Category: डायस्पोरा

  • अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

    अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

    न्युयोर्क

    अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच  मुलुकको टि पि एस (टेम्पोरेटेड प्रोटेक्टेड  स्ट्याटस ) को म्याद थप गरेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पका कारण अमेरिकामा बिना कानूनी कागजात बसोबास गर्दै आएका करिब ५ हजार नेपाली यो सुबिधा प्राप्त गरी बसोबास  गर्दै आएका छन् । डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले आज जारी गरेको फेडरल रजिस्टर नोटिसमा म्याद थप सम्बन्धी सुचना जारी गरेको हो । अमेरिकामा नेपालीहरुले प्राप्त गर्दै आएको टि पि एस सुबिध मार्च २४, २०२० मा म्याद सकिदै थियो भने आज गरिएको म्याद थपले सन् २०२१ को जनबरी ४ सम्म कानूनी मान्यता दिने छ ।  

    नेपालसंगै अमेरिकी सरकारले एल साल्भडोर, हाईटी, निकारागुवा, सुडान र होण्डुरसको समेत टि पि एसको म्याद थप गरेको छ । आज जारी सुचनासंगै टि पि एसको म्याद स्वत: थपिने छ ।

  • अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक  द्येउसी भैलाे कार्यक्रम

    अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम

    सुपेन्द्र बस्नेत/बोष्टन

    नेपालीकाे महान चाड तिहारमा खेलिने द्येउसी भैलाेले बिदेशमा पनि उच्च प्राथमिकता पाउदै गइरहेकाे छ । अन्य मुलुकलाई जस्तै यसले अमेरिकालाई पनि अछुताे छाेडेन ।  नेपाल र नेपालीकाे महत्वपूर्ण पहिचान बाेकेकाे याे चाडकाे अवसर पारेर अमेरिकाकाे बाेष्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम सम्पन्न गरिएकाे छ। अमेरिकाकाे म्यास्याच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था पशुपतिनाथ तथा बाैद्ध फाउण्डेशन अफ न्यू ईगंल्याण्ड(प्याब्फाेन)काे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । 

     

    बिगतमा झै यसबर्ष पनि  म्यास्याच्युसेट्स् राज्यमा छरिएर रहेका नेपाली समुदायलाई सक्दाे  समेट्नका  लागि अक्टाेबर २५ सुक्रबार – एभरेट,  २६ सनिबार -साेमरभिल, र २७ आइतबार नर्थ डार्टमाउथ र  २८ साेमबार ब्रेनट्री स्थित संस्थाकाे आफ्नै भवनमा द्येउसी भैलाे खेलिएकाे थियाे । नेपाली धर्म,संस्कृति,रितिरिवाज,परमपरा, कला, भाषा  आदिकाे संरक्षण तथा सम्बर्धनका साथै समग्र नेपाललाई विश्व सामु परिचित गराउन सक्दाे याेगदान पुर्याउने र संस्था सञ्चालनका लागि आवश्यक आर्थिक सहयाेग संकलन गर्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएकाे संस्थाका  प्रवक्ता परशुराम फुयालले जानकारी दिनु भयाे । कार्यक्रम हर्षाेल्लास तथा उत्साहजनक रुपमा सम्पन्न गर्न सकिएकाे प्रति खुसी ब्यक्त गर्दै प्रवक्ता फुयालले महत्वपुर्ण याेग्दान पुर्याउने सबैलाई धन्यबाद ब्यक्त गर्नु भयाे । संस्थाका प्रथम उपाध्यक्ष सुरेश वाग्लेकाे संयाेजकत्व रहेकाे तिहार लक्षित सांगितिक माहाेल सहितकाे कार्यक्रममा उपस्थित सबैले भरपुर मनाेरञ्जन लिनुका साथै संस्थाका लागि चाैधहजार छब्बिस अमेरोकी डलर दान सहयाेग स्वरुप संकलन समेत भएकाे संस्थाले जनाएकाे छ । संकलित उक्त दान रकम नेपाली समुदायकै हक हितका लागि खर्च गरिने याेजना रहेकाे संस्थाका रञ्जन थापाले जानकारी दिनु भयाे । संस्थाकाे स्थापनाकालदेखि नै खेलिदै आएकाे द्येउसी भैलाे

    कार्यक्रमलाई आगामी बर्षहरूमा पनि प्राथमिकताका साथ निरन्तरता दिइने सचिव थापाले बताउनु भयो। संस्थाले गत अगष्टमा ब्रेनट्रीमा बहुउपयाेगी हुनसक्ने भवन खरिद गरेर आफ्ना संस्थागत क्रियाकलापहरुलाई तिब्रता दिदै आईरहेकाे छ। सामुदायिक केन्द्रका रुपमा सन्चालन गर्ने उद्देश्यकाे साथ कुल १७ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरिएकाे उक्त भवन १४ हजार ४ सय स्क्वायर फुट जमिनमा फैलिएकाे छ । उक्त भवनमा हाल संस्थाकाे नामलाई सम्बाेधन हुने गरी पशुपतिनाथकाे मन्दिर र स्वयम्भु स्तुपा स्थापना गरिएकाे छ । सन् २०१२ मा गठन  गरिएकाे पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फाेन) काे लामाे अथक प्रयास पछि याे सम्भव भएकाे हाे । अमेरिकाकाे यस म्याचेच्युसेट राज्यमा झण्डै ३० हजारकाे हाराहारीमा नेपालीहरु रहेकाे अनुमान गरिएकाे छ । जाे अमेरिका कै  नेपालीहरुकाे ठुलाे संख्या रहेकाे राज्यहरु मध्यकाे एक हाे । यद्यपी  निकै सानाे संख्याले मात्र संस्थासंग सक्रिय आबद्धता जनाई रहेकाले बाँकी ठुलाे संख्यालाई समेट्न बिषेश पहलकदमी गरिनु पर्ने जरुरी देखिन्छ।

  • नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

    नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

    न्यूयोर्क

    नेवा: नख: न्यूयोर्कले  अक्टोबर २८ तारिख सोमबार साँझ बिशेष कार्यक्रमका साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह: पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका सदस्यहरु, नेपाली समुदायका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।

    नख: द्वारा आयोजित म्हः पुजा, संस्थाका महा-सचिव डा. नरेश मान शाक्यद्वारा सहभागीहरूको परिचय गराउँदै सञ्चालित कार्यक्रममा अतिथी सत्कार र दर्तामा संस्थाका कोषाध्यक्ष सुजन श्रेष्ठ, निवर्तमान कोषाध्यक्ष दिपक कुमार प्रधान र रविन्द्र महर्जनले गरेका थिए ।

    प्रथम उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले पुजामा सहाभागी सबै अतिथीहरूलाई स्वागत गदै, नख:को बारेमा छोटो परिचय दिदै नेपाल सम्बत ११४० (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरेका थिए। 

    संस्थाका सल्लाहकार अजय मान छोचूंले म्ह: पुजा र नेपाल सम्बतको महत्वको बारेमा जानकारी दिदै पुजा मन्त्रविधिबाट नेवा: बिधी पूर्बक म्ह: पुजा सम्पन्न गराएका थिए। 

    नख:ले सबै सहभागीहरू लाई म्ह: पुजा बिधीको कपी पनि बितरण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले नेपाल सम्वत ११४० को क्यालेण्डर विमोचन गरी नेपाल सम्वतको महत्व बारे प्रकाश पार्नु भै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभएको थियो। यो नेपाल सम्वतको क्यालेन्डर नख: द्वारा अमेरिकामा चौंथो पटक प्रकाशित गरिएको थियो। 

    न्यूयोर्क सिटीका मेयर बिल दे बलाजियोले नेवा: नख: न्युयोर्कलाई पठाईएको शुभ-कामना सन्देश नख: का महा-सचिव डा. नरेश मान शाक्यले पढेर सुनाएका थिए ।

    उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा उपस्थित प्रमूख अतिथि, नेपाल कन्सुलेटका महा बाणिज्यदुत पुष्प राज भट्टराई लगाएत सम्पूर्ण अतिथीहरू, संघ-संस्थाका प्रतिनिधीहरू, पत्रकारहरू, सहयोगीहरू, स्वयमसेवीहरू, नख:का पदाधिकारी तथा सदस्यहरू र क्यालेन्डरका बिज्ञापनदाताहरू सबै लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रममा कुनै कमी-कमजोरी, त्रुटि भएमा क्षमायाचना पनि ब्यक्त गर्नु भएको थियो।अध्यक्ष प्रधानले संसारभरी रहेका सम्पूर्ण नेपालीहरूलाई नेपाल सम्बत ११४० (नयॉं बर्ष) को शुभकामना पनि ब्यक्त गरेका थिए ।

    महिला स्वयमसेवकहरू संस्थाका सचिव संगीता छोचूं, सह-कोषाध्यक्ष सलोनी वंत श्रेष्ठ, सदस्य नम्रता प्रधान, राधिका कुमारी श्रेष्ठ, कान्तेश्वरी डंगोल, श्रुती अमात्य, अनिता बज्राचार्य,  लघु शाक्य, मोहिनी कर्माचार्य, मैना बज्राचार्य, उजिला प्रधान, सबिना शाक्य, मोनालिसा बज्राचार्य, दिपा महर्जन र मधु श्रेष्ठहरूले सहभागीहरूलाई पुजा गरी सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवकहरू नख:का सदस्य महेन्द्र  कुमार बज्राराचार्य, गौतम कर्माचार्य, संजन प्रधान, जेनिश कर्माचार्य, मनिन्द्र कुमार बज्राचार्य, मृगेन्द्र कुमार बज्राचार्य, अनित श्रेष्ठ, सल्लाहाकार राज कुमार श्रेष्ठ, अभिशेक प्रधान र निकेश महर्जनहरूले  नेपालमैं जस्तो गरी झ्व: भ्वय् (नेवा: भोज) खुवाएका थिए।

    नेवा: नख: न्यूयोर्क, नेवारी परम्परा, चाड-पर्ब, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

  • न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

    न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

    न्युयोर्क

    यही अक्टोबर २८ का दिन न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेको हो । 

    न्युयोर्क सिटी कम्पट्रोलरबाट यो उच्च स्तरको सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने यो सम्मान क्रमश: २०१७ र २०१८ मा  नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र अधिकारले प्राप्त गर्न सफल भएको थियो ।

    दक्षिण एसियालीमुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन् । 

    तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले खुलेर प्रशंसा गरेका थिए । त्यसै गरी तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले “यो सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्युयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने ” बताएकी थिइन् ।

  • बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

    बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपालीहरुकाे महान चाड दशैं र तिहारकाे शुभ अवसर पारेर आयाेजना गरिएकाे दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न भएकाे छ । अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था ग्रेटर बाेस्टन नेपाली कम्युनिटी (जिबिएनसी)द्वारा आयाेजित उक्त कार्यक्रम गत अक्टाेबर २६ का दिन विविध कार्यक्रम गरी सम्पन्न गरिएकाे हाे ।नेपाली राष्ट्रिय गान “सयाैं थुंगा फुलका हामी, एउटैमाला नेपाली ” र अमेरिकाकाे राष्ट्रिय गान गाएर शुभारम्भ गरिएकाे कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुका साथै द्येउसी भैलाे समेत खेलिएकाे थियाे । 

    साेमरभिल सहर(Somerville City )का मेयर  जाेसेफ कर्टाटाेन(Joseph Curtatone)काे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रमलाई कलाकारहरु र डिजेले  मनाेरञ्जनात्मक साँगितिक माहाेललाई उत्कर्षमा पुर्याएका थिए।कार्यक्रममा आफ्नाे शुभकामना मन्तब्य ब्यक्त गर्दै मेयर कर्टाटाेन(Curtatone)ले राष्ट्रपति डाेनाल्ड ट्रम्प आप्रवासी प्रति अनुदार देखिएकाे भएता पनि आफुहरु भने  सकारात्मक नै रहेकाे जिकिर गर्नु भयाे । नेपाली चाड, पर्व,धर्म,संस्कृति,रितिरिवाज, कला,भेषभुषा आदिकाे संरक्षण तथा सम्बर्धन गर्ने मुख्य उद्देश्यका साथ  उक्त कार्यक्रमको आयोजना गरिएकाे संस्थाका अध्यक्ष अर्जुन जंग कुँवरले बताउनु भयाे ।

    ·

    कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे प्रति खुसी ब्यक्त गर्दै अध्यक्ष  कुँवरले प्रतक्ष्य अप्रतक्ष्य रुपमा  सहयाेगी भुमिका निर्वाह गर्नु हुने सबै प्रति आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गर्नु भयाे । “हामी अत्यन्तै खुसी छाै । यसले हामीलाई थप उर्जा दिनुका साथै भावी दिनमा अझ जिम्मेवार भएर क्रियाशिल हुन उत्प्रेरित गरेकाे छ”अध्यक्ष कुँवरले भन्नु भयाे । संस्थाका सचिव परशुराम फुयालद्वारा सञ्चालित तथा कुँवरकाे अध्यक्षता रहेकाे कार्यक्रममा बिषेश अतिथि बुद्धिनारायण श्रेष्ठले बिषेश मनतब्य दिनु भएकाे थियाे । प्रति टिकट २५ डलर शुल्क रहेकाे गीत संगीतमय उक्त मनाेरञ्जनात्मक कार्यक्रममा नेपाली स्वादिष्ट परिकारहरुकाे समेत ब्यवस्था गरिएकाे थियाे । सन् १९८९ काे दशैंकै अवसरमा भएकाे नेपालीहरुकाे भेलाले जन्माएकाे यस संस्थाले हरेक बर्ष दशैं तिहारकाे अवसर पारेर  गर्दै आएकाे यस प्रकारकाे  कार्यक्रमलाई  यस बर्ष अझै परिस्कृत ,बृहत र परिणाममुखी बनाउन  सफल भएकाे संस्थाका माहासचिव राज थापाले बताउनु भयो । भावी दिनमा अझ   धेरैलाई समेटेर कार्यक्रम थप प्रभावकारी बनाउन संस्था प्रतिबद्ध भएर लाग्ने बताउदै माहासचिव थापाले भावि दिनमा पनि सबैबाट महत्वपूर्ण सल्लाह सुझाब सहित आ-आफ्नाे ठाँऊबाट सक्दाे सहयाेग पुर्याउनु हुन सबैलाई आग्रह समेत गर्नु भयाे । झण्डै तिस हजार नेपालीहरुकाे बसाेबास रहेकाे यस राज्यमा नेपाली समुदायका बिच संस्थाले संस्थाकाे उद्देश्य अनुसार बेला बखत विभिन्न क्रियाकलापहरु गर्दै आइरहेकाे छ ।यद्यपि नेपालीहरुकाे ठुला हिस्सा संस्थामा आबद्ध हुन बाँकी नै रहेकाले सबैलाई समेट्न सबैले संयुक्त पहलकदमी गर्नु पर्ने जरुरी देखिन्छ ।

  • ‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

    ‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

    न्युयोर्क/अमेरिका

    आगामी वर्ष ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले दोलखा श्यामा शेर्पा समाज अमेरिकाले पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि नेपाल सरकारले बिदेशी पर्यटकलाई आर्कषित गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
    अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाईड तथा इन्स्ट्रक्टर पासाङ् शेर्पाले नेपाल भ्रमण बर्ष २०२० (भिजिट नेपाल २०२०) लाई अझ प्रभावकारी बनाउन र पर्यटनक्षेत्रको बिकास र बिस्तार गर्नका लागि नेपाल सरकारले अन्तराष्ट्रिय अल्प्पाईन गाईड एशोसियनसँग मिलेर प्रसारप्रचार तिब्र बनाउनुपर्ने सुझाव दिएका छन् । साथै नेपालमा पर्यटकलाई लगाउने शुल्कमा एकद्वार प्रणाली लागु गर्नु पर्नेमा जोड दिए ।
    नेपाल अमेरिकन क्लाइम्बर्स एशोसियनका अध्यक्ष पासाङङिमा शेर्पाले हिमाल आरोहणमा जोखिम मोलेर काम गर्ने शेर्पाहरुलाई बुढेसकालमा कुनै सुबिधा नभएको गुनासो गरे । जसले गर्दा शेर्पाहरु बिस्तारै पेशाबाट पलायन हुन थालेको बताए । एनआरएनका पर्यटन संयोजक तथा शेर्पा किदुगका पुर्व महासचिब आङजाङ्बु शेर्पाले सडक बिस्तार र बिकासको नाममा ट्रेकिङ पदयात्राको रुटहरु नस्ट पार्न नहुने बताउँदै बाह्य पर्यटक भित्र्याउनका लागि कतिपय पुरानो शैली परिवर्तन गरी गुगल, ट्विटर, फेसबुक आदिमा बिज्ञापन गर्नुपर्ने बताए । ‘बिदेशी पर्यटक तान्नका लागि नेपालको सडक, बाटो एयरपोर्टको सुधार तथा फोहोर ब्यबस्थापन हुनु पनि उत्तिकै जरुरी छ’ उनले भने ।
    सहभागीहरुले धार्मिक पर्यटक बढाउन लुम्बिनी क्षेत्र तथा धार्मिक स्थलहरुको संरक्षण गर्नुपर्ने बताएका थिए । बिगतमा लुम्बिनी क्षेत्रमा बुद्धका मूर्तिहरु तोडफोड भएको बिषयमा अहिलेसम्म सरकारबाट कुनै किसिमको सुनुवाई र कारबाही नभएको गुनासो गरेका थिए । पर्यटन क्षेत्रमा दुःख, संघर्ष गरेका अनुभवीलाई अवसर दिनुपर्ने, पर्यटन क्षेत्रको झन्झटिलो शैली हटाउनु पर्ने, नेपाल भ्रमण बर्षबारे बिश्वभर प्रसारप्रचार गर्नुपर्ने लगायत सहभागीहरुको सुझाव थियो ।
    शेर्पा संघ अमेरिकाको कार्यबाहक अध्यक्ष ल्हाक्पा देन्डी शेर्पाले नेपालमा पर्यटन ठुलो सम्भावना र श्रोत भएपनि सरकारले पुर्वधारहरुको खासै बिकास गर्न नसकेको बताए । न्यूयोर्कस्थित नेपाली महाबाणीज्यदूत पुष्पराज भट्टराईले सरकारले यो गरेन त्यो गरेन भनेर गाली गर्नु भन्दा कसरी राम्रो गर्न सकिन्छ भन्नेबारे सुझाव र सहयोग गर्न आग्रह गरे ।
    कार्यक्रममा पर्यटन सदभावना दूत तथा मिसेस नेपाल टुरिज्म छिरिङ्गडोल्मा शेर्पालाई सम्मान गरिएको थियो । छिरिङ्गडोल्माले नेपाल सरकारले आफुलाई सुम्पेको जिम्मेवारी ईमादारिता पुर्वक पुरा गर्ने बताएकी थिइन् ।

  • ‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

    कल्पना घिमिरे

    न्यूयोर्क/अमेरिका
    पञ्चायती शासन विरुद्ध शसस्त्र क्रान्ति गर्नका लागि रकम जुटाउन के कसरी योजना बनाइएको थियो भन्ने बारे ‘हाइज्याकिङ फर डेमोक्रेसी’ नामक बृत चित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगार्थ गत शुक्रबार न्यूयोर्कमा बृतचित्र प्रदर्शन गरिएको हो ।
    पत्रकार जगत नेपालले तयार पारेको बृतचित्रमा नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते गरेको जहाज अपहरणको घटनाको वास्तविकता देखाइएको छ । ‘हाइज्याकिङ फर डेमोक्रेसी’ मा ४६ वर्ष अघिको घटनामा संलग्न बास्तविक पात्र हरुको अनुभव समेटिएको छ ।
    तात्कालिन समयमा शसस्त्र क्रान्ती गर्दा सेनाहरुलाई खाजापानीका लागिसमेत खर्च अभाव थियो । खर्च जुटाउन नसकेपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जहाज अपहरण गर्ने योजना बनाइएको थियो । नेपाल राष्ट्र बैंकको ३० लाख रुपैयाँ बोकेर बिराटनगरबाट काठमाडौंका लागि उडेको जहाजलाई भारतको फारवेशगञ्जमा अवतरण गराएर क्रान्तकारीहरुले ३० लाख भारतीय रुपैया कब्जामा लिई जहाज र यात्रुलाई सकुसल फकाई दिएको घटनाको वास्तविकता बृत्रचित्रले उतारेको छ ।
    त्यतिबेलाको समयमा जहाज अपहरणको योजना कसरी बनाइयो, ३० लाख रुपैयाँ बोकेर जहाज उड्दैछ भन्ने गोप्य सुचना कसरी प्राप्त भयो ? जहाज अपहरण गरेर पैसा लिने कुरा बीपी कोइरालालाई कसरी मनाइयो ? जहाजका यात्रुहरुलाई सरक्षित रहेको कसरी आश्वस्त पारियो ? लगायत विषयलाई बृतचित्रले निकै महत्वपूर्ण ढंगले प्रस्तुत गरेको छ । ‘यो एउटा बृतचित्र मात्र होइन वास्तविक घटनाको गहिरो रिसर्च पनि हो’ बृतचित्र हेरिसकेपछि प्रतिक्रिया दिँदै अनन्त सुवेदीले भने, ‘वास्तविक घटनाका वास्तविक पात्रहरुको अनुभवलाई प्रत्यक्ष प्रस्तुत गर्दै बनाइएको दक्षिण एसियाकै पहिलो बृतचित्र पनि हो । यसलाई मुलुकको एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज नै भन्दा हुन्छ ।’
    बृतचित्रमा जहाज अपहरणका योजनाकार, अपहरणकारी, पाइलट र यात्रु लगायत रियल क्यारेक्टरबाटै अपहरणको कथा र वास्तविकता सुनाइएको छ । विगतमा जहाज अपहरणका मुख्य कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइराला, र सहयोगी भुमिका खेल्ने स्वर्गीय शुशिल कोइराला, स्वर्गीय चक्र बाँस्तोला लगायतको भोगाइ र अनुभवलाई प्रत्यक्ष समेटिएको छ । मरेर गइसकेका देशका धरोहरहरुले प्रत्यक्ष बोल्दा विगत झल्किन्छ ।
    बृतचित्र प्रदशर्नी निशुल्क गराइएको थियो भने सहभागीहरुले स्वइच्छाले रकम सहयोग गरेका थिए । सहभागीबाट संकलन भएको ७४२ अमेरीकी डलर शुक्रबारै फाउण्डेशनलाई बुझाइएको थियो ।

  • न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

    न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

    अक्टोबर, २७ न्यूयोर्क

    २६ अक्टोबर, शनिबार साँझ किराँत वलिहाङ तङनाम, न्यूयोर्कले न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसको सभाकक्षमा दीपावली साँझ मनाएको छ । फिप्ना अन्तर्गत रहेको यस आदिबासी संस्थाले नेपाली समुदायमाझ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सहित तङनाम साँझ मनाएको हो ।

    कार्यक्रमको पहिलो सत्रमा औपचारिक कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारीहरुले ईतिहासमा योगदान पुर्याएका ईमान सिंह चेम्जोङ, राष्ट्रिय बिभुती फाल्गुनन्द र सिरिजुंगाको तस्बिरमा माल्यार्पणगरी उनीहरुको योगदानलाई समरण गरेका थिए ।

    यसै अन्तर्गत फिप्नाका अध्यक्ष मान राना मगरले प्रबासमा गरिने यस्ता कार्यक्रमले हाम्रो कला, संस्कृती र चाडपर्वको गरिमा अझ उँचो बनाएको बताए । संस्थाका अध्यक्ष बिरेन्द्र हाङ् लाबुङ्ग लिम्बुले कार्यक्रममा उपस्थित समुदायलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता कार्यक्रम अझ शसक्त गर्ने बताएका छन् । कार्यक्रममा लिम्बुभाषामा गाजाबाजा सहित देउसीभैलो खेलिएको थियो । देउसी टोलीले राम्रो दक्षिणा उठाएका थिए । 

    कार्यक्रमको सञ्चालन प्रस्तोता सुमन थाम्सुहाङ लिम्बुले गरेका थिए भने दोश्रो सत्रको सांस्कृतिक कार्यक्रमलाई लमु लामा लिङ्देनले गति दिएका थिए ।

    साँस्कृतिक कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएका नृत्यहरु बसन्त डान्स सेण्टर न्यूयोर्कका बिजय नकर्मीले कोरियोग्राफ गरेका थिए । त्यसै गरी स्थानीय गायिक गायिकाहरुले बिभिन्न नेपाली गीतहरुले मनोरञ्जन गराएका थिए । कार्यक्रममको अन्त्यमा डिजे एलएसको डिजेईङ चलेको थियो ।

  • काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

    काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ ।

    गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको छैन ।

    तर, एनआरएन भने जिम्मेवारीबाट भने हटिसकेको छ । एनआरएनएले २७ असोजबाट एनआरएनए लाप्राकको बस्ती निर्माणबाट अलग हुने निर्णय गरेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच एक सम्झौता भएको छ । जसअनुसार लाप्राकको बस्ती पुनर्निर्माणबाट एनआरएनए बाहिरिएको छ ।

    एनआरएनएले ५ सय ७३ घर बनाउन जिम्मेवारी लिएर काम थालेको थियो । घरहरु निर्माण भएपनि फिनिसिंगको काम बाँकि छ । अन्य अत्यावश्यक पूर्वाधार बनिसकेका छैनन् ।

    आर्थिक कारण देखाउँदै एनआरएनले भने जिम्मेवारीबाट पन्छिएको हो ।

    सम्झौता अनुसार अब आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक लागतको अध्ययन गर्न प्राधिकरण, एनआरएनए र गाउँपालिकाका प्रतिनिधि रहेको प्राविधिक टोली निर्माण गरिएको छ । त्यसका आधारमा थप निर्णय हुने बताइएको छ ।

  • गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    न्यूयोर्क

    गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत “बसी सक्यो…” युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ ।

    गीतको म्युजिक भिडियोमा एमयुए तनिशा लामाको श्रृङ्गारमा गायिका आफै देखिएका छन् भने गीतको फिल्मांकन वज्र फिल्म ईंक, न्यूयोर्कले गरेका हुन् । जुन अमेरिकामा तयार भएको हो ।

    गीतकार गीता खत्री थप्छन्; ” यो गीत प्रेमरसमा लेखिएको साथै संगीतकार र गायिकाले मेहेनत गरेकोले सबैको मन जित्नेछ” । गायिका लामाले यस गीतबाट उनले नेपाली माधुर्य संगीत मनपराउने दर्शक श्रोताको अपेक्षा पुर्ति हुने बताएकी छिन् ।

    गायिकाले सम्पूर्ण टिम लगायत एन्जिला लामा, एलिसन लामा र अलिशेष राईलाई विशेष धन्यबाद दिएका छन् । पछिल्लो समय गायिका सिर्जनाले समय अन्तरमा बजार गीत ल्याउने गरेतापनि स्तरीय गीत ल्याउने गरेको छ ।

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    न्यूयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो ।

    १. अध्यक्ष  – शकुन ज्ञवाली   

    २. उपाध्यक्ष  – सान्ता घिमिरे 

    ३. महासचिव – राजन महर्जन 

    ४. सचिव- मेनका पराजुली 

    ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल 

    ६. बोर्ड सदस्य – सिर्जना लामा 

    ७. बोर्ड सदस्य – शोभा गौतम

    अनेसास न्यूयोर्क च्याप्टरका नव गठित पदाधिकारीको पदावधि २ वर्षको हुनेछ । नयाँ कार्यसमितिलाई निबर्तमान अनेसास न्यूयोर्क चाप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टिमले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

  • गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

    गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ । यस्तो छ घोषणा पत्रको पूर्ण पाठ :

    ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघ/संस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं ८० देशका २ हजार ६ सय ५६ जना गैरआवासीय नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

    साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघ/संस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित काठमाडौँ घोषणापत्र जारी गर्दछ ।

    १.    यो सम्मेलन तीनै तह(संघीय, प्रादेशिक र स्थानीय सरकार)को निर्वाचन सम्पन्न भई मुलुकभित्र बलियो र स्थायी सरकार क्रियाशिल भएकोमा खुसी व्यक्त गर्दछ । संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ ।

    २.    सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीनवटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउदै उपरोक्त लक्ष्यहरू पुरा गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

    ३.    विश्वभरका गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोगमा भूकम्प प्रभावितहरूको लागि गोरखा जिल्ला, धार्चे गाउँपालिकाको लाप्राकमा निर्माणाधिन एकीकृत नमूना बस्ती परियोजना अन्तर्गत भूकम्प प्रभावितहरूको लागि ५७३ घर निर्माण कार्य सम्पन्न भई बसोवास हुन थालेको छ । यस परियोजनालाई पूर्णता दिन सहयोग गर्ने नेपाल सरकार, नेपाली सेना, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्था, स्थानीय बासिन्दा तथा स्वयंसेवकबाट प्राप्त सहयोगका लागि यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ ।

    ४.    नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागिपर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।

    ५.    नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले नेपाल सरकारसँग सहकार्य गर्नेछ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान)सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्नेछ ।

    ६.    नेपाल सरकारले घोषणा गरेको नेपाल भमण वर्ष २०२० लाई सफल पार्न  अतिथि देवो भव: लगायतका अभियानलाई शसक्त रुपमा लगिएको सर्वविदितै छ । अवको केही महिनापछिनै औपचारिक रूपमा शुरूवात हुने भमण वर्षलाई भव्यरूपमा सफल बनाउन संघले विश्वभरि रहेको आफनो बलियो संजाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गर्दछ ।

    ७.    विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।

    ८.    नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघले नेपालीहरूलाई पुर्‍याई आएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।

    ९.    सरकारले अभियानको रुपमा अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैर आवासीय नेपाली संघले आफ्नो प्रतिवद्धता जाहेर गरिसकेको छ । यस क्रममा ठुला आयोजनामा नेपाल लगानी बोर्डसंग सहकार्य गरी सहजकर्ताको भुमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाहय लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ता (Catalyst) को भुमिका निर्वाह गर्नेछ ।

    १०.   वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसंग अविलम्व दोहोरो कर उन्मुक्तिको संझौता (Double Taxation Avoidance Agreement-DTA), लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अविलम्व गर्न नेपाल सरकारसंग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भुमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

    ११.   गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले एक दशक पार गरिसकेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली संघ र अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन आह्वान गर्दछ ।

    १२.   नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

     

    सन् १८ अक्टोवर २०१९ ।

  • यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

    यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

    कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मंगलबार बाट राजधानीमा शुरु सम्मेलनका दौरान बिहीबार मात्र मतदान भएको थियो ।

    विवादका बीच एक दिन लम्बिएको सम्मेलनमा शुक्रबार नयाँ कार्यसमितिको नतिजा सार्वजनिक गरिएको हो ।

    शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्तले प्रत्यासी कूल आचार्यलाई १४७ मत अन्तरले हराए । पन्तले एक हजार २१७ मत ल्याउँदा आचार्यको भागमा एक हजार ७० मत प्राप्त भयो ।

    महिलासहित ५ उपाध्यक्षमा पन्त र आचार्य प्यानलको मिश्रित परिणाम आएको छ । खुलामा पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८०) र आचार्य समूहका मन केसी (९६१०) विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    महिला उपाध्यक्षमा आचार्य समूहकी रविना थापाले १२२१ मत पाएर विजयी भइन् । उनले सपिला राजभण्डारीलाई हराएकी हुन।

    राजभण्डारीले ८६३ मत पाइन् । २ सचिवमा गौरीराज जोशी (९१६) र आर के शर्मा (८६८) मतसहित विजयी भए । कोषाध्यक्षमा महेश कुमार श्रेष्ठ (१६५३) मत पाएर विजयी भए । सहकोषाध्यक्षमा लोकप्रसाद दाहालको ११८४ मत आयो । उनीसमेत विजयी भए ।

    महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) मत पाएरविजयी भए । मध्यपूर्व र अफ्रिकाका सबै क्षेत्रमा सबै उमेदवार निर्बिरोध निर्वाचित भएका छन् ।

    मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध निर्वाचित भएका छन् ।

    महिला संयोजकमा सुमित्रा देवी पौडेल र युवा संयोजकमा राजु रेग्मी निर्बिरोध निर्वाचित भए ।

    अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ मतसहित विजयी भए । उनले दई उमेदवारलाई हराएका हुन् । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) मतसहित विजयी भएका छन् ।

    महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएको समितिले उल्लेख गरेको छ ।

    अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४) विजयी भए । उपसंयोजकमा राम सी पोखरेल (१५०) विजयी भएको समितिले जानकारी दिएको छ । महिला संयोजकमा उमा कार्की थापा (१४४) विजयी भइन् ।

    युवा संयोजकमा विमला सापकोटा निर्बिरोध निर्वाचन भएको समितिको भनाई छ । ओेसेनियाको संयोजकमा होमनाथ पाण्डे १०५ मतसहित विजयी भए ।

    प्रतिस्पर्धी दिनेशराज जोशीलाई मात्र ३ मतले हराउँदै उनी विजयी भएका हुन् । उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भए ।

    महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्बिरोध निर्वाचित भए । युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भए ।

    यस पटकको निर्वाचन विवादरहित भने हुन सकेन । रजनीतिबाट पर राख्ने घोषणा गरेका एनआरएन नेतृत्व अन्त्यमा दलको टिका लगाएर विजयी भए । सोहीकारण सम्मलेन बढी विवादित बन्न पुग्यो । यसअघि एनआरएनएको अध्यक्ष भवन भट्ट थिए ।

  • एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

    एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि जारी मतगणनाको ४० प्रतिशत मत गणना सकिएको छ ।

    यसको औपचारिक जानकारी भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । पछिल्लो मतपरिणाम अनुसार आचार्यलाई जितेर कुमार पन्तले अग्रता बनाएका छन् ।

    बिहीबार राती अबेर सम्पन्न मतगणनाको नतिजा शुक्रबार अपरान्हसम्म सकिने छ । निर्वाचनमा खसेको कुल २ हजार ३ सय ४१ मतमध्ये ८ सय हाराहारी मत गणना भइसकेको छ ।

    यसमा पन्तले आचार्यलाई ७० मतले उछिनेका छन् । पन्तले ४ सय ७५ मत पाउँदा आचार्यले ४ सय ५ मत पाएक छन् ।

  • गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

    गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

    काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ ।

    बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ ।

    बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले नयाँ नेतृत्व चयन गर्न लाइन बसिसकेका थिए ।

    तर, साँझ अकस्मात मतदान स्थगित भएको घोषणा भयो । आयोजकले विद्यूतीय मतदान गर्ने भोटिंग मेसिन बिग्रिएको बताएको छ ।

    तर, आन्तरिक विवाद उत्पन्न भएपछि मतदान नै रोकिएको हो । सम्मेलनमा विधानविपरीत प्रतिनिधिको घुसपैठ भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको स्रोतले जानकारी दिएको छ ।

    सोहीकारण मतदान रोकिएको हो । मतदान रोकिएपछि आक्रोसित गैरआवासीय नेपालीले हायात होटेलमा तोडफोड गरेका छन् ।

    कुर्सी भाच्ने तथा चर्को नाराबाजी गरेका छन् । उनीहरुले बुधबार दिनभरजसो होटेल परिसरमा होहल्ला गर्दै ताण्डव देखाएका थिए

    गैरआवासीय नेपालीको यस्तो हर्कतको भने सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

    कतिपयले भनेका छन्, ‘तिमिले छाडेर गएको नेपाल निकै सभ्य भइसकेको छ महासय, तिमी त अझै उस्तै रैछौ ।’ अर्का एक फेसबुक प्रयोगकर्ताले भनेका छन्, ‘२०६३\६४ सालताकाका वाइसीएल र यूथफोर्स विदेश पसेर एनआरएन भएका रैछन्, आफ्नो पारा देखाए ।’

    खासगरी निर्वाचनमा राजनीति नघुसाउने बताएका गैरआवासीय नेपाली आफै नेकपा र कांग्रस खेमा गरी विभाजित भई निर्वाचनमा होमिएपछि निरन्तर विवाद भइरहेको छ ।

  • गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

    गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलन काठमाडौंमा जारी छ ।

    बिहीबारसम्म चल्ने सम्मेलनमा बुधबार निर्वाचन हुने कार्यक्रम तय भएकोमा साँझ ८ बजेसम्म मतदान शुरु हुन सकेको छैन । बुधबार दिनभर जसो काठमाडौंको हायात होटेलमा नाराबाजी र हुटिंग भइरह्यो ।

    निर्धारित समय अनुसार साँझ ७ बजेबाटै मतदान शुरु हुन पर्ने थियो ।

    मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोधगायतका सम्पूर्ण काम सकिएपछि मतदान सुरु हुने बताइएपनि मतदान हुन सकिरहेको छैन ।

    अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् ।

    बुधबार अध्यक्षका प्रत्यासी आचार्यले पन्तको टीमका कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशीलाई आफ्नो प्यानलमा फर्काएका छन् ।
    श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा परिचित अनुहार हुन् ।

  • गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

    गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

    काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन मंगलबारबाट राजधानीमा शुरु भएको छ । करीव ८५ देशका २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन बिहीबारसम्म चल्ने छ ।

    सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र लगानीमैत्री वातावरण बनेको भन्दै लगानी बढाउन गैरआवासीय नेपालीसँग आह्वान गरिन् ।

    राजनीतिक स्थायित्व, लगानीमैत्री नीति तथा कानूनहरु र शान्ती सुरक्षाको मजवुत अवस्थाका कारण यसबेला नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको सरकारको तर्क रहेको छ ।

    नेपालमा आन्तरिक र बाह्या दुबै ढंगले लगानीमैत्री वातावरण बनेको उनको भनाई थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको समृद्धिको यात्रामा सरकारलाई साथ दिन गैरआवासीय नेपालीसँग अनुरोध गरे ।

    मुलुक उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको समेत उनको भनाई छ । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

    गैरआवासीय नेपाली उर्जावान रहेको भन्दै उनले जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार आश्वासन समेत दिएका छन् । त्यसका लागि सरकारले आफूहरुको समस्यालाई गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

    पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीको ठूलो खर्च मातृभूमिमै भइरहेको भन्दै लगानी अनुसारको प्रतिफल सुनिश्चित गराउन सरकारसँग आग्रह गरे ।

    संघको यो सम्मेलनले आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्वको समेत चयन गर्ने भएको छ । त्यसका लागि बुधबार निर्वाचन हुने कार्यक्रम रहेको छ । निर्वाचनमा वामपन्थी समूहबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा उत्रिएका छन् ।

    हरेक विषय राजनीतिकरण भएको भन्दै सरकारको तिब्र आलोचना गर्ने गैरआवासीय नेपाल आफूहरु स्वयमः भने दुई पार्टीको खेमामा विभाजित भएका छन् ।

    संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं सम्मेलन नै बहिस्कार गरिदिएका छन् । सम्मेलनको व्यवस्थापन भने निकै भद्रगोल देखिएको छ ।

    राष्ट्रपतिको सम्बोधनका क्रममा प्रेस पास बोकेका पत्रकारलाई समेत समाचार संकलनमा सुरक्षाकर्मीले रोक लगाएपछि सम्मेलनको व्यवस्थापनप्रति आलोचना भइरहेको छ ।

  • मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

    मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन काठमाडौंमा मंगलबारबाट प्रारम्भ हुँदैछ । बिहीबारसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मलेन उद्घाटनको तयारी भइरहेको छ । सम्मेलन बिहीबार समाप्त हुनेछ ।

    चुनावी सम्मेलन भएका कारण पनि अहिले काठमाडौंमा गैरआवासीय नेपालीहरुको सरगर्मी बढीरहेको छ ।

    आगामी कार्यकालका लागि अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिदैँछन् । निर्वाचनको कार्यक्रम बुधबारका लागि राखिएको छ ।

    संघका अनुसार ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि विश्व सम्मेलनमा भाग लिन काठमाडौंमा भेला भएका छन् ।

    आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच भिडन्त हुँदैछ ।

    संघले सोमबार पत्रकार सम्मेलन गरी विश्व सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । पन्तको प्यानलमा उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, रविना थापा र मन केसी रहेका छन् ।

    आचार्य प्यानलमा भने महासचिवमा जानकी गुरूङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन् । पर्वतका आचार्य बेलायतको लण्डन निवासी हुन् । उनी हस्पिटालिटीमा जमेका व्यवसायी हुन् ।

    गोरखाका पन्त भने जर्मनी निवासी हुन । उनी पनि आतिथ्य सेवाबाटै उदायका व्यवसायी हुन् । उनले यूरोपका विभिन्न मुलुकमा होटेल खोलेका छन् ।

    गैरआवासीय नेपालीहरु विश्व सम्मेलनलाई एक उत्सवका रुपमा मनाउने गर्छन् ।

    यस दौरान घरमा पनि आफन्तसँग भेटघाट हुने, चाडबाड समेत मनाइने र सम्मेलनमा पनि भाग लिने गरी धेरै गैरआवासीय नेपाली स्वदेश फर्किएका छन् ।

  • अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

    अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

    गोविन्द गिरी प्रेरणा / भर्जिनिया

    अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् ।

    सन् २०१७ मा पहिलो पटक नविन र लुनाको अग्रसरतामा कलिवुड नाइटको शुरुवात गरेका थिए । २०१८ मा यसलाई निरन्तरता दिए । तर ती दुवै वर्ष नेपालका कलाकार पनि संलग्न थिए । तर यस वर्ष “कलिवुड नाईट २०१९’’ मा भने स्थानीय कलाकारहरुवाटै पूरै कार्यक्रम तयार भयो र अत्यधिक सफल पनि भयो । यसवाट स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाए । कलिउड नाइटले “सुपर मम’’ को अवधारणा सन् २०१७ मा ल्यायो, जसमा गृहिणी महिलाहरुलाई मञ्चमा उतारिएको थियो । यो पहिलो वर्ष हट केक भयो । दोश्रो वर्ष पनि उत्तिकै रुचाइयो । र यस वर्ष पनि झनै रुचाईयो । पहिलो वर्ष केवल सुपर मम मात्र थिए भने दोश्रो वर्ष साना वालिकाहरुलाई पनि समावेश गराईएको थियो । यस वर्ष सुपर ड्याडहरु पनि थपिए ।

    यस वर्षअत्याधिक बालवालिकाहरु समावेश गरिएका थिए । आजका वालवालिका नै भोलिका उज्ज्वल तारा हुन् । तिनले आजै मञ्च पाउँदा भोलि ती मध्येवाट उत्कृष्ट कलाकार वन्ने सम्भावनाको ढोका खुल्दछ ।

    संघारमा आएको दशैंलाई सङ्केत गर्दै दुर्गा भवानीको आराधनावाट शुरु भएको कार्यक्रम छिट्टै आउने तिहारको देउसीवाट समापन हुँदा सारा दर्शकहरुले दशैं र तिहारको झझल्को महशूस गर्न पाएका थिए । कार्यक्रममा साना साना केटाकेटीहरुदेखि राम मालाकार जस्ता वयोवृद्ध जेष्ठ नागरिकसम्मलाई मञ्चमा उतार्नु कम मेहनतको कुरा थिएन, कम महत्वको कुरा थिएन ।

    कार्यक्रमको पहिलो आइटम दुर्गा स्तुति तथा मङ्गल गान थियो जसमा कलाकारहरु सोनिका महत दर्गाको रुपमा थिइन् भने अरु कलाकारहरु थिए रिया श्रेष्ठ, रिचा ढकाल, दिप्ती अधिकारी, स्वाति गुप्ता, अक्षरिका खनाल, अनुष्का पाण्डे, नितिश चौधरी, दीया पौडेल र अङ्किता कोइराला थिए ।

    त्यसपछि कलिवृड नाइट २०१९ को आयोजकको तर्फवाट नविन केसी र लुना श्रेष्ठले स्वागत अभिवादन गरेका थिए ।

