सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी दिनुहुँदै परराष्ट्रमन्त्री काठमाडौँ, ३० वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी दिनुहुँदै। तस्बिरः प्रदीपराज वन्त\रासस

३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।… Continue reading सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

२९ वैशाख, ढाका । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए । प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान… Continue reading उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

file

२९ वैशाख, काठमाडौं । विप्रेषण (रेमट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले… Continue reading विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

२८ वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध… Continue reading सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

File RSS

रासस २७ वैशाख, काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपाललाई धन्यवाद दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा… Continue reading आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

२६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेकी छिन् । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुगग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरे । नेजाको निमन्त्रणामा… Continue reading नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

तस्बिरः किरणराज विष्ट\रासस

२६ वैशाख। काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत… Continue reading भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

File RSS

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको… Continue reading प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

file

२६ वैशाख, काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही… Continue reading पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

RSS

२५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४… Continue reading सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

भारत–पाकिस्तान तनावमा नेपालको पहिलो प्रतिक्रिया सार्वजनिक, के भन्यो ?

File (Photo by Tauseef MUSTAFA / AFP)

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।… Continue reading भारत–पाकिस्तान तनावमा नेपालको पहिलो प्रतिक्रिया सार्वजनिक, के भन्यो ?

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

२४ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए… Continue reading काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

२१ वैशाख, बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ,… Continue reading गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

२० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका… Continue reading अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

१९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले… Continue reading बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको… Continue reading भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाली सञ्चारमाध्यमले भारतीय स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको… Continue reading भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गर्नुहुँदै । तस्बिर साैजन्य प्रधानमन्त्रीकाे सचिवालय / रासस

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् ।… Continue reading प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

१८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् ।… Continue reading विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

१५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

१३ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद्… Continue reading कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री… Continue reading नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

१२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन… Continue reading ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका… Continue reading भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

प्रधानमन्त्री र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलबीच भेट, के भयो कुराकानी ?

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गरेका छन् । गत राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालमा गैरआवासीय नेपालीहरु नेपालमा लगानी बढाउन चाहेको र त्यसका लागि लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए । “प्रधानमन्त्रीसँग नेपाली समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा गरेको योगदानका… Continue reading प्रधानमन्त्री र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलबीच भेट, के भयो कुराकानी ?

ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

१२ वैशाख, काठमाडौं । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय… Continue reading ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

AP Photo/Dar Yasin)

१० वैशाख, काठमाडौं । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव नेपाल ल्याइने व्यवस्था भएको हो । मंगलबार कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज… Continue reading कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

प्रधानमन्त्री र युएईका उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट काठमाडौँ, १० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार शिष्टाचार भेट गर्नुहुँदै संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यान । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय\रासस

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा… Continue reading प्रधानमन्त्री र युएईका उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

तस्बिरः सुजन बज्राचार्य\रासस

१० वैशाख, काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ । प्रसारण लाइनको अभावमा नेपालमा… Continue reading भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार… Continue reading प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा