अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

७ साउन, काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको… Continue reading अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ ।मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका… Continue reading वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

७ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो । महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई… Continue reading नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र… Continue reading शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

गणेश नेपाली मृत्यु प्रकरण : छानबिन न्यायिक समिति गठन

७ साउन, काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी… Continue reading गणेश नेपाली मृत्यु प्रकरण : छानबिन न्यायिक समिति गठन

प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य… Continue reading प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

Israeli Prime Minister Benjamin Netanyahu holds a news conference, in Jerusalem, Monday June 15, 2026. (Ronen Zvulun, Pool Photo via AP)

न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने… Continue reading नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, ६ साउनः बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा… Continue reading पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ । क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत… Continue reading अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी, ६ साउनः अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । मुस्ताङमा १५, मनाङमा… Continue reading अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ, ६ साउनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । विगतमा… Continue reading श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी… Continue reading हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ, ६ साउनः गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो । सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी… Continue reading दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

काठमाडौँ, ६ साउन : यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक… Continue reading मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

दाङ, ६ साउनः तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँकाअनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री… Continue reading दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौँ, ६ साउनः आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो । सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड… Continue reading आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

काठमाडौँ, ६ साउनः बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो । दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए । अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि… Continue reading बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर (झापा), ६ साउन : झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ । दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला… Continue reading दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

काठमाडौँ, ६ साउनः नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । मन्त्रालयका अनुसार… Continue reading संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

६ साउन, काठमाडौं । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिताउदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ ।साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर… Continue reading मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, ३२ असार ः बिहीबार दिउँसोको वर्षापछि जलमग्न भएको काठमाडौँस्थित माइतीघर क्षेत्रमा गुड्दै गरेका सवारीसाधन । व्यवस्थित ढल निकास नहुँदा पछिल्ला वर्षायाममा काठमाडौं उपत्यकामा सामान्य वर्षामै सडक डुबानको समस्या बढ्दो छ। तस्बिर : : हरिराम भेटुवाल÷रासस

काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका… Continue reading कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

काठमाडौँ, ६ साउनः पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात,… Continue reading पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ, ६ साउनः नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन… Continue reading लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

काठमाडौँ, ६ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ । त्यसका लागि तीन तहका सरकारबीच समन्वय सुदृढ गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विषयगत समितिको बैठकमा महत्वपूर्ण छलफल भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा विषयगत समितिका अध्यक्ष विराज भक्त श्रेष्ठको… Continue reading ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौँ, ६ साउनः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको… Continue reading आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

युवराज पाण्डे / राससनेपालगन्ज, ६ साउनः बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर… Continue reading धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

File

तेहरान, ५ साउन (रासस/एएफपी) : यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू… Continue reading मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

निराश रोहिङ्ग्याको समुद्री पलायन

GETTY IMAGES

कक्स बजार (बङ्गलादेश), ५ साउन (रासस/एएफपी । म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन्… Continue reading निराश रोहिङ्ग्याको समुद्री पलायन

कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

काठमाडौँ, ५ साउन : काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ । स्थानीयका अनुसार बा५च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेलापारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी… Continue reading कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

काठमाडौँ, ५ साउन : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा… Continue reading शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो