१२ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद रिजालले कर्फ्यु जारी गरेका थिए । स्थिति सामान्य बन्दै… Continue reading सुनसरीमा सामान्य बन्दै जनजीवन, हटाइयो कर्फ्यु
Category: फिचर
गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
१२ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ । गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको… Continue reading गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु
१२ साउन, काठमाडौं । लमजुङ, मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार घर भत्काउँदा बाबु–छोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे दुई बजे चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धन्सारमा क्षति पुगेको हो । मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता… Continue reading लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु
ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम
१२ साउन, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई… Continue reading ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
१२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई… Continue reading पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
यस्तो छ आजको मौसम पूर्वानूमान
१२ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार मङ्गलबार दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती,… Continue reading यस्तो छ आजको मौसम पूर्वानूमान
लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य
काठमाडौं, साउन १२। लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी सम्बोधन, पीडितमैत्री सेवा प्रवाह तथा आवश्यक कानुनी, नीतिगत र संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्यका लागि औपचारिक अनुरोध गरेको छ। माननीय मन्त्री सिता बादीको मन्त्रीस्तरीय… Continue reading लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य
सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य
काठमाडौं, ११ साउन । सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गरेका छन् । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको… Continue reading सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासमा धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री
११ साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उनले यस्तो धारणा राखेका हुन् । उनले पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको… Continue reading नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासमा धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री
अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने
काठमाडौँ, ११ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । दुई मन्त्रीले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको कामको… Continue reading अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने
सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
११ साउन, काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ… Continue reading सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
११ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो । प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत… Continue reading सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी किन गोली चलाउनु पर्यो ?
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्। सभापति थापाले आइतबार राति एक जनाको मृत्यु र ९ जना घाइते हुने गरी भएको घटनामा आज विज्ञप्ति जारी गर्दै सरकारलाई सोधेका छन्, ‘सरकारसँग प्रश्न छ, नागरिकको ज्यान जाने… Continue reading गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी किन गोली चलाउनु पर्यो ?
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन
११ साउन, काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए… Continue reading नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन
राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
११ साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका… Continue reading राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन
पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग
११ साउन, काठमाडौं । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्। यस्तै, प्राधिकरणका सहायक… Continue reading पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को
काठमाडौँ, साउन ११ गते । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले बताइन् । यस अवसरमा पशुपतिनाथको… Continue reading साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को
गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु
११ साउन, नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ।स्थानीयले अचेत अवस्थामा देखेपछि खबर गरेलगत्तै अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेडाबारी पुर्याएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब… Continue reading गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
११ साउन, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई. सञ्जय पन्थीका अनुसार सोमबार बिहान सुरुङमार्ग उद्घाटन हुँदैछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्नेछन् । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि… Continue reading नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
११ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३… Continue reading चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु
११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७… Continue reading सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु
सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । ८ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ ८ जना घाइते भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको… Continue reading सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ
१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो। हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो। परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र… Continue reading परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ
आइफोन लुट्ने उद्देश्यले आफ्नै साथिहरुबाट १७ वर्षे किशोरको हत्या
१० साउन, काठमाडौं । बागलुङमा मोबाइल लुट्ने उद्देश्यले एक किशोरको हत्या भएको छ। बडिगाड गाउँपालिका १ बस्ने १७ वर्षीय लजिन थापाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । डिएसपी रामेश्वर त्वातीका अनुसार लजिन थापा साउन २ गतेदेखि सम्पर्कबिहीन थिए। त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो। खोजी गर्ने क्रममा… Continue reading आइफोन लुट्ने उद्देश्यले आफ्नै साथिहरुबाट १७ वर्षे किशोरको हत्या
बर्लिन प्राइड कार्यक्रममा कार जोतिँदा एक जनाको मृत्यु र कैयौँ घाइते
१० साउन, काठमाडौं । बर्लिन प्राइड कार्यक्रमको भीडमा एउटा कार जोतिँदा एक जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीले एक सन्दिग्ध व्यक्तिको पहिचान गरेको जनाए तापनि हालसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएको छ। त्यससँगै जर्मनीको राजधानीमा ती व्यक्तिको व्यापक खोजी भइरहेको छ। घटना शनिवार स्थानीय समय अनुसार राति १० बजेतिर प्रतिष्ठित… Continue reading बर्लिन प्राइड कार्यक्रममा कार जोतिँदा एक जनाको मृत्यु र कैयौँ घाइते
किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण
१० साउन, काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा… Continue reading किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट
१० साउन, काठमाडौं । नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएका छन्। मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको छ। आयोजकका… Continue reading ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट
एनआरएनए क्षेत्रिय महिला संयोजकमाथि भएको अभद्र व्यवहारको निन्दा
१० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुबेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिवल कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा भएको अभद्र व्यवहारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुख व्यक्त गरेको छ । महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको भन्दै संघले कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा,… Continue reading एनआरएनए क्षेत्रिय महिला संयोजकमाथि भएको अभद्र व्यवहारको निन्दा
फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित
१० साउन, काठमाडौं । दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको छ । फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो… Continue reading फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको ज्यान गयो
१० साउन, काठमाडौं । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । तौलिहवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको… Continue reading कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको ज्यान गयो