उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौँ, २ साउनः उद्योग विभागले आर्थिक वर्ष २०८२\८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार… Continue reading उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

काठमाडौँ, २ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल) को व्यापार\व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैरकानुनी रूपमा फुटवेयरको व्यापार\व्यवसाय नगर्ने\नगराउने विषयमा सूचना जारी गर्दैसरोकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो । विभागले बजारमा लेवल नभएका, नक्कली तथा… Continue reading वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

काठमाडौँ, २ साउनःदेशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले… Continue reading मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

घुँगी खोज्न गएकाको डुबेर मृत्यु

चितवन, २ साउनः बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौँ, २ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार\चार, सुनसरी र काठमाडौँबाट दुई\दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न… Continue reading लागूऔषधसहित २२ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

विश्वसम्पादा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा शनिबार अवलोकन गर्न पुगेको स्वदेशी तथा विदेशी पर्यटक । तस्बिरः रत्न श्रेष्ठरासस

काठमाडौँ, २ साउनः काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक… Continue reading भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

बेइजिङ, २ साउन (रासस–एएफपी) । वाशिङ्गटनले अमेरिकामा पत्रकारहरूको बसाइ अवधि छोट्याउने नियम अन्तिम रूप दिएको भोलिपल्ट चीनले शुक्रबार ‘प्रतिकारात्मक कदम’ चाल्न सक्ने चेतावनी दिएको छ। यसमा चिनियाँ नागरिकहरूलाई सबैभन्दा कडा सीमा लागू हुने भएको छ। सेप्टेम्बरदेखि लागू हुन सक्ने यो परिवर्तनअनुसार विदेशी पत्रकारहरूलाई अमेरिकामा मात्र २४० दिन ९करिब आठ महिना० बस्न पाइने छ, तर त्यति… Continue reading पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

Men searching for survivors stand atop a mountain of rubble three days after twin earthquakes struck, in La Guaira, Venezuela, Saturday, June 27, 2026. (AP Photo/Matias Delacroix)

काराकास, २ साउन (रासस–एएफपी) । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका… Continue reading भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम, २ साउनः दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी… Continue reading फरार अभियुक्त १८ वर्षपछि पक्राउ

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज, २ साउनः उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ । शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई… Continue reading उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३२ असार ः बिहीबार दिउँसोको वर्षापछि जलमग्न भएको काठमाडौँस्थित माइतीघर क्षेत्रमा गुड्दै गरेका सवारीसाधन । व्यवस्थित ढल निकास नहुँदा पछिल्ला वर्षायाममा काठमाडौं उपत्यकामा सामान्य वर्षामै सडक डुबानको समस्या बढ्दो छ। तस्बिर : : हरिराम भेटुवाल÷रासस

काठमाडौँ, २ साउनः जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास… Continue reading आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ, १ साउनः सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट कुशवाहाले हस्ताक्षर… Continue reading सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ, १ साउनः विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “विष्णु प्रसाद पौडेललको सम्बन्ध, सलंग्नता रहेको कुरा तत्काल… Continue reading विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

काठमाडौँ, १ साउनः नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता-विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ । सो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो ।… Continue reading कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सुवास दर्नाल–रासससोलुखुम्बु, १ साउनः जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा विसं २०८१ साउन ३२ गते हिमताल विस्फोटपछि आएको… Continue reading धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ, १ साउन । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई… Continue reading नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

President Donald Trump and Saudi Crown Prince Mohammed bin Salman shake hands after exchanging documents during a signing ceremony at the Royal Palace in Riyadh, Saudi Arabia, Tuesday, May 13, 2025. (AP Photo/Alex Brandon)

वासिङ्टन, १ साउन, (रासस–एएफपी) । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको… Continue reading साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

file

जेनेभा, १ साउन, (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले म्यान्माबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशङ्का व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ । घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् । आप्रवासनका… Continue reading म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

करिब तीन हप्तादेखि अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ली, १ साउन, (रासस–एएफपी) । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न सरकारी चिकित्सकहरूलाई आदेश दिएको छ । उनको तीन हप्तादेखि जारी अनशनका कारण समर्थकहरूले स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन् । उनी भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत छन् । जुन २८ देखि अनशन सुरु गरेका ५९ वर्षीय वाङचुकले… Continue reading करिब तीन हप्तादेखि अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

Argentina's Lionel Messi celebrates after teammate Enzo Fernandez scored their side's first goal during the World Cup semifinal soccer match between England and Argentina in Atlanta, Wednesday, July 15, 2026. (AP Photo/Rebecca Blackwell)

लन्डन, १ साउन, (रासस–एएफपी) । अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केइर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमिफाइनल खेलपछि भएको हो। काइलले मैदानमा… Continue reading फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा, १ साउनः रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् । यस वर्ष… Continue reading रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ… Continue reading आज साउने सङ्क्रान्ति पर्व

लागत बढेपछि चपेटामा किसान

बरहथवा (सर्लाही), १ साउनः बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन् । बिहीबार खेतमा भटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन् । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्थे… Continue reading लागत बढेपछि चपेटामा किसान

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ३२ असार ः बिहीबार दिउँसोको वर्षापछि जलमग्न भएको काठमाडौँस्थित माइतीघर क्षेत्रमा गुड्दै गरेका सवारीसाधन । व्यवस्थित ढल निकास नहुँदा पछिल्ला वर्षायाममा काठमाडौं उपत्यकामा सामान्य वर्षामै सडक डुबानको समस्या बढ्दो छ। तस्बिर : : हरिराम भेटुवाल÷रासस

काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ ।… Continue reading देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन, बन्दीपुर । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे… Continue reading जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

१ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।… Continue reading वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

RSS

काठमाडौँ, १ साउनः बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित… Continue reading तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

३२ असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४… Continue reading संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू… Continue reading सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो । यहाँस्थित इजरायली दूतावासले जारी… Continue reading पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै