सकिए नेपालको पहिचानबृद्धी र पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने गुठीका अध्यक्ष निर्मल प्रधानले बताएका छन् ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा निकै धुमधाम सहित मनाईने गरिए पनि स्थानैपिच्छे केही फरकशैली अपनाईन्छ । न्यूयोर्कमा मनाईएको यो ईन्द्रजात्राको रिती ललितपुर र लाखेनाच बेत्रावती नुवाकोट (ब्रम्हटोल काठमाडौं) को रहेको बताईएको छ ।

    ईन्द्रजात्राको रिती अनुसार आकर्षक “समेबजी डों”, धिमेबाजाको तालमा “पुलकिसी”, कुमारी, लाखेनाच, ईत्यादी प्रदर्शन गरिएको थियो । धामेबाजाको नेतृत्व बाद्ययबादक न्हुच्छे महर्जनले गरेका थिए ।

    शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । नेपाली कला र संस्कृतीलाई बिदेशमा पनि निरन्तरता दिन सकेकोमा खुसी लागेको आयोजकका तर्फबाट नेवा: गुठीका कोषाध्यक्ष सुर्य श्रेष्ठ महर्जनले बताएका छन् । अन्त्यमा लाखेले समेबजी डों भत्काएपछि उक्त समेबजीलाई प्रसादको रुपमा सबैलाई बितरण गरेपछि जात्रा सम्पन्न भएको थियो । 

  • बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

    बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

    न्यूयोर्क/अमेरिका
    प्रतिष्ठित ब्यवसायी तथा साहित्यकार बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ अन्तरगत १९ औं श्रृंखला न्यूयोर्कमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको कार्यक्रममा गत बुधबार साँझ चौधरीले आफ्ना काब्यकृति बाचन गरेर सुनाएका थिए ।
    कार्यक्रममा नेपाली, नेवारी, तामाङ, हिन्दी, अंग्रेजी, बंगाली, मैथिली, भोजपुरी, मारवाडी भाषामा लेखिएकोे कबिता संग्रह ‘बसन्त’ को लार्कापर्ण गरिएको थियो । चौधरीको कृतिको लोकार्पण न्यूयोर्क राज्यका सिनेटर जोन सि लिउ, अनेसासका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री र चौधरीले गरेका थिए ।
    चौधरीले बिश्व काब्य अन्तरगत बिभिन्न देश र मुलुक भित्रै पनि बिभिन्न ठाउँहरुमा आफ्ना काब्यकृति बाचन गर्दै आएका छन् । उनका शब्द रचनामा गाइएका गीतहरु निर्कै चर्चित बनेका छन् । राष्ट्रभक्ती र मायाको भाव बोकेका गीतका शब्दहरु युवा पुस्ताको ढुकढुकीमा बसेका छन् ।
    कार्यक्रममा चौधरीको जीबनबारे बनाइएको बृतचित्र प्रस्तुत गरिएको थियो । ब्यापारिक घरानासंग जोडिएका चौधरीको शोख ब्यापार भन्दा साहित्यमा बढी पाइन्छ । शिक्षाले नै समाज र देशलाई समृद्ध बनाउन सक्छ भन्ने मान्यता राख्ने चौधरीले दुई सय भन्दा बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गरेर सफलताको शिखरमा पु¥याइसकेका छन् । चौधरीकै अध्यक्षतामा २०५१ मा स्थापित लुनकरणदास गंगादेबी चौधरी साहित्य कला मन्दिरले साहित्य र कलाका क्षेत्रमा योगदान पु¥याउने श्रष्ठाहरुलाई सम्मान गर्दै आएको छ । उनका मेगा र मेरा कबिताहरु नामक दुई वटा कबिता संग्रह प्रकाशित भएका छन् । भने नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी आठ वटा गीति एल्बम प्रकाशित भइसकेको छन् ।

  • एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

    एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

    न्यूयोर्क, अमेरिका
    आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिने विश्व सम्मेलनमा अमेरिका स्थित गैर आवासीय नेपालीको नेतृत्व र भूमिकाबारे छलफल गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पूर्ब क्षेत्रीय समिति तथा न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा न्यूयोर्कमा गरिएको टाउन हल बैठकमा आगामी निर्वाचनमा अमेरिकाबासी नेपालीको सबैभन्दा बढी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ । बैठकमा नेपाली सामुदायिक भवन निर्माणको लागि प्रारम्भिक छलफल तथा आर्थिक संकलनको सुरुवात गर्नेबारे छलफल गरिएको थियो ।
    गत सेप्टेम्बर ६, मा गरिएको टाउनहल बैठकमा एनआरएनए अमेरिकाका निबर्तमान कार्यसमिति तथा च्याप्टर पदाधिकारीलाई बिदाई तथा सम्मान गर्ने बारे छलफल गरियो । कार्यक्रममा आगामी एनआरएन आइसीसीको चुनावमा अमेरिका क्षेत्रवाट उम्मेवार भएकाहरुबीच मिलेर जान जोड दिएको छ । कार्यक्रममा सहभागी उम्मेद्धारहरुले अमेरिकाबासीको प्रतिनिधित्वका लागि आफुहरु लचिलो भएको बताएका थिए ।
    सामुदायिक भवन निर्माण कहाँ गर्ने, कस्तो बनाउने ? भन्नेबारे छलफल भएको छैन । बरु सुरुवातमै पैसाको आवश्यकता पर्ने भएकाले सहभागीहरुले रकम संकलनका लागि दान कबुल गरेका हुन् ।
    भवन निर्माणका लागि श्रोत संकलन तथा ब्यबस्थापन जस्ता संवेदनशील बिषयमा उत्तर¬–पुर्व क्षेत्रीय समितिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकासंग समन्वय गरेर सबैको सुझाव संकलन गरी खाका तयार पार्ने र त्यसै अनुसार अघि बढ्ने एनआरएनए अमेरिकाका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिए । सामुदायिक भवन बनाउने जस्तो बृहत योजनामा समाजका हरेक पक्ष र अधिकांस व्यक्तिहरुलाई सहभागी गराउन सहभागीहरुले सुझाब दिएका थिए ।
    बैठकमा न्यूयोर्क स्थित महाबाणिज्य दूतावासका महावाणिज्यदूत पुष्पराज भट्टराई, एनआरएनए आईसिसि अमेरिकाज क्षेत्रका डीआरसी नविन शेरचन, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, निवर्तमान अध्यक्ष केशव पौडेल लगायत आईसिसि र एनसीसीका वर्तमान तथा पूर्व पदाधिकारीहरुको सहभागीता थियो ।

  • ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

    ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

    कल्पना घिमिरे

    न्यूयोर्क, अमेरिका
    न्यूयोर्कको ज्याक्सन हाइटमा नेवारी समुदायको बिशेष महत्वको चाड बेल बिवाह सम्पन्न भएको छ । नेवाः नखः न्यूयोर्कको आयोजनामा शनिबार गरिएको बेल बिवाह कार्यक्रममा रुखमा फल्ने फल बेललाई साक्षी राखेर बालिकाहरुको विवाह गरिएको हो ।
    नेवाः नखः संस्थाको सहयोगमा विगत छ वर्ष यता न्यूयोर्क र आसपासमा बस्ने नेवारी समुदायले सामुहिक बेल बिवाह गर्दै आएका छन् । नेवारी समुदायमा बालिकाहरु रजस्वाला हुनु अघि नै बिजोर अंकको वर्षमा बेल विवाह गरिने संस्कार छ । शेर्पा किदुगको भवनमा भएको बेलविवाहमा ५ ,९ र ११ बर्ष उमेर समुहका ४ जना बालिकाहरु सहभागी थिए ।
    नेपाल संवत ११३९ यंलाथ्व नवमीका दिन छैठौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको हो । नेवाः गुभाजु (पुरोहित) समान्त बज्राचार्यले नेवारी बिधिपूर्वक बेलबिवाह सम्पन्न गरेका हुन् । उनलाई पुष्पा बज्राचार्य र नेवाः नखः का प्रथम उपाध्यक्ष महेन्द्रबीर बज्राचार्यले कर्ताको भुमिकामा सहयोग गरेका थिए । बालिकाहरु सेलिन श्रेष्ठ, आन्या श्रेष्ठ, अंकिता श्रेष्ठ र टिस्सा महर्जनलाई बिवाहाका लागि श्रृंगारेर दुलहीको कपडा र गरगहनामा तयार पारिएको थियो । नेवारी बिवाहको बिधि जस्तै बिवाहामा दुलही भित्र्याउने, दान गर्ने गरिन्छ ।
    नेवारी समुदायमा बालिका रजश्वला नभईकन ‘इहि’ गराउने प्रचलन छ । इहिका विभिन्न परम्पराहरूमा बालिकाको बेलसँग विवाह गरिदिने पनि गरिन्छ । इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र बयस्क भएपछि बरसँग विवाह गराइन्छ ।
    बेल विवाहमा सहभागी बालिकाहरूलाई प्रशंसा पत्र पदान गरिएको थियो । कार्यक्रममा सहभागी सबैलाई नेवारी समुदायको बिशेष खाना समयबजी खुवाइएको थियो ।
    यस संस्थाले नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण प्रबद्र्धन र समुदायको हितका लागि सन् २०११ बाट न्यूयोर्कमा बिभिन्न कार्यक्रम गर्दै आएको संस्थामा अध्यक्ष बिष्णुमान प्रधानले जानकारी दिए ।
    नेवारी समुदायमा हुर्केका बालिकाको बेल विबाह गर्नु अनिवार्य संस्कृति हो । अमेरिकाबाट नेपाल सम्म गएर बेल बिवाह गर्दा धेरै खर्चिलो हुने, नेपाल आवतजावत गर्न लामो समय लाग्ने भएकाले समयको ब्यवस्थापन गर्न अफ्ठेरो पर्ने जस्ता समस्यालाई सहज बनाउन अमेरिकामै गर्न लागिएको अध्यक्ष प्रधानले बताए । बेलबिवाह गर्नका लागि संस्थाले पनि सहयोग गर्दै आएको छ । ‘अविभावकलाई सहज हुने मात्र होइन यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र प्रबद्र्धन हुनेछ’ उनले भने ।

  • नेपाली पाठशाला अवदेखि निशुल्क

    नेपाली पाठशाला अवदेखि निशुल्क

    विश्व न्यूज संवाददाता
    टेक्सस ।
    नेपाली समाज टेक्ससले संचालन गर्दै आएको नेपाली पाठशाला अव देखि निशुल्क रुपमा संचालन गर्ने भएको छ ।
    नेपाली बालबालिकालाई नेपाली भाषााप्रति जानकार गराउने उद्देश्यले संचालन भैरहेको पाठशालालाई निशुल्क रुपमा गर्दा अझ प्रभावकारी बन्ने अपेक्षा समाजले राखेको छ । पाठशाला संचालन गर्दा केही खर्च लाग्ने भएपनि त्यसलाई आन्तरिक स्रोतवाट व्यवस्थापन गरिने समाजले जनाएको छ ।
    हामीले हाम्रो भाषा संस्कृति जोगाउने कुरा गरिरहेका छौं, यसका लागि पाठशाला चलाएका छौं । यसलाई स्वयंसेवी ढंगले सहयोग संकलन गरी अघि बढाउनुपर्दछ भन्ने हामीलाई लागेको छ । महासचिव भक्त भण्डारीले भने विद्यार्थी र अभिभावकलाई भर्ना शुल्क दिन बाध्य पार्नु राम्रो हुदैंन भन्ने हामीलाई लागेर निशुल्क गराएका हौं ।
    पूर्वाधारको अभावले गर्दा सिमित सिटका लागि बालबालिकालाई लिएर पाठशाला संचालन गरिने समाजले जनाएको छ ।
    ५ वर्षदेखि १३ वर्ष मुनीका बालबालिकाले पाठशालामा भर्ना हुन सक्ने र पाठशालामा नेपाली, सामाजिक शिक्षा र गणिको पठनपाठन हुनेछ भने सोही समयमा योगा,नृत्य, अंग्रेजी र रोवोटिकको अध्यापन समेत हुनेछ ।
    नेपाली पाठशाला संचालनका लागि सहयोग गर्न चाहने व्यक्तित्वहरुले सहयोग गर्न सक्ने बताउदैं उनले हामीले समाजलाई सहयोग गर्न चाहदा जसरी पनि गर्न सकिने भएकाले सबैंको सहयोगवाटनैं काम अघि बढ्ने बताए ।

  • बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

    बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

    शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने हुँदैंछ तयारी

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    अमेरिकाको टेक्सस डलासमा वहुआयामिक प्रयोजनसहीत बनाउन लागिएको पशुपतिनाथ तथा बौद्ध मन्दिर निर्माणको कार्य अव छिट्टैं सुरु हुने भएको छ ।
    झण्डैं ५० लाखको लागतमा सन् २०२३ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनासहीत अघि बढेको यो परियोजनाको प्रथम चरणको निर्माण कार्य छिट्टैं सुरु हुने भएको छ । वहुआयामिक महत्वको परियोजनाको पहिलो चरणको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने झण्डैं ८ लाख डलर संकलन भैसकेको नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले जनाएको छ । हालसम्म १ जना संरक्षक, ४८ अनरेवल बोर्ड अफ ट्रष्टी, ३७ बोर्ड अफ ट्रष्टी, १३ अनरेवल फाउन्डिङ मेम्वर, १७३ फाउन्डिङ मेम्वर सहीत ६ सय ५६ परिवारवाट सहयोग भैसकेको छ ।

    सिटिसँग आवश्यक पर्ने निर्माण अनुमती लिने लगायतका प्राविधिक कार्य सम्पन्न हुन सके आउँदो शिवरात्रीवाट निर्माणको काम सुरु गरिने समितिले जनाएको छ । वहुआयामिक प्रयोजनको परियोजना बनाउन नेपालीको बाक्लो वसोवास रहेको युलेस, वेदफोर्ड, इर्विङ र हर्ष शहरको केन्द्र भागमा झण्डैं साढे ६ एकड जग्गा खरीद गरीएको छ । जसमध्ये साढे ४ एकडमा पहिलो र दोस्रो चरणको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
    तर पछिल्लो समय सहयोगी हातहरु बढीरहेको र यसैगरी सहयोग उठ्ने क्रम रहे पहिलो र दोस्रो चरणको निर्माण कार्य एकैसाथ पनि अघि बढ्न सक्ने समितिले जनाएको छ । संरक्षक, अनरेवल बोर्ड अफ ट्रष्टी, बोर्ड अफ ट्रष्टी, संस्थापक सदस्य जस्ता सहयोगको व्यवस्था गरेर आर्थिक संकलनको काम भैरहेको छ ।
    पछिल्लो समय सहयोग गर्नेहरु दिनानुदिन बढिरहेको समितिले जनाएको छ । युलेस, वेदफोर्ड, इर्विङ र हर्षका नेपालीहरु सहयोग गर्न सक्रिय देखिएका छन् । त्यसो त डलास/फोर्टवर्थ शहर आसपासका वस्ने अधिकांश यो अभियानमा जुटेका छन् । टेक्ससको अन्य शहर लवक, अस्टिन, वाको, ह्युष्टन लगायतका शहर तथा टेक्सस बाहिर वस्ने नेपालीवाट समेत सहयोग रहेको छ ।
    सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष बिनय अर्यालले यस्तैं सहयोगले परियोजना निर्धारित समयमैं सम्पन्न हुने विश्वास व्यक्त गरे ।
    पहिलो चरणमा पशुपति ब्लकको काम अघि बढ्ने र त्यो पहिलो चरणमा पशुपतिनाथ मन्दिर, पाठशालाका निम्ति कक्षा कोठा भवन, पुजा हवन हल, विवाह व्रतबन्ध आदि कार्यका लागि उयपोगी हल, ३ सय बढी गाडी पार्क गर्न सकिने पार्किङ क्षेत्र निर्माण हुने बताइएको छ । हाल इर्विङ रहेको पशुपतिनाथ तथा बौद्धमन्दिरवाट भैरहेको सबैं कार्य गर्न सकिने र प्रथम चरणको निर्माण काम सम्पन्न गरिने समितिले जनाएको छ । प्रथम चरणको कार्य आउदो डेढ वर्ष भित्र सकिसक्ने लक्ष्य राखिएको बोर्ड अफ ट्रष्टीका अध्यक्ष अर्यालले जानकारी दिए ।

    दोस्रो चरणमा बौद्धनाथ, बौद्ध स्तुपा, ध्यान केन्द्र, स्वास्थ्य शिविरका लागि कोठा, अत्याधुनिक प्रविधिको अडियो भिडियो सहीतको पुस्तकालय, वाल बालिकाको निम्ति कक्ष, वृहत आकारको हल, क्याफ्टेरिया निर्माण गरिने बताइएको छ । तर आवश्यक रकम उठ्न थाले पहिलो र दोस्रो चरणको निर्माण कार्य एकैपटक समेत सुरु गर्न सकिने समितिले जनाएको छ ।
    पहिलो र दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछि तेस्रो चरणका लागि घुम्न आउनेहरुलाई मध्यनजर गर्दै आवास गृह, आकर्षक बगैंचा, एथलेटिक्स लगायतका खेलकुदका निम्ति आवश्यक पूर्वाधार बनाउने सोंच रहेको बताइएको छ । तर पहिलो र दोस्रो चरणको निर्माण सकिएपश्चात मात्रैं अन्य निर्माणका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    सबैंलाई समेटेर यो परियोजना अगाडि बढेको बताउदैं समितिका उपाध्यक्ष मनोज सिग्देलले इन्जिनियरिङको पाटो सकाएर सिटिवाट निर्माणको अनुमती लिई आउँदो शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने तयारीका साग अघि बढिएको जनाए । परियोजना अन्तर्गत निर्माणका कार्यहरु के के हुदैंछन् ती सबैंलाई समेटेर थ्रि डी निर्माण गरिएको सिग्देलले जनाए ।वहुआयामिक महत्वको परियोजनासँग धेरैं पाटाहरु जोडिएको बताउदैं अग्रज अभियन्ता डा. मुरली अधिकारीले यो आफैंमा उदाहरीय कार्य भएको बताए । उनले नेपाल वाहिर नेपालीले आफ्नो वलियो समाज बनाउने यात्रा भएको बताउँदैं यो अभियानमा जसरी माया, प्रेम, समर्थन, सदभाव र सहयोग मिलेको छ यो एउटा असाधारण कुरा नैं भएको बताए । विगतदेखिनैं यहाको समुदायले आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्दै एकतावद्ध समाज निर्माणमा उदाहरणीय कार्य गरेर देखाइसकेको बताउदैं उनले अहिले जसरी यो निकैं महत्वको परियोजना बनाउने अभियानमा जसरी सहयोग आइरहेको छ त्यसले यहाको समाज भावनात्मक रुपमा एक छ भन्ने कुरा देखाएको बताए ।
    अहिले संचालन भैरहेको मन्दिरमा पुजा आराधनाका नियमित कार्य सँगैं नेपाली पाठशालाको संचालन, एक वर्षको अवधिमा ५ देखि ६ सय वटा विवाह व्रतबन्धमा कार्य हुनु, हरेक साता जसो विभिन्न सामुदायिक कार्यहरु हुनुले हामी सबैंको केन्द्रमा मन्दिर रहेको दस्र्याइसकेको डा. अधिकारीले जनाए । र यी कार्यका साथैं अव बन्ने परियोजना सफल हुदा धार्मिक पर्यटकीय केन्द्र बन्ने विश्वास समेत अधिकारीले व्यक्त गरे ।
    हामीले यसलाई समान्य रुपमा बुझ्नुहुदैंन यो त समाज परिवर्तन गराउने, सकारात्मक समाज निर्माण गर्ने अभियान हो । नेपाली मन्दिर निर्माण अभियानका संस्थापक मध्येका एक अधिकारीले भने धर्म र संस्कृतिको माध्यमवाट सकारात्मक समाज बनाउन यसले सहयोग गर्नेछ ।
    आध्यात्मिक जागरणको केन्द्र बनाउने अभियानको हिस्सा हामी बन्न खोजेका छौं यसमा डलास वरपर वस्ने हामी नेपालीले गर्व गर्नुपर्दछ अग्रज अभियन्ता अधिकारीले भने अव हामीले सोचें अनुरुप गर्न सक्दा नेपालीको निम्ति मात्र नभई हिन्दु, बौद्ध धर्म मान्नेहरुका लागि समेत यो स्थान नेपालको पशुपतिनाथ र लुम्बिनी जस्तैं बन्नेछ ।

  • दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

    दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

    न्यूयोर्क

    दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् । प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् । राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखि नै खारिएका चौधरी ल-ग्वार्डिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । उनले २२ डिष्ट्रिक्टका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको कार्यालयमा समुदाय समन्न्वयकर्ता रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्युयोर्क राज्यमा गभर्नर कुमोको कार्यालयबाट बिद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए । साउथ एसियन मुलुकबाट अमेरिका आई बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एसियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मेदवार भएकाले चुनाव जित्ने आंकलन गरिएको छ । एसियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछन् । चौधरी एक सक्षम उम्मेदवार हुन् । एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोला भन्छन्; “उनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानूनमा समावेश हुनेछ । यो ठुलो उपलब्धि समेत हुनेछ, चौधरी न्यूयोर्क राज्यको कानून निमार्ण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग पुग्नेछ । करिअरको शुरुवात ट्याक्सी ड्राइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायका नेता हुनेछन्” । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमन, भाषा समस्या, बिद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका बिषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि एल्महर्ष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ती, माउन्ट एभरेस्ट सडकको नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत समेत उनी सक्रिए भएर लागेका थिए ।

  • न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

    न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

    न्यूयोर्क, ज्याक्सन हाईट्सस्थित सत्यनारायण मन्दिरमा नेपाली महिलाहरुले धुमधाम तीज मनाएका छन् । शनिबार साँझ ७ बजेदेखि ११:३० सम्म चलेको कार्यक्रम मन्दिरको सभाहल तथा पुजा परिसरमा गरिएको थियो । उक्त कार्यक्रम बिगत १२ वर्षदेखि न्यूयोर्क न्यूजर्सीका नेपाली दिदीबहिनीहरुको समुहले हरेक वर्ष मनाउँदै आएको सामुहिक तीज कार्यक्रमको निरन्तरता भएको र आगामी वर्षमा पनि जारी रहने आयोजकको तर्फबाट गिता पोख्रेलले बताएका छन् । 

    अमेरिकामा नेपाली समुदायले मनाउँने तीज कार्यक्रम मध्ये कै ठुलो मानिने यो कार्यक्रममा करिब १ हजारको हाराहारीमा दिदीबहिनीहरु जम्मा भएर नाचगान गर्दै दर भोजन गरेर मनाएका थिए । चेलिबेटीको दर खानपानमा सहजिकरणको भुमिका निभाएका समाजसेवी मनोज शर्माले आफूले हरेक बर्ष तीजमा गर्दै आएको यो सेवा आफुलाई पुजा गरे बराबर लाग्ने बताए ।

    कार्यक्रममा “अधिकार” संस्थाको कार्यकारी निर्देशक पवित्रा बेन्जामिन खाती, व्यवसायी बिमला हमाल श्रेष्ठ र पेमा शेर्पालाई सम्मान समेत गरिएको थियो ।

    करिब ५ घण्टा चलेको कार्यक्रममा सामुहिक तथा एकल नृत्यहरु प्रस्तुत गरिएको थियो । डायस्पोरामा हुने यस्तो किसिमको साँस्कृतिक महत्व बोकेको कार्यक्रममा ठुलो समुहका नेपाली महिलाहरु गहनापात लगाएर सजिसजाऊ भएर हिडेको देखेर अन्य देशका आप्रबासी न्यूयोर्केलीहरुको समेत ध्यानाकर्षण भएको थियो ।

  • एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

    एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

    केपी भट्ट/ कनेक्टिकट 

    गत मे महिनामा सम्पन्न NRNA अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाईमा पदभार ग्रहण गरेसँगै विभिन्न च्याप्टरमा पनि नयाँ नेतृत्वको पद हस्तान्तरण  कार्यक्रम चलिरहेको छ । यसै क्रममा कनेक्टिकट च्याप्टरले एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण सम्पन्न गरेको छ । गत अगष्ट २६ तारिक आईतबार आधिकारिक रुपमा उक्त कार्यक्रम गरिएको हो । एनआरएन कनेक्टिकट च्याप्टरका निबर्तमान अध्यक्ष श्री घनश्याम खड़काको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि एनआरएन अमेरिकाका उपाध्यक्ष तथा उत्तर पुर्वि क्षेत्रीय समितिको सभापति श्री बाबुराम लामा हुनुहुन्थ्यो भने एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष एवं उत्तर पुर्वी क्षेत्रीय समितिको सचिब श्री रामहरि अधिकारी, हामी नेपाली ग्लोबल संस्थाका ग्लोबल अध्यक्ष श्री अमृत लामा लगायत विभिन्न स्थानीय संघ सस्थाहरुबाट पाल्नु भएका अतिथिहरुको  बाक्लो उपस्थिति रहेको थियो । 

    कार्यक्रममा नवनिवाचित अध्यक्षलाई पद हस्तान्तरण गराऊनुको साथै च्याप्टरका नयाँ कार्यसमितिका सबै एघार जना पदाधिकारीहरुलाई प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो । त्यसैगरी सबै पदाधिकारीहरुलाई आ-आफ्नो ओहोदाको प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो।

    आगामी (2019-2021) कार्यकाल  लागि भएको चुनावमा कनेक्टिकट च्याप्टरको नेतृत्वको लागि निर्वाचित भएका अध्यक्षमा हरि प्रसाद जोशी लगायत च्याप्टरको कार्यसमितिको उपाध्यक्षमा मुना तिवारी,  सचिबमा केपी भट्ट , कोषाध्यक्षमा नारायण दत्त मिश्र, महिला संयोजकमा शुशिला कार्की, युवा संयोजकमा यज्ञ राज जोशी सहित बोर्ड सदस्यहरुमा नमुना अयार्ल , सुनिता चापागाईं पाण्डे,  हरि पन्थ, श्याम बाबू कार्की र बिजेन्द्र बहादुर  मल्ल चयन हुनु भएको छ । 

    कार्यक्रममा प्रमुख अतिथि लामा, एनआरएन न्युयोक च्यापटरका अध्यक्ष रामहरि अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष एवं च्याप्टरका प्रमुख सल्लाहकार राम ओझा, हार्टफोर्ड काउन्टी एभरेस्ट सेन्टिनियल लायन्स क्लबका अध्यक्ष माधव आत्रेय, जनसम्पर्क समिति कनेक्टिकट च्यापटरका सभापति यादव दुलाल, नेपालिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) का प्रमुख सल्लाहकार अशोक श्रीवास्तब लगायत अतिथिहरु एवम् स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्दै एनआरएन कनेक्टिकट च्यापटरका नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएका विभिन्न संघ सस्थाका अध्यक्षहरुबाट आ- आफ्नो सस्थाको तर्फबाट  नयाँ कार्यसमितिलाई पठाईएको बधाई एवं कार्यकाल सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो । शुभकामना सन्देश पठाउनेहरुमा सोसाइटी अफ नेपालिज इन अमेरिका (एस एन ए ), एन आर एन म्यासाचुसेट्स च्याप्टर, न्यु ह्याम्पसायर च्याप्टर,  न्यु जर्सी च्याप्टरका अध्यक्षहरु एवम् आई सि सि मेम्बर तृष्णा शर्मा काफ्ले हुनुहुन्थ्यो । उक्त पद हस्तान्तरण कार्यक्रमका दोस्रो चरणमा कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका नव निर्वाचित अध्यक्ष हरि प्रसाद जोशीले उपस्थित सबै गन्यमान्य सदस्यहरु एवं महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो ।

  • भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

    भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का सिलसिलामा हरेक देशमा नेपाल डेस्क तथा स्थलको व्यवस्था गर्न मूल आयोजक समितिले गैरआवासीय नेपाली संघलाई आग्रह गरेको छ ।

    मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले गैरआवासीय नेपाली संघलाई उक्त जिम्मेवारी तोकेको हो ।

    ‘अब हरेक मुलुकमा नेपाल डेस्क स्थापनाको पहल हामी परराष्ट्र मन्त्रालयमार्फत गर्छौ,’ मूल आयोजक समितिका अध्यक्ष तथा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, ‘यसमा तपाईहरुले स्वयमसेवी खटाएर सहयोग गरिदिनुहोस ।’

    मन्त्री भट्टराईको आग्रहलाई एनआरएनए अध्यक्ष भवन भट्टले समेत स्वीकार गरेका छन् ।

    समितिले गैरआवासीय नेपाली संघसहितका सरोकारवालाले भ्रमण वर्षमा गर्न सक्ने योगदान तथा कार्यक्रम समेटेर १० दिन भित्र भ्रमण वर्षको सचिवालयमा पठाउन बैठकले निर्देशन दिएको छ ।

    उक्त कार्यक्रम तथा प्रस्तावहरुको सम्बन्धमा १० दिन छलफल गरी १ असोजमा सम्बन्धित सरोकारवालासँग सम्झौता गरिने मन्त्री अधिकारीले उल्लेख गरे ।

    एनआरएनए अध्यक्ष भवन भट्टले नेपाल भ्रमर्ण वर्ष सम्पन्न गराउन गैरआवासीय नेपाली कट्टीवद्द रहेको उल्लेख गरे ।

    अतिथि देवो भवः अभियान जारी रहेको भन्दै उनले एक नेपाली ३ साथि नेपाल पठाउने गरी अभियान शुरु गर्न लागिएको उनले जानकारी दिए ।

    नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा गैरआवासीय नेपालीले योगदान गर्ने उनको भनाई थियो ।

  • मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता

    मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता

    काठमाडौं । अत्यधिक मादक पदार्थ सेवन गरी जहाज चढेको भन्दै सिल्क एयरले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्लाई जहाजबाटै फिर्ता पठाइदिएको छ ।

    शनिबार राती काठमाडौंबाट सिंगापुर जाने तयारीमा रहेका भट्ट र उनका सहयोगी सनत न्यौपानेलाई एयरलाइन्सले यात्रामा रोक लगाएको हो ।

    उनी सिंगापुरमा उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेको बताइएको छ ।

    उनका सहयोगी सनत न्यौपानेले फेसबुक लाइभबाटै प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जान लागेको बताएका छन् ।

    शनिबार दिउसभर विजेनेश बैठकहरुमा सहभागी हुने क्रममा मादक पदार्थ सेवन गरेको समेत उनले स्वीकार गरेका छन् ।

    विमानस्थ्लको सबै प्रक्रिया पुरा गरी जहाजमा उड्न तयार रहेको अवस्थामा भट्ट र न्यौपानेलाई जहाजका पाइलटले ओर्लन आदेश दिएको बताइएको छ ।

    संसारभर मादक पदार्थ सेवनका कारण यात्रुलाई कम्पनीले उडानमा रोक लगाउने प्रचलन हुन्छ । यस्तो काण्डमा बढीजसो सेलिब्रटी फसिने गरेका छन् ।

    किनकी उनीहरु शक्ति प्रदर्शनको घमण्ड विमानस्थलका कर्मचारीसमक्ष देखाउने गर्छन् ।

  • न्यूह्यामसरमा पहिचान झाँकीहरुका साथ मनाइयो विश्व आदिवासी दिवस

    न्यूह्यामसरमा पहिचान झाँकीहरुका साथ मनाइयो विश्व आदिवासी दिवस

    न्यूह्यामसर । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूह्यामसर च्याप्टरले भब्य कार्यक्रमका सहित २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । राज्यको स्ट्रारडमस्थित पार्कमा शनिबार बिबिध कार्यक्रममा साथ च्याप्टरले आदिवासी दिवसको उत्सव मनाएको हो ।

    न्यूह्यामसर एवं छिमेकी राज्यहरुबाट राई, लिम्बू, गुरुङ, नेवार, तामाङलगायतका विभिन्न आदिवसी जनजाति मूलका समुदाय आआफ्नो भेषभुषाका साथ कार्यक्रममा उपस्थित भएका थिए । बिभिन्न जनजातिको पहिचान झल्किने झाँकी पनि कार्यक्रममा देखाइएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत एवं स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रवासमा बसेर पनि आफ्नो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना कायम राख्नु ज्यादै प्रशंसनीय भएको बताए । ‘विदेशमा बसेपनि यहाँहरुले संस्कार र सँस्कृति जगेर्ना गर्न देखाउनुभएको कदम उल्लेखनीय छ’ उनले भने ‘यो कार्यले भावी पिँढीलाई पनि आफ्नो संस्कृतिप्रति रुची जगाउन अभिप्रेरित गर्नेछ ।’

    यसैगरी कार्यक्रममा न्यूह्यामसरका राज्य सिनेटर लाउ डी एलसेण्ड्रो, न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, वेस्र्टन मिसिगन यूनिभर्सिटीका प्राध्यापक डा. महेन्द्र लावती, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष छत्रकुमारी गुरुङ, अमेरिकी कंग्रेस कृष पापाजका प्रतिनिधि क्रिसटिना सियाहोल्टज, अमेरिकी सिनेटर जिहिन सिहिनकी प्रतिनिधि लिटिजा ओर्टिज, फिप्नाका संस्थापक अध्यक्ष शिवकुमार राईलगयायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रमको समापन गर्दै फिप्ना न्यूह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जातिय संस्कार संस्कृतिलाई विदेशमा भएपनि कायम राख्न गरेको पहल र सहयोगप्रति सबैलाई धन्यबाद ज्ञापन गरिन् । ‘यहाँहरुको निरन्तर सहयोगका कारण फिप्ना न्यूह्यामसरले हरेक बर्ष विश्व आदिवासी दिवस मनाउँदै आएको छ’ उनले भनिन् ‘हाम्रो संस्कार, संस्कृति र पहिचानप्रति हाम्रा नानीहरुले पनि चासो देखाउँदै उत्साहप्रद सहभागी जनाउनु हाम्रो लागि खुशीको कुरा हो ।’

  • चुनावी माहोल बनाउँदै अमेरिका भ्रमणमा आचार्य

    चुनावी माहोल बनाउँदै अमेरिका भ्रमणमा आचार्य

    न्यूयोर्क

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका वर्तमान उपाध्यक्ष कुल आचार्यले अमेरिकाको भ्रमण सम्पन्न गरेका छन् ।

    गत साता न्यूयोर्क ओर्लिएका आचार्य यहाँको गैर आवासीय नेपाली संघ च्याप्टर एवं नेपाली समयुदायका बिभिन्न गतिविधिमा सकृयहरुलाई भेटेपछि टेक्सास गएका थिए । त्यहाँ उनको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह लगायत पदाधिकारीसँग छलफल एवं अन्तरकृया भएको थियो ।

    अमेरिकाको अन्य राज्यमा बस्ने धेरै नेपालीहरुले निम्तो दिए पछि यसपाली दुई ठाउँ मात्र पुग्न संभव भएको आचार्य विश्वन्यूजलाई बताए । अमेरिका पछि उनी क्यानडाको टोरन्टो गएका थिए । त्यहाँ उनको एनआरएनए क्यानडाका नव निर्वाचित पदाधिकारी लगायत अभियन्ताहरुसँग भेट भएको थियो । अमेरिका क्षेत्रको भ्रमण अत्यन्त फलदायी रहेको र मौका मिले अन्य राज्य एवं शहरमा बस्ने नेपालीहरुसँग पनि अन्तरकृयाका लागि छिटै आउने उनले प्रतिकृया दिए ।

    १२ बर्ष अघि एनआरएन अभियानमा जोडिएका आचार्य एनआरएनए बेलायतको कार्यसमिति सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, युरोप संयोजक हुँदै गत अधिवेशनमा केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका थिए । १२ देखि एनआरएनए अभियानमा रहँदा सिकेको ज्ञान र आर्जेको भावनालाई नेतृत्वमा पुगेर नेपालसँग जोड्ने आफ्नो मुख्य अठोट रहेको उनले बताए । अब केही महिना भित्रै हुने एनआरएनए केन्द्रीय कमिटीको निर्वाचनमा आचार्यसँग अर्का उपाध्यक्ष कुमार पन्तको प्रतिश्पर्धा हुने देखिएको छ । पन्त जर्मनी निवासी हुन् ।

  • चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

    चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

    आर.एल श्रमजीवी/बेल्जियम

    उमेरले ५५ काटेकी क्रिस्टिना पेसाले नर्स हो तर उसलाई दिनको १ बट्टा चुरोट नखाई हुँदैन । चुरोट स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने बुझेकी उसलाई चुरोट लत बनेको छ | म रेस्टुरेन्टका सुरुका दिन सम्झन्छु । युरोलाई नेपालीमा कन्भर्ट गर्थे अनि सात्तो जान्थ्यो कि नेपाली रुपैया ६ सय ७५ रुपैयाको एक बट्टा चुरोट तान्ने ? त्यो पनि एकै दिनमा ? यहाँ प्राय सबैले बुझेका छन् तर पनि यति महंगो चुरोट सेवन गरिरहेका हुन्छन । मलाई पेरिस ओर्लिएदेखि नै चुरोटका बारेमा लेख्ने मन थियो । श्रोत सामग्रीकालागि यहाँका मान्छेसंग कुरा गर्न पहिला भाषा राम्ररी नबुझ्ने । यिनीहरुलाई  फिटिक्कै अंग्रेजी बोल्न नआउने । चुरोटको बारेमा अध्ययन गर्दा लेख्ने धोको पुरा गर्दैछु | एक दिन मेरो छोरो सामानको केटो हामीकोमा आयो । उस्ले ओठमा चुरोट च्यापेको थियो । एउटा हातले मलाइ ढोकाबाट इशारा गर्यो कि कफी बनाउन ।(युरोपमा कुनै पनि रेस्टुरेन्ट ,सुपरमार्केट ,बस ,रेल भित्र चुरोट खान प्रतिबन्द छ) ऊ भित्र पस्नासाथ मैले उसलाई सोधें “साह्रै मिठो हुन्छ हगि चुरोट ?”  उसले रिचार्ज कार्ड लिएर मोबाइलमा चार्ज गर्दै पर्स गोजिबाट निकाल्दै आफ्नो खुद्रा पैसा राख्ने पर्स (यहाँ नोट र सिक्का राख्ने पर्स नै फरक हुन्छ) छामछुम गर्दै मलाइ भन्यो – अहिले सम्म चुरोट खानु भाको छैन र ? नाई अहिलेसम्म खाएको छैन । मेरो जवाफले ऊ आश्चार्य चकित भएको थियो। सायद उस्लाई काममा जान हतारो थियो, मेरो हातमा थपडी मार्दै भोलि कुरा गरौला भनेर गयो | ऊ जस्तै अरु ग्राहकलाई सय, डेढ सय बर्ष भन्दा लामो इतिहास भएका चुरोट कम्पनिहरु जस्तै : मार्लबोरो, भन्तिल, क्यामेल, पम्बल, विन्स्टन, मिल्ट सेभेन, बिएन्डएच, सिल्क कट जस्ता विश्वव्यापी ट्रेडमार्क भएका चुरोट बारे लेख्दा चुरोटका  ब्रान्डहरु बेचेको याद आएको छ  ।

    पहिला बनेपामा किरा मार्ने बिष बेच्थे केहि बर्ष पहिले मैले कफी, चुरोट, रक्सि र यहाँको खाना बेच्छु यो आफ्नै बिगत, बर्तमान अनि यो जीवन चक्र सम्झिएर अनेकथरी मन  भित्र आउँछ | मन हो रोकेर कहाँ रोक्न सकिन्छ र ? सबै मान्छेका मनका कुरा लेख्ने मन छ | यहाँ बेग्लै पेशा गरे पनि कलम र क्यामेरा छोडेको छैन | अधिकांश जिवमा देख्छु मान्छे जस्तो संबेदनशिल र संबेदनहिन अर्को प्राणी छ र ? हुर्किएदेखि नमरिन्जेलसम्म दिन दिनै के के गर्छ, के के सोच्छ ? के के खान्छ ? कत्ति अम्मली हुन्छ मान्छे ? यस्ता प्रश्न धेरै आउछ मान्छेका  बारेमा । यो चुरोट पनि कस्तो लाखौ, करोडौ मात्र  होइन पुरा युरोपमा चुरोटका लागि खरबौ युरो सकिन्छ जस्तो लाग्छ मलाइ । विश्वका मान्छेहरु मध्ये यही कै मान्छे बढी अम्माली छन् जस्तो लाग्छ मलाइ । वाइन, ह्वीस्की, चुरोट र बियरको अन्तर्राष्ट्रिय बजार नै हो कि जस्तो लाग्छ यहाँ यी चिज बिक्रीको अनुपात देख्दा । हुन् त् नेपालमा बिस्तारै रक्सिको बजार बढ्दै छ तर यहाँ जत्तिको चुरोट खादैनन् नेपालीहरु ।

    धुम्रपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ । विश्वव्यापी प्रमुख समस्याका रुपमा दिन प्रतिदिन बढ्दै गएको धुमपान सेवन यतिबेला सबैको टाउको दुखाई बनेको  छ । पछिल्लो एक तथ्याङ्क अनुसार चुरोट, सुर्तीसेवनकै कारण उत्पन्न हुने रोगको उपचार गर्न बर्सेनि १६ अर्ब रुपियाँ खर्च भइरहेको सरकार बताउछ । तर सरकारी प्रयासका बाबजुत हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या बढिरहेको छ । सार्वजनिक स्थानमा चुरोट र सुर्ति सेवनमा प्रतिवन्ध लगाइएपनि चुरोट सेवन गर्नेको संख्यामा भने  कमी आउन सकेको छैन । हामी कहाँ बस स्टेशन होस् या कुनै सार्वजनिक पार्क जताततै प्रतिवन्धको वेवास्ता गर्दै  चुरोट तान्दै हिड्नेहरुलाई देख्न सकिन्छ । नेपाल सरकारले लागू गरेको प्रतिबन्ध जस्तो युरोपमा छैन । हामीकोमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन फितलो छ |   कानुनले सार्वजनिक स्थानमा चुरोट तथा सूर्ति–खैनी सेवन गर्नेलाई सय रुपैयाँसम्म जरिवाना तोकेको छ तर कसले तिरेको छ जरिवाना ? यहाँ जरिवाना लागे पछि कालले छोड्ला तर सरकारले छोड्दैन ।सम्झन्छु हामी कहाँ कानून अनुसार कहाँ के चाँहि कारवाही भएको छ र ?  चुरोट सेवनका बारेमा हाम्रो नयाँ पुस्ता राम्रो छ । चुरोट स्वास्थको लागि हानिकारक छ यो सेवन गर्नु हुदैंन, त्यसले शरिरमा क्यान्सर जस्तो ठूलो रोग लाग्छ भन्ने कुरा बुझे जस्तो लाग्छ | यो मामलामा हामी युरोप भन्दा अघि छौ | यहाँ चाँहि यी जान्दा जान्दै पनि सेवन गर्नु अनि जबरजस्ति कसैलाई सुधार्न  नखोज्नु  कस्तो स्वतन्त्रता हो ?

    युरोप आएका केही नेपाली चुरोटमा खर्च गरेर कमाएको गुमाउदैछन । चुरोटले स्वास्थ्यमा गभिर असर  पार्दछ भन्नेकुरा भुलेका छन् । क्यान्सरदेखि मटुका रोग, मधुमेह पनि चुरोटकै असरले हुने गर्दछ । प्रत्यक हानिकारक बस्तुले भरिएको बट्टामा लेखिएको यो सेवन गर्नु  हानिकारक छ भन्ने वाक्यमा बिरलैको ध्यान जाने गरेको छ । एकातिर चुरोट सेवनले धनसम्पतीको नोक्सान अर्कोतिर ज्यानकै जोखिम । चुरोट सेवनमा लाग्ने खर्च भन्दा भोली विरामी परेर उपचार महङ्गो पर्ने हुदा सचेत बनेर आफु र आफ्ना परिवारलाई जोगाउनु बुद्धिमानी हुने छ । जन धन दुबैको नोक्सानीबाट बच्न पहिले आफै सचेत हुनुपर्छ अनि सरकारले पनि जनचेतना जगाउने अभियान थाल्यो भने मात्र  यो शुभ अभियान साच्चीकै फलदायी हुने छ । चुरोट पिउने पैसाले भातै खान पुग्छ भने पछि किन चुरोट खाने हैन र ? नेपाली जो जहाँ भए पनि आजैदेखि चुरोट त्यागौं । पाएको जीवनलाई दुइ दिन भए पनि बढी लम्ब्याऔं ।

     जीवनमा बाँचियो भने संसार देखिन्छ मरे पछि त भोलि पल्ट दुइदिन हुन्छ | जीवनका बारेमा अध्ययन गरेर भन्दा पनि जीवन भोगेर बढी ज्ञान पाइदो रहेछ | शिद्धार्थ गौतमले त्यतिकै दरबार छोडेका होइन रहेछन । मान्छे जन्मन्छ, रोगी हुन्छ, बुढो हुन्छ अन्त्यमा मर्छ भनेर थाह पाएपछि उनिमा छटपटी भो सबै कुरा जान्न  उनि दरबारको त्यो सुखभोग छोडेर भौतारिए, अन्त्यमा भगवान बुद्ध बने |  मान्छेको जातनै आशामा बाच्ने त्  हो नि आशाको त्यान्द्रोमा जीवन बितेको पत्तै हुदैन. लेखको अनुनय संदेश हो कि -जो जहाँ बसे पनि धुमपान नगरौं  । 

  • एनआरएनए क्यानाडामा घिमिरे

    एनआरएनए क्यानाडामा घिमिरे

     

    अमेरिका ।

    गैर आवासिय नेपाली संघ क्यानाडामा चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । घिमिरे यस अघिको कार्यकालमा महासचिव रहेका थिए ।
    यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बा्चित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै महासचिवमा ब्राम्टोनबाट निर्वा्चित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वा्चित भएका छन् ।

    त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन, क्याल्गरीबाट अनन्त आचार्य सास्काचुनबाट देबेन्ऽ सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन भएका छन् ।नयाा कार्य समितीको पहिलो बैठकले ४ रिक्त पदमा मानोनित सदस्यहरु समेत नियुक्त गरेको छ । जसमा युवा संयोजक इश्वर खत्री, महिला संयोजक सुजता गुरुङ , पश्चिम ओन्टारिओबाट रविन्द्र घिसिङ, ओटावाबाट सन्तोष बराल रहेका छन् । यस्तैं पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्ले आईसिसी सदस्य छानिएका छन् ।

  • एनआरएनए फ्रान्समा शाही

    एनआरएनए फ्रान्समा शाही

    अमेरिका ।
    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्समा नरेन्द्र शाहीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ ।
    अध्यक्षमा निर्वाचित शाही निवर्तमान समितिका महसचिव रहेका थिए । व्र्ष २०१९/२१ का लागि गठित समितिको उपाध्यक्ष गिता खनाल थापा, उपाध्यक्ष अम्मर बहादुर भण्डारी ,महासचिव मिन बहादुर श्रेष्ठ, सचिव राजु खप्तडी बस्नेत, कोषाध्यक्ष लाल सोडारी चन्द,सह–कोषाध्यक्ष संगिता तिमिल्सिना पौडेल,महिला संयोजक मिलि कोइराला,युवा संयोजक दिलिप गुरुङ,सदस्यहरुमा अशोक कुंवर, कमल काफ्ले, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे रहेका छन् । त्यस्तैं फ्रान्सवाट आइसिसी सदस्यमा पान कुमारी मल्ल पारु निर्वाचित भएका छन् ।

  • न्यूयोर्कमा टुटुल्को डटकमको गाईजात्रा सम्पन्न

    न्यूयोर्कमा टुटुल्को डटकमको गाईजात्रा सम्पन्न

    न्यूयोर्क,

    गत १७ तारिख शनिबार, परंपरागत गाईजात्राको अवसर पारेर टुटुल्को डटकमले न्यूयोर्क शहरमा पहिलो पटक हास्यब्यंग्यात्मक गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ । प्रबेश शुल्क २० डलर तोकिएको कार्यक्रम क्विन्सको नर्दन बुल्भर्डस्थित पब्लिक लाईब्रेरीमा तोकिएको समयमा शुरु भएको थियो ।

    खासगरी राजधानी उपत्यका र आसपासका नेवार समुदायले प्रत्येक बर्ष आफ्नो परिवारका दिवंगत हुने आफन्तको संस्मरणमा मृतआत्मा शान्तीका लागि झॉकी सहित मनाईने पौराणिक पर्वको रुपमा मनाईने “गाईजात्रा” को प्रतीकको रुपमा टुटुल्को डटकमले आयोजना गरेको हो ।

    पट्यारलाग्दो भाषण, मञ्चासन, खादा, सम्मानको लाईनले वाक्क दिक्क भएका दर्शकहरुका लागि यस्ता खालका बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमले खुसी थपेका थिए । त्यसका अलावा तोकिएको समयमा कार्यक्रम शुरु गर्न नसक्ने विगतका अन्य आयोजकहरुलाई गाईजात्रे जवाफ दिने प्रयास पनि गरिएको देखिन्थ्यो । कार्यक्रम संचारकर्मीत्रय शैलेश श्रेष्ठ, सच्ची मैनाली र टुटुल्को डटकमका संचालक ज्योतिकुमार श्रेष्ठले पालैपालो सञ्चालन गरेका थिए ।

    कलाकारहरु राम श्रेष्ठ, अभय ढुंगेल, न्हुच्छे नारायण डंगोल, पुजा न्यौपाने, संगिता मुखिया छोचु, बिमल डाँगी, केशव दाहाल लगायतका गायकगायिकाहरुको जोडदार प्रस्तुती रहेको थियो । संगिता उप्रेतीको प्यारोडी र्यापमा बालकलाकारहरु श्रीनिती रिजाल, सलज रिजाल, अष्टिन आचार्यको सानदार नृत्य, तराईवासीको भूमिकामा दिपेन श्रेष्ठ, अर्जुन दाहाल र सच्ची मैनालीको पत्रकार र पत्रुकारका बीचको परिभाषिक प्रहसन, बिमल डॉगीका व्यंग्यात्मक प्यारोडी, न्यूयोर्कस्थित बसन्त डान्स सेन्टरका नृत्य प्रशिक्षक बिजय नकर्मीको कोरियोग्राफीमा बाउले विहे गर्देनन् पोर पनि… गीतमा राम पन्त, योगेश आदी र कृश थापाको रमाईलो कमेडी नृत्य र भक्तपुरको परंपरागत घिन्ताङ् घिस्सी लट्ठी नृत्यमा १३ जना केटाकेटीहरूलाई प्रशिक्षक नकर्मीले स्टेजमा उतारेका थिए । गजलकार आनन्द श्रेष्ठको नौलो प्रस्तुति, कानूनबिद बिनोद रोकाको हास्यरसका कबिता बाचन रमाईलो थियो । त्यसैगरी एनआरएनमा लागेका नेताहरुको परिवार भित्रका यथार्थ चित्रण व्यंग्य मार्फत नदिया लिवाङ र संगीता उप्रेतीद्वयको प्रस्तुतीलाई दर्शकले धेरै नै रुचाएका देखिन्थ्यो । कलाकारद्वयको अभिनयले दर्शकहरू हांस्दाहांस्दै एकैछिनपछि भावुक भएका थिए । समाजका नकारात्मक पक्षको कुराहरुलाई ब्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको लघुनाटकले माटो र मनको भावनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको थियो ।

    कार्यक्रम संयोजनमा अजय छोचु, किसन धामी, लक्ष्मी श्रेष्ठ, डिजे जाङ्बु, श्रृजन श्रेष्ठ, क्यामेरापर्सन अशोक पन्त, राजेश श्रेष्ठ लगायतको सकृयता रहेको थियो । कार्यक्रम प्रमुख ज्योतिकुमार श्रेष्ठले पहिलो पटकको प्रयास सफल भएको र आगामी दिनमा पनि यस्तो रमाईलो, रोचक र घोचक कार्यक्रम आगामी वर्षहरुमा पनि गर्न सकिने बताउनु भयो ।

  • अमेरिकामा नेपालीले किने सामुदायिक भवन

    अमेरिकामा नेपालीले किने सामुदायिक भवन

    सुपेन्द्र बस्नेत/बोष्टन

    नेपालीमा निकै चर्चित एउटा भनाई छ “तँ आँट म पुर्याउछु” भन्छ रे भगवानले । याे भनाई चरितार्थ भएकाे छ अमेरिकाकाे बाेष्टनमा ।

    अमेरिकाकाे म्यासाच्युसेट्स राज्यमा बसाेबास गर्ने नेपाली समुदायले बहुउपयाेगी हुनसक्ने भवन खरिद गरेकाे छ । सामुदायिक केन्द्रका रुपमा सन्चालन गर्ने उद्देश्यकाे साथ खरिद गरिएकाे फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेकाे उक्त भवन गत अगष्ट ७ का दिन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड” काे नाममा खरिद गरिएकाे हाे ।  कुल १७ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरिएकाे उक्त भवन म्यासेच्युसेट राज्यकाे मुख्य सहर बाेष्टन नजिक रहेकाे ब्रेनट्रीकाे वाशिंटन स्ट्रिटमा  रहेकाे छ । १४ हजार ४ सय स्क्वायर फुट जमिनमा रहेकाे उक्त भवनमा हाल संस्थालाई सम्बाेधन हुने गरी पशुपतिनाथकाे मन्दिर र स्वयम्भु स्तुपा स्थापना गरिएकाे छ । सन् २०१२ मा गठन  गरिएकाे पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण् ड(प्याब्फाेन) काे लामाे अथक प्रयास पछि याे काम सम्भब भएकाे हाे । मुख्य गरी नेपाली समुदायकाे हितार्थ आवश्यक सामाजिक कार्य गर्ने गरी स्थापित यस संस्थाले भवन जाेडनका लागि नेपालीहरुकाे महान चाड तीहारमा द्येउसी भैलाे खेलेर रकम संकलन गर्ने अभियान सुरु गरेकाे थियाे । रकम संकलनकाे अभियानलाई तिब्र बनाउने मुख्य उद्देश्यले दुई बर्ष अघि सन् २०१७ मा बाेष्टनमा श्रीमतभागवत सप्ताह महायज्ञ गरिएकाे थियाे । चर्चित बाचन पण्डित दिनबन्धु पाेखरेले बाचन गर्नु भएकाे सप्ताह महायज्ञबाट  १७ लाख डलर दाताहरुबाट सहयाेग घाेषणा भएकाे थियाे । हालसम्म ११ लाख डलर उठिसकेकाे र बाँकी रकम यथासिघ्र उठाउन सक्रिय रुपमा लाग्नुका साथै थप दाताहरुबाट पनि सहयाेग रकम प्राप्त हुने क्रम जारी रहेकाे संस्थाले जनाएकाे छ । संस्थाकाे बिश्वास र भराेसा गरेर  संस्थाकाे महत्वकांक्षी सपना पुरा गर्न साथ दिनु हुने सहयाेगी सम्पूर्णलाई संस्थाकाे तर्फबाट संस्थाका अध्यक्ष बिष्णुमणि आचार्यले धन्यबाद दिनु भएकाे छ । संस्थाकाे महान अभियान सफल भएकाेप्रति खुशी ब्यक्त गर्दै अध्यक्ष आचार्यले यस सफलताले संस्थालाई निकै उत्साहित गराउनुका साथै थप जिम्मेवारी वाेध समेत गराएकाे  बताउनु भयाे । संस्थाले भवन खरिद गर्न आवश्यक रकम जाेहाे गरे संगै भवन खरिद गर्ने अभियानलाई सक्रियता दिएकाे भएता पनि विविध कारणले सम्भव भै रहेकाे थिएन । भवन खाेज्ने दुई बर्षकाे अथक प्रयास पछि अन्तत्वगत्वा: गत साता साे अभियानले सार्थकता पाएकाे हाे ।  मुख्य गरी नेपाली समुदायकाे हितमा स्थापना गरिएकाे संस्थाले  अागामी दिनमा खरिद गरिएकाे भवनकाे बहुउपयाेग गर्ने उद्देश्य रहेकाे संस्थाका महासचिब बिराेचन नेपालले बताउनु भयाे । भाबी दिनमा नेपाली भाषा, धर्म, संस्कृति, परमपरा, रितिरिवाज अादीकाे संरक्षण र संबर्द्धनमा केन्द्रिकृत हुदै संस्थाले आफ्नाे गतिबिधिलाई तिब्रता दिने महासचिब नेपालले बताउनु भयाे । अमेरिकाकाे यस म्यासाच्युसेट्स राज्यमा झण्डै ३० हजारकाे हाराहारीमा नेपालीहरु रहेकाे अनुमान गरिएकाे छ । जाे अमेरिका कै नेपालीहरुकाे ठुलाे संख्या रहेकाे राज्यहरु मध्यकाे एक हाे । यधपी हालसम्म झण्डै हजार हाराहारी नेपालीहरुकाे मात्र संस्थामा सक्रिय सहभागिता रहेकाे महासचिव नेपालले जानकारी दिनु भयाे । आगामी दिनमा बाँकी ठुलाे हिस्सालाई  आबद्ध गराउन संस्थाले आवश्यक कदम चाल्दै जाने जानकारी दिदै महासचिबले भन्नु भयाे ” सामुहिक र सामाजिक उद्देश्यका साथ जन्मिएकाे यस संस्थाले आफ्नाे उद्देश्य पुरा गर्नका लागि  सबै नेपालीलाई समेटेर जानु पर्दछ । जसका लागि हामी भाबी दिनमा केन्द्रिकृत हुने छाै” । संस्थाकाे अभियानलाई सफल बनाउन महत्वपूर्ण याेगदान पुर्याउनु हुने सबैलाई धन्यबाद दिनु हुदै नेपालले आगामी दिनमा अझबढी सक्रिय सहभागिताकाे आवश्यकता पर्ने भएकाले अमुल्य सुझाब सल्लाह सहित सक्रिय सहभागिता जनाउन सबै नेपाली भाषी समुदायलाई अनुराेध समेत गर्नु भयाे । पछिल्लाे समयमा अमेरिकाकाे बिभिन्न राज्यहरुमा नेपालीहरु संगठित हुने र आफ्नाे समुदायकाे हितका लागि बिभिन्न गतिबिधिहरु गर्ने कामले तिब्रता पाउदै गएकाे छ ।

  • स्याङ्जा समाज अमेरिकाको साधारण सभा सम्पन्न

    स्याङ्जा समाज अमेरिकाको साधारण सभा सम्पन्न

    न्यूयोर्क

    गत शनिबार १० तारिखका दिन स्याङ्जा समाज अमेरिकाले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । न्यूयोर्कको क्विन्सस्थित कोरोना पार्कमा आयोजित साधारणभेलाले निर्वाचन लगायतका सम्पूर्ण प्रकृया पुरा गरी सर्वसम्मत बिरेन्द्र जंग केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
    निर्वाचन प्रकृया सम्पन्न गर्नका लागि संस्थापक श्यामकाजी गुरुङ्को संयोजकत्वमा ज्ञानबहादुर क्षेत्री र बिनिता अधिकारी सहित तीन सदस्यीय निर्वाचन कमिटीले नयाँ कार्यसमितिको प्रकृया पुरा गरेको हो । नयाँ कार्यसमिति चयन भएपछि बिगतमा काम चलाउँदै आएको तात्कालिन तदर्थ समिति स्वत: बिघटन भएको छ । २१ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष बिरेन्द्र जंग केसी, बरिष्ट उपाध्यक्ष यमुना श्रेष्ठ, उपाध्यक्ष ज्ञानबहादुर केसी, महासचिव अरुण क्षेत्री, सचिव भक्त केसी, कोषाध्यक्ष लिलबहादुर मल्ल, युवा तथा खेलकुद संयोजक शोभाकान्त पाण्डे, कला संयोजक मधुर गिरी, सदस्यहरु; बिमला गुरुङ्, अमर अधिकारी, ध्रुब अर्याल, सोनम गुरुङ्, धर्मराज खड्का, प्रदिप खड्का, दिनेश भण्डारी, केदार सुबेदी, खडक् जंग गुरुङ् र गोबिन्द केसी रहेका छन् ।
    नवनिर्वाचित कार्यसमितिका महासचिव अरुण क्षेत्रीले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथ्यता डा. प्रकाश अर्याल र बिशेष अतिथ्यता जेदु पोखरेलको रहेको थियो ।
    कार्यक्रमया नव निर्वाचित अध्यक्ष केसीले यस संस्थालाई अझ संगठित, व्यवस्थित र मर्यादित बनाउँदै बिगतमा देश र बिदेशमा रहेका स्याङ्जालीहरुको हितमा कामगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
    न्यूयोर्कका स्याङ्जाली नेपालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा टग अफ वार (डोरी तान्ने), शट पुट थ्रो (डल्ला फ्याक्ने) जस्ता खेलकुद प्रतियोगिता एवम् लोकगायक बिमल डाँगी, बरिष्ठ लोकगायक भगवान भण्डारी, लोकगायक मधुर गिरी र लोकगायिका संगिता थापामगरको सांगितिक प्रस्तुति तथा गुरुङ् चलचित्रका नायिका एनसर्ज गुरुङ्को नृत्य रहेको थियो ।

  • विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

    विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

    काठमाडौं । सरकारले विदेशमा भिजिट नेपाल २०२० को उद्घाटन सम्बन्धित देशका राष्ट्रप्रमुखबाट गराउने योजना सार्वजनिक गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक देशमा भिजिट नेपाल २०२० को दियो सम्बन्धित मुलुकका राष्ट्रप्रमुखबाट गराउने योजना रहेको बताएका हुन् ।

    शुक्रबार राजधानीमा भिजिट नेपालको तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले त्यसका लागि विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई परिचालनको तयारी भइरहेको उनले जानकारी दिए ।

    “नेपालमा बुढेशकाल लागेका कारण उहाँहरुलाई राजदूत बनाएर घुम्न पठाइएको होइन,” उनले भने, “देशलाई आवश्यक पर्दा उहाँहरुले योगदान गर्नुपर्छ ।”

    अमेरिकामा डोनाल्ड ट्रम्प, चीनमा सिजिङ पीङ, भारतका नरेन्द्र मोदीजस्ता व्यक्तिबाट यस अभियानको उद्घाटन गराउने सोच रहेको भन्दै उनले त्यसमा सक्दो प्रयास थाल्न राजदूतहरुलाई परिचालन गरिने उनले उल्लेख गरे ।

    मन्त्री भट्टराईले विदेशमा बसेका नेपालीले राम्रो काम गर्दागर्दै पनि नेपालबारे गर्ने नकारात्मक टिप्पणी गलत रहेको उल्लेख गरे ।

    गाली होइन, पर्यटक पठाउनुस भन्ने अभिव्यक्ति पुनः दोहोर्याउँदै उनले कम्तिमा नेपालमा नबसेपनि राम्रो प्रचार गरेर सहयोग गर्न गैरआवासीय नेपालीसँग आग्रह गरे ।

    भ्रमण वर्षका संयोजक सुरज बैद्यले अहिले निकै तिब्र गतिमा तयारीका काम भइरहेको जानकारी दिए ।

  • प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

    प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

    बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासमा बसेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

    प्रवासी नेपालीले सहयोग गर्ने हो भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको समेत उनले उल्लेख गरे ।

    गौतमबुद्ध विमानस्थल भैरहवाको स्थलगत अध्ययन तथा लुम्बिनी विकास कोषको बैठकमा भाग लिन बुटवल पुगेका भट्टराईले उक्त आह्वान गरेका हुन् ।

    प्रवासी एक नेपालीले एक एक जना पर्यटक पठाएकै आधारमा पनि नेपालमा पर्यटक आगमनले उल्लेख्य फड्को मार्ने उनको भनाई छ ।

    सामाजिक संजालमा सरकारलाई गाली गर्नुको साटो देशको विकासमा प्रवासबाटै योगदान दिनसमेत उनले आग्रह गरे ।

    फेसबुकमा जथाभावी लेखेर देशको प्रतिष्ठा घटाउनुको साटो प्रवद्र्धनमा सहयोग गर्न उनले प्रवासमा रहेका नेपालीलाई आह्वान गरेका हुन् ।

    विदेशमा बस्ने तेपालीले पर्यटक पठाएर सहयोग गर्ने हो भने नेपाल सरकारले पनि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

    उनले आगामी डिसेम्बरसम्म भैरहवा विमानस्थल संचालन हुने जानकारी गराए । त्यसअघि बिहीबार मन्त्री भट्टराईले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अध्ययन गरेका थिए ।

    उनले निजगढ विमानस्थलको शिलान्यास धुमधामले गर्ने तयारीमा आफू जुटेको समेत उल्लेख गरे ।

  • रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ ।

    अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका अवसरमा चर्चा गरेका छन् ।

    संघका अनुसार यसपटकको बैठकमा युरोपियन युनियन (इयु)का लागि नेपाली राजदूत लोकबहादुर थापाल, अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदी, स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपप्रमुख तीर्थराज वाग्लेलगायतले नेपालमा पर्यटन प्रवद्र्धन र लगानी भित्राउने उपायका सम्बन्धमा छलफल गरेका छन् ।

    बैठकमा लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी, जर्मनीका राजदूत रमेशप्रसाद खनाल, डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग (जेनेभा)   रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे समेत सहभागी थिए ।

    नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक बनाउन वैदेशिक लगानी भित्राउने र सन् २०२० का लागि घोषणा भएको पर्यटन वर्षलाई सफल बनाउने गरी भेलाको एजेण्डा तय गरिएको संघको भनाई रहेको छ ।

  • न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

    न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

    न्यूयोर्क । नेपाली आप्रवासीको बाक्लो बस्ती न्यूयोर्क अर्को नेपाल पनि हो । हजारौं माइल्स टाढा नेपाली भाषा, साहित्य, कला–संस्कृति, रीतिरिवाज र परम्परालाई न्यूयोर्कका नेपालीले भुलेका छैनन् र छुटाउने गरेकै छैनन् । नेपालभित्रै कतिपय जातजातिका मौलिक परम्परा नष्ट तथा लोप हुँदै छन् तर न्यूयोर्कमा प्रत्येक नेपाली चाडपर्व मनाइन्छ ।
    त्यस्तै पर्वमध्ये एक हो– लिम्बू जातिले मनाइँदै आएको सिसेक्वा तङ्नाम । गत आइतबार न्यूयोर्कको तापक्रम १०० डिग्री माथि थियो, तर न्यूयोर्कका लिम्बूहरुलाई त्यो गर्मीको रापले सिसेक्वा तङ्नाम मनाउन छेकेन । परम्परागत लिम्बू भेषमा सजिएका महिला तथा पुरुषहरुलाई त्यो तापको परवाह नै थिएन । उनीहरु स्थानीय कुइन्स ब्रिजपार्कमा झिसमिसेमा नै भेला भइसकेका थिए । गर्मीले रैनाथे अमेरिकनहरु एयर कण्डिसनको कोठामा गुट्मुटिएका बेला न्यूयोर्कका लिम्बूहरु भने तागाबा र मेख्लीमा सजिएर दिनभर च्याबु्रङ नाच्दै थिए । विशेषगरी लिम्बू जातिले साउने संक्रान्तिको दिन पारेर मनाउने सिसेक्वा, तङ्नाम न्यूयोर्कमा प्रत्येक वर्ष मनाउने परम्परा नै बनिसकेको छ ।


    किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष जोसिला युवा वीरेन्द्र हाङ्लाबुङको सभापतित्वमा सम्पन्न सिसेक्वा अतिथिका रुपमा माननीय उपसभामुख शिवमाया तुम्बाहाङ्फेको उपस्थिति पनि रहेको थियो । कार्यक्रममा चलचित्र निर्देशक नविन सुब्बा, किरात याक्थुङ चुम्लुङ नेपालका पूर्वअध्यक्ष तथा लिम्बुवान स्टडी सेन्टरका संयोजक तथा प्रोफेसर अर्जुन लिम्बू लगायत नेपाली वाणिज्य दूतावासका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा पेशाकर्मीहरुको सहभागितामा अत्यन्त उत्साहजनक तरिकाले सिसेक्वा तङ्नाम मनाइयो । औपचारिक कार्यक्रमको साथमा दिनभरजसो डोरी तान्ने, म्युजिकल चियर, छेलोजस्ता खेलहरु खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो ।

  • नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

    नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

    न्युर्योक
    कार्यकाल सकिन १० महिना बाँकी हुँदा नेपाल अमेरिका पत्रका संघ (नेजा)का अध्यक्ष सुदिप पन्तले राजिनामा दिएका छन् । झण्डै एक बर्ष अघि अमेरिकाको सियाटलमा भएको अधिबेसनबाट सर्वसम्मत चुनिएका अध्यक्ष पन्तले नेजा सचिबालयमा ईमेल मार्फत राजिनामा बुझाएका छन् । अध्यक्षको जिम्मेवारी बहन गर्न समय र पारिवारीक कारणले कठिनाई उत्पन्न भएको उल्लेख गरेका छन् । उनको अकस्मात आएको राजिनामाले कार्य समितीका पदाधिकारीहरु समेत आश्चार्यमा परेका छन् । आज आइतबार बस्ने कार्यसमितीको बैठकले अध्यक्षको राजिनामा स्विकृत गरे उपाध्यक्ष बिकासराज न्यौपानेले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । डेढ महिना अघि मात्र टेक्सासको ड्यालासमा साधारण सभा सम्पन गरेको नेजाले ग्रैह आवासिय नेपाली एनआरएनएको चुनाबी बहस समेत चलाएको थियो ।

  • ठगि आरोपमा नेपालीलाई जेल चलान

    ठगि आरोपमा नेपालीलाई जेल चलान

    अमेरिकी आदालतले ठगी आरोपमा एक नेपालीलाई जेल चलान गर्ने फैसला गरेको छ । अमेरिकामा रहेका नेपालीलाई नै ठगी गरेको पुष्टी भएपछि अमेरिकी जिल्ला अदालत उत्तर क्यालिर्फोर्नियाले किशोर चौधरीलाई एक बर्ष एक दिन काराबास सजाय तोकेको हो ।उनले ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएपछि जेल जानु परेको हो ।जेल जादैंमा उनले तिर्ने रकम मिनाहा भने हुने छैन । उनले जेलमा रह“दा प्रत्येक तिन महिनामा कम्तीमा २५ डलर रुपैंया तिर्नुपर्ने छ । जेलबाट छुटेपछि उनले महिनाको ३ सय डलर वा आफ्नो कमाईको १० प्रतिशत अपराधी नियन्त्रण आर्थिक बिभागलाई बुझाउनुपर्ने छ । त्यहि सरकारी संस्थाले पिडीतलाई थोरै थोरै मात्रामा रकम फिर्ता गरिदिनेछ । चौधरीले जुलाई ९ मा क्यालिफोर्नियामा रहेको कारागारमा उपस्थित हुन आदेश दिएको थियो । तर चौधरीले अदालतसंग घरायसी ब्यवस्था मिलाउनुपर्ने भन्दै केहि समय मागेपछि अदालतले उनलाई केहि समयपछि मात्र कारागार जाने आदेश दिएको छ ।

  • विदेशमा  बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

    विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

    विश्व न्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएन)का लागि प्रदान गरिने गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो अझै खुलेको छैन । नेपालको संविधान २०७२ ले व्यवस्था गरे पनि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकताको बाटो खुला भएको छैन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा छ ।
    नागरिकताका विभिन्न पक्षमा विवाद बढेपछि समितिले महिनौँदेखि नागरिकता विधेयक टुंगो लगाउन सकेको छैन । पटक–पटक समितिले विभिन्न समिति बनाएर छलफल गर्दै आएको छ । समितिले राजनीतिक नेतृत्व, नागरिकतासँग सम्बन्धित विज्ञ लगायतसँग पनि पटक–पटक छलफल गरेको छ । पटक–पटकको छलफलमा पनि विभिन्न विषयमा विवाद भएपछि समितिले डा. विजय सुब्बाको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको थियो ।
    अहिलेसम्म उपसमितिले प्रतिवेदन तयार गर्न सकेको छैन । उपसमितिले अहिलेसम्म प्रतिवेदनसमेत बनाउन सकेको छैन । १५ दिनको समयसीमा नाघेको पनि धेरै भैसकेको छ । तर, समितिले बैठकसमेत बोलाएको छैन । समिति सभापति शशी श्रेष्ठले छिट्टै नागरिकता विधेयकको टुंगो लगाउने बताएकी छन् । समितिले मूल राजनीतिक नेतृत्वसँग छलफल नगरिकन विवाद अन्त्य गर्ने वा विधेयकका बाँकी विषय टुंगो लगाउन सक्ने अवस्था देखिदैन ।