    त्यसपछि आएका थिए कार्यक्रमलाई शुरुदेखि अन्तसम्म डोर्याएर लैजाने उद्घोषकहरु परशु तिमिल्सिना, समीक्षा सापकोटा र रिचा ढकाल । डिसी मेट्रो क्षेत्रका लागि रमाइलो र प्रभावकारी उद्घोषणमा चिनिएका प्रतीभा हुन् परशु तिमिल्सिना । नयाँ प्रतिभा समिक्षाका साथै वाल कलाकार तथा भविष्यका उद्घोषकका रुपमा रिचा ढकाललाई मञ्चमा ल्याउनु यो कार्यक्रमको अर्को विशेषता थियो ।

    त्यसपछि सुपर लिटिल गर्लस् नृत्य प्रस्तुति थियो । वालकलाकारहरुमा; स्वस्तिका ज्ञवाली, सुहाना शाही, प्रितिका रिजाल, प्रनिशा रिजाल, इभा गुरागाईं, किन्जल रिजाल, रेजाल पाण्डे, किन्जल शर्मा, विभूति अधिकारी, अर्विना तिवारी, अन्सुया सुवेदी, रेवा वस्नेत, सदीक्षा वस्याल तथा सुभी भुषाल ।

     

    त्यसपछिको अर्को प्रस्तुति थियो डम्फूमा वज्यो ए कान्छा गीतमा रिया श्रेष्ठ, रोमा भण्डारी तथा आस्था ढकालको रमाइलो नृत्य ।

    त्यसपछि आएका थिए न्यूयोर्कलाई कर्मथलो वनाएका गायक जगदीश समालको । उनले अन्जु पन्तले गाएको अत्यधिक लोकप्रिय गीत “न विर्से तिमीलाई, न पाएँ तिमीलाई’’ वोलको गीत मेल भ्वाइस प्रस्तुत गर्दै अरु गीत समेत गाएका थिए ।

    चाहिन्छ वसन्त मेरो तनमन भरि गीतको वोलमा त्यसपछि अर्को रमाइलो सामुहिक नुत्यको प्रस्तुति थियो जसमा कलाकारहरु लुना श्रेष्ठ, राहुल केसी, रोमा भण्डारी, रिया श्रेष्ठ, अङ्किता कोइराला, दीया पौडेल, दीप्ति अधिकारी, रीचा ढकाल, आस्था ढकाल, आयुशा ढकाल, अनुष्का पाण्डे, नितिशा चौधरी, तेजस्वी पाण्डे र स्वाती गुप्ताले मनमोहक नृत्य प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भएका थिए ।

    लिटिल रकस्टार शान राजभण्डारीले आफ्नो प्रतिभाको चमत्कार नै देखाएका थिए । शानका अलावा अरु कलाकारहरुमा रायन वस्नेत, आदित्य निरौला, निशान्त रिजाल, शादिक मुडभरी, संस्कार वुढाथोकी तथा आयन एस राथोर थिए ।

    त्यसपछिको प्रस्तुति थियो, गायिका नलिना चित्रकारको । आफ्ना पुराना तर लोकप्रिय गीतले नित्य निरन्तर दर्शकलाई लट्ठ पार्न सक्ने नलिनाले आफ्ना सदावहार गीतहरु “कहाँवाट आयो…’’ तथा “चाहिंदैन हिरा र मोती मायाँ भए पुग्छ..’’ प्रस्तुत गरेर दर्शकको मन जितिन् र मध्यान्तर भयो ।

    खचाखच पूरा भरिएको हलका दर्शकहरु त्यसपछि मोमो र सेलरोटी तरकारीका लाईनमा लागेका देखिन्थे ।

    मध्यान्तरपछिको नृत्य नेपालको भौगोलिक विविधता झल्काउने, भाषिक विविधता झल्काउने तथा साँस्कृतिक विविधता झल्काउने खालको थियो, वहु साँस्कृतिक प्रस्तुति जसमा धिमाल, नेवारी, भोजपुरी तथा शेर्पा नृत्यहरु तथा टप्पा नृत्य प्रस्तुत गरिदा अनेकतामा एकता नेपालको विशेषता भन्ने उखान चरितार्थ भएको महशूस गर्न सकिन्थ्यो । यो नृत्यमा यज्ञमान शाक्य, राहुल केसी, सविना वज्राचार्य, सुहाना शाही, स्वस्तिका ज्ञवाली, रोमा भण्डारी, रिया श्रेष्ठ, दीप्ति अधिकारी, अङकिता कोइराला तथा स्वाती गुप्ताले भाग लिएका थिए । यसले यौटा राम्रो सन्देश प्रवाह गरेको थियो ।

    त्यसपछि आँखैमा गजल लाएर हेरुँ भन्छु वोलको गीतमा नृत्य प्रस्तुत भएको थियो जसमा अङ्किता कोइराला, दीप्ति अधिकारी, रीचा ढकाल, दीया पौडेल, स्वाती गुप्ता, नितिशा चौधरी, अनुश्का पाण्डे, सुधात्री शर्मा, अक्षरिका खनाल र वेन्जु राजभण्डारीले छमछमी नाचेर मनोरञ्जन प्रदान गरेका थिए ।

    यस कार्यक्रममा पहिलो पल्ट सदावहार लोकगायक प्रेमराजा महतले कलाकार रीमा केसीका साथ तथा वालकलाकारहरुसहित गीत प्रस्तुत गरे नृत्यको साथमा । यो उनको यसप्रकारको पहिलो प्रस्तुति थियो । उनीहरुलाई साथ दिने वाल कलाकारहरु थिए ऐश्वर्य निरौला, सुयक्षा नेपाल, सदीक्षा मुडभरी, रेहाना नेपाल, श्लेष्मा पन्त, सिमरन ढकाल, यासी डि आचार्य, आर्या वानिया, विनिशा अधिकारी, समा भुषाल, ओजस्वी केसी तथा आर्जु कार्की ।

    त्यसपछिको प्रस्तुति थियो वहुप्रतिक्षित सुपर ममहरुको प्रस्तुति जसमा यसपल्ट सुपर ड्याडहरुले पनि साथ दिएका थिए । केसी डान्स सेण्टरले लगातार तेश्रो वर्षसम्म प्रस्तुत गर्दै आइरहेको यो नृत्य सधैं लोकप्रिय रह्यो र यसपाली झनै मन पराए दर्शकहरुले । “चोली राम्रो पाल्पाली ढाकाको…’’ वोलको गीतमा नृत्य गर्ने सुपर ममहरु थिए रुविना प्रजापती, सविना वज्राचार्य, सोनिका महत, जया श्रेष्ठ, सुजना ढकाल, रेखा एस भण्डारी, अर्चना लामा, गीता नेउपाने, गौरी गजुरेल, वविता श्रेष्ठ, सम्झना खतिवडा भने सुपर ड्याडहरु यमन श्रेष्ठ, युवराज ढकाल, माधव भण्डारी तथा कृष्णा ढकालले साथ दिएका थिए ।

  • न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

    न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

    न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

    क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले संयुक्त रूपमा रिबन काटेर संस्थाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, प्रतिनिधी एवं सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

    संस्थाका व्यवस्थापक सुदर्शन कडरियाले ‘विक डे’ मा दैनिक विहान साढे ९ बजे देखि साँझ ५ बजेसम्म सेवा दिने जानकारी दिए । साथै छिटै एटिएम सेवा सुरु गरि २४ सै घण्टा सेवा उपलब्ध गराउने उनले बताए । संस्थामा ५० डलरले खाता खोल्न सकिने जनाइएको छ । त्यसमध्ये आधा रकम संस्थाको सदस्यता शुल्क एवं आधा खाता ‘मेन्टेन’ शुल्कको रुपमा रहनेछ ।

    संस्थाका प्रमुख व्यवस्थापक रिजालले तीन बर्ष देखिको निरन्तर प्रयास पछि संस्थाको मुख्यालय एवं पहिलो शाखा स्थापना गर्न सफल भएको बताए । ‘प्रवद्र्धकहरुले संस्था यो अवस्थासम्म ल्याउन अनवरत मेहनत गर्नुभयो, अब भने यो अमेरिकामा बस्ने सबै नेपालीको साझा संस्था बनेको छ, उनले भने– यसबाट यहाँ रहेका नेपाली व्यक्ति एवं संघसंस्थाले भरपुर फाइदा लिन सक्नुपर्छ ।’

    अध्यक्ष डिल्ली भट्टले संस्थाले अब नेपालीको बाक्लो उपस्थिती भएका टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, मासाचुसेट्स लगायत राज्यहरुमा शाखा विस्तारलाई तीब्रता दिने बताए । एक बर्ष भित्र एक हजार सदस्यता विस्तार गरिसक्ने उध्येश्य लिएको उनले जानकारी दिए । यस्तै संस्थाले तीन बर्ष भित्र पाँच हजार सदस्य संख्या पुर्याउने लक्ष लिएको छ ।

    संस्थामा बालबालीका बचत लगायतका भविश्यमूखी कार्यक्रमहरु पनि रहेको अध्यक्ष भट्टले जानकारी दिए । ‘कतिपयमा संस्थाले गरेको प्रगतिको लाभ प्रबद्र्धकहरुले मात्र लिन्छन् भन्ने बुझाइ रहेको समेत पाइएको छ, उनले भने– तर त्यसो होइन, अहिले आएर लगानी गर्ने हरेक सदस्यले प्रवद्र्धक बराबरकै सुविधा पाउने प्रष्ट गर्न चाहन्छौँ ।’ प्रतिशत शेयर २५ डलरका दरले संस्थाको शेयरमा लगानी गर्न पाइने उनले जानकारी दिए ।

    अमेरिकामा सामूदायीक बैंकहरुको संघीय नियामक नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए)ले सन् २०१८ को पहिलो क्रेडिट युनियनको रुपमा गत बर्ष अगष्टमा एभरेष्टलाई लाइसेन्स दिएको थियो । कार्यालयका लागि उपयुक्त स्थान र भवनको खोजी, तयारी लगायतका व्यवस्थापकीय गृहकार्य सम्पन्न गरि संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।
    अमेरिकामा क्रेडिट युनियनहरुले आफ्ना सदस्य एवं शेयरधनीलाई बिभिन्न प्रकारका वित्तिय सुविधा प्रदान गर्छन् । बिभिन्न देशबाट आएका आप्रबासीहरुले आफ्नो जनसंख्या एवं आर्थिक अवस्था सुधार हुँदै जाँदा अमेरिकामा क्रेडिट युनियन सञ्चालनमा ल्याउने गरेका छन् । यसै क्रममा नेपालीहरुले पहिलो क्रेडिट युनियनको रुपमा एभरेष्ट सञ्चालनको अनुमति पाएका हुन् ।

    संस्थाले नियमित शेयर बिक्री, शेयर ड्राफ्ट एवं प्रमाणपत्र जारी, बिभिन्न किसिमका कर्जा प्रवाह, मनी अर्डर, क्रेडिट कार्ड जारी, निक्षेप संकलन लगायतका कारोबार सुरु गर्ने अनुमति पाएको छ ।
    पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने लक्ष लिएको सञ्चालक समितिका अध्यक्ष भट्टको भनाइ छ । कम्युनिटी बैंकको रुपमा क्रेडिट युनियनहरु गैर नाफा मुलक रहने र कर छुट समेत पाउने भएका कारण आफुहरुले निक्षेपकर्तालाई धेरै ब्याज र ऋणीलाई सस्तोमा कर्जा प्रवाह गर्ने उनको भनाइ छ ।

  • विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

    विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

    प्रेम लामिछाने
    फ्रान्स
    नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
    नेपाली रक्तदाता संघ, फ्रान्सका अध्यक्ष अनिस त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै रक्तदान जस्तो मानवीय कामले कसैलाई विभेद नगरी सबैलाई जोड्ने बताए ।
    कार्यक्रममा एनआरएन फ्रान्सको अध्यक्ष नरेन्द्र शाही, विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्याल, उपाध्यक्ष एभरेष्ट गौतम, संस्थापक सदस्य तथा नेपाली रक्तदाता संघ, फ्रान्सको संरक्षक प्रशान्त उप्रेतीद्वारा संस्थाको उद्देश्य, गतिविधि र रक्तदानको विषयमा आफ्नो अनुभव साट्दै रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्न आह्वान गरेका थिए ।
    त्यसैगरी अन्य अतिथिका रुपमा फ्रान्स–नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेल, एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च फ्रान्सको संयोजक भक्तबहादुर वाग्ले, एनआरएन फ्रान्सका उपाध्यक्ष अमर भण्डारी, पूर्वउपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापति सुधिर राना, नेपाली एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, इनास फ्रान्स अध्यक्ष प्रविन सापकोटा, तामाङ घेदुङ फ्रान्सका प्रतिनिधि सुरेश लामा तामाङद्वारा नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
    केही समयअघि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले नेपालमा रक्तदानको क्षेत्रमा विशेष योगदान पु¥याउने २१ व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको थियो । सो अवसरमा सम्मानित भएका प्रशान्त उप्रेतीलाई संस्थाका अध्यक्ष अजय सत्यालले रक्तदानको क्षेत्रमा विदेशमा रहेर पनि निरन्तर सहयोग र योगदान गरेबापत सम्मानपत्रले सम्मानित गरिएको बताए ।
    नेपाली रक्तदाता संघ फ्रान्सको पहिलो रक्तदान कार्यक्रम सेप्टेम्बर १७ का दिन फ्रान्सको इभ्री कोर्कोरनामा करिब ५२ जनाको सहभागितामध्ये ३० जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
    ‘रगतले जोड्छ’ भन्ने मूल नारासहित स्थापना भएको नेपाली रक्तदाता संघ फ्रान्सले आयोजना गरेको उक्त कार्यक्रममा नेपालीबाहेक अन्य देशका व्यक्तिहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई फ्रान्सको रक्तदान केन्द्र इएफले पूर्ण सहयोग गरेको थियो भने आगामी दिनमा प्रशिक्षण दिने तथा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
    कार्यक्रममा युवा चित्रकार विश्रान्त सेन्चुरीले रक्तदानसम्बन्धी लाइभ पेन्टिङ गरेका थिए । नेपाल रक्तदाता संघ फ्रान्सका युवा संयोजक महेश शर्मालाई परेको पितृ शोकको स्मरणमा मृत आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारणा गरिएको थियो ।

  • सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

    सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

    कल्पना घिमिरे

    न्युयोर्क/अमेरिका
    साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी परराष्ट्रमन्त्री ज्ञवालीकी श्रीमती हुन् ।
    उनी अमेरिका आएको मौका पारेर अनेसासले साहित्यकार ज्ञवालीसंग साक्षात्कार गर्दै, उनको कृतिमा छलफल गरेको थियो । अनेसासले साहित्यकार ज्ञवालीलाई कदरपत्रले सम्मान गरेको छ । साहित्यकार ज्ञवालीले आफ्ना जीवनका पीडा ब्यथा र भोगाइहरुलाई जस्ताको तस्तै पुस्तकमा उतारेकी छिन् । आफुले जन्मदै देखि विभेदको सामना गर्नुपरेको, छोरालाई स्कुल पठाउने तर छोरी नपढाउने हाम्रो त्यतिबेलाको समाजमा पढ्नका लागि आफुले गरेको बिद्रोह र संघर्ष, १४ वर्षको उमेरमा स्कुल भर्ना हुँदाको अफ्ठेरो समाजले हेर्ने दृष्ट्रिकोण सबै अनुभव पुस्तकमा समेटिएको छ । राजनीतिमा सक्रिय छँदा भोगेका पीडा र पछि सन्तानको लागि सबै छोडेर घर सम्हाल्नु पर्दाको छटपटि पुस्तकले समेटेको छ ।
    ‘मेरो मात्र होइन आम नेपाली महिलाले यहाँसम्म आइपुग्नका लागि गरेको संघर्षको कथा हो’ पुस्तकको छलफलका क्रममा उनले भनिन्, ‘यो मेरो ‘रियल’ भोगाइ हो यो पढेर कसै न कसैलाई प्रेरणा मिल्न सक्छ भन्ने उदेश्य राखेर लेखेकी हुँ । एउटा आमालाई राजनीति भन्दा धेरै ठूलो सन्तान हुने रहेछ । त्यो आमाको ममता म मा पनि जाग्यो र सबै छोडेर घर सम्हाले । ३० वर्षे अपा¨ता भएकी छोरीले अहिले सम्म ‘आमा’ नभनेको पीडा र तिनै अनुभवलाई पुस्तकमा समेटेकी हुँ । बिवाह गरेको ३५ वर्ष भयो तर, हामी कुनैपनि सार्वजनिक कार्यक्रममा यसरी एउटै मञ्चमा बसेका थिएनौं । आज हामीलाई बेहुला बेहुली जस्तो बनाएर यसरी एउटै मञ्चमा राखिदिनु भएकोले अतिकति भावुक पनि भएँ ।’
    कार्यक्रमका बिशेष अथिति रहेका परराष्ट्र मन्त्री ज्ञवालीले लालटिनको उज्यालोले हाम्रो त्याग, हामीले भोगेका अफ्ठ्यारा र असहज परिस्थितिको जस्ताको तस्तै चित्रण गरेको बताए । ‘पुस्तकको बारेमा म धेरै केही भन्न सक्दिन । आफ्नै श्रीमतीले लेखेको पुस्तकबारे बोल्दा बिराचात्मक भन्दा पनि बढि भावनात्मक भइन्छ कि । लामो समयदेखि अफ्ठेरो र असहज कालखण्ड गुजार्दै यहाँ सम्म आइपुगेका छौं । यो सरस्वती ज्ञवालीको मात्रै कथा होइन आम नेपाली महिलाको कथा हो । जसले बिभेद र अन्यायका निम्ती लड्यो, स्वतन्त्रता र समानताका लागि बिद्रोह ग¥यो । उनले पुस्तकमा आफ्ना भोगाइ लेखेकी छिन् । सबैलाई पुस्तक एक पटक पढिदिन आग्रह गर्दछु ।’
    आत्मकथामा नेपाली राजनीति, क्रान्तिका बेला महिलाले भोगेका पीडालाई समावेश गरिएकोले एउटा इतिहासलाई उजागर गरेको समालोचक रस्मी भट्टले बताइन् । ‘अत्यन्त सरल र शिष्ट भाषामा लखिएको यो कृतिले नेपाली साहित्यमा दरिलो इटा थप्ने मात्र काम गरेको छैन । यो एउटा उत्कृष्ट साहित्यिक कृतिका साथै राजनीतिक दस्तावेज पनि बनेको छ’ उनले भनिन् ।
    कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष सकुन ज्ञवाली लगायत नेपाली समुदायको बिभिन्न संघ संस्थाका प्रतिनिधिको उलेख्य सहभागिता थियो ।

     

  • यूएईमा बस दूर्घटना, ६ नेपालीको ज्यान गयो

    यूएईमा बस दूर्घटना, ६ नेपालीको ज्यान गयो

    दुबई । यूएईमा भएको विभत्स सडक दूर्घटनामा परी ८ जनाको निधन भएको छ । त्यसमध्ये ६ जना नेपाली रहेको दुबईस्थित नेपाली दूतावासले पुष्टी गरेको छ ।

    यूएइमा सुरक्षा गार्डका रुपमा कार्यरत कामलाईलाई कार्यालयबाट वासस्थानतर्फ लैजादै गर्दा मिनीबस दूर्घटनामा परेको हो ।

    दूतावासका अनुसार रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको दूर्घटनामा ज्यान गएको छ ।

    उनीहरुको नेपालको ठेगाना पत्ता लगाउने प्रयास भइरहेको दूतावासले जनाएको छ । सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर मिनिबस दुर्घटनामा परेको थियो ।

    दूर्घटनामा ६ नेपाली, एक पाकिस्तानी र भारतीय नागरिकको ज्यान गएको हो । ५ जना भारतीय नागरिक र एक जना बंगलादेशी नागरिक घाइते रहेको र उनीमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी  

    एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी  

     

    गैरआवासीय नेपालीलाई नेपालसंग जोडन १० बुँदे कार्ययोजना

    लन्डन, २४ सेप्टेम्बर ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९/२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

    भूतपूर्व गोर्खा सैनिक हरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले अध्यक्ष पदमा  उम्मेदवारी दिने बताए। विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पछि आचार्यले संघको आगामी नेतृत्वका लागि  उम्मेदवारी घोषणा गरेका हुन्।

     ‘आदरणीय अग्रजहरु, संसारभर रहनु भएका एनआरएनकर्मी मित्रहरु तथा शुभचिन्तकहरुसंग सरसल्लाह गरि एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा  उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने । ‘विगतमा झैं यो अभियानलाई सवै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्तछु।’उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।

    उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्। आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने बताएका छन्।त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।

    उनले एनआरएनएलाई  सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफुले उम्मेदवारी  दिएको बताए। उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु-याउन निर्णायक पहल गर्ने बताए।उनले नागरिकता प्राप्तीको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन्। ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने । ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’

    अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढी भन्दा बढी मुलुकहरुसंग दवीपक्षीय लगानी प्रवर्द्र्धन तथा परियोजना सहमति एवं दोहोर कर मुक्ती सम्झौताहरु गर्न नेपाल सरकारसंग संस्थागत पहल गर्ने समेत प्रतिवद्धता गरे। त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए। नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

    परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्। संघ अन्तर्गत गत बर्ष स्थापना भएको नेपाल पलिसी इन्टिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरि थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमि स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए।संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु-याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए। 

    ‘एनसीसी तथा आइसीसीमा नेतृत्व चुन्न अनलाईन भोटिङ्ग प्रणाली सुरु गर्ने व्यवस्थाकालागि लाग्नेछु,’ उनले भनेका छन् ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसंग जोडनु मेरो उच्च प्राथमिकता हुनेछ।’संस्थागतरुपमै नेतृत्व तहमा महिलालाई पु¥याउन एनसीसीहरुमा अनिवार्यरुपमा एकजना महिला उपाध्यक्ष हुने नियम बनाउन पहल गर्ने आचार्यको घोषणापत्रमा उल्लेख छ। दोश्रो पुस्तालाई नेपालसँग जोडन विदेशमा हुर्किएका किशोरकिशोरीलाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ बर्षमुनिका युवाहरुलाई सम्मान गरि एनआरएनए अभियानसंग आवद्ध गर्ने समेत प्रतिवद्धता जनाइएको छ।त्यसैगरि सडक सुरक्षाका विषयमा सरकारसंग सहकार्य गर्ने,  “भाषा जोगाऔं, जोगाऔं संस्कृति” भन्ने मूल सन्देशसहित नेपालीभाषाको प्रवद्र्धनका लागि प्रतिष्ठित विश्वविद्यालयहरुसंग सहकार्य गर्ने, विदेशमा हुर्किरहेका दोश्रो पुस्ताका नेपालीहरुलाई भाषाप्रति रुचि जगाउन “घर भित्रै बोलौं नेपाली अभियान” सन्चालन गर्ने लगायतका कार्यक्रम समेत उनले सार्वजनिक गरेका छन्।

    आचार्यले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघकोतर्फबाट हरेक मुलुकमा सम्वन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरि नेपाल सरकार र पर्यटन बोर्डसंग समन्वय गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने बताएका छन्।आचार्यले आफ्नै नेतृत्वमा नेपाल पत्रकार महासंघ बेलायत शाखासंग सहकार्य गर्दै एनआरएनए अन्र्तराष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट स्थापना भएको स्मरण गर्दै दुई बर्षभित्र उक्त पुरस्कारको रकम दोव्वर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।त्यसैगरी उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आगामी एक बर्ष भित्र केन्द्रियस्तरमा प्रतिष्ठित “एनआरएनए भाषा, साहित्य पुरस्कार कोष” स्थापना गर्न पहल गर्ने समेत बताएका छन्।घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए। उनले आफुले एनआरएनलाई नयाँ शिरा बाट अगाडी बढाउने बताउँदै अव दुई बर्ष भित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए।

     

  • मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड

    मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड

    न्यूयोर्क/अमेरिका
    दक्षिण एशियाली आप्रवासीहरुलाई एक्यबद्ध गर्ने, सहकार्य, विकास र उनीहरुले अमेरिकामा गरेको योगदानबारे अमेरिकी सरकारका प्रतिनिधिलाई सुनाउने उदेश्यले ‘साउथ एसियन कन्भेन्सन २०१९’ सम्पन्न भएको छ । दक्षिण एसियाली मुलुकबाट आएका आप्रवासीहरुलाई संगठित गर्दै आफ्नो समुदायलाई सुदृढ बनाउनका लागि गत वर्षदेखि साउथ एसियन कन्भेन्सन गरिदै आएको हो । साउथ एसियन अमेरिकन भोटर्स एसोसिएसनले आइतबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानस्थान लगायत मुलुकहरुको प्रतिनिधित्व र सहभागिता थियो । साथै कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।
    ‘दक्षिण एसियाली समुदायका राजनीतिज्ञहरुलाई एउटै फोरममा ल्याएर अन्तरक्रिया गराउने र हामीहरुले अमेरिकामा गरेको योगदान र चुनौतीबारे सुनाउने उदेश्यले उक्त कार्यक्रममा नेपालको तर्फबाट सक्रिय भएका हौं’ एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा कन्भेन्सनका नेपाली कन्भेनर रामहरी अधिकारीले भने, मुलधारको राजनीतिमा नेपाली समुदायको सहभागीता बढाउने उदेश्यले हामीले पनि हाम्रा कुरा राख्ने मौका पाएका हौं । दक्षिण एसियाली मुलुकका राजनीतिज्ञ, इलेक्टेड प्रतिनिधिहरुलाई एउटै फोरममा ल्याएर दक्षिण एसियाली समुदायमा हामी नेपालीहरुको संख्या ठूलो छ हामीहरुको पनि प्रतिनिधि हुनुपर्छ भन्ने सन्देश फैलाउन खोजिएको हो ।’
    पछिल्लो समय अमेरिकामा आफ्नो उद्यम, व्यवसाय मात्र नभई राजनितिमा पनि दक्षिण एसियालीको अनुहार सक्रिय रुपमा देख्न थालिएको छ । कामप्रतिको इमान्दारिता, मेहनत र लगावले दक्षिण एसियालीहरुले अमेरिकाका ठूला कर्पोरेट हाउसहरुमा माथिल्लो पदमा काम गरिहरहेको पाइन्छ ।

  • महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

    महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

    कल्पना घिमिरे
    न्यूयोर्क/अमेरिका
    संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् ।
    मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी साहित्यकार सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट, उक्त समितिका सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारी, पुष्पा चौधरी, भरतराज पौडेल, यज्ञ बहादुर हमाल, जं¨बहादुर नेपाली, शरदचन्द्र भण्डारी, लगायत दश सदस्यीय नेपाली प्रतिनिधिमण्डलको टोली अमेरिका आइपुगेको हो ।
    साथै महासभामा सहभागी हुनका लागि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादब, बन तथा वातावरणमन्त्री शक्तीबहादुर बस्नेत र अमरेन्द्र यादब पनि अमेरिका आइपुगेका छन् ।
    मन्त्री ज्ञवाली सहितको नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न अमेरिकास्थित नेपाली राजदुत अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई, नेपाली महाबाणिज्यदूत पुष्पराज भट्टराई, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष सञ्जय थापा लगायतको टोली जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थल पुगेको थियो ।
    महासभामा नेपालको पछिल्लो अवस्था, जलवायु परिवर्तन, निरक्षरता उन्मुलन र सबै क्षेत्रमा समावेशीता लगायतका विषयमा मन्त्री ज्ञवालीले सरकारको धारणा पेश गर्नेछन् । मन्त्री ज्ञवालीले आगामी सोमबार महासभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका पे्रस सल्लाहकार अधिकारीले जानकारी दिए । अमेरिका भ्रमणका क्रममा नेपाली समुदायले आयोजना गर्ने बिभिन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवाली सहभागी हुनेछन् । यसै बिचमा मन्त्री ज्ञवाली सिकागो जाने कार्यक्रम तय भएको छ ।
    अमेरिका आइपुगेका तिनैजना मन्त्रीहरुको सहभागितामा न्यूयोर्कमा कार्यरत बिभिन्न नेपाली संस्थाले आगामी बिहिबारका दिन एक बृहत अन्तक्रिया कार्यक्रम गर्ने तय गरेको छ । परराष्ट्रमन्त्री ज्ञवाली, उप प्रधानमन्त्री यादब र वातावरणमन्त्री बस्नेत संग बन तथा बातावरण र ग्लोबल वार्मिङ, नेपालमा बिभिन्न क्षेत्रमा लगानी र यसको सम्भावना, स्वास्थ्य क्षेत्र, स्वास्थ्य बीमा र पब्लिक हेल्थ लगायत बिभिन्न विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । महासभाको सम्बोधन सकिएपछि अक्टोबर १ तारिक आगामी मंगलबार परराष्ट्रमन्त्री सहितको टोली नेपाल फर्कनेछ ।

  • अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह

    अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह

    सेप्टेम्वर ३, कनेक्टिकट / धन लामा 

    कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा विगत ८ वर्षदेखि गर्मीयाममा संचालित नेपाली भाषा पाठशालाको ८ औं दिक्षान्त भव्य समारोहका बीच अगष्ट ३१ तारिख स्थानीय चार्टरओक स्कूलमा सम्पन्न भएको छ । दुई वटा सत्रमा विभाजित पाठ्यक्रममा, पहिलो सत्रमा सुन्ने, बोल्ने, पढ्ने र लेख्ने क्षमतामा जोड दिईएको थियो भने, दोस्रो सत्रमा नेपाली वाद्यवाधन, नाता सम्बन्ध र नेपाली खानाका विविध परिकारहरुको विषयमा परिचय गराईएको थियो । लयात्मक संगीत र गीतको माध्यमबाट विद्यार्थीहरुलाई नेपाली भाषा र व्याकरणको क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको यस नेपाली भाषा शिक्षण कार्यक्रमलाई ५० भन्दा बढी नेकोनका सदस्यहरुले आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएका थिए । नेपाली भाषा पाठशालाका विद्यार्थीहरुका लागि नास्ता र खाजाको सम्पूर्ण व्यवस्था अभिभावकहरुले गरेका थिए भने नेपाली समुदायका सक्रिय सदस्यहरुद्वारा संचालित बम्बई अलिभ, टेस्ट अफ इन्डिया र बलिउड ग्रिल लगायतका रेस्टुरेन्टहरुले पनि यसको लागि योगदान दिएका थिए । शैक्षिक सत्रको अन्त्यमा हार्डफोर्ड काउन्टी एभरेस्ट सेन्टेनियल लायन्स क्लबसंगको सहकार्यमा विद्यार्थीहरुको आँखा जाँच शिविर समेत सन्चालन गरिएको यस सत्रमा ४ देखि १५ वर्ष उमेर समूहका ४९ जना विद्यार्थीहरुको सहभागिता थियो ।

    पूर्णकालिन स्वयम् सेवक शिक्षक/शिक्षिकाहरुमा विरेन्द्र राउत, सबि श्रेष्ठ, लक्ष्मी ओझा र रुवी पराजुली हुनुहुन्थ्यो भने आंशिक स्वयम् सेवक शिक्षक/शिक्षिकाको रुपमा धन लामा, हरिश भट्ट, बसन्त स्टाईनर, पुष्पा जोशी भट्ट, केशव दाहाल, अर्जुन दाहाल र विमल गुरुंग लगायतले आफ्नो भूमिका निभाउनु भएको थियो । त्यस्तै गरी विद्यार्थीहरुको तर्फबाट निता बस्नेत, ज्योज्योलुङ राई, अंसुया दुलाल, समिक्षा पौड्याल, अलिस्का सापकोटा, विनोद जोशी, उकासे राउत, रुनिश निरौला, मिन्सो तुम्बाहांफे, अर्या थापा, मुकुन्द जोशी, रिजेश श्रेष्ठ, अमृता सापकोटा, कारमेल अधिकारी, डोना गुरुङ, सफल महत क्षेत्री र गौरव न्यौपानेले सकृय रुपमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए । न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका महावाणिज्यदूत श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विद्यार्थीहरुद्वारा नेपाल र संयुक्तराज्य अमेरिकाको  राष्ट्रियगानका साथै नेपाली गीतहरु समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुका तर्फबाट प्रत्यूष रेग्मी र कृश कुँवर, विद्यार्थी स्वयम् सेवकको तर्फबाट डोना गुरुङ र अभिभावकहरुको तर्फबाट नवीन खड्काले आफ्नो मन्तव्य राखेका थिए । विद्यार्थीहरुलाई कनेक्टिकट नेपाली समाज (नेकोन) को तर्फबाट प्रमाणपत्र र स्वयम सेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

    जुन महिनाको २९ तारिखदेखि अगस्ट महिनाको ३१ तारिख सम्म हरेक शनिवार ९ देखि ११ बजेसम्म संचालित यस भाषा कक्षाको संयोजक कनेक्टिकट नेपाली समाज (नेकोन) का उपाध्यक्ष जय कुमार राईले नेपाली भाषा पाठशालाको यस वर्षको सम्पूर्ण गतिविधीहरुमा आफ्नो व्यस्त समयको बाबजूद पनि खुल्ला हृदयले सहयोग गर्नु हुने सम्पूर्ण विद्यार्थी, स्वयम् सेवक, अभिभावक, सहयोगदाता तथा शुभचिन्तक महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै समाजका सम्पूर्ण सदस्यहरुलाई नेपाली भाषा संस्कृतिलाई संरक्षण गर्नको निम्ति त्यसको निरन्तर प्रयोगमा जोड दिनुका साथै समुदायको सामुहिक प्रयास र संलग्नताको महत्व माथि पनि प्रकाश पार्नु भएको थियो । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न यस कार्यक्रमा प्रमुख अतिथी महावाणिज्यदूत पुष्पराज भट्टराईज्यूले यहाँको नेपाली समाजमा नेपाली भाषा र साहित्यमा भएको सचेताना प्रति खुशी व्यक्त गर्दै सामुदायिक भवनको आवश्यकताको बारेमा सचेत गराउनु भएको थियो । दिक्षान्त समारोहमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुका साथै एनआरएनए कनेक्टिकट च्याप्टरका अध्यक्ष हरी प्रसाद जोशी र हार्डफोर्ड काउन्टी एभरेस्ट सेन्टेनियल लायन्स क्लबका अध्यक्ष माधव अात्रेयको पनि उपस्थिती थियो ।

  • नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

    नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

    न्यूयोर्क 

    सफलताको कथा मार्मिक हुन्छ किनकि सफल बन्नका लागि गरिएको लामो संघर्षको फहरिस्ते त्योसँग जोडिएको हुन्छ । कथा; लगातार तेश्रो पटक पनि प्रतिष्ठित New York City’s Annual MoMo Crawl # Best Mo:Mo In Town को Trophy जित्न सफल ज्याक्सन हाईट्सस्थित नेपाली भान्छाघरको सफलताको । ५ वर्षअघि ४ जना मिलेर शुरु गरेको सामान्य खाजा रेष्टुरेण्टले आज बिदेशी मुलका धेरै खाना पारखीहरुको मन जित्न सफल भएको छ । नेपाली खानातर्फ बिदेशीलाई आकर्षित गर्ने अवस्था जुरेको छ, माहोल बनेको छ । शुरुका दिनमा ४ जना मिलेर शुरु गरेको नेपाली भान्छाघर आज बिमला हमाल श्रेष्ठ एक्लैले सञ्चालन गर्छिन् । ८ जना नेपालीले प्रबासमा रोजगार पाएका छन् । बिहान ५ बजे उठेर सरसामानको जोहो गर्छिन् । आवश्यक सरसामान खरिद गर्न आफै दौडन्छिन । खानाका परिकारहरु भ्याएसम्म आफै बनाउँछिन् । यी सबै परिदृष्य देखिरहँदा सफलताको सुत्र निरन्तर लगन र मेहेनत भन्न गाह्रो पर्दैन ।

    स्याङजा वालिङमा रहेका परिवारलाई आवश्यक पर्ने खर्च पनि यतैबाट पुर्याएर जिम्मेवार आमाको भूमिकामा पनि निर्वाह गरेकी छिन् । बिदेशमा एक्लैले व्यवसाय गर्दा बिभिन्न कानून झैझमेलाहरु नपर्ने होईन तर उनी बिचलित नभै नेपाली जानकारहरुसँग राय लिन पुग्छिन् । सिस्टममा चलेको देशमा सिस्टम पछ्यायो भने नेपालमा भन्दा सजिलो हुने उनी आफ्नो अनुभव सुनाउँछिन् ।

    उनी थप्छिन् “सबै नेपाली दाजूभाई दिदीबहिनीले माया गरेका छन् । आईदिनु हुन्छ, मिठो मानेर खाईदिनु हुन्छ ।कहिलेकाँही केही पैसा नपुग्दा पनि म केही भन्दिन । नभएर नतिर्दापनि समस्या बुझेर चुपचाप सहन्छु । भगवानको कृपा र सबैको आशिर्बादले व्यवसाय राम्रो चलेको छ ।” 

    अहिले सञ्चालन गर्दै आएको स्थान अलि साँघुरो भएकोले आउँदो दशैं अगाडी नै थप व्यवस्थित र आवश्यक सुधार गरेर नजिकै भान्छा घर -२ (पुरानो चौतारी रेस्टुरेण्ट) लाई सञ्चालनमा ल्याउने तयारी गरेकोछ । ग्राहकहरुको मन जित्दै नेपाली खानाको लोकप्रियता अभिवृद्धि गर्न सफल भएकोमा शुभकामना । 

  • शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

    शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगको २३ औं खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड शेर्पा एसोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसै अन्तरगत दुई साता अघि ग्रीष्मकालीन खेलकूद प्रतियोगिता सम्पन्न भएको हो ।
    बिभिन्न खेलमा भएको प्रतियोगितामा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात पारेको थियो । भने तमु समाज न्युयोर्क दोश्रो भएको थियो । फुटबल तर्फ एन वाई एन एफ सि ले प्रथम पुरस्कार लिएको थियो भने युनाइटेड शेर्पा फुटबल क्लब दोश्रो स्थान ओगट्न सफल भएको थियो । ३५ वर्ष भन्दा माथि उमेर समुहको फुटबलमा प्रथम पुरस्कार एन वाई जि एफ सि (गुरुङ समाज) ले हात पारेको थियो । दोस्रो पुरस्कार घ्याल्सुम्दो सेवा संस्थाले लियो ।
    फुटबलको फेयर प्ले अवार्ड एन वाई जि एफ सी ले प्राप्त गरे भने ३५ वर्ष माथिको समुहको फेयर प्ले अवार्ड तामाङ् सोसाइटीले पाएको थियो । विजयी खेलाडीलाई नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, किदुगका अध्यक्ष उर्गेन शेर्पा, किदुगका ट्रस्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पा, उपाध्यक्ष तथा खेलकूद संयोजक फुर्वा शेर्पा र युनाइटेड शेर्पा फुटबल क्लबका जेनेरल म्यानेजर छिरिङ् ग्याल्जेनले शील्ड, प्रमाणपत्र, ट्रफी र मेडल वितरण गरेका थिए ।
    न्युयोर्क शहरको दुईटा बेग्ला बेग्लै पार्कमा एकै साथ शुरु भएको प्रतियोगितामा फुटबल, भलिबल, १०० मिटर दौड, छेलो, पुरुष टग् अफ वार, महिला टग् अफ वार, स्पून रेस, स्याक् रेस, म्युजिकल चेयर लगायत थुप्रै खेलहरु खेलाइएको थियो । किदुगको गल्फ प्रतियोगिता एक महिना अघि नै सम्पन्न भएको थियो । खेलाडीको अत्यधिक चापका कारण बास्केटबल खेल दुई महिना पछि सारिएको छ ।
    ‘मिनी ओलम्पिक’ उपनामले चिनिने उक्त प्रतियोगितामा न्युयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टेन्टटिनिडिसको प्रमुख आतिथ्यमा उदघाटन गरिएको थियो । कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले किदुगले आफ्नो मौलिक संस्कृति संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु, शेर्पा भाषा, नेपाली भाषा, मौलिक नाचगानका कक्षाहरु, थुप्रै खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको बताएका थिए । किदुगले न्युयोर्क शहरमा उदाहरणीय काम गरेको भन्दै कोष्टाले खुलेर प्रसंसा गरेका थिए । कोष्टाले समाज सेवामा विशिष्ट योगदान पु¥याउने शेर्पा किदुगका पदाधिकारीलाई सिटी काउन्सिलका तर्फबाट कदर पत्र समेत प्रदान गरेका थिए । शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले काउन्सिल् मेम्बरलाई मायाको चिनो स्वरुप बुद्ध स्तुप प्रदान गरेका थिए ।
    महावाणिज्यदूत भट्टराईले खेलकूद लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरी शेर्पा किदुगले नेपाली डायस्पोरामा एकता र सद्भाव बढाउन अग्रणी भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

  • शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

    शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

    न्यूयोर्क/अमेरिका
    शेर्पा किदुगको आयोजनामा ज्याक्सन हाइट वरपर सरसफाई गरिएको छ । नेपालीे लगायत दक्षिण एसियाली मुलकका आप्रवासीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट वरपरका सडक असाध्यै फोहोर भएकाले गत वर्षदेखि किदुगले सरसफाई कार्यक्रम गर्दै आएको हो ।
    गत शनिबार गरिएको सरसफाई कार्यक्रममा क्विन्स बोरोका डिस्ट्रिक २५ का काउन्सिलम्यान ड्यानियल ड्रोम, क्विन्सबोरोका काउन्सिलमेम्बर कोष्टा कन्स्ट्यानटिनिडिस र न्यूयोर्क राज्यको एसेम्लीवुमन क्याटलिना क्रुजको सहभागिता थियो ।
    वुडसाइड एभिन्युदेखि ३७ एभिन्यु सम्म ज्याक्सन हाइटको ६९ स्ट्रिटदेखि ७७ स्ट्रिट सम्मको सडक सरसफाई गरिएको हो । स्थानीय जनप्रतिनिध र नेपाली संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा फोहोर नगरौं भन्ने चेतना समुदायमा फैलाउँदै सरसफाई कार्यक्रम गरिएको किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताए । ‘ज्याक्सन हाइट वरपर सारै फोहोर भयो भनेर काउन्सिलमेम्बरहरु संग छलफल गर्दै सबै मिलेर सरसफाई गरेका हौं’ किदुगका अध्यक्ष शेर्पाले भने, ‘अमेरिकी जनप्रतिनिधिहरु पनि हामी संगै सहभागी भएका हुन् ।’
    गत वर्ष घरघरबाट निस्केको फोहोर ब्यवस्थापन आफैले गर्न सकिन्छ । रिसाइकल गर्न सकिने फोहोरहरु रिसाइकल लेखिएको बक्समा, कुहिने फोहोरलाई छुट्टै बक्समा फालौं भन्ने सन्देश लेखिएका पर्चा र पोस्टरहरु समेत बाँडिएको थियो । ‘तिनै पोस्टरहरु बाटोभरी फालेर फोहोर देखिएको पाएपछि यसपाली पर्चा, पम्लेटहरु बाँडेनौं’ उनले भने’ ‘ज्याक्सन हाइट वरपरका सडकमा यतिधेरै फोहोर भेटियो थियो कि अमेरिकी जनप्रतिनिधि हरु नै छक्क परे । त्यो पनि पोहोरको तुलनामा त अतिकति कम नै थियो ।’
    सडकमा चुरोटका ठूटा, खानाका प्लेट, फास्टफुटका बट्टाहरु, प्लाटिकका प्याकेट लगायत कतिपय ठाउँमा कुहिएर गन्हाएका फोहोरहरु पनि पाइएको उनले जनाकारी दिए ।
    काउन्सिल मेम्बर ड्रोमले किदुग र नेपालीहरुसंग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै सुमदायमा जनचेतना जगाउने यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा खुसी ब्यक्त गरे । एसेम्बली वुमन क्रुजले पहिलो पटक सहभागी हुन पाएकोमा खुसी लागेको बताइन् ।