    गैरआवासीय नागरिकतामा पनि विवाद
    नागरिकता विधेयकमा वंशजको नागरिकता, अंगीकृतको व्यवस्था, आमाका नामबाट दिने नागरिकता लगायतका विषयमा गम्भीर विवाद भएपनि गैरआवासीय नेपाली नागरिकताका विभिन्न पक्षमा समेत सहमतिले अन्तिम रुप पाउन अझै सकेको छैन । मूल विधेयक नै पास हुने अवस्थामा मात्र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयले अन्तिम रुप पाउने छ । मूल विधेयकमा सहमति नजुटेसम्मको अवस्थामा फेरि पनि गैरआवासीय नेपाली नागरिकका प्रावधानमा फेरबदल हुन सक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
    गैरआवासीय नेपाली नागरिकताका विषयमा अहिलेसम्म भएका सहमतिअन्तर्गत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिको पहिलेको नागरिकता स्वतः खारेज हुनेछ । यो प्रावधानले द्वेध नागरिकता प्राप्त हुन नसक्नेगरी व्यवस्था गरिएको समितिका सदस्य झपट रावलले बताए । भाषा, शपथ लगायतका विषयमा पनि अन्तिम रुपमा छलफल बाँकी नै छ । नेपाली भाषा जानेको हुनुपर्ने भन्ने विषयमा पनि सहमति नजिक पुगिएको उनले बताए ।
    शपथ लिने विषयमा पनि समितिका सदस्यले एकरुपता देखाएका छन् । समितिमा बोल्ने अधिकांश सदस्यले शपथ लिनै पर्ने प्रावधान राख्ने विषयमा आफ्नो धारणा राखेका समितिका सदस्य रावलले बताए । सहमति भैसकेका विषयलाई समितिले ड्राफ्ट बनाएको छ । त्यसमा भाषा नेपाली जानेको हुनुपर्ने र शपथ पनि लिनु पर्ने भन्ने विषय उल्लेख गरिएको छ ।
    समिति बैठकले सम्बन्धित क्षेत्रमा पुगेरै नागरिकता लिनुपर्ने प्रस्तावमा पनि समिति सदस्यहरु सहमत छन् । सांसद रावलले भने, ‘समितिमा भाषा, शपथ र सम्बन्धित क्षेत्रबाटै नागरिकता लिनुपर्ने भन्ने विषयमा सहमति लगभग भैसकेको छ । गैरआवासीय नागरिकताका प्रावधानमा अन्तिम रुप दिन बाँकी छ । तर, सबै एकै पटक मात्र पास हुन्छ ।’
    एनआरएनले विदेशमा रहेका विभिन्न स्थायी नियोग, दूतावास वा कन्सुलर सेवा प्रदायक निकायमार्फत एनआरएन नागरिकता प्राप्तिका लागि पहल गरे पनि समितिमा सम्बन्धित जिल्लामै जानु पर्ने विषयमा सहमति भएको छ । सांसद रावलले भने, ‘नेपालमा उहाँहरुको घर कहाँ हो । आफन्तसँग भेटघाट पनि हुन्छ । त्यसैले हामीले त्यो प्रावधान राखेका छौँ । यसले गैरआवासीय नेपाली र नेपालमा उनीहरुका आफन्तबीचको सम्बन्धसमेत राम्रो हुन्छ ।’
    समितिमा अहिलेसम्मको छलफललाई आधार मान्ने हो भने गैरआवासीय नागरिकता लिनका लागि काठमाडौंमा रहेको गृह मन्त्रालय वा मातहतका निकाय भन्ने शब्दसमेत परिवर्तन हुने भएको छ । अब धेरै सांसदले सम्बन्धित जिल्ला नै पुग्नुपर्ने तर्क गरेका छन् । उनीहरुले एनआरएन गाउँ जाँदा आर्थिक अवस्था चलायमान बनाउन थोरै भए पनि मद्दत पुग्ने तर्क गर्न थालेका छन् ।
    शपथ लिने विषयमा पनि समितिका सबैजसो सदस्य सहमत भएका छन् । शपथको भाषा कस्तो हुने भन्ने विषय भने अहिलेसम्म टुंगो नलागेको समिति सभापति श्रेष्ठले बताइन् । गैरआवासीय नागरिकता लिने व्यक्तिले समेत नेपाली भाषा जानेको हुनुपर्ने प्रावधान राखिएको छ । शपथको भाषामा पनि आवश्यक छलफल हुने समिति सदस्य रावलले बताए ।
    गैरआवासीय नागरिकता लिने व्यक्तिले राजनीति अधिकारबाहेक अन्य सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका अधिकार प्राप्त गर्नेछ । घरजग्गा खरिद–बिक्री, कम्पनी खोल्ने वा बन्द गर्ने, व्यवसाय गर्ने लगायतका अधिकार भने प्राप्त हुनेछन् । त्यस्तै यो नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता पनि स्वतः खारेज हुने भएको छ । पहिलेको नागरिकता प्रयोग गरेको अवस्थामा कस्तो कारबाही हुने भन्ने विषय भने टुंगिएको छैन । समिति बैठकमा पाँच लाखसम्मको जरिवाना र पाँच वर्षसम्मको कैद सजायको प्रावधान राख्न केही सदस्यले प्रस्ताव गरेका छन् ।
    गैरआवासीय नागरिकता बाहकले राहदानी भने नपाउने पक्का भएको छ । सम्बन्धित व्यक्तिले आफू बसेकै देशको राहदानी प्रयोग गर्ने भएकाले नेपाली राहदानी दिन नसकिने समिति सदस्यहरुको मत छ । वृद्धभत्ता लगायतका राज्यबाट प्राप्त गर्न सकिने सामाजिक सुरक्षाका विभिन्न लाभ कसरी लिने भन्ने विषयमा एकरुपता कायम हुन सकेको छैन ।
    गैरआवासीय नागरिकता संविधानको धारा १४ अनुसार प्राप्त गर्न सकिनेछ । उक्त धारामा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांंस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ भन्ने कुरा उल्लेख छ ।
    संविधानमै नेपालको हरेक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्ने तथा नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने कुरा उल्लेख भएकाले अहिले सरकारले नेपाल नागरिकता ऐन, संशोधनको व्यवस्था गरेको हो ।
    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले पहिले नेपालको नागरिकता त्यागेको हुनुपर्ने, नागरिकता लिने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै साबिकको नेपालमा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै सम्बन्धित व्यक्तिले विदेशी मुलुकको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने सार्क राष्ट्रबाहेकको देशमा बसोवास रहेको प्रमाण पनि स्वयम्ले जुटाउनु पर्छ । समिति सभापति श्रेष्ठले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले समितिले निरन्तर छलफल गरिरहेको बताइन् ।
    नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकका विषयमा पक्ष–विपक्षमा नेपालमा उत्तिकै समूह सक्रिय भएका छन् । राजनीतिक दलबीच नै फरक–फरक धारणासहितका नेताहरु रहेका छन् । केहीले आमाको नामबाट नागरिकता दिनुपर्ने, अंगीकृत र वंशजका आधारमा नागरिकता दिने विषयलाई सजिलो बनाउनु पर्ने लगायतका तर्क गरिरहेका छन् भने धेरैले देशको राष्ट्रियतासँग जोडिएको विषय भएकाले यस्ता विषयमा गम्भीर बहस र छलफल आवश्यक भएको बताएका छन् ।
    नेपालमा २०६३ सालमा वितरण भएका नागरिकताको वैधानिकता र वास्तविकताका विषयमा समेत विवाद छ । त्यसैले अहिले विभिन्न सरोकारवाला निकायले पक्ष–विपक्षमा बहस गरिरहेका छन् । खासगरी तराई केन्द्रित दलका नेताले नागरिकताको प्रावधान खुकुलो बनाउनुपर्ने बताएका छन् भन पहाड केन्द्रित नेताहरुले भारतीय नागरिकतालाई नागरिकता दिन थालिएको आरोप लगाउँछन् । त्यसैले नागरिकता जस्तो गम्भीर विषयमा सरकार र संसदीय समितिले हुचुवाको आधारमा निर्णय गर्नु हुँदैन ।

  • नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन

    नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन

    अमेरिका
    नेपाली समाज अमेरिकाको डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानिया राज्य हेर्ने डिएमभीपी च्याप्टर गठन भएको छ । नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तदर्थ समिति मिलन राईको नेतृत्वमा गठन भएको हो ।
    जुलाई ५ का दिन एक कार्यक्रमका बीच सम्पन्न भेलाले युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पूर्व केन्द्रीय सभापति, जनजाति महासंघका सल्लाहकार, युनाइटेड किरात राई अर्गनाइजेशन सल्लाहकार मिलन राईलाई तदर्थ समितिका संयोजक तोकिएको हो । राईले सबै नेपालीको प्रतिनिधित्व रहने गरि डिएमभीपी कमिटिलाई छिट्टै पूर्णता दिने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अशोक राईको उपस्थिति रहेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी नेपाल पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालमा सबै धर्म, जाति, वर्गलाई समेटेर संविधान संसोधन हुनुपर्ने र संशोधन गरिनुपर्ने बताएका थिए । उनले समाजवादी पार्टी एकताको पार्टी र सबैलाई समेटेर बनाएको नयाँ पार्टी भएको बताउँदै सबैका लागि समानरुपले काम गर्ने बताए । वरिष्ठ नेता राईले तर्दथ कमिटीका सबै पदाधिकारीहरुलाई खादा ओढाएर बधाई दिदै समाजवादी पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।
    समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा कार्यक्रमकी विशेष अतिथि सुशीला श्रेष्ठले नेपाली महिलामाथि हुने विभेदको अन्त्य गर्न र पुरुष सरह समान अधिकार पाउनका लागि समाजवादी पार्टीले विशेष पहल गर्ने बताएकी थिइन् ।
    त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशनका केन्द्रीय सदस्य तथा डिएमभीपीका प्रतिनिधि कुशुम राईले समाजवादी पार्टी नेपालका लागि अहिलेको आवस्यक पार्टी रहेको र आफूले सक्दो सहयोग गर्ने बताइन् ।
    यसैगरी युनाइटेड किरात राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरका महासचिव हर्क राईले सम्भव भए र सकेसम्मको सहयोग गर्ने बताएका थिए भने युनाइडेट किराँत राई अर्गनाइजेशन कोलोराडोका पूर्वसभापति चक्र राईले अमेरिकाबाट मात्र नभएर नेपालमै गएर समाजवादी पार्टीलाई पूर्ण सहयोग गर्ने बताए ।
    मिलन राईको नेतृत्वमा गठन गरिएको नेपाली समाज अमेरिकाको डिएमभीपी (डिसी, मेरिल्याण्ड, भर्जि्निया, पेन्सलभेनिया) च्याप्टरको सदस्यमा हर्क राई, कुशुम राई, चक्र राई र प्रितम राई रहेका छन् ।
    कार्यक्रममा तत्कालीन संघीय समाजवादी पार्टीका धनकुटा जिल्लाका पूर्वसभापति तथा किराँत याक्थुङ थुम्लुङ अमेरिकाका पूर्वमहासचिव तथा नेपाली समाज अमेरिकाका केन्द्रीय महासचिव लोक चेम्जोङले डिएमभीपी च्याप्टर गठन गर्नमा केन्द्रबाट विशेष पहल र सहयोग गर्ने आश्वासन दिँदै सोचेको भन्दा धेरै राम्रो काम गरेको भन्दै सबैलाई बधाई दिएका थिए ।

  • एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

    एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

    विश्व न्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन प्रस्तुती, महिला तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए ।
    क्षेत्रीय संयोजक किरणविक्रम थापाको सभापतित्वमा सुरु भएको एनआरएनएको उद्घाटन सत्रको सुरुमा संघका अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । त्यसपछि बैठकमा प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप, नेपाली समुदायले भोग्नुपरेका समस्या र नेपालको कला, संस्कृति तथा भाषा प्रवद्र्धनका विषयमा छलफल भएको थियो । हजारौं नेपाली मूलका बर्मेली बसोवास गर्ने म्यानमारमा नेपाली कला, संस्कृति अहिले पनि उत्तिकै महत्वको बनेको छ ।
    एनआरएनको बैठकमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका सांसद डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायतको सहभागिता थियो । बर्मा रहेका नेपाली मूलका विभिन्न व्यक्तिको समेत कार्यक्रममा सहभागी रहेको थियो ।
    बैठकमा एसिया क्षेत्रका म्यानमारसहित जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी थिए । त्यस्तै अमेरिका, यूरोप, मध्यपूर्व र ओसियानाका प्रतिनिधिसमेत कार्यक्रममा भाग लिन म्यानमार पुगेका थिए ।
    सम्मेलनअन्तर्गत आइतबार भएको छलफलमा नेपालको समृद्धिसम्बन्धी विभिन्न पक्षमा छलफल भएको थियो । झण्डै ३ सय भन्दा धेरैको सहभागिता रहेको कार्यक्रममा म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिमको समेत उपस्थिति थियो ।

    कार्यक्रममा कसले के भने ?
    सम्मेलनलाई सम्बोधन गर्ने अधिकांश वक्ताले नेपालको समृद्धिको योजना कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपाली मुलका नेपालीहरु र विदेशमा रहेका नेपालीको नेपाल सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् । उनले हरेक सम्बन्धले नेपाललाई फाइदा हुनेमा जोड दिएका छन् ।
    कार्यक्रममा उपस्थित म्यानमारका मन्त्री चो टिमले नेपाल र म्यानमार बिकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सकिने प्रस्ताव राखे । उनले नेपाल र म्यानमारमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई स फल बनाउन म्यानर सरकारले सहयोग गर्ने विश्वास दिलाए । पछिल्लो समय म्यानमारका नागरिक पनि विदेश भ्रमणमा जान थालेको बताए । गैरआवासीय नेपालीहरुको अभियानबाट आफूहरुले पनि केही कुरा सिक्न खोजेको म्यानमारका मन्त्रीको भनाइ रहेको छ ।
    सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गैरअवासीय नेपालीहरुका समस्या सम्बोधनमा सरकारलाई आफूले दबाब दिइरहेको बताए । उनले नेपालको सम्पत्ति भएकाले अब यो समूह नेपालको विकासको साझेदार हुनुपर्नेमा जोड दिए ।
    म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली मुलका म्यानमारी नागरिकले जस्तै नेपाली भाषा, कला संस्कृतिको जर्गेना गर्न विदेशमा बस्ने सबै नेपाली समुदायलाई आग्रह गरे । उनले म्यानमारका नागरिकले जसरी नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना अन्त कतै हुन नसकेको बताए । उनले दुई देशका बीचमा धेरै समानता भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
    सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूहरु लागि पर्नेमा जोड दिएका छन् । उनले नेपालको समृद्धिका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।
    सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यत्तिः धनी भएपनि राष्ट समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपालको समृद्धिले मात्र संसार भर छरिएर रहेका नेपालीको समृद्धि हुनेमा जोड दिए । एनआरएनएका क्षेत्रीय संयोजक किरणविक्रम थापाले म्यानमारमा कार्यक्रम गर्न पाउँदा आफूहरु खुुसी भएको प्रतिक्रिया दिए ।

    नयाँ एजेण्डा के बन्यो ?
    एनआरएनको एसिया प्रशान्त सम्मेलन विभिन्न एजेण्डा तय गर्दै म्यानमारमा सम्पन्न भएको थियो । सम्मेलनले नेपालसँग पुस्तादेखि सम्पर्कमा नरहेका व्यक्तिलाई पनि गैरआवासीय नेपाली रुपमा समेट्ने नयाँ प्रस्ताव गरेको छ । यो व्यवस्थाले सार्क राष्ट्रबाहेकका म्यानमार, मलेसिया, थाइल्याण्ड लगायत विभिन्न देशमा दशकौंदेखि बसोवास गरिरहेका नेपाली मूलका विदेशीले पनि अब एनआरएनको सदस्यता पाउने बाटो खुल्ने तयारी देखिन्छ ।
    म्यानमार सम्मेलनको मुख्य एजेण्डा यही विषय रहेको थियो । नेपाली डायस्पोरालाई एक–दुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट पुस्तौंदेखि विदेशमा बसोवास गरिरहेका व्यक्तिका सन्तानलाई समेट्न सक्नेगरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ । एसिया प्यासिफिक क्षेत्रीय बैठक आइतबार सम्पन्न भएको थियो ।
    एनआरएनले संस्थागत रुपमा नै एनआरएनको दायरा फराकिलो बनाउनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिसकेको छ । नेपालसँग सबै प्रकारका नाता टुटिसकेको अवस्थामा एनआरएनले अब ती नेपालीलाई पनि नेपालसँग जोड्ने अभियान थाल्ने जनाएको छ ।
    बैठक सम्पन्न भएपछि जारी गरिएको विज्ञप्तीको ३ नम्बर बुँदामा मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई एकदुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट विदेशमा पुगेर बसोवास गरेका व्यक्तिका सन्ततीलाई समेट्न सक्नेगरी कानुनी व्वस्था गर्न सरकारलाई अनुरोध गर्ने कुरा उल्लेख गरिएको छ ।
    एनआरएन सम्मेलन तथा बैठकले नेपाली मूलका विदेशी नागरिकलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालको कला, संस्कृति, भाषा र रहनसहनसहितको आफ्नो पहिचान राख्न सफल भएकोमा म्यानमारमा बसोवास गर्ने नेपाली मूलका म्यानमारका नागरिकलाई धन्यवाद दिइएको छ ।
    त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्रियतापूर्वक लागि पर्ने, नेपालले डायस्पोरा कूटनीति अप्नाउनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जन गरेका साधन स्रोतको प्रयोग गर्ने वातावरण बनाउन पनि निरन्तर प्रयास गर्ने प्रण पनि बैठकले गरेको छ ।
    नेपालमा १० अर्ब रुपैयाँको सामूहिक लगानी कम्पनी सफल पार्ने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सम्मेलनकै क्रममा हङकङको एउटा पक्षले बहिष्कार गरेको कुरा विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

  • न्युयोर्कमा स्वर्गीय गिरिजा प्रशाद कोईरालाको जन्म जयन्ति भब्य रुपमा मनाईयो

    न्युयोर्कमा स्वर्गीय गिरिजा प्रशाद कोईरालाको जन्म जयन्ति भब्य रुपमा मनाईयो

    न्युयोर्क

    जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व. गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती न्युयोर्क कुईन्समा बिशेष कार्यक्रम सहित मनाईयो । गत जुलाई ७ अाइतवार साँझ नेपालि आप्रबासीको घनाबस्ति ज्याक्सन हाईट्सस्थित जुईस सेन्टरमा, फाउन्डेसनका अमेरिकी साखा अध्यक्ष सोमनाथ घिमीरेको नेतृत्त्वमा जन्म जयन्ति कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय फाउन्डेसनको अमेरिकामा व्यापक सामाजिक सक्रियता बढदै गएको छ ।
    जन्मजयन्ती कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष व्रेन्दा राइ, केन्द्रीय सदस्यहरु क्रमशः प्रेम पौडेल, श्याम कार्की, छिरीङ राप्के लामा, राम कोइराला, विष्णु सिहं वैजुं, विमल डागीं, राम चन्द्र अधीकारी, सुश्री दावा शेर्पा र मानार्थ सदस्य सान्त रीसालको उपस्थिति रहेको थियो ।कार्यक्रममा आप्रबासी समुदायका विभिन्न क्षेत्रका विशिष्ठ अथितीहरू लगायत नेपाल,भारत,वंगलादेश, पाकिस्तान, श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार लगायत राष्ट्रका वरिष्ठ साहित्यकार, समाजसेवी, मानवअधीकारवादी, पत्रकार, वुद्वीजिवी एवं अमेरीकाका विशिष्ठ सामाजिक अभियान्ताहरू, राजनीतिज्ञहरु लगायतको उल्लेख्यनीय उपस्थिति रहेको थियो।

    नेपाली र अमेरीकी राष्ट्रीय गान एवं स्व. कोईरालाको फोटोमा पुष्प अर्पण तथा दीप प्रज्वलन गरी कार्यक्रम औपचारिकरुपमा शुरूवात गरिएको थियो। तिव्वती आशीष गान गाएर कार्यक्रमलाई थप रौनकता दिईएको थियो।कार्यक्रममा आगन्तुकहरूलाई स्वागत गर्दै संस्थाका केन्द्रीय सदस्य श्री रामचन्द्र अधिकारीले स्व. कोईरालाको परिचय एवं संक्षीप्त राजनैतिक संघर्ष र नेपालमा शान्ती, प्रजातन्त्र र विकासमा वहाँको योगदान वारे प्रष्ट्याउनुभएको थियो। यसैगरी डा. गोविन्द कोईरालाले स्वर्गीय गीरीजा प्रशाद कोईरलाको योगदान र विचारवारे प्रष्टपार्नुभयो।कार्यक्रममा प्रमुख अतिथीको रूपमा क्वीन्सवोरो प्रेसीडेन्टको कार्यलयका कम्युनिटी डाइरेक्टर डा.महम्मद हकले शुभकामना दिंदै स्व. कोईराला साँच्चीकै महान प्रजातन्त्रवादी नेता भएको र वहाँको वाटोमा सबैले हिँडनसक्नुपर्ने बताएका थिए ।यस्तै वरीष्ठ समाजसेवी मुह्म्मद रसीदले स्व. कोईरालाको व्क्तीत्व र योगदानको सारा विश्वले कदर गरेको धारणा व्यक्त गरेका थिए ।

    संस्थाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रमको महत्व र औचित्यवारे बताएका थिए । गीरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरीकाले यति छोटो समयमै समाज प्रति अतुलनीय कार्य गर्दै अाएको ले न्यु-यार्क क्वीन्स वोरोकी प्रेसीडेन्ट मेलिन्दा काट्जले गीरीजा प्रशाद कोईरलाले नेपालि समाज र नेपाल प्रति गरेको योगदान नै एउटा उधारणीय कार्य भएको भन्दै फाउण्डेसनलाई कदरपत्रले सम्मान गरेकी थिईन।
    अन्त्यमा फाउन्डेशनकी कोषाध्यक्ष वृन्दा राईले धन्यवाद मन्तव्य राखी कार्यक्रमको समापन गरीएको थियो।

  • गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

    गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

    सिड्नी ,अस्ट्रेलिया
    शनिवार सम्पन्न निर्वाचनमा ४ हजार १ सय ४८ मत प्राप्त गरि केशब कंडेल वर्ष २०१९-२१ का लागि अध्यक्षमा निर्वाचित भएका छन्।उनले प्रतिस्पर्धी दिनेश पोखरेल भन्दा ३९१ बढी मत ल्याएका थिए ।महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् ।रेग्मीले अधक्ष्यमा निर्वाचित कंडेलले प्राप्त गरेको मत भन्दा बढी मत प्राप्त गरेका हुन् ।सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।
    यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा पनि कंडेल समुहकै बर्चस्व रहेको छ ।
    निर्वाचनमा नोट भोट अप्सनको समेत ब्यबस्था गरिएको थियो।अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मतदान गरे । यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् ।सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् ।सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्ष पदमा नो भोट छानेका छन् ।
    कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदानमा भाग लिए भने ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् । लामो आभ्यास पछि सम्पन्न निर्वाचनको परिणाम निर्वाचन समितिले गत शनिबार राति सयौ मतदाता बिच खुल्ला चौरमा घोषणा गरेको थियो ।